नामजपको लाभ

. आध्यात्मिक स्तरमा नामजपको लाभ

. १ नामजप आध्यात्मिक उपचारको रूपमा कार्य गर्दछ

विशिष्ट मन्त्र हाम्रो शरीरको विशिष्ट अङ्गसँग जोडिएको हुन्छ। नामजपले राम्रोसँग कार्य नगरेको शरीरको अङ्गलाई ठिक गर्दछ यदि त्यसको कारण आध्यात्मिक हो भने । नामजपबाट केहि विशेष तरङ्ग उत्पन्न हुन्छ जुन रोगग्रस्त अङ्गबाट निर्मित असामान्य एवं अप्राकृतिक तरङ्गहरु हटाउन सहायता गर्दछ । अधिक जानकारीको लागि “स्वास्थ्यको लागि नामजप” यो अनुभाग हेर्नुहोस् ।

.२ नामजपले प्रारब्ध माथि विजय प्राप्त गर्न सकिन्छ

यदि हामी हर समय ईश्वरको नाम लिन्छौं भने प्रारब्धको तिव्रता घट्दछ र सहन सक्ने हुन्छ । साथै हामी संचित प्रारब्ध लेन-देन खाता मा पनि विजय प्राप्त गर्न सक्छौं ।

प्रारब्धको प्रभावलाई कम गर्न तथा शीघ्र आध्यात्मिक उन्नति गर्नको लागि जुन धर्ममा हामीलाई ईश्वरले जन्म  दिनुभएको छ त्यहि धर्मको देवताको नामजप गर्नु पर्छ ।

.३ नामजपद्वारा पितृदोष (पूर्वजहरुको अतृप्तिको कारण हुने कष्ट) बाट उत्पन्न हुने समस्याहरु हट्दछन्

वर्तमान कालमा धेरै मानिसहरु दिवंगत पूर्खाको लागि धार्मिक विधिहरु गर्दैन्न् त्यसैले पूर्खाको अतृप्त सूक्ष्म देहहरुको कारण उनिहरुलाई कष्ट अनुभव हुन्छन् । जस्तौ विवाह नहुने, पति-पत्नी बीच अनबन, गर्भधारण नहुने, विकलांग बच्चाको जन्म हुने आदि पितृदोषको केहि लक्षणहरु हुन् ।

पितृदोषबाट उत्पन्न कष्टबाट छुटकारा पाउनको लागि हाम्रो सुझाव छ, आध्यात्मिक दृष्टिले सुरक्षा प्रदान गर्ने ‘‘श्री गुरुदेव दत्त ” को नामजप गर्नुहोस् । यसको विस्तृत जानकारी हाम्रो लेख “पूर्वजको कष्टबाट स्वयंको रक्षण कसरी गर्ने ?’’  मा उपलब्ध छ ।

पढ्नुहोस् सिरियाकको प्रकरण अध्ययन जसमा बताईएको छ कि ‘श्री गुरुदेव दत्त’ को नामजप आरम्भ गर्नाले धूम्रपान एवं मद्यपानको व्यसन माथि विजय प्राप्त गर्न सक्यो ।

.४ वास्तुको आध्यात्मिक शुद्धिको लागि नामजप

नामजपद्वारा उत्पन्न आध्यात्मिक, ऊर्जाले हामी जुन स्थान (वास्तु) मा रहन्छौं, त्यहाँको शुद्धि हुन्छ । यदि वास्तुमा अनिष्ट तरङ्हरुको अनुभव गर्दछौं भने, प्रगत छैटौं ज्ञानेन्द्रिय अथवा सूक्ष्म-ज्ञानको जानकर व्यक्तिलाई सम्पर्क गर्नुहोस् । उहाँहरुले हाम्रो उद्देश्य पूर्तिको लागि कुन नामजप गर्नुपर्ने हो, बताइदिन सक्नु हुन्छ । यदि यो सम्भव छैन भने, कष्टको तीव्रता अनुसार जुन धर्ममा हाम्रो जन्म भएको छ त्यहि देवताको नामजप  २०- ६० मिनेटसम्म गर्नुहोस् ।

