यो लेख बुझ्नको लागि, हाम्रो सुझाव छ कि तपार्इ निम्न लेखसँग परिचित हुनुहोस् :

  • मनको संरचना एवं कार्य
  • अनिष्ट शक्तिहरुका विभिन्न प्रकारका परिचय

विषयसूची

१. परिचय

हामीले पहिलाको लेखमा, बुझ्यौं कि विश्वको अधिकांश जनसंख्या अनिष्ट शक्तिले प्रभावित छ अथवा आउने वर्षमा त्यसको प्रभाव अनुभव गर्नेछ। हामीले लेखमा यो पनि देख्यौं कि व्यक्ति अनिष्ट शक्तिहरुका प्रभावलार्इ कसरी चिन्ने तथा आध्यात्मिक उपचार तथा साधनाद्वारा कसरी कम गर्ने ?

आध्यात्मिक उपचार तथा साधनाको एउटा फाइदा यो पनि हो कि, यसले हामी आफ्नो अवचेतन मनको विचार तथा अनिष्ट शक्ति द्वारा दिएको विचारहरुको भिन्ता बुझ्न सक्छौं । यो अन्तरलार्इ व्यावहारिक रूपले (practical) बुझ्नको लागि यो अभ्यास गर्नुपर्छ कि, आध्यात्मिक उपचार गरेपछि ती विचारहरु रहिरहन्छन् कि जान्छन् अथवा तीव्रता घटेर जान्छ ।

हुन त साधनाको प्रारम्भिक चरणमा यो अन्तर बुझ्न कठिन हुन सक्छ । साथै, जब अनिष्ट सूक्ष्म-शक्तिको प्रभाव अत्यधिक शक्तिशाली हुन्छ, तब विचारको स्रोत के हो, यो बुझ्न कहिले काहि आध्यात्मिक उपचार तथा साधना गर्दा अनेक महिना अथवा अनेक वर्ष लाग्न जान्छ ।

अनिष्ट शक्तिद्वारा दिर्इने विभिन्न प्रकारका विचारहरु तथा ती विचारहरुले मानिसहरुलार्इ कसरी प्रभावित गर्दछन्, योसँग सम्बन्धित केही उदाहरण यो लेखमा दिएका छौं । मानिसहरुमा तथा साधकमा प्रभाव कसरी फरक-फरक हुन्छन्, यसको सन्दर्भमा पनि हामीले विवेचन गरेका छौं । प्रत्येक उदाहरणको साथ केही प्रतिक्रियाहरु तथा उपचारात्मक कृत्यपनि सुझाव दिएका छौं ।

२. अनिष्ट शक्ति (भूत, प्रेत, राक्षस, आदि) मनमा इच्छाहरु कसरी बढाउँछ ?

अनिष्ट शक्तिहरु प्रायः निम्नलिखित प्रक्रियाद्वारा मनमा इच्छाहरु बढाएर हामीलार्इ प्रभावित गर्दछन् ।

अनिष्ट शक्ति अवचेतन मनको वासना अनि इच्छा केन्द्रलार्इ लक्ष्य गरि प्रत्यक्ष आदेश दिन्छ । उदाहरणार्थ, अब रक्सी पिऊ, अहिल्यै चकलेट खाउ, अब सिनेमा हेर, अब सङ्गीत सुन, अब मादक पदार्थ (ड्रग्स) को सेवन गर, अब संभोग गर । परिणामस्वरूप निर्देशित विचार अनुसार कृत्य गर्नको लागि इच्छा जागृत हुन जान्छ तथा व्यक्तिलार्इ कृत्य गर्न मन लाग्छ ।

