सारांश

सृष्टिको रचना मूल त्रिगुणबाट भएको छ, सत्त्व, रज एवं तम । आधुनिक विज्ञान यसमा अनभिज्ञ छ । यी तीन घटक सजीव-निर्जीव, स्थूल-सूक्ष्म वस्तुहरुमा विद्यमान हुन्छन् । कुनै पनि वस्तुबाट प्रक्षेपित स्पन्दन त्यसको सूक्ष्म मूल सत्त्व, रज एवं तम घटकको अनुपातमा निर्भर गर्दछ । यसले प्रत्येक वस्तुको व्यवहार पनि प्रभावित हुन्छ । मानिसमा यसको अनुपात केवल साधनाबाट नै परिवर्तन गर्न सकिन्छ ।

१. प्रस्तावना एवं परिभाषा

यो लेखको मूल उद्देश्य हो, हाम्रो पाठकलाई सूक्ष्म त्रिगुणको परिकल्पना (concept) सम्बन्धि सम्पूर्ण ज्ञान प्रदान गर्नु । हाम्रो पाठकको लागि यो महत्त्वपूर्ण लेख हो, किन कि यो वेबसाइटको अन्य लेखहरुको मूल आधार हो ।

आधुनिक विज्ञान अनुसार, सृष्टि स्थूल कणबाट बनेको छ – इलेक्ट्रॉन, प्रोटॉन, न्यूट्रॉन, मेसन्स, ग्लुओन्स एवं क्वार्क्स

तर आध्यात्मिक स्तरमा, सृष्टि त्यो भन्दा पनि अधिक मूल तत्त्वबाट बनेको हुन्छ । त्यस मूल तत्त्वलाई सूक्ष्म तत्त्व अर्थात् त्रिगुण भन्दछ – सत्त्व, रज अनि तम । त्रिगुण शब्दमा, त्रि अर्थात् तीन, तथा गुण अर्थात् सूक्ष्म घटक ।

प्रत्येक घटकको मूल गुणधर्मको विषयमा निम्नलिखित सारणीमा सम्क्षेपमा जानकारी दिएको छ ।

त्रिगुण विशेषता विशेषण उदाहरण
पवित्रता तथा ज्ञान सात्विक सात्विक मनुष्य – कुनै फल अथवा मान – सम्मानको अपेक्षा अथवा स्वार्थ बिना समाजको सेवा गर्दछ
क्रिया तथा इच्छा राजसिक राजसिक मनुष्य – स्वयंको लाभ तथा कार्यसिद्धिको लागि बाच्ने
अज्ञानता तथा निष्क्रियता तामसिक तामसिक मनुष्य – अर्कालाई अथवा समाजलाई हानि पुराएर स्वयंको स्वार्थ सिद्ध गर्ने

हामी यी तत्त्वलाई सूक्ष्म यसकारण भन्छौं किन कि यो अदृश्य छ, स्थूल हुँदैन तथा कुनै आधुनिक सूक्ष्मदर्शी यन्त्रबाट पनि देखाई दिन्न । भविष्यमा प्राविधिक उन्नत यन्त्रले पनि यी तत्त्वहरुलाई मापन गर्न सक्ने छैनन् । त्रिगुण केवल सूक्ष्म ज्ञानेन्द्रिय अथवा छैटौं ज्ञानेन्द्रिय (सूक्ष्म सम्वेदी क्षमता) द्वारा नै अनुभव गर्न सकिन्छ ।

  • सत्त्व गुण त्रिगुणहरु मध्ये, सबै भन्दा सूक्ष्म तथा अमूर्त (intangible) हुन्छ । सत्त्व गुण दैवी तत्त्वसँग सबै भन्दा निकट हुन्छ । त्यसैले सत्त्व प्रधान व्यक्तिको लक्षण हुन्छ – प्रसन्नता, सन्तुष्टि, धैर्य, क्षमा गर्ने क्षमता, अध्यात्म प्रति झुकाव इत्यादि ।
  • त्रिगुण मध्ये सबै भन्दा कनिष्ठ तम गुण हो । तम प्रधान व्यक्ति, आल्छी, लोभी, सांसारिक इच्छाले आसक्त रहन्छ ।
  • रज गुण सत्त्व तथा तमलाई उर्जा प्रदान गर्दछ तथा कर्म गराउँदछ । व्यक्ति यदि सात्त्विक छ भने सत्त्व प्रधान कर्मलाई उर्जा प्रदान गर्दछ तथा यदि तामसिक छ भने तम प्रधान कर्मलाई उर्जा प्रदान गर्दछ ।

सत्त्व, रज तथा तम अमूर्त रूपमा हुन्छन्, विद्यालय तथा विश्वविद्यालयमा सामान्यरूपले सिकाउने आधुनिक विज्ञान यसको अस्तित्वको जानकारीबाट अनभिज्ञ छ । त्यसैले यस विषयलाई आफ्नो पाठ्यक्रममा समावेश गर्दैन । त्यसैले, त्रिगुणको यो सिद्धान्त हामी मध्ये कोही व्यक्तिलाई विचित्र लाग्न सक्छ । तर यसले सत्यलाई झूट भन्न सकिदैन जुन पूरै सृष्टि तथा हाम्रो अस्तित्वमा समाएको छ । त्रिगुणमा कुन गुण प्रबल छ, यसको प्रभावले हामी :

