पूर्णिमा एवं अमावस्यको आध्यात्मिक प्रभाव

पूर्णिमा एवं अमावस्यको आध्यात्मिक प्रभाव

. परिचय

दशकौंदेखि मानव व्यवहारमा चन्द्रमाको प्रभावको पक्ष र विपक्षमा धेरै वैज्ञानिक रिपोर्टहरू आएका छन्। रिपोर्टहरूले उच्च स्तरको मानसिक गतिविधि, सामान्य वा मनोचिकित्सक आपतकालीन विभागहरूमा बढेको चाप र उच्च स्तरको शारीरिक र मानसिक समस्याको गुनासो गर्ने मानिसहरूको विश्लेषण गरेको छ।

स्प्रियुचर साईस रिसच फाउन्डेसन (SSRF) ले आध्यात्मिक अनुसन्धान विधिहरू प्रयोग गरेर मानव व्यवहारमा चन्द्रमाको प्रभावको जाँच गर्‍यो। छैठौं इन्द्रियको  प्रयोग गरेर मानव व्यवहारमा चन्द्रमाको प्रभाव पत्ता लगाउन हामीले गरेको आध्यात्मिक अनुसन्धानमा छोटो जवाफ थियो, हो, यसले प्रभाव पार्छ। चन्द्रमाले हाम्रो जीवनलाई कसरी असर गर्छ भन्ने बारे विभिन्न पक्षहरू निम्न छन्।

. चन्द्रमाको सामान्य सूक्ष्म प्रभाव

ताराहरू, ग्रहहरू र उपग्रह निकायहरू सहित तिनीहरूका स्थूल (मूर्त) विशेषताहरू सहित सबै वस्तुहरू सूक्ष्म (अमूर्त) आवृत्तिहरू उत्पन्न गर्दछन्। यी भौतिक विशेषताहरू र सूक्ष्म-आवृत्तिरूले हामीलाई भौतिक र सूक्ष्म-स्तरमा फरक-फरक मात्रामा असर गर्छ।

चन्द्रमाबाट निस्कने स्पन्दनहरूले मानुष्य शरीरको मनलाई असर गर्छ। ‘मन’ भन्नाले हाम्रो भावना र चाहनालाई बुझाउँछ। मन, चेतन मन र अवचेतन मन मिलेर बनेको हुन्छ। अवचेतन दिमाग भित्र हामीसँग धेरै संस्कारहरू हुन्छन् जसले हाम्रो आधारभूत प्रकृति र व्यक्तित्व निर्धारण गर्दछ। यद्यपि हामी हाम्रो अवचेतन दिमागमा विचार वा संस्कारहरू बारे सचेत हुँदैनौं। यी संस्कारहरू धेरै जीवनकालहरूमा सङ्कलन हुन्छन्।

हाम्रो दिमागमा यी संस्कारहरू हाम्रा सबै विचारहरू र त्यसपछिका कार्यहरूका लागि उत्प्रेरक हुन्। हाम्रो विचार र संस्कारहरु दुवैको आफ्नै सूक्ष्म स्पन्दनहरू हुन्छन्।

यस लेखको सन्दर्भ लिनुहोस्, ‘कसरी संस्कारहरुले कृति गराउँछ? 

पूर्णिमा एवं अमावस्यको आध्यात्मिक प्रभाव

चन्द्रमाको स्पन्दनहरु हाम्रो विचारहरूको सूक्ष्म-स्पन्दनहरू भन्दा अधिक सूक्ष्म हुन्छन् तर हाम्रो मनमा विद्यमान संस्कारहरूको स्पन्दनहरू भन्दा कम सूक्ष्म हुन्छन्। अंतर्ममनमा विद्यमान संस्कारहरु द्वारा निर्मित विचारहरुको स्पन्दनलाई बाह्यमनमा लैजाने क्षमता चन्द्रमाको स्पन्दनमा हुन्छ। बाह्य मनमा आइसकेपछि हामीलाई भान हुन्छ। यसरी एक व्यक्तिको मनमा विद्यमान संस्कारहरुको तीव्रता अनुसार आचरण प्रभावित हुनेछ। हामीले यसलाई अर्को खण्डमा थप विस्तारमा व्याख्या गरेका छौं।

