हामीले कुन भगवानको नाम जप गर्नु पर्दछ?

वर्तमान कालमा आध्यात्मिक प्रगति गर्नको लागि सबै भन्दा प्रभावी माध्यम हो, आफ्नो जन्मानुसार धर्मको भगवान/देवता को नामजप गर्ने । हामी त्यो धर्ममा जन्म लिन्छौं, जुन हाम्रो साधना आरम्भ गर्नको लागि सर्वथा उपयुक्त हुन्छ । यसले हाम्रो साधनाको मूल आधार बनाउँछ । जन्मानुसार धर्मको (जुन धर्ममा जन्म लीएको छ, त्यही) भगवान/देवता को नामजप निरन्त गर्नाले प्रारब्ध माथि विजय प्राप्त गर्न सक्छौं । वास्तवमा, साधना (आध्यात्मिक अभ्यास) ले हामीलाई यो संसार तथा मृत्यपछिको संसार दुवैमा मद्दत पुर्याउँदछ ।

आउनुहोस् जन्मानुसार धर्ममा आधारित भगवान/देवता को नाम जपको केहि उदाहरण हेरौं :

हामीले कुन भगवानको नाम जप गर्नु पर्दछ ?

जन्मानुसार धर्म जप गर्नको लागि भगवानको नाम
बौद्ध ओम मणिपद्यमे हुम्नमो बुद्धाय
ईसाई रोमन कैथोलिक : हेल मेरी, एंगलिकन तथा अन्य ईसाई सम्प्रदाय: प्रभु येसु /लॉर्ड जीजस
हिन्दू कुलदेवता, यदि कुलदेवताको नाम थाहा छैन भने श्री कुलदेवतायै नमः यो जप गर्न सक्नुहुन्छ ।
कुलदेवताको नामस्मरणको पद्धति : कुलदेवताको नामको अगाडी ‘श्री’ लगाउने, अगाडी नामको साथ चतुर्थी विभक्ति लगाएर अंतमा नमः बोल्ने।
उदाहरणको लागि, यदि कुलदेवता गणेशजी हो भने ‘श्री गणेशाय नमः’ यदि कुलदेवता भवानीदेवी हुन् भने ‘श्री भवानीदेव्यै नमः
इस्लाम या अल्लाहअल्लाह हो अकबररहीम इत्यादि
जैन नवाकार मंत्र (ओम णमो अरिहंताणम्)
यहूदी जेहोवाहयाहवेहअदोनाई अथवा यहूदी पंथानुसार अनेक नाम बाट एक नाम
सिक्ख वाहे गुरुश्री वाहे गुरुसुखमणि साहेबजपाजी साहेब
पारसी यसमा १०१ नामहरु छन् । साधकलाई ध्यानमा प्राप्त भएको संख्या अनुसार नामजप गर्नको लागि भनिन्छ ।

पितृदोष (पूर्वज द्वारा हुने कष्ट) हटाउनको लागि ‘श्री गुरुदेव दत्त’ को नामजप

डाउनलोड गर्नुहोस्

तपाईले यहाँ पितृदोष समस्याहरु हटाउनको लागि ३० मिनेटको अडियो फाईल डाउनलोड गर्न सक्नुहुन्छ ।

वर्ष २०२५ सम्म साधकहरुको लागि सर्वाधिक लाभकारी जप (यदि तपाई कुनै पनि पन्थसँग जोडिनु भएको छैन भने ) – ॐ नमो भगवते वासुदेवाय

डाउनलोड गर्नुहोस्

हाम्रो लेख पढ्नुहोस् हामीले भगवानको कुन नामको जप गर्नु पर्दछ यो विषयमा धेरै सोधिने प्रस्नहरु