विभूतिबाट तीर्थ (पवित्र पानी)

SSRF अनुसार शारीरिक तथा मानसिक व्याधिको लागि आध्यात्मिक उपचारको साथमा पारम्परिक चिकित्सकीय उपचार पनि गर्नु पर्छ ।

पाठकहरुलाई निवेदन छ कि आफ्नो बिबेक अनुसार कुनै पनि आध्यात्मिक उपचार पद्धतिको उपयोग गर्नुहोस् ।

१. तीर्थ (पवित्र पानी) कसरी बनाउने ?

तीर्थ (पवित्र पानी) बनाउन अनेक पद्धतिहरु छन् । ती हुन् :

१. विभूति (पवित्र खरानी) लाई पानीमा हालेर

२. पनीलाई नामजपबाट अभिमन्त्रित गरेर

३. पवित्र माटो पनीमा हालेर (जहाँ उच्च आध्यात्मिक स्तरको सन्त बस्नु भएको थियो, त्यस स्थानको माटो)

४. आशीर्वाद दिएको पानी । (यो केवल ५० प्रतिशत आध्यात्मिक स्तर भन्दा अधिक स्तरको व्यक्तिले मात्रै बनाउन सक्छ । यो स्तर भन्दा तल्लो आध्यात्मिक स्तरको व्यक्तिमा पानीको ईश्वरीय चैतन्य बढाउने क्षमता कम हुन्छ अथवा हुँदैन ।)

५. स्पर्शद्वारा बनाएको तीर्थ (पवित्र पानी) : (जब सन्तले पानीको स्पर्श गर्नुहुन्छ)

यो खण्डमा हामी SSRF को धुपबाट प्राप्त विभूतिले कसरी तीर्थ (पवित्र पानी) बनाउने भनेर वर्णन गर्नेछौं ।

२. SSRF को धुपबाट प्राप्त विभूतिले तीर्थ कसरी बनाउने ?

SSRF को धुपबाट बनाएको तीर्थको उपयोग एक सहज स्वयं सहातया आध्यात्मिक उपाय हो कि यसलाई नियमित रुपमा सकारात्मक उर्जा प्राप्त गर्नका साथै भूतहरु (भूत, प्रेत, पिशाच, नकारात्मक उर्जा इ.) कष्टबाट मुक्त हुन प्रयोग गर्न सकिन्छ ।

तीर्थ SSRF को धुपबाट प्राप्त विभूति पानीमा हालेर बनाइन्छ । विभूति SSRF को धुप जलाएर खरानी जम्मा गरेर प्राप्त हुन्छ ।

निम्न लेख पढ्नुहोस्

  • खण्ड : SSRF को धुपबाट प्राप्त खरानीलाई विभूति किन भनिन्छ ?

‘पवित्र’ हुनको लागि पानीमा हालिने विभूतिमा न्यूनतम २ प्रतिशत ईश्वरीय चैतन्य हुन आवश्यक हुन्छ । SSRF को धुप जलाएर प्राप्त विभूतिमा यो आवश्यक ईश्वरीय चैतन्य हुन्छ ।

तीर्थ बनाउनको लागि आवश्यक हुन्छन् :

  • SSRF को धुप जलाएर प्राप्त विभूति
  • पानी

प्रक्रियाको पद्धति

  • ईश्वरलाई प्रार्थना गरि आरम्भ गर्नुहोस् , “SSRF को धुपको सुगन्धमा विद्यमान विशिष्ट ईश्वरीय तत्त्व कार्यरत भएर यो पवित्र पानीलाई समृद्ध हुन दिनुहोस” ।
  • त्यसपछि बट्टामा राखिएको विभूति दाहिने हातले उठाएर पानीमा हाल्नुहोस् ।

विभूति हालेपछि पानी आध्यात्मिक दृष्टिले भरित (spiritually charged) भएर तीर्थ बन्दछ । अब यो तीर्थ आध्यात्मिक उपचार हेतु शरीरमा लगाउन तथा छिर्किन सक्छौं ।

२.१ जलमा SSRF को विभूति कनु अनुपातमा हाल्ने ?

जति तीर्थ बनाउनु छ, त्यसको अनुपातमा विभूति हाल्नु पर्छ ।

एक गिलास पानीमा एक चुटकी, यो अनुपातमा SSRF को विभूति हाल्नुहोस् ।

एक बाल्टी पानीको लागि १/४ चम्चा, यो अनुपातमा SSRF को विभूति आवश्यक हुन्छ ।

२.२ विभूति लिनको लागि दाहिने हातको प्रयोग गर्न किन महत्वपूर्ण छ ?

