आध्यात्मिक उपचारको मूलभूत सिद्धान्त

SSRF ले शारीरिक र मनोचिकित्सा रोगहरुको उपचारका लागि आध्यात्मिक उपचारको साथ-साथै पारम्पारिक चिकित्सा उपचार निरन्तर गर्नको लागि सल्लाह दिन्छ ।

पाठकलार्इ सल्लाह छ कि आफ्नै विवेकाधिकारमा कुनै पनि आध्यात्मिक उपचार गर्नुहोस् ।

१. परिचय

समय समयमा तपार्इ टिभी प्रोग्रामहरु र प्रकाशनहरुमा व्यक्तिले अरुको उपचार गर्दै गरेको देखाउँछ अथवा गैर-परम्परागत पद्धतिले ठीक भएको दावा गर्दछ । आध्यात्मिक उपचार कार्य कसरी गर्छ तथा यसको कार्यान्वनमा कुन आधारभूत सिद्धान्त उत्तरदायी छ?  यो लेखमा हामी सबै आध्यात्मिक उपचारको पछाडिको आधारभूत सिद्धान्तको सन्दर्भमा जानकारी प्राप्त गर्नेछौं ।

२. आध्यात्मिक उपचारमा निदानको सिद्धान्त

समस्या जसको मूल कारण आध्यात्मिक आयाममा छ, त्यसको अचूक निदान केवल छैटौं इन्द्रिय अथवा अतिरिक्त संवेदी क्षमता द्वारा गरिन सकिन्छ । निदानको अचूकता भिन्न हुन सक्छ तथा यो तीन कारकमा निर्भर गर्दछ :

 

अनिष्ट शक्ति: SSRF मा हामी ‘अनिष्ट शक्ति (नराम्रो शक्ति)’ शब्दको प्रयोग सामूहिक रुपमा सूक्ष्म विश्वमा विद्यमान  ती सबै घटको लागि गर्दछौं, जुन मानवजातिलार्इ हानि पुराउन चाहन्छ । यसमा भूत, प्रेत, पिशाच, चुडेल, मान्त्रिक आदि समावेश हुन्छन् । मान्त्रिक सर्वाधिक शक्तिमान अनिष्ट शक्ति हो । यदि समान्य भूतको शक्तिको इकार्इ १ – १० को बीचमा मानै, तब मान्त्रिकको शक्ति अरब देखि लगभग अनगिनत सम्म हुन सक्दछ ।

 

1. छैटौं इन्द्रिय क्षमता : व्यक्तिको आध्यात्मिक स्तर सहित उनको छैटौं इन्द्रिय क्षमता विरुद्ध प्रभावित गर्ने जीव अथवा अनिष्ट शक्ति (भूत, प्रेत, राक्षस इत्यादि) ।

सामान्य नियम अनुसार औसत द्रष्टा केवल भुवर्लोक को भूत चिन्न सक्दछ, जुन मृत्युपछिको क्षेत्रहरु मध्ये एक हो । उच्च स्तरीय अनिष्ट शक्ति जस्तै सूक्ष्म पातालहरुको निम्न लोकहरुको सूक्ष्म-स्तरीय अधिक सूक्ष्म हुन्छन् तथा औसत द्रष्टाद्वारा चिन्न सकिदैन ।

सन्दर्भको लागि लेख पढ्नुहोस् : आफ्नो छैटौं इन्द्रियले अपसामान्य गतिविधिहरु बुझ्नको लागि क्षमताको गहनता’ ।

२. प्रारब्ध: कुनै व्यक्ति कति समयसम्म  समस्याले त्रस्त रहन्छ तथा त्यसलार्इ भोग्ने तीव्रताको निश्चित गर्नमा वर्त्तमान जन्ममा भोगिने प्रारब्ध कर्म एक महत्त्वपूर्ण कारक हो । जब व्यक्ति कुनै पनि प्रकारको साधना गरिरहेको छैन अनि उनको प्रारब्ध तीव्र छ, तब यो स्वयं निश्चित हो कि उनीले आफ्नो प्रारब्धमाथि विजय प्राप्त गर्नको लागि उचित आध्यात्मिक सहायताको लागि पहुँच पाउनेछैन ।  

