प्रारब्ध अनि लेन-देनको नियम

हाम्रो जन्म देखि लिएर, हाम्रो जन्म कुन परिवारमा हुनेछ, यस्ता अनेकौं घटनाहरु हाम्रो प्रारब्ध अनुसार घट्दछ । व्यक्ति त्यस परिवारमा जन्म लिन्छ जुन परिवारको परिस्थिति उनको लागि प्रारब्ध भोग्नको लागि अनुकूल छ अनि त्यस परिवारको सबै सदस्यहरुसँग उनको बडी मात्रामा लेन-देन छ ।

कर्मको सिद्धान्त हो कि प्रत्येक सकारात्मक कर्म ‘पुण्य’ उत्पन्न गर्छ अनि प्रत्येक नकारात्मक कर्म ‘पाप’ उत्पन्न गर्छ । यस कारण प्रत्येक व्यक्ति कर्मको फल भोग्नु नै पर्छ । जब अरुको लागि केही राम्रो कर्म गर्छ, फलस्वरूप त्यस व्यक्तिबाट उनलार्इ ‘धन्यवाद’ को साथ-साथ सकारात्मक फल अर्थात सुख पनि प्राप्त हुन्छ । जब हामी कसैलार्इ हानि पुराउछौं, त्यस समय हामी नकारात्मक फल (दु:खको रूपमा) प्राप्त हुन्छ जसको केवल ‘क्षमा गर्नुहोस्’, भन्दैमा हटेर जान्छ ।

कर्मको सिद्धान्त अपरिवर्तनशील हुन्छ । केहि सिमा सम्म यो न्यूटनको गतिको तेस्रो सिद्धान्त समान छ, जो यो बोध गर्छ कि ‘प्रत्येक क्रियाको समतुल्य और विपरीत प्रतिक्रिया हुन्छ । (For every action there is an equal and opposite reaction.)’

जीवनको सम्पूर्ण यात्रामा हामी कुनै पुरानो लेन-देन पूरा गरिरहेको हुन्छ अथवा केहि नया लेन-देन बनार्इ रहेका हुन्छौं । यो लेन-देन यदि यो जन्ममा पूरा भएन भने, अर्को जन्ममा पूरा गर्नुपर्छ । हामीले बितेका जन्महरुमा जुन लेन-देन बनाएका थिए, यस विषयमा हामीलार्इ ज्ञान हुदैन्न् ।

आउने जन्ममा यो पनि सम्भव हुन सक्छ कि परिवारसँग हाम्रो सम्बन्ध अनि लिङ्ग परिर्वतन हुन सक्छ । यस जन्ममा यदि कोहि पिता थियो भने आउने जन्ममा उनी आफ्नो छोराको, छोरीको रूपमा जन्म लिन सक्छ ।

निम्नलखित उदाहरणबाट यो स्पष्ट हुन जान्छ कि लेन-देन कसरी उत्पन्न हुन्छ अनि कसरी प्रारब्ध बनेर आउछ । यो पनि ज्ञात हुन्छ कि साधना बाट प्रारब्धको परिणाम कसरी शिथिल अथवा समाप्त गर्न सकिन्छ ।

1nepal-give-and-take

अध्यात्मशास्त्र अनुसार हाम्रो परिवारको अधिकतर सदस्यहरुसँग पहिलाका जन्मका हाम्रो सकारात्मक अथवा नकारात्मक लेन-देन हुन्छ । पिहलाको कर्मको फल, जो सुख अथवा दु:खको रूपमा हुन्छ, यो भोग्नको लागि ती व्यक्तिका सम्पर्कमा रहन आवश्यक हुन्छ ।

कर्मको सिद्धान्त बुझ्नाले हामीलार्इ यो ज्ञात हुन्छ कि अध्यात्ममा रुचि नराख्ने अनि भौतिक जीवन जीउन चाहना राख्नेलार्इ पनि साधना धेरै आवश्यक छ । प्रारब्धको साथ भौतिक सम्बन्ध सुखमय बनाउनको लगि साधना अत्यन्त महत्त्वपूर्ण छ ।