१. प्रस्तावना

गत केही दशक देखि मनुष्यको आचरणमा चन्द्रमाको प्रभावको समर्थन एवं विरोधमा अनेक वैज्ञानिक प्रतिवेदन दिएको छ । ती प्रतिवेदनमा मानसिक क्रियाकलापमा वृद्धि, सामान्य अथवा आपातकालीन मनोचिकित्सा विभागमा चाप वृद्धि तथा शारीरिक एवं मानसिक समस्यामा वृद्धिको शिकायतको विश्लेषण गरेको छ ।

स्पिरिच्युअल साइंस रिसर्च फाऊंडेशन (एस.एस.आर.एफ.) ले मनुष्यको आचरणमा चन्द्रमाको प्रभावलार्इ आध्यात्मिक अनुसन्धान पद्धतिद्वारा परीक्षण गरियो । मनुष्यको आचरणमा चन्द्रमाको प्रभाव पता लगाउनको लागि आध्यात्मिक अनुसन्धानको सम्क्षिप्त उत्तर हो, यसले मानवलार्इ प्रभावित गर्दछ । चन्द्रमा मानव जीवनमा कुन प्रकारले प्रभावित गर्दछ, यसको निम्नलिखित विभिन्न पक्षहरु छ –

२.  चन्द्रमाको व्यापक सूक्ष्म (अमूर्त, intangible) प्रभाव

तारा, ग्रह एवं उपग्रह सहित सर्व वस्तुहरु (पदार्थ) आफ्नो स्थूल तरङ्गको साथ सूक्ष्म (intangible) तङ्ग प्रक्षेपित गर्दछ । स्थूल स्वाभाविक विशेषता अनि सूक्ष्म-स्पन्दन न्यूनाधिक मात्रामा स्थूल तथा सूक्ष्म स्तरमा प्रभावित गर्दछ ।

चन्द्रमाबाट प्रक्षेपित स्पन्दन मनोदेह, अर्थात मानव मनलार्इ प्रभावित गर्दछ । मन, अर्थात सम्वेदना, भावना अनि इच्छा (वासना) । मनको दुर्इ भाग हुन्छ – चेतन मन अनि अवचेतन मन । अवचेतन मनमा अनेक संस्कार हुन्छ, जुन हाम्रो स्वभाव अनि व्यक्तित्व निर्धारित गर्दछ । हामीलार्इ हाम्रो अवचेतन (सुप्त) मनमा विद्यमान विचार एवं संस्कारका कुनै भान हुँदैन । यो संस्कार अनेक जन्मदेखि जम्मा भएको हुन्छ ।

मनको यो संस्कार हाम्रो विचार अनि त्यस अनुसार हुने क्रियाहरुलार्इ उत्प्रेरित गर्दछ । संस्कार तथा विचारको आफ्नो सूक्ष्म-स्पन्दन हुन्छ ।

मनमा विद्यमान संस्कार कुन प्रकारले हामीबाट कार्य गराउछ ? यो लेखको सन्दर्भ लिनुहोस् ।

चन्द्रमाको स्पन्दन हाम्रो विचारको सूक्ष्म-स्पन्दनको तुलनामा अधिक सूक्ष्म हुन्छ; तर हाम्रो मनमा विद्यमान संस्कारको स्पन्दको तुलनामा अल्प सूक्ष्म हुन्छ । अन्तमनमा विद्यमान संस्कार द्वारा निर्मित विचारको स्पन्दनलार्इ बाह्यमनमा ल्याउने क्षमता चन्द्रमाको स्पन्दनमा हुन्छ । बाह्यमनमा निस्कदा हामीलार्इ थाहा हुँन्छ । यस प्रकार मनमा विद्यमान संस्कारको तीव्रता अनुसार व्यक्तिको आचरण प्रभावित हुन्छ । यसको विस्तृत स्पष्टीकरण अर्को खण्डमा दिएको छ ।