  • स्थितिमा आफ्नो प्रतिक्रिया दिन्छौं
  • निर्णय लिन्छौं
  • विकल्प छान्छौं
  • आफ्नो जीवन जीउछौं

यसको मूल रूप स्थूल होइन, त्यसैले यसलाई एउटा स्थूल विशेषता द्वारा बुझ्न कठिन हुन्छ । यो लेख द्वारा हामीले त्रिगुणलाई बुझ्ने प्रयास गरेका छौं कि त्रिगुण के हो तथा त्यसले हाम्रो जीवनमा के प्रभाव पार्दछ ।

२. सबै भन्दा सानो स्थूल कण तथा त्रिगुणको तुलना

निम्नलिखित तालिकामा आधुनिक विज्ञानलाई ज्ञात भएको सबै भन्दा सानो स्थूल कण तथा अध्यात्मशास्त्र द्वारा ज्ञात भएको सबै भन्दा सूक्ष्म तत्वमा फरक बताएका छौं ।

मापदण्ड

सबै भन्दा सानो स्थूल कण

मूलभूत सूक्ष्म कण

स्वरूप स्थूल सूक्ष्म तथा अमूर्त
कसरी नाप्ने ? प्रयोगशालामा शक्तिशाली इलेक्ट्रान माइक्रोस्कोप जस्तो यन्त्र द्वारा सूक्ष्म इन्द्रियको माध्यमले छैटौं इन्द्रिय द्वारा
समावेश (सम्पूर्ण) स्थूल सृष्टि सम्पूर्ण सृष्टि भौतिक, मानसिक तथा आध्यात्मिक जगत । सबै भन्दा सानो स्थूल कण पनि सत्त्व, रज तथा तमबाट बनेको हुन्छ । हाम्रो विचार, जुन अदृश्य छ, त्यो पनि त्रिगुणले बनेको हुन्छन् ।
यसको विशेषताहरु प्रभाव सृष्टिको स्थूल विशेषताहरु सम्म सीमित, जस्तै कुनै पदार्थ  ठोस अथवा द्रव हुने सम्पूर्ण सृष्टिको सबै गतिविधिहरु, हाम्रो निर्णय, हाम्रो विकल्पहरु इत्यादि मा प्रभाव । सत्त्व रज तथा तम स्थूल विशेषताहरुमा पनि प्रभाव पार्दछ । उदा. तम गुण भौतिककरण अथवा घनीकरण गराउँदछ ।

३. त्रिगुण कस्तो देखिन्छ ?

छैटौं ज्ञानेन्द्रिय (सूक्ष्म सम्वेदी क्षमता) द्वारा प्राप्त निम्नलिखित आकृतिबाट देख्न सक्छौं कि त्रिगुण जब कार्यरत हुन्छ तब कस्तो देखाई दिन्छ ।

त्रिगुण अदृश्य कण हो, तर सक्रिय भएमा अर्थात् उर्जाको साथ तरङ्गको रूपमा देखाई दिन्छ ।

आकृतिको विवरण

  • रङ्ग : प्रगत छैटौं ज्ञानेन्द्रियबाट हेर्यौ भने सत्त्वगुणको रङ्ग पहेलो, रजगुणको रङ्ग रातो अनि तमगुणको रङ्ग कालो देखाई दिन्छ ।
  • तरङ्गलम्बाई (wavelength) : सबै भन्दा अधिक कार्यरत-रजगुण तरङ्गलम्बाई दिखाई दिन्छ तथा सत्त्वगुणको स्वरूप शान्त हुनुको कारण रजगुणको तुलनामा सत्व गुणको तरङ्गलम्बाई लामो हुन्छ । तम गुणको स्वरूप अव्यवस्थित तथा विकृत हुन्छ अनि यो त्यसको अनियमित तरङ्गलम्बाईमा स्पष्ट देखाइ दिन्छ ।
  • विस्तीर्णता (amplitude) : रजगुण सर्वाधिक मात्रामा कार्यरत हुनुको कारण सबै भन्दा अधिक विस्तारमा पाइन्छ । सत्त्वगुणको विस्तीर्णता अल्प मात्रामा छ, अनि तम गुण त्यो भन्दा पनि अल्प तथा अनियमित हुन्छ ।
  • लम्बाई : उनको लम्बाई कार्यको आवश्यकतानुसार रहनेछ ।

४. त्रिगुण अनि पञ्चमहाभूत

पञ्चमहाभूत पनि त्रिगुणबाट बनेको हुन्छ । पञ्चमहाभूत – पृथ्वीतत्त्व, आपतत्त्व, तेजतत्त्व, वायुतत्त्व तथा आकाशतत्त्व हुन् । पञ्चमहाभूत अदृश्य छ तथा स्थूल रूपमा हामीलाई दृश्यमान हुने घटक भन्दा पनि सूक्ष्म छ । उदाहरण, जलको निर्माण सूक्ष्म आपतत्त्वबाट भएको हो, जसले नदी तथा समुद्र बन्दछन् । सम्क्षिप्तमा पञ्चमहाभूत ब्रह्माण्डको निर्माणको आधारभूत घटक हो । तर त्यो पनि त्रिगुणले बने हुन्छ ।

