हाम्रो वेबसार्इटमा अध्यात्म शास्त्र शोध संस्थानले (एस.एस.आर.एफ ले) नियमित ‘साधना’ को महत्वलार्इ व्यापक रुपले जोड दिएको छ ।

यो भागको उद्देय हो – ‘तपार्इ आज नै साधना सुरु गर्न के गर्न सक्नु हुन्छ’, यो तुरुन्त जान्नको लागि तपार्इलार्इ सहायता गर्नु ।

तपार्इ चाहे कुनै पनि धार्मिक पन्थ अथवा संस्कृतिसँग सम्बद्ध हुनुहुन्छ, अध्यात्म शास्त्र शोध संस्था तत्काल गर्न योग्य निम्नलिखित ३ मुद्दाहरु सुझाव दिन चाहन्छ, जसले तपार्इको आध्यात्मिक यात्रा आरम्भ होस् अथवा त्यसलार्इ सहायता होस् ।

1. आफ्नो जन्म पन्थको अनुसार देवताको नाम जप गर्ने

हाम्रो जन्म त्यही पन्थमा हुन्छ, जुन हाम्रो आध्यात्मिक यात्रा आरम्भ गर्नको लागि अनुकूल हुन्छ । त्यसैले हामी आफ्नो पन्थनुसार देवताको जुन रुप अथवा प्रतीकको उपासना गर्छौं, त्यहि हाम्रो आध्यात्मिक यात्राको लागि वर्तमाप चरणमा सर्वाधिक लाभदायक हुन्छ । प्रत्येक पन्थ अनुसार देवाताका विभिन्न नाम, एक परमेश्वरको विभिन्न रुपका प्रतिनिधि हुन् । आफ्नो जन्म पन्थ अनुसार देवताको नामजप गरि हामी र्इश्वरको त्यस रुपलार्इ पुकारछौं अनि उनको दिव्य शक्ति आत्मसात गर्छौं । यो हाम्रो लागि सबै भन्दा आवश्यक सामान्य आध्यात्मिक टनिक (general spiritual tonic) जस्तै हो, जो हाम्रो लागि सर्वाधिक आवश्यक्ता रहन्छ ।

आउनुहोस् केहि उदाहरण हेरैं हाम्रो जन्म पन्थ अनुसार कुन देवताको नामजप गर्ने ।

कुन देवताको नामजप गर्न आवश्यक ?

कुन पन्थमा जन्म भयो ? कुन नामजप गर्ने ?
बौद्ध ॐ मणिपद्मे हुं ।, नमो बुद्धाय ।
र्इसार्इ कैथोलिक : हेल मेरी (र्इश्वरलार्इ प्राथना)
प्रोटेस्टंट : हेल जीजस (पर्वतबाट उपदेश)
हिन्दू

कुलदेवताको नाम अथवा कसैलार्इ कुलदेवताको नाम ज्ञात छैन भने ‘श्री कुलदेवतायै नम:’

कुलदेवताको नाम जप्ने पद्धति : कुलदेवताको नाम अगाडि ‘श्री’ लगाएर नामलार्इ चतुर्थ विभक्ति लगाउॅंने तथा अन्तिममा नम: लगाउँने ।

उदाहरणको लागि, यदि कुलदेवता : श्री गणपति हो भने ‘श्री गणेशाय नम:’ यदि भवानी माता हो भने ‘श्री भवानीमातायै नम:’ अथवा ‘श्री भवानी देव्यै नम:’

मुस्लिम या अल्लाह, अल्लाह हु अकबर, रहीम इत्यादि
जैन नवकार मन्त्र (ॐ नमो अरिहन्ताणं….)
ज्यू जेहोवाह, याहवेह, अडोनाइ अथवा ज्यू पन्थमा दिएका भगवानका नामहरुबाट
सिख वाहे गरु । श्री वाहे गुरु ।, सुखमणि साहेब ।, जपजी साहेब ।/td>
जोराष्ट्रियन १०१ नामहरु छन् । मनन (mediation) गर्दा ध्यानमा आएको नाम साधकलार्इ बताउँछ ।

नामजप सम्बन्धि केहि सुझाव:

1. कसरी तपार्इलार्इ सुविधाजनक हुन्छ, त्यसरी नामजप गर्नुहोस् : तपार्इ मन मननै, मौखिक रुपमा अथवा माला लिएर जप गर्न सक्नु हुन्छ । तपार्इको लागि कुन पद्धति सुविधाजनक छ, त्यहि पद्धति अपनाउन सक्नु हुन्छ ।

 

 