यदि व्यक्ति यस इच्छालार्इ (resist) मान्दैन अथवा उनलार्इ कुनै ईश्वरीय सुरक्षा प्राप्त छ अथवा व्यक्ति चैतन्य अथवा आनन्द को अनुभव गर्दछ, तब अनिष्ट शक्ति, आदेशको तीव्रता बढार्इ दिन्छ । उदाहरणको लगि – अत्यधिक मात्रामा भोजन गर; घरमा उपलब्ध सबै खानेकुरा खाउ, ३० महिलाहरुसँग संभोग गर इत्यादि । (आवश्यक छैन कि अनिष्ट शक्तिद्वारा दिएको आदेश यहाँ बताए अनुसार नै हुन्छ; तर आदेशको सिद्धान्त तथा मनमा अनुभव भर्इरहेको भावना समान नै हुन्छ ।)

स्वयंसूचना : स्वयंसूचनाको अर्थ हो; आचरण, विचार, प्रतिक्रिया (दृष्टिकोण) अथवा शारीरिक स्थितिमा सकारात्मक परिवर्तन ल्याउनको लागि आफ्नो मनलार्इ सुझाव दिएको एक उपचारात्मक वाक्य अथवा दृष्टिकोण ।

अर्को पद्धति हो रुचि-अरुचि केन्द्रलार्इ लक्ष्य बनाएर, त्यसलार्इ स्वयंसूचनाको रूपमा विचार बढाउने, जस्तै– मलार्इ चकलेट मन पर्छ, मलार्इ मद्यपान गर्न राम्रो लाग्छ, मलार्इ माछा मासु मन पर्छ । तब व्यक्तिको रुचि केन्द्र त्यस्तो गर्नको लागि विचार दिन्छ । तर साधकको रुचि केन्द्र यी पदार्थको लागि विकसित हुँदैन, तर पनि साधक अझै यो केन्द्र छ जस्तो महसुस अवचेतन मनमा गर्दछ । यसको लागि अनिष्ट शक्ति (भूत,  प्रेत,  राक्षस आदि) ज्यादा प्रयास गर्दछ; किन कि साधकको मनमा सात्त्विक इच्छा को एउटा केन्द्र हुन्छ, जुन अनिष्ट इच्छाहरुको विरुद्ध लड्दछ ।

उच्च स्तरीय अनिष्ट शक्तिद्वारा उत्पन्न गरेको इच्छाको प्रभाव
नकारात्मक (तमप्रधान) व्यक्ति सजिलैसँग प्रभावित, यस्तो व्यक्तिको मनमा यस्ता इच्छाहरुका संस्कार पहिला देखि नै हुन्छन्; उनको मन स्फुरित भर्इ उच्च स्तरीय अनिष्ट शक्ति (मान्त्रिक) द्वारा दिर्इ रहेको विचारहरुलार्इ सकारात्मक रूपले प्रतिसाद दिन्छ । मान्त्रिकलार्इ ज्यादा केहि गर्नको लागि आवश्यकता पर्दैन ।
साधारण व्यक्ति ती इच्छाहरुमा प्रसन्नतापूर्वक मग्न हुन जान्छ तथा त्यसको प्रभावबाट अनजान हुन्छ । मान्त्रिक समयको साथ-साथै (धेरै पल्ट पूरै जीवनकालसम्म) सूक्ष्म रूपले ती विचारहरुलार्इ बढार्इ दिन्छ, फलतः साधारण व्यक्ति नराम्रो बन्न जान्छ ।
साधक उत्पन्न गरि दिएको इच्छाहरुलार्इ मन नपराउने साधक साधकको अवचेतन मनमा यस प्रकारको इच्छामा रुचि राख्ने केन्द्र हुँदैन, तर पनि उनलार्इ यो केन्द्र भएको भान हुन्छ । मान्त्रिक अझै धेरै प्रयास गर्दछ किनकि साधकको मनमा सात्त्विक इच्छाको केन्द्र हुन्छ, जुन यी निम्न स्तरीय इच्छाहरु विरुद्ध लड्दछन् ।
साधक, जुन यो कुराबाट अनजान छ कि अनिष्ट शक्ति विचार दिर्इरहेको छ । यो विचारको कारण साधक अपराधबोध हुन्छ प्राय: ती विचार अनुसार कृत्य गर्न थाल्दछ । उनलार्इ स्वयको आध्यात्मिक स्तर कम लाग्दछ ।
साधक, यो कुरासँग परिचित हुन्छ कि विचार अनिष्ट शक्तिद्वारा दिएको हो । उनी ती विचारहरुका अनुसार काम सून्यको बराबर गर्दछ । जब त्यस्तो विचार आउॅंछ, उनी आध्यात्मिक उपचार गर्नको लागि अधिक प्रयास गर्दछ ।

३. अनिष्ट शक्ति (भूत, दानव, राक्षस इत्यादि) स्वयं, अन्य तथा अध्यात्मको सन्दर्भमा नकारात्मक विचार कसरी बढाउँछ ?

