लेन-देन खाताको कार्यविधिको व्यवस्था अनि हामी किन कहिलेकाही गर्छौं, जुन हामी गर्दर्छौं ?

. प्रस्तावना 

पहिलाको लेखमा बताए अनुसार हाम्रो जीवनको ६५% कर्म प्रारब्ध अनुसार हुन्छन् । यो हाम्रो जीवनको त्यो भाग हो जसमा हाम्रो कुनै नियन्त्रण हुँदैन्न् । हाम्रो वरपरको व्यक्तिहरुसँग जुन लेन-देन निर्माण गर्छौं, यसले हाम्रो लेन-देन खातामा वृद्धि गर्दछ, जसले हामी यो जन्ममा अथवा आउने जन्ममा चुकाउनु पर्दछन्

अधिकतर प्रसङ्गहरुमा हाम्रो अवचेतन मन (subconscious mind) मा विद्यमान दृढ संस्कारका अनुरूप कर्म अथवा विचार गर्दछौं, जसको ज्ञान हाम्रो चेतन मन (conscious mind) लार्इ थाहा हुँदैन । हाम्रो आचरण अनि हाम्रो निर्णय प्रक्रिया; प्रारब्ध अनि लेन-देन अनुसार हुन्छन् । लेन-देन कसरी कार्य गर्दछ ? निम्नलिखित उदाहरणबाट स्पष्ट हुन्छ कि लेन-देन हाम्रो निर्णयलार्इ कुन प्रकारले प्रभावित गर्दछन् ।

सर्वप्रथम हामीले हाम्रो अस्तित्वको विभिन्न पक्षहरुलार्इ बुझ्नुपर्दछ, जुन कुनै कर्म अथवा निर्णय प्रक्रियाको लागि आवश्यक हुन्छ । यसमा कुनै पक्षहरु आधुनिक विज्ञान अनभिज्ञ छ ।

. मनुष्यमा निर्णय प्रक्रियाको लागि आवश्यक घटक

निर्णय प्रक्रियामा अन्तर्भूत हुने मनुष्यको विविध अङ्ग निम्नांकित आकृतिमा प्रातिनिधिक स्वरूपमा दर्शाएको छ । यी मध्ये केही अङ्ग सूक्ष्म छन् त्यसैले तिनीहरुलार्इ स्थूल नेत्रद्वारा देख्न सक्दैनौं । यहाँ गोलाकार सूक्ष्म अथवा कारण देहको प्रातिनिधिक स्वरूप हुन्, जसमा मन अनि बुद्धि अन्तर्भूत छन् । सम्वेदना, भावना अनि इच्छा अर्थात् मन तथा निर्णय गर्ने अनि कार्यकारणभाव बुझ्ने क्षमता अर्थात् बुद्धि । मन अनि बुद्धिलार्इ स्थूल नेत्रद्वारा देख्न सम्भव छैन ।

लेन-देन खाताको कार्यविधिको व्यवस्था अनि हामी किन कहिलेकाही गर्छौं, जुन हामी गर्दर्छौं ?

उपर्युक्त आकृतिबाट तपार्इ बुझ्न सक्नुहुन्छ कि अवचेतन मनको निम्नांकित पाँच केन्द्रमा विभिन्न प्रकारका स्मृति संग्रहित गरिएको हुन्छन्:

. बोध अनि विवेचन केन्द्र

यस केन्द्रमा सम्वेदनाको बोध भएर त्यसको अर्थ स्पष्ट गरिन्छ ।

. लेनदेन केन्द्र

यो केन्द्र सबै प्रकारका लेन-देनका लेखा-जोखा राख्दछ अनि त्यसलार्इ पूर्ण गर्नको लागि प्रयत्न पनि गर्दछ । उदा. व्यक्ति ‘अ’ अर्को व्यक्ति ‘आ’ माथि आक्रमण गर्दछ, तब व्यक्ति ‘आ’ को अवचेतन मनमा विद्यमान लेन-देन केन्द्रमा यो प्रसङ्गको स्मृति संरक्षण हुन जान्छ । समय आएमा व्यक्ति ‘आ’ को अवचेतन मनले व्यक्ति ‘अ’ माथि आक्रमण गर्ने सूचना दिन्छ अथवा यस प्रकारको स्थिति निर्माण गर्न प्रयत्न गर्दछ अथवा अनुपातित मात्रामा व्यक्ति ‘अ’ लार्इ कष्ट पुराउने प्रयत्न गर्दछ ।