यस प्रकार चन्द्रमा पशुको मनलार्इ पनि प्रभावित गर्दछ । तर प्राणिहरुको अवचेतन मनमा आहार, निद्रा एवं मैथुन जस्ता मूल प्रवृत्तिका नै संस्कार हुन्छ, त्यसैले तीव्रतासँग आउने विचार पनि यी सहज प्रवृत्तिको अनुरूप नै हुन्छ ।

३.चन्द्रमाको प्रकाश अथवा चन्द्रमाकोकलामा आधारित परिणाम

अमावस्याको दिन चन्द्रमाको अप्रकाशित, अर्थात अध्यारो भाग पृथ्वीतर्फ हुन्छ । अध्यारो मुख्यतः रज-तमात्मक स्पन्दन प्रक्षेपित गर्दछ । त्यसैले प्रकाशित भागको तुलनामा पृथ्वीतर्फ अधिक मूलभूत सूक्ष्म रज-तमात्म स्पन्दन प्रक्षेपित हुन्छ ।

सत्त्व, रज अनि तम, तीन मूलभूत गुण, यो लेखकोसन्दर्भ लिनुहोस् ।

यसको विपरीत, पूर्णिमाको दिन अधिक प्रकाशको कारण रज-तम अल्प हुन्छ; तर सूत्र २ मा बताए अनुसार पूर्णिमाको दिन चन्द्रमाकोस्पन्दन अधिक कार्यरत रहनाले मानसिक क्रियाकलापमा वृद्धि भएको पाइन्छ । अन्तर्मनमा जागृत भएको संस्कारको प्रकार अनुसार मानसिक क्रियाकलापमाकुनै अनियमित (अचानक आउने कुनै पनि) विचारमा अथवा कुनै विशिष्ट विचारको तीव्रतामा वृद्धि हुन सक्छ ।

उदाहरणार्थ, यदि कुनै व्यक्ति लेखक हो और पुस्तक लेखक्नमा मन केन्द्रित गरिरहेको छ भने पुस्तक सम्बन्धी उनको विचारमा तथा लेखन प्रतिभामा वृद्धि हुन्छ । यस प्रकारको विचारको उद्गम प्रतिभा केन्द्रबाटहुन्छ । त्यसैले उनलार्इ लग्छ कि पूर्णिमाको दिन उनी विपुल लेख्न सक्छ ।

तथापि अधिकांश व्यक्तिलार्इ मनमा अनियमित विचार आउदछ । यदि व्यक्तिमा क्रोध, लोभ जस्ता प्रबल दोष छ भने त्यो कालखण्डमा बाह्यमनमा आएर अन्य विचारलार्इ प्रभावित गर्दछ । उदाहरणार्थ, कुनै जडीयालार्इ यस दिनमा मद्यपान गर्नको लागि प्रबल विचार आउदछ ।

कुनै आध्यात्मिक व्यक्तिकोअन्तर्मनमा स्थित सुप्त आध्यात्मिक / साधना सम्बन्धी विचारलार्इ जागृत गरि मानसिक क्रियाकलापमा भएको वृद्धिकोफार्इदा उठाकर पूर्णिमाको दिन अधिक साधना गराउन सम्भव हुन्छ ।

४. चन्द्रमाको गुरुत्वाकर्षणमा आधारित परिणाम

पूर्णिमा अथवा अमावस्याको दिन चन्द्रमा अनि सूर्यको गुरुत्वाकर्षण एकत्रित हुन जान्छ । अन्य दिनमापनि चन्द्रमा पृथ्वीलार्इ आकृष्ट गर्दछ; तर पूर्णिमा अथवा अमावस्याको तुलनामा यो आकर्षण यति शक्तिशाली हुँदैन ।

