म के गर्न सक्छु पितृ दोषबाट सूरक्षित हुनको लागि ?

पूर्खाको कारण, विशिष्ट प्रकारको आध्यात्मिक कष्ट हुन्छ । त्यसैले त्यस्तो कष्टको निवारण (पितृ दोष निवारण) पनि विशिष्ट आध्यात्मिक उपायले नै हुन्छ । यस्तो कष्टमा, शारीरिक एवं मानसिक उपायले केवल लक्षणमा मात्र सुधार हुन सक्छ; तर कष्टको मूल निवारण  हुन सक्दैन । उदा. यदि कसैलार्इ चर्म रोग पितृदोषको कारण भएको हो भने चिकित्सकीय उपचारले उनलार्इ राहत त मिल्दछ; तर रोग पूर्ण रूपले ठीक हुँदैन तथा पुनः आउने सम्भावना बनी रहन्छ ।

दत्तात्रेय एक देवता हो, जसको तारक नामजप ‘श्री गुरुदेव दत्त’ पितृ दोष निवारण (पूर्खाको अतृप्तिको कारण हुने कष्ट निवारण) हेतु सहायक हुन्छ । हाम्रो परामर्श छ कि यसलार्इ प्रतिदिन आफ्नो पन्थानुसार उपयुक्त / इष्टदेवता / कुलदेवता को नामजपको साथ गर्नु पर्छ ।

भगवान दत्तात्रेयको नामजप विशिष्ट रूपले पूर्खाको आध्यात्मिक कष्ट देखि निवारण (पितृ दोष निवारण) को विदित उपाय हो ।  अर्कोतर्फ आफ्नो जन्मानुसार पन्थको इष्टदेवताको नामजपले हामीलार्इ आध्यात्मिक प्रगतिको लागि पोषक, सर्वसामान्य आवश्यक आध्यात्मिक तत्त्व मिल्छ । तर भगवान दत्तात्रेयको नामजपले आध्यात्मिक प्रगति हुँदैन; तर सुरक्षा-कवच मिल्छ । अनि पितृ दोष निवारण हुन्छ ।

पितृ दोष निवारण, यसलार्इ एउटा तुलनात्मक उदाहरणले बुझ्न सक्छौं । कसैलार्इ यदि सर्दी भएको छ भने उनीले बहु-भिटामिन जुन नियमित रुपले स्वाथ हुनको लागि सेवन गर्छ (अर्थात आफ्नो जन्मानुसार पन्थको इष्टदेवताको नामजप), यसको साथ-साथै भिटामिन सी लिन आवश्वक पर्छ ।

जब हामी सुरक्षात्मक नामजप ‘श्री गुरुदेव दत्त’ को नामजप गर्छौं; तब भगवान दत्तात्रेयको चैतन्य हामीतर्फ आकर्षित हुन्छन्, यसले निम्नलिखित लाभ हुन्छन् :-

  1. हाम्रो स्थूल एवं सूक्ष्मदेहको चारैतर्फ सुरक्षा-कवच निर्मित हुन्छन्, जसको कारण हाम्रो पितृद्वारा निर्माण भएको बाधाबाट हामी बच्न सक्छौं ।
  2. पूर्खाकोसाथ हाम्रो जुन लेन-देन छन्, त्यसलार्इ चुकाउनमा सहायता हुन्छ, जसले हामीमा हुने दुष्प्रभाव घटेर जान्छ ।
  3. हाम्रो पूर्खालार्इ अगाडिको यात्रा सुगम हुनमा सहायता हुन्छ।

तथापि जपको लाभ, हाम्रो आध्यात्मिक स्तर तथा जपको संख्यात्मक एवं गुणात्मक मात्रामा निर्भर गर्छ ।

पितृ दोष निवारणको लागि हामी ‘श्री गुरुदेव दत्त’ को सुरक्षा-कवच जप कष्टको तीव्रता अनुरूप प्रतिदिन जप्ने परामर्श दिन्छौं, किन कि यो हाम्रो जीवनमा आध्यात्मिक बाधा मूल रूपले हटाउनमा विदित जप हो । उत्तम हुन्छ कि हामी यो जप प्रतिदिन प्रात:कालमा गर्छौं, जसले पूरै दिन आध्यात्मिक रूपले हाम्रो  रक्षण हुन्छ । यसपछि पूरा दिन हामी आफ्नो जन्मानुसार, पन्थको इष्टदेवताको जप गर्न सक्छौं ।

पितरको कष्टको तीव्रता अनुरूप, पितृ दोष निवारणको लागि हामी ‘श्री गुरुदेव दत्त’ को नामजपको मात्राको सुझाव दिन्छौं । यो आध्यात्मिक अनुसन्धान एवं ज्ञानमा आधारित छ, जुन हाम्रो विश्वमन तथा विश्वबुद्धिले अतिजागृत छैटौं इन्द्रियको माध्यमले मिल्छन् ।

  1. यदि कसैलार्इ पितरको कष्ट छैन अथवा अल्प मात्रामा छ भने  भगवान दत्तात्रेयको जप १-२ घण्टा गर्नुहोस्, जसले यस्तो कष्टबाट भविष्यमा बच्न सक्छौं ।
  2. यदि कष्ट मध्यम छ भने पितृ दोष निवारणको लागि २-४ घण्टा जप गर्नुहोस्
  3. यदि कष्ट तीव्र छ भने पितृ दोष निवारणको लागि ‘श्री गुरुदेव दत्त’ को जप ४-६ घण्टा गर्नुहोस् ।

टिप्पणी :  माथि उल्लेख गरेको नामजपको संख्या अहिले बढेको छ । वर्तमान तथा भविष्य कालमा, पितृ दोष निवारण एवं अनिष्ट शक्तिको पीडाको तीव्रतालार्इ ध्यानमा राखेर, उपरोक्त नामजपको संख्या बढेको हो ।

कष्ट कुन प्रकारको हुन्छ, यो जान्नको लागि ‘पितृदोष के हो?’ यो लेख अवश्य पढ्नुहोस् । निम्नांकित तालीका कष्टको तीव्रता एवं लक्षणहरु दिएका छन् ।

प्रकार लक्षण
मन्द चर्म रोग, वैवाहिक सम्बन्धमा अनबन
मध्यम विवाहविच्छेद, मन्द बुद्धि सन्तान प्राप्ति
तीव्र गर्भपात, कुनै परिवारको सदस्यको बचपनमा मृत्यु हुने

टिप्पणी : यदि कष्ट तीव्र छ भने पितृ दोष निवारणको लागि विशिष्ट आध्यात्मिक विधि पनि गर्न सक्छ । यस विषयमा अधिक जानकारी आगामी लेखमा दिनेछ ।

Datta chant
अडियो फाइल डाउनलोड गर्नको लागि कृपया तस्वीरमा दायाँतर्फ क्लिक गर्नुहोस् र “save link as / save target as” क्लिक गर्नुहोस् ! ।

Datta photos