मांसाहार विरुद्ध शाकाहार

पाठकलार्इ अनुरोध : यो लेखको विषय यथायोग्य बुझ्नको लागि कृपया सत्तव, रज एवं तम, ब्रमाण्डको यी सूक्ष्म तत्तवका पूर्क्ष अध्यन गर्नुहोस् ।

विषयसूची

१. प्रस्तावना-मांसाहार एवं शाकाहारको आध्यात्मिक परिप्रेक्ष्य

शाकाहारी अथवा मांसाहारी बन्ने, यसमा के योग्य हो, यो कुराको धेरै विवाद छ । आहार लिने दुवै फक्षका व्यक्तिहरु क्रमश: दुबैका फाइदाहरुका सशक्त तर्क छन्, तर पनि अखिल विश्वमा अधिकाधिक व्यक्तिहरु मांसाहार छोडेर शाकाहारी अपनार्इ रहेका छन् । यस लेखमा हामी यस विषयको आध्यात्मिक परिप्रेक्ष्यको अन्वेषण गर्नेछौं ।

२. शाकाहारी अथवा मांसाहारी भोजनको आध्यात्मिक शुद्धता

हामीले हाम्रो लेख सत्त्व, रज एवं तम, ब्रह्माण्डको यी तीन सूक्ष्म घटकको व्याख्यामा बताएका छौं कि ब्रह्माण्डको निर्मितिमा सूक्ष्मस्तरमा यी तीन घटक कसरी अन्तरभूत छन् ।

३ घटक विशेषता विशेषण उदाहरण

सत्त्व

पवित्रता एवं ज्ञान

सात्त्विकता

सात्त्विक मनुष्य पुरुस्कार अथवा प्रसिद्धीको अपेक्षा बिना समाजको हितमा कार्यरत रहन्छ।

रज

कृत्य एवं आवेश

राजसिक

राजसिक मनुष्य स्वयंको व्यक्तिगत फाईदा तथा सफलताको लागि कार्यरत रहन्छ ।

तम

अज्ञान एवं निष्क्रियता

तामसिक

तामसिक मनुष्य कसैको खुट्टामा टेकेर अगाडि जानमा संकोज गर्ददैन अर्थात समाजलाई हानि पुराउँछ ।

सूक्ष्मस्तरमा भोजन पनि यसको अपवाद छैन । यसको निर्माण पनि सूक्ष्मस्तरमा सत्त्व, रज एवं तम घटकले बनेको हुन्छ । खाद्य पदार्थ कुन प्रकारको छ शाकाहारी अथवा मांसाहारी, यो सूक्ष्म तत्त्वको अनुपातले निश्चित हुन्छ । सत्त्व शुद्धता एवं ज्ञानको लागि जानिन्छ, तम निष्क्रियता एवं अज्ञान जनाउँछ । यस्तो कुनै वस्तु जसमा सत्त्व घटक अधिक हुन्छ, त्यो हाम्रो आध्यात्मिक यात्रामा सहायक हुन्छ तथा तम घटक जहाँ प्रभावी हुन्छ त्यहाँ हाम्रो आध्यात्मिक साधनामा कमि वा अवरोध उत्पन्न हुन्छ ।

आध्यात्मिक अनुसन्धानमा हामीलार्इ शाकाहार तथा मांसाहारको सूक्ष्म अवलोकनबाट निम्न परिणाम प्राप्त भयो ।

मांसाहार विरुद्ध शाकाहार

कृपया ध्यान दिनुहोस् : प्रस्तुत तथ्याङ्क विभिन्न खाद्य प्रवर्गको अवलोकनको औसतमा आधारित छ । माछालार्इ शाकाहारी भोजनको श्रेणीमा समाहित गरेको छ एवं यसमा सेतो तथा रातो मासुको अपेक्षा तम अत्यल्प परिमाणमा हुन्छ । एउटै श्रेणीको; खाद्यमा आपसमा धेरै – थोरै भिन्नता हुन्छ, उदाहरण; मांसाहारमा खसी अथवा कुखुराको मासुमा सत्त्व, रज एवं तमको आधारमा अन्तर हुन्छ ।

