द्रुत आध्यात्मिक प्रगतिको लागि ८ दैनिक साधनाका चरणहरू

छोटो सारांश :

साधना (आध्यात्मिक अभ्यास) को अष्टांग मार्गहरु अहिलेको समयको लागि सबैभन्दा उपयुक्त मार्गहरु हुन् । छिटो आध्यात्मिक प्रगति अनुभव गर्न र तपाईको आध्यात्मिक लक्ष्यहरू हासिल गर्नको लागि यसको अभ्यास गर्नुहोस् ।

१ . छिटो आध्यात्मिक प्रगतिको लागि आध्यात्मिक अभ्यास

यदि तपाई प्रत्येक दिन साधना (आध्यात्मिक अभ्यास) गरि आध्यात्मिक प्रगति गर्न चाहनु हुन्छ भने यो लेख तपाईको लागि हो

सर्वप्रथम, यो कुरा भन्न आवश्यक छ कि आध्यात्ममा क्षणिक रुचि भन्दा ज्यादा रुचि हुनु आजको संसारमा आशीर्वाद नै हो । किनकि बर्तमान समयमा संसारमा धेरैजसो मानिसहरुको लागि आध्यात्मिक लक्षहरु भन्दा भौतिक लक्षहरु अति महत्वपूर्ण हुन्छन् । मानिसहरू विरोधाभासपूर्ण रूपमा भौतिक संसारमा खुशीको पछि लाग्छन्, तर वास्तविक चिरस्थायी खुशी केवल ती मानिसहरूले मात्र अनुभव गर्न सक्दछन् जसले आफ्नो सबै सांसारिक कर्तव्यहरू पूरा गर्दै आध्यात्मिक प्रगति गर्दछन्

तर आध्यात्मिक रुपमा प्रगति गर्न भन्न जति सजिलो छ प्रत्येक्ष प्रयास गर्न अधिक गाह्रो हुन्छ ।

आध्यात्मिक प्रगति गर्न खोज्ने साधकहरुले धेरै चुनौतिहरूको सामना गर्नु पर्ने हुन्छ, जुन आध्यात्मिक यात्राबाट तिनीहरूलाई हटाउनको लागि हामीले पहिले त्यसको बारेमा बुझ्नु पर्छ । यस लेखमा हामी तपाईसँग सटीक अभ्यासहरू बताउने छौ, जसलाई लागू गरियो भने, यसले तपाईको लागि छिटो आध्यात्मिक प्रगति सुनिश्चित गर्नेछ ।

२ . दैनिक साधनाका प्रयासहरुमा हामीले सामना गर्नुपर्ने चुनौतीहरु

साधनामा धेरै चुनौतिहरू छन् जुन साधकले सामना गर्नु पर्ने हुन्छ । तल सूचीबद्ध गरिएका केही मुख्य चुनौतीहरू हुन् जुन हामीले साधकको आध्यात्मिक प्रगतिको लागि पायौं

  • अनुचित मार्गदर्शन : सबैभन्दा पहिला, अहिले हामी जानकारीको युगमा छौं र आध्यात्मको बारेमा प्रशस्त मार्गदर्शनहरु छन् । यो अत्यधिक जानकारीले प्राय: साधकलाई के गर्ने र के/कसलाई पछ्याउने भन्ने कुरामा अलमल्ल पारि दिन्छ । धेरै जसो, प्रायः मार्गनिर्देशनको स्रोत एउटा सहि सन्त अथवा आध्यात्मिक मार्गदर्शक बाट हुँदैन (अर्थात् ७०% वा त्यो भन्दा अधिक आध्यात्मिक स्तर भएको व्यक्ति) । आध्यात्मिक यात्रा शुरु गरेका साधकहरू राम्रो शब्दहरू र धार्मिक आचरणद्वारा सजिलै बहकिन सक्छन्, जसको खासै वास्तविक आध्यात्मिक मूल्य हुँदैन । मुख्य कुरा हो, यदि एक विश्वव्यापी सिद्धान्त अनुसार आध्यात्मिक अभ्यास गरिदैन भने, उनीहरूले आध्यात्मिक प्रगति र लाभ प्राप्त नगरीकन धेरै वर्ष बर्बाद गर्न सक्दछन् ।
  • मेरो लागि अर्को चरण के हो ? : प्रगति हुनको लागि, तपाईसँग अर्को चरण हुनुपर्छ। दुर्भाग्यवस, धेरै साधकहरुले दशकौंसम्म एउटै स्तरको आध्यात्मिक अभ्यास गरि रहन्छन्, जसमा धार्मिक उपासना स्थलको भ्रमण, तीर्थयात्रा जानु आदि समावेश हुन्छ । एउटा पुरानो भनाइ छ – “यदि तपाई सधै त्यही गरिरहनु हुन्छ जुन तपाई सधै गर्दै आउनु भएको छ भने तपाईलाई जहिले पनि त्यही प्राप्त हुन्छ जुन सधै प्राप्त भइरहेको छ ।” यो साधना तथा अन्य क्षेत्रहरुमा पनि लागू हुन्छ । समान स्तरको अभ्यासले समान स्तरकौ परिणाम हुन्छ र आध्यात्मिक प्रगति हुँदैन । धेरै साधकहरुले यो कुरा बुझेका छैन्न् कि आध्यात्मिक प्रगति गर्नका लागि एक पछि अर्को उच्च स्तरको साधना गर्नको लागि प्रतिबद्ध हुनु पर्दछ । उनीहरूले एउटा महत्त्वपूर्ण प्रश्न सोध्दैनन् – ‘मेरो साधनाको अर्को चरण के हुनुपर्छ? ‘ त्यसैले उनीहरूले कहिले पनि अर्को चरणको अभ्यास गर्दैनन् । यसले स्थिरतालाई निम्त्याउँछ । 
  • आफैले रोजेको साधनाबाट खतरा : जब हामीलाई कानुनी समस्या हुन्छ हामी एउटा वकीलकोमा जान्छौं … एउटा चिकित्सकिय समस्या हुँदा एक डाक्टर कहाँ जान्छौं  … टिभीको समस्या हुँदा टिभी मर्मत गर्ने मेकानिककोमा जान्छौं । तर जब सबैभन्दा जटिल र सर्वव्यापि विज्ञान जुन आध्यात्म विज्ञान हो, यसलाई बुझ्नको लागि सहि दिशा खोज्ने कुरा आउँदछ, तब धेरै जसो मानिसहरुले महसुस गर्दछन् कि उनीहरूलाई मार्गनिर्देशन लिनको लागि कुनै सहयोगको आवश्यकता पर्दैन । तपाई होस गर्नुहोस् , यो यस्तो विज्ञान हो, जसको सही अभ्यास गरिएको खण्डमा यसले तपाईलाई जन्म र मृत्युको चक्रबाट छुटाउने क्षमता हुन्छ । उनीहरूलाई लाग्छ कि आध्यात्मिक पुस्तकहरू पढेर वा आफूलाई मन पर्ने अभ्यास गरेर उनीहरुको आध्यात्मिक प्रगति सक्षम हुन्छ । हाम्रो अनुभव छ कि यस्तो कम नै हुन्छ । एउटा सच्चा आध्यात्मिक मार्गनिर्देशक बिना, आध्यात्मिक प्रगति गर्न धेरै गाह्रो हुन्छ ।
  • गतिवर्धक मेरो हातमा छ : मानौं कि एउटा साधकले, भाग्यवश, एउटा सहिआध्यात्मिक मार्गदर्शकबाट उचित मार्गदर्शन प्राप्त गरेर आध्यात्मिक अभ्यासमा अर्को चरण के हो भनेर बुझ्न पनि सक्षम भयो । अझै पनि साधकको आध्यात्मिक प्रगति वास्तवमा मार्गदर्शन कार्यान्वयन गर्ने उसको इच्छा र आध्यात्मिक मार्गमा अगाडि बढि रहने क्षमतामा भर पर्दछ । आध्यात्ममा यो भनिन्छ कि यहाँ धेरै सुरूवात गर्नेहरु हुन्छन् तर यहाँ लामो समय सम्म रहने साधकहरु धेरै थोरै हुन्छन् । त्यसकारण यहाँ धेरै कम साधकहरु अन्तिम चरणसम्म रहन्छन् । अन्तमा, यो बिर्सनु हुँदैन कि आध्यात्म जीवन जीउने एउटा तरीका हो जसलाई आजीवन नियमित अभ्यासको आवश्यकता पर्दछ ।

