विश्वको कति प्रतिशत जनसंख्या अनिष्ट शक्तिबाट (भूत, राक्षस, चुडेल इत्यादि बाट) प्रभावित छ ?

कृपया ध्यान दिनुहोस् हामीले ‘अनिष्ट शक्ति’ शब्द (भिन्न आध्यात्मिक सामर्थ्यबाट युक्त) विभिन्न प्रकारका सूक्ष्म शक्तिका लागि सामूहिक संज्ञाको रूपमा प्रयोग गरेका छौं, जसको उद्देश्य हो व्यक्ति अथवा समाजलाई हानि पुराउनु ।

१. अनिष्ट शक्तिबाट प्रभावित विश्वको जनसंख्याको प्रतिशत

वर्ष २०१३ मा विश्वको जनसंख्या लगभग ७.१ अरब थियो । (सन्दर्भ : census.gov ).

विश्वको कति प्रतिशत जनसंख्या अनिष्ट शक्तिबाट (भूत, राक्षस, चुडेल इत्यादि बाट) प्रभावित छ ?

आजको युगमा अनिष्ट शक्तिको (भूत, राक्षस, चुडैल इत्यादि को) जनसंख्या मनुष्यको जनसंख्याको दस गुना छ । अनिष्ट शक्तिको (भूत, राक्षस, चुडैल इत्यादि को) जनसंख्या मनुष्यको जनसंख्या भन्दा अधिक छ, यस कारण वर्तमान कालमा विश्वको जनसंख्याको एउटा ठूलो भागलाई धेरै मात्रामा हानि पुराउछ । यो प्रतिशत प्रतिवर्ष परिवर्तित भइरहेको छ । यद्यपि अधिकांश मानवजाति प्रभावित छ, तथापि केही व्यक्ति अन्यको तुलनामा अधिक पीडित छन्, किनकि ती आसुरी शक्तिबाट आवेशित (possessed) रहन्छ । कृपया अनिष्ट शक्ति (भूत, राक्षस, चुडैल इत्यादि) बाट प्रभावित हुनु अनि त्यसबाट आवेशित हुनुको अन्तरको विषयमा हाम्रो लेख पढ्नुहोस् ।

विश्वको जनसंख्या कुन सिमासम्म यी आसुरी शक्तिबाट प्रभावित अथवा आवेशित छ, यो विषयमा हामीले (आध्यात्मिक शोधद्वारा प्राप्त) आफ्नो निष्कर्ष यो लेखको अगाडिको भागमा प्रस्तुत गरिएको छ ।

२. अनिष्ट शक्तिबाट प्रभावित व्यक्ति एवं अनिष्ट शक्तिबाट आवेशित व्यक्तिमा तुलना

२०१३ मा

  • विश्वको ३० % जनसंख्या अनिष्ट शक्तिबाट आवेशित थियो ।
  • ५० % त्यसबाट प्रभावित थियो ।
  • २० % प्रभावित थिएन । त्यस मध्य :
    • २० % बाट ५० % कहिले पनि प्रभावित भएन ।
    • २० % बाट ५० % केही महिनाको लागि प्रभावित हुन्छ ।

विश्वको कति प्रतिशत जनसंख्या अनिष्ट शक्तिबाट (भूत, राक्षस, चुडेल इत्यादि बाट) प्रभावित छ ?

टिप्पणी यो प्रतिशत स्थायी होइन अनि समयको साथ परिवर्तित हुन्छ ।

जसरी तपाई देखि रहनु भएको छ विश्वको जनसंख्याको एउटा ठूलो भाग आवेशित अथवा प्रभावित छ । वर्तमानमा अशान्तिको मुख्य कारणमा, यो पनि एउटा कारण हो । आसुरी शक्ति व्यक्तिको माध्यमबाट कार्य गर्छ अनि उनको स्वभावदोषको लाभ उठाएर व्यक्तिगत, पारिवारिक, सामाजिक एवं राष्ट्रीय स्तरमा विश्वमा कलह अथवा अस्थिरता उत्पन्न गर्छ ।