. वासना अनि इच्छा केन्द्र

यो केन्द्रमा सबै वासना अनि इच्छा संग्रहित हुन्छ ।

. रुचिअरुचि केन्द्र

यो केन्द्र बाह्य मनको रुचि अनि अरुचिको सम्वेदना पढाउँछ ।

. स्वभावविशेषता केन्द्र

व्यक्तिको स्वभाव-विशेषता यो केन्द्रमा संग्रहित हुन्छ ।

. लेनदेन केन्द्र आफ्नो प्रभाव कुन प्रकारले पार्दछ, यसको एउटा उदाहरण

मनमा विद्यमान विविध केन्द्रको कार्य बुझ्नको लागि एउटा कुकुरको उदाहरण हेरैं, जो व्यक्तिको नजिक पुछर हलाउँदै आउँछ ।

लेन-देन खाताको कार्यविधिको व्यवस्था अनि हामी किन कहिलेकाही गर्छौं, जुन हामी गर्दर्छौं ?

अब कल्पना गरौं कि लेन-देन केन्द्र छोडेर मनमा विद्यमान प्रत्येक केन्द्र कुकुरबाट आउने सम्वेदनालार्इ सकारात्मक प्रतिसाद दिन्छ । केवल लेन-देन केन्द्रनै नकारात्मक प्रतिसाद दिन्छ । अब अन्तिम परिणाम के हुन्छ? यो घटनामा अन्तिम क्रिया / प्रतिक्रिया नकारात्मक नै हुन्छ । यसको कारण यो हो कि लेन-देन केन्द्रले अन्य सबै केन्द्रहरु द्वारा पठाएका सम्वेदनाहरुलार्इ नकार्ने अधिकार हुन्छ अनि यो अन्य केन्द्रहरुका कुल मिलाएर ३५% बल को तुलनामा ६५% बल लगाउँछ । त्यसैले कहिलेकाहीं हामी आफ्ना जीवनमा लिएका कुनै मूर्खतापूर्ण निर्णय ध्यानमा आउदा भन्ने गर्दछौं कि “मैले त्यस समय के सोचेर त्यस्तो गरेको होला ?” लेन-देन नै यसको उत्तर हो, जुन तपार्इसँग उत्तम बुद्धि हुँदाहुँदै पनि तपार्इको लागि लेन-देन केन्द्रले विचार गर्दछ अनि तपार्इलार्इ सङ्कटमा ल्याइदिन्छ । विवाह, गम्भीर दुर्घटना अनि सानो कुराको लागि धोखा पाउने जस्ता जीवनको महत्त्वपूर्ण घटनाहरुका मूल लेन-देन केन्द्रमा नै हुन्छ ।

यो नियम जीवनको सबै घटनाहरुमा हामी लागू गर्न सक्छौं । आफ्नो जीवन स्मरण गरि हेर्दा ध्यानमा आउदछ कि केहि व्यक्तिका आचरण हाम्रो साथ बिना कुनै कारण राम्रो अथवा नराम्रो थिए । अब हामीलार्इ स्पष्ट हुन्छन् कि यस्तो किन हुन्छन् ।