पशु मरि सकेपछि मासुमा बढ्दो तमको कारण हो मर्ने बेलामा पशु कति हदसम्म तडपेर मरेको थियो । साथै पशुमा क्रोध एवं प्रतिशोधको विचार वनसपतिको तुलनामा अधिक तीव्र हुन्छ; किन कि वनस्पतिमा मन एवं बुद्धिको स्तर अल्पविकसित अवस्थामा हुन्छ । यो एउटा मुख्य कारण हो मासुमा वृद्धि तम घटकको ।

तपार्इले माथिको तालिकामा देख्नु भयो कि शाकाहारी भोजनमा सूक्ष्म सत्त्व गुणको उच्च अनुपात हुन्छ । मांसाहार भोजनमा तमाधिक्य हुनुको कारण मांसाहारी भोजन खाने कृति पनि तामसीक हुन्छ ।

. सूक्ष्मज्ञानको आधारमा मासुको चित्र

सूक्ष्मज्ञानको आधारमा निर्मित अधोरेखित चित्र प्रदर्शित गर्दछ कि, एउटा स्वस्थ्य देखिने मासुको टुकडा छैटौं ज्ञानेन्द्रियबाट हेर्दा कस्तो देखिन्छ । सूक्ष्मज्ञानको आधारमा यो चित्र पूज्य (श्रीमती) योया वाली (पेरिस, फ्रांस ) ले रेखांकृत गरिएको हो ।

२.२ सूक्ष्मज्ञानको आधारमा केराको चित्र

सूक्ष्म ज्ञानमा आधारित निर्मित चित्र प्रस्तुत गर्छ कि केरा जस्तो सात्तविक फल छैटौं ज्ञानेन्द्रियबाट कस्तो देखिन्छ । सूक्ष्म ज्ञानको आधारमा यो चित्र पूज्य (श्रीमती) योया वाली (पेरिस, फान्स) ले बनाउनु भएको हो ।

फलमा सात्तविकत आधिक्य हुनुको कारण, पूजामा चढाउने गरिन्छ ।

. मासु निर्माणमा प्राणिप्रति गरिने व्यवहारले मासुमा परिणाम

२.३.१ प्राणिलार्इ हत्या गर्नु भन्दा पहिला गरिने व्यवहार

विश्व भरि मासु निर्माणमा प्राय: प्राणिलार्इ एउटा लाभदायी वस्तु जसरी उपयोगी लिने गरिन्छ । प्राणि-खेतीमा यस वृत्तिले प्राणि प्रति निर्दयतालार्इ संस्थानिक बनाइ दिएको छ, जसको कारण वृहत्स्तरमा पर्यावरणको विनाश, स्रोतको कमि, प्राणि एवं मानव स्वास्थ्यलार्इ खतरामा पारिदिएको छ । तल दिएको चलचित्र Farm Sanctuary को हो जसमा प्रणिमा हुने क्रूरतालार्इ चित्रित गरेको छ ।

आध्यात्मिक परिप्रेक्षयमा प्राणिको साथ यस्तो दुर्व्यवहार गर्नु पाप हो । कृपया खण्ड ३.३ पढ्नुहोस्

२.३.२ के हत्या गर्ने पद्धतिले मासुमा आध्यात्मिक प्रभाव पर्छ ?

मांसाहार विरुद्ध शाकाहार

कुनै प्रथा एवं धर्ममा विशिष्ट पद्धतिले मारेको प्राणिको मासु खाने मान्यता छ, अन्यथा त्यस समाजमा मासु खाने अनुमति छैन । कत्लखानामा प्राणिलार्इ विद्युत झटका (electric shock) दिएर अथवा कैप्टिभ बोल्ट पिस्टल (captive bolt pistol) ले अचेत गर्ने सामान्य परम्परा हो । यस्तो गर्नेले प्राणी मार्नु पहिला चेतनाहीन हुन्छ, तदोपरांत प्राणीलार्इ तनेर प्रक्रिया यन्त्रणासम्म लगेर उनको करोटिड शिरा (carotid artery) एवं जुगलर मुख्य रक्तवाहिनी (jugular vein) लार्इ चाकूको सहायताले काटिदिन्छ । यसले तीव्र रक्तस्राव हुन्छ फलस्वरूप प्राणी रक्तहीनताको कारण मृत्यु प्राप्त गर्छ ।

