सन्त को हो ?

१. परिचयात्मक स्लाईड

यो ट्यूटोरियलमा (tutorial) हामी अध्यात्मशास्त्र अनुसार कसलाई सन्त मान्न सकिन्छ यस सन्दर्भमा व्याख्या गर्नेछौं । यदि हजुर यो प्रस्तुतिलाई पूर्ण चित्रपट मोडमा हेर्न चाहनु हुन्छ भने कृपया तल दायाँपट्टी पूर्ण चित्रपट बटनमा क्लिक गर्नुहोस् ।

२. सदियौं देखि स्नतहरुको अनुसरण गर्दौ

सदियौं देखि, संसारले अनेक आध्यात्मिक गुरुलाई आदर दिएको छ र उनीहरुलाई सन्तको रुपमा मानिएको छ ।

३. सन्तत्वको लागि विविध विशेषताहरु

विविध पन्थ तथा सभ्यता कसैलाई सन्तत्व प्रदान गर्नको लागि विविध गुण अथवा विशेषता हुनको लागि प्रति प्रतिबद्ध रहन्छ ।

४. सन्तत्वको समान आधार

यो सन्दर्भमा विस्तृत अध्ययनपछि, हामीलाई केहि साधारण मानदण्ड ज्ञात भयो कि जसले विविध पन्थको व्यक्तिले कसैलाई सन्त मान्न हेतु प्रेरित गर्दछ ।

  • सर्वप्रथम व्यक्तिमा सत्यनिष्ठ तथा गुणवान हुनु पर्दछ ।
  • व्यक्ति त्यही विशिष्ट पन्थको हुनुपर्छ । अर्को शब्दमा, एउटा पन्थको मानिसले सामान्यतः अर्को पन्थको व्यक्तिलाई सन्त स्वीकारदैन्न् तथा यो पूर्णतः यही वास्तविकता माथि आधारित छ कि उ कुनै अन्य पन्थको हो ।
  • केहि पन्थमा सन्तत्व प्राप्त गर्नको लागि आवश्यक हुन्छ कि व्यक्तिको मृत्यु भएको हुनुपर्छ र उनलाई स्वर्गमा स्थान प्राप्त भएको छ । अन्य पन्थमा मान्छन् कि व्यक्ति जीवित रहदै पनि उसलाई सन्तत्व प्राप्त हुन सक्छ ।
  • कसैको लागि सन्तले जीवित हुँदा र मृत्यु पछि चमत्कार गर्नु पर्छ । मृत्य पश्चात चमत्कार व्यक्तिको शरीर विघटन नहुने हुन सक्छ । यो उपचारको अर्थमा पनि हुन सक्छ, जस्तौ सन्तलाई प्रार्थना गरेपछि रोगमुक्त हुनु, यहाँ मानिन्छ कि सन्त ईश्वरसँग जोडिएको छ । कुनै प्रकरणमा व्यक्ति कुनै सन्तको अस्थि अवशेषको सम्पर्कमा आउदा चमत्कारिक रूपले ठीक हुन्छन् । त्यसैले, यो महत्वपूर्ण हुन्छ कि सन्त मनुष्यको लागि ईश्वरको साथ संधान बनाई राख्ने क्षमता राख्दछ ।

५. सन्त बन्ने प्रक्रिया

अब हामी सन्त कसरी घोषित हुन्छ, त्यसको केहि प्रसिद्ध पद्धतिहरु हेर्यौं ।

  • औपचारिक / अनौपचारिक प्रक्रिया : यदि कुनै व्यक्तिमा आफ्नो पन्थ अनुसार आवश्यक गुणविशेष छ भने, तब सन्त घोषित हुनको लागि सामान्यतः उनी औपचारिक अथवा अनौपचारिक प्रक्रियाबाट जादछन् । उदाहरणको लागि रोमन कैथोलिक चर्चमा यो औपचारिक प्रक्रियालाई कैनॅनाइजाशन (canonization) भनिन्छ । केहि प्रकरणमा यो औपचारिक प्रक्रिया अनेक वर्षसम्म चल्दछ ।
  • सञ्चालन गर्ने मानिस स्वयं आफै सन्त हुदैन्न् : धेरैजसो प्रकरणमा कसैलाई सन्त घोषित गर्न औपचारिक अथवा अनौपचारिक प्रक्रिया गर्ने व्यक्तिहरु स्वयं सन्त हुदैन्न् तर मात्र धार्मिक अथवा धर्मको कुनै अधिकारिक पदमा हुन्छन् ।
  • समाजको प्रसिद्ध लोकमत : केहि प्रकरणहरुमा, कसैलाई सन्त मान्नु समाजको लोकमत मात्र हुन्छ ।
  • धर्म केन्द्रिक : कुनै पनि पन्थ होस्, सामान्यतः त्यही पन्थको व्यक्तिलाई सन्तको उपाधि दिन्छन् । उनीहरु प्रायः यस्तो मान्न नै सक्दैन्न् कि सन्त अन्य पन्थ अथवा संस्कृतिको हुन सक्छ ।
  • सिद्धिहरुको प्रदर्शन : केहि प्रकरणमा व्यक्ति स्वयं घोषित सन्त बन्न थालेका छन् र यदि कुनै साधनाद्वारा प्राप्त सिद्धिको प्रदर्शन गर्न सक्षम हुन्छ भने उनको केहि अनुयायी पनि बन्दछ ।

