जलवायु परिवर्तन अपडेट – कारणहरु र समाधानहरूजलवायु परिवर्तन अपडेट - कारणहरु र समाधानहरू

सार

हालको समयमा संसार भरि प्राकृतिक प्रकोपको डरलाग्दो वृद्धि देखिएको छ । आध्यात्मिक अनुसन्धान  अनुसार, भूकम्प, बाढी र ज्वालामुखी विस्फोट जस्ता प्राकृतिक प्रकोपको मुख्य कारण एक चक्रिय प्रक्रिया हो जुन समयको साथ ब्रह्माण्डमा देखा पर्दछ । हामीले अहिलेसम्म देखेको प्राकृतिक प्रकोपहरू विनाशकारी चरणको शुरुवात मात्र हो, जुन ५ बर्ष २०२३ सम्म वृद्धि हुँदै जान्छ । यो विनाशकारी चरणले तेस्रो विश्व युद्ध पनि देख्नेछ, जसमा जीवनको ठूलो हानी हुनेछ । साधना गर्नु यो कठिन समयमा बाँच्नको लागि एकमात्र उपाय हो ।

यो लेख सर्वप्रथम २००७ मा प्रकाशित गरिएको थियो र यसला जून २०१९ मा अपडेट गरिएको छ ।

सन्दर्भहरु

यो लेख बुझ्नको लागि, तल दिएको आधारभूत लेखहरु पढ्नुहोस् :

विषयसूची

१. प्राकृतिक प्रकोपको बढ्दो तीव्रता

बितेका दशकहरूमा विश्वभरि प्राकृतिक प्रकोपको संख्या र तीव्रता बढेको छ । मिडियाको माध्यमबाट र हामी मध्य कसैला  प्रत्यक्ष अनुभवको माध्यमबाट प्रकृतिको अद्भुत शक्ति देखेका छौं । पछिल्लो समयमा हामीले दक्षिण पूर्व एशिया र जापानमा सुनामीको कारण प्राकृतिक प्रकोप, पाकिस्तान, हैती र चीनमा भूकम्प, साथै उत्तरी र मध्य अमेरिकामा क्याट्रिना जस्ता तूफानहरु देख्यौं । यी विपत्तिहरूले अभूतपूर्व विनाश र जीवन माथि ठूलो हानी निम्त्याए जसले गर्दा यी घटनाहरु हाम्रो मनमा बसेका छन् ।

के यो अझै खराब हुन सक्छ ? यदि हुन सक्छ भने हामीसँग कति समय बाकी छ ? के यस बारे हामी केही गर्न सक्छौं ?

निम्न ग्राफले विश्वव्यापी रूपमा यो देखाउँदछ की, प्रकोपको संख्या विशेष गरी विगत दु दशकहरूमा बढ्दै गरहेको छ ।

जलवायु परिवर्तन अपडेट - कारणहरु र समाधानहरू

१९७० को दशकदेखि पृथ्वीको सतहमा भौगोलिक प्रकोपको संख्या, जस्तै भूकम्प, पहिरो र ज्वालामुखी विस्फोट केही स्थिर रहेको छ । तर जलवायु सम्बन्धित प्रकोपको संख्यामा धेरै बृद्धि भएको छ ।  वास्तवमा, जलवायु परिवर्तनला पूर्ण रूपमा विकसित परमाणु युद्धपछिको दोस्रो खतराको रुपमा हेर्न थालिएको छ ।

जलवायु परिवर्तन अपडेट - कारणहरु र समाधानहरू

विश्वको अधिकांश वैज्ञानिकहरूले जलवायु परिवर्तनको श्रेय मुख्यत: पहिले कहिल्यै पनि नदेखेको हरिगृत ग्याँसमा वृद्धि जस्तै कार्बन डाइअक्साइड, मिथेन र नाइट्रस अक्साइड जसले गर्दा पृथ्वी न्यानो भएको तथ्य देखेका छन् (माथिको ग्राफ हेर्नुहोस्) । २०१३ मा इतिहासको पहिलो पटक, रेकर्ड गरिएको कार्बन डाइअक्साइडको स्तर प्रति मिलियनमा ४०० (PPM, पीपीएम) भाग भएको थियो । यसको बढ्दो क्रम २०१९ को मे महिनामा (नासा, २०१९) ४११ पीपीएम रेकर्ड गरिएको थियो । 

यसको विपरित, औद्योगिक युगको आगमन अघि, विगतको ८००,००० बर्ष सम्म वायुमण्डलीय कार्बन डाइअक्साइडको सांद्रता प्रति मिलियन (पीपीएम) भागमा ३०० पीपीएम कहिल्यै पनि पार गरेको थिएन । यो EPICA (आइस कोर) तथ्याड़कमा आधारित छ (तलको ग्राफ हेर्नुहोस्) (लिन्ड्से, २०१८))। CO2  को वायुमंडलीय सांद्रता पूर्व औद्योगिक युगबाट धेरै बढेको छ (AD १००० – १७५०) । यो लगभग २८०   मिलियन भागको एकाग्रताबाट (पीपीएम) आजको ४०० पीपीएम प्लस पुगी सकेको छ (लिन्ड्से, २०१८))।

जलवायु परिवर्तन अपडेट - कारणहरु र समाधानहरू

यस खतरनाक प्रवृत्तिको संज्ञान लिदै, संयुक्त राष्ट्र संघले जलवायु परिवर्तनसँग सम्बन्धित विज्ञानको मूल्याकन गर्न सरकारी प्यानलको स्थापना गरे (IPCC) । IPCC ले आफ्नै अनुसन्धान गर्दैन । तर, आफ्नो मूल्याकन मार्फत, IPCC ले जलवायु परिवर्तनमा ज्ञानको स्थिति निर्धारित गर्दछ । यसले जलवायु परिवर्तनसँग सम्बन्धित विषयहरूमा वैज्ञानिक समुदायमा सहमति भएको कुराहरुको र जहाँ थप अनुसन्धान आवश्यक छ त्यसको पहिचान गर्दछ । मुख्य प्रश्नहरू मध्ये एउटा हो के मानव जलवायु परिवर्तनको लागि जिम्मेवार छ । यसमा, प्यानलले निम्न निर्णय दिएका छन् ।