केही व्यक्ति सोच्छ कि, ‘मलाई लाग्दैन कि म आवेशित छु ।‘ किन कि उनी ‘आवेशित’ शब्दलाई ‘The Exorcist’ and ‘The Exorcism of Emily Rose’ नामक चलचित्रमा देखाएको भूतावेशको दृश्यसँग जोडेर सोच्छ । वास्तवमा, लगभग सबै प्रकरणमा आवेशित व्यक्तिलाई यो थाहा हुदैन कि उ आवेशित छ, जबसम्म प्रकटीकरण नाटकीय रूपबाट चलचित्रमा देखाए अनुसार हुदैन । यसको कारण यो हो कि अधिकांश प्रकरणमा भूतावेशको प्रक्रिया धेरै वर्षको कालावधिमा बिस्तारै-बिस्तारै हुन्छ । साथै व्यक्तिको चेतनामा बढ्दो नियंत्रणको साथ अनिष्ट शक्ति अंततः आवेशित व्यक्तिको मन अनि बुद्धिमा पनि यति सम्म नियन्त्रण गर्छ कि त्यो व्यक्तिको विचार तथा भावना पनि नियन्त्रित गर्ने शक्ति हुन्छ ।

सामान्यतः व्यक्तिलाई लाग्छ कि आवेशको अर्थ हो तीव्र प्रकटिकरण, जब कि आवेश अल्प, मध्यम अथवा तीव्र हुन सक्छ । – तल दिएको भाग पढ्नुहोस्

३. मानवजातिलाई प्रभावित गर्ने अनिष्ट शक्तिका प्रकार

अनिष्ट शक्तिबाट प्रभावित अथवा आवेशित विश्वको ८० % जनसंख्यको सन्दर्भमा :

  • ७० %(अर्थात विश्वको जनसंख्याको ५६ %) तल्लो स्तरको अनिष्ट शक्तिबाट प्रभावित अथवा आवेशित ।
  • ३० % (अर्थात विश्वको जनसंख्याको २४ %) उच्च स्तरको अनिष्ट शक्ति अर्थात मान्त्रिकबाट प्रभावित अथवा आवेशित हुन्छ ।

४. स्तर अनुसार भूतावेश (possession) को जनसंख्या

कृपया भूतावेशको स्तर सम्बन्धि लेख पढ्नुहोस् ।

विश्वको कति प्रतिशत जनसंख्या अनिष्ट शक्तिबाट (भूत, राक्षस, चुडेल इत्यादि बाट) प्रभावित छ ?

माथि उल्लेख रेखाचित्रमा दर्शाए अनुसार ३० % आवेशित व्यक्तिहरु मध्ये :

  • १४ % जनसंख्या ‘अल्प आवेशित’ वर्गमा आउछ । भूतावेशको यो वर्ग सरलतासँग बुद्धि द्वारा जान्न सकिन्छ । यो स्वाभाविक चिन्ह अथवा शारीरिक,मानसिक, बौद्धिक अथवा आध्यात्मिक स्तरको आचरण द्वारा जान्न सकिन्छ । अल्प भूतावेशमा नियन्त्रित गर्ने शक्तिको आध्यात्मिक सामर्थ्य एवं आवेशित व्यक्तिमा त्यसको नियन्त्रण अन्य स्तरको तुलनामा न्यूनतम रहन्छ ।
  • ‘तीव्र भूतावेश’ को वर्गमा आउने ८ % व्यक्ति, मानवजातिको लागि अत्यन्त घातक हुन्छ; किन कि नियन्त्रित गर्ने शक्ति उच्च आध्यात्मिक स्तरको हुन्छ (जस्तै मान्त्रिक) एवं उनको मुख्य ध्येय धेरै मात्रामा समाजलाई हानि पुराउने हुन्छ । तयसैले यो समान नकारात्मक व्यक्तित्त्व भएको व्यक्तिहरुलाई आवेशित गर्छ, जसको स्वभाव अर्कालाई हानि पुराउने खाल्को छ, जस्तै समाजमा आतंकवादी गतिविधि गर्ने ।

५. आध्यात्मिक स्तर एवं अनिष्ट शक्तिले प्रभावित अथवा आवेशित व्यक्ति थाहा पाउने क्षमता

