साँचो क्षमा के हो ? – एउटा गहिरो अन्तरदृष्टि

यस लेखलाई २५ जुन २०२० मा अद्यावधिक गरिएको छ

तपाईलाई कसैले कष्ट दिएको छ भने उसलाई आध्यात्मिक कारणहरुले गर्दा माफ गर्न धेरै गाह्रो हुन सक्छ, तर तपाईको कर्म र आध्यात्मिक कल्याणको लागि उसलाई माफ गरेर अगाडि बढ्नुनै तपाईको लागि लाभदाईक हुन्छ ।

साँचो क्षमा के हो ? - एउटा गहिरो अन्तरदृष्टि

सम्क्षिप्त सारांश

जब कसैले हामीलाई गहिरो चोट पुर्‍याउँछ, त्यस व्यक्तिलाई क्षमा गर्न सजिलो हुँदैन । हाम्रो मन रिस र बदलाको विचारहरूले भरिनु पनि यस अवस्थामा स्वाभाविक हो । तर त्यस्ता विचारहरूले हामीलाई थप हानि मात्रै पुर्‍याउँछ । क्षमाको अर्थ हो यस्तो हानिकारक विचारहरुको त्याग गर्नु । यस्तो भन्न सजिलो हुन्छ तर गर्न कठिन, हाम्रो स्वाभावदोष र व्यक्तिसँग प्रारब्धको आधारमा क्षमा गर्ने क्षमता/सामथ्र्य सीमित हुन जान्छ । घटनाको कर्मबाट साँच्चिकै मुक्ति पाउनको लागि केवल सच्चा मनबाट माफ गर्ने क्षमता मात्र नभएर त्यस घटनालाई बिर्सन पनि सक्नु पर्दछ । यो तब सम्भव हुन्छ जब व्यक्ति अनुकूल साधना (आध्यात्मिक अभ्यास) को लागि ठोस प्रयास गर्दछ ।

1. क्षमाको परिचय

एउटा पत्रकारले दलाई लामालाई सोध्यो कि चीनले तिब्बतलाई कब्जा गरेकोमा तपाई चिनसँग रिसाउनु भएको छ । दलाई लामाले जवाफ दिनु भयो, “उनीहरूले हामीबाट सबै कुरा लिएका छन्, के अब म मेरो मन पनि तिनीहरुलाई कब्जा गर्न दिनु ?”

आफ्नो क्रोध र रीस छोड्नु मनको शान्ति र कल्याणको लागि लाभदाईक हुन्छ ।

तर, यो पुरानो उखान अनुसार क्षमा गर्न र बिर्सन के साँच्चै सम्भव हुन्छ ? क्षमा गरिदिने यो हामी बुझ्न सक्छौं, तर ‘भुल्न’; के पुरानो घटनाहरु भुल्न ठिक हुन्छ ? यस सन्दर्भमा हामीले यो भनाई पनि सुनेका छौं – ‘इतिहासबाट नसिक्ने व्यक्तिहरुले त्यसलाई फेरि दोहोर्याउने छन्’ जसको अर्थ यो पनि हुन्छ ‘ जसले इतिहासलाई याद गर्दैनन् उनीहरूले आफ्नो गल्तीलाई फेरि दोहोर्याउँछन् “।

त्यसोभए, क्षमाको वास्तविक अर्थ के हो र के बिर्सनु बुद्धिमानी हो ?

२. क्षमाको परिभाषा

छमा/माफिको विषय र यसको गुणहरू मनोभौतिक स्तरमा विस्तृत रूपमा चर्चा गरिएको छ र विभिन्न मनिसहरुको लागि यसको अर्थ फरक हुन सक्दछन् ।

साँचो क्षमाको परिभाषामा, अपराधीप्रति सकारात्मक भावनाहरूको आवश्यकता छ कि छैन भन्ने कुरामा धेरै बहस भएको छ । धेरै विशेषज्ञहरु यस कुरामा सहमत छन् कि कम्तिमा पनि गहिरो नकारात्मक भावहरु जस्तै रिस, क्रोध, घृणा, बदला र द्वेष जस्ता विचारहरु त्याग गर्न आवश्यक हुन्छ । यसमा अर्को व्यक्तिले माफी माग्नु पर्छ भन्ने अपेक्षा पनि त्याग गर्नु पर्दछ ।