निम्नलिखित तालिका देखाउछ त्रिगुणको अनुपातको सन्दर्भमा प्रत्येक पञ्चमहाभूतको रचना कुन प्रकार फरक छ ।

त्रिगुण तथा पञ्चमहाभूत

सत्व रज तम
पृथ्वी १० प्रतिशत ४० प्रतिशत ५० प्रतिशत
जल २० प्रतिशत ४० प्रतिशत ४० प्रतिशत
तेज ३० प्रतिशत ४० प्रतिशत ३० प्रतिशत
वायु ४० प्रतिशत ४० प्रतिशत २० प्रतिशत
आकाश ५० प्रतिशत ४० प्रतिशत १० प्रतिशत

जसरी हामीले माथिको तालिकामा देख्यौं, पृथ्वीतत्त्वमा तम गुण सर्वाधिक हुन्छ, त्यसैले यो भारी पनि हुन्छ । सूक्ष्म तमगुण अस्तित्वलाई सीमित गर्दछ, जबकि सत्त्व गुण अस्तित्वलाई व्यापक बनाउदछ । यसले स्पष्ट हुन्छ कि पञ्चमहाभूतहरु मध्ये पृथ्वी तत्त्व किन तल्लो स्तरको मानिन्छ । यसबाट यो पनि बुझिन्छ कि आकाशतत्त्व सूक्ष्मतम अनि सात्विक तथा सबै भन्दा शक्तिशाली मानिन्छ । पञ्चमहाभूतमा अल्प मात्रामा तमगुणले तत्वलाई कम मूर्त बनाउँछ । उदाहरणार्थ, तेजतत्त्व पृथ्वीतत्त्वको तुलनामा अधिक सूक्ष्म छ ।

मनुष्य अधिकांश पृथ्वीतत्त्व तथा आपतत्त्वले बनेको हुन्छ । जब कुनै व्यक्तिको अध्यात्मिक उन्नति हुन्छ, उनी उच्च स्तरमा कार्य गर्न थाल्दछ, जस्तै तेजतत्त्व । यो स्तरको आध्यात्मिक उन्नत व्यक्तिबाट विशिष्ट रूपको तेज प्रक्षेपित भएको प्रतीत हुन्छ । जब यस्तो हुन्छ, त्यस जीवको मूलभूत इच्छा पनि अल्प हुँदै जान्छ, जस्तै अन्न तथा नीन्द्र । यसको अतिरिक्त, बोध तथा कार्य गर्ने क्षमता संख्यात्मक तथा गुणात्मक रूपमा प्रचण्ड मात्रामा बढेर जान्छ ।

५. तीन मूलभूत सूक्ष्म घटक (त्रिगुण) अनि संसार

५.१ प्राकृतिक प्रकोप

यदि पृथ्वीमा रज-तम बढ्यो भने, यसको रूपान्तर युद्ध, आतङ्ककारी गतिविधिहरु तथा प्राकृतिक प्रकोप आदि मा वृद्धि हुन्छ । रज-तम को मात्रा बढ्नाले, पञ्चतत्त्व असन्तुलित हुन जान्छ, जसको रूपान्तर महाविपत्ति तथा प्राकृतिक प्रकोपमा हुन्छ । कृपया निम्नलिखित लेख पढ्नुहोस् – प्राकृतिक प्रकोपको तीव्रता बढ्नुको कारण ।

५.२ निर्जीव वस्तुहरु

निम्नलिखित तालिका निर्जीव वस्तु तथा त्रिगुणको सम्बन्ध स्पष्ट हुन्छ

विभिन्न निर्जीव वस्तुहरुमा त्रिगुणको अनुपात

सत्व रज तम
मन्दिर,पवित्र स्थल,तीर्थ स्थल ५ प्रतिशत १ प्रतिशत ९४ प्रतिशत
नित्य तथा सामान्य स्थल २ प्रतिशत २ प्रतिशत ९६ प्रतिशत
नराम्रो स्थल १ प्रतिशत १ प्रतिशत ९८ प्रतिशत

५.३ जीवित प्राणी

निम्नलिखित तालिकामा प्राणीमात्रा तथा त्रिगुणको सम्बन्ध देखाएको छ । सत्त्व सूक्ष्मगुणको दृष्टिबाट जीवनको मूल्य, सबै वस्तु भन्दा अधिक छ । धार्मिक स्थलको तुलना भन्दा पनि यो अधिक मूल्यवान छ ।

विभिन्न जीवित वस्तुहरुमा त्रिगुणको अनुपात

सत्व रज तम
सन्त ५० प्रतिशत ३० प्रतिशत २० प्रतिशत
सामान्य व्यक्ति २० प्रतिशत ३० प्रतिशत ५० प्रतिशत
दुष्ट व्यक्ति १० प्रतिशत2 ५० प्रतिशत ४० प्रतिशत
बौद्धिक अपाङ्ग व्यक्ति १० प्रतिशत1 ३० प्रतिशत ६० प्रतिशत
पशु तथा पक्षी १०-२० प्रतिशत3 २५-४० प्रतिशत ४०-६५ प्रतिशत
वनस्पति ५-१० प्रतिशत १०-१५ प्रतिशत ६५-८५ प्रतिशत