दाहिने हात शरीरको आध्यात्मिक शक्ति व्यवस्थाको सूर्यनाडीसँग सम्बन्धित हुन्छ त्यसैले दाहिने हातमा अधिक आध्यात्मिक शक्ति प्रवाहित हुन्छ । अतः आध्यात्मिक दृष्टिले यो अधिक कार्यरत हुन्छ ।

दाहिने हातमा सूक्ष्म मूलभूत रजोगुण अधिक मात्रामा हुनाले विभूति कार्यरत गर्नमा त्यो अधिक सक्षम हुन्छ ।

३. तीर्थको कार्य गर्ने पद्धति

तीर्थको (SSRF को धुपबाट बनेको) आध्यात्मिक उपचार गर्ने क्षमता मुख्यतः पानीमा हालेको SSRF को धुपको विभूतिबाट प्राप्त हुन्छ। SSRF को धुपबाट प्राप्त विभूति प्रत्येक धुपको विशिष्ट सुगन्धद्वारा आकर्षित विशिष्ट देवतातत्वमा विद्यमान ईश्वरीय चैतन्यको लाभ दिन्छ ।

SSRF को विभूति ब्रह्माण्डको मूलभूत तेजतत्त्वको स्तरमा कार्य गर्दछ । जब हामी विभूति पानीमा हाल्छौं, त्यो मूलभूत जलतत्त्वमा घुल्दछ र यो दुई मूलभूत तत्त्वहरु एकत्रित रूपमा उपचारीक प्रभाव देखाउदछन् । मूलभूत जलतत्त्व विभूतिमा विद्यमान ईश्वरीय चैतन्यलाई अधिक प्रवाह तथा सहजताले अवशोषित गर्न योग्य बनाउछ, त्यसैले प्रत्यक्ष यो प्रभाव अधिक शीघ्रतासँग हुन्छ ।

३.१ SSRF को विभूति पानीमा हाल्दा सूक्ष्म स्तरमा के प्रक्रियाहरु हुन्छन् ?

SSRF को विभूतिबाट तीर्थको छैठौं ज्ञानेन्द्रियबाट प्राप्त दृश्य

विभूतिबाट तीर्थ (पवित्र पानी) विभूतिबाट तीर्थ (पवित्र पानी)विभूतिबाट तीर्थ (पवित्र पानी) विभूतिबाट तीर्थ (पवित्र पानी)३.२ SSRF को धुपबाट प्राप्त विभूतिबाट बनाएको तीर्थको प्रभाव

  • पूर्वज तथा अनिष्ट शक्ति (भूत, प्रेत, पिशाच इ.) को कष्टबाट मुक्त : पूर्वज तथा अनिष्ट शक्ति (भूत, प्रेत, पिशाच इ.) को कष्टबाट मुक्त व्यक्तिलाई तीर्थले सकारात्मक ऊर्जा प्रदान गर्दछ । यो लेखको सन्दर्भ लिनुहोस् ‘मेरो मृतक प्रियजन अनि अन्य पूर्खाले मलाई किन यातना दिन चाहन्छन् ?
  • पूर्वज तथा अनिष्ट शक्ति (भूत, प्रेत, पिशाच इ.) को कष्टबाट पीडित : तीर्थको सकारात्मक ऊर्जाले भुवर्लोक तथा पहिलो पाताल लोकबाट पूर्खाहरु वा अनिष्ट शक्तिद्वारा प्रक्षेपित कालो ऊर्जालाई नष्ट गर्दछ । तीर्थको लगातार प्रयोगले व्यक्तिलाई कष्ट दिई राखेको पूर्खा वा अनिष्ट शक्तिलाई कष्ट हुन्छ । तीर्थको प्रयोगको साथ-साथ साधनाको छः मूलभूत सिद्धान्तको अनुसार साधना गर्नाले निम्न स्तरको अनिष्ट शक्तिहरुको लागि शक्तिशाली रोकथाम प्रदान गर्दछ । समय बित्दै जादा अनिष्ट शक्तिहरु छोड्न बाध्य हुन्छन् । सामान्यतया: सबै व्यक्तिहरु मृत पूर्खा तथा पहिलो पातालको भूतहरुबाट प्रभावित हुन्छन्, त्यसैले उनीहरुलाई यी मूल आध्यात्मिक समस्याबाट छुटकारा मिल्दछ । उच्च स्तरको अनिष्ट शक्तिद्वारा गरिने आक्रमणको घटनामा कालो शक्ति हट्दछ । अनिष्ट शक्तिको मुख्य अस्त्र भनेको कालो शक्ति हो, त्यसैले प्रभावित व्यक्तिमाथि तीर्थ छड्किनाले व्यक्तिमा पूर्खा वा नकारारत्मक शक्तिको आक्रमणबाट हुने कष्ट जस्तै टाउको दुख्ने, भ्रम, निराशा, इत्यादि जस्ता कष्टहरु न्यून हुन थाल्दछन् । नियमित साधनानै ईश्वरीय सुरक्षा पाउने र उच्च स्तरको भूतहरुको कारण हुने समस्याबाट दिगो राहत प्राप्त गर्ने उत्तम माध्यम हो ।