यसको बलियो र समग्र परिभाषाको लागि सबैमा जस्तो, यसलाई शारीरिक या मनोवैज्ञानिक दृष्टिकोणबाट मात्र नभई आध्यात्मिक दृष्टिकोणबाट पनि हेर्नु महत्त्वपूर्ण हुन्छ । यस्तो किनभने हाम्रो जीवनमा घट्ने घटनाहरूको अनुपात (राम्रो या नराम्रो) कर्म या प्रारब्धमा निर्भर हुन्छ जुन हामीले भोग्नुपर्दछ । प्रतिकूल कर्म या प्रारब्ध एउटा आध्यात्मिक समस्या हो । यसको अर्थ हो कि हाम्रो जीवनमा घटने अधिकांश महत्वपूर्ण घटनाहरु जहाँ हामीलाई लाग्छन् कि दु:ख पुराएका छन् र अगाडि बढ्नको लागि क्षमा गर्न आवश्यक छन्, अधिकतर कर्मसँग सम्बन्धित हुन्छन् ।

साँचो क्षमाको अर्थ के हो ?

साँचो क्षमा के हो ? - एउटा गहिरो अन्तरदृष्टि

परातपर गुरु डा. जयंत बालाजी आठवलेज्यू, जो एसएसआरएफको प्रेरणाको श्रोत हुनु हुन्छ र आध्यात्मिक अनुसन्धान टोलीलाई मार्गनिर्देशन गर्नुहुन्छ, आध्यात्मिक दृष्टिकोणबाट साँचो क्षमाको अर्थ के हो, यसको परिभाषा प्रदान गर्नु भएको छ । परातपर गुरु उच्च स्तरको गुरु हो, जसको ९०% भन्दा अधिक आध्यात्मिक स्तर हुन्छ ।

“साँचो क्षमा भनेको क्रोध र बदलाको भावनालाई भुल्नु मात्र होइन, पुरै घटनालाई नै  बिर्सनु हो ।”

परातपर गुरु डा. आठवले

जबकि यो औसत व्यक्तिको लागि असम्भव लाग्न सक्छ, आध्यात्मिक दृष्टिकोणबाट यस्तो स्तरको क्षमा सबै कार्मिक बन्धनलाई त्यागेर र ईश्वरसँग एक हुन आवश्यक हुन्छ । त्यसकारण, ईश्वर-प्राप्ति गर्न आध्यात्मिक दृष्टिकोणबाट क्षमा र घटनालाई बिर्सनु आवश्यक हुन्छ ।

३. क्षमाको अवधारणामा गहिरो अन्तरदृष्टि प्राप्त गर्दै

आध्यात्मिक दृष्टिकोणबाट क्षमाको अवधारणा बुझ्न, सर्वप्रथम हामीले कर्म या प्रारब्धको अवधारणा बुझ्नुपर्छ । यहाँ प्रस्तुत गरिएको ज्ञानको स्रोत विभिन्न पवित्र ग्रंथहरु र थप स्पष्टीकरण उन्नत छैठौं इन्द्रिय प्रयोग गरेर आध्यात्मिक अनुसन्धान बाट प्राप्त गरेको छ ।

साँचो क्षमा के हो ? - एउटा गहिरो अन्तरदृष्टि

हामी सबैको जन्म एउटा निश्चित प्रारब्धको साथ भएको हुन्छ । प्रारब्ध हाम्रो जीवनको त्यो अंश हो जुन हाम्रो नियन्त्रणमा हुँदैन । अघिल्लो जीवनमा हामीले गरेका कर्महरुको प्रभावबाट हाम्रो जीवन प्रारब्धको घटनाहरूले भरिएका हुन्छन् जसले गर्दा हामीले भोग्ने खुशी र पीडाको एकाइहरू निश्चित हुन्छन् । यो अघिल्लो जीवनबाट अर्जित पाप र पुन्यमा आधारित हुन्छ । वर्तमान युगमा, हाम्रो जीवनको लगभग ६५% घटनाहरू प्रारब्धको कारणले हुन्छ, जबकि ३५% जीवन हाम्रो क्रियामाण कर्म (स्वतन्त्र इच्छा) अनुसार हुन्छ ।