जब हामी गहिरो श्वास लिन्छौं, भने सामान्य श्वासको तुलनामा तीनगुना वायु मुखमा प्रविष्ट हुन्छ । अब यो उदाहरणलार्इ चन्द्रमा तथा त्यसले पृथ्वीमा खिचन्नेको सन्दर्भ हेर्छौं  । पूर्णिमा अथवा अमावस्याको दिन पूरा चन्द्रमा पृथ्वीलार्इ आकर्षित गर्दछ । यसको परिणाम उपर्युक्त उदाहरणमा बताए अनुसार गहिरो श्वास लिनु जस्तै हो । हामीलार्इ यो ज्ञात भयो कि  पृथ्वीको वलयांकित वायुमण्डल चन्द्रमा भन्दा तीन गुना भाग खिच्दछ ।

पूर्णिमा (पूर्ण चन्द्र) तथा अमावस्या (नयाँ चन्द्र) को दिन पृथ्वीमा विद्यमान ब्रह्माण्डको मूलभूत तत्त्व (पंचतत्त्व), उदा. मूल पृथ्वीतत्त्व, मूल आपतत्त्व और मूल वायुतत्त्व चन्द्रमातर्फ आकर्षित हुन्छ । यसले एक प्रकारको सूक्ष्म-स्तरीय उच्च दबाव क्षेत्र निर्मित हुन्छ ।

यस प्रक्रियामा स्थूल स्तरमा जब जल चन्द्रमातर्फ आकर्षित हुन्छ, तब जलको अपेक्षा जलमा विद्यमान वायुरूप घटक (जलको बाफ) जल भन्दा माथि आउछ अनि सूक्ष्म-स्तरीय उच्च-दबावको क्षेत्रमा प्रवेश गर्दछ । अनिष्ट शक्ति मुख्यतः वायुरूप हुन्छ, त्यसैले त्यो सूक्ष्म उच्च-दबावको क्षेत्रमा आकर्षित हुन्छ । यहाँ सबै एकत्रित हुन्छ अनि उनीहरुलार्इ एक-अर्काबाट अधिक शक्ति मिल्दछ । अतः ती दिनहरुमा मानवता माथि ठूलो आक्रमण गर्दछ । यी सबैको परिणामस्वरूप मनुष्यमाथि अनिष्ट शक्तिको आक्रमण शारिरीक अनि मानसिक स्तरमा तीन गुना बढेर जान्छ ।

पूरै विश्वमा फैलिएको एसएसआरएफको आश्रममा पूर्णिमा तथा अमावस्याको दिन अनिष्ट शक्तिको आक्रमण अनि सूक्ष्म-स्तरीय अनिष्ट दबावमा वृद्धि पाईछ । यो पूर्णिमा अथवा अमावस्याको पहिलो दुर्इ दिन अगाडि आरम्भ हन्छ अनि त्यस दिन (पूर्णिमा अथवा आमावस्यको दिन) अनि दुर्इ दिन पछाडि समाप्त हुन्छ ।

५. पूर्णिमा एवं अमावस्यामावृद्धि भएकोचन्द्रमाको प्रभावको परिणाम

अमावस्याको दिन, रज-तम फैलाउने अनिष्ट शक्ति (भूत, प्रेत, पिशाच इ.), गोप्य वा अलौकिक शक्तिहरुको कर्मकाण्डमा (काला जादू) फसेको व्यक्ति अनि प्रमुखरूपले राजसिक अनि तामसिक व्यक्तिहरु अधिक प्रभावित हुन्छन् अनि आफ्नो रज-तमात्मक कार्यको लागि कालो शक्ति प्राप्त गर्दछ । यो दिन अनिष्ट शक्तिलार्इ कार्यको अनुकूल हुन्छ, त्यसैले राम्रो कार्यको लागि अपवित्र मानिन्छ । चन्द्रमाको रज-तमले मन प्रभावित हुनुको कारण भागेर जाने, आत्महत्या अथवा भूतद्वारा आवेशित (possession) हुने आदि घटनाहरु अधिक मात्रामा हुन्छ । विशेषरूपले रात्रिको समय, जब सूर्यबाट मिल्ने ब्रह्माण्डको मूलभूत अग्नितत्त्व (तेजतत्त्व) अनुपस्थित रहन्छ, अमावस्याको रात अनिष्ट शक्तिको लिए मनुष्यलार्इ कष्ट दिनको लागि स्वर्णिर्म अवसर हुन्छ ।