१.५  नामजपले आध्यात्मिक कष्ट हट्दछ

अनिष्ट शक्तिको कारण, हामीले जीवनमा निरन्तर शारीरिक अथवा मानसिक समस्याहरु एवं बाधाहरुको सामना गर्नु पर्दछ । यद्यपि बाहिररूप यी समस्याहरु शारीरिक, मानसिक अथवा सांसारिक स्वरूपको देखिन्छन्; तर वास्तवमा यी समस्या अनिष्ट शक्तिको कारण उत्पन्न हुन्छ । जब हामीलाई यस प्रकारको कष्टको अनुभव हुन्छ, तब स्थूल रूपमा जति उपचार गरेपनि कष्ट पूर्ण रुपमा ठिक हुँदैन। यो त्यस्तै हो जहाँ मलेरिया रोगलाई ज्वरोको औषधिबाट ठीक गर्न सक्दैनौं, अतः जुन औषधिमा मलेरियाको कीटाणु मार्ने शक्ति हुन्छ त्यहि लिनु पर्दछ । अनिष्ट शक्तिहरु साधकको साधनामा बाधाहरु ल्याउदछन् त्येसैले साधकलाई साधनाको जुन अपेक्षित फल मिलनु पर्ने हो त्यो मिल्दैन । जब हामी ईश्वरको नामको जप गर्छौं, तब विशिष्ट ईश्वरीय तत्त्व हामीतर्फ आकर्षित हुन्छ र अनिष्ट शक्तिहरुबाट हाम्रो सुरक्षा हुन्छन् ।

वर्तमान समयमा, वर्ष २०२५ सम्म, पुरै विश्वमा भगवान कृष्णको तत्त्व अधिक मात्रामा जागृत रहने छ, त्यसैले प्रतिदिन २ घण्टा ‘ॐ नमो भगवते वासुदेवाय‘ जप गर्न सक्छौं ।

.६ नामजप गर्नाले दुखबाट बच्न सक्छौं  

अ. दुःखको मूल कारण हो विभिन्न बस्तुहरु प्रति हाम्रो आसक्ति । नामजप गर्नाले हामीमा ईश्वर प्रति प्रेम निर्माण हुन्छ, हाम्रो सांसारिक वस्तुहरु प्रति आसक्ति घटन थाल्छ, दुःख घट्छ र हामीलाई अधिक आनन्दको अनुभव पनि हुन्छन् ।

आ. ईश्वर सदा आनन्दमा रहनु हुन्छ त्यसैले उहाँको नाम लिनाले हामी पनि निश्चित रुपमा आनन्दको अनुभव गर्न सक्छौं ।

.७ नामजपबाट आध्यात्मिक शक्तिहरु (सिद्धिहरु) प्राप्त हुने

सिद्धि अलौकिक शक्ति हुन् । नामजप साधना गर्नाले हामी कहिलेकाहि विशिष्ट ईश्वरीय तत्त्वमाथि नियन्त्रण पाउन सक्छौं फलस्वरूप अलौकिक शक्तिहरु प्राप्त गर्न सक्छौं । उद्धाहरणको लागि, सूर्य देवताको नामजप गर्नाले तेज तत्वमाथि नियन्त्रण प्राप्त हुन्छ र यस कारण हामीमाथि उष्णताको प्रभाव पर्दैन्न् । सिद्धि साधनाको प्रतिफल हो, तर साधनाको उद्देश्य होइन ।

.८ नामजपद्वारा मृत्यु पश्चात पनि आध्यात्मिक लाभ हुन्छ

निरन्तर नामजप गर्नाले हाम्रो अन्तर्मनमा भक्तिको केन्द्र निर्माण हुन्छ । मृत्युको समय भक्ति केन्द्र सूक्ष्म-शरीरको साथ जान्छ । त्यसैले मृत्यु पश्चात पनि नामजप जारि रहन सक्छ । यसले मरणोपरांत रक्षा गर्दछ अनि अगाडीको सूक्ष्म-लोकमा तीव्र गतिसँग अगाडि बढ्नमा सहायता गर्ने गर्दछ ।

