जन्मनु अधिको जीवन – गर्भघारण अघिको समय

यो लेख बुझ्नको लागि निम्न लेखहरुसँग परिचित गर्न आवश्यक पर्दछ :

  • प्रारब्ध एवं कर्मको सिद्धान्त

विषयसूची

१. जन्मनु अधिको जीवन – एक परिचय

के मसँग यहि जीवन छ ? जन्म पूर्व हामी कहाँबाट आउँछौं ? मृत्यु उपरान्त म कहाँ जान्छु ?

लगभग हामी सबै यी प्रश्नहरुसँग परिचित छौं । केहि समय पूर्व हामीले मृत्युपछि हामी कहाँ जान्छौं?, यस विषयमा एउटा लेख प्रकाशित गरेको थियो । आध्यात्मिक अनुसन्धानको माध्यमबाट हामी जन्म पूर्वको जीवन दुई भागमा वर्णन गर्नेछौं । यी दुई भागहरु इस प्रकार छन् :

  • भाग १. गर्भमा आउनु भन्दा पहिलाको समय
  • भाग २. गर्भमा भएको समय

यो लेख दुई भागमा – गर्भमा आउनु भन्दा पहिलाको समय र गर्भमा भएको समय – प्रकाशित गर्नुको कारण यो हो यसले हामी यो कुरामा ध्यान केन्द्रित गर्न सक्छौं कि हामीले जीवन परिणामकारक जिउ पर्दछन् । कर्मको सिद्धान्त हाम्रो पूरै जीवनमा व्याप्त हुन्छन् । हामी हाम्रो वर्तमान जीवन कुन प्रकार जीउँछौं, त्यसले मृत्यु पश्चातको जीवन अनि पुनर्जन्मको गुणवत्ता निश्चित गर्दछ । विडंबना यो हो कि अधिकांश व्यक्ति जन्मनु भन्दा पहिला तथा मृत्यु पश्चात आध्यात्मिक जीवनमा रुचि राख्दछन्, धेरै कम व्यक्ति पृथ्वीमा आध्यात्मिक जीवनमा वास्तविक रुपमा रुचि राख्दछन् । यो यस कारण कि जुन व्यक्ति रुचि राख्दछ, उनको मृत्यु पश्चातको जीवन अनि पुनर्जन्म राम्रो हुन्छ साथै जन्म-मृत्युको चक्रबाट छूट्दछ ।

. जन्मनु अधि जीवन कस्तो हुन्छ ?

हाम्रो मृत्यु भएपछि (हाम्रो विभिन्न सूक्ष्म देहहरु) हाम्रो आध्यात्मिक स्तर एवं गुणदोष को आधारमा विभिन्न सूक्ष्म लोकहरुमा जान्छन् पृथ्वीमा जन्म लिने अवसर मिल्नु पूर्व हामी यी लोकहरुमा विभिन्न अवधिको लागि रहन्छौं (सन्दर्भ सूत्र .कुन सूक्ष्म लोकमा जाने सम्भावना हुन्छ )

२.१ जन्मनु अधि जीवन: स्वर्गलोक एवं त्यस भन्दा माथिको लोकहरु

आजको समयमा प्रत्येक १०० व्यक्तिहरुमा केवल २ व्यक्तिहरु मात्र उच्च लोक जस्तै स्वर्गलोक, महर्लोक इत्यादिसम्म पुग्न सक्छन् । ब्रहमाण्डको यी उच्च लोकहरुमा अधिकतर सुख एवं आनन्दको अनुभव हुन्छ ।

शेष सबै भुवर्लोक अथवा पाताल लोकहरुमा जान्छन् । यी लोकहरुमा घोर दु:ख एवं अत्यधिक पीडाको अनुभव हुन्छ ।

जन्मनु अधिको जीवन – गर्भघारण अघिको समय

. जन्मनु अधि जीवन: भुवर्लोक

भुवर्लोकमा अनुभव गरिने पीडा सामान्यत: पृथ्वी (भूलोक) भन्दा धेरै अधिक हुन्छ किन कि यहाँ धेरै मन अनुसार गर्न सकिदैन । भुवर्लोकमा, १०% सूक्ष्म शरीर (आत्मा) लाई उच्च लोक जस्तै स्वर्गलोक, महर्लोकको सूक्ष्म शरीर, आत्माबाट मार्गदर्शन मिल्दछ यी सूक्ष्म शरीर साधकहरुको हुन्छन् जसमा आध्यात्मिक उन्नतिको लागि लगन हुन्छन् लगभग % सूक्ष्म शरीर (आत्मा) पूर्ण रूपमा प्रारब्धको अधीन हुन्छ अनि लगभग ८८% सूक्ष्म शरीर (आत्मा) मा भूत (राक्षस, पिचाश, अनिष्ट शक्ति) द्वारा आक्रमण र नियन्त्रण हुन्छ यी सूक्ष्म शरीर (आत्मा) लाई थाहा हुन्छ कि उनी भूतको नियन्त्रणमा छ; तर त्यसबाट बचनको लागि केहि गर्न सक्दैन उनीसँग कुनै आध्यात्मिक बल हुँदैन ।

