नामजपको लाभ

यो लेख राम्रोसँग बुझ्नको लागि हामी सिफारिस गर्दछौँ कि तपाई निम्नलिखित प्रस्तुतीकरणसँग परिचित हुनुहोस् :

१. नामजपको फाइदाहरू – एक परिचय

धेरै सन्तहरूले नामजपको फायदाहरूको वर्णन गरेका छन् । नामजप भनेको परमेश्वरको नाम दोहोराउनु हो । SSRF ले आध्यात्मिक अभ्यासको आधारमा नामजपलाई जोड दिएको छ । यसको कारण हो नामजप वर्तमान समयको लागि सबै भन्दा अनुकूल आध्यात्मिक अभ्यास हो । नामजप बोलेर भन्दा मानसिक रूपमा शक्तिशाली हुन्छ ।

नामजपको महत्व: अवचेतन मनमा लाखौं संस्कारहरु हुन्छ । एउटा विचार मेटाउन पनि धेरै लामो समय लाग्न सक्छ । त्यसैले यो नियमको पालन गरि अवचेतन मनको प्रवृतिलार्इ पराजित गर्नमा धेरै समय लाग्दछ । हाम्रो मूल स्वाभावबाट उत्पन्न हुने यी संस्कार अवचेतन मनबाट मेटाउने तुलनामा अधिक महत्वपूर्ण छ ईश्वरसँग एक रुपरुप हुनको लागि निरन्तर प्रयास गर्ने अनि यो साध्य हुन्छ ईश्वरको नामजप गर्नाले । अन्य घटको साथ-साथै हाम्रो मन, बुद्धि एवं अवचेतन मन हाम्रो मूल स्वाभावको घटक हुन् अनि आफ्नो-आफ्नो गुणधर्म अनुसार कार्य गर्दछ । विरोध गरेर आफ्नो आध्यात्मिक अभ्यास बर्बाद गर्नुभन्दा इश्वरको नामसँग एक हुनु उचित हुन्छ । – परम पूज्य भक्तिराज महाराज

२. नामजपको सूक्ष्म लाभ –

तल दिएको सूक्ष्म ज्ञानमा आधारित चित्र SSRF को एक सन्त पू. श्रीमती योया वालेले प्रगत छैटौं इन्द्रियको माध्यमद्वारा बनाएको हो । पू. योयामा सूक्ष्म जगतलाई देखने क्षमता छ तथा उनी साधना तथा सत्सेवा हेतु सूक्ष्म ज्ञानमा आधारित चित्र बनाउनु हुन्छ । सूक्ष्म ज्ञानको आधारमा रेखा चित्रको शुद्धताको लागि परम पूज्य डॉ.आठवले ज्यूले प्रमाणित गरि सक्नु भएको छ ।

सूक्ष्म ज्ञानमा आधारित निम्न चित्र ईश्वरको नामजपको सूक्ष्म लाभ दर्शाउँछ –

नामजपको लाभ

सूक्ष्म-ज्ञानमा  आधारित चित्रबाट हामी यो बुझ्न सक्छौं कि –

  • अनाहत चक्रमा भावको वलय सक्रिय हुन्छ ।
  • दैवतातत्त्वको प्रवाह आज्ञा चक्रतर्फ आकर्षित हुन्छ ।
  • नामजप गर्ने व्यक्तितर्फ चैतन्यको प्रवाह आकर्षित हुन्छ ।
  • आज्ञा चक्रमा शक्तिको वलय निर्माण हुन्छ ।

यस प्रकारले, नामजपबाट हामीलाई भगवानको नामदेखि आकर्षित तथा निर्मित सूक्ष्म-तरङ्गहरुको लाभ मिल्ने गर्दछ ।

३. नामजपको चिकित्सीय, मनोवैज्ञानिक र आध्यात्मिक लाभ –

नामजपबाट हामीलाई अनेक चिकित्सीय, मनोवैज्ञानिकआध्यात्मिक लाभ हुन्छ । साधनाको प्रारम्भिक अवस्थामा नामजपबाट हुने लाभ थाहा पाउन अलि कठिन हुन सक्छ । साधनाको अगाडीको अवस्थामा पनि नामजपको लाभ अनुभव गरे पश्चात त्यसमाथि विश्वस गर्न सम्भव हुन सक्छ ।

यदि हामी मनुष्य जीवनको मूल उद्देश्य, आध्यात्मिक प्रगतिलाई ध्यानमा राखेर नामजप गर्छौं भने हामी आफ्नो लक्ष्यपनि प्राप्त गर्न सक्छौं र नामजपको अन्य लाभ पनि अनुभव गर्न सक्छौं ।