जीवनको सबै प्रमुख घटनाहरू जस्तै विवाह, राम्रो र नराम्रो सम्बन्धहरू, दुर्घटनाहरू र मुख्य बिमारीहरू प्राय व्यक्तिको प्रारब्धको कारण हुन्छ । तसर्थ, दु:ख र पीडा जुन प्रारब्धको कारणले हुन्छ; त्यस्ता घटनाहरू मार्फत हुनेगर्छ । मानिसहरु जसले हाम्रो जीवनमा अधिकतम पीडा वा खुशी दिन्छ प्राय: उनीहरु यस्ता गरिरहेका हुन्छन् जसले गर्दा अघिल्लो जन्महरुका लेन-देनका हिसाब समाप्त गरिरहेका हुन्छन् ।

हाम्रो मन भावना र मनोभावहरूको केन्द्र हो । यो सचेत मन र अवचेतन मनले बनेको हुन्छ । जबकि सचेत मन तुलनात्मक रुपमा सानो छ, यो हाम्रो मनको त्यो अंश हो जसको बारेमा हामी सचेत हुन्छौं । अर्कोतर्फ अवचेतन मनको बारेमा हाम्रो बुझाई अल्प छ, यसो भएता पनि यसले सचेत मनलाई भारी मात्रामा प्रभाव पार्छ । यसमा लाखौं संस्कारहरु समावेश हुन्छ जसले हाम्रो गुण, दोष र व्यक्तित्व विशेषताहरूलाई परिभाषित गर्दछ ।

प्रारब्ध घटनाहरूको सबै संस्कारहरु हाम्रो अवचेतन मनमा भण्डार हुन्छ जुन एउटा सूक्ष्म केन्द्र लेन-देनको खाता अन्तर्गत हुन्छ । हामी बुद्धिमान भएता पनि लेन-देनको खाता केन्द्रले दुई मानिस बिचमा प्रारब्धको खाता जस्तो छ त्यहि अनुसार कार्य गर्दछ ।

कसरी लेन-देनको खाता केन्द्रले हाम्रो निर्णयमा प्रभाव पार्छ भन्ने बारे विस्तृत जानकारीको लागि पढ्नुहोस् –लेन-देनको खाता कार्यप्रणालीको संयन्त्र र कुनै बेला हामी जे गर्छौं त्यो किन गर्छौं ?

यी सबै कुराहरु कसरी हाम्रो आध्यात्मिक दृष्टिकोणबाट छमा (माफी) को विषयसँग सम्बन्धित हुन्छ ?

हामी दुईटा परिदृश्यहरुको काल्पनिक उदाहरणहरु हेर्यौं ।

साँचो क्षमा के हो ? - एउटा गहिरो अन्तरदृष्टि

परिदृश्य १ : मानौं अघिल्लो जीवनकालमा व्यक्ति A ले व्यक्ति B लाई हानी पुराएर ५ एकाइ दु:ख दिएको थियो । त्यसपछि एउटा प्रारब्धको खाता सृजना भयो जाहाँ व्यक्ति A ले यसलाई समाप्त गर्नको लागि व्यक्ति B बाट ५ एकाइको पीडा भोग्नु पर्दछ । यदि केहि कारणले त्यो खाता त्यस जीवनकालमा समाप्त भएन भने अर्को जीवनकालमा जान्छ । त्यसकारण आउने जीवनमा व्यक्ति B र व्यक्ति A लाई एउटै परिस्थितिमा जोडिदिनेछ । यो स्थितिमा, व्यक्ति B (आफ्नो लेन देन केन्द्रबाट प्रभावित भएर)  व्यक्ति A लाई ५ एकाइ पीडा दिन्छ ।

परिदृश्य २ : मानौं व्यक्ति B ले व्यक्ति A लाई वर्तमान जीवनकालमा पहिलो पटक भेट्दैछ र अघिल्लो जीवनकालमा व्यक्ति B को व्यक्ति A सँग भेटघाट भएको छैन । अब यदि व्यक्ति B ले व्यक्ति A लाई वर्तमान जीवनकालमा ५ एकाइ पीडा/कष्ट दिएर हानि पुर्याउँछ भने, उसले व्यक्ति A सँग नयाँ प्रारब्ध लेन-देनको खाता सुरु गर्दछ ।

यी दुई परिदृश्यहरुबाट व्यक्ति A ले व्यक्ति B लाई क्षमा गर्ने क्षमतामा कसरी असर गर्दछ ?