टिप्पणीहरु

१. कुनै व्यक्तिमा, शारीरिक र मानसिक शरीरको तुलनामा बुद्धिमा सत्त्वको उच्च अनुपात हुन्छ (खण्ड ६.१ को तालिका हेर्नुहोस्) । जब बौद्धिक अपाङ्गता भएको व्यक्तिको मामलामा बौद्धिकतामा सम्झौता हुन्छ, एक व्यक्तिमा समग्र सत्त्व घटक घट्छ, र त्यसैले हामीले सत्त्व घटकलाई १०% प्रदान गरेका छौं, जुन औसत व्यक्तिको सत्त्व घटक २०% भन्दा कम छ । । एक समझौतावादी बुद्धि, धेरै जसो अवस्थामा, प्रतिकूल प्रारब्धसँग जन्मेको कारण हुन्छ ।

२. अर्कोतर्फ, एक दुष्ट व्यक्तिले आफ्नो बुद्धि केवल खराब कर्महरूको लागि प्रयोग गर्दछ, र त्यसैले उसको बुद्धिमा सत्व तत्व घट्छ, जसले गर्दा उसको समग्र सत्व तत्व घट्छ । तसर्थ, बौद्धिक रूपमा अक्षम व्यक्ति र एक दुष्ट व्यक्तिमा सत्व तत्व घट्नुको कारण फरक छ ।

३. कतिपय अवस्थामा जहाँ पशु धेरै सात्विक हुन्छ जस्तै स्थानिय गाईको मामलामा, सत्व तत्वको अनुपात २०% भन्दा पनि बढी हुन सक्छ ।

यो एउटा मुख्य कारण हो कि कुनै पनि वास्तुबाट उत्पन्न हुने स्पन्दनको तुलनामा त्यस वास्तुमा रहने व्यक्तिको आध्यात्मिक स्तर त्यहाँको स्पन्दनलाई अधिक प्रभावित गर्दछ । उदा. यदि कुनै सन्त कुनै यस्तो वास्तुमा प्रवेश गर्दछ जाहाँको स्पन्दन नकारात्मक छ त्यसको प्रभाव सन्तमा अत्यल्प पर्दछ । त्यसैले फैंग-शुई तथा वास्तुशास्त्रको उपयोग ती व्यक्तिहरुको लागि हुन् जसका आध्यात्मिक स्तर न्यून छन् अथवा जो केही साधना गर्दैन्न् ।

६. त्रिगुण तथा मनुष्य

निम्नलिखित बिन्दुहरु हामी विस्तारमा हेर्छौं, त्रिगुण हाम्रो जीवनका विभिन्न फक्षहरुलाई कसरी प्रभाव पार्छ

६.१ हाम्रो रचना कसरी भयो, यस सम्बन्धमा

त्रिगुणको प्रतिशत मात्रा

देह

सत्व

रज

तम

स्थूलदेह

२० प्रतिशत

४० प्रतिशत

४० प्रतिशत

मनोदेह

३० प्रतिशत

४० प्रतिशत

३० प्रतिशत

कारण देह अथवा बुद्धि

४० प्रतिशत

४० प्रतिशत

२० प्रतिशत

महाकारण देह अथवा अहं

५० प्रतिशत

४० प्रतिशत

१० प्रतिशत

रजगुण शरीरको क्रियाहरुसँग सम्बन्धित छ, त्यसैले यसको अनुपात सबै शरीरहरुमा समान हुन्छ । तर जसरी हामीले माथि देख्यौं, विभिन्न देहमा सत्त्व तथा तम गुणको अनुपातमा धेरै फरक छ । यसको सीधा प्रभाव सुख बनाइ राख्ने शरीरको क्षमतामा पर्न जान्छ । उदा. यदि सत्त्व गुण स्थूल देहको तुलनामा कारण देह अथवा बुद्धिमा अधिक छ, भने यस्तो अवस्थामा बौद्धिक स्तरमा मिल्ने गुणात्मक सुख, स्थूल देहबाट मिल्ने सुखको तुलनामा उच्च श्रेणीको तथा अधिक समयसम्म रहिरहने हुन्छ ।

६.२ आध्यात्मिक स्तरको तुलनामा

आध्यात्मिक स्तर तथा त्रिगुणको अनुपातको अनन्त सम्बन्ध छ । साथै त्यसको सम्बन्ध अण्डा पहिला अथवा कुखूरा पहिला, यो उदाहरण समान नै हो । हामी यो भन्न सक्छौं कसैको आध्यात्मिक स्तर सत्त्व, रज तथा तम कुनै एक गुणको प्रवलताद्वारा निर्धारित हुन्छ । तर हामी यो पनि भन्न सक्छौं कि कुनै एउटा गुणको (सत्त्व,रज एवं तम) प्रबलताले कसैको आध्यात्मिक स्तर निर्धारित गरिन सकिन्छ । हामी जसरी जसरी साधना गर्दछौं भने त्रिगुणको अनुपात फेरिन थाल्दछ । साधना गर्नाले सत्त्वगुणको मात्रा बढ्न थाल्दछ । अर्थात् हामी तमगुणको रूपान्तर सत्त्वगुणमा गर्दछौं ।