मानवीय कारणले वायुमण्डल र समुद्रको तापक्रम, विश्वव्यापी जल चक्रमा परिवर्तन, हिउँ र बरफको कटौती, विश्वव्यापी रूपमा समुद्री सतहमा वृद्धि र केही जलवायुको चरम परिवर्तनमा प्रभाव भएको सत्य पत्ता लागेको छ । मानवीय प्रभावको प्रमाण AR4 पछि बढेको छ । यो सम्भव (९५-१००%) हुन सक्छ कि बीसौं शताब्दीको मध्यदेखिनै मानवीय प्रभाव तापक्रमको प्रमुख कारण हुन सक्छ । – पाँचौं मूल्यांकन प्रतिवेदन (AR5)) जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सरकारी प्यानल (IPCC) २०१४ मा अन्तिम रुपमा प्राप्त भएको थियो ।

जलवायु परिवर्तनको सिद्धानतको आलोचकहरू तर्क गर्छन् कि मानवको विश्वव्यापी तापक्रम र जलवायु परिवर्तनको सम्बन्धमा कुनै ठोस प्रमाण छैन ।

त्यसोभए कुन कुराले जलवायु परिवर्तन भैरहेको छ र प्राकृतिक प्रकोपको संख्या र तीव्रतामा किन वृद्धि भरहेको छ ? यो यस्तो घटना हो जसले गर्दा समाजमा वैश्विक प्रभावहरू पर्छन्, एसएसआरएफले महर्षि आध्यात्म विश्वविद्यालयको सहयोगबाट जलवायु परिवर्तनको मूल कारण र प्राकृतिक प्रकोपको बढ्दो तीव्रता सम्बन्धि आध्यात्मिक अनुसन्धान गरे ।

२. प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको कारण के हो ?

जब जलवायु वैज्ञानिकहरूले जलवायु परिवर्तनको अध्ययन गर्छन्, नीहरूले मुख्यतया भौतिक कारणहरू र भौतिक समाधानहरूमा ध्यान केन्द्रित गर्दछन् । 

यसको विपरित, जलवायु परिवर्तनको मूल कारणहरूको विश्लेषण गर्दा आध्यात्मिक अनुसन्धानले (उन्नत छैठौं इन्द्रियको माध्यमबाट) समग्र दृष्टिकोण अपनाउँदछ । जलवायु परिवर्तनको अन्तर्निहित कारणहरु र प्राकृतिक प्रकोपहरुको बढ्दो तीव्रता र आवृत्तिको विश्लेषण र मूल्याङ्कन गर्न सबै तीन आयामहरु (अर्थात् भौतिक, मनोवैज्ञानिक र आध्यात्मिक) ला ध्यानमा राख्दछ ।

निम्न चार्टले आध्यात्मिक अनुसन्धान मार्फत प्राप्त जलवायु परिवर्तनको मूल कारणको बारेमा वर्णन गर्दछ ।

जलवायु परिवर्तन अपडेट - कारणहरु र समाधानहरू

आध्यात्मिक अनुसन्धानको माध्यमबाट, यो पत्ता लाग्यो कि :

  • मानव जलवायु परिवर्तनको लागि केवल दु प्रतिशत जिम्मेवार छ ।
    • मानव निर्मित भौतिक कारणहरूमा जीवाश्म न्धनहरू जलाउने, वन फँडानी, आदि समावेश छन् । 
    • मनोवैज्ञानिक कारणहरूमा व्यक्तिको स्वभाव दोष समावेश छ ।
    • आध्यात्मिक कारणहरूमा व्यक्तिमा हुने उच्च अहम, विश्वव्यापी सिद्धान्त अनुसार आध्यात्मिक अभ्यासको कमी र मानव जातिको कम औसत आध्यात्मिक स्तर, आदि समावेश छन् ।
  • जलवायु परिवर्तनको मुख्य कारणहरुमा ९८% पृथ्वीको वरिपरिको ब्रह्माण्डिय क्षेत्रमा हुने चक्रीय परिवर्तनले हुन्छ । यी चक्रीय परिवर्तनहरूमा मानिसमा हुने चक्रको प्रभाव, पर्यावरण र अदृष्य संसारको सूक्ष्म जीव पनि समावेश हुन्छ जुन आध्यात्मिक आयामको रुपमा चिनिन्छ । यस वर्तमान चक्रको तल्लो भागले उनीहरुला यस्तो व्यवहार गर्न प्रेरित गर्दछ जुन सामान्य व्यवहार भन्दा फरक हुन्छ ।

तर यसको वास्तविक अर्थ के हो ?

