स्वाभावदोष निर्मूलन प्रक्रियाको परिचय

१. विश्व भरिको दृश्य

वाशिंगटन डीसी, यूएसए : प्रातः ८

असावधानरहनुको कारण जब जनले चाबी भूल्यो कहाँ राख्यो, तब उनी हङबराउँदै खोज्दा आफ्नो केवल एक घण्टा मात्र होइन, पूरै घर अस्त-व्यस्त बनाइ आफ्नो पत्नीको मानसिक स्वास्थ्य पनि बिगाडि दियो ।

 

 

डबलीन, आयरलैंड, दिन १० बजे

ऐसलिङ्ग ग्यास चुलोमा राखेको सब्जी हर्न भूल्यो किनकि टेलिभिजनमा आइरहेको मन पर्ने कार्यक्रममा मगन भर्इन् । उनकी उत्तरदायित्वहीनता तथा लापरवाहीको कारण सब्जी जल्यो अनि पुनः भोजन बनाउनु पर्ने भयो ।

 

 

दक्षिणी कोरियाको तटमा कही, दिन ९ देखि ११.३० बजे

यस पल्ट त्यहि गलती तर गम्भिर परिणामको स्तरमा । फेयरी एम वी सेवोलको नाविक दल तथा व्यवस्थापनले जहाजमा तिनगुना भन्दा पनि अधिक माल राखिदियो । उत्तरदायित्वहीनता तथा कार्यपद्धतिको पालन नगर्नुको कारण मोडिने समय जहाज पल्टियो, जसले ३०४ यात्री तथा नाविक दल मरियो अनि १.७ लाख यूएस डॉलरको माल नष्ट भयो ।

 

ब्राजीलिया, ब्राजील दिउँसो १२ बजे

अधैर्य तथा लापरवाह स्वभाव को कारण रोबर्टोले तिब्र गतिमा रातो ट्रैफिक बत्ती (सिग्नल) पार गर्यो, जसले एउटा ठूलो दुर्घटना भयो अनि ओलिवियेरा परिवारलार्इ गम्भीर चोट लाग्यो ।

 

 

ऑकलैण्ड, न्यूजीलैण्ड दिउँसो २ बजे

जब एलेनको साथी मोनिकलार्इ सच्चा प्रेम मिल्यो, तब एलेन प्रसन्न हुनुको अपेक्षा उनीलार्इ ईर्ष्या गर्न थाल्यो। यसले उनीहरुको मित्रतामा दरार आयो अनि अन्तिमतः मित्रता समाप्त भयो ।

 

 

रोम, इटली दिउँसो ४ बजे

यो सुनेर कि पत्नीलार्इ बाहिर नजाउ भन्दा पनि बाहिर गर्इ यसले गिओवान्नी को अहंमा ठेस पुग्यो अनि उनलार्इ क्रोध आयो । उनले आफ्नो पत्नीलार्इ पिट्नको लागि कमरको पेटि निकाल्यो । उनको क्रोधको कारण गरिएको घरेलू हिंसाले उनको पत्नी एवं बच्चामा विपरीत प्रभाव पर्यो

 

 

लिस्बन, पुर्त्तगाल साँझ ६ बजे

साहस नहुने तथा असुरक्षाको भावना ले ग्रस्त भएको कारण एंटोनियो कहिले पनि काममा स्वयंको लागि खडा हुन सकेन, त्यसैले उनी सधैं नै निराशाको स्थितिमा रहन्थ्यो ।

 

 

 

स्टॉकहोम, स्वीडेन साँझ ७ बजे

जुलियाको अति भावनाशील स्वभाव को कारण भूतकालमा भएका कष्टदायक घटनाहरुका स्मरण गर्दछिन्, जसले उनी धेरै पल्ट रुन थाल्छिन् ।

 

 

दुबई, यूएई दिनको ११ बजे

मिठो भाषा बोल्ने इमरानले आफ्नो लोभ को कारण उनलार्इ विश्वास गर्ने आफ्नो भाई आसिफलार्इ पैतृक सम्पत्ति आफ्नो एउटा अवैध व्यवसायमा लगानी गर्न बाध्य बनायो । त्यो व्यवसाय अन्तिमतः असफल रहयो अनि आसिफलार्इ ठूलो आर्थिक हानि भयो ।

 

 

नई देहली, भारत, राति ९.३० बजे

अब त्यहि गल्ती ठूलो परिणामको स्तरमा । लोभ को कारण एउटा भ्रष्ट नेताले घूसबाट कमाएको लाखौं डलर आफ्नो स्वीस बैंकको निजी खातामा पढाउनको लागि अन्तिम प्रबन्ध गर्यो । यदि यो पैसा भारतमा नै रहिरहन्थ्यो भने, लाखौं भोको मान्छेहरुलार्इ एक माहिना सम्म भोजन प्राप्त हुन्थ्यो ।