अन्य दुईटा गुण, रज एवं तमगुणको तुलनामा जसरी जसरी हामी सत्त्व गुण स्वयंमा  बढाउँछौं, यो हाम्रो आध्यात्मिक स्तर तथा व्यक्तित्वमा सकारात्मक प्रभाव पार्दछ ।

निम्नलिखित तालिकामा साधना गरेपछि आध्यात्मिक उन्नतिद्वारा त्रिगुणको अनुपात कसरी परिवर्तन हुन्छ, यो स्पष्ट हुन्छ ।

टिप्पणि :

१. ५० प्रतिशत आध्यात्मिक स्तर पश्चात, त्रिगुणको अनुपात स्थिर रहन्छ । यसको कारण यो हो कि कसैको तमगुणको अनुपात २० प्रतिशत भन्दा कम हुन सक्दैन । यदि यस्तो हुन थाल्यो भने व्यक्ति अदृश्य हुन थाल्छ (भौतिक रूप गुमाउन थाल्छ) । अर्थात् जबसम्म कसैको स्थूल शरीर हुन्छ तबसम्म तमगुण २० प्रतिशत भन्दा कम हुन सक्दैन । तर जब आध्यात्मिक स्तरमा वृद्धि हुन्छ तब त्रिगुणको प्रभाव कम हुन जान्छ, आध्यात्मिक स्तर ८० प्रतिशत भएमा त्रिगुणको प्रभाव कम रहन जान्छ । यस आगाडिको उप-भागमा हामी त्रिगुणको प्रभाव अल्प हुने विषयमा विस्तारमा बुझ्नेछौं ।

२. १०० प्रतिशत आध्यात्मिक स्तर प्राप्त गरे पश्चात पनि जबसम्म सन्त स्थूल देहमा रहन्छ, तबसम्म उनी त्रिगुणको रचनामा बाँधि रहन्छ । तर जब उहाँ देहत्याग गर्नुहुन्छ, त्रिगुणको अनुपात शून्य हुन जान्छ तथा उनी ईश्वरसँग एकरूप हुन जान्छ ।

६.३ आध्यात्मिक स्तर बढ्नाले, त्रिगुणको प्रभाव कम हुने

जब आध्यात्मिक प्रगति हुन्छ, आन्तरिक रूपले पञ्चज्ञानेन्द्रिय, मन एवं बुद्धिको अन्धकार दूर हुन्छ तथा हामी भित्रको आत्मा (ईश्वर) को चैतन्य बढ्न थाल्दछ । तल दिएको चित्रमा हेर्नुहोस् । यसलाई पञ्चज्ञानेन्द्रिय, मन तथा बुद्धिको लय हुने पनि भनिन्छ । हामी पञ्चज्ञानेन्द्रिय, मन तथा बुद्धिलाई अन्धकार अथवा अविद्या भन्दछौं किन कि त्यसले हाम्रो वास्तविक स्वरूप हामी भित्रको परमात्मा अथवा आत्मालाई, पहिचान दिदैन ।

जीवात्मा, जुन हामी भित्रको ईश्वर हो, त्रिगुणातीत छ अर्थात् त्रिगुण भन्दा पनि परे हुन्छ, तथा त्यसको रचना त्रिगुणबाट भएको होइन । त्यसैले साधनाद्वारा हाम्रो आत्मा जति प्रकाशमान हुन्छ, त्यतिनै त्रिगुणको प्रभाव हाम्रो व्यक्तित्व, कर्म तथा निर्णयमा कम मात्रामा हुन्छ । आध्यात्मिक प्रगतिको अन्तिम चरणमा जब आत्मज्योत पूर्ण रूपले हामीलाई प्रकाशित गर्दछ तब हामी आफ्नो जीवन पूर्णत: ईश्वरेच्छाले व्यतीत गर्दछौं, तथा त्रिगुणातीत कम हुनाले, त्यसले हाम्रो व्यक्तित्वमा नगण्य प्रभाव हुन्छ ।

६.४ हाम्रो व्यक्तित्वसँग सम्बन्धित

निम्न तालिकामा हामीले केही बुँदाहरु दिएका छौं, जसले हामी कसैको व्यक्तित्वको प्रबल गुणको आधारमा पहिचान गर्न सक्छौं ।


यो केवल मूलभूत जानकारी निर्माण गर्नको लागि दिशा निर्देशन हो । व्यक्तिमा कुन गुण प्रबल छ, यसको वास्तविक निरीक्षण केवल छैटौं ज्ञानेन्द्रियको माध्यमबाटनै निश्चित गर्न सकिन्छ ।

सात्विक व्यक्ति

राजसिक व्यक्ति

तामसिक व्यक्ति

स्वभावदोष

आफ्नो भावना, विचार अनि कृत्यमा पूर्ण नियन्त्रण

क्रोध, ईर्ष्या, गर्व, अहंकारी, ध्यान आकर्षित गर्ने, हुकुम चलाउन चाहने, लोभी, आफ्नो  आंकांक्षाहरु अनि सांसारिक इच्छा पूरा गर्नको लागि कुनै पनि स्तरसम्म जाने, कठिनाइ, दिनमा सपना देख्ने

