भोजन पुर्व प्राथना

हाम्रो सुझाव छ कि यो लेखलाई राम्रोसँग बुझ्नको लागि निम्न लेखहरुसँग परिचित हुनुहोस् :

1. प्रस्तावना

अन्न जीवनको मूलभूत आवश्यकता हो र दैनिक जीवनमा आवश्यक पोषण तथा ऊर्जालाई पूर्ति गर्दछ । अन्नको पोषक गुणको विषयमा अत्यधिक शोध भएको कारणले हामी अन्नको बारेमा धेरै कुरासँग परिचित छौं । हामीले मनपराएको कुरा खाएको मनोवैज्ञानिक सन्तुष्टि व्यक्तिगत अनुभव मार्फत पनि जान्दछौं । तर भोजनपूर्व गरिने प्रार्थना जस्तो सामान्य कृत्यको विषयमा तुलनात्मक दृष्टिले अत्यल्प अध्ययन (शोध) गरिएको छ ।

आज हाम्रो गतिशील जीवनशैलीमा, हामी मध्धे कसैलाई भोजनको समय प्रार्थना गर्नु एउटा अनावश्यक कृत्य लाग्न सक्छ । अरु कसैको लागि पूर्णतया अज्ञात अनुभव हुन सक्छ ।

आध्यात्मिक परिप्रेक्ष्यबाट खाना खानु भन्दा पहिला प्रार्थनाको प्रभावहरु बुझ्न हामीले उन्नत छैठौं इन्द्रियको प्रयोग गरेर आध्यात्मिक अनुसन्धान गरि भोजन पूर्व प्रार्थना र प्रार्थना नगरि भोजन गर्ना के हुन सक्छ यस्को तुलनात्मक अध्ययन गर्यौं ।.

2. खाना खानु अगाडी प्रार्थनामा आध्यात्मिक अनुसन्घान

सूक्ष्म ज्ञानको आधारमा निम्न चित्र SSRF को साधिका (पू.) श्रीमती योया वालेले उन्नत छैठौं इन्द्रिय प्रयोग गरेर चित्रित गरेको हो ।

(पू.) योया वालेसँग सूक्ष्म स्तर देख्न सक्ने क्षमता छ र वहाँले साधना तथा सत्सेवाको रूपमा सूक्ष्मज्ञानमा आधारित चित्र बनाउनुहुन्छ । सूक्ष्मज्ञान आधारित रेखाचित्र परातपर गुरु डॉ. आठवलेज्यूद्वारा यथार्थता प्रमाणित गर्नुहुन्छ ।

सूक्ष्म-ज्ञानमा आधारित यो चित्रले प्रार्थना नगरी खाना खादाको प्रभाव देखाउँदछ ।

भोजन पुर्व प्राथना

सूक्ष्म-ज्ञानमा आधारित रेखाचित्रबाट हामी निम्न सूत्रहरु बुझ्न सक्छौं :

  • दिव्य चैतन्य अन्नप्रति आकर्षित हुन्छ । अन्नको सेवन गर्नाले, अन्न ग्रहण गर्ने व्यक्तिको वरिपरि ईश्वररीय चैतन्यको सुरक्षाकवच सिर्जना हुन्छ ।
  • खाना खानु भन्दा पहिला प्रार्थना तथा ईश्वरसँग चिन्तन नगर्नाले, व्यक्तिको वरिपरि कष्टदायी ऊर्जाको आवरण सिर्जना हुन्छ । यह कष्टप्रद शक्तिले अन्नमा पनि आवरण ल्याउँदछ र खानासँगै शरीरमा प्रवेश गर्दछ ।
  • फलस्वरुप हाम्रो भित्री अङ्गहरु र दिमागमा दु:खदायी ऊर्जाको बादलले छाईदिन्छ र प्रार्थना नगरि खाना खादा अहंकारको कारण हृदय चक्र (अनाहत-चक्र) मा कष्टदाय शक्तिको वलय सिर्जना हुन्छ । प्रार्थना नगर्नाले मन कार्यरत रहन्छ, जसले विविध प्रकारका विचारहरु तथा बहिर्मुखता उत्पन्न हुन्छ । .