त्यसैगरी चन्द्रमाले जनावरको मनलाई पनि असर गर्छ। यद्यपि जनावरहरूको अवचेतन मनमा भोक, यौन, निद्रा आदि जस्ता आधारभूत इच्छाहरूसँग सम्बन्धित संस्कारहरु हुन्छन्, तीव्रतासँग आउने विचारहरू यी आधारभूत प्रवृत्तिहरूसँग मात्र सम्बन्धित हुन्छन्।

. चन्द्रमाको प्रकाश अथवा चन्द्रमाको कलामा आधारित परिणाम

अमावस्यको दिन चन्द्रमा अप्रकाशित, अर्थात् चन्द्रमाको अँध्यारो भाग पृथ्वीतर्फ फर्कन्छ। अन्धकारले मुख्यत: रज-तम स्पन्दनहरु प्रक्षेपित हुन्छ। तसर्थ, प्रकाशित भागको तुलनामा पृथ्वीतर्फ अधिक मूलभूत रज-तमात्म स्पन्दन प्रक्षेपित गर्दछ।

यस लेखको सन्दर्भ लिनुहोस्- सत्व, रज तथा तम, तीन सूक्ष्म मूलभूत तत्व 

यसको विपरीत, पूर्णिमाको दिन अधिक प्रकाशको कारण रज-तम घट्छ। तर पूर्णिमाको दिनमा माथिको बिन्दु २ मा वर्णन गरिए अनुसार पूर्णिमाको दिन स्पन्दनहरु अधिक कार्यरत हुनाले मानिसको क्रियाकलापमा वृद्धि हुन्छ। अंतर्मनमा जागृत संस्कारको प्रकार अनुसार मानसिक गतिविधिहरुमा कुनै पनि यादृच्छिक (अचानक आउने) विचार वा कुनै विशिष्ट विचारको तीव्रतामा वृद्धि हुन सक्छ।

उदाहरण को लागी, एक व्यक्ति जो लेखक हुनुहन्छ र किताब लेख्नमा ध्यान केन्द्रित गर्दछ भने पुस्तक सम्बन्धि उनको विचारमा तथा लेखन प्रतिभामा वद्धि हुन्छ। यस प्रकारको विचारहरुको उद्गम प्रतिभा केन्द्रबाट हुन्छ। त्यसैले उसलाई लाग्दछ कि पूर्णिमाको दिन धेरै लेख्न सक्छ।

यद्यपि अधिकांश मानिसहरूका विचारहरू अनियमित हुन्छन्। यदि त्यहाँ क्रोध, लोभ, आदि जस्ता धेरै प्रमुख व्यक्तित्व दोषहरू छन् भने, तिनीहरू पनि देखा पर्न सक्छन् र हाम्रो विचारहरूमा हावी हुन सक्छन्। उदाहरणका लागि, एक रक्सी पिउने व्यक्तिमा यस दिन रक्सी पिउनको लागि धेरै विचारहरु आउछन्।

आध्यात्मिक व्यक्तिको भित्री मनमा रहेको सुप्त आध्यात्मिक/साधना सम्बन्धी विचारलाई जागृत गरी पूर्णिमाको दिन थप साधना गराएर मानसिक क्रियाकलापमा भएको वृद्धिको फाइदा लिन सकिन्छ।

. चन्द्रमाको गुरुत्वाकर्षणमा आधारित परिणाम

पूर्णिमा अथवा अमावस्यको दिन, चन्द्रमा र सूर्यको गुरुत्वाकर्षण एकत्रित हुन्छ। चन्द्रमाले अन्य दिनहरूमा पनि पृथ्वीलाई तान्दछ, तर यो पूर्णिमा र अमावस्यको  दिनमा जत्तिको शक्तिशाली हुँदैन।

