जन्म भन्दा पहिलाको जीवन : गर्भाश्यकाल

सारांश

पृथ्वीमा एक व्यक्तिको जीवन गर्भधारणको समयदेखि आरम्भ हुन्छ । यो उसको प्रारब्ध अनुसार हुन्छ । साधारणत: गर्भधारणको तीन महिना पश्चातनै सूक्ष्म शरीर गर्भमा प्रवेश गर्दछ । सूक्ष्म शरीर गर्भमा व्यस्क (adult) जस्तै चेतना बनाइ राख्दछ । साधनाले गर्भकाललाई धेरै सजिलो बनाइदिन सक्छ, श्रेष्ठ सूक्ष्म शरीर आकर्षित गर्न सक्छ अनि भ्रूणमा साधनाको संस्कार निर्माण गर्नमा मदत गर्न सक्दछ । गर्भकालको समयमा आउने कठिनाईहरुको मूलकारण अधिकतर आध्यात्मिक हुन्छ । यो गर्भस्खलन (miscarriages), मृत शिशु (still births) और गर्भपात (abortion) को मामलामा अझै अधिक हुन्छ ।

यो लेखलाई बुझ्न निम्न लेखहरुसँग परिचित हुन आवश्यकता पर्दछ :

विषयसूची

. पुनर्जन्म प्रक्रिया अनि गर्भकालमा जीवनको परिचय

जन्मनु अधिको जीवन (भाग १) : गर्भधारण हुनु भन्दा पहिलाको समय’ यो लेखमा हामीले वर्णन गरेका छौं एक सूक्ष्म शरीर आफ्नो आध्यात्मिक स्तर अनि गुण-अवगुण अनुसार ब्रह्माण्डको १३ लोकहरु मध्ये कुनै एउटा लोकमा रहन्छ । त्यो सूक्ष्म लोकमा आफ्नो गुण-दोष अनुसार विभिन्न प्रमाणमा सुख अथवा दु:खको अनुभव गर्दछ । पृथ्वीमा जन्म हुने समयसम्म उनी त्यही रहन्छ । एक मनुष्यको पुनर्जन्म जीवाणु (bacteria), विषाणु (virus), बिरुवा अथवा मनुष्यको रूपमा हुन सक्छ । यो लेखमा हामी मनुष्यको पुर्नजन्मको, गर्भधारणको समयदेखि जन्मसम्म को, प्रक्रियालाई आध्यात्मिक दृष्टिकोणद्वारा वर्णन गर्नेछौं ।

सूक्ष्म शरीरको गर्भधारणदेखि लिएर जन्मसम्म को यात्रामा आउने बाधाहरुलाई हामीले प्रश्न-उत्तरको श्रृंखलाको स्वरूपमा वर्णन गर्ने प्रयास गरेका छौं ।

यो लेखको सबै जानकारी आध्यात्मिक अनुसन्धान प्रणाली द्वारा प्राप्त गरेको हो ।

२. सूक्ष्म शरीर गर्भमा प्रवेश

२.१ के सूक्ष्म शरीर, जन्म लिनु पूर्व, कुनै प्रतीक्षालयमा हुन्छ ?

पृथ्वीमा जन्म लिनु भन्दा पहिला सूक्ष्म शरीर एकत्र हुनको लागि कुनै प्रतीक्षालय हुँदैन ।

(शरीरको मृत्यु भएपछि सूक्ष्म शरीर तुरन्त एउटा सूक्ष्म लोकमा जान्छ जसलाई मृत्यलोक भन्दछ । अन्तिम गन्तव्य स्थानमा पुग्नु भन्दा पहिला यो ब्रह्माण्डको एउटा लोक हो । सन्दर्भ लेख : मृत्यलोक)

भूलोकमा आउनु भन्दा पहिला स्वर्ग अथवा त्यस भन्दा माथिको लोक अनि पाताल अथवा त्यस भन्दा माथिको तीन पातल लोकहरुबाट सूक्ष्म शरीर, पहिला भुवलोकमा जान्छ । परिवर्तनको यो काल अत्यन्त छोटो, केवल केहि सेकेण्डको हुन्छ । पृथ्वीमा पुनर्जन्मको लागि फेरि आउने सबै सूक्ष्म शरीरहरु क्षणभरको लागि मृत्यलोक भएर जानु पर्दछ ।

२.२ पुनर्जन्म अनि गर्भधारणको समय

२.२.१ सूक्ष्म शरीरलाई कहिले थाहा हुन्छ कि उनको जन्म कहाँ हुन्छ ?