३.१ स्वयंको सन्दर्भमा नकारात्मक विचार

पहिला दिएको उदाहरण अनुसार, अनिष्ट शक्ति (भूत, दानव, राक्षस इत्यादि) नकारात्मक सूचनाको माध्यमबाट त्यस प्रकारको विचार हाम्रो मनमा हालिदिन्छ । यसको पनि समान सिद्धान्त छ, तर यो सूचना बुद्धि, पहिचान तथा अभिव्यक्ति केन्द्रलार्इ आक्रमण गर्दछ ।

मनमा हालिदिने विचार यस प्रकारको हुन सक्छ, जस्तै –तिमी नराम्रो साधक हो । तिमीलार्इ त दु:खनै मिल्नु पर्छ । तिमी अत्यन्तै नराम्रो छौं अनि यसबाट बाहिर निक्लनको लागि कुनै मार्ग छैन । केवल एउटै उपाय छ, आफ्नो प्राण लेऊ । वास्तवमा तिमीले साधना गर्न बन्द गरिदिनु पर्छ किनकि तिमी धेरै नराम्रो व्यक्ति हो । यसले साधकको मनमा विचार आउन सक्छ कि म नराम्रो साधक हूँ । मेरो भाग्यमा दु:ख भोग्न नै लेखेको छ । यसबाट बाहिर आउनको लागि कुनै बाटो छैन । आत्महत्या नै एउटा मात्र उपाय हो । मैले साधना गर्न बन्द गर्नुपर्छ  किनकि म एउटा नराम्रो व्यक्ति हूँ ।

उच्च स्तरीय अनिष्ट शक्तिद्वारा स्वयंको सन्दर्भमा उत्पन्न गरिने नकारात्मक विचारहरुका प्रभाव

नकारात्मक (तमप्रधान) व्यक्ति अथवा अपराधी उच्च स्तरीय अनिष्ट शक्ति (मान्त्रिक) उनको मनमा यस प्रकारको विचार दिदैन ।यसको स्थानमा मान्त्रिक उनको अहं बढाउनको लागि विचार दिन्छ ।
अनिष्ट शक्ति (भूत, राक्षस, इत्यादि) द्वारा आविष्ट व्यक्ति यस प्रकारको विचारको कारण उनलार्इ मानसिक रोग हुन सक्छ तथा अंततः उनी आत्महत्या गर्न सक्छ ।
साधारण व्यक्ति निराशाको भमरीमा उल्झन सक्छ तथा मानसिक समस्याले ग्रस्त हुन सक्छ ।
साधक साधक, जुन यो कुरासँग अनजान छ कि अनिष्ट शक्ति विचार दिइरहेको छ । निराश तथा भावनाशील हुन सक्छ तथा उनको साधना अवरुद्ध हुन सक्छ ।
साधक, जो यो कुरासँग परिचित छ कि विचार अनिष्ट शक्ति द्वारा दिएको हो । र्इश्वरको शरण जान्छ तथा विचार आएमा आध्यात्मिक उपचार गर्ने प्रयास गर्दछ ।