मानौं हामीले गहिरो सास लिन्छै भने सामान्य सासको तुलनामा तीन गुणा बढी हुन्छ। पूर्णिमा र आमावाश्यको दिन पूरै चन्द्रमाले पृथ्वीलाई तानेको हुन्छ र यसको प्रभाव पहिलेको समानतामा चन्द्रमाले गहिरो सास लिइरहेको जस्तो देखिन्छ। हामीले चन्द्रमाको तीन गुणा आकारको गोलाकार वायुमण्डल पृथ्वीबाट आकर्षित भएको पाउँछौं।

पूर्णिमा एवं अमावस्यको आध्यात्मिक प्रभाव

पूर्णिमा तथा अमावस्यको दिन पृथ्वीमा विद्यमान ब्रहमाण्डको मूलभूत तत्त्व (पञ्चतत्त्व), उदा. मूल पृथ्वीतत्त्व, मूल आपतत्त्व र मूल वायुतत्त्व चन्द्रमातर्फ तानिन्छन्। यसले एक प्रकारको सूक्ष्म-स्तरीय उच्च-दबाव क्षेत्र सिर्जना गर्दछ।

यस प्रक्रियामा जब स्थूल स्तरमा जल चन्द्रमातर्फ आकर्षित हुन्छ, तब जलको सट्टा जलमा रहेको वायुरुप घटक (जल वाष्प) पानीभन्दा माथि आउँछ र सूक्ष्म-स्तरीय उच्च चाप क्षेत्रमा प्रवेश गर्छ। अनिष्ट शक्तिहरु मुख्यतया वायूरुप हुन्छन्, त्यसैले तिनीहरू यस सूक्ष्म उच्च-दबाव क्षेत्रतर्फ आकर्षित हुन्छन्। यहाँ तिनीहरू सबै भेला हुन्छन् र एकअर्काबाट थप शक्ति प्राप्त गर्छन्। त्यसैले, यी दिनहरूमा तिनीहरूले मानवतामाथि ठूलो आक्रमण गर्छन्। यी सबैको फलस्वरूप मानिसमा अनिष्ट शक्तिको आक्रमण शारीरिक र मानसिक स्तरमा तीन गुणा बढ्छ।

विश्वभर फैलिएका SSRF आश्रमहरूमा पूर्णिमा र अमावस्याका दिनहरूमा अनिष्ट शक्तिको आक्रमण र सूक्ष्म नकारात्मक दबाबमा वृद्धि हुन्छ। यो पूर्णिमा वा अमावस्य भन्दा दुई दिन अघि सुरु हुन्छ र दुई दिन पछि समाप्त हुन्छ।

. पूर्णिमा र आमावस्यामा चन्द्रमाको बढ्दो प्रभावको परिणाम

अमावस्याको दिन रज-तम फैलाउने अनिष्ट शक्तिहरु (भूत, प्रेत, पिशाच आदि) गूढ कर्मकाण्ड (कालो जादू) मा फसेको मानिसहरु र प्रमुख रुपले राजसिक र तामसिक मानिसहरु प्रभावित हुन्छन् र आफ्नो रज-तमात्मक कार्यको लागि कालो शक्ति प्राप्त गर्दछ। यस दिन अनिष्ट शक्तिहरुको कार्यको लागि अनुकूल हुने भएकाले शुभ कार्यका लागि अपवित्र मानिन्छ। मनमा चन्द्रमाको रज-तमको प्रभावका कारण भागेर जाने, आत्महत्या गर्ने वा भूत लाग्ने जस्ता घटना धेरै हुने गर्दछ। विशेष गरी रातको समयमा, जब सूर्यबाट उत्पन्न ब्रह्माण्डको मूलभूत अग्नि तत्व (तेजा तत्व) अनुपस्थित हुन्छ, अमावस्याको रात अनिष्ट शक्तिको लागि मानवलाई कष्ट दिने सुनौलो अवसर हुन्छ। अनिष्ट शक्तिहरु रज-तममा वृद्धिको लाभ कालो ऊर्जा एकत्रित गर्नको लागि उठाउँछन् जसको उपयोग प्राकृतिक  प्रकोप  या तृतीय विश्व युद्ध  जस्ता घटनाहरु निम्तयाउन उपयोग गर्छन्।

