राम्रो अथवा नराम्रोको युद्ध

राम्रो अनि नराम्रोको सूक्ष्म-युद्ध प्राचीन कालदेखि समय-समयमा हुँदै आइरेहको छ । सूक्ष्म-विश्व अन्तर्गत यो पुनः एक पल्ट फेरि वर्ष १९९९ देखि २०१२ को कालखण्डमा लड्ने छ । यसपछि यो सूक्ष्म-युद्धको तीव्रता स्थिर हुन्छ तर त्यस पछि इ.स. २०१२-२०१३ बिस्तारै- बिस्तारै कम हुँदै जान्छ । पृथ्वीमा हुने (स्थूल) युद्ध २०१३ देखि २०१८ सम्म चल्नेछ । त्यसपछि विश्व युद्धजन्य स्थितिबाट बाहिर आउनको लागि परिवर्तनको स्थितिमा जानेछ अनि नयाँ युगको सिद्धता गर्न थाल्छ । यो नयाँ युगको नाम हुनेछ, ईश्वरीय राज्य अनि यसको स्थापनापछि सम्पूर्ण मानव जाति एक हजार वर्ष सम्म शान्ति अनि धार्मिकता अनुभव गर्नेछ । हामी जुन कालमा रहिरहेका छौं, यो अत्यन्त महत्वपूर्ण छ; किन कि यो युद्धको परिणाम-उपपरिणामका अनुभव सम्पूर्ण विश्वमा (ब्रह्माण्डमा) गर्न पाउन मिल्नेछ । तथापि वर्तमान समय ईश्वर प्राप्तिको (सर्वोच्च आध्यात्मिक उपलब्धिको) लागि साधना गर्नको लागि अत्यधिक सहायक छ ।

टिप्पणी: यो लेख बुझ्नको लागि तीन सूक्ष्म मूलभूत घटक : सत, रज अनि तम यो लेख पढ्न आवश्यक छ । सम्पूर्ण सृष्टि यी तीन सूक्ष्म घटमा आधारित छ । यहाँबाट अगाडि यो लेखमा हामी यी तीन घटक अनि तीनका विशेषणका – सात्त्विक, राजसिक अनि तामसिक, निरन्तर उल्लेख गर्नेछौं । उदा. जब हामी व्यक्तिको उल्लेख ‘सात्त्विक व्यक्ति’ यस्तो लेख्छौं, त्यसको अर्थ हुन्छ कि त्यो व्यक्तिमा सत्वको मात्रा अत्यधिक छ अनि आध्यात्मिक दृष्टिले अत्यधिक शुद्ध छ ।

१. राम्रो अनि नराम्रोको व्याख्या

आध्यात्मिक दृष्टिले जुन व्यक्तिलार्इ राम्रो भनिन्छ; उनी:

  • जीवित अथवा मृत पनि हुन्छ (यसलार्इ सूक्ष्म-देह भन्छ)
  • उनलार्इ साधना गर्ने तीव्र इच्छा हुन्छ
  • ईश्वरलार्इ अहं सहित सर्वस्व अर्पित गर्ने ध्येय पूरा गर्नको लागि प्रयत्न गर्छ ।
  • जो आफ्नो जीवन ईश्वर प्राप्तिको लागि समर्पित गर्छ ।

यो यस्तो वैशिष्टपूर्ण लोग हुन्छ, जसको आध्यात्मिक स्तर ३० प्रतिशत भन्दा अधिक हुन्छ अनि जसमा रज-सत्त्व अथवा सत्त्व अधिक मात्रामा हुन्छ अनि धार्मिक पनि हुन्छ । जुन व्यक्तिमा यी लक्षणका अभाव हुन्छ, तर अनाथ बच्चालार्इ दान दिने अथवा राम्रो कार्य गर्छ, विशेष रूपले यदि त्यो कार्य गर्वको साथ गर्छ, उनको कार्य प्रशंसनीय हुँदा पनि, अध्यात्मशास्त्र अनुसार त्यो राम्रो भन्नको लागि योग्य हुँदैन । राम्रो व्यक्ति अनि राम्रो सूक्ष्म-देह राम्रो शक्ति अन्तरर्गत आउछ ।