वर्तमान जीवनकालमा परिदृश्य १ बाट, व्यक्ति B ले व्यक्ति A लाई ५ एकाइ पीडा फर्काएपछि, व्यक्ति A ले व्यक्ति B लाई क्षमा गर्न सजिलो हुन्छ । यस्तो किनभने व्यक्ति B ले लेन-देनको खाता समाप्त गर्छ र व्यक्ति A ले अवचेतन रुपमा लेन-देन खाता पूर्ण भएको मान्दछ ।

साँचो क्षमा के हो ? - एउटा गहिरो अन्तरदृष्टि

परिदृश्य २ मा, तथापि, व्यक्ति B द्वारा नयाँ खाता सिर्जना गरेको हुनाले, व्यक्ति A ले व्यक्ति B लाई क्षमा गर्न गाह्रो हुन्छ ।

साँचो क्षमा के हो ? - एउटा गहिरो अन्तरदृष्टि

क्षमा र प्रारब्धको नियम र लेन देनको खाता

अब, परिदृश्य १ मा हामी अर्को परिप्रेक्ष्य थप्नेछौं जुन हामीले आध्यात्मिक अनुसन्धानबाट थाहा पायौं । यदि व्यक्ति B ले अघिल्लो जीवनकालमा व्यक्ति A लाई क्षमा गरेको छ भने आउने जीवनकालमा व्यक्ति A ले भोग्नु पर्ने प्रतिकूल प्रारब्ध कम हुन्छ । तर यसको लागि व्यक्ति A ले पनि पूर्ण रूपमा पश्चाताप महसुस गर्नु पर्दछ, तब मात्र उसले गरेको पाप केही हदसम्म कम हुन्छ । त्यसकारण, नकारात्मक खाता अझै रहिरहन्छ, व्यक्ति B लाई हानी गरेको नकारात्मक कर्मको कारण व्यक्ति A ले सहनु पर्ने पीडाको तीव्रता कम हुन्छ ।

व्यक्ति जो साँचीकै माफ गर्न चाहन्छन् र जो साँचो पश्चाताप गर्दछन् प्रायः ती मानिसहरुको स्वाभावदोष भन्दा बढी गुणहरू हुन्छन् र उनीहरु उच्च आध्यात्मिक स्तरमा हुन्छन् । त्यस्तो व्यक्ति असन्तुष्टि र बदलाको भावना राख्नुको सट्टा उदार र समानुभूतिको भावना राख्दछन् ।

स्वाभाव दोष र त्यसले क्षमा गर्नुमा प्रभाव, प्रारब्धको नियम र लेन-देनको खाता

साँचो क्षमा के हो ? - एउटा गहिरो अन्तरदृष्टि

यदि व्यक्तिमा अधिक स्वाभावदोषहरु छ जस्तै क्रोध, बदलाको प्रकृति र अधिक अहं जस्तै घमण्ड भएमा, त्यस्तो व्यक्तिमा माफ गर्ने या पश्चातापको भावना अत्यन्त अल्प हुन्छ । एउटा व्यक्तिको ९८% व्यक्तित्व अघिल्लो जीवनकालको संस्कारबाट आएको हुन्छ ।

जब त्यस्ता व्यक्तिहरूले एक अर्कालाई चोट पुर्‍याउँछन्, उनीहरु नकारात्मक लेन-देन खाताको दुष्चक्रमा पर्दछन्, जुन एउटा पिंग-पंग युद्ध (ping pong battle) को खेल जस्तै अनेक जीवनकालहरुमा एक-अर्कालाई पीडा दिइरहन्छन् । स्वाभावदोषहरुले पनि खाताहरू समाप्त गर्न दिँदैन र वास्तवमा खातालाई बढाउन पनि सक्छ । तल कसरी यस्तो हुन्छ भन्ने उदाहरणहरु हेरौं ।

साँचो क्षमा के हो ? - एउटा गहिरो अन्तरदृष्टि

उदाहरणको लागि, हामी माथिको परिदृश्य १ मा फर्कौं जहाँ व्यक्ति B ले आफ्नो ५ एकाइ पीडा व्यक्ति A लाई फिर्ता गर्नुछ । यदि व्यक्ति B सँग अधिक स्वाभाव दोष र उच्च अहं छ भने, उसले केवल ५ एकाइ पीडा व्यक्ति A लाई फिर्ता दिनुको सट्टा उसले प्रतिकूल प्रारब्धको खातालाई अनुचीत तरीकाले फिर्ता गर्दछ (उसले ५ एकाइ पीडाको लागि ८ एकाइ पीडा दिन्छ), जसले गर्दा व्यक्ति A सँग नयाँ प्रतिकूल प्रारब्ध खाता सिर्जना गर्दछ, र यसको समाधान या त वर्तमान जीवनकालमा या आउने जीवनकालहरुमा गर्नुपर्छ ।

