SSRF को धूपबाट कसरी विभूति बनाउने र संकलित गर्ने ?

SSRF ले शारीरिक अनि मानसिक रोगको उपचारको लागि आध्यात्मिक उपचारको साथै पारम्परिक चिकित्सा उपचार सुरु राख्ने सल्लाह दिन्छ ।

पाठकहरूलाई कुनै पनि आध्यात्मिक उपचारको उपाय अपनाउनु भन्दा अगाडी आफ्नो विवेकको उपयोग गर्न सल्लाह दिर्इन्छ ।

१. परिचय विभूति कसरी बनाउने

SSRF को धूपबाट प्राप्त पवित्र विभूति एउटा धेरै राम्रो र सजिलो स्वयं-सहयोगी आध्यात्मिक उपचार हो जुन नियमित रूपमा सकारात्मक उर्जा प्राप्त गर्नुको साथ-साथै भूतहरू (राक्षस, शैतान, नकारात्मक उर्जाहरू आदि) बाट छुटकारा पाउन सकिन्छ । SSRF को धूप जलाएर प्राप्त खरानी पवित्र हुन्छ किनभने :

  • SSRF को धूप सात्विक सामग्रीहरूबाट बनाएको हुन्छ र जलाउँदा तिनीहरू आग्नि तत्तव (Absolute Fire Principle) को सम्पर्कमा आउँदछ । यसैले, सात्विक सामग्रीको साथसाथै अग्नि तत्तवले अन्य निर्जीव वस्तुहरुको तुलनात्मक उच्च सात्विक खरानि उत्पादन गर्दछ त्यसैले पवित्र विभूति भनेर चिनिन्छ ।
  • यसले ईश्वरको विशिष्ट पक्ष (देवताको सिद्धान्त) समावेश गर्दछ जुन SSRF को धूपमा प्रयोग गरिएको विशेष सुगन्धले आकर्षित गर्दछ । त्यसकारण यो खरानी संकलन र भण्डार गर्न उत्तम हुन्छ ।

लेखहरुको सन्दर्भ लिनुहोस् :

  • आध्यात्मिक उपचार गर्नको लागि SSRF को धूपको विशेषता के हो?
  • आध्यात्मिक उपचारको सिद्धान्तहरू

२. SSRF को धूपबाट पवित्र खरानी (विभूति) कसरी बनाउने तथा संकलन गर्ने ?

पवित्र खरानी बनाउन तपार्इलाई आवश्यकता पर्दछ:

  • एउटा SSRF को धूप
  • एउटा धूप राख्ने भाडा
  • पवित्र खरानी संकलन गर्न थाल
  • माचिस

अधिकतम लाभ प्राप्त गर्नको लागी सम्पूर्ण प्रक्रिया गर्ने समेय अत्यधिक श्रद्धको साथ गर्नुहोस् किनकि तपाई आध्यात्मिक उपचारमा सहयोग पुर्याउनको लागि परमेश्वरको एक विशिष्ट पक्षलार्इ आवहान गर्नुहुन्छ । कार्य, विचार र मनोवृत्ति यस्तो बनाउनुहोस् कि वास्तवमा तपार्इले ईश्वरको उपस्थिति अनुभव गर्नसकोस् ।

  • प्रार्थना गरेर सुरु गर्नुहोस् कि SSRF को धूपको विशेष सुगन्धले आकर्षण गरेको र्इश्वरको विशेष तत्तव अधिकतम क्षमतामा प्रप्त गर्नसकोस् ।
  • बक्साबाट एउटा SSRF को धूप लिनुहोस् र माचिसको सहायताले धूपलार्इ जलाउनुहोस् ।
  • त्यसपछि जलेको धूपलार्इ, धूप जलाउने भाडामा राख्नुहोस् ।
  • सामान्य एउटा SSRF को धूप पर्णरुपमा जल्नको लागि ४०-४५ मिनेट लाग्दछ ।
  • धूप जलिसके पछि, पवित्र खरानी (विभूति) लाई तपाईको दाहिने हातले जति सक्दो छिटो भविष्यमा प्रयोग गर्नको लागि सफा भाडामा जम्मा गर्नुहोस् ।