नामजपको लाभ

१. रोगको लक्षण रोगको आगमन भन्दा पूर्वनै देखिन्छ

शारीरिक, मनोवैज्ञानिक अथवा आध्यात्मिक कारणले हुने रोगको कष्ट तब प्रकट हुन्छ, जब रोगको ३० प्रतिशत बृद्धि हुन्छ । तदुपरांत रोग शारीरिक एवं मनोवैज्ञानिक रूपमा प्रकट हुन्छ । नामजपको कारण, हामी लक्षणको आगमन भन्दा पूर्वनै, रोगबाट अवगत हुन्छौं । यदि भविष्यमा कष्ट हुनेछ भने, अथवा वर्तमानमा यदि कष्ट देखिएको छैन भने, नामजपको कारण कष्ट शारीरिक एवं मनोवैज्ञानिक समस्याको रूपमा प्रकट हुन आरम्भ हुन्छ । किनकी रोगले प्रभावित अङ्गहरुमा नामजपको सकारात्मक तरङ्गहरु प्राप्त हुन्छ । जबसम्म समस्याको अस्तित्व (उपस्थिति) ३० प्रतिशत नभएसम्म, चिकित्सकहरुले पनि रोग थाहा पाउन सक्दैन्न्; तर नामजपको कारण यदि समस्या १०-३० प्रतिशत मात्रा उपस्थित भएपनि थाहा हुन्छ उदाहरणार्थ, यदि कसैमा मनोरोग छ भने, पहिलानै थाहा पाउन सकिन्छ ।

२. मानसिक सन्तुलनको कारण भौतिक लाभ

नामजपको कारण जब मन शान्त रहन्छ, मनुष्य तनावबाट हुने मनोदैहिक (psychosomatic) व्याधिहरुबाट मुक्त रहन्छ तथा राम्रो स्वास्थ्यको आनन्द लिन्छ ।

नामजपको कारण पेटको समस्याहरु न्यून भयो : मेरो जीवनशैली एउटा अत्यन्त व्यस्त प्रबन्ध-निदेशकको समान थियो, म प्रायः यात्रा गर्थे । धन अर्जित गर्नु पर्दथ्यो किनभने १० वर्षदेखि म एक्लै आमा थिए साथै दुई जाना बच्चाहरुको जिमेवारी पनि थियो । त्यो समय, म कुनै प्रकारको साधना गर्दिन थिए । त्येसैले मलाई पेटमा अधीरता (Stomach Nervousness) हुन्थ्यो, जसले अम्लता (Acidity) मा वृद्धि भएको थियो । वर्ष १९९८ मा, जब मैले नामजप आरम्भ गरे, ३ महिना भित्र पेटको समस्यामा उल्लेखनीय न्यूनताको अनुभव गरे तथा त्यस उपरांत अम्लताको लागि कुनै औषधि लिनु परेको छैन । – श्रीमती ड्रगाना किसलोवस्की, यूरोप

३. रोगको लागि विशिष्ट आध्यात्मिक उपचार क्षमता भएको नामजप

यो विषयमा विस्तारपूर्वक सूचना हाम्रो स्वास्थ्यको लागि नामजप अनुभागमा उपलब्ध छ ।