४. क्षमामा नकारात्मक ऊर्जाको प्रभाव

साँचो क्षमा के हो ? - एउटा गहिरो अन्तरदृष्टि

कहिलेकाँही जीवनमा, लेन-देनको खाता वा प्रारब्धको खातामा भाग लिने केवल दुई सहभागीहरू मात्र हुँदैनन्, तर तेस्रो तत्व पनि उपस्थित हुन सक्छ, जनु नकारात्मक मनसाय भएको सूक्ष्म हो । त्यस्ता सूक्ष्म एकाइहरूलाई नकारात्मक उर्जा भन्छौं ।

मानौं एउटा परिस्थितिमा विवादमा संलग्न २ व्यक्तिहरुमा २०% क्रोध उत्पन्न हुनु थियो । यहाँको सहभागी मध्ये एक जानालाई नकारात्मक ऊर्जाले कब्जा गरेको छ, यसको मतलब त्यो व्यक्ति नकारात्मक उर्जाको नियन्त्रणमा छ । नकारात्मक ऊर्जाले आफ्नो कालो उर्जाद्वारा दुबै व्यक्तिलाई छोपेर स्थिति बिगार्न सक्छ । यसले एउटा प्रतिकूल परिणामको सिर्जना हुन्छ जुन सामान्यतया आशा गरेको  भन्दा अधिक असामान्य हुन्छ । नकारात्मक उर्जाहरुको हस्तक्षेपले गर्दा विवादमा संलग्न व्यक्तिहरुलाई एक अर्कालाई माफ गर्न गाह्रो बनाइ दिन्छ ।

हामीले यो विषय किन यहाँ राखेका हौं; किन भने वर्तमान विश्वमा यस्तो घटनाहरुले महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । आध्यात्मिक अनुसन्धानको माध्यमबाट हामीलाई ज्ञात भयो कि विश्वको लगभग ३०% जनसंख्या नकारात्मक उर्जाले ग्रस्त छ, जब कि  वर्तमान युगमा ५०% मानिसहरु प्रभावित छन् । यसको मतलव विश्वको ८०% जनसंख्या नकारात्मक उर्जाद्वारा आक्रमण हुने खतरामा पर्दछ र नकारात्मक ऊर्जाले मानिसहरु बीच झगडा सक्रियताको साथ प्रभावित गर्न सक्दछ ।

त्यस्ता नकारातमक उर्जाहरुले व्यक्ति माथि अधिकार जमाउन सक्दछन् किनभने आजको विश्वमा प्रचलित सर्वभैमिक सिद्धान्तहरू अनुसार साधना (आध्यात्मिक अभ्यास) गर्दैन्न् र साथ-साथै नकारात्मक ऊर्जाहरुले व्यक्तिको स्वाभावदोषहरु जस्तै क्रोध, लोभ र घृणा जस्ता दोषहरु प्रयोग गरेर व्यक्ति तथा समाजमा अधिक समस्याहरुको सिर्जना गर्दछन् ।

दुई या दुई भन्दा ज्यदा व्यक्तिहरु बिचको मतभिन्नताको कारण हुन सक्छ :

  • लेन-देन खाताहरूको सिर्जना गर्ने या समाप्त गर्ने : धेरै जसो, प्रमुख विवादास्पद घटनाहरु अघिल्लो जीवनकालका खाताहरू समाप्त गर्नको लागि हुन्छ । जब कि व्यक्तिले मलाई यस जीवनमा हानी पुराएकको जस्तो लाग्छ – यो सम्भव हुन सक्छ की मैलेनै पहिलाको जीवनकालमा उसलाई चोट पुर्याएर नकारात्मक प्रारब्ध (कर्म) को खाता शुरू गरेको थिएँ । सामान्यतया श्रीमान / श्रीमती र नजीकको परिवारको सदस्यहरुसँग लेन-देनको खाताहरु अधिक हुन्छ – यही कारणले गर्दा उनीहरूले हामीलाई हाम्रो जीवनमा अधिकतम मात्रामा खुशी या दु:ख दिन्छन् ।
  • नकरात्मक उर्जाहरु : यी सूक्ष्म तत्वहरू जसले मानिसहरुलाई कब्जा गर्दछन्, तिनीहरुले व्यक्तिहरु बीचको झगडा र दुश्मनी बढाइदिन्छन् ।