अर्को तर्फ, नराम्रो व्यक्तिमा (जीवित अथवा सूक्ष्म-देह) रज-तम अथवा तमको मात्रा अधिक हुन्छ अनि अधार्मिक हुनको साथ-साथै उनीमा तीव्र अहं हुन्छ । यो व्यक्ति यदि साधना गर्छ भने आफ्नो व्यक्तिगत इच्छा-पूर्तिको लागि आध्यात्मिक शक्ति प्राप्त गर्ने उद्देश्यले गर्छ । अहं शब्दको प्रयोग यहाँ आध्यात्मिक सन्दर्भमा गरेको छ । ‘आफ्नो मत अरुमा थोपने (दुराग्रही)’ अनि ‘आफ्नो सम्पति प्रति अतिगर्वले युक्त (गर्व)’, यी साधारण अर्थ अतिरिक्त यहाँ अहं शब्दको प्रयोग आध्यात्मिक दृष्टिले स्वयं ईश्वर भन्दा अलग सम्झनु पनि हो । नराम्रो व्यक्ति अनि नराम्रो सूक्ष्म-देह दुवै सामूहिक रुपले अनिष्ट शक्ति भनिन्छ ।

केवल अध्यात्मशास्त्र अनुसार जो ईश्वर प्राप्ति उद्देश्यले साधना गर्छ अनि आफ्नो देह, मन, सम्पत्ति अनि अहं त्याग गर्छ तथा त्यसको मात्रा बढाउछ, उनी राम्रो वर्गमा आउछ । त्यसैले राम्रोको यो व्याख्यानुसार, वर्तमान समयमा पृथ्वीमा राम्रो व्यक्ति अत्यल्प छ । अधिकतर व्यक्ति नराम्रो वर्गमा आउछ । यी मध्य जो समाजलार्इ हानि गर्छ, जसले विश्वको सात्त्विकता अथवा आध्यात्मिक पवित्रता न्यून गर्न सहायक गर्छ, त्यसको जनसंख्या ३० प्रतिशत छ । साधनाको अभाव अनि मायामा रूचि हुनुको कारण अधिकांश व्यक्तिको उपयोग अनिष्ट शक्ति द्वारा अनिष्ट कार्यको लागि गरिन्छ ।

२. राम्रो अथव नराम्रो शक्ति काहाँबाट आउछ ?

२.१ नराम्रो कहिले देखि अस्तित्वमा आयो ?

ब्रह्माण्डको प्रत्येक वस्तु एक ईश्वरबाट नै निर्मित भएको हो । ईश्वरीय तत्त्व ब्रह्माण्डको सबैमा व्याप्त छ तथा यी भन्दा परे पनि ईश्वरीय तत्त्वको अस्तित्व हुन्छ । यो दृष्टिकोणले राम्रो शक्ति अनि नराम्रो शक्ति, दुवैको निर्मिति ईश्वरीय तत्त्वबाट भएको हो । ब्रह्माण्डको उत्पत्तिदेखि ती अस्तित्वमा छ । तर नराम्रो शक्ति त्यस समय बीजरूपमा अथवा अप्रकट अवस्थामा थियो ।

सृष्टिको उत्पत्ति सम्बन्धि आध्यात्मिक नियमानुसार सबै ईश्वरीय तत्त्वले नै निर्मित हुन्छ, कोहि समयसम्म त्यसको अस्तित्व रहन्छ अनि अन्तमा ईश्वरीय तत्त्वमा नै विलीन हुन जान्छ । ब्रह्माण्मा यस प्रकारले अस्तित्वमा आएको, पूर्व नियोजित समयसम्म बनि रहन्छ अनि अन्तिममा त्यसको लय हुन्छ । ईश्वरीय नियोजनानुसार ब्रह्माण्डमो आरम्भमा बीजरूपमा विद्यमान नराम्रो बस्तारै-बस्तारै बढ्न थाल्छ । त्यो सूक्ष्म-स्तरीय अनिष्ट शक्ति तथा व्यक्तिको माध्यमबाट प्रकट हुन्छ । समय बित्दै जादा नराम्रो १०० प्रतिशतसम्म वृद्धि हुन थाल्छ । यो स्थितिमा ब्रह्माण्डको लय हुन्छ ।

२.२ राम्रो अनि नराम्रो शक्तिलार्इ शक्ति (ऊर्जा) कहाँबाट मिल्छ ?