सूक्ष्म शरीरलाई गर्भधारणको समय थाहा हुन्छ कि उनको जन्म कहाँ हुनेछ । यो यस कारण हुन्छ :

  • आमको आध्यात्मिक अभ्यास (साधना) अथवा
  • माता-पिताद्वारा गरिएको धार्मिक अनुष्ठान अथवा
  • अधिक शक्तिशाली भूतहरुको संयोजनमा दिवंगत पूर्खाहरुको हस्तक्षेप

(नोट : ७०-८०% घटनाहरुमा गर्भधारणको समय निर्धारित सूक्ष्म शरीर पूरौ गर्भकालको समय रहन्छ अनि अन्तत: जन्म लिन्छ । २० – ३० % घटनाहरुमा यस्तो पनि हुन सक्छ की कुनै अन्य सूक्ष्म देह जसको अधिक लेन- देन हिसाब छ तथा जन्म लिनको लागि परिस्थितिहरु उनको लागि अनुकूल छ तब त्यो सूक्ष्म देहले पहिलो सूक्ष्म देहलाई हटाएर स्वयं स्थित हुन्छ । )

सन्दर्भ लेख : “के स्त्रीले गर्भधारणाको समय कुनै उन्नत तथा सात्विक सूक्ष्म देहलाई गर्भमा आउँनको लागि आकर्षित गर्न सक्छ ?

२.२.२ सूक्ष्म शरीरलाई गर्भधारणको समयको ज्ञान कसरी हुन्छ ?

निम्नलिखित ध्यानमा राख्दै, यो अधिक आश्चर्य हो कि सूक्ष्म शरीर गर्भधारणको सही समय कसरी थाहा पाउँछ साथै यो पनि आश्चर्य हो कि गर्भधारणपछि बनेको विशेष युग्मनज (zygote) त्यही सूक्ष्म शरीरको लागि बनेको हो ।

  • सूक्ष्मलोकहरुमा अरबौं सूक्ष्म शरीरहरु हुन्छन्
  • अरबौं मध्ये कुनै एकले जन्म लिन्छ
  • माता-पिता गर्भधारणको लागि केहि महीनादेखि प्रयासरत हुन सक्छन् ।

यसको अनुपात र विस्तारलाई ध्यानमा राख्दै जुन प्रकार एउटा सूक्ष्म शरीरको एउटा परिवारसँग मेल हुन्छ, सूक्ष्म जगतमा सबै स्पन्दन अनि आवृत्ति अनुसार कार्य गर्दछ । हुन लागेको माता-पिताको साथ लेन-देन खाता अनुसार, एउटा सूक्ष्म शरीर थाहा नपाई नै गर्भधारणको समय लेन-देन खाताको स्पन्दनद्वारा कोखमा खिचिन्छ । यस विषयमा सूक्ष्म शरीरलाई छान्नको लागि कुनै अधिकार हुँदैन; किन कि उनी हुन लागेको परिवारतर्फ आकर्षित हुन्छ ।

२.२.३ सूक्ष्म शरीर वास्तवमा गर्भमा कहिले प्रवेश गर्दछ ?

जसरी पहिला स्पष्ट गरेको छ कि सूक्ष्म शरीर यो जान्दछ कि गर्भधारणपछि बनेको एक विशेष युग्मनज (zygote) त्यहि सूक्ष्म शरीरको लागि हो ।

गर्भको प्रथम तीन महीनामा सूक्ष्म शरीर अधिकतर त्यहि सूक्ष्मलोकमा रहन्छ जहाँबाट आएको थियो; गर्भमा प्राय: जादैन । तीन महीनापछि सूक्ष्म शरीर अधिकतर गर्भमा निवास गर्दछ । सूक्षम शरीरको गर्भमा प्रवेशको समय एक अर्का भन्दा अलग हुन सक्छ । गर्भ प्रवेशको समय तीन महीनादेखि लिएर सात महीनासम्म हुन सक्छ । सूक्ष्म शरीर जति अधिक पृथ्वीप्रति आसक्त (earthbound) हुन्छ त्यति शीघ्र गर्भमा स्थान लिन्छ ।

यो सारा प्रक्रिया एउटा घर बनाउने समान हुन्छ । साधरणत: हामी निर्माण आरम्भ हुने समयमा ठेकेदारसँग कुराकानी गर्नको लागि उपस्थित हुन्छौं । बीच-बीच मा हामी घरको निर्माण कार्य जाँच गर्नको लागि जान्छौं । तर हामी घर तब जान्छौं जब घर पूर्ण हुन्छ । गर्भधारणको समयदेखि तेस्रो महीना निर्माण समान हुन्छ । तेस्रो महीनापछि भ्रूणको यति विकास हुन जान्छ कि सूक्ष्म शरीरको प्रवेश हुन सक्छ । यो निवासीको लागि घर तयार हुने समान हो ।

जन्म भन्दा पहिलाको जीवन : गर्भाश्यकाल

सूक्ष्म ज्ञानमा आधारित यो चित्रमा सूक्ष्म शरीर भुवलोकबाट गर्भको भ्रूणमा प्रवेशको मार्ग दर्शाउँछ । साधारणतया भुवलोकबाट गर्भमा प्रवेश गर्दा सूक्ष्म शरीरमाथि पूर्खाको कालो शक्ति अथवा भूतको आक्रमण हुन्छ ।

२.२.४ गर्भकालको पहिलो ३-७ माहिनामा सूक्ष्म शरीर भ्रूणमा आउने-जाने किन गर्दछ ?