३.२ अन्यको सन्दर्भामा नकारात्मक विचार

अन्यको सन्दर्भमा अनिष्ट शक्ति (भूत, दानव, राक्षस इत्यादि) यस प्रकारको विचार दिन सक्छ कि, जस्तै त्यो व्यक्ति अत्यधिक नकारात्मक छ, उनको अत्यधिक अहं छ, उनी जे भनिरहेको छ, यो उनको अहं हो, त्यो व्यक्ति झूटो हो, उनी तिमीलार्इ घृणा गर्छ अनि तिमीलार्इ हानि पराउन चाहन्छ । साधारणतया यो पूर्णरूपले गलत हो । जो वास्तमा हुँदैन त्यसलार्इ अैल्याउँछ । हामी उनको दोष तथा अहंलार्इ हेर्छौं जुन हुँदैन । तर अनिष्ट शक्ति ती विचारहरु हाम्रो मनमा हालिदिन्छ अनि प्रभावित व्यक्ति अन्यको सन्दर्मा त्यस्तो नै सोच्न थाल्दछ । यस प्रकार,  प्रभावित व्यक्तिको मनमा आवरण आउँदछ ।

उच्च स्तरीय अनिष्ट शक्तिद्वारा अन्यको सन्दर्भमा उत्पन्न गरिने नकारात्मक विचारको प्रभाव

नकारात्मक (तमप्रधान) व्यक्ति अथवा अनिष्ट शक्ति (भूत, राक्षस, इत्यादि) द्वारा आविष्ट व्यक्ति अन्य व्यक्ति प्रति हिंसात्मक हुन सक्छ तथा शाब्दिक अथवा शारीरिक रूपले आक्रमण गर्न सक्छ ।
साधारण व्यक्ति बर्हिमुख भएको कारण यो विचार योग्य हो अथवा होइन, नसोचि त्यहि प्रकारले सोचिरहन्छ तथा अन्य व्यक्तिलार्इ दोषी ठहराउँछ । व्यक्तिसँग प्रत्यक्ष कुराकानी नहोस्, यसको लागि प्रयास गर्नसक्छ; तर उनको मनमा विद्वेष तथा अरु प्रति गलत विचार रहन्छ, अथवा कसैको उपस्थिति नहुँदा कुरा काट्ने गर्छ । उनी ती व्यक्तिहरुसँग झगडा गर्न सक्छ ।
साधक साधक, जो यो कुराबाट अनजान छ कि अनिष्ट शक्ति विचार दिइहेको छ । साधक अन्तर्मुख हुनुको कारण थाहा हुन्छ कि यस्तो विचार गलत हो । यदि साधकलार्इ यो कुरा थाहा हुँदैन कि यो विचार अनिष्ट शक्तिको कारण भएको हो, तब उनी स्वयंको बारेमा नराम्रो मान्न थाल्छ । साधक अन्य साधकको सन्दर्भमा पनि नराम्रो भावना राख्न सक्छ तथा अन्य साधकहरुबाट टाढा रहन थाल्छ अथवा स्वयंलार्इ श्रेष्ठ ठान्न थाल्छ अनि उनको साधनामा हानि हुन सक्छ ।
साधक, जो यो कुरा बुझ्छ कि यो विचार अनिष्ट शक्तिद्वारा दिएको हो । आध्यात्मिक उपचार तथा सम्बन्धित स्वभावदोष हटाउनाके लागि अधिक प्रयास गर्दछ ।

३.३ अध्यात्म सन्दर्भमा नकारात्मक विचार

साधना तथा सत्सेवा सन्दर्भमा अनिष्ट शक्ति (भूत, दानव, राक्षस इत्यादि) यस प्रकारको विचार हालि दिन सक्छ, जस्तै – “साधना नाटक हो”, “ईश्वर छैन”, “ईश्वर तिमीलार्इ घृणा गर्छ”, “गुरु नक्कली हो अनि  तिमीलार्इ धोखा दिइरहेको छ”, “गुरु/ईश्वर अरुलार्इ, ज्यादा मायाँ गर्छ”, “तिम्रो साथ राम्रो व्यवहार गरिरहेको छैन”, “जुन सत्सेवा तिमी गरिरहको छ, त्यो सत्सेवा होइन”, अध्यात्म प्रसार कहिले पनि हुन सक्दैन” । अध्यात्मशास्त्रलार्इ कम देखाउनाको लागि बौद्धिक शङ्काहरु पनि उत्पन्न गर्न सक्छ, उदाहरणको लागि “मासु राम्रो हो किनकि त्यसमा आयरन (iron) हुन्छ । यदि तिमीले मासु खाएन भने बिरामी हुन्छौं । विज्ञानले यो सिद्ध गरेको छ, अध्यात्मशास्त्र गलत हो ।”