३. आध्यात्मिक उपचारको मार्गदर्शन गर्ने सन्तको संकल्प :  यदि आध्यात्मिक उपचारक आफ्नो मार्गदर्शक सन्त (जसको आध्यात्मिक स्तर ७०% भन्दा अधिक छ) उहाँको निर्देशानुसार उपचार गरिरहेको छ, तब कुनै विशिष्ट समस्याको समाधान गर्नको लागि आध्यात्मिक उपचारकको आध्यात्मिक स्तर तुलनामा कम भएपनि उनले उच्च स्तरीय अनिष्ट शक्तिद्वारा निर्मित कष्ट निवारण गर्न सक्छ । किन कि मार्गदर्शक सन्तको संकल्प शक्ति को कारण नै अधिकांश मात्रामा उपचार हुन जान्छ ।

उच्च स्तरीय सकारात्मक सूक्ष्म-शक्ति मुख्य रुपले उपचारकलार्इ अरुको केवल उपचार गर्नको लागि मात्र नभर्इ आध्यात्मिक रुपले उनको प्रगति गर्नमा सहायता गर्नको लागि उपचारी शक्ति प्रदान गर्दछ । अर्कोतर्फ उच्च स्तरीय अनिष्ट शक्ति उपचार गर्नको लागि उपचारकलार्इ शक्ति प्रदान गर्दछ, तब उनको उद्देश्य हुन्छ उनलार्इ तथा उनीसँग जोडेको अन्य व्यक्तिहरुलार्इ आफ्नो नियन्त्रणमा लिनको लागि हुन्छ ।

यदि उपचारकनै उच्च स्तरीय अनिष्ट शक्तिले आविष्ट भएको छ भने तब उपचारकको निदान गर्ने तथा आध्यात्मिक उपचार गर्ने शक्तिमा विशेष रुपले वृद्धि हुन सक्छ । त्यस्तो व्यक्तिद्वारा उपचार गर्नको लागि विन्ती गरि रहेको सामान्य व्यक्ति यो बुझ्न सक्षम हुँदैन कि उनी वास्तवमा उच्च स्तरीय अनिष्ट शक्तिको साथ सीधै लेन-देन गरि रहेको छ ।

यस प्रकारको उपचार ‘मायावी’ अथवा भ्रामक/धोखादायक हुन्छ । त्यस्तो उपचारलार्इ प्रभावित गर्नको लागि अनिष्ट शक्ति संकल्प शक्ति को प्रयोग गर्दछ । उपचारकको माध्यमबाट उच्च स्तरीय अनिष्ट शक्ति उपचारकको क्षमतालार्इ विलक्षण रुपले बढाइ दिन्छ । यसले यस्तो प्रतित हुन्छ कि उपचारकसँग चमत्कारिक उपचार गर्ने क्षमता छ । त्यस्तो उपचारक अत्यधिक शक्तिशाली व्यक्ति प्रतीत हुन्छ । चमत्कारिक उपचार गर्ने व्यक्तिले ठूलो जनसमुदायलार्इ आकर्षित गर्दछ । तर उच्च स्तरीय अनिष्ट शक्ति उपचारकको माध्यमबाट ज्यादै सरलतासँग व्यक्तिलार्इ आध्यात्मिक स्तरमा दिशाभ्रमित गर्न सक्छ ।  

तिनीहरुको रणनीति यस्तो हुन्छ कि:

१. जुन व्यक्तिलार्इ अनिष्ट शक्तिले आविष्ट गरेको छ, उनको उपचारक माथि विश्वास बनाउनको लागि चमत्कार गर्दछ, जसले उनी उपचारकको पास पुन:-पुन: गर्इ रहन्छ ।

