प्रार्थना कसरी कार्य गर्दछ ?

विषयसूची

सार

यो लेखमा हामीले प्रार्थना कसरी कार्य गर्दछ यसको विवेचन गरेका छौं । प्रार्थना दुई प्रकारको हुन्छ – सांसारिक लाभ हेतु र आध्यात्मिक प्रगति हेतु । तदनुसार प्रार्थनाको फल पनि ईश्वरको भिन्न तत्वद्वारा दिर्इन्छ । आध्यात्मिक अनुसन्धानद्वारा यो ज्ञात भएको छ कि अनिष्ट शक्तिहरुले पनि हाम्रो प्रार्थना पुरा गर्दछन्; तर हामीलाई हानि पुराउनको लागि ! व्यक्तिको प्राथनाको फल मिल्छ कि मिल्दैन, यो कुराको निर्धारण गर्नमा उनको आध्यात्मिक स्तरले अति महत्वपूर्ण भूमिका निभाउदछ । विश्व शान्ति हेतु प्रार्थना, एउटा धेरै उच्च विचार हो; तर यसको अधिकांशतः फल मिल्दैन किन भने प्रार्थना गर्ने व्यक्तिहरुको आध्यात्मिक स्तर यसको लागि पर्याप्त हुदैन । तथापि जसको मात्र एउटा प्रार्थनाद्वारा स्थितिमा परिवर्तन ल्याउन सक्छ उनीहरु सन्त हुन्, तर उनीहरु यस प्रकारको प्रार्थनालाई निरर्थक मान्छन्; किनभने उनीहरु पूर्ण रूपले ईश्वरको इच्छालाई नै अपनाउछन् र त्यसलाई आफ्नो इच्छासँग भिन्न सम्झिदैन्न् । अन्तमा प्रार्थनाको फल मिल्नमा प्रार्थनाको मुद्राको पनि ठुलो योगदान हुन्छ ।

१. प्रार्थनाको कार्यविधिको परिचय

जब आफ्नो दैनिक जीवनमा कठिन र असहनीय स्थितिहरु जस्तै, अमूल्य वस्तु हराउने, असाध्य रोग, ठुलो आर्थिक हानि आदिको सामना गर्ने समय मनुष्य ईश्वरसँग अथवा उनको कुनै तत्व जसलाई हामी देवता भनछौं, उनिहरुलार्इ प्रार्थना गर्छौं । यो प्रकारको प्रार्थना एहिक अथवा सांसारिक इच्छाहरुको लागि गरिन्छ ।

जुन साधकहरुको जीवनको ध्येय आध्यात्मिक उन्नति गर्नु हो, उनीहरु केवल कठिन परिस्थितिमा मात्रै होइन, दैनिक जीवनको प्रत्येक परिस्थितिमा पनि भगवानसँग प्रार्थना गर्दछ । तर प्रार्थनाहरु सांसारिक इच्छाहरुको लागि होइन, अपितु साधनामा उन्नति गर्नको लागि हुन्छ र यस्तो प्रार्थना साधनाको एउटा अङ्ग मानिन्छ ।

यो लेखमा दुवै प्रकारको प्रार्थनाहरु पुरा हुने कार्यविधि बताउने छ ।

यो लेखलाई राम्रोसँग बुझ्नको लागि कृपया निम्नलिखित सन्दर्भ लेख पढ्नुहोस् :

यो कुरा ध्यान दिन आवश्यक हुन्छ कि जीवनमा आउने समस्याहरुको मूल कारण शारीरिक, मानसिक अथवा आध्यात्मिक स्वरूपको हुन सक्छ । SSRF द्वारा गरिएको अनुसन्धानले देखाउछ कि जीवनको ८०% समस्याहरुको मूल कारण आध्यात्मिक स्वरूपको  हुन्छ । जीवनको समस्याहरुको आध्यात्मिक कारणमा प्रारब्ध र मृत पूर्वज, यी दुईटा महत्वपूर्ण घटक हुन् ।

२. प्रार्थनाको फल कसरी मिल्छ? यसको कार्यविधि कस्तो हुन्छ?

२.१  हाम्रो प्रार्थनाको फल कसले दिन्छ?