हामी यसला विस्तारसँग बुझ्न कोशिश गरौं । ब्रह्माण्ड सृष्टि भएदेखि विघटनसम्म मुख्य युगहरू हुँदै जान्छ । हामी अहिले चौथो युगमा छौं जसला कलियुग अथवा ‘संघर्षको युग’ भनिन्छ । यस वर्तमान युगको परिचय हो कि विगतका युगहरूको तुलनामा यसमा उच्च स्तरको आध्यात्मिक प्रदूषण हुन्छ (तल वर्णन गरिएको छ) । यी मुख्य युगहरू पनि ब्रह्माण्डको छोटो-युग अथवा छोटो-चक्र (mini-cycle) मिलेर बनेका छन् । वर्ष १९९९-२०२३ पृथ्वीको चारैतर्फ ब्रह्माण्डको क्षेत्रमा एउटा छोटो-चक्रको अन्तला संकेत गर्दछ । २०२४ त्यो बर्ष हो जसबाट नयाँ चक्र सुरु हुन्छ ।

३. तिन सूक्ष्म घटक र चक्र

प्रत्येक चक्र सृष्टि, पालनपोषण र विनाशको चरणहरु हुँदै जान्छ । एउटा चक्र स्वाभाविक रूपमा आध्यात्मिक प्रकृतिको हुन्छ र यो ब्रह्माण्डको ३ सूक्ष्म घटकहरुको अनुपातमा परिवर्तनको कारणले हुन्छ । तीन सूक्ष्म आधारभूत घटकहरू – सत्व, रज र तम सृष्टिको सबै भन्दा आधारभूत घटकहरू हुन् । आधुनिक विज्ञान यसबारे अज्ञात छ की यी तीन सूक्ष्म घटकहरु सृष्टिको सबै जीवित र निर्जीव, मूर्त र अमूर्त वस्तुहरुमा हुन्छन् । सत्त्व भनेको शुद्धता र ज्ञान हो, रजले कार्यला जनाउँदछ र तमले आध्यात्मिक अज्ञानताला र जडत्वला जनाउँदछ ।

जब सत्वको घटकमा वृद्धि हुन्छ त्यहाँ जलवायुको ढाँचा राम्रो र सन्तुलित हुन्छ । जब त्यहाँ रज–तम घटकमा बृद्धि अथवा प्रसार हुन्छ त्यहाँ अस्थिरता हुन थाल्छ र यसले अन्ततः जलवायुला खराब अथवा विनाशतिर लैजान्छ । तम घटकको अनुपातमा वृद्धि हुनाले आध्यात्मिक प्रदूषण हुन्छ । रज घटकले सत्व अथवा तम घटकला गति प्रदान गर्दछ । जब रज-तममा वृद्धि हुन्छ, यसले आध्यात्मिक प्रदूषण अथवा तम घटकको प्रसारमा परिणाम हुन्छ ।

३.१ छोटो (माइक्रो) चक्रको उदाहरण – दिन र रात

एक दिन पनि एउटा चक्र हुँदै जान्छ जस्तै प्रारम्भिक बिहान जहाँ घाम उदाउँछ, त्यस पछि त्यो अबेर बिहान सम्म बढ्छ, त्यसपछि प्रारम्भिक दिउँसो, अबेर दिउँसो, गोधूलि, साँझ र रात हुन्छ । जब भोलिपल्ट बिहान हुन्छ त्यसबेला चक्र पूरा हुन्छ ।

जलवायु परिवर्तन अपडेट - कारणहरु र समाधानहरू

दिनको प्रत्येक भागको आफ्नै भौतिक र आध्यात्मिक गुणहरू हुन्छ । एक व्यक्तिको स्वभाव पनि दिनको समयको आधारमा परिवर्तन हुन्छ । उदाहरणको लागी, हामीलाई बिहान उठ्नको लागि मन लाग्छ साथै हामी ताजा, सचेत र कामको लागि तयार हुनको लागि महसुस गर्दछौं । दिउँसो हुने बेलासम्म, हामी बढी सुस्त महसुस गर्छौं । साँझमा, हामीला बाहिर गएर रमालो गरौं जस्तो लाग्छ अथवा हामी आराम गर्न तर्फ लाग्छौं । मानिसहरूले रातमा अप्रिय व्यवहार प्रदर्शन गर्ने बढी सम्भावना हुन्छ । तथ्याड़कहरूले देखाउँछ की व्यस्कहरुले गर्ने हिंसात्मक अपाराधहरु लगभग राती ९-१० बजे चरमा हुन्छ र बिहान ६ बजेको आसपास कम हुन्छ (ojjdp.gov)  । रात बढ्दै गएपछि हामी थाक्छौं र सुत्न चाहन्छौं । त्यसैगरि दिनको समयले पनि हाम्रो व्यवहारमा प्रभाव पार्दछ ।

जसरी रातको समयले (जुन दैनिक चक्रको अन्तला जनाउँदछ) मानिसहरुको व्यवहारमाथि प्रतिकूल प्रभाव पार्दछ, त्यसैगरि, जब एउटा छोटो-चक्रको (mini-cycle) अन्त हुन्छ, यसले मानवको व्यवहारला प्रतिकूल असर गर्दछ ।

३.२ मानवमा चक्रको प्रभाव

चक्रको शुरुवातमा, सत्व तत्वको अनुपात तुलनात्मक रूपमा अधिक हुन्छ र त्यसले शान्ति र कल्याण हुन्छ । यसको विपरित, जब ब्रह्माण्डको कुनै पनि चक्र समाप्तिको अन्तमा आउँदछ, यसको मतलब हो पूर्वनिर्धारित अनुसार त्यो चक्रको अन्य कालखण्डको समयको तुलनामा वातावरणको रज-तम घटमा वृद्धि भएको हुन्छ । यसले व्यक्ति र वातावरणमा एक हानिकारक प्रभाव पार्दछ । 

यसला सजीलो तरिकाले बुझ्नको लागि, आउनुहोस् हामी दिन र रातको माइक्रो चक्रमा फर्कौं जुन हामीले पहिले छलफल गरेका थियौं । बिहान सत्व सूक्ष्म तत्व प्रमुख हुन्छ र यसला आध्यात्मिक तरिकाले दिनको सबैभन्दा शुद्ध अंश मानिन्छ । यस कारणले गर्दा, बिहानको गतिविधिहरू बाँकी दिनको तुलनामा बढी सात्विक हुन्छ । तर, रातमा वातावरणमा तम घटक हावी हुनाले, यसले व्यक्तिको स्वभावमा प्रतिकूल असर गर्दछ । व्यक्तिहरू रातमा बढी तामासिक गतिविधिहरूमा संलग्न हुन्छन् ।

