१. अहंको आध्यात्मिक परिभाषा

आध्यात्मिक दृष्टिकोणबाट अहंको अर्थ हो भौतिक शरीरसँग पहिचान राख्नु तथा सूक्ष्मदेहको अनेक केंद्रमा विद्यमान संस्कारहरुका कारण स्वयं अरु भन्दा एवं र्इश्वर भन्दा अलग सम्झनु । सम्क्षेपमा, यस विचारको साथ जीवन जिउनु कि हाम्रो अस्तित्व पञ्चज्ञानेंद्रिय, मन तथा बुद्धिसम्म नै सिमित हुनु अथवा विभिन्न प्रमाणमा यसको माध्यमबाट पहिचानु नै अहं हो ।

अध्यात्मशास्त्र अनुसार हाम्रो साँचो अस्तित्व स्वयंलार्इ आत्मा अथवा हाम्रो अन्तरमा विद्यमान ईश्वरीय तत्त्वलार्इ पहिचान गरि तथा प्रतिदिन यहि भानको साथ आफ्नो जीवन व्यतीत गर्नु हो । हामी सबैमा एउटै ईश्वरीय तत्त्व विद्यमान छ, आध्यात्मिक दृष्टिकोणबाट पूरै सृष्टिमा एकात्मता छ ।

तर पनि, हामीमा विद्यमान ईश्वरीय तत्व अर्थात आत्मासँग हाम्रो एकरूपता (पहिचान) हाम्रो अहंको स्तरमा निर्भर गर्छ । यदि हामीमा अहं अधिक छ भने स्वयंलार्इ आत्मा अथवा हाम्रो अन्तरमा विद्यमान ईश्वरीय तत्वलार्इ कम चिन्छौं ।

२. मनोवैज्ञानिक दृष्टिकोण अनुसार अहं :

सर्वसामान्य भाषामा, अहंलार्इ स्वयंको विषयमा अभिमानको रूपमा परिभाषित गर्न सकिन्छ । मेरो शरीर, मेरो मन, मेरो बुद्धि, मेरो जीवन, मेरो सम्पत्ति, मेरो श्रीमती अनि बच्चा, मलार्इ सुख मिल्नु पर्छ इत्यादि विचार अहंको कारण उत्पन्न हुन्छ ।

मनोवैज्ञानिक स्तरमा अहं अर्थात स्वयंको भान, अभिमान, अहंकार, घमण्ड, ‘म’पन शब्द अहंसँग नै सम्बन्धित हुन्छ ।

३. सूक्ष्म ज्ञानमा आधारित अहंयुक्त व्यक्तिको चित्र

सूक्ष्म ज्ञानमा आधारित तल दिएको चित्र एउटा अहंयुक्त व्यक्तिको हो । यो चित्र SSRF को एक साधक द्वारा बनाएको हो जसको छैटौं इन्द्रिय अधिक विकसित छ । आत्माको चारैतर्फ देखिने कालो आवरण व्यक्तिको अहं हो । त्यो व्यक्तिको अहं अधिक भएको कारण उनी स्वयंलार्इ आत्माको रूपमा जान्न सक्दैन । अहंको कारण त्यस व्यक्तिको चारैतर्फ कालो शक्तिको आवरण एकत्रित भएको छ । साथै, जब कसैको अहं अधिक हुन्छ तब ईश्वरीय कृपाको प्रवाह पनि अवरुद्ध हुन्छ ।

कालो शक्तिको आवरणको साथ ईश्‍वरीय कृपा प्राप्तिको मार्ग अवरूद्ध हुनुको परिणामस्वरूप व्यक्तिको जीवनमा नकारात्मक प्रभाव पर्छ