  • तल दिएको चित्रमा दर्साइएको छ कि हाम्रो प्रार्थनाको फल कसले दिन्छ ? यो प्रार्थनाको प्रकारमा निर्भर गर्छ । सामान्यत, प्रार्थना व्यक्तिको आध्यात्मिक स्तरानुसार भिन्न-भिन्न हुन्छ । उदाहरण हेतु ३०% आध्यात्मिक स्तरको व्यक्ति अधिकांशतः सांसारिक लाभ हेतु प्रार्थना गर्दछ । ५०% आध्यात्मिक स्तरको व्यक्ति साधनामा उन्नति हेतु प्रार्थना गर्दछ । त्यही अनुसार ब्रह्माण्डको विभिन्न प्रकारको सूक्ष्म-शक्तिहरु प्रार्थनाको फल दिन्छन् । रोचक कुरा यो हो कि अनिष्ट शक्तिहरु पनि प्रार्थनाको फल दिन्छन्, जब प्रार्थनामा कुनै अन्य व्यक्तिलाई क्षति पराउने कामना होस् अथवा व्यक्ति आफ्नो प्रभावमा फसाउनको लागि आरम्भमा कामनाहरुको पूर्ति गरिदिन्छ । उदाहरणार्थ तल दिएको चित्रमा दर्शाए अनुसार, एउटा व्यक्ति जसले अर्को व्यक्तिको मृत्यु हेतु प्रार्थना गर्छ उसको सहायता चौथो पातालको सूक्ष्म अनिष्ट शक्तिहरु गर्छन् । सांसारिक सुखको लागि गरिएको प्राथना अधिकांशतः क्षुद्र देवी-देवता अथवा निम्न स्तरको सकारात्मक शक्तिहरुले पूरा गर्दछन् । साधनामा उन्नति हेतु गरिएको प्राथना उच्च लोकको देवी-देवता अथवा उच्च सकारात्मक शक्तिद्वारा पूरा गरिन्छ ।
प्रार्थना कसरी कार्य गर्दछ ?
  • जब हामी ईश्वर अथवा कुनै विशिष्ट देवतासँग नोकरी, असाध्य रोग आदि जस्तो कुनै अपेक्षाको साथ प्रार्थना गर्छौं भने हाम्रो प्रार्थनाको फल, पहिले भनेको अनुसार क्षुद्र देवता अथवा निम्न स्तरको सकारात्मक शक्तिद्वारा दिइन्छ । अब हामी जागिरको लागि तीव्रतासँग प्रार्थना गर्ने व्यक्तिको उदाहरण हेरौं । प्रारब्ध अनुसार यदि यो व्यक्तिको जीवनमा आउने पाँच वर्षसम्म जागिर छैन भने, निम्न स्तरको सकारात्मक शक्ति अथवा क्षुद्र देवता त्यो व्यक्तिको जीवनको त्यो पाँच वर्ष भविष्यमा स्थानांतरित गरि उनको इच्छा पुरा गरिदिन्छ । यस प्रकार त्यो व्यक्ति जीवनको अन्य समयमा बिना जागिर रहनुनै पर्छ । (किनभने कुनै पनि परिस्थितिमा प्रत्येक व्यक्तिले आफ्नो प्रारब्ध भोग्नुनै पर्छ र केवल साधनालेनै त्यसमाथि विजय प्राप्त गर्न सकिन्छ ।
  • यदि कुनै सांसारिक समस्याको कारण साधकको साधनामा बाधा उत्पन्न भैइरहेको छ भने, उच्च स्तरको देवता पनि कुनै-कुनै बेला त्यो स्तरमा साधकको सहायता गर्दछ ।

.२ प्रार्थनाको फल कसरी मिल्छ ?

  • जब व्यक्ति प्रार्थना गर्दछ, तब उ व्याकुलतासँग ईश्वरको स्मरण गर्छ र आफ्नो अन्तर्मनको कुरा भगवानलाई बताउछ । बिम्ब-प्रतिबिम्बको नियमानुसार, ईश्वरपनि उसँग निकटता अनुभव गर्ने गर्दछ ।
  • प्रार्थनामा ब्रह्माण्डको देवताको तत्व सक्रिय गर्ने क्षमता हुन्छ । जब कोहि प्रार्थनाको साथ कृतज्ञता व्यक्त गर्छ त्यसबेला सूक्ष्मतम तरङ्ग उत्पन्न हुन्छ । यो तरङ्गमा केवल देवतालाई सक्रिय गर्ने मात्रै होइन, अपितु स्पर्श गर्ने क्षमता पनि हुन्छ; फलस्वरूप देवतातत्त्व अतिशीघ्र सक्रिय हुन्छ । देवता तत्त्व सक्रिय हुनाले प्रार्थनाको फल मिल्दछ । देवता आफ्नो संकल्प शक्तिद्वारा प्रार्थनाको फल दिनुहुन्छ । पढ्नुहोस सन्दर्भ लेख – देवता को हुन् ?