अल्छी, निष्क्रिय, निराश, अति स्वार्थी, अर्काको विचार नगर्ने, स्वार्थको लागि अर्कालाई हानि गर्ने, चिडचिडापन

गुण (विशेषता)

सबै गुण, सत्यवादी तथा सिद्धान्तवादी, सहनशील, शान्त, स्थिर बुद्धि, अहंकार रहित

अंतत: गुण अनि दोषको अस्तित्व भन्दा पर हुने, मृत्युको डर नलाग्ने

परिश्रमी, तर आध्यात्मिक प्रगतिको लागि दिशाहीन प्रयास

हुँदैन

सुख प्राप्तिको माध्यम

ज्ञान अनि कौशल अर्जित गर्ने, निर्मल, शान्त, अहंकार रहित, अरुलाई सहायता गर्ने, ध्यानमा बस्ने, आध्यात्मिक प्रगति गर्ने

अंतत: सुख-दु:खबाट टाढा भएर आनन्द प्राप्त गर्ने

अधिकार प्राप्त गर्ने, सांसारिक वस्तुहरुको संग्रह गर्ने

खाना-पीना, संभोग इत्यादि

अरुको सम्बन्धमा

समाज सेवा तथा आध्यात्मिक प्रगति गर्नको लागि सहायता गर्ने । यहाँ सर्वव्यापी दृष्टिले आध्यात्मिक प्रगति गर्नुको अर्थ हो छ: मूलभूत तत्व अनुसार साधना गर्ने

स्व केन्द्रित अथवा अरुलाई सहायता गर्दा उनीमा तीव्र अहं

अरुलाई हानि पुराउने । अत्याधिक तामसिक – धर्म अथवा कुनै विचारधाराको नाममा समाजलाई हानि पुराउने

निद्रा

४-६ घण्टा

७-९ घण्टा

१२-१५ घण्टा

आध्यात्मिक बल

अधिक

अल्प

अति अल्प 

टिप्पणिहरु –

१. यसमा अपवाद यो हो कि मान्त्रिक जसले अनिष्ट हेतुले साधना गर्नुको कारण अत्याधिक आध्यात्मिक बल हुन सक्छ, तर त्यो मूल रूपले तामसिकनै हुन्छ ।

माथीको लक्षण पारस्परिक अपवर्जक छैन्न् । उदा. कुनै सात्त्विक व्यक्तिलाई ९ घण्टा निन्द्र आवश्यक हुन्छ, तथा कुनै तामसिक व्यक्तिमा सहनशीलताको गुण हुन सक्छ । तर मनुष्यको व्यक्तित्व कुल मिलाएर उनको गुण एवं दोषबाट बन्दछ । त्यसैले आफ्नो अथवा कसैको व्यक्तित्वको एक-दुई विशेष लक्षणलाई ध्यान दिएर निर्णय लिनु हुँदैन, अपितु सर्व स्थितिहरुलाई ध्यानमा राखेर निर्णय लिनु पर्दछ ।

कोही पूर्ण रूपले केवल सात्त्विक,राजसिक एवं तामसिक हुने धेरै दुर्लभ हुन्छ । सामान्यत: व्यक्ति सत्त्व-रज, रज-सत्त्व अथवा रज-तम प्रधान हुन्छ । सत्त्व-रज प्रधान व्यक्तिमा सत्त्व तथा रजगुणको लक्षण समान हुन्छ, तर सत्त्वगुण प्रबल हुन्छ । रज-सत्त्व प्रधान व्यक्तिमा यसको विपरीत, अर्थात् रजगुण तथा सत्त्वगुणको लक्षण समान हुन्छ, तर रजगुण प्रबल हुन्छ ।

व्यक्तिमा जुन सूक्ष्म गुण प्रबल हुन्छ, त्यस्तै उनको व्यक्तित्व प्रदर्शन हुन्छ । आफ्नो व्यक्तित्वलाई जति हामी राम्रो वस्त्र, आभूषण एवं बाहिरबाट सजाए पनि, हाम्रो प्रबल सूक्ष्म गुण अनुसार हाम्रो मूल स्पन्दन प्रक्षेपित भई रहन्छ । हाम्रो मूल स्वरूप लुकाउन सक्दैन । जसको प्रगत छैटौं ज्ञानेन्द्रिय छ, उनी यी बाह्य देखाआेटी भन्दा भित्रको देख्न सक्छ तथा अदृश्य अनि सूक्ष्म स्पन्दनको अनुभव गर्न सक्छ । त्यसैले उनी कुनै पनि व्यक्तिको मूल स्वभाव -सात्त्विक, राजसिक अथवा तामसिक तथा विशेषताहरुका बारेमा सरलतासँग बताउन सक्छ ।

कुनै पनि व्यक्तिको प्रबल गुण हामी तब जान्छौं, जब व्यक्ति एक्लौ अथवा एकान्तमा हुन्छ । व्यक्ति आफ्नो सत्य स्वरूप तब दर्शाउँदछ, जब उनी कसैको निरीक्षणमा हुँदैन । आगाडिको उदाहरणबाट यो सूत्र स्पष्ट हुन्छ ।