एक चक्रको अन्तमा, जसरी वर्तमान समयमा संसार गरहेको छ, उच्च आध्यात्मिक अशुद्धताको कारण मानिसहरू सबैतिर अनुचित व्यवहार गर्दछन् (मानिसहरू ज्यादा उचित रूपमा कार्य गर्दछन् जब वातावरण आध्यात्मिक रूपमा सकारात्मक हुन्छ) ।

माटो र पानीको प्रयोग  

एसएसआरएफ र महर्षि आध्यात्म विश्वविद्यालयले विश्वभरिका माटो र पानीका नमूनाहरूको सूक्ष्म पक्षहरूका अध्ययन गरेका छन् । यो खोजले विश्वको हालको अवस्थाको बारेमा धेरै खुलासा गरेको छ । १ जुन २०१९ सम्म, २६ देशहरु बाट २९३ माटोको नमूना र २८७ पानीको नमूनाहरु संकलन गरियो । आभा र ऊर्जा स्क्यानर प्रयोग गरेर, नमूनाहरूको सूक्ष्म गुणहरूला मापन गरियो । ८०% भन्दा ज्यादा भारत बाहिरको माटो र पानीको नमूनाहरुमा अनिष्ट सूक्ष्म स्पन्दनहरु पाएको थियो । यसको पनि दृढ संकेतहरु पायौं कि समयको साथ नमूनाहरूमा नकरात्मक्ता बढ्दैछ ।

यी निष्कर्षहरूले आध्यात्मिक अनुसन्धानको निष्कर्षहरूला पुष्टि गर्दछ कि तमगुणको अनुपातमा वृद्धिको कारण वातावरणमा आध्यात्मिक प्रदूषणको स्तर बढेको छ ।

माटोपानीमा गरिएको आध्यात्मिक अनुसन्धानको बारेमा थप पढ्नुहोस् ।

४. जलवायु परिवर्तनमा अनिष्ट शक्तिको भूमिका

एक चक्रको अन्तमा यसको पछाडि, आध्यात्मिक आयामबाट शक्तिशाली अनिष्ट शक्तिहरूले पनि प्रमुख भूमिका खेल्दछन् । एक चक्रको अन्तमा आध्यात्मिक रूपमा प्रदूषित वातावरणको कारण अनिष्ट शक्तिको लागि समाजला नियन्त्रण गर्न सजिलो हुन्छ र यस्तो मुख्यत: मानिसहरुको स्वभाव दोषको कारणले हो । अनिष्ट शक्तिहरूले आफ्नो फाइदाको लागि मानिसहरूको खराब स्वभावला बढाइ दिन्छ जसले गर्दा तमगुणमा वृद्धि हुन्छ । विश्व यस अवस्थामा हुनुको लागि यो प्राथमिक कारणएउटा चक्रको मकजोर चरण र यसको पछाडि अनिष्ट शक्ति र मानवको स्वाभावदोष हुन्छ । यो पनि एउटा प्राथमिक कारण हो जहाँ मानिसले आफ्नो एक मात्र घर, पृथ्वीला उपेक्षित गरेर वातावरणको दुरुपयोग गरेको छ ।

त्यसकारण, चक्रको प्रभावबिना मानवले जलवायु परिवर्तनको कारणहरूमा मात्र २% योगदान दिन्छ ।

तर, एउटा चक्रको अन्तको प्रभाव र अनिष्ट शक्तिद्वारा उत्तेजित गरिएको हुनाले,  भौतिक जगतमा व्यक्ति एउटा महत्वपूर्ण माध्यम बन्छ जो मार्फत विश्वव्यापी तापक्रम र जलवायु परिवर्तन हुन्छ । त्यसकारण, जलवायु परिवर्तन मुख्य रूपमा चक्रीय कारणले भए पनि, यो ध्यान राख्नु महत्त्वपूर्ण छ कि भौतिक स्तरमा कृति मनुष्यको माध्यमबाट हुन्छ र यसले जलवायु परिवर्तनको कारणहरुमा ९८% योगदान पुर्‍याउँदछ । 

५. जलवायु परिवर्तनमा कार्बन डाइअक्साइडको भूमिका

यसभन्दा पहिला हामीले वातावरणमा कार्बन डाइअक्साइडको बढ्दो सांद्रता देख्यौं, जुन ४०० पीपीएम भन्दा माथि पुगेको थियो । वैज्ञानिकहरूले भनेका छन् कि कार्बन डाइअक्साइड (CO2) वायुमण्डलमा मुख्य रुपमा तातो फसाउने ग्यास हो र विगतका दशकहरुमा यो औसत तापक्र बढैतिको लागी अधिक जिम्मेवार रहेको छ (ucsusa.org, २०१७) । जलवायु सन्देहकारीहरूले एन्थ्रोपोजेनिक (व्यक्तिको गतिविधिबाट सुरु भएको) जलवायु परिवर्तनको नतिजाला मान्दैनन् बरु उनीहरु कार्बन डाइअक्साइड उत्सर्जनले पृथ्वीको वनस्पतिला सकारात्मक हुने कुराला मान्दछन् । किनकि बोटबिरुवाहरू बाँच्नको लागि  कार्बन डाइअक्साइडमा निर्भर हुन्छन्, र यदि वायुमण्डलमा यो ग्यास अधिक मात्रा छ भने, यसले बोटको विकासला प्रोत्साहित गर्न सक्छ ।

जलवायु परिवर्तनमा (CO2) को भूमिका बारे प्रश्नहरू र आध्यात्मिक अनुसन्धानबाट प्राप्त गरेका उत्तरहरू ।

१. के CO2 मा उल्लेखनीय वृद्धिको कारणले ग्रह र जलवायु परिवर्तनमा यसले असर गर्दछ ?

