स्वास्थ्यको लागि र्इश्वरको नामजप

एसएसअरएफ शारीरिक र मनोचिकित्सा रोगहरुको उपचारका लागि आध्यात्मिक उपचारको साथै पारम्परिक चिकित्सा उपचारको निरन्तरतालार्इ सल्लाह दिन्छ ।

पाठकहरुलार्इ सल्लाह छ कि आफ्नो स्वयंको विवेकले आध्यात्मिक उपचार अपनाउनुहोस् ।

. स्वास्थ्यको लागि नामजपको परिचय

SSRF आफ्नो प्रारम्भदेखि यो सन्देश निरन्तर दिदै आर्इरहेको छ कि जीवनको समस्याहरुका मूल कारण शारीरिक, मानसिक तथा आध्यात्मिक स्तरको हुन्छन् SSRF द्वारा गरिएको आध्यात्मिक अनुसन्धान यो दर्शाउछ कि जीवनको स्वास्थ्य सम्बन्धी समस्याहरु सहित सबै समस्याहरुका मूल कारणमा आध्यात्मिक कारणको योगदान ८०% सम्म हुन सक्छ जुन समस्याहरुका मूल कारण आध्यात्मिक आयामको हुन्छ, त्यसलार्इ साधना अनि अन्य आध्यात्मिक उपचार विधिद्वारा मात गर्नु सर्वश्रेष्ठ मार्ग हो वर्तमान युगमा, आफ्नो जन्मजात धर्म एवं पन्थ अनुसार ईश्वरको नामजप गर्नु नै मूल साधना  हो नामजप शारिरीक, मानसिक एवं आध्यात्मिक दृष्टिले कल्याणकारी

पढ्नुहोस् हाम्रो सन्दर्भ लेख आधुनिक चिकित्सा विज्ञान अथवा औषधिको मर्यादा तथा आध्यात्मिक उपचार विधिको आवश्यकता

. आध्यात्मिक उपचारात्मक विधि गर्दा, रोगले पीडित अङ्ग मजबूत हुन जान्छ

रोगको मूल कारण बुझ्नु, उनकोलागि उत्तरदायी आध्यात्मिक कारण एवं ती आध्यात्मिक कारणहरुका प्रतिशत मात्रा, यी सबै आध्यात्मिक अथवा सूक्ष्मआयामसँग सम्बन्धित हुनुको कारण परिमाणको अंश हो, जसलार्इ बुझ्न कठिन यस अतिरिक्त त्यस व्यक्तिको उपलब्धता, जो सूक्ष्मआयाम जान्न सक्छ तथा हामीलार्इ उपचार बताउन, सदैव सम्भव छैन अतः मनुष्य यो सदैव बुझ्न सक्दैन कि वास्तवमा कुन अङ्ग पीडित छ, कुन  आध्यात्मिक उपचार (नामजप, मुद्रा, तथा न्यास) गर्न आवश्यक , जसले त्यो अङ्ग स्वस्थ होस् एवं रोगलार्इ विशिष्ट सीमासम्म रोक्न पाउन सम्भव हुनेछ । स्वास्थ्यको लागि नामजप  यस लेखमा शरीरको अङ्ग एवं सम्बन्धित बीज मन्त्र तथा नामजप बताएका छन् कुन विशिष्ट रोगको लागि उचित मुद्रा कुन हो तथा सम्बन्धित चक्रमा कुन न्यास गर्न आवश्यक , यो विषयमा पनि जानकारी उपलब्ध रोगी निर्धारित आध्यात्मिक उपचारको लाभ उठाउनको साथसाथै, आफ्नो उपचारको लागि आधुनिक चिकित्साको पनि सहायता लिनुहोस्

. शरीरको अङ्गहरुसँग सम्बन्धित देवताहरुको नामजप

जब आध्यात्मिक उपचारको लागि नामजप विशेष रूपले आवश्यक , तब एउटा आध्यात्मिक सिद्धान्त सम्झन आवश्यक शरीरको प्रत्येक अङ्ग र्इश्वरको विशिष्ट तत्त्व द्वारा नियन्त्रित गरिन्छ, जसलार्इ देवतातत्त्व भनिन्छ जब कसैलार्इ कुनै अङ्ग आध्यात्मिक कारणले कुनै रोगले प्रभावित हुन जान्छ, तब त्यस अङ्ग एवं रोगसँग सम्बन्धित कुनै विशिष्ट देवता, जुन त्यस अङ्ग एवं रोगसँग सम्बन्धित , उनको नामजप गर्नाले राम्रो परिणाम मिल्दछ त्यस देवतातत्त्वमा निहित चैतन्यले त्यो अङ्ग आध्यात्मिक स्तरमा सशक्त भएर व्यक्तिको रोग प्रतिरोधक क्षमता बढ्दछ

रोगको लागि दिएको नामजप जिति अचूक (सही) हुन्छ, त्यतिनै परिणाम शीघ्र अनि व्यापक मात्रामा मिल्दछ

. नामजपको उपचार क्षमतालार्इ कसरी बढाउने

  • एकाग्रतासँग नामजप गर्ने : जब एकाग्रतासँग नामजप गर्छ तब सात्तिवक स्पन्दनको सुरक्षा कवज रोग ग्रस्त कोशाणुमा निर्मित हुन्छ । केहि समय पश्चात रोग पुन:पुन: हुने सम्भावना न्यून हुन जान्छ ।
  • भावपूर्ण नामजप गर्ने : भाव सहित नामजप गर्नाले शरीरको अङ्गमा र्इश्वरीय शक्ति जागृत हुन्छ यसको परिणामस्वरूप अङ्गको कोशाणु चैतन्यले भरिन्छ यस प्रकार आध्यात्मिक सकारात्मकता बढ्नाले कीटाणुको रूपमा विद्यमान कष्टदायक स्पन्दन नष्ट भएर त्यस अङ्गको कोशाणु पुनर्जीवित भएर उठ्दछ
  • प्रार्थनासहित नामजप गर्ने : नामजप गर्ने समय पुन:-पुन: प्रार्थना गर्नाले नामजपको प्रभाव धेरै गुना बढेर जान्छ वास्तबमा जो व्याकुलता अनि भावसँग प्रार्थना गर्छ तब नै ब्रह्माण्डमा विद्यमान त्यस विशिष्ट देवताको स्पन्दन व्यक्तितर्फ आकर्षित हुन्छ यो र्इश्वरीय स्पन्दन व्यक्तिको चेतनामा व्याप्त हुन जान्छ, जसले रोगको कष्टदायक स्पन्दन नष्ट हुन्छ भावपूर्ण प्रार्थना बिना गरेको नामजप गुणात्मक हुँदैन यस कारण नामजप केवल संख्यात्मक हुनाले नै रोगीको सीमित मात्रामा नै लाभ हुन्छ