कुनै समुदायमा यो आवश्यक छ कि प्राणीलार्इ मार्नु पहिला प्राणीलार्इ चेतनाहीन नगरि बिना नै मुख्य रक्तवाहिनी (arterial vein) लार्इ काट्ने जसले तीव्र रक्तस्रावको कारण प्राणीको मृत्यु हुन्छ तथा यस्तो मासुनै खानको लागि अनुमति उनको परम्पराले दिन्छ । रक्तस्रावले प्राणीको मृत्य हुने प्रक्रियाको काल दुइ मिनेटसम्म हुन सक्छ । प्राणि अधिकारलार्इ संरक्षित गर्ने गुठले यस्तो पद्धतिको विरोध गर्छ; किन कि उनको अनुसार यो निर्दयता पूर्ण छ अनि प्राणीलार्इ यसले अतिवेदना हुन्छ । तर ती समुदायको प्रवक्ता उल्टो तर्क दिन्छ कि वेदनाको स्तरमा कुनै अन्तर छैन । उनको पक्का मत छ कि मुख्य रक्तवाहिनीलार्इ काटनाले मस्तिष्कमा एकाएक रक्तस्राव हुन्छ, जसले रक्तचाप घटनाले मस्तिष्कमा रक्तको आपूर्ति हुँदैन तथा प्राणीलार्इ वेदनाको अनुभूति हुने समय पनि पाउँदैन । (सन्दभ : BBC.com 2003)

जब हामीले यो विषयमा आध्यात्मिक अनुसन्धान गर्यौं तब हामीले पायौं कि :

  • जब कुनै प्राणीलार्इ मार्छ तब उनलार्इ उतिनै वेदना हुन्छ जति कनैु मनुष्यलार्इ मार्दा हुन्छ । प्राणीको मस्तिष्क अनि बुद्धिको विकासको आधारमर वेदना अनुभव गर्नमा केहि अन्तर हुन सक्छ । प्राणीको जीवन ज्यादा गरेर भोजन एवं यौन प्राप्ति सम्मनै सीमित हुन्छ; तर मानवी जीवनको अनेक पक्ष हुन्छ जसमा उनको लगाव हुन्छ, यस कारण उनलार्इ वेदनाको अनुभूति ज्यादै  अधिक हुन्छ ।
  • जब माथि उल्लेखित समुदायको प्रथानुरूप मार्छ तब प्राणीको वेदनामा प्रबल वृद्धि हुन्छ । जब प्राणीलार्इ बिस्तारै-बिस्तारै उनको अङ्ग काटेर मार्छ तब यदि १ देखि १०० सम्मको परिमाण पैमानमा, वेदना १०० एकक छ भने;
    • प्राणी द्वारा अनुभव गरिने वेदना ३० एकक हुन्छ जब उनलार्इ सामान्य पद्धतिले मार्छ ।
    • प्राणी द्वारा अनुभव गरिने वेदना ५० एकक हुन्छ जब उनलार्इ माथि उल्लेख गरेको समुदायको प्रथानुसार मार्छ ।
  • फलस्वरूप वेदनामा वृद्धि भएको कारण, सूक्ष्म तम  तत्त्व मासुमा वृद्धि हुँदै जान्छ । यस्तो यस कारणले पनि हुन्छ; किन कि प्राणी, उपरोक्त समुदायको व्यक्ति जसले यस्तो पद्धतिले उनलार्इ मार्छ तिनीहरु प्रति क्रोध पनि आउँछ ।

यस्तो विरोधाभास छ कि यो समुदाय प्राणिको हत्या, उनको धर्मको मान्यता हो, यस्तो सम्झेर जुन पद्धतिले गर्छ, वास्तवमा त्यस्तो गर्नाले मासुको आध्यात्मिक अशुद्धि बढ्दै जान्छ अनि उनी तमको अधिक मात्रा सेवन गर्छ । तल दिएको आध्यात्मिक सूक्ष्म परीक्षणले यहि तथ्य दर्साउँछ ।