    प्रार्थनाको साथ गरिने कृतज्ञताको केहि उदाहरणहरु

    • हे ईश्वर, कृपया मलाई यो नोकरी दिनुहोस्, मलाई यसको धेरै आवश्यकता छ । हे ईश्वर, हजुरले मलाई यो प्रार्थना गर्ने विचार दिनुभयो, त्यसैले म हजुरको चरणमा कृतज्ञ छु ।
    • हे ईश्वर, पुरै दिनमा मबाट हुने सबै कृत्य साधनाको रूपमा हुन दिनुहोस् । हे ईश्वर, हजुरले मलाई यो प्रार्थना गर्ने विचार दिनुभयो, त्यसैले म हजुरको चरणमा कृतज्ञ छु ।
  • प्रार्थनाले ईश्वरिय तरङ्ग व्यक्तितिर आकर्षित गर्दछ र फलस्वरूप व्यक्तिको सबै तिर रज-तम नष्ट हुन थाल्छ । जसले उनको वरिपरिको वातावरण तुलनात्मकरूपले ज्यादा सात्विक हुन्छ । जसरी वातावरणमा सत्व गुणको वृद्धि हुन्छ, व्यक्तिको विचार न्यून हुन्छ र व्यक्ति सात्विक पनि बन्छ । बाहिर वातावरणले मन अधिक प्रभावित हुनुको कारण यस्तो हुन्छ ।
  • सूक्ष्म शरीरको प्रत्येक घटकको सूक्ष्मतर कोष हुन्छ र त्यो अधिक शक्तिशाली हुन्छ । यस प्रकार प्राणदेह, मनोदेह, कारणदेह (बुद्धि), महाकारण देह (सूक्ष्म अहं), यी सबैमा भिन्न कोष हुन्छ ।

    प्राणदेह र मनोदेह सम्बन्धी अधिक जानकारीको लागि पढ्नुहोस्, सन्दर्भ लेख – ‘‘मनुष्यदेह कुन घटकले बनेको हुन्छ ?’’

  • प्रार्थनाले प्राणमय कोषमा सत्वगुणको  कणमा वृद्धि हुन्छ । जब हामी कृतज्ञता व्यक्त गर्छौं, तब मनोमय कोषमा सत्वगुणको कणको वृद्धि हुन्छ । यस प्रकार कृतज्ञता सहित गरिएको प्रार्थनाको फलस्वरूप प्राणमय कोष र मनोमय कोषको आध्यात्मिक शुद्धि हुन्छ । प्राणमय कोष र मनोमय कोषको आध्यात्मिक शुद्धि हुनुको कारण कोषमा विद्यमान संस्कार घट्न थाल्दछ । जसरी संस्कार घट्छ, स्वयं प्रति विचार पनि घट्न थाल्छ र सांसारिक वस्तुहरुको प्रति आकर्षण पनि न्यून हुन थाल्छ । यसले ईश्वर प्राप्तिको इच्छा तीव्र भएर उहाँसॅंग एकरूप हुने लगन बढदै जान्छ । साथमा दुवै कोषहरुको शुद्धि हुनाले अनिष्ट शक्तिहरु शरीरमा प्रवेश गर्न पाउदैन्न् । पढ्नुहोस् सन्दर्भ लेख –  मनको संस्कार शुद्ध गर्न नामजप कुन प्रकारले सहायक हुन्छ ?
  • जब हामी प्रार्थना गर्छौं, तब हामी आफ्नो समस्यालाई सुलझाउनमा आफ्नो असमर्थता स्वीकार छौं । यस प्रकार आफ्नो न्यूनता देखाउनाले हाम्रो अहं क्षीण हुन्छ । अहं क्षीण हुनाले हाम्रो आध्यात्मिक स्तरमा अस्थायी वृद्धि हुन्छ । फलतः सत्व गुणमा पनि अस्थायी वृद्धि हुन्छ । अब जब हामी कृतज्ञता व्यक्त गर्छौं, तब हामीमा नम्रता उत्पन्न हुन्छ जसको कारण हाम्रो आध्यात्मिक स्तरमा धेरै सकारात्मक प्रभाव पर्दछ । जसले ईश्वरको साथ हाम्रो आन्तरिक सान्निध्य बढ्दछ । सत्वगुणमा वृद्धि हुनाले समस्या माथि विजय प्राप्त गर्ने अथवा समस्यालाई सामना गर्ने हाम्रो क्षमता बढ्दछ ।

३. हाम्रो प्रार्थना कहिले सफल हुन्छ?