५. साधनाले क्षमा गर्न कसरी सहायता गर्दछ

सुरुमा, समग्र रूपमा सुक्ष्म/आध्यात्मिक कारकहरूले कुनै पनि असहमतिमा (शारीरिक/मनोवैज्ञानिक कारकहरुको साथ) व्यक्तिलाई दार्शनिक दृष्टिकोण दिएर उनीहरुको क्रोध र आक्रोशलाई हटाइ अगाडि बढ्न सहयोग गर्दछ । यसले अन्तर्दृष्टि पनि प्रदान गर्दछ कि किन कोही व्यक्तिलाई छमा गर्न सजीलो हुन्छ ।

क्षमाको अवधारणा स्वाभाविक रुपमा एउटा आध्यात्मिक मुद्दा हो जुन लेन-देन खाता र प्रारब्ध (कर्म) द्वारा प्रभावित हुन्छ जुन हामीले परिदृश्य १ मा व्यक्ति A र व्यक्ति B बीच देख्यौं । यदि कुनै पनि समस्याको मूल कारण आध्यात्मिक हो भने, यस्तो समस्या समाधान गर्ने उत्तम तरिका आध्यात्मिक उपायहरु हुन् ।

प्रतिकूल प्रारब्धलाई पार गर्न उत्तम आध्यात्मिक समाधान भनेको साधना (आध्यात्मिक अभ्यास) हो जुन सर्वभैमिक सिद्धान्तहरू अनुसार हुनुपर्छ । साधना (आध्यात्मिक अभ्यास) ले प्रतिकूल प्रारब्धलाई नष्ट गरिदिन्छ । यो कसरी हुन्छ ? परिदृश्य १ को उदाहरणमा जाऔं ।

अघिल्लो जीवनकालमा, यदि व्यक्ति A ले साधना (आध्यात्मिक अभ्यास) गर्दथ्यो भने, उसको साधनाबाट उत्पन्न आध्यात्मिक उर्जा उसको प्रतिकूल प्रारब्ध घटाउन निर्देशित हुन्छ जसमा व्यक्ति B सँग उसको प्रतिकूल प्रारब्ध समावेश हुन सक्छ । यो अवस्थामा, व्यक्ति A  को साधनाबाट उत्पन्न आध्यात्मिक उर्जा सूक्ष्म स्तरमा व्यक्ति B को  लेन देन-खाता केन्द्रको नकारात्मक प्रभावलाई हटाउन मद्दत हुन्छ । व्यक्ति B ले व्यक्ति A को साधनाबाट उत्पन्न सत्वतत्व प्राप्त हुन्छ । त्यसैले, व्यक्ति B ले अवचेतन स्तरमा व्यक्ति A सँग रहेको नकारात्मक खातालाई बिर्सनेछ ।

अर्को व्यक्तिलाई क्षमा गर्नाले, यसले क्षमा गर्ने व्यक्तिको आध्यात्मिक प्रगतिमा सहयोग पुर्याउँछ र शीग्र आध्यात्मिक प्रगति हुन्छ । यस्तो किन हुन्छ भने व्यक्तिले क्षमा गर्ने प्रकृयामा कृति गर्नाले अधिक प्रारब्धका खाताहरु सृजना गर्ने सम्भावना कम हुन्छ । साथै, साधनाको कारण अरु व्यक्ति प्रति नकारात्मक संस्कारहरू कम हुन थाल्छ । अन्ततः जब व्यक्ति ७०-८०% आध्यात्मिक स्तर भन्दा पनि अधिक स्तरमा पुग्दछ, जीवनको परिस्थितिहरुलाई साक्षी भावले हेर्न थाल्छ । यो स्तरमा व्यक्तिले अनुभव गर्दछ कि उसको वरिपरिको संसार माया (भ्रम) हो र एउटै सत्य उनी भित्र रहेको आत्मा सिद्धान्त (ईश्वरीय सिद्धान्त) हो । जब व्यक्तिले आफ्नो पहिचान ५ इन्द्रियहरु, मन र बुद्धिबाट कम-कम गर्दछ र मात्र आफू भित्र रहेको आत्म तत्वसँग पहिचान गर्छ तब सबै परिस्थितिहरुलाई मायाको भाग हो भनेर बुझ्न सक्छ, तसर्थ उ स्थिर रहन सक्छ ।  यस कारणले गर्दा, उसले क्षमा दिने मात्र होइन तर पीडित भएको घटनालाई बिर्सिन पनि सक्छ ।

