SSRF द्वारा निर्मित धुपको पवित्र खरानी (विभूति) लाई कसरी सम्हालने ?

SSRF को सुझाव छ कि, भौतिक एवं मानसिक व्याधिहरुको उपचारमा परंपरागत औषधि उपचारको साथ-साथै आध्यात्मिक उपचारको प्रयोग गर्नुहोस् ।

पाठकहरुलाई हाम्रो एउटा अनुरोध छ कि आध्यात्मिक उपचारको प्रयोग आफ्नो विवेकानुसार गर्नुहोस् ।

. परिचय, पवित्र खरानी (विभूति) कसरी सम्हाल्ने ?

SSRF द्वारा निर्मित धुपबाट बनेको पवित्र खरानी (विभूति) आध्यात्मिक उपचारको एउटा धेरै राम्रो साधन हो ।

कृपया पढ्नुहोस् ‘‘SSRF द्वारा निर्मित धुपको खरानीलाई किन पवित्र विभूति भनिन्छ’’

यो एक आध्यात्मिक स्तरमा कार्यरत भएको हुनाले यसको प्रभावकारिता यसको सात्त्विकता एवं यसलाई कति श्रद्धा तथा विश्वाससँग व्यवहार तथा सम्हाल्छ त्यसमा निर्भर गर्दछ ।

यस दृष्टिकोणबाट SSRF द्वारा निर्मित धुपबाट बनेको पवित्र खरानी (विभूति) सम्हाल्दा के गर्नु हुन्छ र के गर्नु हुँदैन यसको लागि केहि सुचनाहरु निम्नलिखित छन् ।

. पवित्र खरानी (विभूति) सम्हाल्दा के गर्ने

आध्यात्मिक स्तरमा

  • श्रद्धा : अत्यन्त श्रद्धाको साथमा व्यवहार गर्नुहोस् । SSRF द्वारा निर्मित धुपमा विशिष्ट सुगन्ध हुन्छ जसको चयन आध्यात्मिक अनुसन्धानको आधारमा गरिएको हुन्छ ।  तसर्थ जब धुप जलाउँन्छ तब एउटा विशिष्ट देवताको तत्त्व आकर्षित हुन्छ । फलस्वरूप धुपबाट प्राप्त एकत्र गरिएको पवित्र खरानी पनि त्यस विशेष देवताको सिद्धान्तले भरिएको हुन्छ ।
  • विभूतीलाई राख्ने स्थान : यथा सम्भव पूजाघरमा राख्नुहोस् जसले यसको  सात्त्विकता बनिरहन्छ ।
  • थप सुरक्षा हेतु : पवित्र विभूतिको थप सुरक्षा गर्नको लागि त्यसलाई राख्ने भाडाको ढक्कनमा देवताको नामजपको पट्टी अथवा देवताको चित्र पनि टास्न सक्नु हुन्छ ।
  • यसको प्रयोग गर्दा दाहिने हातबाट गर्नुहोस् : आध्यात्मिक दृष्टिबाट सर्वोत्तम यही हुन्छ कि विभूतिको प्रयोग दाहिने हातबाट गर्नुहोस् । सामान्यता देब्रे हात उपयोग गर्ने व्यक्तिको लागि पनि यसको प्रयोग दाहिने हातबाट गर्न उचित हुन्छ; किन भने दाहिने हात आध्यात्मिक शक्तितन्त्र सूर्यनाडीसँग सम्बन्धित हुन्छ (जसलाई कुण्डलिनी पनि भनिन्छ) त्यसैले ज्यादा ऊर्जा बग्दछ, यसलाई अझ सक्रिय हात बाउँछ ।

भौतिक स्तरमा

यदि विभूतिमा कुनै अन्य पदार्थ मिश्रित भएमा अथवा त्यसको हेरचाह योग्य पद्धतिद्वारा गरिएन भने तब पवित्र विभूति कुनै साधारण भौतिक बस्तु समान अशुद्ध अथवा दूषित हुन सक्छ । यदि त्यो भौतिक स्तरमा अशुद्ध हुन्छ भने त्यसलाई आध्यात्मिक उपचार हेतु प्रयोग गर्न सक्दैन जस्तै खुला घाउमा लगाउन अथवा तीर्थ बनाउन सकिदैन ।