. साधनामा नामजपको लाभ

.१ नामजपको समय स्मरण एवं ध्यान दुवै हुन्छ

हाम्रो मनमा भगवानको स्मरण रहन्छ त्येसैले नामजप गर्छौं । नामजप गर्ने समय ईश्वरको स्मरण स्वतः नै हुन्छ ।

.२ नामजप गर्नाले अन्तर्मुख वृत्ति निर्मित हुन्छ

जब नामजपद्वारा हाम्रो वृत्ति अन्तर्मुख हुन थाल्छ तब यसको अर्थ यो हो हाम्रो आध्यात्मिक उन्नति भइ रहेको छ । संसार प्रति झुकाव घट्न थाल्छ र हामी आफ्नो अन्तर्मनमा झांकन थालछौं । यसले अन्तर्मुख हुनमा सहायता मिल्छ, जुन हाम्रो साधनाको लागि लाभदायक हुन्छ ।

. ३ नामजप परिपूर्ण साधना हो

परिपूर्ण साधना त्यो हो जुन मन एवं शरीरको कार्यको लागि अनुकूल हुन्छ । नामजप त्यस्तो एउटा परिपूर्ण साधना हो । यसलाई जसले पनि, जहिले पनि एवं जाहाँपनि गर्न सकिन्छ । अतः यो एउटा उत्तम स्वाभाविक अवस्था हो जसमा हामी भगवानसँग एकरूप हुन सक्छौं । यस्तो अवस्था त्यो व्यक्तिहरुको हुन्छ जसको नामजप अन्तर्मनदेखि हुन्छ, उनीहरुको ईश्वरीय तत्वको साथ निरन्तर सम्बन्ध जोडिरहेको हुन्छ ।

.४ नामजपद्वारा श्रद्धा एवं भाव दुवै विकसित हुन्छ

निरन्तर भगवानको नाम लिनाले, नामजपमाथि पूर्ण विश्वास भएमा हामीलाई अनुभूतिहरु आउँदछन् । नामजपबाट अनुभूति भएमा हाम्रो भक्ति तथा श्रद्धा निर्मित भएर दृढ हुन्छ । जब हामीलाई पूर्ण विश्वास हुन्छ कि भगवानको नामले मलाई सबै कुरा दिन्छ तब हामी आर्तताले नामजप गर्न थालछौं, तब शीघ्रताले भाव जागृति हुन्छ । एउटा भनाइ छ ‘जहाँ भाव त्यहाँ भगवान’, अतः अध्यात्ममा भाव निर्माण गर्नु सबै भन्दा अधिक महत्वपूर्ण छ ।

ईश्वरमा विश्वास अझै बढ्यो : जब म कामबाट घर फर्किन्थ्ये, बस

बिसैनीबाट घर जानको लागि १० मिनट खुट्टाले हिड्नु पर्दथ्यो । जब मेरो काम राति ढिलो समाप्त हुन्थ्यो, तब अन्धकार एवं सुनसान मार्गमा एक्लौ हिड्नु पर्दथ्यो । मलाई एक्लै डर लाग्दथ्यो । कसैको आक्रमण अथवा पछ्याउने डरले म तीव्र गतिमा हिड्दथे । जब मलाई भगवानको नामजपको बारेमा थाहा भयो त्यो समयमा, नामजप गर्दथे र भगवानसँग प्रार्थना गर्दथे कि हे भगवान मलाई घरसम्म सुरक्षित पुराई दिनुहोस् । त्यसपछि मलाई डर लाग्दैन थियो अनि यस्तो महसुस हुन्थ्यो कि स्वयं ईश्वर मेरो साथ हिडि रहनु भएको छ । यसले मेरो चिन्ता कम भयो र ईश्वर प्रति श्रद्धा दृढ भयो । – श्रीमती क्रिस्टी, वैंकूवर, कनाडा.

