कसरी नामजपले अवचेतन मनलाई विक्षेपण विधिबाट प्रभावित गर्दछ

अवचेतन मनमा (अंतर्मन) अयोग्य संस्कारहरुलाई नष्ट गर्नको लागि नामजप कार्य गर्दछ । यो विधिलाई, विक्षेपण विधि (The Deflection Method) भनिन्छ र हामीलाई नामजपबाट लाभ प्राप्तिको लागि सहायता गर्दछ ।

कसरी नामजपले अवचेतन मनलाई प्रभावित गर्दछ – विक्षेपण विधि (The Deflection Method)

यदि हामीले यो चित्र हेर्यौं भने चेतन मन (बाह्य मन) र अवचेतन मन (अंतर्मन) बीच एउटा अवरोध (रेखा) देखाई दिन्छ । यो अवरोधको केहि विशेष गुणहरु छन् । यसले चेतन मनलार्इ अवचेतन मनमा लुकेको रहस्यहरु थाहा पाउन अनुमति दिँदैन । यो अवरोध छिद्रयुक्त (porous) हुन्छ तर यसले एक समयमा एउटा मात्रै विचार (संस्कार) अवचेतन मनबाट बाहिर निस्कन दिन्छ । जुन विचार निस्कन्छ त्यो सर्वाधिक दृढ विचार हुन्छ । अतएव अवचेतन मनको संस्कारहरुले निरन्तर चेतनमनलार्इ हिर्काइ रहन्छ र पुनः त्यहि केन्द्रमा फिर्ता जान्छ जाहाँबाट निस्केको थियो अनि त्यो केन्द्रलार्इ आझै शक्तिशाली बनार्इ दिन्छ ।

तथापि नामजप साधनाबाट जब नामजको भक्ति केन्द्र दृढ हुँदै जान्छ, तब त्यही सर्वाधिक दृढ विचार (संस्कार) हुन्छ जुन चेतन मनसम्म आउँदछ । जति चोटी भगवानको नाम चेतन मनसम्म आउँदछ, अवरोध (रेखा) ले अन्य कुनै विचारहरुलार्इ बाहिर आउन दिदैन । परिणामस्वरूप कुनै पनि विचारहरु अवचेतन मनबाट रेखा भन्दा बाहिर आउन पाउदैन्न् तर चित्रमा देखाएको जस्तै विक्षेपण (deflected) हुन जान्छ ।

यो प्रक्रियामा, अन्य संस्कारहरु र केन्द्रहरु तर्फ धेरै कम ध्यान पर्न जान्छन् । यस प्रकार निरन्तर उपेक्षित (ignored) हुँदै जादा, अन्य केन्द्रहरु कमजोर हुँदै जान्छन् जबसम्म तिनीहरुको अस्तित्व समाप्त हुँदैन्न् । अतः यो अर्को प्रभावकारी तरिका हो जहाँ भक्ति केन्द्रले अवचेतन मनको शुद्धि गर्दछ ।