उत्तर :  गर्दछ

२. के यो जलवायु परिवर्तनको मुख्य कारण हो ?

उत्तर : यदि शुद्ध भौतिक दृष्टिकोणबाट हेर्छौं भने अन्यथा यो मुख्य रूपमा चक्रीय परिवर्तनहरूको कारणले हुन्छ ।

३. के CO2 को स्तरमा बृद्धि मनुष्यको कारण मात्र भएको हो ?

उत्तर : होन । CO2 मा ७०% वृद्धि सूक्ष्म कारणले भएको हो र ३०% मानवको कारणले भएको हो । ३०% मानिसको भौतिक र मनोवैज्ञानिक कारणहरूले भएको हो । यो अनुपात समयसँग फरक हुन सक्छ ।

६. विश्वव्यापी तापक्रमको मूल कारण

पछिल्लो पाँच बर्ष — २०१४ देखि २०१८ सम्म – राष्ट्रिय समुद्री र वातावरणीय प्रशासनले (NOAA)  विश्वव्यापी तापक्रमला पदचिन्ह गरेको १३९ वर्षमा सबैभन्दा तातो वर्ष रेकर्ड गरिएको थियो । २०१६ रेकर्ड गरिरएको ०.९८° हालसम्मकै सबै भन्दा तातो वर्ष थियो जुन १९५१ देखि १९८० को मिन (NASA, Global temperature, २०१८) भन्दा माथि छ । IPCC ले देशहरूला विश्वव्यापी तापमानमा वृद्धि १.५ डिग्री सेल्सियस सम्म सीमित गर्न आग्रह गरेको छ र यो पूर्व औद्योगिक स्तर भन्दा माथि तापमान बृद्धि भयो भने, सले विनाशकारी जलवायु परिणाम ल्याउन सक्छ (IPCC, २०१८) । 

भौतिक स्तरमा वैज्ञानिकहरूले यस विश्वव्यापी तापक्रमला भौतिक कारणहरुला श्रेय दिन्छन्, जुन मुख्यतया हरितगृह प्रभाव हो । तर, यदि हामी आध्यात्मिक अनुसन्धानको माध्यमद्वारा कारणहरुको विश्लेषण गर्यौं भने, तीन घटकहरुबाट मूल कारणहरु यस प्रकार छन्

  • ६७%  – चक्रीय (सूक्ष्म/आध्यात्मिक) कारणले गर्दा रज र तम घटकहरूले पूरै अग्नि तत्वला असर गरिरहेको हुन्छ ।
  • ३३% मानिसले बौद्धिक प्रक्रियाहरूला गलत तरिकाले प्रयोग गरेर र उत्सर्जन मार्फत  वातावरणको दुरुपयोग, वन फँडानी आदि । मनोवैज्ञानिक स्तरमा, व्यक्तिहरूको स्वभाव दोषले गर्दा हुने आध्यात्मिक अशुद्धता पनि समावेश हुन्छ ।
  • ०% – शारीरिक कारणहरू । शारीरिक कारण शून्य प्रतिशत हुन्छ किनकि शारीरिक मुद्दाहरूको मूल कारण व्यक्तिको गलत सोच प्रक्रियाहरूमा (मनोवैज्ञानिक र बौद्धिक स्तरमा)  निहित हुन्छ ।

जलवायु परिवर्तन अपडेट - कारणहरु र समाधानहरू

केही व्यक्तिहरु १.५° सेल्सियस धेरै उच्च तापक्रम होइन भनेर सोच्दछन् । यसको प्रभाव सादृश्यताको साथ चित्रण गर्नको लागि, एक व्यक्तिला ज्वरो आएको जस्तो हो । एउटा व्यक्तिको सामान्य तापक्रम ३७° सेल्सियस हुन्छ र जब उसको तापक्रम ३८° सेल्सियस भन्दा माथि जान्छ तब उसला ज्वरो आएको मानिन्छ । केवल १ डिग्री सेल्सियस वृद्धिले धेरै नराम्रो महसुस हुन थाल्दछ ।

७. चक्रको अन्त र विनाशको कारण प्राकृतिक प्रकोप

नयाँ चक्र सुरु हुन अघि एउटा चक्रको अन्त्यमा विनाश उच्च स्तरमा पुग्दछ । जब त्यहाँ तम घटकमा वृद्धि हुन्छ, यसले पृथ्वी, जल, आग्नी, वायु र आकाश पूर्ण ब्रह्माण्डिय सिद्धान्तहरुला  प्रतिकूल असर गर्दछ । हामी जान्छौं कि यी blankब्रह्माण्डिय सिद्धान्तहरू प्रकृति निर्माणको लागि मुख्य श्रोत हुन् र साथै संसार र जलवायुला यसले बनाइ राख्दछ ।

  • जब जल तत्वमा असर पर्दछ, यसले बाढी, सुनामी या पानीको अभाव सिर्जना गर्दछ जसले खडेरीला निम्त्याउँछ ।
  • जब अग्नी तत्वले प्रतिकूल असर गर्दछ, यसले अत्यधिक तातो तरंग, ज्वालामुखी गतिविधि, वनमा आगो लाग्ने या चरम चिसो (जुन तापको अभावको कारण हुन्छ)  बृद्धि गर्दछ । यस तरिकाले, विनाश पूर्ण ब्रह्माण्डिय तत्वहरू मार्फत प्रभावित हुन्छन्  र यो विनाशले नयाँ युग / चक्र सुरु हुने मार्ग प्रशस्त गर्दछ ।  