हत्याको भिन्न प्रकारले मासुको सूक्ष्म घटकमा परिवर्तन

जानवरलाई बेहोश गरि उनको नसा काटने

नसा काटेर जानवरको रक्त निक्लिने बेलासम्म तडपिने अनि त्यसपछि प्रक्रियाको लागि पठाउने

सत्व

८ %

५ %

रज

१७ %

१७ %

तम

७५ %

७८%

जम्मा

१०० %

१०० %

माथिको निरीक्षणबाट हामी देख्न सक्छौं कि तम तत्त्वमा वृद्धि हुनुको साथ-साथै सत्त्व तत्त्वमा न्यूनता आउँछ ।

. के बोटबिरुवाले पनि मृत्युको समय वेदनाको अनुभव गर्छ ?

हो ! बोट-बिरुवाले पनि मृत्यको समय या जब उनलार्इ काट्छ तब वेदना अनुभव गर्छ; तर वेदनाको संज्ञान प्राणिको अपेक्षा कम हुन्छ । यो यस कारण हो; किन कि वनस्पतिमा मस्तिष्क एवं बुद्धि अल्पविकसित अवस्थामा हुन्छ । तर जब फल या सब्जीलार्इ पूर्ण पकेको अवस्थामा टिप्छ या रुखबाट खस्छ, तब वेदना सम्भवत: ज्यादै कम हुन्छ ।

. मासु पकाउने पद्धति

मासु पकाउँदा तीन परम्परागत पद्धतिहरु छन्, हल्का, मध्यम तथा पूर्ण पकाउने । हल्का पकाउनु मासु कच्चो मासुको करीब हुन्छ । यो बाहिरबाट त पाकेको हुन्छ; तर भित्र भने कच्चो रातो हुन्छ । अर्कोतर्फ मासु जसलार्इ पूर्ण पाकेको भन्छ, बाहिर बाट कालो हुन्छ तथा भित्र खैरो एवं पाकेको हुन्छ ।

व्यक्ति जसलार्इ हल्का पाकेको मासु मनपराउँछ यसको फायदा लिएर भूत (भूत, प्रेत, शैतान जस्ता नकारात्मक शक्ति आदि) उनको आधिपत्य लिन सक्छ । यस्तो, यो कारण हो कि; किन भने कच्चो मासु नै अनिष्ट नकारात्मक शक्तिको पहिलो रोजाइ हो । मासुको टुकडा जुन पूर्ण पाकेको हुन्छ त्यसमा अपेक्षाकृत हल्का या मध्यम पाकेको मासु भन्दा सूक्ष्म तम घटक कम मात्रामा हुन्छ ।

. बढेको तम तत्त्वको प्रभाव कति लामो समयसम्म रहन्छ ?

जब तमाधिक्य युक्त भोजन नियमित रुपले ग्रहण गरिन्छ, तब शरीरले तम तत्त्व को आधिक्यको भार उठाउनु पर्छ । तम तत्त्वमा बृद्धि हुनाले व्यक्तिमा अनेक नकारात्मक प्रभाव पर्दछ । यो तम तत्त्वको विघटन त्यो समय हुन सक्छ, जब व्यक्ति यस्तो आध्यात्मिक साधना गर्छ जुन आध्यात्मको मूल सिद्धान्त मा आधारित छ । तर प्राय: सबै व्यक्ति आध्यात्मिक साधना गर्दैन्न्, तम तत्त्वको अंश व्यक्तिको शरीर, मन एवं बुद्धिमा एकत्र हुन जान्छ ।

मांसाहार विरुद्ध शाकाहार

कुनै साधारण आध्यात्मिक स्तर भएको व्यक्तिले मांसाहार खाना छोडेर शाकाहारी भएपछि उनीमा भएको सम्पूर्ण सूक्ष्म उच्च तम तत्त्वको नकारात्मक प्रभाव, जुन उनीमा एकत्र भएको छ त्यसबाट छुटकारा पाउनको लागि ३० वर्ष समय लाग्छ किनक कि उनले तम युक्त मांसाहारी आहार लिएको थियो ।