पूर्णिमाको रातमा, जब चन्द्रमाको उज्यालो भाग पृथ्वीतर्फ हुन्छ, अन्य रातको तुलनामा मूलभूत सूक्ष्म-स्तरीय रज-तम न्यूनतम मात्रामा प्रक्षेपित हुन्छ। तसर्थ, यस रातमा अनिष्ट शक्तिहरु, गूढ कर्मकाण्ड (कालो जादू) गर्ने मानिसहरुको रज-तमात्मक शक्ति न्यूनतम मात्रामा उपलब्ध हुन्छ। तर, अनिष्ट शक्ति (भूत, प्रेत, पिशाच, दानव आदि) ले पूर्णिमाको दिन चन्द्रमाको गुरुत्वाकर्षणको फाइदा उठाएर कष्टको तीव्रता बढाउँछन्।

अमावस्या र पूर्णिमाको दिनमा मानिसमा पर्ने प्रभावमा सूक्ष्म भिन्नता रहेको आध्यात्मिक अनुसन्धानबाट स्पष्ट भएको छ। पूर्णिमाले सामान्यतया स्थूलदेहमा प्रतिकूल प्रभाव पार्छ, जबकि अमावास्यको चन्द्रमाको परिणाम मनमा हुन्छ। पूर्णिमाको चन्द्रमाको परिणाम अधिकांश देखिने हुन्छ, जबकि अमावास्यको चन्द्रमाको परिणाम सूक्ष्म हुन्छ। अमावस्याको चन्द्रमाको परिणाम दृश्य स्तरमा नहुनाले व्यक्तिको लागि यो बढी डरलाग्दो हुन्छ। मानिसलाई थाहा नभएकोले त्यसको प्रभावलाई हटाउने प्रयास गर्दैन।

पूर्णिमाको चन्द्रमाको तुलनामा, अमावस्यामा चन्द्रमाको प्रभाव कम देखिन्छ। तर, अमावास्यको चन्द्रमाको प्रभाव बढी प्रतिकूल (नकारात्मक) हुन्छ। यसको कारण यो हो कि पूर्णिमाको भन्दा अमावाश्यको चन्द्रमाको दिनमा मानिसमा चन्द्रमाको प्रभाव धेरै सूक्ष्म हुन्छ। पूर्णिमाको दिन विचारमा वृद्धिको भान हुन्छ।

साधनाका छ मूलभूत सिद्धान्त  अनुसार अधिक साधना गर्ने साधकहरू मुख्यतया सात्विक स्वभावका हुन्छन्। फलस्वरूप, तिनीहरू एक साधारण मानव (जो स्वयं रज-तमयुक्त) को तुलनामा वातावरणको रज-तमप्रति बढी संवेदनशील हुन्छन्। साधकहरूको लागि राम्रो कुरा यो हो कि उनीहरूले आफूलाई अनिष्ट शक्तिहरुबाट बचाउनको लागि भगवानबाट सहायता प्राप्त गर्छन्। कति आध्यात्मिक स्तरमा अनिष्ट शक्तिहरु (भूत, प्रेत, पिशाच, दानव, आदि) बाट बचनको लागि सुरक्षा कवच प्राप्त हुन्छ? यस लेखको सन्दर्भ लिनुहोस्।

. किन रिपोर्टहरुमा मनाव व्यवहारमा चन्द्रमाको प्रभावको प्रमाण फेला पार्न असमर्थ छन्?