एउटा अधिक सकारात्मक टिप्पणीमा, जीवनमा आउने थुप्रै अवरोधहरु बाबजुद पनि यदि साधक  इमान्दार र आध्यात्मिक वृद्धिको लागि साँच्चै इच्छुक छ भने, ईश्वरले त्यो साधकलाई सँधै सहि मार्ग देखाउन आउँनु हुन्छ । यो परात्पर गुरु डा. आठवलेको शब्दमा समाहित छः

“जब हामी ईश्वर तर्फ एक कदम बडाउछौ, उहाँले हामी तिर १० कदम बडाउनु हुन्छ ।”– परात्पर गुरु डा.आठवले

३. आध्यात्मिक अभ्यासको अष्टांग मार्गहरु

माथिका सबै चुनौतिहरूको उत्तरको रूपमा, परात्पर गुरु डा. आठवलेज्यूले गुरुकृपा (गुरुकृपायोग) मार्ग बनाउनु भएको हो । उहाँले आफ्नो गुरु – सन्त भक्तराज महाराजज्यू (उच्चतम स्तरको एक सन्त) को आशीर्वादले यी मार्गहरु बनाउनु भएको हो । परात्पर गुरु उच्च स्तरको सन्त हुनु हुन्छ, अर्थात्, जो ९०% अथवा ९०% स्तर भन्दा माथि हुनु हुन्छ । गुरुकृपायोग मार्गमा अष्टांग आध्यात्मिक अभ्यासहरू छन्, जुन यस मार्गको आधार हो । यो मार्गले अन्य सबै मार्गहरूबाट सबै भन्दा राम्रो आध्यात्मिक अभ्यासहरू संयोजन गरेर वर्तमान समयमा साधकहरूलाई द्रुत आध्यात्मिक प्रगति अनुभव गर्नमा एउटा अनुपम अवसर प्रदान गर्दछ ।

गुरुकृपायोगको अष्टांग साधना मार्गहरु हुन्  :

  • स्वभाव दोष निर्मूलन (PDR)
  • अहंनिर्मूलन (ER)
  • ईश्वरको नाम जप (नाम)
  • सत्संग
  • सत्सेवा
  • भाव
  • त्याग
  • प्रीति

हामीले कुनै पनि क्रममा यी पक्षहरूको अभ्यास गर्न सक्छौं । अन्तमा, द्रुत आध्यात्मिक प्रगतिको लागि सबै पक्षहरूको अभ्यास गर्न आवश्यक हुन्छ, यसले साधकलाई राम्रो तरिकाको आध्यात्मिक बृद्धि गर्न साधन प्रदान गर्दछ । यी पक्षहरूले साधकलाई आध्यात्मिक प्रगतिमा बाधा / अवरोधहरू पुर्‍याउने सबै चुनौतीहरू पार गर्न सहायता गर्दछ । कुन पक्ष साधकले सर्वप्रथम सुरु गर्ने यो उसको  मूल प्रकृतिमा निर्भर गर्दछ । यदि धेरै स्वभाव दोषहरु छ भने उसले स्वभाव दोष निर्मूलन (PDR) प्रक्रियाबाट सुरु गर्नु राम्रो हुन्छ । यदि कसैमा अधिक भक्ति छ भने, उसले नामजपबाट सुरू गरे राम्रो हुन्छ । यदि कोही अधिक कार्य गर्नमा उन्मुख छ भने, उसले सत्सेवा (पूर्ण सत्यको सेवा) लाई आफ्नो साधनाको पहिलो चरणको रूपमा छनौट गर्न सक्छ ।

४. स्वभाव दोष निर्मूलन प्रक्रिया

साधकले सामना गर्नुपर्न चुनौतिहरू

स्वभाव दोषमा (या अवांछनीय लक्षणमा)  क्रोध, लोभ, आलस्य, असुरक्षा, भावनात्मकता, आदि समावेश हुन्छन् जसले हाम्रो अस्तित्वलाई हानी पुर्याउँदछ । यसले हामीलाई कम कुशल बनाउन बाहेक, हाम्रो र अरुको जीवनमा तनाव र दु:खको निरन्तर स्रोत बन्दछ । सबैमा स्वभाव दोष हुन्छ – कसैमा कम कसैमा बढि हुन्छ । साधकहरूको लागि, ती कमजोरीहरूले कुनै पनि प्रकारको खुशी अनुभव गर्न वञ्चित गर्दछ (परम आनन्द त छाडिनै दिनुहोस्) जुन हामीलाई साधनाको माध्यबाट प्राप्त हुन सक्छ । साथै, यी परिस्थितिहरु प्रतिक्रियाको रूपमा देखा पर्दछन्, यी स्वभाव दोषहरूले हामीलाई अस्थिर बनाउँदछन् ।

सूक्ष्म आयामबाट नकरात्मक उर्जाहरूलाई व्यक्तिमा हुने धेरै स्वभाव दोषको कारण प्रवेश पाउन सजिलो हुन्छ । तिनीहरूले एउटा व्यक्तिमा हुने प्रतिक्रियालाई अझै बढाइ दिन्छन्, जसले व्यक्ति र अन्यलाई नकारात्मक तरिकाले प्रभाव पार्दछ । उदाहरणको लागि, यदि हामीमा क्रोध स्वभावदोष छ र हामीले आफ्नो बोल्ने तरिकाबाट अरूलाई चोट पुर्‍याउँछौं भने त्यस कार्यबाट हामी पाप गर्छौं । आध्यात्मिक स्तरमा, साधनाबाट उत्पन्न ऊर्जा पाप नास गर्नको लागि उपयोग हुन्छ । फलस्वरूप, ती मानिसहरूको लागि आध्यात्मिक मार्गमा अगाडि बढि रहने क्षमता पनि कम हुन्छन् । कुनै पनि आध्यात्मिक मार्ग रोज्नुहोस् यदि व्यक्तिमा धेरै स्वभाव दोषहरु छ भने, आध्यात्मिक प्रगति असम्भव भएन भने गाह्रो चै अवश्य हुन्छ ।

स्वभाव दोष निर्मूलन प्रक्रियाको अभ्यासले हामीलाई कसरी सहायता गर्दछ :

हामीलाई आफुबारे जे थाहा छैन, त्यो हामी सच्याउन सक्दैनौं । स्वभाव दोष निर्मूलन प्रक्रियाले त्यसलाई सच्याउन हाम्रो सहायता गर्दछ । परात्पर गुरु डा. आठवलेज्यू द्वारा सृजना गर्नु भएको, यस प्रक्रियाले साधकलाई माथिका चुनौतिहरू पार गर्न मात्र होइन, यसले आध्यात्मिक बिकासको लागि बलियो जगको पनि निर्माण गर्दछ । यो तीन चरणद्वारा हुन्छ ।

  • तथ्याड़क संकलन / अवलोकन : यस अभ्यासले गर्ने पहिलो पक्ष हो यसले हाम्रा कमजोरीहरू के हुन् भनेर बुझ्नको लागि स्पष्ट विधि निर्धारित गरिदिन्छ । यस्तो किनभने धेरै मानिसहरू अरूको अधिक आलोचना गर्दछन् तर आफ्नै दोषहरुमा उनीहरु बेवास्त गर्दछन् । स्वभाव दोष निर्मूलन प्रक्रिया पद्धति प्रयोग गरेर, हामीले गरेका गल्तीहरु र यसलाई निम्त्याउने परिस्थितिहरुको बारेमा तथ्याङक संकलन गरिन्छ । आफ्नो बारेमा तथ्याड़कहरु संकलन गरेर, यसले स्वयंमा भएको कम्जोरिहरु र स्वयंमा भएको गुण/शक्ति थाहा पाउन हाम्रो आँखा खोलि दिन्छ । संक्षेपमा, यो प्रक्रियाले हाम्रो वास्तविक स्वरुपको ऐना देखाएर हामी को हौं भन्ने कुरा देखाउँदछ ।
  • विश्लेषण : प्रत्येक गल्ती वा कमजोरी जुन हामी टिपोट गर्छौं यसले स्वयंको बारे राम्रोसँग बुझ्न मद्दत गर्दछ । यसले हाम्रो मनको प्रतिक्रियाको वास्तविक कारण के हो भनेर विश्लेषण गर्न सहायता गर्दछ जसले हामीलाई गल्ती गर्न उक्साउँछ । हामी हाम्रो गल्ती र कमजोरीहरूको बारेमा स्पष्टता प्राप्त गर्छौं । उदाहरणको लागी, हामी बुझ्न सक्छौं कि कुन गल्तीहरू प्राय: दोहोरिन्छ वा कुन गल्तीले हामीलाई मात्र नभएर ठूलो समूहमा असर गर्दछ । यस विश्लेषणले हामीलाई स्वयंको बारे अधिक यथार्थ दृष्टिकोण प्रदान गर्दछ जसले गर्दा हामीलाई स्पष्ट हुन्छ कि कुन परिस्थितिमा हामी प्रतिकृया दिन्छौं ।
  • स्वयम् सूचनाहरु : एकपटक जब हामीले गल्तीको मूल स्वभाव दोषको विश्लेषण गर्छौं, तब यसलाई ठीक गर्ने तरीका सहज हुन्छ । यो प्रयास र परीक्षण गरिएको विधि हो जसलाई स्वयम् सूचना (AS) भनिन्छ । यी स्वयम् सूचनाहरु सकारात्मक वाक्यहरू हुन् जसले मनलाई परिस्थितिहरूमा उचित तरीकाले प्रतिक्रिया दिन प्रशिक्षण गर्दछ । तिनीहरूलाई दिनमा धेरै पटक दोहोर्याउन आवश्यक हुन्छ । ७ स्वयम् सूचना पद्धतिहरु छन् । सकारात्मक वाक्य (अफर्मेशन) भन्दा विपरीत, स्वयम् सूचनाहरू व्यक्तिको लागि व्यक्तिगत रूपमा र गल्ती सम्बन्धित विशेष परिस्थितिको लागि बनाएको हुन्छ । तसर्थ, यस्तो गर्नाले हामी गल्तीहरु सचाउन थाल्दछौं र सुखी जीवन, अधिक अर्थपूर्ण र आनन्द जीवनशैली बिताउन सक्छौं ।