२. अनिष्ट शक्ति उपचारको माध्यमबाट व्यक्तिहरुमा कालो शक्ति प्रविष्ट गरि उनीहरुलार्इ सतत उपचारको सहायताको आवश्यकता परोस्, यस हेतुले उनी अथवा अन्य कसैको माध्यमद्वारा जीवनमा केहि न केहि समस्याहरु उत्पन्न गर्दछ ।

३. अन्तिमत: अनिष्ट शक्ति केवल उपचारकलार्इ मात्र होइन, उनको पास आध्यात्मिक उपचार हेतु आउने व्यक्तिहरुलार्इ पनि अप्रत्यक्ष रुपले आफ्नो नियन्त्रणमा लिन्छ ।

३. कुनै पनि प्रकारको सहि आध्यात्मिक उपचारको प्रक्रिया

अध्यात्मशास्त्र अनुसार मसस्त ब्रह्माण्ड त्रिगुण मिलेर बनेको हुन्छ – सत्त्व, रज तथा तम । सत्त्व गुण आध्यात्मिक शुद्धता तथा ज्ञान, रजोगुण कार्य तथा आवेग तथा तमोगुण अज्ञान एवं निष्क्रियता दर्शाउँछ । कुनैबाट पनि अथवा सबैबाट प्रक्षेपतित हुने सूक्ष्म-स्पन्दन जुन सूक्ष्म-गुणबाट उनको निर्मिति भएको हुन्छ, त्यसमा निर्भर गर्दछ । यसको स्मपूर्ण सिद्धान्त सविस्तार वर्णन हामीले त्रिगुण – सत्त्व, रज तथा तम  लेखमा गरेका छौं ।

माथि उल्लेख गरेको तथ्यलार्इ ध्यानमा राख्दै, विश्वमा जहाँ भएपनि, कुनै पनि प्रकारले गरिने आध्यात्मिक उपचारको मूलभूत सिद्धान्त अगाडि दिएको छ ।

आध्यात्मिक उपचारको मूलभूत सिद्धान्त

यदि व्यक्तिमा आध्यात्मिक आयामको अनिष्ट शक्ति अथवा जीवद्वारा आक्रमण गरिन्छ, तब उनको जीवनमा अनेकौं समस्याहरु हुन सक्छ । जब अनिष्ट शक्ति व्यक्तिमा शारीरिक अथवा मानसिक समस्या अथवा उनीसँग सम्बन्धित अन्य समस्याहरु उत्पन्न गरि उनीमाथि आक्रमण गर्दछ, तब अनिष्ट शक्ति वास्तवमा प्रभाववित व्यक्ति अथवा वस्तुमा तथा उनको चारैतर्फ रज-तम को मात्रा बढाएर सत्त्वगुणको मात्रा घटाइ दिन्छ । अनिष्ट शक्ति त्यस व्यक्तिको चारैतर्फ कालो शक्तिको आवरण पनि निर्माण गर्दछ अथवा उनीमा कालो शक्ति भरि दिन्छ । कालो शक्ति आध्यात्मिक शक्ति हो जसको उपयोग कष्टकारी उद्देश्यको लागि गरिन्छ ।

मूलत: आध्यात्मिक उपचार (शारीरिक उपचार सहित) अपनाएर ठीक हुने व्यक्तिलार्इ निम्नलिखित फार्इदाहरु हुन्छन् ।

  • अनिष्ट शक्तिद्वारा निर्मित रज-तम मा न्यूनता आउँदछ ।
  • सत्त्व गुणमा वृद्धि हुन्छ
  • रज-तम वहन गर्ने कालो शक्ति हटाउने अथवा त्यसलार्इ न्युन गर्नको लागि कार्यरत रहन्छ ।

सन्दर्भको लागि पढ्नुहोस् लेख ‘अनिष्ट शक्ति व्यक्तिलार्इ आविष्ट कसरी गर्दछ (अर्थात भूतावेशको कार्यविधि)?’