सूक्ष्मलोकपछि, सूक्ष्म शरीरलाई रहनको लागि भ्रूण अनि गर्भ, नयाँ वातावरण हुन्छ । सूक्ष्म शरीर पिहिलाको जन्मको भौतिक शरीर छोडे पनि स्वयंलाई त्यहि आकारको सम्झिन्छ जुन पहिलाको जन्ममा थियो । अत: गर्भधारणको समय युग्मनजको धेरै सानो आकार भयावह लाग्दछ । वास्तवमा यो बाधा मानसिक स्तरको हुन्छ; किनकि सूक्ष्म शरीर कुनै पनि रूप अथवा आकार लिन सक्दछ । गर्भको तेस्रो महिना देखि गर्भाशय यति ठूलो हुन जान्छ कि सूक्ष्म शरीर प्रवेश गर्न र रहन सक्छ । तर पनि सूक्ष्म शरीर भ्रूण छोडेर सूक्ष्म लोकमा आउने-जाने गरि रहन्छ । समय बित्नुको साथ-साथ सूक्ष्म लोकमा आउने जाने कम हुन जान्छ अनि ७ माहिनापछि गर्भमा स्थायी हुन जान्छ ।  यो यस कारण हो कि यो समयसम्म पहिलाको सूक्ष्म लोकसँग आसक्ति कम भएर पृथ्वीतर्फ हुन थाल्दछ ।

२.२.५ सूक्ष्म शरीर गर्भाशयको भ्रूणमा कसरी प्रवेश गर्दछ ?

सूक्ष्म शरीर भ्रूणमा धेरै मार्गहरुबाट प्रवेश गर्न सक्छ । ७०% सूक्ष्म शरीर भ्रूणको त्वचाको माध्यमबाट प्रवेश गर्दछ अनि ३०% अन्य जस्तै मुख, नासिका इत्यादि ।

२.२.६ के आमा हुन गईरहेको व्यक्तिलाई सूक्ष्म शरीर प्रवेश भएको समय थाहा पाउँछ ?

यदि हुन गई रहेको आमाको आध्यात्मिक स्तर ७०% भन्दा अधिक छ भने तब आमाले सूक्ष्म शरीर प्रवेश भएको सम्वेदनालाई अनुभव गर्न सक्छ । साधारणत: यस्तो आमाहरु उच्च आध्यात्मिक स्तर भएको बालकलाई धारण गर्दछन् ।

२.२.७  के हुन गई रहेको शिशुको प्रारब्ध आमाको गर्भमा प्रवेश भए देखि अथवा ९ माहिनामा, जन्म भए पछि प्रारम्भ हुन्छ ?

हुन गईरहेको शिशुको प्रारब्ध गर्भधारणको समयदेखि नै प्रारम्भ हुन थाल्दछ ।

३. गर्भको समय

३.१ सूक्ष्म देहलाई भयको सम्वेदना

अज्ञातसँग भयभीत हुने हाम्रो स्वभाविक प्रकृति हो । पुनर्जन्मको पूरै प्रक्रिया अनि सूक्ष्म शरीरको गर्भमा प्रवेश ज्ञातदेखि (अर्थात सूक्ष्म जगतदेखि ) अज्ञाततर्फ (गर्भमा) आउने हो । सूक्ष्म शरीरको लागि गर्भ पूर्णत: अज्ञात परिस्थिति हो, अत: विभिन्न प्रमाणमा भय अनुभव गर्दछ ।

सूक्ष्म शरीरको मनमा दीर्घ कालसम्म पूर्ण विकसित मानव शरीरको संस्कार पूर्व जन्मदेखि रहन्छ । अत: गर्भमा बन्द हुनु उनको लागि अत्यधिक कष्टप्रद हुन्छ । यस्तो घटनामा जहाँ जुन परिवारमा उनको; जन्म हुनु छ, उनीसँग उनले प्रतिशोध लिनु छ अथवा कुनै तीव्र इच्छा पूर्ण गर्ने प्रतीक्षमा छ, यस्तो अवस्थामा त्यो सूक्ष्म देह आतुरतासँग यातनालाई जन्म पूर्व स्वीकार गर्दछ ।

३.२ पूर्वजन्मको पूर्ण चेतना

गर्भमा सूक्ष्म शरीरलाई पहिलाको सूक्ष्म लोकको पूर्ण विकसित चेतना हुन्छ । यो जन्मको समयसम्म रहन्छ । जन्मको समय पनि पूर्वजन्मको लोकको केहि चेतना रहन्छ त्यसपछि मायाले (Great illusion) नवजात शिशुको पूर्वजन्मको चेतना धमिलो बनाइ दिन्छ । जसरी-जसरी जीवनमा जीव अधिक फस्दै जान्छ, विस्तारै-विस्तारै पहिलाको जन्म बारे भूल्दै जान्छ ।