चौथो कक्षामा पढ्ने विद्यार्थिहरुको उदाहरण लिन्छौं । उनीहरु हल्ला गर्ने तथा उद्दण्ड गर्छन्, अध्यापिका उनीहरुलाई अनुशासनमा ल्याउनको लागि अत्याधिक प्रयत्न गर्दछ । यदि अध्यापिका कठोर बोलीमा बोल्यो भने, कक्षामा शान्ति बनाई राख्न सम्भावना हुन्छ । अतः केवल उनको उपस्थितिमा नै विद्यार्थी शान्त रहन्छ । अध्यापिका कक्षाकोठाबाट बाहिर आउने बित्तिकै बच्चाहरु आफ्नो बदमासी आरम्भ गर्दछन् । यसको कारण यो हो कि ती बच्चाहुरुका मूल प्रकृति राजसिक तथा तामसिक छन् ।

यसको विपरीत यदि त्यही कक्षामा एक सात्त्विक बालक छ तथा एउटै कक्षामा पढ्ने साथीले उनलाई अनुरोध गर्यो कि, उनी पनि उनीहरुको साथमा बदमासी, घिनौना हास्यविनोद एवं छलमा साथ देउ, तब त्यो बालक उनीहरुको साथ कहिले पनि दिदैन, किनकि उनको मूल प्रकृति नै सात्त्विक छ । यस्तो दुष्कर्ममा सुख अनुभव गर्नुको सट्टा, यस्तो कर्मदेखि टाढानै रहन्छ तथा भयभीत हुन जान्छ । यदि उनीबाट यस्तो कर्म भयो भने उनी आफूले आफूलाई माफ गर्न सक्दैन अथवा स्वयंलाई साम्मन गर्न सक्दैन ।

त्यसैले बच्चाहरुलाई नैतिक मूल्यमा व्याख्यान दिएर बाहिरीबाट परिवर्तन ल्याउनुको सट्टा, स्थायी रूपले उनीहरुमा परिवर्तन केवल तब हुन्छन् जब उनीहरु साधना गर्दछन् तथा आध्यात्मिक उन्नतिको लागि अनुकूल वातावरणमा हुर्किन्छ, जसले उनीमा सत्त्व गुणको वृद्धि हुन्छ ।

७. त्रिगुण तथा हाम्रो जीवनशैली

त्रिगुण मध्य जुन प्रबल गुण हो त्यसको आधारमा हाम्रो वरिपरिको प्रत्येक वस्तुको वर्गीकरण सात्त्विक,राजसिक अथवा तामसिक यस प्रकार हुन्छन् । कुनै वस्तुमा प्रबल गुण केवल छैटौं ज्ञानेन्द्रिय (sixth sense) द्वारा नै जान्न सकिन्छ ।

हामीले हाम्रो जीवनको केही विभिन्न पक्षहरुमा केही सामान्य उदाहरण तथा त्यसको  प्रधान गुण दिएका छौं । हामी सात्त्विक, राजसिक अथवा तामसिक छौं, यसको आधारमा हामी सात्त्विक, राजसिक अथवा तामसिक जीवनशैलीतर्फ आकर्षित हुन्छौं । आफ्नो रूचिलाई जीवन शैलीद्वारा कुनै एक विशेष गुणले स्वयंलाई जोड्नाले त्यो विशेष गुण हामीमा बढ्दछ ।

त्रिगुण तथा हाम्रो जीवनशैली

सात्विक राजसिक तामसिक
 

भोजन

गहूं, काक्रो, पालुङ्ग, चीनी, दूध, घिउ, दालचिनी, बादाम, आेखर, काजू अत्यधिक नुनिलो, तीतो, अमिलो, पिरो,   अनि उष्ण पदार्थ (उदा.उमलेको चिया अथवा कॉफी) प्याज, लसुन सुकेको सब्जिहरु, चिसो अथवा फ्रोजन खाद्यपदार्थ, दुई पटक गरम गरेको खानेकुरा, बासी, गनाएको खाद्यपदार्थ, आधा पाकेको (जस्तै कच्चो मासु) नपकाएको खाद्यपदार्थ, पचाउनलाई कठिन, मांसाहार, वाईन तथा रक्सी
 

रङ्ग

सेतो, पहेलो, नीलो रातो, गाढा रातो, हरियो, बैंगुनी कालो तथा कालो रङ्ग अधिकता भएको
 

वस्त्र (धागो)

प्राकृतिक धागोले निर्मित वस्त्र, जस्तै सूती, रेशम, गोचर्म प्राणिहरुको चर्म मानव निर्मित कपडा जस्तै लाइक्रा, नॉयलन इत्यादि फाटेको कपडा, इस्त्री नगरेको वस्त्र
 

संगीत

सन्तद्वारा रचेको भजन, सन्तद्वारा रचित संगीत लोक संगीत, पॉप संगीत, अधिकांश फिल्मको गीत त्यस्तो संगीत जुन हिंसा अनि मादक पदार्थको सेवनलार्स बढावा दिन्छ
 

चलचित्र

विश्वलाई आध्यात्मिक अथवा व्यावहारिक स्तरमा अधिक अनुकूल बनाउनको लागि समाजलाई ज्ञानवर्धन गर्ने लडाई-झगडा तथा रोमान्चक चलचित्र अश्लील, हिंसात्मक, भयप्रद चलचित्र
 