सम्झनुहोस : स्वभाव दोष निर्मूलन प्रक्रियाले व्यक्तिको दोषको तीव्रतालाई कम गर्दछ । कम स्वाभाव दोष भएको मनले कुनै पनि आध्यात्मिक पथ छनौट गरे पनि द्रुत गतीमा आध्यात्मिक प्रगति गर्न सक्दछ । गुरुकृपायोग मार्गमा, दोषहरू हटाउनको लागि अधिक महत्त्व दिएको छ । स्वाभाव दोषहरु हटाउनाले साधनामा ध्यान केन्द्रित गर्नको लागि धेरै ऊर्जा उपलब्ध हुन्छ । तसर्थ यस प्रकारको आध्यात्मिक अभ्यास छिटो आध्यात्मिक प्रगति गर्न चाहने साधकहरूको लागि बरदान जस्तै हुन्छ ।

यस प्रक्रियालाई विस्तृत रूपमा बुझ्नको लागि (PDR) स्वभाव दोष निर्मूलन प्रक्रियाको खण्ड पढ्नुहोस् ।

५. अहं निर्मूलन प्रक्रिया

साधकले सामना गर्नुपर्ने चुनौतिहरू

अहंकार साधकको आध्यात्मिक यात्रामा सबैभन्दा ठूलो बाधा हो । यो यस कारण हो कि आध्यात्मिक दृष्टिले अहंकारले हामीलाई हामीभित्र रहेको दिव्यता या ईश्वरको अनुभव गर्नबाट अलग गर्दछ । अहंकार हुनु भनेको हामी हाम्रो जीवन न्यून विचारको साथ जीउँछौं जहाँ हाम्रो अस्तित्व पञ्च इन्द्रिय, मन र बुद्धिसम्म सीमित हुन्छ । व्यावहारिक स्तरमा यसको अर्थ हो यस्तो विचारहरू राख्ने जस्तै – मेरो नाम, मेरो शरीर, मेरो रुप, मेरो शिक्षा, मेरो स्थिति, मेरो परिवार, मेरो उपलब्धिहरू आदि । मेरो विचारहरूनै अस्तित्वको सबै सुरवात र अन्त्य जस्तो लाग्नु । व्यक्तिले जीवनको यस सीमित दृष्टिकोण भन्दा बाहिरको कुनै पनि कुरा सोच्दैन । हामी सबै यस्तो निम्न दृष्टिकोणको साथ विभिन्न स्तरमा पहिचान हुन्छौं । अर्कोतर्फ, आध्यात्मिक वृद्धि भनेको हाम्रो न्यून सोचहरु जुन पञ्च इन्द्रिय, मन र बुद्धिसँग सम्बन्धित छन् तिनीहरु हटाइ, हामी भित्र भएको आत्मा वा ईश्वरीय तत्व अनुभव गर्नु हो ।

अहंकारले हामी भित्र रहेको ईश्वरीय तत्व अनुभव गर्नबाट रोक्दछ । जबकि सबै स्वभाव दोषहरु अहंकारबाट उत्पन्न हुन्छ, अहंकार प्रकृतिक रुपमा अधिक सूक्ष्म हुन्छ । अहंकार असंख्य तरिकाबाट प्रकट हुन्छ । सामान्यत र असामान्य रुपमा प्रकट हुने अहं हुन् – गर्व, श्रेष्ठता, हीनता, अरुलाई सिकाउनेमनोवृति, म सहि छु, अधिकार बाणीमा बोल्नु, प्राय ठूलो स्वरमा बोल्नु, अपेक्षा, प्रशंसा खोज्नु, कर्तापन, आफ्नो रुपको बारेमा सोच्नु, स्वार्थी, निरन्तर आफु र आफ्नो परिवारको बारेमा कुरा गर्नु, आफ्नो इच्छालाई प्राथमिकता दिनु पर्छ भन्ने सोच राख्ने आदि ।

यसले तपाईलाई एउटा व्यक्तिको अहंकारको धेरै पक्षहरुको बारेमा अंदाजा प्राप्त भयो होला ।

व्यक्तिले चाहे कुनै पनि मार्ग छनौट गरुन् यदि उसमा उच्च अहंकार छ भने, उसको आध्यात्मिक प्रगति हुन सक्दैन ।

यो अभ्यासले कसरी सहायता गर्दछ

आध्यात्मिक प्रगति गर्न, हाम्रो अहंकार कम हुन आवश्यक हुन्छ । त्यसको कुनै विकल्प छैन । तैपनि, हाम्रो अहंकारले हामीभित्र यति गहिरो जरा बनाएर बसेको छ कि यसलाई साधना (आध्यात्मिक अभ्यास) गरेर पनि हटाउन सजिलो छैन । त्यसकारण, साधना गरेर स्वचालित रूपमा अहंकार हट्दछ यो सोच्नुको सट्टा, आफ्नो अहंकार कम गर्न सचेत प्रयास गर्नुपर्छ । व्यावहारिक स्तरमा अहंकार कम गर्नको लागी गर्न सकिने केहि प्रयासहरू अगाडि दिइएको छ :

  • प्रार्थनाहरू : जब हामी विनम्रतासँग ईश्वरसँग प्रार्थना गर्दछौं, हामी आफ्नो असहायता ईश्वरलाई व्यक्त गर्दछौं । यसले अहं कम गर्नमा सहायता गर्दछ । केहि उदाहरणहरु जसले हामी हाम्रो अहंकार कम गर्न सक्छौं :
    • हे ईश्वर, मलाई ती पक्षहरू बारे सचेत गराउनुहोस् जसले मेरो अहंलाई बडाईदिन्छ ।
    • हे ईश्वर, मलाई यस्तो व्यक्तिहरूको समूहमा राख्नुहोस र मेरो जीवनमा यस्तो घटनाहरू सिर्जना गरिदिनुहोस् जसले मेरो अहं कम गर्नमा सहायता पुगोस् ।
    • हे ईश्वर, जब मलाई अरूले मेरो गल्तीहरु सचेत गराउँदछन् वा कुनै प्रतिक्रिया दिन्छन्, म तिनीहरुलाई स्वीकार्न गर्न सकोस् ।
  • अरूको बारेमा सोचने गुण विकसित गर्नाले अहं कम गर्न सहायता हुन्छ । हामीले अरूको बारेमा सोच्न व्यावहारिक तहमा प्रयास गर्नुपर्दछ । उदाहरणको लागी, जब हामी हाम्रो परिवारको एक सदस्यको कार्यलयमा काम बढेको थाहा पाउछौं तब हामी उनको लुगा इस्त्री गर्दिने अथवा उनलाई आवश्यक पर्ने अन्य स्तरहरुमा सहायता गर्न सक्छौं ।
  • शारीरिक कामहरू गर्ने जस्तै भाँडा माझ्ने, घर सफा गर्ने, आदिले अहंकारलाई छिटो कम गर्नमा सहायता गर्दछ । थप आध्यात्मिक फाइदा लिनको लागि, कार्यलाई हामी सत्सेवा (ईश्वरको लागि सेवा) को रूपमा गर्न ईश्वरसँग प्रार्थना गर्न सक्छौं ।
  • ब्रह्माण्ड कति विशाल छ त्यसबारेमा सोच्नुहोस र यसको तुलनामा हामी कति सानो छौं । वैकल्पिक रूपमा, समयको विशालताको बारेमा सोच्नुहोस् र हाम्रो जीवन त्यसको तुलनामा कती छोटो छ । त्यस्ता विचारहरू अहं कम गर्नमा सहयोगी हुन्छ ।
  • परिप्रेक्ष्य या आध्यात्मिक भावना (भाव) राख्नुहोस् कि सबै ईश्वरको इच्छा अनुसार हुन्छ वा ईश्वरको कारण हुन्छ । उदाहरणको लागि, सांसारिक जीवनमा हामीले आध्यात्मिक भाव राख्नु पर्दछ जस्तै, ‘म बुद्धिमान छु र हार्वर्ड विश्वविद्यालयबाट मैले स्नातक गरे’ यसको सट्टा ‘ईश्वरले मलाई सिकाउनु भयो’, ‘मैले विवाह गरें’, भन्नुको सट्टा ‘ईश्वरले मेरो विवाहको प्रबन्ध गरिदिनु भयो’ आदि ।
  • कृतज्ञता व्यक्त गर्ने: कृतज्ञता व्यक्त गरेर, कर्तापन (मैले यो कार्य गरे भन्ने सोच ) गुरु वा ईश्वरलाई अर्पित गरिन्छ र यसले अहंकार कम गर्नमा हाम्रो सहायता गर्दछ । थप जानकारीको लागि, आध्यात्मिक दृष्टिकोणबाट कृतज्ञता के हो भन्ने बारे हाम्रो लेख पढ्नुहोस्