राम्रो अनि नराम्रो शक्ति दुवै ईश्वरीय तत्त्वबाट निर्मित हुनाले, आध्यात्मिक ऊर्जा (शक्ति) ईश्वरबाट नै मिल्छ । यो केहि विरोधाभासपूर्ण लाग्न सक्छ; तर यो उदाहरणबाट राम्रोसँग बुझ्न सक्छौं । कुनै कम्पनीमा दुर्इ कर्मचारी उतिकै मेहनत गरि समान तलब अर्जित गर्छन् । हातमा पैसा आएपछि त्यको प्रयोग कुन प्रकारले गर्छ, यो ती दुवैमा निर्भर हुन्छ । एक व्यक्ति आफ्नो लागि खर्च गरेर बाकि रहेको धनले समाजलार्इ सहायता गर्न सक्छ । दोस्रो व्यक्ति समाजलार्इ कष्ट दिनको लागि धनको उपयोग गर्न सक्छ । धन कमाउनु, साधना गरि आध्यात्मिक शक्ति प्राप्त गर्नु समान हो । राम्रो अथवा नराम्रो व्यक्ति साधना गर्नुको उद्देश्यमा धेरै अन्तर हुन्छ । पहिलो व्यक्तिको उद्देश्य हुन्छ, ईश्वरसँग एकरूप हुनु तथा अर्को तर्फ दोस्रो व्यक्तिको उद्देश्य प्रमुख रूपले आफ्नो सन्तुष्टिको लागि (वासना पूर्तिको लागि) आध्यात्मिक शक्ति प्राप्त गर्नु । एक पल्ट आध्यात्मिक शक्ति पूर्णतः संग्रहित भएपछि ईश्वर हामीलार्इ उपयोग गर्नको लागि सम्पूर्ण स्वतन्त्रता प्रदान गर्छ । जब यो शक्ति व्यक्ति द्वारा धर्मको लागि प्रयोग गरिन्छ त्यसलार्इ राम्रो शक्ति भन्छ अनि अधर्मको लागि प्रयोग गर्दा त्यसलार्इ नराम्रो अथवा कालो शक्ति भनिन्छ ।

महत्वपूर्ण कुरा यो हो कि जब आध्यात्मिक शक्ति धर्मको लागि प्रयोग गरिन्छ, व्यक्ति ईश्वरको रूपसँग एकरूप हुने अनुभूति गर्छ । जसरी-जसरी ईश्वरसँग एकरूप हुन्छ, व्यक्तिलार्इ आध्यात्मिक शक्ति प्राप्त हुन्छ । परिणामस्वरूप व्यक्तिको शक्ति खर्च हुँदैन । तर जब व्यक्ति आफ्नो आध्यात्मिक शक्ति अधर्मको लागि प्रयुक्त गर्छ, जुन ईश्वरको गुणधर्म विरुद्ध हो; तब व्यक्ति अथवा सूक्ष्म-देहको शक्ति त्यतिनै मात्रामा न्यून हुँदै जान्छ ।

३. राम्रो अनि नराम्रो शक्तिका कार्य के हुन् ?

ब्रह्माण्ड (विश्व) को सबै क्षेत्रमा सत्त्व गुणमा आधारित सुव्यवस्था स्थापित गर्न, राम्रो शक्तिको कार्य हुन्छ । सम्क्षेपमा यो कार्य आध्यात्मिक दृष्टिले विश्वको शुद्धि गर्नको लागि हुन्छ । अर्को तर्फ नराम्रो शक्ति रज अनि तममा आधारित आसुरी राज्य स्थापना गर्ने प्रयास गर्छ । आसुरी राज्य, त्यो राज्य हो, जुन आसुरी शक्तिको लागि इच्छा पूरा गर्नको लागि अनुकूल हुन्छ । यी इच्छाहरु विभिन्न प्रकारका हुन्छन्, उदा. अत्यधिक मात्रामा शरीरिक मोजमस्तीमा आसक्त हुनु, शक्तिको अनुचित उपयोग गर्नु, ईश्वर प्राप्ति गर्ने साधकलार्इ कष्ट पुराउनु अनि उनको मोक्ष प्राप्ति गर्ने साधनामा बाधा पुराउनु इत्यादि ।

४. राम्रो अनि नराम्रोमा सन्तुलन

सम्पूर्ण ब्रह्माण्ड (विश्व) को अस्तित्व चौध विभाग अथवा लोकमा विभाजित भएको छ । यसमा सात राम्रो लोक अनि सात नराम्रो लोक हुन्छन् । पृथ्वीनै एक स्थूल लोक हो, जब कि अन्य लोक सूक्ष्म-स्तरको हुन्छ । राम्रो लोकमा स्वर्ग एउटा राम्रो लोक हो, जहाँ हामी मृत्योपछि जान सक्छ ।

