हाम्रो जीवनमा आउने समस्याहरुका मूल कारण

कुनै पनि समस्यालार्इ पूर्णतया ठिक बनाउनको लागि, पहिला त्यसको मूल कारण जान्नुपर्छ । समस्याको मूलमा पुगेर जब समस्याको उचित अनि पूर्ण निदान हुन्छ, तब वास्तविक उपाय दिन सकिन्छ ।

आधुनिक विज्ञान अनुसार कुनै पनि समस्याको कारण शारीरिक अथवा मानसिक हुन्छ । त्यसैले हामी यहि दुर्इ क्षेत्रहरुमा कारण अनि उपाय खोजि रहन्छौं ।

उदाहरणको लागि :

  • यस्तो मानिन्छ कि चिलाउने (itching) शारीरिक कारणले हुन्छ अनि त्यसैले त्यसको उपाय पनि शरीरिक स्तरको औषधिद्वारा गरिन्छ ।
  • यस्तो पनि मानिन्छ कि मादक पदार्थको दुरुपयोग एउटा मानसिक समस्या हो अनि त्यसमा मुख्यतः मनोवैज्ञानिक उपचार गरिन्छ ।

तर हाम्रो जीवनमा आउने समस्यहरुको एउटा तेस्रो कारण पनि छ, त्यो हो आध्यात्मिक कारण । वास्तवमा  समस्याहरुका आध्यात्मिक कारण हाम्रो जीवनलार्इ अत्यधिक प्रभावित गर्दछ । तथापि आध्यात्मिक कारण सरलतासँग बुझ्न सक्दैन; किनकि आधुनिक विज्ञानको समझ भन्दा बाहिर छ । यहाँ सम्म कि विश्व स्वास्थ्य संगठन (WHO) ले स्वास्थ्यको आफ्नो परिभाषालार्इ विस्तृत गर्दै भनेको छ कि शारीरिक, मानसिक, सामाजिक एवं आध्यात्मिक आयाममा सकारात्मक स्थितिलार्इ स्वास्थ्य भनिन्छ । अतएव घोषित रूपले यो सुनिश्चित गरिएको छ कि आध्यात्मिक दृष्टिले निरोगी हुनु पनि स्वस्थ जीवनको अभिन्न घटक हो । तथापि SSRF द्वारा गरिएको आध्यात्मिक अनुसन्धानबाट यो ज्ञात हुन्छ कि आध्यात्मिक घटक कुन सीमासम्म हाम्रो पूरै स्वास्थ्यलार्इ प्रभावित गर्दछ ।

आध्यात्मिक अनुसन्धान द्वारा हामीले जीवनमा आउने समस्याहरुका सामान्यता तीन मूल कारणहरु सुनिश्चित गरेका छौं । निम्न पाई चार्टमा हाम्रो जीवनमा आउने समस्याहरुका मूल कारण का विभाजन दिएको छ ।

हाम्रो जीवनमा आउने समस्याहरुका मूल कारण

जस्तै तपार्इले माथिको पाई चार्टमा देख्नु भयो हाम्रो ८० प्रतिशत समस्याहरुको मूल कारण आध्यात्मिक विश्वमा हुन्छ ।

यस प्रकारको समस्याहरुलार्इ केवल आध्यात्मिक माध्यमबाट सुल्झाउन सक्छ अर्थात

  • साधनाबाट, जसले हाम्रो कुल आध्यात्मिक ऊर्जा बनाउनमा सहायक हुन्छ जसले यस्ता समस्याहरुबाट बच्न सक्छ, अथवा
  • विशिष्ट आध्यात्मिक उपचारले जुन आध्यात्मिक विश्वको कुनै घटकले उत्पन्न विशिष्ट लक्षण दूर गर्छ ।

यस प्रकार जुन समस्याको मूल कारण आध्यात्मिक विश्वमा हुन्छ त्यसलार्इ दूर गर्न सक्छ अथवा त्यसलार्इ सहन गर्ने क्षमता प्राप्त हुन्छ ।

यहाँ यो उल्लेखनीय छ कि कुनै विशिष्ट शारीरिक लक्षणको मूल कारणको एउटा अंश शारीरिक, मानसिक अथवा आध्यात्मिक आयाममा हुन सक्छ अनि त्यो परस्पर अपवर्जक (mutually exclusive) हुँदैन । साधारण शब्दमा शारीरिक लक्षणको कारक घटक केवल शारीरिक विश्वको हुँदैन, अपितु त्यो शारीरिक एवं आध्यात्मिक, यहाँ सम्म कि शारीरिक, मानसिक एवं आध्यात्मिक घटकको मिश्रण हुन सक्छ ।

उदाहरणको लागि निम्नलिखित चित्रमा दर्शायाएको छ कि कुन प्रकार एउटा स्त्री पेटमा अत्यधिक वेदना अनुभव गरिरहेको छ अनि मूल कारण तीन आयाममा छन् ।

हाम्रो जीवनमा आउने समस्याहरुका मूल कारण