पूर्णिमाको रातमा, जब चन्द्रको प्रकाशित भाग पृथ्वीतर्फ हुन्छ, अन्य रातहरुको तुलनामा मूलभूत सूक्ष्म-स्तरीय रज-तम न्यूनतम मात्रामा प्रक्षेपित हुन्छ । अतः यस रातमा अनिष्ट शक्ति, रज-तमयुक्त व्यक्ति अथवा कालो जादू गर्ने व्यक्तिलार्इ रज-तमात्मक शक्ति न्यूनतम मात्रामा उपलब्ध हुन्छ । तथापि, अनिष्ट शक्ति (भूत, प्रेत, पिशाच इ.) पूर्णिमाको दिन चन्द्रमाको गुरुत्वाकर्षणको फार्इदा उठाएर कष्टको तीव्रता वृद्धि गरिदिन्छ ।

आध्यात्मिक अनुसन्धानद्वारा यो पनि स्पष्ट भयो कि अमावस्या अनि पूर्णिमाको दिन मनुष्यमा हुने प्रभावमा सूक्ष्म अन्तर हुन्छ । पूर्णिमामा चन्द्रमाको प्रतिकूल परिणाम साधारणतः स्थूलदेहमा, जबकि अमावस्यामा चन्द्रमाको परिणाम मनमा हुन्छ । पूर्णिमाको चन्द्रमाको परिणाम अधिकांशत: दृश्य स्तरमा हुन्छ, जबकि अमावस्याको चन्द्रमाको परिणाम सूक्ष्म हुन्छ । अमावस्या चन्द्रमाको परिणाम दृश्य स्तरमा नहुनाले व्यक्तिको लागि यो अधिक भयावह हुन्छ । किन कि व्यक्तिलार्इ यसको भान नहुनाले त्यसमाथि विजय प्राप्त गर्नको लागि कुनै प्रयास गर्दैन ।

पूर्णिमाको चन्द्रमाको तुलनामा अमावस्यामा चन्द्रमाको प्रभाव कम देखार्इ दिन्छ । तर अमावस्याको चन्द्रमाको प्रभाव अधिक प्रतिकूल (नकारात्मक) हुन्छ । यसको कारण यो हो कि अमावस्याको दिन मनुष्यमा चन्द्रमाको प्रभाव पूर्णिमाको चन्द्रको तुलनामा अधिक सूक्ष्मस्तरीय हुन्छ । पूर्णिमाको दिन विचारमा हुने वृद्धिको भान रहन्छ ।

जुन साधक आध्यात्मिक साधनाको छः मूलभूत सिद्धान्त अनुसार धेरै साधना गर्छ, उनी मुख्यतः स्वभावले सात्त्विक हुन्छ । परिणामस्वरूप साधारण मनुष्यको तुलनामा (जुन स्वयं रज-तमयुक्त हुन्छ), त्यसको तुलनामा वातावरणको रज-तम प्रति अधिक सम्वेदनशील हुन्छ । साधकको लागि राम्रो कुरा यो हो कि उनलार्इ अनिष्ट शक्तिबाट बच्नको लागि ईश्वर द्वारा सुविधा प्राप्त हुन्छ । कतिको आध्यात्मिक स्तर अनिष्ट शक्ति (भूत,प्रेत, पिशाच इ.) बाट बचनको लागि सुरक्षा कवच प्राप्त हुन्छ ? यो लेखको सन्दर्भ लिनुहोस् ।

६. मानव स्वभावमाचन्द्रमाको प्रभावको प्रमाण जुटाउनुमा वर्तमान रिपोर्टहरुकिन असफल छ ?