. जन्मनु अधि जीवन: पातालको लोकहरु

पातालको विषयमा यति भन्न सक्छ कि पृथ्वीमा तपाईको जीवनकालमा आउने सबै भन्दा कष्टपूर्ण समय पनि पातालको तुलनामा राम्रो हो पातालमा सूक्ष्म शरीरर (आत्मा) माथि १००% नियन्त्रण उच्च स्तरको अनिष्ट शक्तिको हुन्छ जसरीजसरी हामी पाताल लोकको तल्लो लोकमा जान्छौं, कष्ट अनि पीडा बढ्दै जान्छन् पृथ्वीमा पुनर्जन्मको लागि पात्र हुनु भन्दा पहिल हामी ५०४०० वर्ष भूर्वर्लोकमा रहन्छौं पाताल लोकमा गएपछि पुनर्जन्मको अवसर मिल्न हजारौं वर्ष लाग्न सक्छ

२.४ सूक्ष्म लोकहरुमा साधना

निम्नांकित तालीका यो दर्शाउँदछ कि वर्तमान समयमा मृत्यु भएपछि हामी कुन सूक्ष्म लोकमा जाने सम्भावना हुन्छन् । हामीले दुई परिदृ्यहरु प्रदान गरेका छौं ।

  • पहिलो परिदृ्य देखाउँछ जहाँ अधिकांश मानिसहरु शान्तिमय समयमा मृत्युपछि जान्छन् ।
  • दोस्रो परिदृय देखाउँछ, जहाँ मृत्युपछि मानिसहरु जान्छन् जब विश्व प्रमुख स्थानीयकृत संघर्ष, विश्व युद्ध १ अनि २ या आगामी हुन लागेको विश्व युद्ध जुन विश्व युद्ध ३ को भविष्यवाणिमा चर्चा गरिएको छ । संघर्षको समय धेरै पापको कारण मानिसहरुको व्यवहार र कार्य ज्यादै खराब हुन्छन्, ज्यादा अनुपातमा मानिसहरु ब्रह्माण्डको निम्न क्षेत्रहरु अर्थात् नर्कमा जान्छन् । अर्कोतर्फ, सान्तपूर्वक समयमा जति साधनामा प्रयास गर्दछ त्यतिनै प्रयास कठिन समयमा गर्दा पनि आध्यात्मिक उन्न्ति छिटो हुन्छ । नतिजा, परिदृश्य २ मा मर्ने व्यक्तिको सूक्ष्म देह उच्च लोकहरु महर्लोक अनि त्यस भन्दा माथि जादछ ।
ब्रहमाण्डको सूक्ष्म क्षेत्र परिदृ्श्य १ – सान्तपूर्ण समय परिदृ्श्य २ – संघर्षको समय
ब्रहमाण्डको उच्च सूक्ष्म लोक (अर्थात महर्लोक अनि त्यस भन्दा अगाडि) ०.१% भन्दा कम ०.४०%
स्वर्ग १% भन्दा कम १.६०%
भूर्वर्लोक ८५% ३०%
पहिलो पातल १०% ३०%
दोस्रो पातल ३०%
तेस्रो पातल ४% ३%
चौथो पातल २%
पाँचौं पातल २%
छैठौं पातल १%
सातौं पातल ०%
१००% १००%

ब्रहमाण्डको निम्न सूक्ष्म क्षेत्रहरुमा पीडा कम गर्न केवल साधना द्वारा सम्भव छ । यद्यपि ब्रह्माण्डको निम्न लोक (जस्तै भुवर्लोक र पाताल लोकहरु) मा साधना गर्ने सम्भावना शून्य समान हुन्छ । तीव्र कष्टको साथै उच्च स्तरको भूतहरुको आक्रमाणको कारण साधना गर्न असम्भव हुन जान्छ किन कि सूक्ष्म देह ती कठोर वातावरण सामना गर्नको लागि बचाउ स्थितिमा रहन्छ ।

स्वर्गलोकमा सूक्ष्म शरीरलाई यति सुख मिल्दछ कि उ त्यसैमा फस्दछ अनि कुनै साधना गर्दैन । यद्यपि स्वर्गमा साधना गर्न सम्भव छ, तर सहि रुपमा साधना गर्नेको लागि विभिन्न प्रकारका सुखहरुको अनुभवले विचलन हुने कारण न्यूनतम हुन्छ ।

वास्तविक रुपमा महर्लोक देखि सत्यलोकसम्म को उच्च लोकहरुमा साधना हुन सक्दछ । यी लोकहरुको सूक्ष्म शरीर (आत्मा) ले लेन-देन चुकाउन अथवा साधना गर्नको लागि पृथ्वी (भूलोक) मा जन्म लिन आवश्यकता हुँदैन ।

पृथ्वी (भूलोक) मा जीवनको महत्त्व अधिक छ; किनकि यो एउटै मात्र लोक हो जहाँ निम्न लोकहरुको आत्मा जन्म लिएर साधना गर्ने, लेन-देन चुकाउने अनि जन्म-मृत्युको चक्रबाट मुक्ति पाउन सक्छ ।

. के हामीलाई वर्तमान जीवन भन्दा पहिलाको जीवन बारे थाहा हुन्छ ?

