१. नुन-मिश्रित जलको आध्यात्मिक उपचार के हो ?

अनिष्ट शक्ति (भूत, प्रेत, पिशाच इत्यादि) आफ्नो सूक्ष्म कालो शक्तिद्वारा व्यक्तिलार्इ प्रभावित गरि उसलार्इ कष्ट पुराउछ । कालो शक्तिले विविध प्रकारका समस्याहरु उत्पन्न गर्दछन्, जस्तै – निराशा, विचारमा अस्पष्टता, शरीरको अङ्गहरुको विकार । अगाडि गएर क्रमशः लागुपर्दाथमा लत, आर्थिक समस्या अथवा छातीमा वेदना हुन्छ ।

नुन-पानीको उपचार एउटा सरल; तथा प्रभावशाली आध्यात्मिक उपाय हो, जसले घातक अदृश्य कालो शक्तिको विरोध गरि हाम्रो शरीर, मन एवं बुद्धिबाट निकाल्न सक्छ । यसले गर्दा कालो शक्तिलार्इ विरोध गर्नको लागि हाम्रो साधना खर्च हुँदैन । साथै त्यसको उपयोग हाम्रो आध्यात्मिक उन्नतिको लागि हुन्छ ।

२. नुन-मिश्रित पानीको उपचार कहिले गर्ने ?

प्रत्येक व्यक्ति धेरै-थोरै स्तरमा अनिष्ट शक्ति द्वारा प्रभावित हुन्छ । परिणामस्वरूप हामी सबैको शरीरमा केही मात्रामा कालो शक्ति रहन्छ नै । प्रतिदिन नुन-पानीको उपचार गर्नाले, कालो शक्ति निकाल्नमा सहायक हुन्छ ।

निम्नलिखित लक्षणहरु देखार्इ दिदा विशेष रूपले नुन-पानीको उपचार गर्नुहोस् :-

  • उदासीनता
  • तत्परताको अभाव
  • सोच्न नसक्नु
  • अत्यधिक विचार, विशेषतः नकारात्मक विचार
  • क्रोध अथवा अन्य तीव्र भावना
  • तनाव
  • कुनै पनि प्रकारको शारीरिक रोग

जब हामी माथि दिएका लक्षणहरुको अनुभव गर्छौं, त्यस समय हामी शारीरिक, मानसिक अथवा आध्यात्मिक रूपले दुर्बल हुन्छौं । यस्तो दुर्बल अवस्थामा अनिष्ट शक्ति हामीलार्इ आक्रमण गर्दछ तथा अधिक मात्रामा कालो शक्तिको संचार गरि ती लक्षणहरुलार्इ बढार्इ दिन्छ ।

तल दिएको चित्र सूक्ष्म-ज्ञानमा आधारित छ । यो चित्रमा एक व्यक्तिलार्इ निराशा उत्पन्न गर्ने एक प्रकारको अनिष्ट शक्ति देखाएको छ ।

सबै प्रक्रिया पढ्नको लागि यहाँ क्लिक गर्नुहोस्

अवश्य पढ्नुहोस् – अनिष्ट शक्ति सम्बन्धि सूक्ष्म-ज्ञानमा आधारित चित्रको वरिपरि सुरक्षात्मक घेरा किन छ ?

टिप्पणी : जब हामी कम्जोर हुन्छौं (विशेष गरेर आध्यात्मिक दृष्टिले), तब अनिष्ट शक्ति हामीलार्इ सजिलैसँग आफ्नो लक्ष्य बनाउन सक्छ । यस्तो अवस्थामा आक्रमण गर्नको लागि कम शक्ति खर्च हुन्छ ।

तीव्र कष्टको समयमा, उत्तम परिणामको लागि नुन-पानीको उपचार दिनमा २-३ पल्ट, हरेक २-३ घण्टाको अन्तरालमा गर्नुहोस् ।

३. नुन-मिश्रित पानीको उपचारको लागि आवश्यक वस्तुहरु

  • एउटा ठूलो आकारको बाल्टिन
  • त्यही बाल्टिनमा आधा पानी भर्नुहोस्, जसले खुट्टा डुबाउदा पानी गोलीगाँठा भन्दा माथि होस् ।
  • ढेका नुन (Rock Salt)
    • ढेका नुन (यदि ढेका नुन उपलब्ध छैन भने समुद्री नुन (salt crystals / table salt) को उपयोग गर्न सक्छौं; तर ध्यान राख्नुहोस् कि यसको प्रभावकारिता मात्र ३०% सम्म रहन्छ ।
  • एउटा तौलिया
  • खुट्टाको लागि चटार्इ (foot mat)

४. नुन-मिश्रित पानीले उपचार कसरी गरिन्छ ?