प्रायः पूर्वज एवं अनिष्ट शक्ति पृथ्वीको घटनालाई प्रभावित गर्छ अथवा भट्काउँछ (instigate) । बिना प्रगत छौंठौ इंद्रिय कुनै व्यक्ति (विशेष गरेर जब अनिष्ट शक्ति द्वारा प्रभावित अथवा आवेशित हुने विषयमा अनभिज्ञ छ) उनलाई यो जान्न असम्भव हुन्छ कि :

१. कुनै व्यक्ति प्रभावित छ अथवा आवेशित ।

२. कुनै घटनाको वास्तविक मूल कारण के हो ।

३. यसको कारण शारीरिक, मानसिक अथवा आध्यात्मिक कारण हो जस्तै अनिष्ट शक्तिको आक्रमण ।

जब उच्च स्तरीय अनिष्ट शक्ति जस्तै मान्त्रिक पृथ्वीको कुनै घटना अथवा प्रसङ्गलाई बढावा दिन्छ भने त्यस घटना पछाडिको उनको उद्देश्य बुझ्न अझै कठिन हुन्छ । उच्च स्तरीय अनिष्ट शक्ति तल्लो स्तरको भूतलाई नियन्त्रणमा राख्छ, जस्तै ठुलो अपराधी सानोलाई राख्छ । सानो अपराधिलाई समात्न सरल हुन्छ, तर घटनालाई ठूलो अपराधीसँग जोड्न कठिन हुन्छ ।

अर्को तर्फ यदि कुनै व्यक्तिको आध्यात्मिक स्तर धेरै छ अनि उनको साथ छौंठौ इंद्रियको क्षमता छ, उनी कुनै घटना अथवा प्रसङ्ग पछाडिको वास्तविक कारण जान्न सक्छ । सामान्यतः यस्तो व्यक्ति, समान आध्यात्मिक स्तरको अनिष्ट शक्तिको आक्रमण मात्र जान्न सक्छ । उदाहरणको लागि, यदि कुनै व्यक्तिको आध्यात्मिक स्तर ५० प्रतिशत छ अनि उनको छौंठौ इंद्रिय सक्रिय छ भने उनी केवल ५० प्रतिशत आध्यात्मिक स्तरको भूतलाई नै जान्न सक्छ ।

यदि तपाई यस विषयमा अधिक जानकारी चाहानु हुन्छ भने कृपया पढ्नुहोस् हाम्रो लेख छौंठौ इंद्रियको माध्यमबाट अतींद्रिय घटनालाई जान्न सक्ने क्षमताको स्तर

६. युगानुसार अनिष्ट शक्तिबाट प्रभावित विश्वको जनसंख्याको प्रतिशत

निम्नलिखित स्तम्भ तालिका ब्रह्माण्डको आरम्भबाट अनिष्ट शक्तिबाट प्रभावित अथवा आवेशित मानवजातिको सिमा दर्शाउँछ :

विश्वको कति प्रतिशत जनसंख्या अनिष्ट शक्तिबाट (भूत, राक्षस, चुडेल इत्यादि बाट) प्रभावित छ ?

टिप्पणी १०० % कलियुग, यो युगको अन्तमा आउने समयलाई सूचित गर्छ ।

विश्वको जनसंख्यामा अनिष्ट शक्तिको बढ्दो प्रभावको कारण हो, समयको साथ घटेको मानवजातिको सामान्य आध्यात्मिक स्तर । जस्तै तपाई हेर्न सक्नु हन्छ कि, सत्ययुगमा व्यक्तिको आध्यात्मिक स्तर ७० प्रतिशत थियो, जसले यो युगको व्यक्ति अनिष्ट शक्तिबाट मुक्त हुन्थ्यो । अर्को तर्फ, कलियुगमा अधिकांश व्यक्तिको आध्यात्मिक स्तर २० % छ, जसको अर्थ यो हो कि अधिकांश जनसंख्याको साथमा स्वयंलाई रक्षा गर्नको लागि आवश्यक आध्यात्मिक सामर्थ्य छैन ।

कलियुग भित्रको उप-कलियुगमा अनिष्ट शक्तिको सामर्थ्य वर्ष २०१२–१३ मा उच्चतम स्तरमा थियो ।

कृपया पढ्नुहोस् हाम्रो लेख धर्मयुद्ध तथा राम्रो अनि नराम्रोको युद्ध