साधरणत: सूक्ष्म शरीर (आत्मा) लाई पृथ्वी (भूलोक) मा भएको आफ्नो आखिर जन्मको घटना याद हुन्छ त्यस भन्दा पहिलाको जन्महरु याद हुँदैन, जबसम्म घटना धेरै उल्लेखनीय हुँदैन । यो त्यो समयसम्म लागि हो जब सूक्ष्म शरीर (आत्मा) पुन: पृथ्वी (भूलोक) मा पुनर्जन्म लिदछ । पाताललोक अथवा भुवर्लोकमा अघिल्लो जन्म बारे जान्न चाहने उच्च प्राथमिकता हुँदैन भूर्वलोकमा साधारणतया सूक्ष्म शरीर दु:खबाट बच्ने, भूतहरुबाट टाढा रहने अनि आफन्तहरुबाट टाढा रहने पीडाले ग्रस्त रहन्छ ।

२.५.१ हामीलाई यस जीवनमा किन पहिलाको जन्महरुको याद हुँदैन ?

जसरी-जसरी हामी संसारमा व्यस्त हुँदै जान्छौं हामीले सूक्ष्म लोकहरु अनि पृथ्वीमा पहिलाको जन्म बारे भूलदै जान्छौं । हाम्रो भौतिक इन्द्रिय / पञ्चज्ञानेन्द्रिय ले, छैटौं ज्ञानेन्द्रिय लाई पूरै  ढाकि दिन्छ र हामी हाम्रो अघिल्लो जन्महरु बुझ्ने क्षमता गुमाउँछौं । यो हाम्रोलागि ईश्वरको कृपा नै हो उहाँले यस्तो व्यवस्था गर्नु भएको छ कि हामी अघिल्लो जन्महरुको विषय भूल्दछौं । कल्पना गर्नुहोस् कति गाह्रो हुनेछ दैनिक जीवन बिताउन यदि हामीलाई विगतका जीवन घटनाहरु स्मरण रहन्छन् जस्तै विगतका जन्महरुमा अहिलेको जीवनमा भएको व्यक्तिहरुसँग सम्बन्ध । जस्तै यो जन्ममा बाबा-छोरा सम्भव छ कि पहिलाको जन्ममा श्रीमान-श्रीमती थिए अथवा वर्तमान जीवनमा आमा पूर्वजन्ममा आफ्नौ छोरीको मृत्युको लागि उत्तरदायी थियो इत्यादि ।

. पृथ्वीमा जन्मनुको उद्देश्य के हो ?

पृथ्वीमा हाम्रो जन्म लेनदेन वा कर्मको हिसाब पूर्ण गर्न अनि साधना गर्नको लागि हुन्छन् भुवर्लोक वा पातालको लोकहरुमा लेनदेन समाप्त गर्नको लागि साधना गर्न लगभग असम्भव हुन्छ

सन्दर्भ लेखजीवनको उद्देश्य

व्यक्तिको मृत्यु पश्चात पुन: पृथ्वीमा जन्म लिन व्यक्ति (या उनको आत्मा) को हतमा हुँदैन पृथ्वीमा जन्म लिनु दुर्लभ छ । गर्भमा प्रवेश पाउने प्रत्येक सूक्ष्म शरीरको साथ लाखौं अन्य सूक्ष्म शरीर (आत्मा) पृथ्वीमा सांसारिक जीवनको अनुभव लिनको लागि प्रतिस्पर्धा गर्दछन् तर केवल त्यही सूक्ष्म शरीर (आत्मा) जसको प्रारब्धमा गर्भमा प्रवेश गर्नु छ, उनले नै पृथ्वीमा जन्म लिदछ

४. के कारकहरुले पृथ्वीमा हाम्रो जीवन कस्तो हुन्छ भनेर निर्धारित गर्दछ ?

दुई मुख्य घटक जो पृथ्वीमा हाम्रो पुनर्जन्म निर्धारित गर्दछन् :

१. के पृथ्वीमा हाम्रो लेन-देन चुकानको लागि परिस्थिति अनुकूल छ ?

२. जन्म भन्दा पूर्व हामी कुन लोकमा थियौं ?

.. लेनदेनको हिसाब एवं हामी कस्तो जीवनमा जन्म लिन्छौं त्यसको प्रकृति

हाम्रो लेन-देन को हिसाब एउटै महत्त्वपूर्ण घटक हो जो निर्धारित गर्दछ कि

  • पृथ्वीमा हाम्रो जन्म कहिले हुन्छ अनि
  • कुन परिवारमा हुन्छ इत्यादि ।

हाम्रो लेनदेनको हिसाब नै हाम्रो गर्भधारणको समय, यहाँसम्म कि वर्ष, माहिना, घण्टा, मिनेट अनि सेकेण्ड निर्धारित गर्दछन् यसको अर्थ यो हो कि हाम्रो जन्म पृथ्वीमा तब हुन्छन् जब अधिकाधिक मात्रामा लेनदेन चुकाउनको लागि हामीलाई अनुकूल छन् अत: हाम्रो जन्म त्यो समयमा हुन्छ जब ती व्यक्तिहरु, जसको साथ हाम्रो लेनदेन छन्, उनीहरु वरिपरि हुन्छन् अनि पृथ्वीको बाहिरी परिस्थितिहरु पनि अनुकूल छन् आउनुहोस् यसलाई एउटा उदाहरणबाट जानौं :