.५ बिना अपेक्षा नामजप गर्नाले पुण्य पनि लोप हुन्छ

बिना कुनै सांसारिक लाभको अपेक्षा जब हामी नामजप गर्छौं, तब हामीमा भाव निर्मित हुन्छ । ईश्वरको नाम प्रति प्रेम जागृत हुनाले हामी ईश्वरलाईनै पाउँदछौं । ईश्वर प्राप्ति भएपछि अत्याधिक आनन्दको अनुभूति हुन्छ, र हाम्रो सबै पुण्य समाप्त हुन जान्छ, किनकी यो स्तरमा पुण्य पनि मोक्षसम्म पुग्नमा बाधा हुन्छ । यो स्थितिमा पुगेर हामी जुन भक्तिको अनुभव गर्छौं त्यसले हामी एवं हाम्रो वरपरको व्यक्तिलाई पनि लाभ हुँदछ ।

.६ नामजप गर्नाले पाप कम हुन्छ

नामजप एक सरल साधन हो जसले हाम्रो जन्म-जन्मांतरको पाप भस्म हुन्छ  – सन्त तुकाराम ।

ईश्वरको नाममा यति धेरै शक्ति हुन्छ की त्यसले असंख्य पापहरुलाई जलाएर भस्म गरिदिन्छ । भनिन्छ कि व्यक्तिको यस्तो कुनै पाप हुँदैन, जुन ईश्वरले नष्ट गर्न सक्नुहुँदैन ।

भारतको महाराष्ट्र स्थित नारायण गांवको परम पूज्य काणे महाराजज्यूले नामजपले पापहरु नष्ट गर्ने क्षमताको वर्णन गर्दै भन्नु भएको छ कि “नामजप गर्नु भन्दा पहिलाको कालावधिमा कुनै पाप गरेको भए त्यो नष्ट हुन्छ । यदि नामजप आरम्भ गरेपछि कुनै पाप गर्छ भने, पाप तबसम्म रहन्छ, जबसम्म हामी पुनः नामजप गर्दैनौं । यदि पुनः नामजप गर्न हामी असफल भयौं भने हामीले पापको परिणाम भोग्नु पर्दछ ।’’

नामजपले अज्ञानवश गरेको पाप धोइदिन्छ । यदि जानेर पाप गरेको हो भने यस्तो हुँदैन।

नामजप पापलाई समाप्त गर्नको लागि प्रायश्चित भन्दा श्रेष्ठ छ, किनभने प्रायश्चितले पाप त नष्ट हुन्छ तर हाम्रो पाप गर्ने वृत्ति बनी रहन्छ । जब हामीमा मोक्ष प्राप्तिको तीव्र इच्छा जागृत हुन्छ तब पाप गर्ने इच्छा वशमा हुन्छ र पाप नष्ट हुन्छ ।

.७ नामजपले कर्मलाई अकर्मकर्ममा बदल गरि दिन्छ

कुनै पनि व्यवसायमा हामी लेन देनको मामलामा जति सावधानीपूर्वक प्रयास गर्दा पनि, एकदम टीक हिसाब लगाउन असम्भव हुन्छ । सम्क्षेपमा, लेन देनको हिसाब बनिनै रहन्छ । यसबाट बचनको लागि आवश्यक हुन्छ कर्म, अकर्म-कर्म बन्नु पर्छ ।

कुनैपनि कर्म नामजप गर्दै गर्यौं भने त्यो अकर्म-कर्म हुन्छ । त्यसबाट हामीलाई न पुण्य मिल्दछ न पाप । फलस्वरूप हाम्रो प्रारब्ध भोग समाप्त हुन्छ र जन्म मृत्युको चक्रबाट हामीलाई शीघ्र मुक्ति मिल्दछ ।

२.८ नामजपले हाम्रो अन्तर्मन शुद्ध हुन्छ र आध्यात्मिक ज्ञान ग्रहण गर्नको लागि अनुकूल बनाइ दिन्छ

जसरी राम्रो बाली उत्पादन गर्नको लागि खेत जोतेर मलिलो बनाउनु पर्छ, त्यसैगरि जबसम्म हाम्रो सूक्ष्म शरीर शुद्ध हुँदैन, तबसम्म ज्ञान प्रवेश गर्दैन ।