६. अध्यात्मशास्त्र अनुसार सन्तको परिभाषा

यदि कुनै व्यक्तिको आध्यात्मिक परिपक्वता या आध्यात्मिक स्तरलाई १ देखि १०० सम्मको मापनमा हेर्ने हो भने जहाँ ईश्वर १००% हुन्छ तब आध्यात्मिक अनुसन्घानको माध्यमबाट उन्नत छैठौं इन्द्रियको उपयोग गरि हामीले पाएका छौं कि संसारमा सामान्य व्यक्तिको आध्यात्मिक स्तर आज २०% आसपास छ ।

आध्यात्मिक शोधको माध्यमबाट हामीलाई यो पनि ज्ञात भएको छ कि विश्वको ८० प्रतिशत जनसंख्याको आध्यात्मिक स्तर लगभग ३५ प्रतिशत भन्दा अल्प छ ।

अध्यात्मशास्त्र अनुसार, पन्थ अथवा साधना मार्गमा कुनै पनि होस्, एक व्यक्ति सन्तत्वको आध्यात्मिक अवस्था प्राप्त गर्न तब योग्य हुन्छ जब उसको आध्यात्मिक स्तर न्यूनतम ७० प्रतिशत हुन्छ ।

७.  हामी केबाट बनेका छौं ?

अब तपाई सोच्दै हुनुहुन्छ होला कि आध्यात्मिक स्तर के हो ।

हामी मनुष्य निम्नलिखित घटक मिलेर बनेको छ :

  • स्थूल देह : यसमा हाम्रो भौतिक शरीर तथा स्पर्श, रस, शब्द, गन्ध तथा दृष्टिसँग सन्बन्धित पञ्चज्ञानेन्यद्रि सम्मिलित छ ।
  • मनोदेह : यसमा हाम्रो दुवै मन चेतन तथा अवचेतन मन आउदछ । मननै हाम्रो विचार एवं भावनाहरुको स्रोत हो ।
  • कारण देह : जुन हाम्रो जानकारी क्रियान्वित गर्नमा सक्षम बनाउदछ ।
  • महाकारण देह : यो हामीलाई भान गराउदछ कि हामी ईश्वरबाट विभक्त छौं ।
  • तथा अन्तिम हो आत्मा : हामी सबैमा विद्यमान ईश्वरीय तत्व ।

अहं के हो ? ऊपरोक्तमा प्रथम चार हाम्रो अहं अथवा हामी ईश्वरबाट विभक्त छौं, यो भावना निर्मित गर्दछ । आत्मा दैवीय अथवा हामी सबैमा विद्यमान ईश्वरीय तत्व हो । अध्यात्मशास्त्र अनुसार, आत्मा हाम्रो चेतनाको वास्तविक स्थिति हो ।

८. आध्यात्मिक परिपक्वता, आध्यात्मिक प्रगति अथवा आध्यात्मिक स्तरको निर्धारण कसरी हुन्छ ?

व्यक्तिको प्रगति अथवा आध्यात्मिक परिपक्वता अथवा आध्यात्मिक स्तर निर्धारण यो तथ्यबाट हुन्छ कि उ स्वयंमा विद्यमान आत्मासँग कति एकरूप भएको छ अथवा त्यसको कति अनुभूति लिन्छ तथा आर्कोतर्फ उ आफ्नो पञ्चज्ञानेन्द्रि, मन तथा बुद्धि जसको साथमा जन्म लिएको छ, संक्षेपमा आफ्नो अहंबाट आफ्नो पहिचानलाई कति पृथक गर्न सक्छ ।

९. सन्त सम्बन्धित अधिक जानकारी

सन्त यस्तो व्यक्ति हुन् जसको अहं अत्यल्प हुन्छ, किनभने उनी स्वयंमा विद्यमान ईश्वरको अनुभव गर्दछ तथा अन्यमा विद्यमान ईश्वरीय तत्वलाई देख्दछ ।

१०. सन्तपदसम्म कसरी पुग्न सकिन्छ ?

आफ्नो आध्यात्मिक स्तर बढाउन एकमात्र मार्ग हो, अध्यात्मको मूलभूत छः सिद्धान्त अनुसार क्रमिक रुपमा उच्च स्तरको साधना गर्दै जाने । यो सिद्धान्त विस्तारसँग हामीले कक्षा (classroom) को अन्य अनुवर्ग (tutorial) मा बताएका छौं, हाम्रो सबैलाई विनती छ कि तपाईहरु सबै त्यो ट्युटोरियललाई हेर्नुस् ।

हामीसँग जोडिनु भएकोमा धन्यवाद तथा हामी शीघ्रनै हजुरलाई अर्को अनलाइन प्रवचनमा भेट गर्नको लागि उत्सुक छौं ।