चक्र के हो ?

चक्र, कुण्डलिनी तन्त्रको मध्यनाडी अर्थात सुषुम्ना नाडीमा स्थित ऊर्जाकेन्द्र हो । सुषुम्ना नाडीमा मुख्यतः सात कुण्डलिनी चक्र हुन्छन् । ती चक्रहरु शरीरको विभिन्न अङ्ग तथा मन एवं बुद्धिको कार्यलाई सूक्ष्म-ऊर्जा प्रदान गर्छन् । प्रधानरूपमा यो व्यक्तिको सूक्ष्मदेह सगँ सम्बन्धित हुन्छ । माथीदेखि तलसम्मको दिशामा यो चक्र यस प्रकार छ :

क्रमाङ्क

कुण्डलिनी चक्रको संस्कृत नाम

कुण्डलिनी चक्रको पश्चिमी नाम

सहस्रार-चक्र

Crown chakra

आज्ञा-चक्र

Brow chakra

विशुद्ध-चक्र

Throat chakra

अनाहत-चक्र

Heart chakra

मणिपुर-चक्र

Navel chakra

स्वाधिष्ठान-चक्र

Sacral chakra

मूलाधार-चक्र

Root chakra

विभिन्न चक्रका स्थान तलको आकृतिको रूपमा दर्शाएका छन् ।

ब्रह्मरंध्र सहस्रार चक्र माथि स्थित सूक्ष्म-द्वार हो, जहाँबाट ईश्वरीय शक्ति ग्रहण गर्दछ । ब्रह्मरंध्रबाट कुण्डलिनी निकलनुको अर्थ हो आध्यात्मिक दृष्टिले उन्नत (सन्त-महात्मा) द्वारा ईश्वरसँग एकरूप हुन जानु । यही द्वारबाट आध्यात्मिक दृष्टिले उन्नत (सन्त-महात्मा) देहत्यागको समय शरीर छोड्छ ।