हाम्रो जीवनको, ६५% घटनाहरु प्रारब्धको कारण हुन्छ । प्रारब्धको घटनाहरु त्यो हुन्, जो हाम्रो नियन्त्रणमा हुँदैन । कृपया पढ्नुहोस् सन्दर्भ लेख – प्रारब्ध र क्रियमाण कर्म

प्रारब्धानुसार निश्चित घटना, राम्रो होस् अथवा नराम्रो हाम्रो जीवनमा भएर नै छाड्छ । रोग अथवा दुखदायी विवाह जस्तो घटनाहरु नराम्रो प्रारब्धानुसार हुन्छ । सामान्य व्यक्तिको जीवनमा जब अनिष्ट घटना हुन्छ, त्यसबेला उ ईश्वरसँग प्रार्थना गर्छ । त्यो अप्रिय घटनाबाट मुक्ति पाउनको लागि उनी ईश्वरसँग प्रार्थना गर्छ; तर, हामी अनुभव गर्छौं कि हाम्रो प्रार्थना सदैव फलदायी हुँदैन । पढ्नुहोस् सन्दर्भ लेख – जीवनको समस्याहरुको मूल आध्यात्मिक कारण – प्रारब्ध

अब प्रश्न आउँछ कि यसको नियम के हो ? प्रारब्ध अनुसार हुने अप्रिय घटना विरुद्ध प्रार्थना कहिले सफल हुन्छ, जसले प्रार्थनाद्वारा त्यो घटना घटित न होस् अथवा हामीलाई त्यसबाट सुरक्षा प्राप्त हुन्छ ?

सामान्य नियम छ :

  • यदि प्रारब्धको तीव्रताको तुलनामा प्रार्थनाको तीव्रता अधिक हुन्छ भने, प्रार्थना सफल हुन्छ ।
  • यदि प्रारब्धको तीव्रता प्रार्थनाको तुलनामा अधिक छ भने, प्रार्थना आंशिक रूपले सफल हुन्छ अथवा हुँदैन ।

४. प्रार्थना प्रभावी हुनु कुन कुरामा निर्भर गर्दछ ?

प्रार्थना प्रभावी हुनको लागि निम्न घटकहरु सहायक हुन्छन् :-

  • प्रार्थना गर्ने व्यक्तिको आध्यात्मिक स्तर व्यक्तिको आध्यात्मिक स्तर जति धेरै हुन्छ, प्रार्थनाको परिणामकारकता त्यतिनै अधिक हुन्छ ।
  • प्रार्थनाको गुणात्मकता – प्रार्थनाको स्वरूप माथि निर्भर हुन्छ उदा. यान्त्रिक, अंतःकरणले अथवा भावपूर्ण ।
  • प्रार्थना कसको लागि गरेको हो (जस्तै स्वयं अथवा अरुको लागि) – अरुको लागि प्रार्थना गरेको हो भने अधिक आध्यात्मिक बलको आवश्यकता हुन्छ । समाजको जति धेरै व्यक्ति त्यो घटनाबाट प्रभावित हुने संभावना हुन्छ इच्छित फल प्राप्त गर्नको लागि त्यतिनै अधिक आध्यात्मिक बलको आवश्यकता पर्छ । केवल उच्च कोटिको सन्तलेनै समाजमा परिवर्तन ल्याउन सक्नुहुन्छ ।
  • अहंकार – प्रार्थना परिणामकारक हुनमा अल्प अहंकारको धेरै ठुलो योगदान हुन्छ ।
  • प्रार्थना गर्ने समय व्यक्ति कुन मुद्रा अपनाउछ ? समाजको अधिकांश मानिसको लागि यो एउटा महत्त्वपूर्ण घटक हो; किनभने माथि भनिएको घटक अधिकांश मानिसमा अल्प नै हुन्छ ।