केही प्रारम्भिक चिकित्सकीय / मनोवैज्ञानिक अध्ययन मनुष्यमा चन्द्रमाको प्रभावको उल्लेख गर्दछन् । तर केही वर्ष पूर्व गरेको अध्ययन यस्तो सम्बन्ध दर्शाउनमा असफल रहयो । यसको कारण यो हो कि गत दशक देखि विश्वको कुल रज-तममा अभूतपूर्व वृद्धि भएर गयो । रज-तम मा भएको यसको वृद्धिको प्राथमिक कारण हो, अनिष्ट शक्ति (भूत, प्रेत, पिशाच इ.) सुनियोजन ।

राम्रो अनि नराम्रो शक्तिको युद्ध, यो लेखको सन्दर्भ लिनुहोस् ।

रज-तमको कुल वृद्धिले विश्वको सबै पक्षमा व्यापकरूपमा प्रभावित भएको छ । यसको प्रभावको व्याप्ति व्यक्तिगत स्तरमा मानसिक रोगमा वृद्धि देखि पारिवारिक कलह सम्म , आतङ्कवाद देखि प्राकृतिक आपदासम्म फैलेको छ । अमावस्या अनि पूर्णिमा मा चन्द्रमा आज पनि प्रभावित गरिरहेको छ; तर मनुष्यजाति द्वारा पूरै माहिनामा गरिरहेको कुल विलक्षण आचरणको कारण तथ्याङ्क अध्ययनमा त्यसतर्फ ध्यान जादैन ।

७. हानिप्रद परिणामबाट सुरक्षा पाउनकोलागि हामी के गर्न सक्छौं ?

अमावस्या तथा पूर्णिमाको दिन चन्द्रमाको हानिकारी प्रभाव आध्यात्मिक कारणले हुन्छ, त्यसैले केवल आध्यात्मिक उपचार अथवा साधना नै यसबाट बचनमा सहायक हुन सक्छ ।

विश्व व्यापी स्तरमा यी दिनहरुमा महत्त्वपूर्ण निर्णय लिन अथवा बिक्री गर्नबाट बच्नु पर्छ; किन कि अनिष्ट शक्ति यी माध्यमबाट प्रभाव पार्न सक्छ । पूर्णिमा अनि अमावस्याको २ दिन पहिला तथा २ दिन पश्चात आध्यात्मिक साधनामा संख्यात्मक एवं गुणात्मक वृद्धि गर्नुहोस् । आफ्नो पन्थ अथवा धर्म अनुसार देवताको नामजप गर्नु लाभदायी हुन्छ अनि आध्यात्मिक सुरक्षाको लागि श्री गुरुदेव दत्त को जप गर्नुहोस् ।

चन्द्रमामो कृष्णपक्ष चरणको क्षयकालमा, अर्थात पूर्णिमा र अमावस्याको मध्यको कालवधिमा जब चन्द्रमाको आकार बिस्तारै कम हुँदै जान्छ, त्यसबाट प्रक्षेपित मूलभूत सूक्ष्म-स्तरीय स्पन्दन बिस्तारै बढ्दै जान्छ । यस्तो चन्द्रमाको गाढा भाग क्रमिक वृद्धि हुनको कारण हुन्छ । त्यसैले स्वयंलार्इ रज-तमको वृद्धिको कारण हुने प्रतिकूल प्रभावबाट बच्नको लागि यस कालवधिमा साधना बढाउन महत्त्वपूर्ण हुन्छ ।

चन्द्रमाको क्षय कालमा, पहिला दुर्इ हप्तामा गरेको प्रयासलार्इ न्यूनतम स्थिर राख्ने प्रयास गर्नुपर्छ । यस प्रकारले आउने क्षयकालमा अधिक साधना गर्नको लागि पुनः प्रयास आरम्भ गर्न सक्छौं ।