निम्न आकृति दर्शाउँछ छ कि हामी मध्ये कतिलाई पूर्वजन्मको याद रहन्छन् ।

जन्म भन्दा पहिलाको जीवन : गर्भाश्यकाल

४. गर्भकालको समय जटिलता

गर्भकालको समय लगभग ४० % जटिलताहरु जस्तौ अत्यधिक अनि लामो समयसम्म चल्ने बिहानी पखको बिरामी (morning sickness) इत्यादि आध्यात्मिक कारणले हुन्छ । शारीरिक कारण अनि मानसिक कारण दुबै ३० % हुन्छ ।)

मुख्य रूपमा आध्यात्मिक कारण आमाको प्रारब्ध एवं पूर्खा जसले कष्टलाई बढाई दिन्छ ।

५. गर्भपात अनि मृत शिशु

आध्यात्मिक अनुसन्धानद्वारा गर्भपात अनि मृत शिशुमा सामान्यत: निम्नलिखित कारण पाएको छ ।

जन्म भन्दा पहिलाको जीवन : गर्भाश्यकाल

गर्भपात अनि मृत शिशुको कारण प्रमुख रूपमा अध्यात्मिक हुन्छ । आमा र भ्रूण बीच लेन-देन खाता अतिरिक्त गर्भपात अनि मृत शिशु हुनुमा पूर्खाको बडी भूमिका रहन्छ । मृत शिशु अनि गर्भपात साधारणत: नकारात्मक लेन-देनको एउटा घटना हो जहाँ मर्नुको कारण भ्रूण विशेषत: हुनगई रहेको आमा अनि परिवारलाई दु:ख दिन्छ । भ्रूणलाई आउने यस घटना बारे पहिलादेखि नै जानकारी हुँदैन ।

खण्ड ७ को सन्दर्भ लिनुहोस् – गर्भमा सूक्ष्म शरीरमाथि पूर्खा / भूत (राक्षस, पिचाश, अनिष्ट शक्ति इत्यादि) को प्रभाव

५.१ मृत शिशुको सूक्ष्म शरीर कहाँ जान्छ ?

मृत शिशुको सूक्ष्म शरीर अनि गर्भपात (miscarriage) वा गर्भपतन (abortion), त्यहि मार्गबाट जान्छ जुन वयस्क (adult) व्यक्तिको सूक्ष्म शरीर जान्छ । अत: मृत्युपछिको गन्तव्य स्थल उनको पहिलाको जन्मको आध्यात्मिक स्तर अनि गुण-दोषद्वारा निर्धारित हुन्छ ।

६. गर्भपात (abortion) को आध्यात्मिक प्रभाव

प्रत्येक गर्भपात (abortion) को साथ सदैव एक तीव्र लेन-देन खाता सूक्ष्म शरीर अनि आमा-बाबा बीच पूर्ण हुन्छ या फेरि निर्माण हुन्छ । लेन-देन खाता अतिरिक्त पनि गर्भपात (abortion) को अर्थ हो एउटा जीवलाई समाप्त गरिदिनु, जसले एक पाप या दोष निर्माण हुन्छ । यो यस कारण हो कि पृथ्वीमा जीवन अनमोल छ किनकि केवल यहि लोक हो जहाँ ईश्वर प्राप्तिको अन्तिम उद्देश्यले आध्यात्मिक उन्नति हुन सक्छ ।

एउटा भ्रूणको हत्याको तीव्रता कुनै वयस्कको हत्या भन्दा कम हुन्छ । निम्न तालिका विभिन्न प्रकारको व्यक्तिहरुको हत्याको पापको तुलनात्मक जानकारी दिन्छ ।

पापकर्मको मात्राको सापेक्ष मापदण्ड

हत्या गर्नुको पापकर्म पापकर्मको मात्राको सापेक्ष

भ्रूण हत्या (गर्भपतन)

१-५

यस्तो व्यक्ति, जसमा कोहि निर्भर छैन

१०

यस्तो व्यक्ति, जसमा परिवार निर्भर छ

३०

यस्तो व्यक्ति, जो समाजमा राम्रो प्रभाव पारिरहेको छ

३०

यस्तो व्यक्ति, जो राष्ट्रमा राम्रो प्रभाव पारि रहेको छ

५०

सन्त, अर्थात ७०% आध्यात्मिक स्तरको व्यक्ति (मनुष्यमात्रको आध्यात्मिक विकासको  दीपस्तम्भ)

१००

तुलनात्मक स्तरलाई ध्यानमा राख्दै एउटा सन्तको हत्याको अर्थ हो सय इकाइ पाप; यस तुलना अनुसार गर्भपतनद्वारा भावी व्यक्तिको हत्याको पाप एक इकाइ हुन्छ । यो अन्तरको मुख्य कारण हो व्यक्तिद्वारा समाजको लागि गरिरहेको सकारात्मक कृतिलाई ध्यानमा राखिन्छ ।