‘अ’ ले ‘ब’ को सारा धन बेइमानीसॅंग लिएको थियो । त्यसैले ‘अ’ ले ‘ब’ को साथ प्रतिकूल लेन-देनको हिसाब बनाएको छ । यदि ‘अ’ को मृत्यु ‘ब’ को ऋण नतिरी हुन्छ भने उनले पुनर्जन्म लिनुपर्छ अनि लेन-देनको हिसाब पूर्ण गर्नुपर्छ । अब यो पूरा गर्नको लागि कि उनले तुरुन्तै पूनर्जन्म लिनु पर्छ जब ‘ब’ अझै छ, या यस्तो समयसम्म प्रतीक्षा गर्नुपर्छ कि ‘ब’ को पूनर्जन्म हुन्छ । साथै यदि ‘अ’ अझै धोखाधारीको जीवन जीउँछ भने प्रायश्चित गर्नको लागि आउने एक या एक भन्दा बढि पूनर्जन्मा अत्यधिक दु:खद जीवनको सामना गर्नु पर्दछ । स्वभाविक छ कि उनको जन्म संघर्षको कालमा हुन्छ । अत: उनले शान्तिकालमा जन्म लिन सक्दैन ।

लेन-देन हिसाबको एक मुख्य पक्ष हो कि कति धन-सम्पति फिर्ता गर्नु छ, यसको अपेक्षा यो सुख अथवा दुःखको इकाईमा हुन्छ । उदाहरणको लागि यदि ‘अ’ ले ‘ब’ को सबै धन धोखा गरेर लिदा १००० इकाई दु:खको लागि उत्तरदायी हुन्छ, तब ‘अ’ को पुनर्जन्म आमा अनि ‘ब’ को जन्म उनको छोराको रूपमा हुन सक्छ । बच्चा (पहिलाको जन्ममा ‘ब’) धेरै मायालु र आज्ञाकारि जन्मिन्छ अनि आमाबाट धेरै माया पाउँछ । त्यसपछि १० वर्षको उमेरमा घातक दुर्घटना वा छोटो समयको बिरामीले मुत्यु हुन्छ । यो समयसम्म आमालाई बच्चासँग अधिक लगाव हुन जान्छ अनि उनको असमय मृत्युले १००० इकाई दु:ख उनको यस जन्मको आमा, पहिलाको ‘अ’ लाई हुन्छ ।

जुन आमाबाबाको कोखबाट हाम्रो जन्म हुन्छ उहाँहरुको साथ लेनदेन को तुलनामा जनु सम्प्रदाय / धर्म मा जन्म हुन्छ, यसको महत्त्व अल्प छ

.. संचितको कुन भाग पृथवीमा प्रारब्ध बन्दछ यो कसरी निर्धारण हुन्छ ?

यहाँ फेरि त्यहि नियम लागु हुन्छ: संचितको जुन भाग आउने जन्ममा अधिकाधिक चुकाउन सकिन्छ त्यहि चुनिन्छ

४.१.२ के आमा-बाबाले गर्भाधान भन्दा पहिला नामजप इत्यादि साधनाद्वारा उच्च स्तरको सात्विक सूक्ष्म शरीर आकर्षित गर्न सक्छ ?

हो, साधनाबाट अधिक उच्च स्तरको अनि अधिक सात्त्विक सूक्ष्म शरीरलाई गर्भमा आकर्षित गर्न सक्छ । यो केवल तब सम्भव हुन्छ जब माता पिता पर्याप्त मात्रामा (साधनाको छ: मूलभूत सिद्धान्त अनुसार अनि ईश्वरको लागि तन-मन-धन को त्याग गर्दै प्रतिदिन न्यूनतम ४-५ घण्टा ) साधना गर्दछन् ।

आमा-बाबा ले साधना गर्नु भएमा यदि गर्भमा आउने पहिलो सूक्ष्म शरीर (आमा-बाबा को लेन-देन को शक्ति अनुसार) यदि अधिक सात्त्विक छैन भने अधिल्लो सबै भन्दा अधिक सात्त्विक सूक्ष्म शरीरलाई प्राथमिकता मिल्दछ । सात्त्विक बच्चाको विशेषताहरु हुन् सभ्य, बुद्धिमान, सहजतासँग वातावरण अनुरूप स्वयंमा परिवर्तन ल्याउने । शारीरिक अथवा मानसिक रूपले विकलांग हुने सम्भावना पनि न्यून हुन्छ । यसको कारण यो हो कि विकलांग बच्चा नकारात्मक प्रारब्धको कारण हुन्छ । साधनाद्वारा प्रारब्धमा निवारण हुन्छ । यदि आमा-बाबा साधनाको छ: मूलभूत सिद्धान्त अनुसार तीव्र साधना गर्दछन् भने उनीहरुको नकारात्मक प्रारब्ध न्यून (कम) हुन जान्छ ।