यस्तो व्यक्ति जुन ६ मूल आध्यात्मिक सिद्धान्तमा आधारित साधना गर्छ, उनलार्इ कम्तिमा ५ वर्षको कालावधि लाग्छ जुन तमांश युक्त आहार लिदा भएको सबै नकारात्मक प्रभावबाट मुक्त हुनको लागि । यो स्थिति त्यो परिस्थिति मा हुन्छ जब उनी मांसाहार भोजन पूर्ण त्याग गरि, प्रतिदिन (६ मूल सिद्धान्तमा आधारित) ४ देखि ५ घण्टा आध्यात्मिक साधना गर्छ । यदि उनी तमांश युक्त मांसाहारी भोजनको त्याग बिस्तारै-बिस्तारै गर्छ भने नकारात्मक प्रभावबाट मुक्त हुनमा १० वर्ष लाग्न सक्छ ।

. के मनुष्यको कुकुर दाँत (canine teeth) मासु खानको लागि बनेको हो ?

मांसाहार विरुद्ध शाकाहार

कुकुर दाँत (canine teeth) को कार्य भोजन च्यातेर खानुमा हुन्छ । मांसाहार  भोजन समर्थक जोड दिएर भन्छ कि ईश्वरले कुकुर दाँत मांसाहार भोजनको लागि दिएको हो । यो योग्य तर्क होइन । यो यस्तो हो कि, जस्तै हामीसँग नङ्ग छ, त्यसैले हामी अन्य व्यक्तिहरुलार्इ जानवरले जस्तै चिथर्ने । मनुष्यसँग कुकुर दाँत छ मात्र यसको लागि कि उनी मांसाहार भोजन गरोस्, यस्तो  होइन ।

आध्यात्मिक परिप्रेक्ष्यमा मानव जन्म नै ईश्वरानुभूतिको लागि प्राप्त हुन्छ । मानव एवं प्राणिमा मूल अन्तर यही नै हो कि, केवल मानवसँग विकसित मस्तिष्क एवं बुद्धि छ, जसले सात्त्विक कृतिको माध्यमबाट सद्मार्ग तर्फ अग्रसर भर्इ ईश्वर प्राप्ति गर्न सकिन्छ । यस प्रकार मानवलार्इ आध्यात्मिक आधारमा सल्लाह दिन्छ कि उनी मांसाहारी प्राणिबाट प्रेरित भएर मांसाहार भोजन नलिनुहोस् ।

 

 

. प्याज अनि लसुन खादाँ आध्यात्मिक परिप्रेक्ष्य

मांसाहार विरुद्ध शाकाहार

कुनै समुदाय प्याज अनि लहसुनबाट टाढा रहन्छ । यस विषयमा आध्यत्मिक परिप्रेक्ष्य के छ ? प्याज अनि लहसुनमा रज तत्त्वको परिमाण अधिक हुन्छ । यो कारणले गर्दा आयुर्विज्ञान अनुसार, भोजनमा प्याज अनि लहसुनको प्रयोगले व्यक्तिमा भोक सुधारने सलाह दिन्छ । प्याज एवं लहसुन खाएर हुने रज तत्त्वको वृद्धिलार्इ ४ देखि ५ घण्टाको मध्यम या १० देखि १२ घण्टाको तीव्र आध्यात्मिक साधनाले छिट्टै नियन्त्रित गर्न सकिन्छ ।

 

 

 

. दूध, दही एवं चीजको आध्यात्मिक परिप्रेक्ष्य

  • जब गार्इको दूध ग्रहण गर्दछ तब व्यक्तिमा सत्त्व तत्त्वको वृद्धि हुन्छ । सबै प्रकारको दूध मध्य गार्इको दूध सर्वाधिक सात्त्विक हुन्छ ।
  • दही तथा मही दूधको अपेक्षा कम सात्त्विक हुन्छन् ।
  • जब दूधबाट अन्य खाद्य पदार्थ तैयार गरिन्छ, (विशेषत: दूधलार्इ फाटेर बनाएको पदार्थ) तब त्यसको सात्त्विकता कम हुन थाल्छ अनि सूक्ष्म तमतत्त्वको वृद्धि हुन थाल्छ ।