राम्रो अनि नराम्रो शक्तिको जीवित कार्य ठीक एक अर्काको विपरीत हुनाले यी दुर्इमा सदैव संघर्ष रहन्छ । राम्रो अनि नराम्रोमा सन्तुलन कहिले पनि स्थिर हुँदैन, अहिले समय अनुसार परिवर्तित भर्इरहेको छ । यसको परिणाम ब्रह्माण्डको सबै भागमा (लोकमा) अनुभव गरिन्छ । उदा. जब अनिष्ट शक्तिको (भूत, प्रेत, पिशाच इ.) शक्ति बढेर जान्छ, सम्पूर्ण पृथ्वी (भूलोक) स्वर्ग जस्ता सकारात्मक (राम्रो) लोकमा स्थिति बिग्रन थाल्छ । भूलोकमा यसको शारीरिक, मानसिक तथा आध्यात्मिक स्तरमा अनिष्ट परिणाम देखार्इ दिन्छ । तर सबै नराम्रो (नकारात्मक) लोकमा, अर्थात पातालको सबै स्तरमा यसको राम्रो परिणाम अनुभव हुन्छ; तर जब यसको सन्तुलन इष्ट (राम्रो) तर्फ झुक्न थाल्छ, तब सत्वको सूक्ष्म मूलभूत घटकको मात्रामा वृद्धि भएर सम्पूर्ण ब्रह्माण्डमा (विश्वमा) आनन्द अनुभव हुन थाल्छ । पृथ्वीमा शान्ति अनि समृद्धिको राज हुन्छ । यो राम्रो परिणामको कारण अनिष्ट शक्तिलार्इ कष्ट हुन थाल्छ । कुनै अपराधीलार्इ कानून अनुसार आचरण गर्नको लागि विवश गर्दा जस्तो कष्ट हुन्छ, ठीक त्यसै प्रकार अनिष्ट शक्तिलार्इ कष्ट हुन्छ ।

४.१ अनिष्ट शक्ति तर्फ सन्तुलन झुक्नुको कारण के हो ?

2-nepal_m_good_vs_evil_part_1_for_nepal

अवसर मिलेमा ब्रह्माण्डको (विश्वको) अनिष्ट शक्ति, शक्तिको सन्तुलन बिगार्ने प्रयासमा रहन्छ । अनिष्ट शक्तिद्वारा निरन्तर सूक्ष्म सत्व घटक न्यून गर्ने अनि ईश्वरको साधकलार्इ साधना अनि साधनाको प्रसार गर्नबाट रोक्ने प्रयास हुँदा पनि जबसम्म साधना गर्ने सन्त अनि साधक हुन्छ, इष्ट शक्तिको नै राज्य हुन्छ । यो यस कारण हो कि भक्त हुनुको कारण सन्त अनि साधकलार्इ र्इश्वरले अनिष्ट शक्ति हटाउन मद्दत गर्छ ।

राम्रो अनि नराम्रो शक्तिको मुख्य भण्डार सूक्ष्म-लोकमा हुन्छ । पृथ्वीको (भूलोकको) राम्रो अनि नराम्रो व्यक्ति कठपुतली समान हुन्छ, किन कि यी दुवै क्रमशः सूक्ष्म विश्वको राम्रो अनि नराम्रो शक्तिबाट शक्ति प्राप्त गर्छ ।

४.२ आध्यात्मिक स्तर अनि अनिष्ट शक्तिको (भूत, प्रेत, पिशाच इ.) आक्रमण

सामान्यत: अनिष्ट शक्ति त्यस राम्रो व्यक्तिलार्इ आक्रमण गर्छ, जुन उनको स्तरको सीमाको +/-१० प्रतिशत छ । स्तरमा १० प्रतिशत अन्तर हुनु, व्यक्तिको पक्षमा हुनुको कारण अनिष्ट शक्ति त्यो व्यक्तिलार्इ आक्रमण गर्न सक्दैन । अनिष्ट शक्ति द्वारा दिएको कष्टको तुलनामा १०-२० प्रतिशत अधिक ईश्वरीय सुरक्षा मिल्नुको कारण अल्प शक्ति भएको अनिष्ट शक्तिको आक्रमणबाट उनको रक्षा हुन्छ ।

व्यक्तिको आध्यात्मिक स्तरबाट १० प्रतिशत अधिक स्तरलार्इ अनिष्ट शक्ति आक्रमण गर्न कुनै रुचि राख्दैन, किन कि यस्तो व्यक्ति अनिष्ट शक्तिको दृष्टिकोणमा क्षुद्र हनुको कारण लड्न योग्य हुँदैन । उदा. ३० प्रतिशत आध्यात्मिक स्तर भएको व्यक्तलार्इ २०-४० प्रतिशत स्तरको अनिष्ट शक्ति (भूत, प्रेत, पिशाच इ.) आक्रमण गर्छ ।