तलको तालिकामा, ब्रह्माण्डिय सिद्धान्त र त्यससँग सम्बन्धित विपत्तिहरू दिएका छन् ।

जलवायु परिवर्तन अपडेट - कारणहरु र समाधानहरू

कृपया याद राख्नुहोस् कि ब्रह्माण्डिय तत्वको संयोजनले पनि प्रकोप हुन सक्छ ।

मानवले, आफ्नो गतिविधिहरूको कारण (भैतिक / मनोवैज्ञानिक / आध्यात्मिक) केवल ब्रह्माण्डको तल्लो स्तरको तत्वहरू जस्तै पृथ्वी, जल र अग्नीला प्रभाव पार्न सक्दछन् । उच्च स्तरको ब्रह्माण्डिय तत्वहरू मानव स्वभावबाट कम प्रभावित हुन्छन् । वायु र आकाश जस्ता उच्च स्तरीय ब्रह्माण्डिय तत्वहरू प्राय जसो चक्रीय परिवर्तनद्वारा प्रभावित हुन्छन् । 

यो वसन्त ऋतुमा घर सफा गर्ने सादृश्यद्वारा राम्रोसँग बुझ्न सकिन्छ । हामीले हरेक दिन हाम्रो घर सफा गर्छौं र हामीले दिनभरि जम्मा भएको धुलो र फोहर हटाउँदछौं । तर प्रत्येक केही महिनामा, हामी घर पूर्ण रुपमा सफा गर्नको लागि उचित वसन्त ऋतुमा सफा गर्दछौं । वास्तवमा यही कुरा हुन जादैछ – पृथ्वीको वसन्त सफाइ । यो दु तरिकाबाट हुँदैछ, एउटा प्राकृतिक प्रकोप र दोस्रो तेस्रो विश्वयुद्ध मार्फत हुन लागेको छ । भिन्नता यो छ कि जब हामी हाम्रो घर सफा गर्छौं, यो प्राय: भौतिक तहसम्म मात्र सीमित हुन्छ । जब श्वरले पृथ्वीला सफा गर्नुहुन्छ, उहाँको ध्यान पृथ्वी आयामको आध्यात्मिक सफा मा केन्द्रित हुन्छ, जसको विशेष महत्व सत्व घटकला बढाउने र तम घटकला कम गर्नु हो । व्यक्तिहरु जोसँग धेरै स्वभाव दोषहरू र जो तम प्रमुख हुन्छन् उनीहरु यस सफाको शिकार हुनेछन् ।

८. जलवायु परिवर्तन र तेस्रो विश्व युद्धको कारण हुने विनाशको मात्रा

जसरी व्यक्तिले भौतिक क्षेत्रमा तापक्रम र प्रवृत्तिको रेखाहरू खिच्न सक्दछ, त्यसरी नै प्रवृत्ति रेखा र पूर्वानुमान पनि भौतिक, मनोवैज्ञानिक र आध्यात्मिक पक्षहरुला ध्यानमा राखेर बनाउन सकिन्छ । हाम्रो पाठकहरुला विनाशको मापनको अन्दाज दिनको लागि- २००४ मा एसियामा आएको सुनामीले विनाश गरेको थियो जुन २०१९ देखि २०२३ बीच हुने विनाशको लगभग १/१००० हिस्सा हो ।

माथिको चार्टमा वक्र रेखाले भविष्यमा विनाशको वृद्धिला देखाउँदछ । चार्टको सुरूमा जुन विनाशको स्तर देखाइएको छ त्यो १९९९-२०२३ बिचको सबै विनाशको परिणाम हो । अबको ५ बर्षमा यसले देखाउँछ कि विनाश लगभग आधा प्राकृतिक प्रकोपबाट र आधा तेस्रो विश्व युद्धमा विभाजन हुनेछ । तेस्रो विश्व युद्ध र प्राकृतिक प्रकोपका कारण विश्वको ७०% पूर्वाधार नष्ट हुनेछन् । संसारभरिका धेरैजसो शहरहरू पूर्ण रूपमा ध्वस्त हुनेछन् । आध्यात्मिक अनुसन्धानको माध्यमबाट, हामीले थाहा पायौं कि अन्तिम पटक यस प्रकार ग्रहको विनाशको स्तर लगभग ३०,००० वर्ष अगाडी भएको थियो ।

आउँदो समयमा प्राकृतिक प्रकोपको विपरीत तेस्रो विश्वयुद्धको कारण बढी मानिसहरु मर्नेछन् । तर भौतिक विनाश दुबैको लागि लगभग एकै समान हुनेछ । विश्वको लगभग आधा जनसंख्या यस अवधिमा नाश नहुनेछन् ।

८.१ विनाशमा योगदान पुर्याउने प्रकृतिक प्रकोपको प्रकार

आध्यात्मिक अनुसन्धानको माध्यमबाट हामीले अपेक्षित विभिन्न प्रकारका प्राकृतिक प्रकोपहरुको प्रभावको बारेमा स्पष्ट बुझा प्राप्त गर्न सक्षम भयौं ।

प्राकृतिक प्रकोप
 (२०१९-२०२३)
समग्र भौतिक विनाशको प्रतिशत जुन यस प्रकारको प्रकोपमा श्रेय दिनेछ
ज्वालामुखी १०
भूकम्प
सुनामी
बढ्दो समुद्री तह
बाढी २२
उष्णकटिबंधीय आँधीबेहरी /तूफान
खडेरी ३०
अत्यधिक तातो १०
जंगली आगो
अन्य
Total १००

स्रोत: आध्यात्मिक अनुसन्धान, जून २०१९

८.२ जलवायु कहिले सामान्य हुन थाल्दछ ?