४.१ व्यक्तिको आध्यात्मिक स्तर र प्रार्थना

प्रार्थना गर्ने व्यक्तिको आध्यात्मिक स्तर प्रार्थनाको प्रभावकारिता निश्चित गर्नेमा एउटा महत्त्वपूर्ण घटक हुन्छ ।

  • ६०% भन्दा अधिक आध्यात्मिक स्तरको साधकलार्इ प्रार्थनाको आवश्यकता हुदैन । उनीहरु यो भावमा कार्य गर्छन् कि – सबै ईश्वरीय इच्छालेनै होस् । उनीहरु यो प्रत्यक्ष अनुभव गर्छन् कि उनहरुको जीवनको प्रत्येक घटना र जे मिलि रहेको छ, त्यो ईश्वरको आशीर्वाद र कृपाको कारणले हो । उनको मनमा निरन्तर ईश्वरको प्रति कृतज्ञताको भाव बनि रहन्छ । एक पटक यो स्थिति प्राप्त भए पश्चात्, प्रार्थनाको आवश्यकता हुँदैन ।
  • जसको आध्यात्मिक स्तर ३०% भन्दा कम हुन्छ, उनको प्रार्थनामा क्षमता हुँदैन र उनीहरुलाई प्रार्थनाबाट केवल मनोवैज्ञानिक लाभ मात्रै हुन्छ । अहंको आवरण धेरै हुनाले उनको प्रार्थना देवताको तत्त्वसमम पुग्न सक्दैन ।
  • अतएव, हामी देख्न सक्छौं कि प्रार्थना अधिकतर त्यो व्यक्तिको लागि प्रभावशाली ढङ्गले कार्य गर्छन् जसको आध्यात्मिक स्तर ३०% – ६०% हुन्छ ।

पढ्नुहोस् सन्दर्भ लेख – ‘आध्यात्मिक स्तरको आधारमा विश्वको जनसंख्याको वर्गीकरण

समय समयमा हामी सुन्छौं कि मानिस एकत्रित भएर विश्व शान्ति हेतु अथवा ग्लोबल वार्मिंग अल्प हुनको लागि कुनै महान उद्देश्यले प्रार्थना गर्ने गर्छन् । परिणामको परिप्रेक्ष्यले हेर्ने हो भने, यो अधिक भन्दा अधिक एउटा मनोवैज्ञानिक प्रयत्न मात्रै हो । किनभने विश्वको अधिकांश घटनाहरुको मूल कारण आध्यात्मिक हुन्छ र केवल उच्च कोटिको सन्तको आध्यात्मिक प्रयत्नद्वारा नै निराकरण हुन्छ । चाहे लाखौं मानिस (साधारण आध्यात्मिक स्तर) एकत्रित भएर विश्वको ठुलो घटनाको लागि प्रार्थना गरुन्, तब पनि यो धेरै कमिलाहरु मिलेर एउटा चट्टानलाई उठाउने प्रयास गर्नु जस्तै हुन्छ ।

टिप्पणी : केहि मानिस सोच्न सक्छन् कि यदि सन्त विश्वव्यापी परिवर्तलाई प्रभावित गर्न सक्छ भने, उनीहरु विश्व शान्ति हेतु अथवा ग्लोबल वार्मिंग न्यून गर्न हेतु प्रयत्न किन गर्दैन्न् ? विरोधाभास यो हो कि सन्तसँग वैश्विक घटनालाई प्रभावित गर्नको लागि आवश्यक आध्यात्मिक बल हुन्छ, तर उहाँमा यो भाव हुन्छ कि केवल ईश्वरनै उचित-अनुचित जान्नुहुन्छ । साथमा उनीहरु साक्षीभाव अवस्थामा हुन्छन्, उहाँहरुको स्वभाव अनुसार उहाँहरु ईश्वरको कुनै पनि योजनामा हस्तक्षेप गर्दैन्न् र पूर्णरूपले उहाँको योजनालाई स्वीकार छन् । उहाँहरुलाई यो पूर्णरूपले ज्ञात हुन्छ कि प्रत्येक घटना व्यक्तिगत (व्यष्टि) अथवा सामूहिक (समष्टि) प्रारब्धको अनुसार घटित हुन्छ । (प्रारब्धको जुन घटनाहरु हुन्छ, त्यो हाम्रो पूर्व जन्म अथवा यो जन्मको कर्मको कारण निर्मित हुन्छ ।)

५. प्रार्थनाको लागि कुन मुद्रा सर्वश्रेष्ठ हुन्छ ?