अनिष्ट शक्ति (भूत, दानव, राक्षस इत्यादि) अध्यात्मशास्त्रलार्इ विकृत देखाउने तथा व्यक्तिद्वारा तामसिक व्यवहार गराउनको लागि, यस्तो विचार हालिदिन्छ जस्तै – स्नान नगर्दा अथवा घर स्वच्छ नराख्दा ज्यादा केहि हुँदैन । यो सबै स्थूल स्तरका कुराहरु हुन् । सूक्ष्म अधिक महत्त्वपूर्ण छ, त्यसैले यो सबै गर्न आवश्यकता छैन ।“ अनुचति साधना गराउनको लागि केहि यस्ता विचार हालिदिन सक्छ जस्तै – “तिमीले सत्सेवा गर्नुपर्दैन; बसेर नामपज गर्नुपर्छ किनकि नामजप आन्तरिक साधना हो, जबकि सत्सेवा बाह्य साधना तथा स्थूल हो । तिमीले सत्सेवा गर्नुपर्ने  आवश्यकता छैन, तिमी त्यो भन्दा पनि अगाडिको स्तरमा गर्इसकेको छौं । तिमी आनन्दलार्इ  अनुभव गरिरहेको छौं ।”

अध्यात्मशास्त्रलार्इ विकृत गर्नको लागि चरम प्रसङ्गमा, अनिष्ट शक्ति (भूत, दानव, राक्षस इत्यादि) यस्ता विचारहरु हालिदिन सक्छ जस्तै व्यक्ति नकारात्मक कृत्यलार्इ सकारात्मक सम्झिन्छ जस्तै – “तिमी आफ्नो मार्गदर्शन स्वयंनै गर्नुपर्छ । अरुको अनुसरण गर्नाले ईश्वरसँग होइन तिमी व्यक्तिसँग जोडिरहेको हुन्छौं । प्रत्येक व्यक्तिको आफ्नो मार्गदर्शक स्वयंनै गर्नुपर्छ, अथवा मादक पदार्थ (ड्रग्स) आध्यात्मिक अनुभूति दिन्छ तथा यो प्रगतिको आध्यात्मिक साधन हो ।” अरुलार्इ अध्यात्मको विषय भन्ने सन्दर्भमा पनि अनिष्ट शक्ति अनुचित विचार हालिदिन सक्छ कि कसरी अध्यात्मको प्रसार गर्नुपर्छ । मानसिक स्तरमा सत्सेवा गर्ने अथवा अध्यात्म प्रसार गर्नको लागि विचार हालिदिन सक्छ; तर वास्तवमा गलत दिशातर्फ अग्रसर गरिरहेको हुन्छ । कुनै जिज्ञासु व्यक्तिको विषयमा निर्णय लिने समय अनुचित विचार हालिदिन सक्छ (जस्तै – कुनै व्यक्ति जो साधक होइन; तर सन्देशमा साधक हो, यो लेखेर पठाउने अथवा यसको विपरीत कुनै व्यक्ति जुन साधक हो; तर सन्देशमा साधक होइन, यस्तो लेखेर पठाउने) ।