यदि  सन्त को (७०% भन्दा अधिक आध्यात्मिक स्तर) जन्म हुनु छ भने आमाको आध्यात्मिक स्तर बालकको सकारात्मकता सहन गर्नको लागि न्यूनतम ५०-६०% हुनु पर्दछ । बाबाको आध्यात्मिक स्तरको तुलनामा आमाको आध्यात्मिक स्तरको महत्त्व ७०% हुन्छ ।

.. हाम्रो वर्तमान जीवन भन्दा पहिलाको जीवनहरुको पाप एवं पुण्य निर्धारित गर्दछ कि हामी सम्पन्न परिवार, उच्च आध्यात्मिक स्तर भएको परिवार आदिमा जन्मिन्छौं

यदि सूक्ष्म शरीरको गुण अधिक छ भने सामान्यत: राम्रो परिस्थिति अनि सम्पन्न परिवारमा जन्म लिदछ यदि सूक्ष्म शरीरको आध्यात्मिक स्तर सामान्य भन्दा अधिक छ भने उनको जन्म उच्च आध्यात्मिक स्तर भएको आमाबाबाकोमा हुन्छ जसले उनको आध्यात्मिक उन्नतिको लागि पोषक हुन्छन् यहाँ ध्यान राख्न योग्य यो हो कि सन्तको जन्म गुण-अवगुण भन्दा परे कुनै निर्धन परिवारमा पनि हुन सक्छ यो पृथ्वीमा उनको उद्देश्यमा निर्भर हुन्छ

. जन्म भन्दा पहिला हामी जुन लोकमा रहेका थियौं त्यस सम्बन्धमा पृथ्वीमा पुनर्जन्म

कुनै सूक्ष्म शरीर पृथ्वीमा जन्म लिने सम्भावना कम हुन्छ जब

  • ब्रह्माण्डको उच्चलोक जस्तै महर्लोक अथवा त्यस भन्दा माथि छन् अथवा
  • निम्नलोक जस्तै पाताललोकहरु

४.२.१ महर्लोक भन्दा माथिको लोकहरुबाट जन्म

समष्टि आध्यात्मिक स्तरको अर्थ हो, समाजको हितको लागि आध्यात्मिक साधना (समष्टि साधना) गरेर प्राप्त भएको आध्यात्मिक स्तर; जब कि व्यष्टि आध्यात्मिक साधनाको अर्थ हो, व्यक्तिगत आध्यात्मिक साधना (व्यष्टि साधना) गरेर प्राप्त आध्यात्मिक स्तर । वर्तमान समयमा समाजको हितको लागि आध्यात्मिक साधना (प्रगति) गर्ने महत्त्व ७०% छ, जब कि व्यक्तिगत आध्यात्मिक साधनाको महत्त्व ३०% छ ।

​पहिला उल्लेख गरेको छ कि जब एक सूक्ष्म शरीर महर्लोक अथवा त्यस भन्दा माथिको स्थान पाउदछ तब ६०% (समष्टि) अथवा ७०% (व्यष्टि) स्तरको हुन्छ । शेष भएको प्रारब्ध सूक्ष्म लोकमा साधना गरि, समाप्त गर्न सकिन्छ ।

यद्यपि ६०% (समष्टि) अथवा ७०% (व्यष्टि) स्तर भएको ले आफ्नो इच्छा अनुरुप जन्म लिन सक्दछ । महर्लोक अनि जनलोकमा ‘म’पन अथवा सूक्ष्म अहंकार यद्यपि न्यूनतम हुन्छ; तर सक्रिय हुन्छ । यहाँको सूक्ष्म शरीर स्वयं निर्धारित गर्दछ कि आफ्नो उद्देश्य अनुसार उनले कहिले अनि काहाँ जन्म लिने हो । आध्यात्मिक स्तर आधिक भएको कारण  सिर्फ आफ्नो इच्छाले जन्म हुन्छ अनि उच्च आध्यात्मिक स्तर भएको आमा-बाबाको मा जन्म लिन्छ । यो भन्दा पनि उच्च स्तरको ‘तपलोक’ को सूक्ष्म शरीर निर्धारित गर्दछ कि उनी कहिले अनि काहाँ पुनर्जन्म लिने हो । वास्तवमा अनेक यस्ता विकसित सूक्ष्म शरीरहरु आउने १००० वर्ष सम्म आध्यात्मिक पुनर्स्थापनाको लागि शक्ति प्रदान गर्नको लागि जन्म लिइ सक्नु भएको छ । सन्दर्भ लेख : तेस्रो विश्व युद्धको भविष्यवाणि

.. स्वर्गलोक बाट जन्म

यदि कोहि स्वर्गलोकमा छ भने उनले पृथ्वीमा पुनर्जन्म लिन हजार वर्ष लाग्न सक्छ

.. पातलको लोकहरुबाट जन्म

ब्रह्माण्डको तल्लो लोकहरु जस्तै नर्क इत्यादि मा कष्टको कालावधि अधिक बढेर जान्छ यसको साथै उच्च स्तरको भूत सूक्ष्म शरीरको अस्तित्वलाई प्रत्यक्ष रूपमा नकारात्मक कृत्यको लागि प्रभावित गर्दछ यसको परिणामस्वरूप, सूक्ष्म शरीर नकारात्मक लेनदेन को भमरीमा फस्दछ जसले उनलाई नर्कको तल्लो लोकमा राख्दछ

