मृत्युपछि हामी कहाँ जान्छौं ?

सार

विगतका जीवनका अनुभवहरुका असंख्य अभिलिखित अनि अनुसन्धान गरिएका घटनाहरु स्पष्टरूपले मृत्युपछि जीवनको संकेत दिन्छ । पुनर्जन्मको सबै घटनाहरुमा यो पाएको छ कि व्यक्तिको मृत्यु अनि पृथ्वीमा उनको पुनर्जन्म  बीच एक चरम अन्तराल छ । त्यसो भए, हामी मृत्युपछि पृथ्वीमा पुनर्जन्म हुने समयसम्म काहाँ रहन्छौं ? के अस्तित्वको लागि एउटा मात्र लोक छ अथवा विविध लोकहरु छन् ? यदि छ भने कुन घटकहरुले यो निर्धारित हुन्छ कि हामी मृत्युपछि काहाँ जान्छौं ? यो लेखमा हामी यसको उत्तरको साथै यस शीर्षकसँग जोडिएको अन्य प्रश्नका उत्तर प्रस्तुत गरिरहेका छौं । यी उत्तरहरु आध्यात्मिक अनुसन्धान द्वारा SSRF को ती साधकहरु द्वारा प्राप्त गरिएका हुन्, जुन विकसित छैटौं इन्द्रिय ले सम्पन्न छन् ।

टिप्पणी : यो लेख राम्रोसँग बुझ्नको लागि, हाम्रो सुझाव छ कि तपार्इ तीन मूलभूत सूक्ष्म घटक सत्व, रज अनि तम सम्बन्धी लेखको अभ्यास गर्नुहोस् ।

१. मृत्युपछि के हुन्छ ?

आध्यात्मिक अनुसन्धान अनुसार मनुष्यमा निम्नलिखित चार मूलभूत देह हुन्छ ।

  • शारीरिक (स्थूल देह)
  • मानसिक(मनोदेह)
  • बौद्धिक (कारण देह)
  • सूक्ष्म अहं (महाकारण देह)

तल दिएको चित्र मनुष्य शरीरको रचना तस्विर रूपमा देखाउँछ ।

मृत्युपछि हामी कहाँ जान्छौं ?

मृत्युपछि हामी कहाँ जान्छौं ?

जब मनुष्यको मृत्यु हुन्छ तब भौतिक शरीरको अस्तित्त्व समाप्त हुन जान्छ; तर अन्य घटकहरु अनि चेतनाको अस्तित्त्व शेष रहन्छन् भौतिक शरीरको अतिरिक्त मनुष्यको अस्तित्वको अन्य घटकहरुसूक्ष्म शरीर (लिंग देह), मनोदेह, कारण देह (बुद्धि) अनि महाकारण देह (सूक्ष्म अहं) बाट बनेकोलार्इ सूक्ष्मदेह भनिन्छ यो सूक्ष्म शरीर भूलोक (पृथ्वी) छोडेर अन्य १३ सूक्ष्म लोकहरु मध्ये कुनै एउटा लोकमा जान्छ

. ब्रह्माण्डमा अस्तित्व १४ लोकहरु (स्तरहरु)

ब्रह्माण्डमा अस्तित्व मुख्य १४ लोकहरु छन् ती मध्य लोकहरु सकारात्मक (उच्चलोक) हुन् अनि नकारात्मक हुन् अस्तित्वको नकारात्मक लोकहरुलार्इ सामान्यतया नरक (पाताल) भनिन्छ यी मुख्य लोकहरुमा धेरै अन्य उपलोकहरु हुन्छन्

भारतको एउटा उच्च स्तरको सन्त आदि शंकराचार्य (८-९ शताब्दी ईसापूर्व) अनुसार धर्म त्यो हो जुन :


१. सामाजिक व्यवस्था उत्कृष्ट स्थितिमा राख्दछ

 

२. प्रत्येक व्यक्तिको भौतिक उन्नतिमा सहायक गर्छ, अनि

 
३. आध्यात्मिक क्षेत्रको प्रगतिमा पनि सहायक हुन्छ ।

- श्री आदि शंकराजार्य

अस्तित्वको सात सकारात्मक लोकहरु : यी लोकहरुमा अधिकतर जीवित मनुष्य अनि सूक्ष्मदेहहरु रहन्छन् जो धर्माचरण गर्दछन् अनि सकारात्मक साधनामार्ग अपनाएर साधनारत रहन्छन् यी लोकहरुलार्इ अस्तित्वको सात सकारात्मक स्तरहरु अथवा सप्तलोक भन्दछ सकारात्मक साधनामार्ग त्यो हो जसमा साधनाको दिशा ईश्वरप्राप्ति तर्फ हुन्छ । यो आध्यात्मिक प्रगतिको उच्चतम शिखर हो

ब्रह्माण्डमा पृथ्वी (भूलोक) नै भौतिक अस्तित्वको एकमात्र लोक हो यो ब्रह्माण्डको सकारात्मक लोकहरु मध्ये पदक्रममा प्रथम स्थानमा छ

अस्तित्वको सात नकारात्मक लोकहरु (पाताल लोक) : यो अस्तित्त्वको त्यो लोकहरु हुन् जहाँ अधिकतर यस्तो सूक्ष्मदेहहरु रहन्छन् जसले धर्मविरोधी कृत्य गरेका हुन्छन् अनि जो साधनाको लागि नकारात्मक साधनामार्ग अपाउछन् नकारात्मक साधनामार्ग भन्नाले त्यो हो जसको दिशा हुन्छआध्यात्मिक बल, उदा.सिद्धि प्राप्ति प्राथमिक स्तरमा आध्यात्मिक बलको प्रयोग अरुमाथि आफ्नो नियन्त्रण बढाउनको लागि अथवा नकारात्मक उद्देश्य पूर्तिको लागि गरिन्छ नरकको कुनै पनि लोकहरुमा जाने सूक्ष्मदेहहरु आफ्नो अनिष्ट हेतुको कारण अनिष्ट शक्ति बन्न जान्छन्

सन्दर्भ लेख पढ्नुहोस् भूत के हो ?