. मानवमा भोजनको प्रभाव

३.१ शारीरिक स्तरमा

मांसाहारी भोजन खानाले जसमा तमतत्त्व अधिक हुन्छ, त्यसलार्इ ग्रहण गर्नाले रोगहरु लाग्न सक्छ ।

३.२ मानसिक स्तरमा

मांसाहारी भोजनमा तमतत्त्व अधिकता भएको कारण मानव मनमा अनेक अभिलाषा एवं अन्य तामसिक विचार जस्तै यौन विचार, लोभ, क्रोध आदि उत्पन्न हुन्छ।

३.३ आध्यात्मिक स्तरमा

  • व्यक्ति जो अधिक तमप्रधान मांसाहारी भोजन गर्छ, उनीमाथि भूत (राक्षस, शैतान, नकारात्मक शक्ति आदि) बाट बाधित तथा आक्रमण हुने सम्भावना अधिक हुन्छ । सबै कुरा बराबर भएको कारण, जुन व्यक्ति मासु खान्छ, उनी शाकाहारी व्यक्तिको अपेक्षा, भूतद्वारा बाधित हुने सम्भावना २० प्रतिशत अधिक हुन्छ । यसको कारण यो हो कि मासुको भोजन आसुरी शक्तिलार्इ प्रिय हुन्छ । जुन साधक आफ्नो साधना सम्झेर समाजमा आध्यात्मको प्रचार व प्रसार गर्छ, मासांहार भोजन गरे पश्चात् उनी बाधित हुने सम्भावना अधिक हुन्छ । यस्तो यस कारण हुन्छ कि उच्चस्तरको भूत आदि शरीरमा बढेको तम सूक्ष्म तत्त्वको फार्इदा उठाएर उनलार्इ कष्ट दिन्छ ।
  • शाकाहारी भोजनमा सत्त्व तत्त्व अधिक मात्रामा हुनुको कारण यो आध्यात्मिक साधनाको लागि पोषक हुन्छ ।मांसाहार विरुद्ध शाकाहार

    उदा. मैथ्यूको आध्यात्मिक स्तर आज ३० प्रतिशत छ । साधनाको ६ मूल सिद्धान्तको आधारमा उनी प्रतिदिन ४-५ घण्टा साधना गर्न शुरूवात गर्छ, यदि उनी शाकाहारी भोजन लिन मनपराउँछ भने सबै कारक समान भएको कारण उनको आध्यात्मिक स्तर ४० प्रतिशत हुन्छ, जुन मांसाहारी भोजन लिदा भन्दा २० वर्ष छिटो हुन्छ ।

    ईश्वर प्राप्तिको लागि हामी तीन सूक्ष्म तत्त्वलार्इ अतिकअमण गर्नुपर्छ । अत: आध्यात्मिक साधना गरि हामी आफ्नो रुचि तथा अरुचि भन्दा बाहिर निस्कनु पर्छ; किन कि तिनीहरु ३ सूक्ष्म तत्त्व मिलेर बनेको हुन्छ । ९० प्रतिशत आध्यात्मिक स्तरसम्म यो सबै कुरामा लागू हुन्छ; तर यो स्तर भन्दा अगाडि साधक जे ग्रहण गर्छ, त्यसमा यी तीन सूक्ष्म तत्त्वको अनुपातले केहि फरक पर्दैन ।