४.१ चरण-प्रति-चरण सूचना

पूर्व-तयारी :

  • त्यस बाल्टिनमा पानी भर्नुहोस् जसले खुट्टा डुबाउँदा पानी गोलीगाँठा भन्दा माथि होस् । त्यसमा २ ठुलो चम्मच ढेका नुन हाल्नुहोस् ।

  • ईश्वरको चरणमा निष्ठा अनि श्रद्धाले आफू भित्रको कालो शक्ति निकाल्नको लागि प्रार्थना गर्नुहोस् । साथै कष्ट दिने अनिष्ट शक्तिको (भूत, प्रेत, पिशाच इ. को) कालो शक्ति नष्ट हुनको लागि विशेष प्रार्थना गर्नुहोस् । प्रार्थना यो विधिको ज्यादै महत्त्वपूर्ण घटक हो, जसले यो उपचारको प्रभावकारिता बढाउँछ ।

उपचार :

  • आफ्नो खुट्टा नुन-पानीमा डुबाएर सीधा बस्नुहोस् । दुर्इ खुट्टामा २-३ से.मी. को अन्तर राख्नुहोस् । यस्तो गर्दा अधिकतम कालो शक्ति निक्लन्छ । खुट्टा जोडिदा कालो शक्ति निवारणमा बाधा उत्पन्न हुन्छ ।

  • खुट्टा नुन-पानीमा १०-१५ मिनट सम्म डुबाएर राख्नुहोस् ।

  • जब सम्म नुन-पानीमा खुट्टा डुबाएर राख्छ, आफ्नो धर्म अनुसार देवताको नामजप गर्नुहोस् ।

पूर्ण भएपछि :

  • उपचार पूर्ण भएपछि ईश्वरको चरणमा कृतज्ञता व्यक्त गर्नुहोस् तथा आफ्नो चारैतर्फ सुरक्षा-कवच निर्माण हुनको लागि प्रार्थना गर्नुहोस् ।

  • बाल्टिनमा भएको नुन-पानीलार्इ शौचालयमा फाल्नुहोस् अनि बाल्टिनलार्इ स्वच्छ पानीले धुनुहोस् ।

  • आफ्नो पन्थानुसार देवताको नामजप २-३ मिनेट गर्नुहोस् ।

४.२ नुन-मिश्रित पानीको उपचार विधि-सम्बन्धित भिडियो

भिडियो बनाउने समय भएको नकारात्मक (अनिष्ट शक्तिको अस्तित्त्वसँग  सम्बन्धित) अनुभूति

५. नुन-मिश्रित पानीको उपचारको कार्यविधि के हो ?

  1. हाम्रो विभिन्न अङ्गहरुमा अनिष्ट शक्ति द्वारा उत्पन्न कालो शक्तिको कण नामजप एवं प्रार्थनाले विस्थापित एवं विघटित हुन जान्छ ।
  2. नुन-पानीमा कालो शक्तिलार्इ तानेर निकाल्ने विशेषता हुन्छ ।
  3. कालो शक्ति बाहिर निस्केका केही लक्षणहरु छन्, जस्तै – उबासी (yawning), खुट्टामा केही थाहा नपाउनु, आँखा एवं कान तातो हुनु आदि । कहिलेकाहीं नुन-पानीमा डुबाएको खुट्टा चिपचिप पनि लाग्न सक्छ । यो कालो शक्ति निक्लनुको लक्षण हो । कहिलेकाहीं यस्तो पनि पाएका छौं कि नुन-पानीको उपाय पछि, पानी केही कालो हुन जान्छ, अथवा दुर्गंध आउन थाल्छ अथवा कहिलेकाहीं पानी तातो हुन जान्छ । यो शरीरबाट निक्लेको कालो तरङ्गको सम्पर्कमा आउनुको कारण हुन्छ ।

६. उपचारबाट भएको केही फार्इदाहरुका उदाहरण

६.१ नुन-मिश्रित पानीको उपचार गर्ने समय सूक्ष्म स्तरमा के हुन्छ ?

जब अनिष्ट शक्तिबाट (भूत, प्रेत, पिशाच इत्यादि बाट) पीडित व्यक्तिले यो उपाय गर्दा, प्रगत छैटौं इंद्रिय  (ESP) ले सम्पन्न साधिका कु. मधुरा भोसलेले अनिष्ट शक्ति एवं उसको कालो शक्तिमा हुने प्रभाव निम्न लिखित अनुभव गर्नुभयो ।

६.२ कालो शक्ति निकाल्ने सन्दर्भमा सूक्ष्म ज्ञानमा आधारित चित्र

माथि दिएको सूक्ष्म ज्ञानमा आधारित चित्रमा नुन-मिश्रित पानीको उपचार गर्दा चुडैलको कालो शक्तिमा भएको प्रभाव दर्शाएको छ । त्यो चुडैल एउटा व्यक्तिको मनमा अत्यधिक यौन विचार उत्पन्न गरिरहेको थियो ।

पढ्नुहोस् – अत्यधिक यौन विचारको प्रकरणमा अध्ययन

साथौ यो पनि पढ्नुहोस् – हामी सुरक्षा-घेराको उपयोग किन गर्छौं ?