जब मनुष्य मायामा आसक्त हुन्छ उनीमा साधना गर्ने केही रूचि हुँदैन, तब अनिष्ट शक्तिलार्इ उनि माथि नियन्त्रण स्थापित गर्न सुलभ हुन्छ । जब मनुष्यमा तमको वृद्धि हुन्छ, अनिष्ट शक्ति स्वयं तामसिक हुनाले परिस्थितिको लाभ सहज उठाएर मनुष्य जातिमा नियन्त्रण गर्ने प्रयत्न गर्छ ।

यो लेखको सन्दर्भ – आध्यात्मिक स्तर अनिष्ट शक्तिबाट कहाँ सम्म सुरक्षा प्रदान गर्छ ?

५. राम्रो अनि नराम्रो शक्ति बिच पहिलो युद्ध कहिले लड्यो ?

ब्रह्माण्ड (विश्वको) आयु सीमा ४ युगमा अर्थात सत्ययुग, त्रेतायुग, द्वापरयुग अनि कलियुगमा विभाजित गरिएको छ । सत्ययुग आध्यात्मिक दृष्टिले शुद्ध युग थियो । तर यो युगपछि प्रत्येक युगमा मनुष्यको सामान्य आध्यात्मिक स्तर कम हुँदै गयो अनि कलियुग अथवा वर्तमान सड्घर्षमय युगमा न्यूनतम भयो । यो युग ४३२,००० वर्षसम्म रहनेछ । वर्तमानमा हामीले यो युगको ५१०० वर्ष पार गरिसकेका छौं।

प्रत्येक युगमा सत्ययुग, त्रेतायुग, द्वापरयुग अनि कलियुगको छोटो चक्र हुन्छ अनि व्यक्तिको आध्यात्मिक जागरुकता यो छोटो चक्रमा भिन्न हुन्छ । प्रत्येक छोटो युगको अझै चार छोटो युगमा उपविभाजन हुन्छ । छोटो चक्रको विभाजन अझै छोटो चक्रमा पुनः पुनः ६ स्तरसम्म हुन्छ । सबै छोटो चक्र १००० वर्षसम्म रहन्छ । १००० को संख्या वर्तमान समयको मापन पद्धतिनुसार हो । उदा. सत्युगमा यही छोटो चक्र लामो हुनसक्छ । सत्ययुगमा सूक्ष्म सत्व घटकको मात्रा अधिक हुनाले यस्तो हुन्थ्यो । सत्त्वको विशेष लक्षण हो, विस्तृत हुनु, भने तमको लक्षण हो, विनाश हुनु । अतः सत्ययुगको धेरै वर्ष कलियुगको एक वर्ष समान हुन्छ ।

सृष्टि उत्पत्तिको समय यो सन्तुलन १०० प्रतिशत राम्रो शक्तिको पक्षमा थियो, किन कि त्यस समय अनिष्ट शक्ति बीजरूप अथवा अप्रकट अवस्थामा थियो । पहिले युगमा, अर्थात सत्ययुगमा सम्पूर्ण मानव जाति आध्यात्मिक अभ्यासमा व्यस्त हुनाले अनि व्यक्तिको सामान्य आध्यात्मिक स्तर ७० प्रतिशत हुनाले यस्तो थियो । उनको दृष्टिकोण यस्तो थियो कि जीवनको सबै अङ्ग साधना नै हो अनि ईश्वरको सेवाको अवसर हो । जब सत्ययुगको अन्तिम छोटो चक्रको अन्तर्गत छोटो कलियुग आरम्भ भयो तब पृथ्वीको कुल दुर्जनको पूरा जनसंख्या २ प्रतिशत भन्दा अधिक भयो । अनिष्ट शक्ति त्यस समय सर्वोच्चता दावी गर्नको लागि सूक्ष्म तम घटक पर्याप्त मात्रामा थियो । सत्युगको अन्तिम छोटो चक्र अन्तर्गत कलियुगको छोटो चक्रको अन्तमा पहिलो पल्ट राम्रो अथवा नराम्रो शक्तिको युद्ध भयो।

शेष अर्को भागमा राम्रो विरुद्ध नराम्रोको वर्तमान युद्ध