दुबै प्रतिकूल प्रारब्ध र नकारात्मक उर्जाहरु आध्यात्मिक समस्याहरू हुन् र त्यसलाई आध्यात्मिक समाधानहरु प्रयोग गरेर उपचार गर्नुपर्दछ । साधना (आध्यात्मिक अभ्यास) गर्नाले व्यक्तिले आध्यात्मिक उर्जा र सकारात्मकता प्राप्त गर्दछ जसले बितेका कुरालाई त्यागेर अगाडि बढ्न मद्दत गर्दछ ।

माफी गर्ने गुण बढाउनको लागि उत्तम दीर्घकालीन आध्यात्मिक समाधान भनेको सर्वभैमिक सिद्धान्तहरू अनुसार आध्यात्मिक अभ्यास गर्नु हो । हामी ईश्वरको नामजप गर्नको लागि सल्लाह दिन्छौं । यो अभ्यासले अवचेतन मनमा भएको नकारात्मक लेन-देनको संस्कारहरूलाई शुद्ध पार्न मद्दत गर्दछ । हामी स्वाभाव दोष निर्मूलन प्रक्रिया गरि दोषहरु हटाउन र गुणहरु बढाउनको लागि पनि सल्लाह दिन्छौं । यसले व्यक्तिलाई अरुलाई क्षमा गर्न र अझ राम्रो व्यक्ति हुन सक्छम बनाउँदछ ।

५. १ क्षमामा अन्य प्रश्नहरु

१. के यस्तो कुनै पाप छ जसलाई क्षमा गर्न मिल्दैन र त्यसबाट स्वयंला छुटकार दिन सक्दैन ?

उत्तर : छैन । सबै कार्यहरू जसले अरूलाई पीडा दिन्छ त्यो व्यक्तिको संचित प्रारब्ध वा संचित कर्ममा जान्छ । व्यक्तिले केही जीवनकालमा प्रारब्धको रूपमा आफ्नो कर्म अनुरूप पीडा भोग्नु पर्छ ।

२. ईश्वर प्रति पाप के हो ?

उत्तर : त्यस्तो कार्यहरु जसले अध्यात्मिक प्रसारमा हानि पुर्याउँदछ जस्तै अध्यात्म सम्बन्धि समाजमा भ्रम फैल्याउने वा ८०% भन्दा अधिक आध्यात्मिक स्तर  भएको सन्तलाई हानि पुर्याउँने ।

३. म कसरी ईश्वरबाट क्षमा पाउन सक्छु ?

उत्तर : आध्यात्मिक अभ्यासको ६ आधारभूत सिद्धान्तहरू अनुरूप साधना (आध्यात्मिक अभ्यास) गरेर ।

४. त्यहि परिदृश्य १ को केहि उदाहरण लिएर (खण्ड ३ मा दिएको), व्यक्ति A को खातालाई के हुन्छ यदि व्यक्ति B ले साधना गरेर मोक्ष प्राप्ति गर्दछ ?

उत्तर : यस्तो अवस्थामा व्यक्ति A ले व्यक्ति B को हातबाट कष्ट भोग्दैन तर उसले आफ्नो प्रारब्धको कारण ईश्वरद्वारा रचित परिस्थिति अनुरुप भोग्नु पर्दछ ।

६. निष्कर्ष

क्षमाले अरूलाई स्वतन्त्र तुल्याए पनि प्रायः यसले हामीलाई स्वतन्त्र बनाउँछ । जब कसैले साधना गर्छ, उसलाई क्षमा गर्न सजिलो हुन्छ र यी दुवै पक्षहरूले हामीलाई शीघ्र आध्यात्मिक प्रगति गर्न मद्दत गर्दछ । नकारात्मक सोचाइ, बदलाको भावनाको अवधि र तीव्रता उल्लेखनीय रूपमा कम हुन्छ, र व्यक्तिले खुशी जीवन बिताउँछ ।