आध्यात्मिक अनुसन्धानद्वारा, SSRF लाई यो ज्ञात भएको छ कि निम्न मुद्रा अथवा स्थिति प्रार्थना द्वारा अधिकतम इश्वरीय शक्ति प्राप्त गर्नेको लागि अधिक अनुकूल हुन्छ । अतः SSRF यसलाई अपनाउने सुझाव दिन्छ ।

सूक्ष्म-ज्ञान माथि आधारित चित्र मुद्राको दुई चरणहरु तथा प्रार्थना गर्ने समय आध्यात्मिक स्तरबाट यिनीहरुलाई हुने प्रत्यक्ष प्रक्रिया दर्शाउछ ।

५.१ प्रार्थनाको मुद्राको पहिलो चरणको विश्लेषण

प्रार्थना कसरी कार्य गर्दछ ?

यो मुद्राको पहिलो अवस्थामा प्रार्थना हेतु दुवै हात उठाएर दुवै बुढीऔंलाले आज्ञाचक्र (आंखीभौं मध्यको आध्यात्मिक उर्जा केन्द्र) लाई हल् स्पर्श गर्छ । यो मुद्राको स्थितिमा आए पश्चातनै प्रार्थना आरम्भ गर्नु राम्रो हुन्छ ।

जब हाम्रो शिर यस अवस्थामा झुकाउँछौं, हामीमा शरणागत भाव जागृत हुन्छ । परिणामस्वरूप ब्रह्माको विशिष्ट देवताहरुको सूक्ष्म-तरङ्ग कायर्रत हुन्छ । यो देवताको तरङ्ग हाम्रो औंलाहरुहरुको अग्रभागबाट, जुन ग्रहण गर्ने कार्य गर्दछ, भित्र प्रवेश गर्दछ । अगाडी यी तरङ्गहरु बूढीऔंलाहरुबाट आज्ञाचक्रको माध्यमबाट शरीर भित्र प्रवाहित हुन्छ । यसले हाम्रो शरीरमा सकारात्मक आध्यात्मिक शक्ति बढाउछ । परिणामस्वरूप हामीलाई हलका प्रतीत हुन थाल्दछ अथवा शारीरिक एवं मानसिक कष्टबाट हामीलाई राहत मिल्दछ ।

५.२ प्रार्थनाको मुद्राको दोस्रो चरणको विश्लेषण

प्रार्थना कसरी कार्य गर्दछ ?

प्रार्थना समाप्त गरेपछि, सूक्ष्म-ज्ञान माथि आधारित चित्रमा देखाएको अनुसार दोस्रो मुद्रा गर्नुपर्छ । अर्थात् प्रार्थना पश्चात् हात तुरुन्तै तल गर्नुको अपेक्षा, कलाई (wrist) छातीसँग स्पर्श गर्नुहोस, यस प्रकार छातीको मध्यमा ल्याउनुहोस् । यसो गर्नाले देवता तत्त्वको चैतन्य पूर्णरूपले ग्रहण गर्ने प्रक्रिया सुगम हुन्छ । प्रारम्भमा देवतातत्वको जुन चैतन्य औंलाहरुको अग्रभागमा प्रविष्ट भएको छ, त्यो अब अनाहत चक्रबाट छातीमा संक्रमित हुन्छ । आज्ञाचक्र जस्तौ अनाहतचक्र पनि सात्विक तरंग अवशोषित गर्दछ । कलाई (wrist) छातीसँग स्पर्श गर्नाले अनाहतचक्र कार्यरत भएर अधिक भन्दा अधिक सात्विक तरङ्ग ग्रहण गर्नमा सहायता मिल्छ । अनाहत चक्र कार्यरत हुनाले साधकमा भाव र भक्ति जागृत हुन्छ ।

प्रार्थना मुद्राको यो अवस्थामा, व्यक्ति आत्मचिन्तन तथा ईश्वरको अस्तित्वको अनुभूति  तिर ध्यान लगाउनु पर्छ ।

.२.१ प्रार्थना गर्ने समयमा टाउकोको उचित अवस्था

प्रार्थना कसरी कार्य गर्दछ ?
प्रार्थना कसरी कार्य गर्दछ ?