अधिक जानकारीको लागि कृपया खण्ड अहं निर्मूलन प्रक्रिया पढ्नुहोस् ।

६. ईश्वरको नामको जप गर्ने

साधकले सामना गर्नु पर्ने चुनौतिहरू

साधकको सबै भन्दा साधारण चुनौतिहरु मध्ये एउटा हो समयको अभाव । प्रायः साधकहरूले आध्यात्मिक अभ्यासको लागि नियमित रूपमा समय दिन नसकेको कुरा सुन्दछौं । आजको संसार जहाँ दैनिक जीवन तनावले भरिएको हुन्छ यो कुरा बुझ्न सक्छौं कि साधना (आध्यात्मिक अभ्यास) को लागि समय निकाल्न गाह्रो हुन्छ । मानौ कि साधकले साधनाको रुपमा ध्यान गर्न समय पायो तर पनि यसलाई दिनभरि लगातार गर्न सक्दैन ।

भगवान (ईश्वर) को नामजपले कसरी सहायता गर्दछ

यही कारणले ऋषिहरूले सिफारिस गर्नु भयो कि वर्तमान युगमा, ईश्वरको नामजप गर्नुनै उत्तम साधना हो किनकि यसलाई दिनभरी मनमा चुपचाप गर्न सकिन्छ । यो एउटा साधना (आध्यात्मिक अभ्यास) हो जुन गर्न सजिलो छ र समय वा स्थानमा निर्भर हुँदैन । यो निरन्तर गर्न सकिन्छ त्यस कारण, यसले साधना (आध्यात्मिक अभ्यास) मा निरन्तर विकास गर्न सहायता गर्दछ ।

यसबाहेक, आध्यात्मिक प्रगति गर्नको लागि आध्यात्मिक ऊर्जा चाहिन्छ । ईश्वरको नाममा अथक सकारात्मक दिव्य उर्जा हुन्छ । ईश्वर/भगवान को नामजप गर्नाले व्यक्तिलाई दिव्य ऊर्जा प्राप्त हुन्छ । नामजप जति बढी ध्यानले वा एकाग्रको साथ गरिन्छ, यो साधनाबाट त्यतिनै फाइदा हुन्छ । जब भाव (आध्यात्मिक भावना) को साथ गरिन्छ, तब लाभमा अधिक वृद्धि हुन्छ ।

नामजपको अर्को फाइदा हो यसले अवचेतन मनमा स्वभाव दोषहरुको नकारात्मक प्रभावहरू मेटाउनमा सहायता गर्दछ । एउटा व्यक्तिको अवचेतन मनमा लाखौं संस्कारहरु हुन्छ र मानसिक / मनोवैज्ञानिक माध्यमबाट अवांछनीय लक्षणहरू हटाउनको लागि सक्षम हुन धेरै वर्ष वा जीवन काल लाग्न सक्छ । यदि ईश्वरको नामजप गर्छौं भने यो प्रक्रिया छिटो तरिकाले अगाडी बढ्दछ । नियमित नामजपले व्यक्तिको अवचेतन मनमा ‘भक्ति केन्द्र’ स्थापना गर्दछ र यसले अवचेतन मनको अन्य संस्कारहरु माथि विजय प्राप्त गर्न सकिन्छ । यस प्रकार, अन्य नकारात्मक प्रभाव आफै कम हुन थाल्दछ र व्यक्तिमा यसको प्रभाव पनि कम हुन थाल्दछ ।

नामजपबाट प्राप्त गरेको आध्यात्मिक उर्जाले साधनामा प्रगति गर्न सहायता गर्दछ । SSRF ले तपाई जन्मेको धर्म अनुसार ईश्वरको नामजप वा || ओम नमो भगवते वासुदेवाय || (यो नामजप २०२३ सम्म आध्यात्मिक बृद्धिको लागि सबैभन्दा अनुकूल छ) गर्न सिफारिस गरिन्छ । यसको साथै, “श्री गुरुदेव दत्त” नामजप गर्न पनि सिफारिस गरिन्छ । यो एउटा सुरक्षात्मक नामजप हो जसले असन्तुष्ट पूर्खाको आत्माहरू (सूक्ष्म शरीर) बाट हुने आध्यात्मिक समस्याहरुबाट बचाउन सहायता गर्दछ ।

ईश्वरको नाम जपको बारेमा अधिक जानकारी प्राप्त गर्नको लागि हाम्रो लेख पढ्नुहोस्, ‘तपाईको आध्यात्मिक यात्रा सुरु गर्नुहोस्‘। यसको बारेमा थप बुझ्नको लागि तपाई नामजप खण्डमा पनि जान सक्नु हुन्छ ।

७. सत्संग

एउटा साधकले सामना गर्नुपर्ने चुनौतिहरू

एउटा साधकको यात्रामा उसलाई धेरै पटक आध्यात्मिक सहायता चाहिन्छ । यसमा निम्न अवस्थाहरू समावेश हुन सक्छ :

  • आध्यात्ममा प्रश्नहरू सोध्ने
  • आध्यात्म वा साधना बारेउसको शंका स्पष्ट गर्ने
  • जब इच्छाको अभाव हुन्छ, एकाग्रता हुँदैन, नकारात्मक सोच, अवरोधहरू कसरी पार गर्ने भनेरथाहा हुँदैन यी समस्याहरुमा साहायता गर्ने ।
  • आध्यात्मिक उपचारको लागि सहायता दिने

अन्य मार्गनिर्देशन दिने साधकहरु र सह-साधकहरूको सहायता बिना, साधकहरू कहिलेकाँही अवरोधको कारण अभिभूत अनुभव गर्न सक्दछन्, यस्तो बाधाहरु साधकको आध्यात्मिक यात्रामा समय-समयमा आउन सक्छ । यसले गर्दा साधक आफ्नो साधना छोडिदिने र आध्यात्मिक लक्ष्यहरू त्यागि दिन पनि सक्छ ।

सत्सगले कसरी सहायता गर्दछ

सत्संग शब्द एउटा संस्कृत शब्द हो जहाँ ‘सत् ’ले निरपेक्ष सत्यलाई जनाउँछ अर्थात् ईश्वर र ‘संग’ ले ‘संगतिलाई’ जनाउँछ । तसर्थ, यसको अर्थ निरपेक्ष सत्यको संग हो । यो सामान्यतया सह-साधकहरू र सन्तहरूको साथमा हुँदा पूरा गर्न सकिन्छ जहाँ आध्यात्मको सैद्धांतिक र व्यावहारिक पक्षहरु छलफल गरिन्छ । सत्संग एउटा यस्तो वातावरण हो जहाँ साधकहरूको पालनपोषण र उनीहरूको साधनामा सहायता गर्न उपयुक्त हुन्छ ।