पुस्तक

पुस्तक जुन सर्वव्यापी रूपले आध्यात्मिक ज्ञानवर्धन गर्छ पुस्तक जुन सांसारिक भावना तथा आसक्ति बढाउछ पुस्तक जुन आध्यात्मिक अनास्था भड्काउछ, समाजलाई हानि गर्छ
 

संगति तथा मनोरञ्जन

साधक जुन साधनाको पाँच मूलभूत तत्वको अनुसार साधना गर्दछ सामाजिक सम्बन्ध जहाँ कुराकानीको मुख्य विषय सांसारिक गतिविधिहरु, व्यवसाय आदि हुन्छन् । समय बिताउनको लागि किनमेल गर्ने व्यसन (ड्रग एडिक्ट) व्यक्तिहरुसँग संगति, रेव पार्टि, समारोह जुन कुनै पनि प्रकारको व्यसनलाई तथा समाजलाई हानि पराउने बैठकलाई बढावा दिन्छ
 

विवाह

पति-पत्नीको सम्बन्धमा आध्यात्मिक प्रगति गर्नु मुख्य उद्देश्य, निरपेक्ष प्रीति सांसारिक सम्पत्ति जुटाउने, अपेक्षाले भरेको व्यावहारिक प्रेम अनबन, अविश्वास, हिंसा तथा झगडा

८. त्रिगुण एवं अनिष्ट शक्तिहरु (भूत, प्रेत, पिशाच इत्यादि)

अनिष्ट शक्ति (भूत, प्रेत, पिशाच इत्यादि ) मूलत: रज-तम प्रधान हुन्छ । जुन अनिष्ट शक्ति तल्लो श्रेणीको हुन्छ, अर्थात् ५० प्रतिशत भन्दा कम आध्यात्मिक बल, जस्तै सामान्य भूत,  रज-तम प्रधान हुन्छ । उच्च स्तरको भूत अर्थात् जसको अध्यात्मिक बल ५० प्रतिशत भन्दा अधिक हुन्छ जस्तै मान्त्रिक, छैटौं अथवा सातौं पातालको हुन्छ, उनी तम-रज प्रधान हुन्छ ।

किन कि अनिष्ट शक्तिहरु रज-तम प्रधान हुन्छन्, उनी पृथ्वीमा विद्यमान रज-तम वातावरणमा जान्छन्, किन कि त्यहाँ रज-तम प्रधान व्यक्ति मिल्ने सम्भावना अधिक हुन्छ । यस्तो एउटै विचारको व्यक्ति, मान्त्रिकको निशानामा सधैं रहि रहन्छ तथा पृथ्वीमा उनको योजनाहरु कार्यरत गर्न तथा ध्येय पूर्तिको लागि आर्दश लक्ष्य हुन्छ । अर्को शब्दमा, यदि कुनै व्यक्ति तम प्रधान छ तथा जसलाई अरुलाई कष्ट दिन राम्रो लाग्छ, यस्तो व्यक्ति कुनै अनिष्ट शक्तिको नियन्त्रणमा आउने आशंका अधिक हुन्छ, जसले समाजलाई हानि हुन्छ ।

सिद्धान्तानुसार यदि हामी अनिष्ट शक्तिबाट बच्नु छ भने सात्त्विकता बढाउनु पर्दछ । अनिष्ट शक्तिहरु मूल रूपले तामसिक हुन्छन् अनि सात्त्विक व्यक्ति तथा सात्त्विक वातावरण सहन गर्न सक्दैन्न् । त्यसैले अनिष्ट शक्ति कहिले पनि कुनै उच्च स्तरको सन्त तथा गुरुलाई आफ्नो वशमा गर्न सक्दैन ।

यो लेख पढ्नुहोस् – उच्च सात्त्विकताको प्रभावमा आउँदा अनिष्ट शक्तिबाट पीडित व्यक्तिको प्रकटीकरण किन हुन्छ ?

९. सारांश मा

यो लेखबाट सिक्ने केहि मुख्य सूत्रहरु :

  • हामी सबै सत्त्व, रज तथा तम स्पन्दन प्रक्षेपित गर्दछौं, हाम्रो प्रधान गुणमा यो निर्भर हुन्छ । जति धेरै सात्त्विकता, त्यतिनै राम्रो व्यक्तित्व बन्दछ, त्यतिनै स्थायी रूपले यश प्राप्त गर्दछौं, तथा त्यतिनै आफ्नो व्यवसाय, सम्बन्धहरु एवं जीवन प्रति सन्तुष्ट रहन्छ ।
  • सत्त्वगुण साधना गर्नाले तथा जहाँसम्म सम्भव छ स्वयंलाई रज-तमको प्रभावबाट टाढा राख्नाले बढ्दछ ।
  • हामी जुन संगतमा रहन्छौं, त्यसले हाम्रो साधनामा गहिरो प्रभाव पर्दछ ।
  • अनिष्ट शक्तिहरु तम प्रधान वातावरण तथा तम प्रधान व्यक्तिहरुबाट फाईदा  उठाएर विश्वमा अधर्म फैलाउने अनि समाजलाई कष्ट दिने कार्य गर्दछन् ।