  • के मासांहारी भोजन गर्नाले हामीलार्इ पाप लाग्छ ? यसको उत्तर हो, लाग्छ, जब हामी कुनै प्राणीलार्इ मार्छौ भने हामीलार्इ पाप लाग्छन् । ५०% पाप कत्लखानाको कसाइ/कामदार लार्इ लाग्छन्, बाकि ५०% पाप मासु खाने व्यक्तिहरुलार्इ लाग्छन् । पछिको ५०% मासु खाने सबै व्यक्तिहरुमा भाग हुँदैन । यसको सट्टा प्रत्येक मासु खाने व्यक्तिलार्इ जनावरको हत्याको सम्पूर्ण पापको ५०% पाप लाग्छ । परिस्थिति जहाँ मार्दा कसाइलार्इ मार्ने प्रक्रिया आन्नद लाग्छ, उनको आफ्नो भागको पाप बढ्छ । ज्यादा गरेर जो कत्लखानामा काम गर्छन् उनीहरु भूतद्वारा अवसोषित हुन्छन् । यो पक्षको साथ-साथै स्वाभावदोषको परिणाम स्वरुप उनीहरु जनवार प्रति कुर व्यवहार गर्छन् । ज्यादा गरेर कत्लखानाको कसाइहरु/कामदाहरु भूतद्वारा अवसोषित हुन सक्छन् किन कि उनीहरुले गर्ने कामद्वारा तमतत्व उत्पन्न गर्दछन् , तम तत्व नकारात्मक शक्तिलार्इ मनपर्छ ।
  • जब कुनै व्यक्ति ६०% आध्यात्मिक स्तरमा पुग्छ तब धेरै कम प्रभाव पर्छ उनको भोजन मांसाहार अथवा शाकाहारी हुन्छ । यो यस कारण हो कि आध्यात्मिक उन्नतिको परिप्रेक्ष्यमा भावपूर्ण नामस्मरण गर्ने उनको अनन्य उपलब्धि समक्ष, उनको आहार कस्तो छ यो घटकको प्रभाव कम हुन जान्छ । आध्यात्म विज्ञानको सिद्धान्तानुसार जब हामी यी दुर्इ गणहरुको तुलना एउटा पैमानमा, कुनै ६०% आध्यात्मिक स्तरको साधकको विषयमा गर्छौं:
    • शाकाहारी आहार लिनाले व्यक्तिमा सूक्ष्म सत्त्व तत्त्वको वृद्धि ०.०००१% ले हुन्छ ।
    • जब कि यदि कोहि भावयुक्त नामस्मरण गर्छ, तब उसको सात्त्विकता मा ५% ले वृद्धि हुन्छ ।

    यो ध्यानमा राख्न महत्वपूर्ण छ कि, साधक जो ६०% स्तर भन्दा माथि छ, निरन्तर मांसाहार भोजन गर्नाले आध्यात्मिक उन्नतिमा नकारात्मक प्रभाव हुन्छ किन कि उनको साधना पाप सुद्धि गर्नमा खर्च हुन्छ । सामान्यत: जब व्यक्तिको आध्यात्मिक स्तर बढ्छ, उनी सात्तवी हुन्छ । यसको परिणाम उनी मांसाहार भोजन जुन तमगुणात्मक हुन्छ त्यसप्रति संवेदनशील हुन जान्छ । यो कारण जो व्यक्तिको आध्यात्मिक स्तर उच्च छ उनी साकाहारी हुन्छ अनि मांसाहार भोजन ग्रहण गर्दा विमारी महसुस गर्छ ।

४. मांसाहारी भोजन सम्बन्धि के गर्ने वा के नगर्ने

  • यदि कोहि मासु खान छोड्न सक्दैन भने यो सल्लाह छ कि कम से कम यी समयमा मासुबाट अलग रहनुहोस्; सूर्योदय व सूर्यास्तको समय, ग्रहणकालमा, रातको समय तथा पूर्णिमा व अमावास्या (नयाँ चन्द्र) को दुर्इ दिन पहिला व दुर्इ दिन उपरांत । यी समयहरुमा भूत अधिक कृतिशील हुन्छन् तथा वातावरणमा बढेको रज-तमको फार्इदा लिन सक्छ । (यद्यपि सूर्योदयकाललार्इ सात्त्विक मानिन्छ, तदापि हामीले सूर्योदयलार्इ पनि सम्मिलित गरेका छौं, कारण त्यस समय अन्धकारको केहि प्रभाव हुनको कारण तमको प्रबलता हुन्छ ।)
  • जो साधना प्रति गम्भीर छ, उनीको लागि शाकाहारी खान-पान अधिक उपयुक्त छ ।