केवल जब सूक्ष्म शरीर नर्कको पहिलो तीन लोकहरुमा आफ्नो कष्टको भाग पूर्ण गर्दछ, तब पृथ्वीमा जन्म मिल्दछ यस्तो भए पनि एक सूक्ष्म शरीर नर्कको पहिलो क्षेत्रबाट पृथ्वीमा पुनर्जन्म लिने सम्भावना ,००,००० जन्महरु मा केवल हुन्छ नर्कको दोस्रो अनि तेस्रो क्षेत्रबाट पृथ्वीमा पुनर्जन्म अझ बढि असम्भव हुन्छ । नर्कको तेस्रो क्षेत्र भन्दा अगाडिको क्षेत्रबाट जन्म प्राप्त गर्ने सम्भावना नहुने समान हुन्छ ।

प्रतिदिन विश्वमा हुने लगभग ,५०,००० जन्महरुमा केवल सूक्ष्म शरीर नर्कबाट हुन्छन्, शेष सबै भुवर्लोक और केहि स्वर्गबाट हुन्छन्

केहि दुर्लभ उदाहरणमा आजको युगमा पनि कुनै सूक्ष्म शरीरको जन्म पहिलो पटक हुन सक्छ । यस्तो जीवमा पहिलाको लेनदेन खाता नभएको कारण उनको जीवनमा सबै घटनाहरु उनको स्वैच्छिक कर्मको कारण हुन्छ उनको चित्तमा रजतमको संस्कार पनि हुँदैन, अत: उनी स्वैच्छिक कर्मलाई साधनाको लागि उपयोगमा ल्याउन सकिन्छ । त्यसैले उनी आफ्नो पहिलो जन्ममा नै ईश्वर प्राप्ति गर्न सक्छ

. मृत्यु अनि पृथ्वीमा पुनर्जन्म बीच कति अन्तराल हुन्छ ?

मृत्यु अनि पृथ्वीमा पुनर्जन्म बीच कुनै निश्चित अन्तराल छैन । सामान्य रुपमा भुवर्लोकको सूक्ष्म शरीरको लागि ५०४०० वर्ष हुन्छ स्वर्गलोकको सूक्ष्म शरीर पृथ्वीमा पुनर्जन्म लिनु अघि हजारौं वर्ष पर्खिनु पर्छ

धेरै दुर्लभ अवस्थामा व्यक्तिको मृत्यु पश्चात तुरुन्त गर्भमा प्रवेश मिल्दछ सामान्यत: यदि यस्तो हुन्छ भने पहिलो तिमाही (first trimester) पछि हुनेछ त्यसैले महिनाको समयमा पुनर्जन्म हुन्छ यस्तो हुने सम्भावना सबै जन्महरु मध्ये केवल .००१%

यो भन्दा पनि अधिक असामान्य घटना यो हुन सक्छ कि एउटा व्यक्तिको सूक्ष्म शरीर, जसको भर्खर-भर्खर मृत्यु भएको छ; त्यसले महिनाको गर्भस्थ शिशुको सूक्ष्म शरीरलाई हटाई तुरुन्त जन्म लिन सक्छ । यसरी निकाल्ने सूक्ष्म शरीर अर्को भन्दा अधिक आध्यात्मिक स्तर अनि जुन परिवारमा जन्म लिनु छ उनीहरुको साथ तीव्र लेनदेन हुनु पर्दछ

. एक व्यक्तिको अर्को जन्म कहिले तय गरिन्छ ?

अधिकांश व्यक्तिहरुको भविष्यमा हुने जन्मको समय पहिलाको जीवनको मृत्युको समयमा नै निर्धारित हुन जान्छ यस्तो यस कारण हुन्छ कि; भौतिक शरीरको त्यगपछि (मृत्युपछि) सूक्ष्म देह कुनै साधन गर्दैन । लेनदेन को हिसाब प्रभावहीन बनाउन एकमात्र मार्ग साधना नै हो अनि मरणोपरान्त साधनाको अभावमा अधिकांश सूक्ष्म शरीरको लेनदेन हिसाब पहिलको समान नै बनि रहन्छ

केवल महर्लोक अनि जनलोकबाट आउने उच्च सूक्ष्म शरीरहरुको सम्बन्धमा, निर्णय जन्मको समय हुन्छन् यो यस कारण हो कि कहिले जन्म लिने हो यो उनको इच्छा अनुसार हुन्छ अर्थात प्रारब्धको प्रभावमा हुँदैन जबकि तल्लो सूक्ष्म लोकहरु जस्तै भुवर्लोक, स्वर्गलोक अनि पाताललोक को सूक्ष्म शरीर प्रारब्ध सँग १००% बाधिएको हुन्छ

. हामीले कति जन्म लिइ सकेका छौं ?