पातालको उपलोक : पातालको प्रत्येक लोकको उपलोक हुन्छ जसलार्इ नरक भन्दछ उदाहरणार्थ, पातालको पहिलो लोकको उपलोकलार्इ प्रथम नरक भनिन्छ नरक दुष्टतम अनिष्ट शक्तिहरुका लागि (भूत, प्रेत, पिशाच .का लागि) आरक्षित हुन्छन् जुन अनिष्ट शक्तिहरु प्रथम नरकमा रहन्छन् उनिहरुलार्इ पातालको पहिलो लोकमा रहने अनिष्ट शक्तिहरुको तुलनामा अधिक कालावधि सम्म अनि अधिक कठोर दण्ड भोग्नु पर्दछन्

तल दिएको चित्रमा ब्रह्माण्डको १४ लोकहरु देखाएका छन्

मृत्युपछि हामी कहाँ जान्छौं ?

कृपया ध्यान दिनुहोस् :

१. यस चित्रमा सरलताको लागि हामीले एउटा माथि अर्को लोक दिखाएका छौं, तर वास्तवमा यी लोकहरु सबै दिशामा हाम्रो चारैतर्फ विद्यमान छन् । पृथ्वी (भूलोक) मूर्त (ठोस) हुनुको कारण देखाई दिन्छ जबकि अन्य लोक उत्तरोतर अधिकाधिक सूक्ष्म हुँदै जान्छन्, त्यसैले स्थूल आँखालार्इ देखाई दिदैन । वास्तवमा व्यक्ति भूलोकमा (पृथ्वीमा) रहदा पनि आफ्नो आध्यात्मिक स्तर अथवा विचारको कारण अन्य लोकहरुको अनुरूप विचार अनि भावनाहरु अनुभव गर्न सक्छ । उदाहरणार्थ, ७०% भन्दा अधिक आध्यात्मिक स्तरको सन्तको अस्तित्व, स्वर्गलोक तथा त्यस भन्दा उच्च सकारात्मक लोकमा हुन्छ । यसको विपरीत, चोरीको विचार गर्ने प्रथम पातालको विचार अनुभव गर्दछ, अर्कालार्इ हानि पराउन चाहने विचार गर्ने दोस्रो पातालको विचारको अनुभव गर्दछ अनि कसैको हत्याको विचार गर्ने सातौं पातालको विचारको अनुभव गर्दछ । कहिले पनि कुनै दुर्इटा लोकहरुको अनुभव एक-साथ हुन सक्दैन । उदाहरणार्थ, स्वर्ग अनि महर्लोक अनुरूप विचार एउटै समयमा आउन सक्दैन ।

२. वास्तवमा भुवर्लोक ईश्वरदेखि विमुख क्षेत्र हो; तर पनि हामीले यो लोकलार्इ सकारात्मक दिखाएका छौं किनकि यहाँको सूक्ष्मदेहलार्इ आध्यात्मिक प्रगति गर्नको लागि पृथ्वीमा जन्म लिने अवसर मिल्न सक्छ । जब एक पल्ट कुनै सूक्ष्मदेह पातालको गहिरार्इमा झर्दछ, तब उनी पृथ्वीमा जन्म लिने अनि ईश्वर प्राप्तिको लागि अगाडि बढ्ने सम्भावना अल्प हुन्छ ।

रङ्ग- संयोजन (colour scheme) को स्पष्टीकरण

  • पृथ्वीलार्इ लालिमा- युक्त दर्शाएको छ किनकि यो क्रियाशीलता (रजोगुण) दर्शाउछ, अनि यो एउटै लोक हो जहाँ हामीसँग केहि गर्नको लागि स्थूल देह हुन्छ ।
  • स्वर्गलार्इ गुलाबी दर्शाएको छ जुन सुखको सूचक हो ।
  • पहेलो रङ्ग आध्यात्मिक ज्ञान अनि सत्वगुणमा (सूक्ष्म मूल सत्व घटकमा) वृद्धिको सूचक हो । अन्तमा उच्चतम स्तरमा यो लगभग श्‍वेत हुन जान्छ जुन अप्रकट ईश्वरीय तत्त्वसँग घनिष्ठताको सूचक हो ।
  • पातालको लोकहरु गहिरो रङ्ग देखि लिएर कालो रङ्गमा दर्शाएका छन्, किनकि यहाँ तमोगुणमा वृद्धि हुन्छ ।

३. ब्रह्माण्डमा स्वर्ग अनि अन्य उच्चलोकहरु

लोक आध्यात्मिक स्तर सत्व गुणको  प्रतिशत मात्रा व्यक्तिको प्रकार मुख्य देह मुख्य भावना
सत्य ९०% ९५% पूर्णत: ज्ञानी सूक्ष्म अहं / महाकारण सात्विक सुख (५%) आनन्द एवं शान्ति (९५%)
तप ८०% ९०% अत्यधिक ज्ञानी बुद्धि / कारण सात्विक सुख (२५%) आनन्द एवं शान्ति (७५%)
जन ७०% ८५% अधिक ज्ञानी बुद्धि / कारण सात्विक सुख (५०%) आनन्द एवं शान्ति (५०%)
महर ६०% ८०% ज्ञानी बुद्धि / कारण सात्विक सुख (७५%) आनन्द एवं शान्ति (२५%)१०