यी केहि गलतिहरु हुन्, जो प्रायः विश्वभरमा गरिन्छन्; त्यस मध्ये केहिको परिणाम अत्यधिक दुःखदायी एवं भयावह हुन्छन् । माथिका गलतिहरुमा केहि गलति स्वयंबाट पनि हुन्छ, यसको हामी सबै निरीक्षण गर्न सक्छौं । त्यसको तीव्रता भिन्न हुन सक्छ, तर त्यो गलति मुख्यतः व्यक्तिमा विद्यमान स्वभाव दोषको कारण हुन्छ । स्वभावदोष, अर्थात घमण्ड, क्रोध, लोभ तथा आलस्य जस्ता मनमा अङ्कित संस्कार, जुन अनावश्यक विचार, भावना तथा गतिविधिलार्इ प्रोत्साहन दिन्छ अनि साथै स्वयं तथा अन्यलार्इ दुःख एवं हानि पुराउँछ ।

२. व्यक्तिगत स्तरमा गलतिको प्रभाव

के तपार्इलार्इ पछिल्लो समय क्रोधित भएको स्मरण छ ? के तपार्इ त्यो समय प्रसन्न हुनुहुन्थ्यो ? सम्भवतः थिएन । हाम्रो प्रत्येक कार्यशालामा उपस्थित सबैले थिएनमा नै जवाफ दिन्छन् । जुन व्यक्तिमा तीव्र स्वरूपको स्वभावदोष जस्तै क्रोध, आलस्य, निष्कर्ष निकाल्ने, उत्तरदायित्वहीनता इत्यादि हुन्छ, उनी प्रायः दुःखी व्यक्ति हुन्छ अनि उनको मन सदैव अशान्त रहन्छ । उनको प्रत्येक कृत्य तथा विचार उनको दोषले दूषित हुन्छ, यसको फलस्वरूप उनी स्वयं तथा अन्यलार्इ कष्ट दिन्छ ।

३. निजी सम्बन्धमा प्रभाव

स्वभावदोषको कारण हुने गल्तीमा केवल स्वयंलार्इ मात्र होइन, तर हाम्रो आसपास रहने परिवार, सहकर्मी तथा मित्र जस्ता व्यक्तिहरुलार्इ दुःख दिने क्षमता हुन्छ ।

कहिले-काहीं हामीलार्इ लाग्छन् कि अन्यमाथि क्रोधित हुन उचित छन् । वास्तविकता यहि हो कि यद्यपि हामीलार्इ लग्छन् कि हाम्रो दुःखको कारण कुनै व्यक्ति हो, जसले हाम्रो साथ केहि अनुचित गर्यो; तर उनिमाथि क्रोधित हुनाले मात्र हाम्रोनै दुःखमा वृद्धि हुन्छन् ।

४. समाजमा प्रभाव

समाजमा हाम्रो स्थिति जति उच्च छ अथवा अन्यमा प्रभाव जति अधिक हुन्छ, त्यति नै धेरै व्यक्तिहरु हाम्रो स्वभाव दोषको नकारात्मक रूपले प्रभावित हुन्छन् । स्वभाव दोष हामीलार्इ गल्ती गर्न तथा अनुचित निर्णय लिनको लागी प्रोत्साहित गर्दछ । अनि यदि ती गल्तीबाट व्यक्तिहरुलार्इ कष्ट पुग्छन्, तब हामी स्वयंमा नकारात्मक कर्मको बोझ बढ्दछन् । यसको फलस्वरूप हामी अनेक जन्मसम्म तथा मृत्युपछिको जीवनमा त्यसलार्इ भोग्नु पर्दछन् ।

५. स्वभावदोष निर्मूलन प्रक्रिया तपार्इलार्इ सहायता कुन प्रकार गर्छ

सुखदायक जीवन तथा मनमा शान्ति पाउनको लागि आफ्नो मनबाट स्वभावदोष निकाल्ने, एउटा महत्त्वपूर्ण मार्ग हो । ट्युटोरियलको यस श्रृंखलामा, हामी तपार्इलार्इ स्वभावदोष निर्मूलन प्रक्रिया सिकाउँछौं । जब यो प्रक्रिया साधनाको अन्य चरणहरुको साथ निष्ठापूर्वक नियमित गरिन्छ, तब हाम्रो स्व-वास्तवीकरण (self-actualisation) प्रक्रिया हुन्छन् । यसको अर्थ हो कि, यो प्रक्रियामा यति क्षमता छ कि व्यक्तिको जीवन उच्च स्तरसम्म उठाउन सक्छ तथा उनको शीघ्र आध्यात्मिक उन्नति गर्नमा सहायक हुन्छ । जब क्रोध एवं लोभ जस्ता स्वभाव दोष हामीमा अल्प हुन जान्छन् तब केवल हामी मात्र सुखी होइन्न् तर हाम्रो सम्पर्कमा रहने पनि लाभान्वित हुन्छन् । SSRF को तर्फबाट स्वभावदोष निर्मूलन तथा अहं निर्मूलन प्रक्रिया अभियानमा हामी सबैलार्इ स्वागत गर्दछौं ।