२०% आध्यात्मिक स्तर भएको व्यक्तिको प्रतेक एक हजार वर्षमा पृथ्वीमा हुने जन्म

जन्मको प्रकार जन्मको संख्या
जीवाणु (किटाणु), विषाणु ३०
वनस्पति ५-१०
प्राणि ०-२
मनुष्यजन्म (समयपूर्व मृत्यु)
मनुष्यजन्म (सम्पूर्ण जीवन)

टिप्पणी :
. पृथ्वीमा बिताएको वर्षहरुको संख्या : ५००
. भुवर्लोकमा बिताएको वर्षहरुको संख्या : ५००

सबै मानिसहरु समावेश हुने गरि जवाफ दिन धेरै कठिन हुन सक्छ कि हामीले मनुष्यको रूपमा हजारौं जन्म लिएका छौं अनि यो पनि हुन सक्छ कि वर्तमान जीवन हाम्रो पहिलो जन्म हुन् तर समान्य रुपमा आजको संसारमा २०% आध्यात्मिक स्तर भएको व्यक्तिले पछिल्लो १००० वर्षहरुमा धेरै पटक जन्म लिई सकेको हुन्छ । माथिको तालिकाबाट जान्न सक्छौं कि २०% आध्यात्मिक स्तर भएको व्यक्तिको एक हजार वर्षको अन्तरालमा भएको विभिन्न प्रकारको जन्महरु ।

कृपया ध्यान दिनुहोस् यो विशेष रूपमा भुवर्लोकबाट आएको व्यक्तिको लागि हो उनको जन्म मनुष्य योनिमा जन्म लिनु भन्दा पूर्व विभिन्न योनिहरुमा हुन सक्छन्

. के व्यक्तिलाई थाहा हुन्छ उनको प्रारब्ध अथवा उनको जन्म काहाँ हुन्छ ?

गर्भधारणको समयसम्म व्यक्तिलाई यो थाहा हुँदैन कि उनको जन्म कहाँ हुन्छ त्यसपछि पनि कुनै अन्य सूक्ष्म शरीर द्वारा उनको स्थान लिन सक्ने सम्भावना रहन्छ गर्भधारणको समय उनको जुन परिवारमा जन्म हुन गई रहेको छ उनीहरुको साथ उनको लेनदेन हिसाबको जानकारी हुन्छ अर्थात उनलाई थाहा हुन्छ कि उनको हिसाब सकारात्मक अथवा नकारात्मक तर उनको जीवनको प्रारब्ध गुप्त रहन्छ

. उनीबाट के अपेक्षित यस विषयमा के जन्म लिनु भन्दा पहिला उनलाई कुनै विकसित सूक्ष्म शरीरबाट मार्गदर्शन मिल्दछ ?

मिल्दैन, मार्गदर्शन दिदैन

१०. शिशुको लिङ्ग के ले निर्धारित गर्दछ ?

पहिलो जन्ममा नवजात शिशुको लिङ्ग निर्धारण ईश्वरले गर्नुहुन्छ ईश्वरको दृष्टिकोणले जीवनको मूल उद्देश्य प्राप्ति अर्थात ईश्वर प्राप्तिमा स्त्री अथवा पुरुषको रूपमा जन्म एक निरर्थक विषय हो

पहिलो जन्म पछि, जसले पुरुषको रूपमा जन्म लएको थियो अनि यदि त्यहि उनको अवचेतन मनमा प्रबल संस्कार छ भने” सामान्यत: उनी पुरुष रूपमा नै जन्म लिदछ जुन हामी जान्दैनौं त्यसमा हाम्रो रुचि हुँदैन्न्” यो नियमको कारण यस्तो हुन्छ यदि कसैमा समलैंगिक पुरुष अथवा स्त्रीको वृत्ति छ भने व्यक्तिको लिङ्ग आउने जन्ममा त्यहि हुन्छ जुनमा उनको अधिक रुचि

देनलेन पूर्ण गर्ने दृष्टिकोणले पुरुष अथवा स्त्री हुनु निरर्थक ; किन कि स्वभावको अन्य विशेषताहरु जस्तै क्रोध इत्यादि एउटै रहन्छ ईश्वर प्राप्तिको दृष्टिकोणले पुरुष भएर जन्म लिनुमा कुनै विशेष लाभ छैन

वास्तवमा अध्यात्म शास्त्र अनुसार, पुरुष अथवा स्त्री श्रेष्ठ अथवा कम हुँदैन, उनीहरु केवल एक इकाई हुन्कुण्डलिनी शक्तिको चन्द्रनाडी अनि सूर्यनाडी

तर पनि अपवादको रूपमा लिङ्गमा बदलाव सम्भव उदाहरणको लागि जब कुनै श्रीमतीलाई श्रीमानद्वारा धेरै पिटिएको छ अनि उनी श्रीमान बनेर त्यस्तै गर्न चाहन्छ भने तब आउने जन्मा श्रीमान चहि श्रीमतीको रुपमा जन्म लिदछ ।

फेरि यहाँ आवश्यक छैन कि माथि भनेको अनुसार नकारात्मक प्रारब्ध श्रीमानश्रीमती बनेर नै झेल्नुपर्छ यस्तो पनि हुन सक्छ कि वर्तमान श्रीमान कुनै अर्को ढङ्गबाट त्यतिकै मात्राको दु: झेल्नु पर्ने हुन्छ ।

११. के ले निर्धारित हुन्छ कि जनवार मनुष्यको रुपमा पुनर्जन्म लिन्छ ?