त्यसैले जब व्यक्ति प्रार्थना नगरि अन्नग्रहण गर्दछ तब उनको सूक्ष्मदेहमा कष्टदाय शक्ति प्रवेश गर्दछ, जसले कष्ट बढ्दछ ।

यससँगै अन्नग्रहण गर्ने समय यदि व्यक्ति उच्च स्वरमा बोल्छ भने बहिर्मुखता बढ्दछ र रज-तमको स्पन्दन अधिक आकर्षित हुन्छ । यसले व्यक्तिको ऊर्जा (शक्ति) को व्यय हुन्छ र यही नकारात्मक स्पन्दन दिनभरि व्यक्तिको साथ रहन्छ ।

3. खाना खानु पहिला प्रार्थनाको प्रभावमा सूक्ष्म-चित्र

अब हामी श्रीमती (पू.) योया वालेले बनाएको सूक्ष्म-ज्ञानमा आधारित अर्को रेखाचित्रलाई हेर्यौं, जब खाना खानु अधि प्रार्थना गर्दछ ।

भोजन पुर्व प्राथना

सूक्ष्म-ज्ञान माथि आधारित यो चित्रबाट हामी निम्न सूत्र देख्न सक्छौं ।

  • प्रार्थना गर्नाले भाव जागृत हुन्छ र ईश्वरसँग आन्तरिक सान्निध्य हुन्छ । यसले अन्न तथा अन्न ग्रहण गर्ने व्यक्तितर्फ ईश्वरीय चैतन्य आकर्षित हुन्छ ।
  • अन्नमा ईश्वरीय शक्ति कार्यरत हुन्छ र व्यक्तिको सूक्ष्मदेहमा पुगेर उनको वरिपरि सुरक्षाकवच सिर्जना हुन्छ ।
  • परिणामस्वरूप, अन्न ग्रहण गर्नाले शरीरमा विद्यमान प्राणशक्तिमा वृद्धि हुन्छ ।
  • अन्तमा, खाना खाए पछि, हाम्रो शरीरमा प्राणशक्ति बढ्छ ।

त्यसैले खाना खानुपूर्व प्रार्थना गर्नु आध्यात्मिक दृष्टिले फाइदाजनक हुन्छ । खाना खानु भन्दा पहिला व्यक्ति निम्न प्रार्थनाहरु गर्न सक्छ :

  • ‘‘हे भगवान, यो अन्न तपाईले दिनुभएको प्रसाद हो”, यो भावसँग अन्न ग्रहण हुन दिनुहोस् । मलाई यसबाट दिव्य शक्ति तथा ईश्वरिय चैतन्य प्राप्त हुन दिनुहोस् ।
  • ‘‘हे भगवान, यदि यो अन्नमा कालो शक्ति (ऊर्जा) छ भने, कृपया त्यसलाई नष्ट गरिदिनुस् र अन्नकणहरुमा ईश्वरीय चैतन्यले भरिदिनुहोस् ।
  • ‘‘हे भगवान, खाना खाने समय तपाईको नामजपको सुरक्षाकवच मेरो सबैतर्फ सिर्जना गरिदिनुहोस् ।

4. सारांशमा – भोजनपूर्व प्रार्थना

खाना खानु अधि प्रार्थना गर्नु एक सरल कृत्य हो, जसले हामी ईश्वरको समीप जान सक्छौं । चैतन्य एवं सुरक्षा प्राप्तगरि कार्यको लागि प्राणशक्ति प्राप्त गर्न सक्छौं । यसले दैनिक जीवनमा भोजन गर्नु जस्तो कृत्यद्वारा पनि हामी अखण्ड साधना गर्न सक्छौं ।

खाना खानुको साथ-साथै यदि हामी ईश्वरको नामजप पनि गर्यौं, भने त्यसले हामीलाई अधिक फाईदा मिल्दछ ।