कृपया ध्यान दिनुहोस्:

  • शरीर झुकेको हुनु पर्छ न कि तान्किएको (सीधा) ।
  • औंलाहरु निधारसँग समान्तर हुनुपर्छ । औंलाहरु कडा होइन शिथिल (relaxed) हुनुपर्छ ।
  • औंलाहरुले एक अर्कालाई स्पर्श गरेको होस् –  फैलिएको नहोस्
  • बूढी औंलाहरुले आज्ञाचक्रलार्इ हलका स्पर्श गरेको होस् ।
  • हात हल्का दबेको होस् र हथेलाको मध्यमा थोरै रिक्त होस् । ५०% आध्यात्मिक स्तर भन्दा माथिको साधकको लागि, हथेलिको मध्य रिक्ति हुनु आवश्यक हुदैन ।

.३ भावपूर्ण प्रार्थना गर्ने समय

५०% भन्दा अधिक आध्यात्मिक स्तर भएको साधक जब भावपूर्ण प्रार्थना गर्छ, तब हुने प्रक्रिया सूक्ष्म-ज्ञानमा आधारित निम्नांकित चित्र दर्शाउछ । महत्वपूर्ण कुरा यो हो कि आसपासको व्यक्तिहरुलार्इ पनि साधकद्वारा आकृष्ट चैतन्यको लाभ हुन्छ । (सूक्ष्म ज्ञानमा माथि आधारित चित्रांकनको त्यो भागपनि हेर्नुहोस् जहाँ देखाएको छ कि ५%  स्पन्दन शरीरभन्दा बाहिर संक्रमित हुन्छ ।) जब कुनै व्यक्ति भावपूर्ण प्रार्थना गर्दछ, तब आसपासको व्यक्तिमा पनि भाव जागृत हुने यही कारण हो ।

प्रार्थना कसरी कार्य गर्दछ ?

.४ के प्रार्थना गर्ने समय सदैव यो मुद्रा गर्नु आवश्यक हुन्छ ?

यदि कसैको आध्यात्मिक स्तर उच्च (५०% भन्दा अधिक) छ भने सूक्ष्म र्इश्वरीय तरङ्ग सिधै ब्रह्मरंध्रद्वारा ग्रहण हुने प्रक्रिया आरम्भ हुन्छ । ब्रह्मरंध्र सहस्रार चक्रको माथि स्थित एउटा सूक्ष्म द्वार हो (कुण्डलिनी योग अनुसार) जसले विश्वमन र विश्वबुद्धिले सम्पर्क गर्न सम्भव हुन्छ । यह सूक्ष्मद्वार निम्न आध्यात्मिक स्तरको व्यक्तिमा बन्द रहन्छ । अल्प अहं ब्रह्मरंध्र खोलनमा सहायक हुन्छ । आध्यात्मिक उन्नतिको यो अवस्थामा माथि बताएको प्रार्थनाको मुद्राको आवश्यकता न्यून हुन थाल्छ ।

तर यदि ५०% देखि ८०% आध्यात्मिक स्तर भएको व्यक्ति यदि प्रार्थना गर्ने समय भनेको मुद्रा गर्छ भने उसलाई अधिक चैतन्यको लाभ मिलछ । ५०% स्तर भएको व्यक्तिमा यो लाभ अधिकतम ३०% सम्म हुन्छ । बढ्दो स्तरको साथ यो लाभ न्यून हुन थाल्छ ।

अधिकांश व्यक्तिहरुको आध्यात्मिक स्तर उच्च हुदैन, उनीहरु ब्रह्मरंध्रको माध्यमले र्इश्वरीय स्पन्दन ग्रहण गर्नमा सक्छम हुदैन्न् । तर औंलाहरुको अग्रभाग सूक्ष्म-उर्जा ग्रहण गर्ने तथा संक्रमित गर्नमा अत्यंत सम्वेदनशील हुन्छ; त्यसैले अधिकांश व्यक्ति (३०-६०% आध्यात्मिक स्तर) औंलाहरुको अग्रभागले (न्यून मात्रामा) सूक्ष्म-तरंग ग्रहण गर्न सक्छ । तर व्यक्तिको लागि माथि दर्शाएको मुद्रामा प्रार्थना गर्न आवश्यक हुन्छ । अन्य सबै घटक समान हुन्छ, र माथि बताएको मुद्रामा प्रार्थना गर्नाले, बिना मुद्राको प्रार्थनाको तुलनामा व्यक्तिलाई २०% सम्म अधिक लाभ हुन्छ ।