उच्च स्वर्ग लोक

५०%

७५%

अधिक पुण्य

बुद्धि / कारण

अधिक सुख

निम्न स्वर्ग लोक ४०% ६०% अल्प पुण्य मनोदेह अल्प सुख
भुवलोक २५% ४०% सामान्य मनोदेहको ऐच्छिक भाग दुख
पृथ्वी २०% ३३% सामान्य स्थूल सुख / दुख

टिप्पणी : (माथिको तालिकामा रातो रङ्गमा दएको अङ्कको आधारमा)

१. पृथ्वी भन्दा (स्थूल लोक भन्दा) अरु सबै सकारात्मक अनि नकारत्मक (पाताल) लोक उत्तरोत्तर सूक्ष्म हुँदै जान्छन् । सूक्ष्म अर्थात हाम्रो पञ्च ज्ञानेन्द्रिय, मन अनि बुद्धिको समझ भन्दा टाढा । सत्यलोक सूक्ष्मतम छ अर्थात सर्वाधिक बोध- अगम्य छ त्यसैले यसलार्इ अनुभव गर्न अथवा बुझ्न सर्वाधिक कठिन हुन्छ । जब छैटौं इन्द्रियको क्षमता सर्वोच्च हुन्छ, तब सत्यलोक अनुभव गर्न सक्छ ।

२. साधनाको अभावमा आजको युगमा अधिकतर मानिसहरु भुवर्लोक अथवा पातालको कुनै लोकमा जान्छन् । साधारणतः जब पापको मात्रा (पृथ्वीमा गरिएको कुकर्मको कारण) लगभग ३०% हुन्छ तब व्यक्ति मृत्युपछि भुवर्लोकमा जान्छ । पापमा विशेषरूपले अरु प्रति दुर्भावना अनि धेरै इच्छाहरु समाविष्ट हुन्छन् । भुवर्लोकमा पातालको तल्लो उच्च लोक – स्तरका अनिष्ट शक्तिहरुद्वारा आक्रमणको पूर्ण सम्वना हुन्छ ।

३. केवल भूलोकमा (पृथ्वीमा) विभिन्न आध्यात्मिक स्तरहरुका व्यक्तिहरुका संम्मिश्रण हुन्छ । तर मृत्युपछि हामी आफ्नो आध्यात्मिक स्तर अनुसार नै कुनै एउटा सुनिश्चित लोकमा जान्छौं ।

४. मृत्युपछि स्वर्गको प्राप्तिको लागि न्यूनतम ४०% आध्यात्मिक स्तर हुनुपर्छ । कृपया आध्यात्मिक स्तर के हो ? यो लेखको सन्दर्भ लिनुहोस् जसमा आध्यात्मिक स्तर के हो तथा २०१६ को विश्वको जनसंख्याको आध्यात्मिक स्तर अनुसार वर्गीकरण दिएको छ । यो वर्गीकरण तेस्रो विश्वयुद्ध सम्म मान्य छ । अध्यात्मशास्त्र अनुसार स्वर्ग अथवा उच्च सकारात्मक लोक प्राप्तिको लागि आवश्यक पुण्यकर्म त्यो हो जब कर्म अपेक्षा बिना ईश्वर प्राप्तिको उद्देश्यले गरिन्छ । यसको निम्नलिखित तीन मापदण्ड हुन सक्छ :

  • कर्तापन विरहित कर्म, अर्थात् यो मनोभावले कर्म गर्ने कि ईश्वर नै मबाट गरिरहनु भएको छ त्यसैले म यसको श्रेय लिन सक्दिन ।
  • कुनै पनि प्रतिष्ठा अथवा प्रशंसाको अपेक्षा नरहित कर्म ।
  • फलको अपेक्षा नरहित कर्म । प्रत्यक्ष कर्म भन्दा अधिक महत्वपूर्ण छ, कर्मको आधारभूत मनोभाव अथवा दृष्टिकोण ।

यो ध्यान दिनु महत्तवपूर्ण छ कि केवल ४०% सीमामा रहेका सूक्ष्म देहहरु धेरै जसो नकारात्मक शक्तिले तानेर लैजान सक्छन् त्यसैले भूर्वलेकमा रहन्छन् ।

५. स्वर्गदेखि अगाडिको उच्च लोक पाउनको लागि आध्यात्मिक स्तर ६०% अधिक हुन आवश्यक छ । यो तब सम्भव छ जब हामी नियमित रूपले साधनाको छ: मूल सिद्धान्तहरु अनुसार साधना गर्दछौं साथै अहं अधिक मात्रामा कम गर्दछौं ।

६. प्रमुख देह अर्थात् ती देह जुन सर्वाधिक क्रियाशील छन् जस्तै मन, बुद्धि अथवा सूक्ष्म अहं । उदाहरणार्थ भुवर्लोकको सूक्ष्मदेहमा अनेक इच्छाहरु अनि आसक्तिहरु रहन्छन् । परिणामस्वरूप, अनिष्ट शक्ति बन्न गर्इ आफ्नो वंश अथवा पृथ्वीमा रहेका व्यक्तिद्वारा इच्छा पूर्ण गर्दछन् । यसले   गर्दा उनीहरु खुल्ला हुन जान्छन् पातालको तल्लो लोकको नर्कको उच्च- स्तरको अनिष्ट शक्तिहरुका लागि, जो आफ्नो इच्छाहरुको फार्इदा उठाउन पृथ्वीमा रहेका व्यक्तिहरुलार्इ प्रभावित गर्दछन् ।