  • भण्डारण : जसरी धुप जलेर समाप्त हुन्छ, खरानीलाई स्वच्छ, सुख्खा डब्बा अथवा पात्रमा राख्नुहोस् । यो कार्य तीन घण्टा भन्दा भित्र गर्नुपर्छ अन्यथा विभूतिको सात्त्विकता घट्न सक्छ अथवा भौतिक स्तरमा पनि अशुद्ध हुन सक्छ । यदि तीन घण्टा भन्दा अधिक समय भएमा त्यो विभूतिलाई मुख्य भण्डारमा मिश्रित गर्नु हुँदैन ।
  • न्यूनतम सम्पर्क : जब हामी पवित्र विभूतिको डिब्बा खोल्छौं त्यो बेला तब शारीरिक एवं आध्यात्मिक दुवै स्तरमा अशुद्ध हुने सम्भावना हुन्छ । यदि भण्डारको मात्रा धेरै छ भने त्यस मध्ये थोरै विभूति दैनिक प्रयोगको लागि निकालेर अलग राख्नुहोस् जसले शारीरिक सम्पर्क न्यूनतम होस् ।
  • स्वच्छता : पवित्र खरानी (विभूति) को स्पर्श गर्नु अघि हात धुनुहोस् ।

३. पवित्र खरानी (विभूति) सम्हाल्दा के नगर्ने

आध्यात्मिक स्तरमा

  • मासिक धर्मको समय: स्त्रिहरुमा मासिक धर्मको पाञ्च दिन अथवा जबसम्म रज-स्राव हुन्छ तबसम्म उनको देहमा रज गुणको वृद्धि हुन्छ । यदि स्त्री मासिक धर्मको समय पवित्र विभूतिको सम्पर्कमा आउँछ भने, विभूतिको आध्यात्मिक शुद्धता वा सूक्ष्म सात्त्विकता कम हुन्छ । त्यसकारण मासिक धर्मको समय भण्डार गरेको विभूती नछुने सल्लाह दिइन्छ । तर यदि स्त्री एक्लै बसिरहेकी छिन् भने त्यस अवधिमा उपयो गर्नाको लागि अर्को पात्रमा थोरै विभूति अलग राख्न सकिन्छ, जसले मुख्य भण्डारलाई स्पर्श गर्न आवश्यकता हुँदैन एवं विभूतिको शुद्धता घट्ने सम्भावना पनि हुँदैन ।
  • जन्म एवं मृत्य : जन्म अथवा मृत्यु पछि १२ दिनसम्म पवित्र खरानी (विभूति) को मुख्य भण्डारलाई नजिकको परिवारको व्यक्तिहरुले स्पर्श नगर्नुहोस्, किन भने नजिको परिवारमा रज-तम वृद्धि भएको हुन्छ ।
  • कालो शक्तिद्वारा दूषित हुने : पवित्र खरानी (विभूति) को भण्डार धेरै लामो समयसम्म नगर्नुहोस्, त्यसमाथि कालो आवरण आउन सक्छ । SSRF द्वारा निर्मित धुपबाट बनेको पवित्र खरानी (विभूति) लाई तीन महिनासम्म भण्डार गर्न सिफारिस गरिन्छ । त्यस पछि, बगि रहेको पानी वा समुद्रमा विसर्जन गर्नुहोस् । यदि बगि रहेको पानी उपलब्ध छैन भने बगैंचामा गाड्न सकिन्छ ।
  • अनिष्ट शक्तिबाट प्रभावित व्यक्ति : यदि घरमा एक भन्दा अधिक व्यक्तिहरु छन् भने उत्तम हुन्छ कि अनिष्ट शक्ति (भूत, प्रेत, राक्षस, शैतान, नकारात्म ऊर्जा आदि) द्वारा प्रभावित भएकाले विभूतिको मुख्य भण्डारण गरेको पात्रलाई स्पर्श नगर्नुहोस् किन भने स्पर्शले सात्त्विकता न्यून हुन्छ ।
  • सफाई : शौचालय गएपछि वा धरबाट बाहिर गएपछि हात र खुट्टा नधोई पवित्र खरानी (विभूति) को भण्डार गरेको पात्रलाई नछुनुहोस् । यो यस कारण हो कि व्यक्ति घरको बाहिर तथा शौचालयमा बढि रज-तमको सान्निध्यमा आउदछ |