सत्संगमा धेरै साधकहरू उपस्थित भएको कारण सामूहिक आध्यात्मिक उर्जा व्याप्त हुन्छ जसले गर्दा व्यक्तिलाई साधना गरि रहन प्रेरणा मिल्दछ । पूजास्थलहरूमा जाने, सन्तहरूले लेखेका आध्यात्मिक ग्रन्थहरु पढ्ने, साधकहरुको संगमा रहने (सन्तको मार्गनिर्दशन पाउने) र सही सन्त वा गुरुलाई भेट गर्न जाने, क्रमिक रुपमा श्रेष्ठ गुणस्तरको सत्संगको उदाहरणहरु हुन् ।

१ देखि १०० सम्मको मापनमा, साधनाको प्रकारको महत्त्वको सम्बन्धमा, ईश्वरको नामजपको सापेक्षिक महत्त्व ५% हुन्छ, जबकि सत्संगमा हुँदा र सन्तहरूको संगमा रहदा त्यसको सापेक्षिक महत्त्व ३०% हुन्छ । आध्यात्मिक अनुसन्धान (उन्नत छैठौं इन्द्रिय) बाट प्राप्त यो प्रतिशत सत्संगको महत्वलाई उजागर गर्दछ ।

सत्संगमा रहदा हुने लाभहरू तल दिईएका छन् ।  

  • सत्संगमा उपस्थित हुने साधकलाई साधनामा अधि बढि रहनको लागि दृढ विश्वास र इच्छा प्राप्त हुन्छ । साधना प्रति उत्साह बढ्दछ ।
  • सत्संगमाविद्यमान दिव्य चेतना (चैतन्य) ले साधकलाई साधनाको लागि आध्यात्मिक उर्जा प्रदान गर्दछ ।
  • सत्संगमा आउने साधकहरू बीच आत्मीयताको भावना विकसित हुन्छ र अरू प्रति प्रेम निर्माण गर्न सजिलो हुन्छ ।
  • हामी सत्संगमा उपस्थित अन्य साधकहरूले गरेको प्रयासबाट सिक्न सक्छौं ।
  • सत्संगमा उपस्थित हुँदा, साधकले पहिलाको तुलनामा उच्च स्तरको आध्यात्मिक अनुभव प्राप्त गर्न सक्छ । यसले आध्यात्ममा विश्वास बढाउन सहायता गर्दछ ।

वर्तमान समयमा, एक्लै साधना गर्नु धेरै कठिन हुन्छ । हामीलाई हाम्रो आध्यात्मिक यात्रामा अगाडि बढ्न अन्य साधकहरू र आध्यात्ममा प्रगत व्यक्तिहरुको समर्थनको आवश्यकता पर्दछ । त्यसैले SSRF ले नियमित साप्ताहिक अनलाइन सत्संगहरु राख्दछ जुन नि:शुल्क हुन्छ र सत्संगलाई धेरै महत्व दिन्छ । सत्संगमा उपस्थित हुन यहाँ क्लिक गर्नुहोस्

साधनाको यस पक्ष बारे थप जान्नको लागि तपाई सत्स खण्ड पनि हेर्न सक्नु हुन्छ ।

८. सत्सेवा (पूर्ण सत्यको सेवा)

साधकले सामना गर्नु पर्ने चुनौतिहरू

जब साधकहरूले आफ्नो जीवनमा साधना बारे थाहा पाउँछन्, उनीहरू आफ्नो खाली समयमा आध्यात्मको लागि सेवा गर्न चाहना राख्दछन् । कहिलेकाँही, मार्गदर्शनको अभावको कारण, कोही सामाजिक सेवा वा परोपकार काम गर्दछन्, जुन आध्यात्म प्रसारको सेवासँग बराबर हुँदैन । सामाजिक सेवा वा परोपकार काम जस्ता गतिविधिहरूले व्यक्तिमा अहं बढ्ने जोखिम पनि अधिक हुन्छ । किनकि सामाजिक कार्यकर्तालाई यी विचारहरू आई रहन्छन् – ‘हेर्नुहोस, मैले कति गरें’, ‘म समाजको लागि कति राम्रो काम गरिरहेको छु’, ‘म राम्रो व्यक्ति हुँ’, इत्यादि, जुन आध्यात्मिक दृष्टिले कर्तापन हो । गरिबी, दरिद्रता, कमजोर स्वास्थ्य सेवा, आदि जस्ता सामाजिक मुद्दाहरू सामना गर्दा व्यक्तिमा भावनात्मकता बढ्न सक्छ, परिणामस्वरूप उनीमा अहंकार बढ्दछ । यदि सही दृष्टिकोणको साथ यसलाई गरेन भने, सहयोग दिएको मानिसहरुसँग नयाँ लेन-देन (कर्मिक खाता) सिर्जना हुने जोखिम हुन्छ । थप जानकारीको लागि, कृपया हाम्रो लेख सामाजिक सेवालाई आध्यात्मिक अभ्यासको रूपमा लिन्छ कि लिदैन पढ्नुहोस् ।

सत्सेवाले कसरी सहयोग गर्दछ

सत्सेवाको अर्थ हो पूर्ण सत्यको सेवा, यसको अर्थ हो आध्यात्म प्रसार (विश्वव्यापी आध्यात्मिक सिद्धान्तहरु पालना) गरेर ईश्वरको कार्यमा मद्दत गर्नु । सत्सेवा आरम्भ गर्नु साधनामा ठूलो छलांग मानिन्छ किनकि यसले हामीलाई आध्यात्ममा प्रगति गर्न धेरै अवसरहरू दिन्छ । १ देखि १०० सम्मको मापनमा, यस प्रकारको आध्यात्मिक अभ्यासको महत्त्वलाई ध्यानमा राख्दै, ईश्वरको नामजपको सापेक्षिक महत्त्व ५% हुन्छ, जबकि सत्संगमा रहदा र सन्तहरूको संगतिमा माथि उल्लेख गरिए अनुसार त्यसको महत्त्व ३०% हुन्छ । यी दुई अभ्यासहरूको तुलनामा, सत्सेवाको सापेक्षिक महत्त्व १००%  हुन्छ ।

जब हामी आध्यात्म प्रचार गर्ने ईश्वरको अभियानमा भाग लिन्छौं, उहाँ हामीसँग खुसी हुनु हुन्छ । किनभने उहाँले सोच्नु हुन्छ कि हामी स्वार्थी छैनौं र केवल आफ्नो व्यक्तिगत आध्यात्मिक प्रगतिको बारेमा मात्रै नसोचेर अरूको आध्यात्मिक प्रगतिको बारेमा पनि विचार गर्दछौं । यसले हामीलाई ईश्वरको व्याकपन गुण आत्मसात गराउँदछ । यो ईश्वरले सबै प्राणीहरूको आध्यात्मिक प्रगतिको हेरचाह गर्नेसँग मिल्दोजुल्दो हुन्छ । तसर्थ, ईश्वरको यस गुणलाई आत्मसात् गरेर, सत्सेवाद्वारा द्रुत गतिमा आध्यात्मिक प्रगति गर्न सकिन्छ ।

ईश्वरको सेवा वा सत्सेवाले आध्यात्मिक अभ्यासको अन्य सबै चरणहरूलाई एकीकृत गर्दछ ।

आध्यात्मिक अन्तरमुख भनेको, स्वयं भित्र हेर्ने गुणस्तर, आफ्नो कमजोरीहरु प्रति आत्मनिरीक्षण गर्ने र हाम्रो कार्य र विचारहरूले हामीलाई ईश्वर नजिक पुर्‍याइरहेका छन् कि छैनन् भन्ने हो ।

  • सत्सेवा गर्ने समय हामी आफ्नो गल्तीहरूलाई ध्यान दिन्छौं र अन्य साधकहरूले पनि हामीलाई प्रतिक्रिया दिन्छन्, जसले हामीलाई आध्यात्मिक रुपमा अन्तर्मुखी (अन्तरमुख) हुन सहायता गर्दछ,  त्यसबाट हाम्रो स्वभाव दोष निर्मूलन हुन्छ ।
  • केही समयपछि साधकहरू कृतज्ञता भावले सत्सेवा गर्न शुरू गर्छन्किनभने उनीहरुले अनुभव गर्दछन् कि ईश्वरले उनीहरूको जीवनमा धेरै सहायता गरिरहनु भएको छ । त्यसकारण सत्सेवाले भाव (आध्यात्मिक भावना) जगाउँदछ ।
  • महत्त्वपूर्ण रूपमा सत्सेवाले हामीलाई समष्टी साधनाकोअवधारणासँग जुडाउँछ, यसले समाजलाई आध्यात्मिक रूपमा बढ्न मद्दत गर्दछ । वर्तमान युगमा समष्टी साधनाको सापेक्षिक महत्व ७०% छ, जबकि व्यष्टि साधना, जो व्यक्तिगत आध्यात्मिक अभ्यास हो, त्यसको महत्व ३०% छ ।
  • ईश्वरको लागि, आफ्नो समय र प्रस्ताव गरेर आफ्नो शरीर, मन, बुद्धिको बलिदान हुन्छ ।
  • साथै, जब हामी अरूसँग सत्सेवा गर्छौं, यसले हामीलाई उनीहरूबाट सिक्ने अवसर दिन्छ र हामी अरूको बारेमा सोच्ने अभ्यास पनि गर्न थाल्दछौं, त्यसैले हामी क्रमश:आफुमा ईश्वरीय प्रेम (प्रीति) विकास गर्दछौं ।