७. भुवर्लोकमा सूक्ष्मदेह दु:ख मात्रा अनुभव गर्दछ किन कि उनको इच्छाहरु पूर्ण हुदैन।

८. स्तर जसलार्इ स्वर्ग भन्दछ, त्यहाँ सूक्ष्मदेह प्रचुर मात्रामा सुख अनुभव गर्दछ । यो सुख पृथ्वीमा अनुभव हुने भन्दा धेरै गुणवत्ता अनि कालावधिमा अधिक हुन्छ । जसरी- जसरी हामी सकारात्मक लोकहरुका माथि तर्फ बढ्दछौं सुखको गुणवत्ता बढ्दै जान्छन् अनि दु:ख हुदैन ।

९. सात्विक सुख त्यो हो जुन बिना अपेक्षा अरुको सहायता गर्नाले मिल्दछ । जब कर्ममा अहंको सहभाग हुन्छ, तब त्यो राजसिक बन्न जान्छ ।

१०. शान्तिको अनुभव आनन्दको अनुभव भन्दा उच्च श्रेणीको हुन्छ ।

३.१ अस्तित्वको सकारात्मक लोक अनि पृथ्वीमा पुनर्जन्म

महर्लोक भन्दा तलको लोकको व्यक्ति आफ्नो प्रारब्ध भोग्न अनि लेन- देन पूर्ण गर्नको लागि पृथ्वीमा जन्म लिनु पर्दछ । यदि मृत्युपछि उच्च आध्यात्मिक स्तरको कारण जनलोक अथवा तपलोक प्राप्त गर्दछ उनले पुनर्जन्म लिन आवश्यकता पर्दैन किनकि उनको बाँकी रहेको प्रारब्ध त्यही लोकमा पूरा गर्न सक्छ । तथापि यस्तो उन्नत सूक्ष्म देह आफ्नो इच्छाले जन्म लिन सक्छ । उनको व्यापक प्रकृतिको कारण मुख्यतः मानवजातिलार्इ आध्यात्मिक मार्गदर्शन गर्नको लागि तथा समाजलार्इ आध्यात्मिक रुपमा अगाडि बढाउन मद्दत गर्नको लागि गर्दछ ।

केहि परिस्थितिमा जो व्यक्तिको ६०% भन्दा कम आध्यात्मिक स्तरमा मृत्यु हुन्छ, उनी महर्लोक प्राप्त गर्नसक्छ । यहाँ व्यक्तिको आध्यात्मिक प्रगतिको क्षमतालार्इ विचार गरिन्छ । आध्यात्मिक अनुसन्धानको आधारमा यो पाएको छ कि आध्यात्मिक उन्नतिको क्षमतामा सहायक पाँच कारक निम्नलिखित छन् ।

  • अत्यधिक भाव,
  • अल्प अहं,
  • आध्यात्मिक उन्नतिको तीव्र इच्छा,
  • उत्तरोत्तर उच्चतर स्तरमा नियमित रूपले साधना गर्ने,
  • अनिष्ट शक्तिले प्रभावित हुने अथवा नहुने । अनिष्ट शक्तिले प्रभावित अथवा अवशोषित व्यक्तिको आध्यात्मिक उन्नति गम्भीर रूपले अवरुद्ध हुन सक्छ । मृत्युपछि त्यस्तो सूक्ष्मदेहको आध्यात्मिक स्तर ६०% हुँदा पनि सूक्ष्म उच्च लोक जानको लागि नकारात्मक शक्तिले बाधा ल्याउन सक्छ ।

३.२ भूलोकको (पृथ्वीको) महत्व

भूलोक (पृथ्वी) अति महत्वपूर्ण छ । यो एकमात्र लोक हो जहाँ शीघ्र आध्यात्मिक प्रगति गर्न सक्छ अनि लेन- देन अल्पावधिमा पूर्ण गर्न सक्छ । यसको मुख्य कारण यो हो कि आफ्नो स्थूलदेहको माध्यमले आध्यात्मिक स्तर बढाउनको लागि आध्यात्मिक प्रगतिको लागि पोषक अनेक प्रयासहरु गर्ने एवं तमोगुण  अल्प गर्न सक्छौं ।

पृथ्वी अतिरिक्त आध्यात्मिक प्रगतिको सम्भावना स्वर्ग भन्दा अगाडिको उच्च लोकहरुमा हुन्छन् जस्तै – महर्लोक इत्यादि । किनकि सूक्ष्मदेह स्वर्गमा उपलब्ध अनन्त सुखमा अड्किने आशंका रहन्छ । भुवर्लोक अनि नरक लोकहरुमा कठोर दण्ड तथा उच्च स्तरको अनिष्ट शक्तिको पीडा भन्दा माथि उठि साधना गर्नु अत्यन्त कठिन हुन जान्छ ।

४. पाताल के हो, पातालमा को जान्छ अनि पातालको स्वरूप कस्तो हुन्छ?