यदि हामी गर्भपात (abortion) को उद्देश्यलाई ध्यानमा राख्यौं भने निम्न सारणी पापको तुलनात्मक मार्गदर्शन गर्दछ । यो तालिकामा एउटा व्यक्तिको हत्यालाई हामी १०० इकाइ सन्दर्भ लिन्छौं ।

गर्भपात गर्नुको उद्देश्य अनुसार पापको मात्रा

अभिभावले गर्भपात गर्नुको उद्देश्य पापको मात्रा % (प्रतिशतमा)*

चिकित्सकीय

३०%

अकस्मात गर्भधारणा

३०%

आर्थिक

३०%

सामाजिक / मानसिक

५०%

*एक मनुष्यको हत्या (सन्दर्भको रुपमा) १०० इकाइ हुन्छ

गर्भपातको निर्णयमा सम्मिलित परिवारको सदस्य एवं चिकित्सक गर्भपातको पापमा सहभागी हुन्छन् ।

यस नियमको अपवाद केवल यो हो जब गर्भपातको निर्णय आमाको जीवन बचाउन वैद्यकीय कारणले लिएको छ अथवा उनको साधनामा बाधक हुने कारणले निर्णय लिएको छ ।

यहाँ हामीले साधनाको प्रयोग साधनाको छ: मूलभूत सिद्धान्त को सन्दर्भमा गर्दछौं जहाँ एक व्यक्ति जीवनको उच्चतम उद्देश्यको लागि मातृत्व त्याग गर्दछ अर्थात आफ्नो जीवन पूर्णत: ईश्वर प्राप्तिको लागि समर्पित गर्दछ साथै अन्यलाई पनि यस प्रक्रियामा सहायता गर्दछ । योग्य परिपेक्ष्य अनि आध्यात्मिक परिपक्वताको  साथ यो निर्णय लिनको लागि व्यक्तिको न्यूनतम आध्यात्मिक स्तर ५० % हुनु पर्दछ । (वर्तमान कालमा एक सामान्य व्यक्तिको आध्यात्मिक स्तर लगभग २०-२५ % हुन्छ ।)

यदि गर्भपात आध्यात्मिक कारण अतिरिक्त कुनै अन्य कारणवश गरिएको छ भने भ्रूणको सूक्ष्म शरीरको साथ नकारात्मक लेन-देन अतिरिक्त पाप पनि सम्मिलित हुन्छ ।

अनेक पटक जब व्यक्तिलाई थाहा हुन्छ कि जन्म लिने बालक गम्भीर विकलांगता छ, तब उनी गर्भपातको निर्णय लिन्छ । तर यदि यहाँ आमा र बच्चाको केहि इकाइ कष्ट सहने प्रारब्ध छ भने तब यो परिस्थितिबाट भाग्ने प्रयास गर्नु निरर्थक हुन्छ; किन कि यो उनी दुबैलाई कुनै न कुनै अन्य जन्ममा आउने नै छ ।

७. गर्भमा सूक्ष्म शरीरमाथि पूर्खा / भूत (राक्षस, पिशाच, अनिष्ट शक्ति इत्यादि) को प्रभाव

पूर्वज, विशेषत: जोसँग उच्च आध्यात्मिक शक्ति छ अथवा शक्तिशाली भूत जस्तै मान्त्रिक इत्यादि को सहायताले सूक्ष्म शरीरलाई गर्भमा नै लक्ष्य बनाउन सक्छ ।

सन्दर्भ लेख : “मेरो मृतक प्रियजन अनि अन्य पूर्खाले मलाई किन यातना दिन चाहन्छ ?”

यो यी कारणहरुले हुन सक्छ :

  • पूर्खाको लागि कुटुम्बद्वारा आध्यात्मिक विधि गर्नको लागि ध्यान आकर्षित गर्न
  • सूक्ष्म शरीरलाई गर्भमा नै नियन्त्रण प्राप्त गर्न
  • भ्रूणलाई कष्ट दिएर उसँग बदला लिन
  • भ्रूणलाई प्रभावित गरि, उनको माध्यमबाट गर्भवती आमालाई कष्ट दिएर बदला लिन । यस्तो घटनामा आमा सामान्यत: कठिन गर्भावस्था साथै तीव्र प्रात: क्लेश (extended severe morning sickness), उच्च रक्तचापबाट पीडित रहन्छ ।
  • भ्रूणलाई कष्ट दिएर अभिभावकसँग प्रतिशोध लिन
  • जन्म लिने बालकमा व्यसनाधीनताको बीज प्रत्यारोपण । सन्दर्भ लेख : “व्यसनाधिनताको कारण तथा उपचार – आध्यात्मिक अनुसन्धान तथा उपचार पद्धति”