केही प्रारम्भिक चिकित्सा/मनोवैज्ञानिक अध्ययनहरूले मानिसमा चन्द्रमाको प्रभावलाई उल्लेख गरेको छ। तर केही वर्षअघि गरिएको एक अध्ययनले यस्तो सम्बन्ध देखाउन सकेन। यसको कारण यो हो कि विगत एक दशकदेखि विश्वको कुल रज-तममा अभूतपूर्व वृद्धि भएको छ। रज-तममा यो वृद्धि हुनुको मुख्य कारण अनिष्ट शक्ति (भूत, प्रेत, दानव आदि) को सुनियोजन हो।

यस लेखको सन्दर्भ लिनुहोस् – राम्रो अथवा नराम्रोको युद्ध 

रज-तमको यो कुल वृद्धिका कारण विश्वका सबै व्यापकरुपमा प्रभावित भएको छ । यी प्रभावहरूको दायरा व्यक्तिगत स्तरमा मानसिक रोगको वृद्धिदेखि लिएर पारिवारिक कलहसम्म, आतङ्कवाददेखि प्राकृतिक प्रकोपसम्म पर्दछन्। आज पनि अमावस्या र पूर्णिमामा चन्द्रमाले प्रभाव पारिरहेको छ; तर महिनाभरि मानवजातिको समग्र अनौठो व्यवहारका कारण तथ्याङ्कीय अध्ययनमा उनीहरुको ध्यान जान सकेको छैन।

. हानिकारक प्रभावहरुबाट आफूलाई जोगाउन हामी के गर्न सक्छौं?

अमावस्या र पूर्णिमाका दिनहरूमा चन्द्रमाको हानिकारक प्रभावहरू आध्यात्मिक कारणले हुन्छन्, त्यसैले तिनीहरूबाट बच्न आध्यात्मिक उपचार  वा साधना  मात्र उपयोगी हुन सक्छ।

विश्वव्यापी रूपमा, यी दिनहरूमा महत्त्वपूर्ण निर्णयहरू लिन वा खरिद बिक्री गर्नबाट जोगिनै पर्छ; किनभने नकारात्मक ऊर्जाहरूले यी माध्यमहरू मार्फत आफ्नो प्रभाव पार्न सक्छ। पूर्णिमा र अमावास्यको २ दिन अघि र २ दिन पछि आफ्नो साधनालाई मात्रात्मक र गुणात्मक रूपमा बढाउनुहोस्। आफ्नो पन्थ वा धर्म अनुसार देवताको नाम जप  गर्नु लाभदायक हुन्छ र आध्यात्मिक सुरक्षाको लागि श्री गुरुदेव दत्तको जप  गर्नुहोस्।

चन्द्रमाको चरणहरूको घट्ने चरणमा, अर्थात् पूर्णिमा र अमावास्यको बीचको अवधिमा, जब चन्द्रमाको आकार बिस्तारै घट्दै जान्छ, त्यसबाट निस्कने मूलभूत सूक्ष्म-स्तरको स्पन्दनहरू क्रमशः बढ्दै जान्छन्। यो चन्द्रमाको अँध्यारो भागमा क्रमिक वृद्धिको कारण हुन्छ। तसर्थ, रज-तम वृद्धिको कारणले हुने प्रतिकूल प्रभावबाट आफूलाई बचाउनको लागि यस अवधिमा साधना बढाउनु आवश्यक छ।

चन्द्रमाको घट्ने अवधिमा हामीले अघिल्लो पन्ध्र दिनमा गरिएका वृद्धिशील प्रयासहरूलाई न्यूनतम स्थिर राख्ने प्रयास गर्नुपर्छ। यसरी हामी अर्को क्षयकालमा थप साधना गर्ने प्रयास गर्न सक्छौं।