पाताल लोक सत्व गुणको प्रतिशत व्यक्तिको प्रकार मुख्य देह मुख्य भावना
पहिलो २८% स्थूल
दोस्रो २५% मनोदेहको  ऐच्छिक भाग
तेस्रो २२% मनोदेह
चौथो १९% बढ्दो मात्रामा तामसिकता बुद्धि / कारण बढ्दो मात्रामा दुख
पाँचौं १६% बुद्धि / कारण
छैटौं १३% बुद्धि / कारण
सातौं १०% बुद्धि / कारण
  • जसरी- जसरी कोहि नरकको तल्लो स्तरमा जान्छ, सत्वगुण क्रमशः घट्दै जान्छ अनि फलस्वरूप सुख अनुभवको लागि वातावरणको अनुकूलता पनि घट्दै जान्छ ।
  • पातालको स्तरमा कुनै अनिष्ट शक्ति यस्तो हुन्छ, जो आध्यात्मिक बल प्राप्त गर्नको लागि विशिष्ट साधना गर्दछ । अनिष्ट शक्तिहरु मध्ये, नरकको सातौं स्तरको मान्त्रिक सर्वोच्च श्रेणीको हुन्छ । उनको आध्यात्मिक शक्ति लगभग ९०% आध्यात्मिक स्तर भएको सन्तको समान हुन्छ । उनको नियन्त्रण निम्न आध्यात्मिक स्तर भएका सबै प्रकारको अनिष्ट शक्तिमाथि हुन्छ ।
  • जसरी जसरी नरकको स्तरको गहिराइमा जान्छ, अर्थात १ देखि ७ सम्म, सूक्ष्मदेहको लागि सुख प्राप्ति घट्दै जान्छ अनि दु:खको मात्रा बढ्दै जान्छ । पछिल्लो जन्मको सकारात्मक प्रसङ्ग अथवा कुनै पछिल्लो जन्मको समृद्धिको मनोहर स्मृतिको कारण सुख न्यूनतम अनुभव हुन्छ । पछिल्लो जन्मको शारीरिक पीडा अनि अपमानजनक प्रसङ्ग, अपूर्ण इच्छा – जस्तै शिक्षा, घरबार, व्यवसाय, महत्वाकांक्षा, आफ्नो बच्चाहरुबाट अपेक्षा, यी स्मृतिका कारण दु:ख अनुभव हुन्छ ।
  • पातलको विभिन्न लोकमा तथा त्यस सम्बन्धित नरकमा जुन दण्ड अथवा पीडा झेल्नु पर्छ, त्यसको मात्रा पाताल तथा सम्बन्धित नरकको साथ उत्तरोत्तर बढ्दै जान्छ । साथै, प्रत्येक नरकमा जुन दण्ड भोग्नुपर्छ, त्यसको अवधि पातालको सम्बन्धित लोक भन्दा अधिक हुन्छ । यदि हामी पातालको पहिलो लोकको दण्ड १००% मान्यौं भने त्यससँग सम्बन्धित नरकको पहिलो लोकमा दण्ड ५०% अधिक अर्थात् १५०% मिल्दछ ।

निम्नलिखित तालिकामा पातालको विभिन्न लोकहरुमा अनुभूत सुख अनि दु:खको औसतन तीव्रता, उदाहरणको विवरण सहित प्रस्तुत छ ।

पाताल लोक सत्व गुणको  प्रतिशत सुखको उदाहरण दुखको प्रतिशत दुखको उदाहरण 
पहिलो ३०% अतीतको स्मृतिमा डूबेर सुखको अनुभव गर्ने । ५०% पहिलाको जीवनमा भएको शारीरिक कष्टको स्मरण अनि अपमानजनक प्रसंगको स्मृतिहरुले दुखको अनुभव गर्ने ।
दोस्रो २५% व्यवाहारिक लेन देनमा ऐश्वर्यको सुखद स्मृति । ५५% शिक्षा, घर, जीवनमा सन्तान सुखको अधूरो इच्छाहरुका स्मृतिले दुख अनुभव ।
तेस्रो २०% पहिलको जीवनमा पूर्ण भएका इच्छाहरुका स्मरण गरि सुख अनुभव गर्ने । ६०% स्थूल देहको अभावको कारण अपूर्ण इच्छाहरुको कारण दु:ख हुने ।
चौथो १५% अफ्नो साथ अरुले पनि कष्ट भोगेको देखेर म एक्लै छैन यो विचारले क्षणिक सुख मिल्ने । ७०% नरकको असंख्य कष्टहरु अनि दुर्गन्धको कारण मानसिक तनाव आरम्भ हुने
पाँचौं १०% कोही, कुनै दिन एउटा दुखबाट छुटकारा दिलाइ दिन्छ यो विचारले क्षणिक सुख मिल्ने । ८०% मान्त्रिकको दास बनेर जीउने, कष्टबाट कहिले पनि छुटकारा पाउने छैन यो विचारको कारण अत्यधिक निराशा ।
छैटों केही पनि छैन ९०% घोर कष्टको कारण तीव्र मानसिक कष्ट ।
सातौं केही पनि छैन १००% निरन्तर घोर कष्टको कारण उदास रहने ।
टिप्पणी : अधिकतर प्रसङ्गमा, सुख अनि दु:खको जोड १००% हुँदैन । सुख अनि दुख अतिरिक्त त्यो अवस्था हुन्छ, जस्तै – नरकमा सूक्ष्म देह कुनै पनि प्रकारको भावनाको अनुभव हुँदैन । उदाहरणार्थ, कुनै सामान्य कार्य गरि रहेको समय सुख अथवा दुख हुँदैन ।

. ब्रह्माण्डको सूक्ष्म लोकहरुमा आवागमन

कुनै पनि व्यक्ति उनको मूलभूत प्रकृति अनुरूप (सत्व, रज अनि तमोगुण अनुसार) लोक मिल्दछ यो व्यक्तिको आध्यात्मिक स्तरमा निर्भर गर्दछ त्यसैले तल्लो सकारात्मक लोकको सूक्ष्मदेह माथिल्लो सकारात्मक लोकमा जान सक्दैन अनि पहिलो तथा दोस्रो नकारात्मक लोकको सूक्ष्मदेह नरकको गहिरार्इमा जान सक्दैन । यो यस प्रकार जस्तै हो, तरार्इ भागमा बस्ने मानिसलार्इ ऊचार्इमा श्वास लिन गाह्रो हुने, तर पहाडमा रहने मानिस सहजतासँग श्वास लिन सक्छ

. मृत्युपछि हामी कहाँ जान्छौं, यो केमा निर्भर गर्दछ ?