आध्यात्मिक अनुसन्धान दर्शाउँछ कि सामान्य जनसंख्यामा, १००% भ्रूण प्रभावित हुन्छ र ३०% भ्रूण दिवंगत पूर्खा अथवा भूतद्वारा आविष्ट हुन्छ । पूर्खा अथवा भूतको लागि भ्रूणलाई प्रभावित गर्न सरल हुन्छ, किन कि भ्रूण सबै भन्दा असुरक्षित अवस्थामा हुन्छ । कहिले काहि प्रतिशोध (बदला) लिने प्रयत्न गरिरहेको दिवंगत पूर्खाको आध्यात्मिक शक्ति कम हुन्छ । पूर्खा तर पनि प्रतिशोध लिने इच्छा राख्दछ । प्रतिशोध लिने पूर्णत: नकारात्मक इच्छालाई आफै उच्च स्तरको शक्तिशाली भूतबाट आध्यात्मिक शक्ति प्राप्त हुन्छ ।

८. आमाको सकारात्मक प्रभावको भूमिका

८.१ के कुनै स्त्री अधिक उन्नत अनि सात्त्विक सूक्ष्म शरीरलाई गर्भाधानको समय आकर्षित गर्न सक्छ ?

सकिन्छ, एक स्त्री साधना द्वारा अधिक विकसित / उन्नत अनि सात्त्विक सूक्ष्म शरीरलाई आफ्नो गर्भाधानको समय आकर्षित गर्न सक्छ । तर यसको लागि उनको साधना तीव्र हुनु पर्दछ (प्रतिदिन कम से कम ४ देखि ५ घण्टा गुणात्मक साधना) जसले उनको आध्यात्मिक स्तर ४० % भन्दा अधिक हुन सकोस् । यो आध्यात्मिक स्तर भन्दा अधिक स्त्रि जब गर्भवती हुन्छ तब उनी अधिक सात्त्विक अनि उन्नत शरीरलाई आफ्नो गर्भमा आकर्षित गर्नमा सक्षम हुन्छ । यो स्वयं हुन्छ, यसको लागि कुनै प्रार्थना अथवा अन्य प्रयास आवश्यक हुँदैन ।

यहाँ ध्यानमा राख्न योग्य कुरा यो हो कि यहाँ कुनै पनि प्रकारको साधना तथा त्यसको प्रमाण महत्त्वपूर्ण हुँदैन; तर साधनाद्वारा आध्यात्मिक प्रगति हुन आवश्यक हुन्छ । केवल जब हामी साधनाको अभ्यास अध्यात्मको छ: मूलभूत सिद्धान्त अनुसार गर्दछौं तब नै हाम्रो अध्यात्मिक प्रगति हुन्छ । यसको परिणामस्वरूप आध्यात्मिक स्तर निरन्तर बढ्दछ । एक सात्त्विक सूक्ष्म शरीरको विशेषताहरु हुन्छन् – राम्रो बौद्धिक क्षमता, राम्रो व्यक्तित्व अनि सबै भन्दा महत्त्वपूर्ण हो अध्यात्मतर्फ झुकाव ।

८.२ हुने वाल आमा द्वारा गरिरहेको साधनाले भ्रूणमा के प्रभाव हुन्छ ?

जब आमा बन्न लागेको स्त्रीको साधनाले उनको आध्यात्मिक स्तर ४० % भन्दा अधिक हुन्छ तब गर्भमा बढि रहेको भ्रूण आमाको सकारात्मकताले प्रभावित हुन्छ । आमा बन्न लागेको स्त्रीको आध्यात्मिक स्तर ४० % भन्दा अधिक हुनाले सात्त्विकता (सूक्ष्म मूलभूत सत्त्व घटक) प्रक्षेपित गर्न सक्छ अनि यस सात्त्विकताले भ्रूणलाई प्रभावित गर्दछ ।

आमा बन्न गईरहेको व्यक्तिद्वारा निरन्तर नामजप गर्नाले हुनेवाला बच्चाको अवचेतन मनमा नामजपको संस्कार निर्माण हुन जान्छ ।

जन्म भन्दा पहिलाको जीवन : गर्भाश्यकाल

यद्यपि सूक्ष्म शरीर गर्भावस्थाको पहिलो तिन महिनामा गर्भमा नभए पनि गर्भ अधिक सात्त्विक हुन जान्छ अनि यसको लाभ मिल्दछ ।

आमाद्वारा प्राप्त सात्त्विकता गर्भावस्था अनि भ्रूणसँग सम्बन्धित समस्याहरुको उन्मूलनमा सहायक हुन्छ । जसरी पहिला नै भनेझै साधारणत:, गर्भावस्थाको ३० % समस्याहरु शारीरिक कारणले अनि अन्य ३० %  मानसिक कारणले अनि शेष ४० % आध्यात्मिक कारणले हुन्छ । आध्यात्मिक कारणमा प्रारब्ध, लेन-देनको हिसाब अनि पूर्खाको कष्ट सबै भन्दा अधिक हुन्छ । प्राप्त भएको सात्त्विकताको प्रयोग गर्भावस्थामा आध्यात्मिक कारणहरु कम गर्नको लागि अथवा समाप्त गर्नको लागि प्रयोग गर्न सकिन्छ । यसको एक अन्य प्रभावको रूपमा मानसिक समस्या जस्तै नकारात्मक सोच इत्यादि दूर गर्नमा सहायता हुन्छ ।