परात्पर गुरु डा. आठवलज्यूको कृपा र मार्गदर्शनको कारण, SSRF ले साधकहरूको लागि समय, रुचि र क्षमता अनुसार सत्सेवा गर्न मंच विकसित गरेको छ । धेरै साधकहरू यस मंचमा विश्वको विभिन्न भागहरूबाट सामिल भएका छन् र उनीहरुले आफ्नो समय र कौशल प्रदान गरेर विभिन्न प्रकारको सत्सेवाबाट आध्यात्म प्रसार गरिरहेका छन् । सत्सेवा केही पुस्तकहरु वा लेखहरुको अनुवाद, व्याख्यान र आध्यात्मिक कार्यशाला आयोजन र सञ्चालन गर्नमा सहायता गर्नु हो, SSRF को सोशल मिडिया पृष्ठसँग सम्बन्धित सत्सेवा, लेख र ब्लग लेख्न,  SSRF वेबसाइटको संरक्षण र विकाश गर्ने कार्यहरु पर्दछ । हामी हाम्रो पाठकहरूलाई अपील गर्दछौं जो सत्सेवा शुरू गर्न चाहान्छन् हाम्रो लाइभ च्याट सुविधाबाट हामीलाई सम्पर्क गर्नुहोस् ।

सत्सेवाको बारेमा अधिक जानकारी प्राप्त गर्न, कृपया यस सम्बन्धि हाम्रो खण्ड सत्सेवा मा जानुहोस् ।

९. भाव (आध्यात्मिक भावना) को जागरण

साधकले सामना गर्नु पर्ने चुनौतिहरू

कल्पना गर्नुहोस् कुनै काम या पेशा उत्साह बिना गरिन्छ, सम्पूर्ण गतिविधि उराठ लाग्दो र उत्साह बिहिन हुन्छ । साधना (आध्यात्मिक अभ्यास) को लागि पनि यस्तै हुन्छ । धेरै पटक जब साधकहरू साधना सुरु गर्दछन्, उनीहरु साधनाको विभिन्न गति हुँदै जान्छन् तर उनीहरुलाई दिव्यताको अनुभव हुँदैन । किनभने उनीहरुलाई भाव (आध्यात्मिक भावना) जगाउने बारेमा केहि पनि थाहा हुँदैन । तर, जब उनीहरूले भाव अनुभव गर्छन्, यसले उनीहरूको जीवन र साधनामा दिव्य मिठास ल्याउँदछ ।

भावले कसरी सहायता गर्दछ र यसलाई कसरी जागृत गर्ने

एउटा भनाइ छ: जहाँ भाव (आध्यात्मिक भावन) हुन्छ, त्यहाँ ईश्वर उपस्थित हुनुहुन्छ ।

यो कथनले हामीलाई संकेत दिन्छ कि आध्यात्मिक भाव जगाउन प्रयास गर्नु कति महत्वपूर्ण छ । त्यसोभए, भाव के हो ? उत्कृष्ट आध्यात्मिक भावको व्याख्या गर्न शब्द कम हुन्छ । भाव ईश्वरसँग एकताको अनुभूति हो । तर यसको अनुभव कस्तो हुन्छ ?

प्राय: हामी सबै आफ्नो अस्तित्व बारे राम्ररी सचेत हुन्छौं । तर, जब हामी आध्यात्मिक भाव जगाउन कोसिस गर्छौं, तब हामी ईश्वरको उपस्थिति अनुभव गर्ने मौका पाउँछौं । यो एउटा उत्कृष्ट अनुभूति हो जहाँ हामी अनुभव गर्छौं कि हामी ईश्वरीय संगतिमा छौं । यस अवस्थामा कुनै आवश्यकता अथवा चाहँना हुँदैन, केवल आन्नद, प्रेम, कृतज्ञता र ईश्वरसँग एकरुप भएको भावना हुन्छ । प्राय: यो आँसु, कम्पन इत्यादि जस्तो केही शारीरिक अभिव्यक्तिको साथ हुन्छ । यसले साधनाको रुपमा गर्ने सबै कुरालाई अर्थ दिन्छ र दिव्यताको सार हाम्रो जीवनमा ल्याउँछ । हामीलाई लाग्छ कि ईश्वर वा गुरु हामीसँगै हिंडि रहनु भएको छ । त्यो क्षण, तनाव कम हुन्छ । आध्यात्मिक भाव जति अधिक हुन्छ, ईश्वरसँग निकटताको भावना पनि त्यति नै अधिक हुन्छ ।

कहिलेकाँही हाम्रो आध्यात्मिक भाव सहजै जागृत हुन्छ जब हामी ईश्वरप्रति कृतज्ञता अनुभव गर्दछौं वा ईश्वरले हाम्रो लागि के गर्नुभयो त्यो कुरा सम्झन्छौं । तर हाम्रो जीवनमा सतत रहनको लागि हामीले मन र बुद्धिको स्तरमा आध्यात्मिक भाव वृद्धि गर्न निरन्तर प्रयास गर्नु पर्छ ।

भाव (आध्यात्मिक भावना) बढाउनको लागि केहि सजिलो उपायहरू अगाडि दिइएक छन् ।

  • दैनिकक्रियाकलापहरु भावको साथ गर्न सक्छौं कि हामीले यस मार्फत ईश्वरको सेवा गरिरहेका छौं । उदाहरणको लागी, घर सफा गर्दा, हामी ईश्वरको घर सफा गर्दैछौं भन्ने मनोवृत्ति र आध्यात्मिक भाव राख्न सक्छौं । खाना पकाउँदा हामी ईश्वरको लागि खाना पकाउँदैछौं भन्ने आध्यात्मिक भाव राख्न सक्दछौं । हामी यो भाव राख्न सक्छौं कि काममा हाम्रो कर्तव्य पालन गर्दा ईश्वरको सेवा गरिरहेका छौं ।
  • हामी सबै कठिन समस्याहरुलाई कृतज भावको साथ सम्झिन सक्छौं जहाँ ईश्वरको सहायताको महसूस गर्न सक्दछौं र ईश्वरको कृपाको कारण परिस्थितिको समाधान भयो । हामी ती सबै अनुभूतिहरु सम्झन सक्छौं जुन ईश्वरले हामीलाई हाम्रोआध्यात्मिक यात्राको समय विश्वास दृढ बनाउन सहायता गर्नु भयो । कृतज्ञताको भावना आध्यात्मिक भावना (भाव) विकास गर्न एउटा महत्वपूर्ण घटक हो ।

एउटा सम्झनु पर्ने महत्त्वपूर्ण कुरा हो कि हामी भावको अवस्थामा निरन्तर रहन सक्षम हुँदैनौं । तर याद राख्नुहोस् त्यो हाम्रो लक्ष्य हो जुन हामी प्राप्त गर्न प्रयास गरिरहेका छौं । भावको निरन्तर अवस्थामा रहिरहनु उच्च आध्यात्मिक स्तरमा मात्रै सम्भव हुन्छ । त्यसकारण यदि तपाईले सुरुमा भाव अनुभव गर्न सक्षम हुनु भएन भने निराश नहुनुहोस् । भाव बढाउन निरन्तर प्रयास गर्नु यो अधिक महत्वपूर्ण हुन्छ । जब हामी अथक प्रयास गर्छौं, तब ईश्वरले हामीलाई भाव र उहाँको दिव्य उपस्थिति अनुभव गर्ने उपहार दिनुहुन्छ । भाव अनुभव गर्नको लागी प्रयास गर्न सक्ने विषयमा अधिक जानकारीको लागी कृपया हाम्रो भाव (आध्यात्मिक भावना्) खण्ड पढ्नुहोस् ।