  • चरण : जब कुकुर व्यक्तितर्फ  आउन थाल्छ, उनको सम्वेदना व्यक्तिको आखाँमा पुग्छ । आखाँबाट व्यक्तिको मस्तिष्कमा विद्यमान दृष्टि केन्द्रसम्म पुग्छ । मस्तिष्कमा विद्यमान दृष्टि केन्द्रबाट सम्वेदना दृष्टिद्वारा सम्बन्धित सूक्ष्म-ज्ञानेन्द्रियको पास पुग्छ ।
  • चरण : दृष्टिसँग सम्बन्धित सूक्ष्म-ज्ञानेन्द्रियद्वारा यो सम्वेदना चेतन मनसम्म पुग्छ । यो समय व्यक्तिलार्इ केवल यो ज्ञान हुन्छ कि केहि उनीतर्फ आइरहेको छ ।
  • चरण : चेतन मनबाट सम्वेदना अवचेतन मनमा जान्छ अनि बोध एवं विवेचन केन्द्रमा पुग्छ, जहाँ यसको विश्लेषण यस प्रकारले हुन्छ: नजीक आइरहेको प्राणी कुकुर हो । कुकुर पुछर हलार्इ रहेको छ, अर्थात् उनले मित्रता व्यक्त गरिरहेको छ ।
  • बोध अनि विवेचन केन्द्रबाट सम्वेदना लेन-देन केन्द्रमा पुग्छ । यदि कुनै लेन-देन शेष रहेको छ भने सम्वेदनामा परिवर्तन गरिन्छ । उदा. यदि त्यो कुकुर अथवा उनीमा विद्यमान लिङ्गदेहले व्यक्तिको पूर्वजीवन (यो जन्म अथवा पूर्वजन्म) मा कष्ट दिएको छ भने त्यो कुकुरलार्इ कुनै पनि प्रकारले कष्ट दिने दृष्टिले सम्वेदनामा परिवर्तन हुन्छ ।
  • लेन-देन केन्द्रबाट यो सम्वेदना वासना अनि इच्छा केन्द्रमा पुग्छ, जहाँ त्यो व्यक्तिको इच्छानुसार परिवर्तन हुन्छ । उदा. कसैलार्इ कुकुरको साथ खेल्ने इच्छा हुन सक्छ ।
  • वासना अनि इच्छा केन्द्रबाट सम्वेदना रुचि-अरुचि केन्द्रमा जान्छ । सम्वेदनाको सुख अथवा दुःख दिने क्षमतानुसार त्यसमा क्रमशः रुचि अथवा अरुचि निर्माण हुन्छ । रुचि-अरुचि केन्द्रबाट सम्वेदना स्वभाव-विशेषता केन्द्रमा जान्छ, जहाँ व्यक्तिको स्वभाव-विशेषता अनुसार यसमा परिवर्तन हुन्छ ।
  • स्वभाव-विशेषता कन्द्रबाट सम्वेदना बुद्धि केन्द्रमा जान्छ । बुद्धि केन्द्रमा संग्रहित ज्ञान अनुसार त्यसमा परिवर्तन हुन्छ । यहाँ अन्य केन्द्रहरु द्वारा हुने प्रभाव तर्फ अनि अन्य केहि घटक (उदा. कुकुरको साथ खेल्नको लागि पर्याप्त समय छ अथवा छैन इ.) का विषयमा पनि विचार गरिन्छ । बुद्धि केन्द्रबाट निक्लने सम्वेदनाको स्वरूप अन्तमा यो कुरामा निर्भर हुन्छ कि कुन केन्द्र सम्वेदनालार्इ सर्वाधिक मात्रामा परिवर्तित गर्न सफल भयो ।  उदा. यदि रुचि-अरुचि केन्द्र अनुसार “कुकुरसँग खेल्ने इच्छा’’; बुद्धि केन्द्र “कुकुरसँग खेल्नको लागि पर्याप्त समय छैन”, यस निर्णयको तुलनामा अधिक बलवान हुन्छ, तब बुद्धि केन्द्रको नजिकबाट पञ्चसूक्ष्म कर्मेंद्रियमा जाने सम्वेदना हुन्छ “कुकुरसँग खेल” । यस प्रकारले बुद्धि केन्द्रबाट निक्लिने अन्तिम सम्वेदना अन्य केन्द्र द्वारा लगाएको बलको कुल परिणाममा निर्भर हुन्छ ।
  • पञ्चसूक्ष्म कर्मेंद्रियबाट मस्तिष्कमा विद्यमान विविध कार्मिक अनि हाइपोथैलेमिक केन्द्रमा जाने सम्वेदना अनुसार बाह्यमन अनि व्यक्ति प्रतिसाद दिन्छ । यो उदाहरणमा यदि व्यक्तिको मनमा पूर्वजन्मको कुनै घटनाको कारण कुकुर प्रति जन्मगत अनि अकारण भयको संस्कार छ भने त्यो व्यक्ति कुकुरलार्इ नकारात्मक प्रतिसाद दिन्छ अनि ढुङ्गा उठाएर कुकुरलार्इ लखेट्ने प्रयत्न गर्छ ।