मृत्युको समय जब स्थूलदेह निष्क्रिय हुन जान्छ, तब शरीरको कार्यको लागि प्रयोग हुने प्राणशक्ति ब्रह्माण्डमा मुक्त हुन जान्छ यो प्राणशक्ति, मृत्युको समय सूक्ष्मदेहलार्इ पृथ्वी भन्दा टाढा जानको लागि ढकेली दिन्छ (ऊर्जा प्रदान गर्दछ) जस्तै प्रक्षेप्य (projectile) को भार यो निर्धारित गर्दछ कि रकेटलार्इ कति टाढासम्म फ्याक्न (प्रक्षेपण गर्न) सक्छ, यसै प्रकारले सूक्ष्मदेहको भार यो निर्धारित गर्दछ कि देह मृत्युपछि कुन सूक्ष्म लोकमा जान्छ

सूक्ष्म देहको भार प्रमुखताले जीवमा विद्यमान तमोगुणको मात्रामा निर्भर हुन्छ

मृत्युपछि हामी कहाँ जान्छौं ?

त्रिगुण (सूक्ष्म मूलभूत घटक) : प्रत्येक व्यक्ति ३ सूक्ष्म मूलभूत घटकले अथवा गुणले बनेको हुन्छ । यो गुण आध्यात्मिक स्वरूपको हुन्छ अनि अदृश्य हुँदा पनि यसले हाम्रो व्यक्तित्व परिभाषित गर्दछ ।

  • सत्त्व : आध्यात्मिक पवित्रता एवं ज्ञान
  • रज : कर्म (क्रियाशीलता एवं वासना)
  • तम : अज्ञान एवं निष्क्रियता । आजको युगमा कुनै पनि सामान्य व्यक्तिमा तमोगुणको मात्रा ५०% सम्म हुन्छन् ।

कृपया सन्दर्भ लेख पढ्नुहोस् : त्रिगुण (३ मूलभूत सूक्ष्म घटक)

हामीमा रज अनि तमोगुण जति अधिक मात्रामा हुन्छन्, त्यतिनै हामीमा निम्नलिखित लक्षण प्रदर्शित हुन्छन् जुन हाम्रो सूक्ष्मदेहका भार बढाउँछन् अनि यो निर्धारित गर्दछन् कि मृत्युपछि हामी कुन लोकमा जान्छौं ।

  • सांसारिक विषय प्रति अत्यधिक आसक्ति अनि स्वार्थी वृत्ति
  • अधिक अतृप्त इच्छाहरु (वासना)
  • प्रतिशोधको भावना
  • अधिक मात्रामा पाप अथवा अनुचित कर्म
  • अधिक स्वभावदोष जस्तै – क्रोध, लोभ, भय
  • अधिक अहं : अहं अर्थात् अन्तरात्माको अपेक्षा आफ्नो देह, मन अनि बुद्धिसँग तादात्म्य ।
  • परिणामस्वरूप अल्प आध्यात्मिक स्तर

तमोगुणको मात्रामा अनि माथि उल्लेखित सम्बन्धित लक्षणहरुका स्थायी गिरावट, अध्यात्मको छः मूलभूत सिद्धान्तमा आधारित साधनाबाट सम्भव हुन्छ । स्वयं- सहायता पुस्तकको आधारबाट मानसिक सुधार अथवा राम्रो व्यवहार गर्नु, यो सतह अनि अस्थायी उपाय हो ।

६.१ मृत्युको समय मानसिक स्थितिको महत्त्व

माथि उल्लेखित घटकहरुको साथ मृत्युको समय हाम्रो मानसिक स्थिति धेरै महत्त्वपूर्ण हुन्छ । हाम्रो मानसिक स्थिति साधारणत: हाम्रो त्रिगुणको मात्रामा निर्भर गर्दछन् ।

जो व्यक्ति मृत्युको समय नामजप गर्दैन, यसको तुलनामा साधना (उदा. ईश्वरको नामजप) गर्ने व्यक्तिमा इच्छा, वासना, आसक्ति, भूत आदि का दुष्प्रभाव न्यूनतम हुन्छ । परिणामस्वरूप उनको सूक्ष्मदेह हलुका हुन्छ । त्यसैले मृत्युको समय नामजप नगर्नाले जनु लोक प्राप्त हुन्छ, त्यसको तुलनामा नामजप गर्नाले उच्च उप- लोकको प्राप्ति हुन्छ ।

यदि मृत्युको समय व्यक्ति नामजप गरिरहेको छ अनि ईश्वरको इच्छा प्रति समर्पित छ, तब मृत्युपछि अझै राम्रो लोकको प्राप्ति हुन्छ अनि उनको यात्रा विहंगम गतिसँग हुन्छ । किन कि त्यो व्यक्ति भूलोकमा (पृथ्वीमा) नै शरणागत भावमा हुन्छ, मृत्युपछि उनको अहं बढ्ने आशंका अल्प हुन्छ अनि मृत्युपछि उनको कुशल- मंगलको सम्पूर्ण दायित्व आध्यात्मिक दृष्टिले उन्नत आध्यात्मिक मार्गदर्शक (गुरु) निभाउँदछ ।

६.२ नरकमा को जान्छ ?