आध्यात्मिक स्तर बढ्नुको अतिरिक्त साधनाको एउटा सबै भन्दा महत्त्वपूर्ण लाभ यो हो यसले लेन-देन खाता नष्ट हुन्छ जुन गर्भावस्थामा एउटा मुख्य बाधा हुन सक्छ । यदि बाधा आउनु छ भने पनि साधनाद्वारा आमा-बाबा त्यस भन्दा माथि उठ्ने आन्तरिक शक्ति मिल्दछ अनि त्यसबाट कम भन्दा कम प्रभावित हुन्छ । साधनाद्वारा उत्पन्न आध्यात्मिक शक्ति भ्रूणको आवश्यकता अनुसार एक विशिष्ट स्तर अथवा सामान्य स्तरमा बाधाहरुलाई दूर गर्न सक्छ । उदाहरणको लागि सामान्य स्तरमा यसको प्रयोग त्यो आमाबाट जन्मिने बालकको विकलांगता (autistic) कम गर्नको लागि हुन सक्छ । विशिष्ट स्तरमा यसको उदाहरण हो भ्रूणको प्रारब्ध अनुसार हुने अन्धा पनमा कमी आउन सक्छ ।

आमाद्वारा निरन्तर साधना गर्नुको परिणामस्वरूप भ्रूणको आध्यात्मिक स्तर बढाउनमा केवल सीमित स्तरसम्म नै सहायक हुन्छ (०.१ %) । सबै भन्दा महत्त्वपूर्ण यो हो कि आमाद्वारा निरन्तर साधना गर्नाले भ्रूणको अवचेतन मनमा साधनाको संस्कार निर्माण गर्दछ । नियमित साधनाको संस्कार एउटा सबै भन्दा ठूलो उपहार हो, जुन आमा-बाबाले बच्चालाई दिन सक्छ । कारण यसले जीवनको उद्देश्य सार्थक गर्नमा पूर्णत: सहायक हुन्छ ।

८.३ के गर्भवती आमाको गतिविधिले भ्रूणलाई प्रभाव गर्छ ?

गर्भवती आमाको गतिविधिहरुले भ्रूणलाई प्रभावित गर्दछ । गर्भवती आमाको गतिविधिहरुबाट उत्पन्न कुल मूल सूक्ष्म घटक भ्रूणको मूल सूक्ष्म घटकलाई प्रभावित गर्दछ । उदाहरणको  लागि यदि आमा अधिकतर सात्त्विक भोजन (ताजा शाकाहारी भोजन), विचार अनि गतिविधिहरु (जस्तै नामजप, ग्रन्थ पढ्ने इत्यादि) गर्दछ भने उनी मुख्य रूपमा सात्त्विक हुन जान्छ अनि यो सात्त्विकता भ्रूणलाई प्रदान गर्दछ । यसको विपरीत आमा राजसिक अथवा तामसिक भोजन (बासी, चिसो अनि मांसाहारी), विचार एवं गतिविधिहरु (अत्यधिक टी वी / दूरदर्शन हेर्ने, अत्यधिक कुरा गर्ने, धूम्रपान अनि रक्सि पिउने इत्यादि) गर्दछ भने मुख्यत: भ्रूणलाई रज-तम घटक दिन्छ ।

एक गर्भवती आमाको रूपमा उनले आफ्नो सिमा भित्र अनि परिस्थितिहरुलाई जति सक्छ सात्त्विक जीवन शैलीको योजना बनाउनु पर्छ जसले भ्रूणलाई लाभ हुन्छ । सन्दर्भ : “सात्त्विक जीवन शैली

८.४ आमामा भ्रूणको आध्यात्मिक स्थितिको के प्रभाव हुन्छ ?

८.४.१ आध्यात्मिक दृष्टिले सकारात्मक भ्रूण

उच्च आध्यात्मिक स्तरको अथवा सकारात्मक ऊर्जाको प्रभावको कारण भ्रूणलाई प्राप्त सकारात्मक ऊर्जा, आमालाई सकारात्मक रूपमा प्रभावित गर्दछ । यस प्रकारको गर्भधारण सामान्यत: समस्या रहित हुन्छ अनि एक सामान्य आमा गर्भावस्थाको अन्तर्गत राम्रो स्वास्थ्यको अनुभव गर्दछ ।

यदि आमालाई पूर्वज अथवा भूतको कारण कष्ट हुन्छ, तब एक आध्यात्मिक सकारात्मक भ्रूण निरन्तर आमामा आध्यात्मिक उपायको तरह कार्य गर्दछ । यस्तो परिस्थितिमा आमा मन्द देखि मध्यम प्रकारको कष्ट अनुभव गर्न सक्छ । यो कष्ट आमाको नकारात्मक ऊर्जा अनि भ्रूणको सकारात्मक ऊर्जा बिच निरन्तर चलिरहेको सूक्ष्म युद्धको कारण हुन्छ ।