2. कुनै पनि समयमा, जहाँ पनि : तपार्इ जहाँ भए पनि, जहिले पनि जप गर्न सक्नु हुन्छ । उदाहरण. कार्यलय जादाको समयमा, खाना बनाउदै गर्दा अथवा कुकुरलार्इ घुमाउन लैजादा पनि नामजप गर्न सकिन्छ ।

 

 

3. नामजपको संख्या : जति धेरै नामजप गर्छैं त्यति धेरै आध्यात्मिक लाभ हुन्छ । तपार्इ पाच मिनेट प्रतिदिनबाट आरम्भ गर्न सक्नु हुन्छ अनि केहि महिनामा त्यसलार्इ बढाएर केहि घण्टा गर्न सक्नु हुन्छ ।

 

 

4. नामजप नियमित गर्नुहोस् : लगनसँग नामजप गर्नाले तपार्इ शान्तिको अनुभव गर्न पाउनु हुन्छ जुन पहिले कहिल्यै अनुभव गर्नु भएको थिएन । तपार्इको सांसारिक जीवनमा पनि सुधार हुन थाल्छ ।

 

 

संक्षेपमा : यो साधनालार्इ कम्तिमा ६ महिना तपार्इको क्षमतानुसार उत्तम प्रयास गर्नुहोस् । तपार्इको जीवनमा फार्इदा नै हुनेछ ।

२. अतृप्त पूर्वजको कारण हुने कष्ट (पितृदोष) बाट रक्षाको लागि संरक्षक नामजप

आज विश्वमा लगभग सबै जाना पितृ दोषबाट (अतृप्त पूर्वको कारण हुने कष्टबाट) प्रभावित छन् । यसको विस्तृत जानकारी अनुभाग पितृ दोष (अतृप्ति पूर्वजको कारण हुने कष्ट) मा दिएको छ ।

भगवान दत्तात्रेय र्इश्वरको त्यो रुप हो, जो पितृ दोषबाट हाम्रो रक्षा गर्छ । पितृ दोषबाट निवारणको लागि उनको नामजपले सुरक्षा कवच बन्दछ ।

वास्तविक नामजप हो ।। श्री गुरुदेव दत्त ।। यो सुरक्षात्मक नामजप सुन्नको लागि यहाँ क्लिक गर्नुहोस्

।। श्री गुरुदेव दत्त ।। नामजप सम्बन्धी सुझाव

मात्रा : हाम्रो सुझाव हो कि पितृ दोषको तिव्रता अनुसार तपार्इ ।। श्री गुरुदेव दत्त ।। नामजपको संख्या निर्धारित गर्नुहोस् । पितृ दोषको कारण उत्पन्न कष्ट अथवा समस्याका प्रकार जान्नको लागि हाम्रो लेख – पितृ दोष (अतृप्त पूर्वको कारण हुने कष्ट) को व्याख्या के हो ? अवश्य पढ्नुहोस् ।

  1. यदि पितृ दोष छैन भने अथवा कम छ भने भविष्यमा यस बाट बच्नको लागि प्रतिदिन १ अथवा २ माला ।। श्री गुरुदेव दत्त ।। नामजप गर्नुहोस् ।
  2. यदि पितृ दोष मध्यम छ भने प्रतिदिन २ देखि ४ घण्टा ।। श्री गुरुदेव दत्त ।। नामजप गर्नुहोस् ।
  3. यदि पितृ दोष तीव्र छ भने प्रतिदिन ४ देखि ६ घण्टा ।। श्री गुरुदेव दत्त ।। नामजप गर्नुहोस् ।

टिप्पणी : केहि समय पहिला दिएको सूचना अन्तर्गत नामजपको तुलनामा समय बढेको छ । वर्तमान अनि भविष्यमा पितृदोष अनि अनिष्ट शक्तिको पिडा वृद्धिको कारण यो संख्या बढाएको हो ।

३. आफ्नो आध्यात्मिक ज्ञान बढाउँने

अध्ययन : अध्यात्म शास्त्रको विभिन्न अङ्गका अध्यनले तपार्इलार्इ नियमित साधनाको महत्व ज्ञान हुनेछ । यसले तपर्इको शङ्काको सामाधान पनि हुन्छ । निम्न लिखित लेख पढ्न उपयुक्त हुनेछ ।

  • अनन्त सुखको लागि आध्यात्मिक शोध तथा साधना के हो : मूलभूत सिद्धान्त
  • साधना सम्बन्धी अनुभाग

टिप्पणी : तपर्इको अनुभव नि:सङ्कोच बताउनुहोस् तथा साधना आरम्भ गरे पछि मनमा उत्पन्न कुनै पनि प्रश्न सोध्नुहोस् ।