पितृदोष के हे ?

अध्यात्म शास्त्र अनुसार अनि आधुनिक विज्ञानको लागि अज्ञात, हाम्रो जीवनमा ५०% समस्या केवल आध्यात्मिक कारणले नै हुन्छ अनि अन्य ३०% समस्या आध्यात्मिक एवं मानसिक अनि / अथवा शारीरिक कारणले हुन्छ ।

1-nepal-root-cause-of-difficulties-in-a-person-s-life

सन्दर्भ लेख : ‘ जीवनको समस्याहरुका मूलभूत आध्यात्मिक कारणहरुका वर्गीकरण । ‘

हाम्रो जीवनका समस्याहरुका मूलभूत आध्यात्मिक कारणहरुमा एक हो, मृत पूर्वजका अतृप्तिका कारण वंशजलार्इ कष्ट हुनु (पितृदोष) । सम्पूर्ण मानवजातिलार्इ कुनै न कुनै प्रकारले प्रभावित गर्ने अनेक आध्यात्मिक कारणहरु मध्य यो एक सामान्य कारण हो । पूर्वजको कारण वंशमा कुनै प्रकारका कष्ट किन हुन्छ, यसको विस्तृत स्पष्टीकरण दिनु पहिला, आउनुहोस् जानौं कि पितृदोषको कारण कुन प्रकारका कष्ट हुन्छन् ।

पितृदोषको कारण हाम्रो; सांसारिक जीवनमा तथा आध्यात्मिक साधनामा बाधा उत्पन्न हुन्छ । केहि प्रसङ्गमा यस्तो देखाई दिन्छ कि मानौ सम्पूर्ण परिवारमा कालो छाया छाएकोछ । यसलार्इ अनेक प्रकारका उपाय गर्दा पिन परिवारको धेरै सदस्यहरु विविध प्रकारका समस्याहरुका सामना गर्नु पर्छन् । दैनिक जीवनमा पितृदोषको विविध लक्षणहरु दिखाई दिन्छन् ।

  • विवाह नहुनु
  • वैवाहिक जीवनमा अशान्ति
  • दुर्व्यसन (addiction) (लगभग ७०% दुर्व्यसन पितृदोषको कारण हुन्छ)
  • परिपूर्ण रुपले तयारि गरे पनि परीक्षा केही याद नआउनु
  • नोकारीबाट निकाल दिनु
  • गर्भधारण समस्या
  • गर्भपात
  • मानसिक चुनौती भएका बच्चा अथवा विशिष्ट समस्याले ग्रस्त बच्च हुनु
  • बच्चाको अकाल मृत्यु हुनु

गर्भपात, बाल्यकालमा मृत्यु इत्यादि तब हुन्छ जब पितृदोषको साथ प्रारब्धमा अकाल मृत्यु जस्ता अन्य केही तीव्र आध्यात्मिक समस्या हुन्छन् । यस्तो तीव्र समस्या केवल पितृदोषको कारणले मात्र हुन सक्दैन । तर यो समस्या बौद्धिक दृष्टिले पितृदोषको महत्वपूर्ण सङ्केत मान सक्छौं; तथापि केवल कोही सन्त अथवा गुरु (आध्यात्मिक दृष्टिले उन्नत मार्गदर्शक) नै निश्चित रूपमा समस्याको मूलभूत कारण बताउन सक्छ ।

बौद्धिक स्तरमा, हामी दुर्इ सामान्य नियम उपयोग गरेर यो निश्चित गर्न सक्छौं कि समस्याको कारण आध्यात्मिक हो अथवा होर्इन :

• समस्या सामाधान गर्न सबै उपाय विफल भएका छन् । विशेष गरेर ती समस्याहरु जुन आधुनिक विज्ञान द्वारा सजिलैसँग ठीक हुन सक्छ उदा. छालामा दाना आउने, छातीमा वेदना हुनु आदि ।

• परिवारको अनेक सदस्य एक-साथ (उदा. ५ मा ४ जनालार्इ) माथी उल्लेख गरेका समस्याहरु मध्ये केही न केही समस्याले ग्रस्त हुनु । (परिवारको सबै सदस्य ग्रस्त हुनुको कारण हो, सबैको पूर्वज एउटै हुनु । )