भ्रूणको यो आध्यात्मिक सकारात्मकता तबसम्म हुन्छ जबसम्म उनी गर्भमा हुन्छ । जन्मपछि जब सूक्ष्म अहंकार विकसित हुन्छ, सकारात्मकता कम हुन थाल्दछ । यो यस कारण हुन्छ कि जन्म लिने समय बच्चाले निसासिएको अनुभव गर्दछ, सास लिन शुरु गर्दछ अनि भोक इत्यादिको अनुभव गर्दछ ।

५० % भन्दा अधिक आध्यात्मिक स्तरको सूक्ष्म शरीर गर्भमा पनि साधना गर्दछ ।

सूक्ष्म-ज्ञानको आधारमा निम्न आकृति दर्शाउछ कि कुन प्रकार भ्रूणमा उपस्थित सूक्ष्म शरीर द्वारा गरिएको नामजप सकारात्मक ऊर्जा प्रक्षेपित गर्दछ जुन आमाको सकारात्मकता बढाउनमा सहायक होता है ।

जन्म भन्दा पहिलाको जीवन : गर्भाश्यकाल

.४.२ आध्यात्मिक दृष्टिले नकारात्मक भ्रूण

सूक्षम-ज्ञानमा आधारित यो चित्र एउटा भ्रूणको जुन पूर्खा अथवा भूतकको कालो शक्तिको हलका प्रभाव छ । यो सूक्ष्म दृश्य एक सामान्य गर्भावस्थामा देखाई दिन्छ । हामी देख्न सक्छौं कि गर्भनल पनि कालो शक्तिले प्रभावित छ । सामान्य रुपा यस्तो हुन्छ जब हुने वाला आमा अनि भ्रूणमा उपस्थित सूक्ष्म शरीर, दुबै नै साधना गर्दैन ।

जन्म भन्दा पहिलाको जीवन : गर्भाश्यकाल

पूर्खा अथवा भूत द्वारा प्रभावित भ्रूण नकारात्मक ऊर्जाको स्रोत हो अनि त्यही आमाको लागि कष्टको कारण बन्दछ । तर आध्यात्मिक दृष्टिले सम्वेदनशील आमानै यो कष्ट थाहा पाउन सक्छ । वर्तमानकालमा जब ९० % जनसंख्या नकारात्मक रूपले प्रभावित छन्, अधिकांश आमाको चारैतर्फ कालो शक्तिको लगभग ४ सें.मी.चौडा कालो शक्तिको आवरण हुन्छ, जुन यस्तो कष्टको धेरै-थोरै वृद्धि प्रति असम्वेदनशील हुँदछ । यस प्रकारको गर्भधारणमा अस्थिरता एवं जटिलता अधिक हुन्छ ।

सूक्ष्म शरीर आमाको मनमा विचार दिएर उनलाई प्रभावित गर्न सक्छ । तर आमाले बुझ्दैन कि ती विचार भ्रणबाट आइरहेको छ र सोच्दछ कि ति विचारहरु आफ्नै हो । यो भ्रूणमा उपस्थित सूक्ष्म शरीर द्वारा आमाको साथ लेन-देन खाता पूर्ण गर्ने एउटा माध्यम हो । यी विचारहरु राम्रो अथवा नराम्रो हुन सक्छ । एक सूक्ष्म शरीर हुने वाला आमालाई तब प्रभावित गर्न सक्छ, जब उसको आध्यात्मिक स्तर आमाको भन्दा २० % अधिक छ अथवा भूतबाट आध्यात्मिक ऊर्जा प्राप्त हुन्छ ।

९. संक्षिप्तमा

  • जीवनको यात्रा गर्भधारणको समय आरम्भ हुन्छ । तर सूक्ष्म शरीर गर्भमा तेस्रो माहिनापछि प्रवेश गर्दछ ।
  • सूक्ष्म जगतको  हानिकारक प्रभावको लागि भ्रूण अत्यधिक निर्बल हुन्छ । गर्भपात (miscarrage)  अनि मृतशिशु (still birth) जस्ता घटनाहरु मुख्यत: आध्यात्मिक कारणले हुन्छ ।
  • जुन समस्याको कारण आध्यात्मिक हुन्छ, केवल साधनाद्वारा नै हटाउन सकिन्छ ।
  • आध्यात्मिक अभ्यास गरेर हुने वाला आमा निम्न मद्दत गर्न सक्छ :
    • आध्यात्मिक कारणहरुबाट आउने कठिनाइहरुबाट गर्भको रक्षा गर्न सक्ने ।
    • अधिक सात्त्विक सूक्ष्म शरीर आकर्षित गर्न सक्ने ।