.९ जप गर्नाले हाम्रो आध्यात्मिक प्रगति शीघ्र हुन्छ

साधनामा अनुभूतिहरु जस्तौ विविध रङ्गहरु देख्नु, प्रकाश देख्नु एवं भिन्न प्रकारको स्वर सुनाई दिनु आदि अनुभव भएपछि अनेक व्यक्तिहरु साधनामा त्यही नै रोकिन्छन् । उनीहरुलाई अनिष्ट शक्तिले अनुचित मार्गदर्शन गर्न पनि सक्छन् किन कि उनीहरुलाई ईश्वरको संरक्षण अल्प मात्रामा मिल्दछ । भगवानको नामजप गर्नाले सबै प्रकारको अनुभवहरुलाई अनदेखी गर्दै हामी सीधा भगवानसम्म पुग्छौं ।

.१० नामजपबाट अहंकारको विघटन हुन्छ

जसरी आगोको समीप घीउ राख्नाले घीउ पग्लिन्छ, ठीक त्यसै प्रकार नामजपले हाम्रो अहं  को विघटन गर्छ ।

जब कसैले हामीलाई गोद (ग्रहण) लिन्छ तब हामीले आफ्नो पहिलाको नाम छोडेर नयाँ नाम अपनाउन पर्छ अनिमात्रै हामीलाई नयाँ आमा-बाबाको सम्पत्ति प्राप्त हुन सक्छ । त्यसरीनै ईश्वरको कृपा प्राप्त गर्नको लागि अहंकारको त्याग गर्नु पर्छ । आफ्नो नाम भुलेर वहाँको नाम लिनु पर्छ अर्थात नामजप गर्नु पर्छ । य यसरी हामी भगवानको नाममा रममाण हुनु पर्छ की हामीलाई स्वयंको विस्मरण होस् र हामी भगवानको नामसँग एकरूप हुन सकोस् – परम पूज्य भक्तराज महाराज ।

.११ नामजपले गुरुको कृपा प्राप्त हुन्छ

यदि गुरु स्वयंलेनै हामीलाई बताउँनु भएको छ कुन नामजप गर्नु पर्छ, यो सौभाग्यको कुरा हो; तर यदि हामीलाई गुरु मिलेन भने, त्यति बेला पनि हामीले नामजप गर्दै जानु पर्छ । किन भने नामजपबाट नै हामीलाई हाम्रो गुरु मिल्नेछन् ।

 

.१२ नामजपबाट हामी ईश्वरसँग एकरूप हुन सक्छौं

जो देवता  को नामजप गर्छ, उनी भगवानको नामसँग अथवा देवता, जुन देवताको नामजप गरि रहेको छ त्यससँग एकरूप हुन सक्छ । जब यी तीन एक हुन्छन्, तब अद्वैत स्थिति प्राप्त हुन्छ ।

. सारांश

नामजपले हाम्रो सबै आध्यात्मिक समस्याहरु हटाई दिन्छ र मृत्यु उपरांत पनि हाम्रो ध्यान राख्दछ ।

केवल नामजप मात्र एउटा साधना हो जुन निरन्तर गर्न सकिन्छ । उदा. हामी दिनको पुरै २४ घण्टा ध्यानमा बस्ने, योगासन गर्न भक्ति गीत गाउँने र तीर्थ यात्रामा जान सक्दैनौं । तर आफ्नो प्रत्येक दायित्त्त्व निभाउँदै जस्तौ घर, बच्चा, नौकरी समाहल्दै पनि हामी हर समय नामजप गर्न सक्छौं । यदि हामी ईश्वरसँग एकरूप हुन चाहनछौं भने हामीले आफ्नो साधना निरन्तर एवं अखण्ड गर्नुपर्छ । यो केवल नामजप बाट मात्रै सम्भव हुन्छ ।

नामजपले अन्तर्मनलाई पनि शुद्ध गर्दछ र हाम्रो यो जन्मको एवं पूर्व जन्मको पापहरुलाई पनि भस्म गर्न सक्छ, जसले गर्दा जन्म-मृत्युको चक्रबाट मुक्ति पाउन सम्भव हुन्छ । यो हाम्रो अहंकारलाई नष्ट गर्छ र अन्तर्मनमा श्रद्धा र भक्ति निर्मित गर्छ जसले हामी एवं हाम्रो वरपर सबैलाई लाभ हुन्छ ।