जलवायुको ढाँचा र प्राकृतिक प्रकोपहरु २०२५ पछि कम हुन थाल्नेछ र २०२५ देखि लगभग ५०-६० वर्षमा यो सामान्य स्थरमा फर्किनेछ । यस अवधिमा, मानिसहरुको एउटा नयाँ पुस्ताको जन्म हुनेछन् जो अपेक्षाकृत रुपमा अधिक सात्विक हुनेछन् ।

९. जैविक प्रकोपहरु

हामीले आध्यात्मिक अनुसन्धानबाट अर्को चाखलाग्दो तथ्य थाहा पायौं कि पृथ्वीमा एड्स, इबोला र बर्ड फ्लू जस्ता घातक रोगजनक रोगहरूको मुख्य कारण उच्च स्तरको अनिष्ट शक्तिद्वारा भएको हो । २०२५ पछि, जब नयाँ युग (चक्र) सुरू हुनेछ, त्यस बेला कुनै घातक रोगजनक रोगहरूको परिचय हुने छैन । तर अनिष्ट शक्तिले बनाएका रोगाका जीवाणुहरु पृथ्वीमा रहनेछन् र ती रोगहरुको उपचार खोज्नु  आवश्यक छ ।

१०. प्रतिकूल सामूहिक प्रारब्ध

प्रारब्ध हाम्रो जीवनको त्यो अंश हो जुन हाम्रो नियन्त्रणमा हुँदैन जुन हाम्रो पहिलाको जन्महरुको कर्मको कारणले हुन्छन् । यदि कसैले विगतको जीवनहरुमा धेरै खराब कार्यहरू गरेर अरूला पीडा दिएका छन् भने, उसले आफ्नो वर्तमान जीवनकालमा प्रारब्धद्वारा बढी कष्ट र पीडा भोग्नु पर्दछ । हाम्रो जीवनको केही अंशहरू स्वतन्त्र इच्छाद्वारा नियन्त्रित हुन्छन्, र हामी यसला हाम्रो इच्छा अनुसार प्रयोग गर्न सक्छौं ।

यद्यपि प्रारब्धको अर्को पक्ष पनि छ जसला सामूहिक प्रारब्धको रूपमा चिनिन्छ, र यो सामान्यतया मानिसहरुको समुह वा शहर वा देशला  लागु हुन्छ ।

जीवनको पक्ष सामान्य समय % २०१९-२०२३ मा (%)
१. सामूहिक प्रारब्ध १० ३०
२. व्यक्तिगत प्रारब्ध ६० ४५
३. स्वतन्त्र इच्छा ३० २५
कुल १०० १००

स्रोत: आध्यात्मिक अनुसन्धान, मे २०१९ 

तपाईंले माथिको तालिकाबाट अवलोकन गर्न सक्नु हुन्छ, वर्तमान युगमा औसत व्यक्तिको लागि सामूहिक प्रारब्ध करीव १०%, व्यक्तिगत प्रारब्ध ६०% र स्वतन्त्र इच्छा ३०% हुन्छ । तर जब हामी चक्रको अन्तिम चरणमा जान्छौं, सामूहिक प्रारब्धले हाम्रो जीवनमा ठूलो प्रभाव पार्दछ, जुन ३०% जति हुन्छ । तसर्थ, प्रारब्धको घटनाहरू (प्राय प्रतिकूल) २०१९ देखि २०२३ सम्म हाम्रो जीवनमा ७५% हुन्छ । मानिसहरु बसोबास गर्ने ठाउँमा जहाँ सामुहिक प्रारब्ध एकदम प्रतिकूल हुन्छ त्यहाँ गम्भिर प्राकृतिक प्रकोप र तेस्रो विश्व युद्धबाट अधिक विनाश हुनेछ ।

११. हामी यस बारे के गर्न सक्छौं ?

यस लेखको उद्देश्य डर देखाउनु होइन तर आउदै गरेको पृथ्वीको तिहासमा विनाशकारी चरणको बारेमा मानिसहरुला सचेत गराउने र बाँच्नको लागि के गर्ने भन्ने समाधान प्रस्ताव गर्नको लागि हो ।

आउनुहोस् छोटकरीमा विश्वभरिको जलवायु परिवर्तनको प्रचलित विचारहरुला दोहोर्याएर हामी सुरु गरौं । 

सन्देहवादीहरु सहमति र आपीसीसी एस.एस.आर.एफ.
के जलवायु परिवर्तन हुँदैछ? हुँदैछ, तर यो सँधै परिवर्तन भइरहन्छ स्पष्ट तरिकाले हुँदैछ।। हुँदैछ र यो द्रुत रुपमा अगाडि बढ्नको लागि शुरुआत मात्रै हो
के मानिसले यहाँ केही भूमिका खेल्दछ ? हुन सक्छ, तर कति भनेर भन्न सक्दैन खेल्दछ – मुख्यतया हरितगृह ग्यासको उत्सर्जनबाट मानिसको कारण केवल २% मात्र, मुख्यतया मानिस र वातावरणमा समयको प्रभावको कारण
के यो संकट हुन गइरहेको छ? यो संकट हुन सक्छ, यो सम्भव छ – तर हामी आत्तिने छैनौं छ, निस्सन्देह यदि हामी जसरी बढिरहेका छौं, त्यसरी नै आगाडि बढिरहयो भने छ, र धेरै छोटो समयमा
महत्वपूर्ण भिन्नता ल्याउनको लागि हामी केही गर्न सक्छौं? खासै सक्दैनौं सक्छौं, यदि हामीले उत्सर्जनला सीमित गर्छौं र विश्वव्यापी औसत तापमानको वृद्धिला २ डिग्री पूर्व औद्योगिक सेल्सियस स्तरभन्दा तल राख्छौं भने । यदि यस्तो भयो भने यसले जलवायु परिवर्तनको जोखिम र प्रभावहरूला घटाउनेछ । सक्दैनौ, तर यदि हामी साधना गर्यौं भने हामी आफ्नो रक्षा गर्न सक्छौं ।