उच्च स्तरीय अनिष्ट शक्तिद्वारा अध्यात्म सन्दर्भमा उत्पन्न गरिदिने नकारात्मक विचारहरुका प्रभाव
नकारात्मक (तमप्रधान) व्यक्ति अथवा अनिष्ट शक्ति (भूत, राक्षस, इत्यादि) द्वारा आविष्ट व्यक्ति उनी नास्तिक, कट्टर धार्मिक व्यक्ति अथवा अर्ध छद्म धार्मिक (quasi-spiritual) व्यक्ति जस्तै व्यवहार गर्दछ तथा साधनाको ज्ञानमा आक्रमण गर्न सक्छ अथवा अध्यात्म प्रसारमा अवरोध उत्पन्न गर्ने प्रयास गर्नु सक्छ ।
साधक साधक, जुन यो कुराबाट अनजान छ कि अनिष्ट शक्ति विचार दिरहेको छ । साधना गर्न छोड्न सक्छ, अयोग्य साधना गर्न सक्छ तथा शङ्काहरु (अल्प भाव, अल्प शरणागति) का कारण उनको साधनाको गुणवत्ता घट्न सक्छ ।
साधक, जुन यो कुरा बुझ्छ कि यो विचार अनिष्ट शक्तिद्वारा दिएको हो । आध्यात्मिक उपचार, प्रार्थना, सत्सेवा कुन प्रकार भर्इरहेको छ, अन्तर्मुख भएर हेर्ने, सत्सेवा गर्नको लागि अरुसँग सोध्ने, उनको मार्गदर्शन लिने इत्यादि मा अधिक प्रयास गर्दछ ।

४. अनिष्ट शक्ति (भूत, दानव, राक्षस इत्यादि) गर्व अनि अहंको विचार कसरी बढाउँछ

गर्व अनि अहंको विचार बढाउँनको लागि अनिष्ट शक्ति (भूत, दानव, राक्षस इत्यादि) यस प्रकारका विचार हालिदिन सक्छ, जस्तै – “तिमीले यो अत्यधिक राम्रो ढङ्गले गर्यौं, सबैजाना यसलार्इ हेर्नेछन्, तिम्रो प्रशंसा हुने छ, सबै जानाको दृष्टि तिमीमाथि छ, तिमी राम्रो देख्छौं, तिम्रो तीक्ष्ण बुद्धि छ ।”

यी विचारहरु अलग-अलग विषयहरुसँग सम्बन्धित हुन सक्छन् कुनै कृत्य छोटो एवं बिना महत्त्वको पनि हुन सक्छ । साधकको सन्दर्भमा, अनिष्ट शक्ति अधिक शक्तिशाली सूचना दिनसक्छ, उदाहरणको लागि – “तिमी सबै भन्दा अधिक शक्तिशाली छौं”, “तिमी सबै भन्दा अधिक तीक्ष्ण बुद्धि भएको हो”, “तिमीले भन्दा राम्रो यो संसारमा कसैले पनि गर्न सक्दैन” ।

उच्च स्तरीय अनिष्ट शक्तिद्वारा गर्व अनि अहंको सम्बन्धमा उत्पन्न गरिएको नकारात्मक विचारको प्रभाव
नकारात्मक (तमप्रधान) व्यक्ति उनी स्वयंलार्इ अरु भन्दा श्रेष्ठ ठान्न सुरु गर्दछ, यो पनि सोच्न थाल्दछ कि उनी अजेय छ ।
साधारण व्यक्ति दैनिक जीवनमा उनको व्यवहार अहंले भरेको हुन्छ तथा आफ्नो अहं लुकाउनको लागि नाटक गर्ने प्रयास गर्छ ।
साधक साधक, जसलार्इ यो कुराको ज्ञान छैन कि अनिष्ट शक्ति विचार दिरहेको छ । आफ्नो बारेमा अत्यधिक निम्न सोच्न सक्छ, प्रयत्न गर्दा पनि अहं कम भएको छैन, यो विचारले उनी अहं कम गर्नको लागि प्रेरक प्रयत्नहरु छोडि दिनसक्छ, जसले अहं कम र्गर्ने प्रयासको गति कम हुन सक्छ ।
साधक, जो यो कुरासँग परिचित छ कि यो विचार अनिष्ट शक्तिद्वारा दिएको हो । आध्यात्मिक उपचार तथा अहं निर्मूलन गर्नको लागि अधिक प्रयास गर्दछ ।

५. अनिष्ट शक्ति (भूत, दानव, राक्षस इत्यादि) अत्यन्त नराम्रो तथा आक्रमक विचार (वस्तु तोड्ने, अरुलार्इ पिट्ने, हत्या, बलात्कार अथवा यहि समान अन्य विचार) कसरी दिन्छ ?