१०. त्याग

साधकले सामना गर्नुपर्ने चुनौतिहरू

धेरै साधकहरूलाई थाहा हुँदैन कि साधना (आध्यात्मिक अभ्यास) मा कसरी अगाडि बढ्ने । यसमा योगदान पुर्‍याउने मुख्य घटक हो दैनिक दिनचार्यको साथ आफ्नो आरामको क्षेत्र । आफ्नो आरामको क्षेत्र भन्दा बाहिर जान चाहदैन्न् । तसर्थ, साधक आफ्नो साधनामा अधिल्लो चरणको पाइलाहरु चाल्दैनन् ।

साथ-साथै मानिसहरुको धेरै लगावहरु हुन्छन् – त्यो शारीरिक वा भावनात्मक हुन सक्छ । उनीहरुको गलत धारणा हुन्छ कि जुन चिजहरुसँग लगाव हुन्छ तिनीहरुले स्थायी खुशी प्रदान गर्दछ । तर यो कुरा सत्य भन्दा धेरै टाढा छ । तपाईलाई थाहा छदैछ, हामी यस्तो संसारमा बाँचिरहेका छौं जहाँ निरन्तर परिवर्तन भइरहेको हुन्छ र जुन चीजहरूसँग हाम्रो लगाव छ ती चीजहरू परिवर्तन भयो भने हामीलाई असीम दुःख हुन्छ । आफ्नो ईच्छाहरूलाई छोडने र आफ्नो सुविधा क्षेत्र भन्दा बाहिर जाने, यो कुरा गर्नु भन्दा भन्न सजिलो हुन्छ ।

त्यसो भए यसको समाधान के हो ?

त्यागले कसरी सहायता गर्दछ र यसको बारेमा कसरी जान्ने :

त्यागको आध्यात्मिक प्रयास गर्नको लागि ठोस शारीरिक, मानसिक र धनको त्याग गर्न आवश्यक हुन्छ वा ईश्वरको कार्य आध्यात्म प्रसारमा सहभागी हुने ।

तथापि जब ‘त्याग’, ‘संयम’ वा ‘चीजहरू छोड्ने’ कुरा उल्लेख गरिन्छ हामी मध्ये धेरैको गलत धारणा हुन सक्छ की यसको अर्थ हो हामीले अन्ततः आफ्नो सांसारिक जीवन त्याग्नु पर्दछ । कसैले यस्तो सोच्न सक्छ, ‘के गर्ने यदि मैले त्यस्तो गरे तर बदलामा केही पनि पाएन भने ?’ यसले गर्दा हामी यस प्रकारको साधना (आध्यात्मिक अभ्यास) गर्न डराउँदछौं र हिचकिचाउँछौं ।

यस अभ्यासको भाव बुझ्नु महत्त्वपूर्ण छ । यसलाई प्रेमको साथ गर्नु आवश्यक हुन्छ, त्यस्तो अवस्थामा आफुले त्याग गरिरहेको अनुभव पनि हुँदैन । एउटा सांसारिक उदाहरण जसले हामीलाई यस प्रकारको त्याग बुझ्न सहायता गर्छ त्यो हो आमा, बाबाले आफ्ना बच्चाहरूको लागि गरेको त्याग । उनीहरु आफ्ना बच्चाहरूले उत्तम अवसरहरू पाओस् भनेर निश्चित गर्न धेरै कठिनाइहरू र त्याग गर्दछन् । उनीहरूले यसलाई कहिल्यै पनि कठिनाइको रुपमा महसूस गर्दैन्न् किनभने यो प्रेमसँग गरिन्छ । आध्यात्मिक अभ्यासको रूपमा त्याग गर्नु पनि त्यस्तै हुन्छ । केवल भिन्नता यो हुन्छ कि यहाँ हामी आफ्नो सृष्टिकर्ताबाट प्राप्त गरेको थोरै अंश उहाँको सेवा गरेर फिर्ता गर्दछौं । तर यसको लागि मेहनत गर्नुपर्छ र व्यक्ति अझै पनि आफ्नो सुविधा क्षेत्रबाट बाहिर जान र आफ्नो मन, शरीर वा धनको त्याग गर्न संकोच गर्दछ ।

त्यसैले हामी त्यागको सानो रुपबाट सुरु गर्न सक्छौं । मानिलिनुहोस् तपाईको एउटा बानी छ जसमा तपाई लक्ष्यहीन रूपमा फेसबुक जस्तो सामाजिक मिडिया च्यानल हेर्नुहुन्छ र तपाई आफ्नो फेसबुक पोष्टको लाईक संख्या जाँच गर्न एक घण्टा समय बिताउनु हुन्छ । अब मनको एउटा सानो त्यागको रुपमा त्यो समयमा तपाई एकाग्रताको साथ नामजप साधना गर्नुहोस् । तपाईले महसूस गर्नुहुने छ कि प्रतेक पटक तपाई ईश्वरको नजिक जानु हुन्छ वा उहाँको सेवा गर्नु हुन्छ तपाईलाई फाइदा हुन्छ – त्यो शारीरिक, मानसिक वा सधै आध्यात्मिक हुन सक्छ ।

जब हामी स्वयंलाई अर्पित गर्छौं – चाहे त्यो मन, शरीर वा धन होस् – हामी ईश्वरको कृपा प्राप्त गर्नको लागि आफु भित्र खाली ठाउँ सिर्जना गर्दछौं । जब हामी हाम्रो सुविधा क्षेत्रबाट बाहिर गएर ईश्वर तर्फ एक पाइला बढाउने प्रयास गर्दछौं, हामी अनुभव गर्न सक्छौं कि उहाँले हाम्रो लागि अझै धेरै गरिरहनु भएको छ । यसले हामीलाई दिव्यता अनुभवको लागि हाम्रो सांसारिक अस्तित्वलाई धेरै भन्दा धेरै त्याग गर्न विश्वास दिन्छ ।

केही माध्यमहरुबाट हामी त्याग गर्न सक्छौं :

  • सत्सेवा (ईश्वरको सेवा) गर्नको लागि आफ्नो खाली समय दिने
  • उहाँको सेवा गर्नको लागी हाम्रो कला र कौशल अर्पणगर्ने
  • आध्यात्मफैलाउन मद्दत गर्नको लागि दान दिने
  • यदि हामीसँग केहि पनि छैन भनेपनि हामीसँग भौतिक शरीर छ । हामी आध्यात्मिक कार्यशालाको लागि परिसर सफा गर्न मद्दत गर्न सक्छौं ।

त्याग आफ्नो क्षमता अनुसार गर्न सकिन्छ । जब हाम्रो साधनाको गुणस्तर र मात्रा बढ्दै जान्छ, हाम्रो त्याग गर्ने चाहना स्वतः बढ्दछ । अन्तत: हामीले शरीर, मन र धनसँग सम्बन्धित हाम्रो  सबै ईच्छाहरुको त्याग गर्नु पर्दछ । जब हामी हाम्रो सांसारिक जीवनको सबै ईच्छाहरू पूर्ण रूपमा त्यागदछौं तब हामी ईश्वरलाई पूर्ण रूपमा अनुभव गर्न सक्छौं ।

अधिक जानकारीको लागि कृपया खण्ड त्याग पढ्नुहोस् ।

११. प्रीति (आध्यात्मिक प्रेम)

साधकले सामना गर्नुपर्ने चुनौतीहरू

आजको संसारको कठोर वास्तविकता भनेको अधिकांश व्यक्तिहरू स्व-केन्द्रित हुन्छन् । व्यक्तिहरु जो अरूको बारेमा वास्तवमा सोच्दछन् र अरुलाई आफू भन्दा बडी प्राथमिकता दिन्छन्, उनीहरु दुर्लभ हुन्छन् । 

ईश्वरको प्रेम, जुन आध्यात्मिक प्रेम हो वा प्रीति अरूको लागि निःस्वार्थ प्रेमको प्रतीक हुन्छ । धेरै उच्च आध्यात्मिक स्तरको सन्तहरूले अरूप्रति र सम्पूर्ण सृष्टिको लागि निःस्वार्थ प्रेम गर्नुहुन्छ ।

ईश्वरको यो अनौठो गुणले उहाँलाई सबै मानवजाति र आध्यात्मिक आयामका सबै सूक्ष्म इकाई प्रति मायालु बनाउँदछ ।

यदि साधक ईश्वरसँग एकरुप (लीन) हुन चाहन्छ भने, प्रीति आध्यात्मिक गुण बढाउने प्रयास गर्नुपर्छ किनकि तेल पानीसँग भिन्न गुण भएको कारण मिसिन सक्दैन । त्यसै गरि स्व-केन्द्रित व्यक्ति भगवानसँग एकरुप हुन सक्दैन किनकि भगवानको गुण हो प्रीति ।तर स्वार्थी र स्वकेन्द्रित संसारले घेरिएको अवस्थामा व्यक्तिले निःस्वार्थ प्रेमको प्रदर्शन गर्ने प्रयास सजिलो हुँदैन । आजको संसारमा, हामीले आफैंलाई पहिलो प्राथमिक्ता दिनु सामान्य बानि भैसकेको छ । हामी डराउँदछौं कि अरूले हामीलाई नम्र हुँदा कम्जोर ठानेर हाम्रो फाइदा उठाउन सक्छन् ।

त्यसोभए कसरी आजको संसारमा एउटा मायालु व्यक्तिमा परिवर्तन हुन सकिन्छ ?