छोटो-चक्रको (mini-cycle) परिवर्तन माथि हाम्रो कुनै नियंत्रण हुँदैन । यद्यपि यी परिवर्तनहरूले सम्पूर्ण ग्रहला असर गर्दछ जुन प्रकृतिक रुपमा आध्यात्मिक हुन्छ । यो उथलपुथलको श्वरीय लक्ष्य (प्राकृतिक प्रकोप होस् वा तेस्रो विश्वयुद्ध होस्) पृथ्वीमा सात्विकता (आध्यात्मिक शुद्धता) फिर्ता ल्याउनको लागि हो । तसर्थ, नयाँ युगमा प्रवेश पाउनको लागि पूर्व आवश्यकता हो कि व्यक्तिमा उच्च स्तरको सात्विकता हुनुपर्छ । साधनाद्वारा (जुन विश्वव्यापी सिद्धान्तहरु अनुसार हुन्छ) आध्यात्मिक स्तर र सत्व घटक बढाउन सकिन्छ । हामी यस डरलाग्दो समयको आक्रमणला रोक्न सक्षम नभए पनि, हामीले साधनाको ठोस प्रयास गरेर यसबाट आफुला बचाउने  प्रयास गर्न सक्छौं ।

निम्न ४ चीजहरू छन् जुन हामी हाम्रो पाठकहरूला यस अवधिमा जीवित रहनमा मद्दत गर्नको लागि सल्लाह दिन्छौं ।

  1.  ईश्वरको नामको जप गर्ने । हामी आउँदो समयमा सुरक्षाको लागि दुईटा नामजप सिफारिस गर्दछौं ।
    1. ओम नमो भगवते वासुदेवाय (वर्तमान काल देखि २०२३ सम्मको लागि आध्यात्मिक रूपमा अनुकूल नामजप)
    2. श्री गुरुदेव दत्त (दिवंगत पूर्वजहरुद्वारा समस्याहरूला पार गर्नको लागी)। दिनको कम्तिमा पनि २ घण्टा नामजप गर्नको लागि सुझाव दिन्छ ।
  2. स्वभाव दोष प्रक्रियाको. अभ्यास गरेर आफ्नो स्वभाव दोषहरु हटाउने । यसले मनमा शान्ति बढाउन मद्दत गर्दछ र स्वयंमा सूक्ष्म तम घटक पनि कम गर्दछ ।
  3. आफ्नो साधनामा नियमित हुन र त्यसमा वृद्धि गर्नको लागि शक्ति र धैर्य पाउनको लागि प्रार्थना बढाउनुहोस् । आध्यात्मिक दृष्टिले भौतिक लाभको लागि प्रार्थना गर्नुको कुनै महत्त्व छैन ।

  4. आध्यात्म प्रसारको सेवा गर्नुहोस् । यसला सतसेवा भनिन्छ । शिष्यको गुणहरु (जस्तै विनम्रता, आध्यात्मिक भाव) को साथ आध्यात्मिक प्रसारको सेवा गर्नु श्वरको कृपा अर्जित गर्ने सबै भन्दा छिटो माध्यम हो ।

यो लेख पढ्दा, तपालाई लाग्न सक्छ की यो लेखले हामीला डर देखाउन खोज्दैछ, किनभने संसारको घटनाहरु खराब त छन्, तर यो लेखमा भने जति छैन । तपाईंला लाग्न सक्छ की, “हामीसँग अझ धेरै समय छ । जे भएपनि, बाढी र खडेरीहरु टाढाको भुभागहरुमा भरहेको छ, र संसारभरि भइरहेको युद्धले वास्तवमा हामीला असर गरिरहेको छैन ।” तर, घटनाहरु छिट्टै बढ्न थाल्नेछन् । हामी विनाशकारी अनुपातको अन्तिम चरणमा छौं र यसको बारेमा न त विश्वको सरकार न त जलवायुविद्हरूले भविष्यवाणी गर्न सक्छन् र यो आशा गरिएको समय भन्दा पनि धेरै छिटो समयमा आउन लागेको छ । हामी विश्वला निवेदन गर्दछौं कि यस लेखको सन्देशला गम्भीरतासाथ लिनुहोस् र साधना (आध्यात्मिक अभ्यास) को ठोस प्रयास गर्नुहोस् । 

कृपया ध्यान दिनुहोस् : जीवित रहनको लागि मार्गदर्शन  यस खण्डमा जीवन रक्षा जानकारी र उपचार पद्धतिहरु प्रकाशित गर्नेछौं । 

१२. ग्रंथसूची

IPCC. (2018). Global Warming of 1.5 ºC. Retrieved from IPCC: https://www.ipcc.ch/sr15/chapter/summary-for-policy-makers/

Lindsey, R. (2018, August 01). Climate Change: Atmospheric Carbon Dioxide. Retrieved from Climate.gov: https://www.climate.gov/news-features/understanding-climate/climate-change-atmospheric-carbon-dioxide

NASA. (2018). Global temperature. Retrieved from Global Climate Change: https://climate.nasa.gov/vital-signs/global-temperature/

NASA. (2019, May). Carbon Dioxide. Retrieved from Global Climate Change: https://climate.nasa.gov/vital-signs/carbon-dioxide/

ojjdp.gov. (2018, October 22). Comparing Offending by Adults & Juveniles. Retrieved from Office of Justice Programs: https://www.ojjdp.gov/ojstatbb/offenders/qa03401.asp?qaDate=2016

ucsusa.org. (2017, August 1). How Do We Know that Humans Are the Major Cause of Global Warming? Retrieved from Union of Concerned Scientists: https://www.ucsusa.org/global-warming/science-and-impacts/science/human-contribution-to-gw-faq.html