व्यक्तिलार्इ आक्रमक गतिविधिहरु गराउनको लागि प्रवृत गर्नको लागि अनिष्ट शक्ति (भूत, दानव, राक्षस इत्यादि) व्यक्तिको मनमा त्यस घटनालार्इ दृश्यस्वरूपमा दिन्छ । त्यो व्यक्ति गतिविधि आफ्नो मनमा भइरहेको देखेर त्यसलार्इ प्रत्यक्ष गर्नको लागि प्रेरित हुन्छ ।

दृश्यस्वरूप घटनामा यसको अतिरिक्त, अनिष्ट शक्ति त्यस गतिविधिबाट मिलिरहेको सुखको झूटो अनुभूति पनि दिन सक्छ, अर्थात् त्यो व्यक्तिलार्इ दृश्यमा यो दखाइ दिन्छ कि त्यस गतिविधि गरिरहेको व्यक्तिलार्इ सुख मिलिरहेको झूटो अनुभव भइरहेको छ  ।

उच्च स्तरीय अनिष्ट शक्तिद्वारा उत्पन्न गरिएको आक्रमक विचारको प्रभाव

नकारात्मक (तमप्रधान) व्यक्ति मारपीट, बलात्कार अथवा कसैको हत्या गरिदिन्छ ।
साधारण व्यक्ति आक्रमकताको तीव्रता थोरै कम हुन्छ, वस्तुहरु फुटाउने अथवा कसैसँग झगडा गर्दे ।
साधक साधक, जो यो कुराबाट अनजान छ कि अनिष्ट शक्ति विचार दिइरहेको छ । कुनै प्रकारले आक्रमक ढङ्गबाट कृत्य गर्नेको अधिक सम्भावना हुन्छ; तर ईश्वरीय सुरक्षा भएको कारण सीमित मात्रामा ।
साधक, जसलार्इ यो कुराको ज्ञान छ कि यो विचार अनिष्ट शक्तिद्वारा दिएको हो । ती विचारहरुलार्इ रोक्नको लागि प्रयास गर्दछ एवं त्यस अनुसार कृत्य गर्दैन ।

६. सारांश – अनिष्ट शक्ति (भूत, दानव, राक्षस इत्यादि) ले मनमा दिने प्रभावलार्इ कम गर्नको लागि उपाय

वर्ष १९९३ देखि राम्रो एवं नराम्रो बीच महायुद्ध सूक्ष्म-लोकहरुमा लडिरहेको छ, जसको बारे अधिकांश मानवजाति अनभिज्ञ छ । कालान्तरमा, सूक्ष्म अनिष्ट शक्तिले ब्रह्माण्डमा आसुरी राज्य स्थापित गर्नको लागि पर्याप्त मात्रामा आध्यात्मिक शक्ति प्राप्त गरेको छ । यो सूक्ष्म-युद्धको माध्यमबाट मानवजातिलार्इ कष्ट दिनको लागि उनको एउटा मार्ग यो पनि हो कि उनी मनुष्यको मनमा अधर्माचरणको विचार दिइरहेको छ, जसले मनुष्यमा आध्यात्मिक प्रगति गर्ने इच्छा समाप्त हुन जाने तथा वायुमण्डलमा रज-तमको वृद्धि हुने ।

किनकि अधिकांश व्वक्ति युद्धको बारेमा अनभिज्ञ छ, त्यसैले उनलार्इ यो भान हुँदैन कि उनको मनमा जनु विचार आइरहेको छ, त्यसको स्रोत आध्यात्मिक आयाको अनिष्ट सूक्ष्म-शक्ति हो । केवल नियमित साधनाद्वारा नै यस प्रकारको घटनालार्इ चिन्न सकिन्छ, त्यसको प्रभावबाट निक्लन सकिन्छ तथा त्यसबाट रक्षा हुन सक्छ ।