एक पटको लागि तीर्थ आध्यात्मिक उपचारको लागि उपयोग गर्दा भूतहरुको कष्टबाट अस्थायी राहत मिल्दछ । तर तीर्थको प्रयोग हाम्रो आवश्यकता र परिस्थिति अनुसार धेरै पटक दोहोर्याउन सकिन्छ ।

४. तीर्थबाट हुने लाभमा वृद्धि कसरी गर्न सकिन्छ

  • विभूतिको आध्यात्मिक शुद्धता : यदि तीर्थ बनाउनको लागि उपयोग गरिएको विभूती अयोग्य पद्धतिबाट प्रयोग गरिएको, भण्डार गरिएको अथवा पूर्खा वा अनिष्ट शक्तिको कारण रज-तमले संक्रमित भयो भने त्यसबाट प्राप्त हुने लाभ कम हुनेछ । यो लेखको सन्दर्भ लिनुहोस् “पवित्र विभूति कसरी सम्हाल्ने”  ।
  • प्रयोग गर्न व्यक्तिको श्रद्धा : श्रद्धाको साथ तीर्थको उपयोग गर्नाले आध्यात्मिक उपचारमा राम्रो परिणाम मिल्दछ ।
  • प्रयोग गर्न व्यक्तिको आध्यात्मिक स्तर : आध्यात्मिक उपचारको लागि तीर्थ प्रयोग गर्ने व्यक्तिको जति धेरै आध्यात्मिक स्तर हुन्छ त्यतिनै अधिक प्रभावकारि हुन्छ ।
  • उपचार गर्न व्यक्तिको आध्यात्मिक स्तर (यदि व्यक्ति यसको प्रयोग आध्यात्मिक उपचारको रूपमा गर्छ भने ) : आध्यात्मिक उपचारको रूपमा तीर्थको उपयोगको परिणाम ९५ प्रतिशत सम्म उसलाई तीर्थ छड्किने व्यक्तिको आध्यात्मिक स्तर माथि निर्भर हुन्छ ।

५. तुलनात्मक शक्ति / तीर्थको लाभ

तुलनात्मक शक्ति / तीर्थको लाभ

तीर्थको प्रकार चैतन्यको मात्रा (प्रतिशतमा)
पानी + SSRF को धुपबाट बनेको विभूति
भारित जल (जल + नामजप)
भारित जल (जल + नामजप) + SSRF को धुपबाट बनेको विभूति ५.००१

टिप्पणि :
१ यसले दर्शाउँछ कि अधिकतम जल भारित ईश्वरीय चैतन्यले गर्न सकिन्छ । ९० प्रतिशत आध्यात्मिक स्तरको सन्तको सम्पर्कले पानी अधिकतम ५ प्रतिशत भारित हुन सक्छ ।

तपाईले माथिको तालिकाबाट देख्न सक्नुहुन्छ कि ईश्वरीय चैतन्यले पानी अधिकतम ५ प्रतिशत भरित हुन सक्छ । यो तब सम्भब हुन्छ जब ९० प्रतिशत भन्दा अधिक आध्यात्मिक स्तरको संतद्वारा स्पर्श, दृष्टि अथवा विचार (संकल्प) गर्दछ । अतः संतद्वारा ईश्वरीय चैतन्यबाट भारित गरिको तीर्थमा विभूति मिसाउँदा लाभमा कम वृद्धि हुन्छ । तथापि धेरैजसो व्यक्तिमा आध्यात्मिक क्षमता नहुदा नामजपको माध्यमले पानीलाई ईश्वरीय चैतन्यबाट भारित (charge) गर्न सक्दैन्न्, जति विभूतिबाट सम्भव हुन्छ ।

६. SSRF को धुपबाट बनाएको तीर्थको उपयोग कसरी गर्न  ?

तीर्थ आध्यात्मिक स्तरमा कार्य गर्दछ, त्यसैले त्यसको प्रभावकारिता सीधै सात्त्विकता, कति आदर एवं श्रद्धसँग राखिन्छ प्रयोग गरिन्छ, यसमा निर्भर गर्दछ । तीर्थको उपयोग गर्ने समय के गर्ने अथवा के नगर्ने यो जान्नको लागि सन्दर्भ लेख “कसरी SSRF को धुपबाट बनेको विभूति सम्हाल्ने” पढ्नुहोस् ।