कुनै पशुको जन्म मनुष्यको रूपमा हुने संयोग हुन सक्छ, यदि कुनै व्यक्ति अयोग्य कर्मको कारण उनको पतन पशु योनिमा भएको छ । पशु भईसके पछि, जो पहिला मनुष्य थियो, कष्टको भाग पूरा भएमा उनको पुन: मनुष्य योनिमा जन्म हुन सक्छ । पूर्खा को लागि उनको वंशजद्वारा गरिने विधिहरुले पनि यसमा सहायता गर्दछ

कुनै पशुको लागि (जसको जन्म पहिलादेखि नै पशु योनिमा भएको छ) मनुष्य योनिमा जन्म लिन अत्यन्तै कठिन ; किन कि पशुको लागि साधना गर्नु धेरै कठिन तर पनि यदि पशुले कुनै सन्तको सत्संग प्राप्त गरेको छ, प्रसाद खाएको छ, निरन्तर भजन अथवा नामजप सुनेको छ तब उनमा ईश्वर प्राप्ति गर्ने इच्छा जागृत हुन्छ अनि आध्यात्मिक रुपमा विकास भई मानव रुप लिन सक्छ । साथै यदि कुनै पशु सन्तको साथ रहन्छ अनि सन्तले संकल्प गर्नुहुन्छ कि पशुको आध्यात्मिक विकासको लागि मनुष्य रुप प्राप्त होस् तब पशुले मानव जन्म प्राप्त गर्न सक्छ

१२. के परिवारको मृत्क पूर्खाले परिवारमा जन्म लिने सूक्ष्म शरीरमा हस्तक्षेप गर्न सक्छ ?

उच्च आध्यात्मिक स्तर भएको पूर्खा अथवा उच्च आध्यात्मिक शक्ति भएको भूत जस्तै मान्त्रिक इत्यादिको सहायताले पूर्खा परिवारमा जन्म लिने सूक्ष्म शरीरको साथ हस्तक्षेप गर्न सक्छ जस्तै जन्म हुनबाट रोकथाम गर्ने अथवा विशेष लिङ्ग भएको सूक्ष्म शरीरको रोकथाम गर्ने उदाहरण परिवारमा छोराको जन्म हुन नदिने । यस्तो अवस्थामा पंक्तिमा भएको जुन सूक्ष्म देह छ या अर्को सूक्ष्म देह जसको साथ अधिक्तम लेन-देन छ, उनको जन्म हुन्छ ।

पूर्खाको यस्तो हस्तक्षेपको कारण आफूतर्फ ध्यान आकर्षित गर्न अथवा बदलाको भावना हुन सक्छ ।

सन्दर्भ लेख : मेरो मृतक प्रियजन अनि पूर्खाले मलाई किन यातना दिन चाहन्छ ?

१३. सारांश

हाम्रोलागि यो लेखको अर्थ के हो ?

  • अधिकांश व्यक्ति जीवन भरि जुन वस्तुहरुको पछि भाग्दछ जस्तै नोकरी, प्रतिष्ठा, सम्पत्ति र परिवार यी सबै वर्तमान जीवनको आध्यात्मिक उद्देश्यमा विशेष महत्तव हुँदैन र मृत्युपछि त केहि पनि हुँदैन ।  मृत्युपछि चलने मुद्रा केवल हाम्रो आध्यात्मिक स्तर हो ।
  • आध्यात्मिक परिपेक्ष्यबाट पृथ्वीमा मनुष्य जन्म अनमोल छ । केवल यहि लोकमा हामीले आफ्नो प्रारब्धमाथि विजय पाउनको लागि साधना गर्न सक्छौं अनि अंतत: जन्म-मृत्यु को चक्रबाट छूटकारा पाउन सक्छौं ।
  • वर्तमान युगमा पृथ्वीमा जन्म लिनु पूर्व धेरै शताब्दीसम्म प्रतीक्षा गर्नु पर्दछ । यो पनि तब सम्भब छ जब हामी भुवर्लोकमा जान्छौं यदि हामी पातालमा पुग्छौं भने तब पृथ्वीमा पुनः जन्म लिनमा हजारौं वर्ष पछि मात्र सम्भव हुन्छ ।
  • वर्तमान युगमा लगभग हामी मध्य ३०% मात्र भुवर्लोकमा पुग्दछौं । हामी मध्य अधिकांश पातालको कुनै लोकहरुमा जान्छौं ।
  • वर्तमान समयमा अर्थात वर्ष १९९९-२०२२ बीच विश्व परिवर्तन अर्थात कलियुगांतर्गत कलियुगको साक्षी हुनेछ । यो समय आध्यात्मिक प्रगतिको लागि अत्यधिक अनुकूल छ जहाँ १ वर्षको साधना अन्य युगको ५० वर्षको साधना समान हुन्छ ।
  • साधना द्वारा जब हामी ६०% (समष्टि) अथवा ७०% (व्यष्टि) आध्यात्मिक स्तर प्राप्त गर्दछौं फेरि हामी प्रारब्ध समाप्त गर्नको लागि पुनः पृथ्वीमा आउनु पर्दैन ।