त्यसैले कसरी प्रीति (आध्यात्मिक प्रेम) को अभ्यास गर्ने यो चरण आउँदछ ।

प्रीतीको अभ्यासले कसरी साधकलाई सहायता गर्दछ

यदि यहाँ एउटा चीज छ जसले सबै सीमाना पार गर्दछ, त्यो हो प्रेम ।

तपाईसँग आध्यात्मिक ज्ञान हुन सक्छ, तर यदि तपाईसँग प्रेम छैन भने, मानिसहरुले तपाईसँग घनिष्ठता अनुभव गर्दैनन् ।

 प्रेम हाम्रो सबै कार्य, बोली र व्यवहारमा देखिनु पर्छ, यो प्रत्येक जीवित प्राणी र निर्जीव वस्तुहरुको लागि हुनु पर्छ र यो प्रेम भित्रबाटनै आउनु पर्छ । यसको नक्कल पार्न सकिदैन । ईश्वर सोच्नुहुन्छ कि सारा संसार उहाँकै हो, त्यसकारण हामी अन्ततः त्यो चरणमा पुग्नु पर्छ जहाँ हामीले पनि सोच्नु पर्दछ कि पुरै संसार हाम्रो हो । अनि मात्रै, हामी ईश्वरसँग एक हुन सक्छौं ।

हामी एक दिनमा प्रीति (आध्यात्मिक प्रेम) भएको व्यक्तिमा परिवर्तन हुन सक्दैनौं ।

त्यसकारण, हामीले साना दैनिक प्रयासहरू गरेर यसलाई सुरु गर्न आवश्यक छ, जसको केही उदाहरणहरू तल दिईएको छ ।

  • अरूको लागि केहि गर्ने र पछि अरूको लागि केही गर्नको लागि आफ्नो बाटो भन्दा पनि फरक बाटो जाने
  • मेरो इच्छाको सट्टा अरूको इच्छाअनुसार कार्य गर्ने, प्रीति अभ्यास गर्नको लागी यो एउटा महत्वपूर्ण प्रयास हो ।
  • नम्र र मायालु तरिकाले बोल्ने
  • स्वभाव दोष निर्मूलन प्रक्रियाबाट आफ्नो अपेक्षाहरुकम गर्न प्रयासहरू गर्ने
  • अरूप्रति आलोचना र पूर्वाग्रह नराखि सहनशील र बुझकी हुने
  • निःस्वार्थ भावले कार्यहरु गर्नु
  • सामान्यतया सबै कुरामा भगवानलाई देख्ने प्रयास गर्ने र भाव (आध्यात्मिक भावना) राख्ने कि अन्यको सेवाबाट तपाई ईश्वरको सेवा गर्दै हुनुहुन्छ ।
  • अन्यको परिस्थितिमा सहानुभूति देखाउने प्रयास गर्ने ।
  • अन्यकोप्रशंसा र उनीहरु प्रति कृतज्ञता व्यक्त गर्ने ।
  • माफी दिनको लागि अभ्यास गर्ने  । जहाँ तपाईले माफी मात्रै होइन, पुरै घटनालाई नै बिर्सनुहोस् ।
  • अरूलाई आध्यात्मको महत्त्व बुझाउन मद्दत गर्ने र उनीहरूलाई साधनाको अभ्यास गर्न मद्दत गर्ने

सुरुमा, यो सह-साधकहरु र प्रियजनहरूसँग अभ्यास गर्न सकिन्छ । बिस्तारै-बिस्तारै, हामी यसको अभ्यास क्षेत्रलाई बढाउन सक्छौं जसमा साथीहरू, सहकर्मीहरु, परिचितहरु, अज्ञात व्यक्तिहरु, जनावरहरु, निर्जीव वस्तुहरू र हाम्रो शत्रुहरू पनि समावेश गर्न सक्दछौं ।

जब हामी त्यस्ता प्रयासहरू हाम्रो दैनिक जीवनको एउटा हिस्सा बनाउँछौं, हामी अरूप्रति बढी मालायु हुन्छौं । हामी कुनै अपेक्षा बिनानै अरूको निःस्वार्थ सेवाबाट आनन्दित अनुभव गर्न थाल्छौं । यसले हामीलाई अधिक प्रयास जारी राख्नको लागि प्रोत्साहित गर्दछ । सुरुमा हामीले अरू प्रति बढी सोच्ने प्रयास गर्नु पर्छ,  र पछि जब ७०% आध्यात्मिक स्तर हुन्छ अर्थात सन्तपद प्राप्त हुन्छ तब वास्तबमा प्रीति विकसित हुन थाल्छ ।

थप जानकारीको लागि कृपया खण्ड प्रीति (आध्यात्मिक प्रेम) पढ्नुहोस् ।

१२. निष्कर्ष

आध्यात्मशास्त्र अनुसार, जीवनको मुख्य उद्देश्य आध्यात्मिक प्रगति गर्नु हो । यो सबै मानवीय लक्ष्य र प्रयासहरू भन्दा महान हुन्छ । आध्यात्मको परम चरण तर्फ जादा हामीलाई अनन्दको अनुभव गर्ने उपहार प्राप्त हुन्छ, जुन उत्कृष्ट रुपको खुशी हो र यो खुशी केहीमा पनि निर्भर हुँदैन । यस अवस्थामा, व्यक्ति कुनै पनि परिस्थिति भएपनि आनन्दित रहन्छ । उच्च आध्यात्मिक स्तर भएका व्यक्तिहरूको प्रभाव यस्तो हुन्छ कि यसले सबै वरपरका चीजहरूलाई सकारात्मक रूपमा प्रभाव पार्दछ ।

संयुक्त राष्ट्र अनुसार, एउटा व्यक्तिको औसत आयु लगभग ७२ बर्षको हुन्छ । यसले हामीलाई हाम्रो लक्ष्यमा पुग्न ५० वयस्क वर्ष (वा लगभग १८२५० दिन) भन्दा केही अधिक समय दिन्छ  । यो लेख पढ्नेबेलामा तपाई कति उमेरको हुनु हुन्छ त्यसमा निर्भर गर्दछ, एक साधकको रूपमा तपाईले अनुभव गर्न सक्नु हुनेछ कि आध्यात्मिक लक्ष्य प्राप्त गर्नको लागि अब सीमित समय बाँकी छ । एउटा गम्भीर टिप्पणी, यदि हामी आध्यात्मिक स्तरको एक निस्चित स्तरमा पुगेनौ भने, कर्मको नियम (प्रारब्ध) अनुसार हामी पृथ्वीमा लेन-देन खतम गर्न फेरी जन्म लिनु पर्छ । कलियुगको वर्तमान युगमा पृथ्वीमा पुनर्जन्म लिनु भनेको सामान्यतय जीवनमा सुख भन्दा दु:ख बढी भोग्नु पर्नेछ ।

अब यहाँ एउटा कुरा छ जुन हामी कहिल्यै पनि फर्केर पाउने छैनौं – त्यो हो समय, र एउटा चीज जुन छिटै बित्दछ सक्छ – त्यो हो समय । एक दिन, हामी उठ्छौ र महसूस गर्छौं कि हामी हाम्रो जीवनको कष्टदायक अवस्थामा छौं र हामी छक्क पर्छौं समय कहाँ गयो । त्यसकारण, आध्यात्मिक रूपमा प्रगति गर्न चाहने साधकले प्रत्येक दिन गणना गर्नु आवश्यक हुन्छ किनकि आध्यात्मिक रूपमा उच्च आध्यात्मिक स्तरहसम्म बढ्नको लागि पुरै जीवन लाग्न सक्छ । हाम्रो प्रार्थना छ कि साधकहरूले यस ज्ञानको सदुपयोग गरेर अष्टांग साधना अर्थात गुरुकृपायोग अनुसार साधनाको अभ्यास गरेर द्रुत गतिमा आध्यात्मिक प्रगति गर्न सकोस् ।