मृत व्यक्तिको वस्तु व्यवस्थित गर्ने

आफ्नो प्रियजनको मृत्यु पश्चात उनको वस्तुहरुलार्इ के गर्ने, यो विषयमा अधिकतर व्यक्तिलार्इ थाहा हुँदैन । यो लेखको उद्देश्य हो, जीवित नातेदारहरुलार्इ मार्ग देखाउने ।

तत्त्वको स्तरमा हामी केही कुरा ध्यानमा राख्न सक्छौं । हामी मृत व्यक्तिको वस्तुलार्इ जे गर्छौं त्यसले उनको त्यस वस्तु प्रति आसक्ति घट्नुपर्छ अनि मृत्यु पश्चात आगाडिको जीवनमा गति पाउनको लागि लाभदायी हुनुपर्छ ।

मृत्यु पश्चात जुन वस्तु बाँकी रहन्छ त्यसमा त्यो व्यक्तिको स्पन्दन हुन्छ । व्यक्तिको मृत्यु, यसको अर्थ वातावरणमा मूलभूत सूक्ष्म तम घटक बढ्नु । यदि व्यक्ति कुनै बीमारीको कारण निधन भएको हो भने तमोगुण अझै तीव्र हुन जान्छ । यसको साथसाथै यदि व्यक्ति मृत्यु पूर्व, मृत्युको समय अथवा मृत्यु पश्चात अनिष्ट शक्ति (भूत, राक्षस, नकारात्मक शक्ति इत्यादि) को कष्टले ग्रस्त छ भने त्यो व्यक्ति जुन मृत व्यक्तिको वस्तुको उपयोग गर्छ भने उनलार्इ पनि त्यस प्रकारको कष्ट हुन सक्छ ।

मृत्यु पश्चात मृत व्यक्तिलार्इ उनको वस्तुबाट आसक्ति छूटाउनको लागि अनि ती वस्तुहरुबाट प्रक्षेपित कष्टप्रद तामसिक स्पन्दन नष्ट गर्नको लागि उनको परिवारले निम्नलिखित कुराहरुमा ध्यान दिन सक्छ ।

  1. मृत्यु पश्चात जब मृत व्यक्तिलार्इ अग्नि दिन्छ अथवा उनलार्इ गाड्छ तब यो उत्तम हुन्छ कि उनको कपडा उनको साथ अग्निमा जलार्इ दिने अथवा गाडिदिने; किन कि कपडामा तामसिक स्पन्दनको सबै भन्दा अधिक प्रभाव हुन्छ । त्यस खरानीलार्इ समुद्रमा विसर्जित गर्न सक्छ ।
  2. मृत व्यक्तिको कोठामा विभूति मिश्रित तीर्थ छर्किनुहोस् । यसले मृत्युको समय उत्पन्न भएको तमोगुण अल्प गर्नमा सहायता मिल्छ ।
  3. परिवारको सबै व्यक्तिहरु ‘श्री गुरुदेव दत्त’ नामजपको जप गर्न सक्छन् । यन्त्रको माध्यमबाट यो नामजप सानो आवाजमा मृत व्यक्तिको कोठामा लगाइ राख्न सक्छ । नियमित रूपले एक वर्ष यो नामजप लगाएर राखनाले पूरै परिसरको शुद्धि हुन्छ अनि मृत व्यक्तिको सूक्ष्म देहलार्इ मृत्यु पश्चातको जीवनको लागि गति प्राप्त हुन्छ।
  4. जुन वस्तुसँग मृत व्यक्तिको अधिक आसक्ति थियो, त्यो वस्तुलार्इ कुनै सत्पात्र आध्यात्मिक संस्थालार्इ दान गर्नुहोस् । सत्पात्र आध्यात्मिक संस्थालार्इ दान गर्नाले ईश्वरको संकल्प कार्यरत हुन्छ । ती वस्तुहरुमा मृत व्यक्तिको जुन स्पन्दन हुन्छ ती नष्ट हुन्छन् अनि यसले त्यस व्यक्तिको सूक्ष्म देहलार्इ मृत्यु पश्चातको जीवनको लागि गति प्राप्त हुन्छ । सत्पात्रलार्इ दान गर्नाले पुण्यको संचय हुन्छ, जसको लाभ मृत व्यक्तिको सूक्ष्म देहलार्इ हुन्छ । यहाँ सत्पात्र अर्थात यस्तो संस्था जुन व्यक्तिलार्इ जीवनको आध्यात्मिक ध्येय प्राप्त गर्नको लागि उचित मार्गदर्शन गर्दछ ।
  5. जुन वस्तुसँग मृत व्यक्तिको अधिक आसक्ति थिएन, ती वस्तुहरुको उपयोग परिवारको व्यक्तिहरुले ६ महिना पश्चात गर्न सक्छन् ।  ६ महिना पछि नियमित नामजपले ती वस्तुहरुका शुद्धि हुन जान्छन् ।
  6. घरमा मृत व्यक्तिको छायाचित्र (photo) नराख्नुहोस् । छायाचित्र घरमा राख्नाले उनको पहिलाको भूलोकको जीवनसँग अनि पहिलाको जन्मको परिजनसँग आसक्ति बढ्दछ । यसले उनको आध्यात्मिक यात्रामा बाधा आउँछ । केही उदाहरणमा मृत व्यक्ति भूलोकमा उनको घरमा अट्किन्छ ।
  7. यदि मृत व्यक्तिले मृत्युपछिको केही इच्छाहरु प्रकट गरेका छन् भने त्यसलार्इ सम्मान गर्दै अधूरो छोड्नु हुँदैन ।

माथि उल्लेख गरेका तत्त्वको पालन गर्नु महत्वपूर्ण छ; किन कि यी तत्त्वको पालनले यो निश्चित हुन्छ कि, मृत व्यक्तिलार्इ गति प्राप्त हुन्छ अन्यथा भूलोकमा अट्किन्छ । हाम्रो आफ्नो सम्पूर्ण सुरक्षाको लागि नियमित रूपले; अध्यात्मको छ: मूलभूत सिद्धान्त अनुसार साधना गर्नु लाभदायी हुन्छन् ।

Datta chant
अडियो फाइल डाउनलोड गर्नको लागि कृपया तस्वीरमा दायाँतर्फ क्लिक गर्नुहोस् र “save link as / save target as” क्लिक गर्नुहोस् ! ।

Datta photos