.५ प्रार्थनाको मुद्राको तुलनात्मक प्रभाव

प्रार्थना गर्ने समय हामी हातद्वारा विभिन्न प्रकारको मुद्रा गर्दछौं । प्रार्थनासँग सम्बन्धित विविध प्रकारको मुद्राहरु सम्बन्धि आध्यात्मिक अनुसन्धान गर्दा प्रभावकारिता सम्बन्धि, प्राप्त परिणाम यस प्रकार छन् :

प्राथना गर्दा विविध मुद्राको गुणवत्ता

प्राथनाको मुद्रा तुलनात्मक आध्यात्मिक लाभ राम्रो शक्ति ग्रहण गर्ने स्तर राम्रो शक्ति ग्रहण गर्ने स्तर राम्रो शक्ति ग्रहण गर्ने स्तर
८ % अधिक ३० % २ %
४ % मध्यम १० % ४ %
२ % अल्प ५ % ५ %
२ % अल्प ५ % ५ %

टिप्पणी:

१. १००% को अर्थ हुन्छ पूर्ण आध्यात्मिक लाभ, फलस्वरूप ईश्वरसँग एकरूप हुनु ।

२. प्रकट देवता तत्वको स्तर, जस्तौ सर्वोच्च, मध्यम अथवा निम्न स्तरको देवी-देवता ।

३. कति प्रतिशत मात्रामा देवता तत्व ग्रहण भएको छ ।

४. यहाँ अनिष्ट शक्तिद्वारा प्रार्थनामा बाधा हालेर साधकको श्रद्धा न्यून गर्ने सम्भावना दर्शाउछ । अनिष्ट शक्ति प्रार्थनामा अडचन उत्पन्न गर्छ जसले गर्दा व्यक्तिको प्रार्थना फलप्रद हुदैन, फलस्वरूप व्यक्तिको विश्वास न्यून हुन्छ ।

एउटै प्रार्थना माथि उल्लेख सबै मुद्राहरुमा गरेर स्वयंनै सूक्ष्म-प्रयोग गर्नुहोस् ।

कुनै अवस्थामा व्यक्तिहरु एक-अर्काको हात समातेर प्रार्थना गर्दछन् । यो आध्यात्मिक स्तरमा अनुचित हुन्छ किनभने यदि समीप व्यक्ति अनिष्ट शक्तिद्वारा प्रभावित भएको छ भने, त्यो कालो शक्ति हामीमा संक्रमित हुन सक्छ ।

पढ्नुहोस सन्दर्भ लेख, “विश्वको कति जनसंख्या अनिष्ट शक्तिद्वारा प्रभावित छ ?

६. प्रार्थना प्रक्रियाको महत्त्वपूर्ण सूत्र – सारांश

  • व्यक्तिको आध्यात्मिक स्तर सामान्यतः यो निर्धारित गर्छ कि उ साधनामा आध्यात्मिक उन्नतिको लागि अथवा भौतिक सुखको कामनाको लागि प्रार्थना गर्छ । प्रार्थनाको प्रकार अनुसार क्रमशः उच्च लोकको देवताद्वारा अथवा निम्न लोकको देवताद्वारा प्रार्थना पुरा हुन्छ ।
  • भावपूर्ण प्रार्थना गर्नाले प्रार्थनाको प्रभावकारीतामा प्रभाव पर्छ ।
  • प्रार्थनाको लागि प्रयुक्त मुद्रानुसार प्रार्थनाको विभिन्न लाभ हुन्छ ।
  • अन्य सबै घटक सामान हुँदा पनि बताईएको मुद्राकोसाथ प्रार्थना गर्नाले प्रार्थना फलप्रद हुने सम्भावना २०% अधिक बढ्दछ।
  • निम्न आध्यात्मिक स्तर भएको व्यक्तिद्वारा समाजलाई प्रभावित गर्ने विश्व शान्ति अथवा ग्लोबल वार्मिंग जस्तो घटनाको लागि गरिएको प्राथनाको केहि प्रभाव हुदैन ।
  • जब प्रार्थनाको साथ कृतज्ञता व्यक्त गर्दछ, तब प्रार्थनाको प्रभावकारीतामा वृद्धि हुन्छ ।