सामान्यतः पृथ्वीमा गरिने निम्नलिखित कर्मको कारण हामी नरकमा जान्छौं ।

नरकको लोक (पाताल) पापको  प्रतिशत पापको प्रकारको उदाहरण
पहिलो ४०% अरु व्यक्तिलार्इ हानि पुराउनेसम्म सीमित
दूस्रो ५०% समाजको केहि भागलार्इ हानि पुराउने जस्तै ज्यादा स्तरमा कपट गरि एकै साथ धेरै व्यक्तिहरुलार्इ ठगने
तेस्रो ५५% समाजमो ठूलो भागलार्इ हानि पुराउने जस्तै दबाई अथवा खाद्य पदार्थमा मिलावट गर्ने
चौथो ६०% समाजको केहि भागलार्इ नियोजित ढङ्गले हानि पुराउने – बन्दुकसँग सम्बन्धित हिंसा
पाँचौं ७०% समाजलार्इ हानि पुराउनको लागि अन्यलार्इ भडकाउने
छैटौं ८०% राष्ट्रको अथवा राष्ट्रको कुनै भागलार्इ हानि पुराउने
सातौं ९०% राष्ट्रको तथा जो समाजको लागि कार्य गरिरहेको छ, उनलार्इ हानि पुराउने

केवल कर्मको मात्र होइन; कर्मको मात्रा, अवधि अनि उदेश्य, यी महत्वपूर्ण घटक निर्धारित गर्दछन् कि हामी कुन नरकमा जान्छौं ।

७. आत्महत्या अनि त्यसपछिको जीवन

समयको आधारमा मृत्यु दुर्इ  प्रकारको हुन्छ ।

प्रारब्धानुसार मृत्यु : यो मृत्युको त्यो क्षण हो जसबाट कोहि पनि  बच्न सक्दैन्न् ।

सम्भावित मृत्यु : यस कालमा मृत्युको आशंका रहन्छ । प्रत्येक व्यक्ति मृत्युको निकट हुने अनुभव हुन सक्छ; तर उनको पुण्य कर्मको कारण बचिन्छ ।

मृत्युको प्रकारको अधिक जानकारीको लागि कृपया सन्दर्भ लेख पढ्नुहोस् – मृत्युको काल

यदि व्यक्ति यस्तो गम्भीर कठिनाइको अनुभव गरिरहेको छ, जसको कुनै हल छैन अथवा तीव्र स्वरूपको स्वभावदोष छ, तब त्यस्तो समयमा स्वयंको जीवन समाप्त गर्नको लागि सोच्छ । अनिष्ट शक्ति (भूत, प्रेत, पिशाच आदि) आत्मघाती व्यक्तिको निराशालार्इ अझै भड्काएर कहिले काहि व्यक्तिलार्इ आत्महत्या गर्नको लागि उक्साउँछ, तर आत्महत्या एउटा ऐच्छिक क्रिया हो जो व्यक्तिको प्रारब्धानुसार सम्भाव्य मृत्युको कालमा हुन्छ ।

भूलोकमा (पृथ्वीमा) मिलेको जीवन ज्यादै अमूल्य हुन्छ अनि प्रधानताले हाम्रो आध्यात्मिक उन्नतिको लागि हामीलार्इ प्रदान गरेका हुन्छन् । कसैको हत्या गर्नाले उनको साथ हाम्रो कार्मिक लेन- देन जोडिन्छन्; तर आत्महत्या  गरि हामी आध्यात्मिक उन्नतिको लागि मिलेको अवसर गुमाउँछौं अनि स्वयं पापार्जन गर्दछ । यो पापको तीव्रता, आत्महत्याको कारक परिस्थितिको आधारमा भिन्न हुन सक्छ । सामान्य आत्महत्यामा सूक्ष्मदेह भुवर्लोक जान्छ; तर जीवनकालमा गरिएको पापार्जन अनि आत्महत्याको परिस्थितिको आधारमा उनी पातालको तल्लो लोकमा पनि जान सक्छ ।

  • सन्तको हत्या गर्दा अधिकतम मात्रामा पाप, ० – १०० को स्तरमा यो १०० स्तरको हुन्छ
  • एउटा साधारण व्यक्तिको हत्या गर्दा ४० स्तरको हुन्छ
  • एउटा साधरण व्यक्तिको हत्याको तुलनामा स्वयंको हत्या गर्दा ३०% पाप लाग्छ । सामान्यतया आत्महत्य गर्ने व्यक्ति कम आध्यात्मिक स्तरको हुन्छ । उनको आध्यात्मिक स्तर निरन्तर मानसिक चिन्ताको कारण घटेर जान्छ ।

