देवता को हुनुहुन्छ ?

अध्यात्म शास्त्रमा देवताको सिद्धान्तको उदाहरणको माध्यमबाट उचित ढङ्गसँग समझाउन सकिन्छ । के तपार्इ कहिले काहि सोचनु भएको छ कि मात्र तीन मूल रङ्ग – रातो, नीलो अनि पहेलो हुँदा पनि संसारमा अनगिनती रङ्गहरु किन छन् ?

हामीलार्इ थाहा छ कि, यी तीन रङ्गका विभिन्न सम्मिश्रण, अनेक नयाँ रङ्गहरुलार्इ जन्म दिन्छन् ।

यस प्रकार हुनत ईश्वर एक हुनुहुन्छ तर ब्रह्माण्डमा विभिन्न कार्य गर्नको लागि विभिन्न रूपमा अवतरित हुनुहुन्छ । ब्रह्माण्डको विभिन्न कार्य गर्नको लागि ईश्वरको पाँच मूल सिद्धान्त अवतरित हुन्छन् । ती हुन् :

  • उत्पत्ति : प्रत्येक वस्तु उत्पन्न हुन्छ ।
  • स्थिति : प्रत्येक वस्तु जो उत्पन्न हुन्छ त्यसको संरक्षण हुन्छ ।
  • लय : प्रत्येक वस्तु जो उत्पन्न अनि संरक्षित हुन्छ त्यो नष्ट हुन्छ ।
  • व्यापकता : ईश्वर प्रत्येक वस्तुमा हुन्छ ।
  • आन्नद : ईश्वरको गुण सर्वोच्च एवं अन्नत सुख हो ।

यी पाँच मूलभूत सिद्धान्त एक-अर्काको साथ अनेक प्रकारले मिलेर ईश्वरको करोडौं अद्वितीय रूपमा विभिन्न कार्य पूर्ण गर्नको लगि अवतरित हुन्छन् । उदाहरणको लागि ईश्वरको एक रूप पढ्ने, पढाउने, रक्षा गर्ने अनि स्वास्थ्य इत्यादिमा सहायक हुन्छन् । अध्यात्म शास्त्र अनुसार ईश्वरको प्रत्येक यस्तो रूपको आकार हुन्छ अनि त्यसलार्स देवता भन्छ । ब्रह्माण्डमा देवताका कुल संख्या तैंतीस करोड छन्, प्रत्येकको कार्य अद्वितीय छ ।