कारण

पाप लाग्ने पुण्य टिप्पणी
स्वयंको सन्दर्भमा
शारीरिक : कसैलार्इ तीव्र वेदना छ अथवा अस्वस्थ छ तथा असहनीय वेदनाको कारण इच्छा मृत्यु धारण गर्छ सामान्य आध्यात्मिक स्तरको कुनै व्यक्तिलार्इ मार्नु ३०%  समान कृपया इच्छा मृत्यु लेख पढ्नुहोस्- भाग ४.२
मानसिक : तीव्रनिराशा, मानसिक रोगी सामान्य आध्यात्मिक स्तर कुनै व्यक्तिलार्इ मार्नु ३०% समान
आध्यात्मिक अनिष्ट शक्तिको नियन्त्रणमा रहनुको कारण आफ्नो प्राण लिने 0 सूक्ष्म देह- मृत्युपछि पनि पूर्ण तरहले अनिष्ट शक्तिको प्रभावमा रहन्छ । केवल तीव्र साधनाले नै उनी अनिष्ट शक्तिको नियन्त्रणबाट छूट्न सक्छ
अरुसँग संलग्नको सन्दर्भमा
अरुको निस्वार्थ रक्षाको लागि स्वयंको त्याग गर्ने 0 भिन्नता कसको लागि त्याग गरेको त्यसमा आधारित हुन्छ यदि कुनै नराम्रो व्यक्तिको लागि त्याग गर्यो भने पुण्य होइन पाप लग्छ ।
सन्तको प्राण बचाउनको लागि स्वयंको प्राण दिने 0 १०० कुनै सन्तको प्राण बचाउनको लागि गर्यो भने उच्च स्तरको पुण्य प्राप्त हुन्छ ।
आत्मघाती बम (स्वयंलार्इ तथा अन्यलार्इ मार्ने ) परिवर्तनशील परिवर्तनशील कारण अनुरूप ।उदाहरण यदि सैनिकलार्इ हिटलर मार्नु छ एउटा आत्मघाती लक्ष्यमा अनि विश्वलार्इ संकटबाट छुटकारा दिलाउनु छ, तब पुण्य प्राप्त हुन्छ । अर्को तर्फ यदि आत्मघाती बमले निर्दोष व्यक्ति अनि बच्चा मार्दछन् भने केवल पाप लग्दछ ।

८. दुर्इ पुनर्जन्ममा समयको अन्तर किन हुन्छ ?

अनुसन्धानको समय हिप्नोटिक ट्रांस द्वारा व्यक्तिको पहिलाको जन्मको खोज गर्दो यो पायो कि पृथ्वीमा दुर्इ जन्म बीच ५० देखि ४०० वर्षको अन्तराल हुन सक्छ । अन्तरालको कारण यस प्रकार छन् :

  • सूक्ष्मदेह, स्वर्गमा अथवा भुवर्लोकमा आफ्नो पाप अनि पुण्य भोग्नको लागि विभिन्न कालावधिको लागि रहन्छ ।
  • कर्म- सिद्धान्त अनुसार, अनेक व्यक्तिहरुसँग पहिलाको जन्मको लेन- देन पूर्ण गर्नको लागि पृथ्वीमा अनुकूल वातावरण हुन आवश्यक हुन्छ । सूक्ष्मदेहको पुनर्जन्म तबसम्म प्रलम्बित रहन्छ जबसम्म अन्य जीव पनि, जोसँग उनको लेन- देन छ, पुनर्जन्मको तैयारीमा लाग्दैन्न् ।
  • कहिले काहि पहिलाको जीवनको प्रतिगमनको प्रक्रियामा (पास्ट लाइफ रिग्रेशन), सम्मोहित व्यक्तिद्वारा कुनै एक जन्मको जानकारी दिन बाकि रहन्छ । किनकि त्यस जन्ममा कुनै विशेष घटना थिएन अथवा त्यस जन्मको अवधि अल्प थियो । त्यसैले व्यक्तिलार्इ त्यस जन्मको विवरण स्मरण हुँदैन ।

जुन सूक्ष्मदेहलार्इ नरकको तल्लो स्तरमा पठाइदिन्छ, उनको पुनर्जन्ममा हजारै वर्ष लाग्न सक्छ । उनी नरकको त्यस स्तरमा तबसम्म रहन्छ, जबसम्म पूरा दण्ड भोग्दैन । अधिकांश प्रकरणमा यसको अर्थ मृत्युपछि नरकको लोक, क्षीण अवस्थामा तबसम्म रहनु पर्छ, जबसम्म सृष्टिको लय हुँदैन ।

९. मृत्युपछिको जीवन – सारांश

विभिन्न लोक बारे माथि दिएको जानकारीले स्पष्ट हुन्छ कि हामी आफ्नो जीवन कुन प्रकार व्यतीत गर्दछौं, त्यस अनुरूप हामी मृत्युपछिको जीवनमा परिणाम भोग्नु पर्दछ । केवल साधना अथवा पुण्यकर्मको पराकाष्ठले नै हामी उच्च लोकमा जान सक्छौं साथै दु:ख अनि दण्डबाट बचेर उच्च श्रेणीको सुख अनुभव गर्न सक्छौं । पृथ्वीमा पुनर्जन्म लिएर साधना गर्नको लागि अनुकूल वातावरण पाउने सम्भावना पनि अधिक हुन्छ । यो यस कारण हो कि व्यक्ति ब्रह्माण्डको सूक्ष्म सकारात्मक लोकमा जान सक्छ । जसरी-जसरी वर्तमान कलियुग (संघर्षको युग) आगाडि बढ्दछ, व्यक्तिद्वारा सकारात्मक लोकमा जाने सम्भावना घट्दै जान्छ ।

जब हामी भुवर्लोक अथवा पातालको तल्लो लोकमा जान्छौ त्यहाँ अनेक शताब्दीका लागि तीव्र पीडा सहनुपर्छ जबसम्म आफ्नो सबै पाप- कर्मको लागि कठोर दण्ड भोगेर पूर्ण हुँदैन अनि पृथ्वीमा पुनर्जन्म लिने अवसर मिल्दैन ।

पृथ्वीमा अध्यात्मको ६ मूलभूत सिद्धान्त अनुसार निरन्तर साधना गर्नु, यस युगमा प्रवाहको विपरीत दिशामा तैरिने जस्तै हो; तथापि यो मृत्युपछिको जीवनमा, उत्तरोत्तर सकारात्मक लोकतर्फ बढ्ने निश्चित मार्ग हो ।