१. कुदृष्टि लाग्ने– एक प्रस्तावना

विश्वको धेरै संस्कृतिहरुमा यस्तो विश्वास गरिन्छ कि, हाम्रो विचार मार्फत अथवा ईर्ष्यायुक्त दृष्टि धारणाबाट कुनै पनि व्यक्ति कुनै अन्य व्यक्तिलार्इ रोग, चोट अथवा यहाँसम्म कि मृत्यको रूपमा पनि हानि पुराउन सक्छ । हुनत यो घटनालार्इ विभिन्न प्रकारले व्यक्त गरिन्छ; तर हामी यो लेखमा यसको लागि ‘‘कुदृष्टि’’ शब्द प्रयोग गर्नेछौं ।

कुदृष्टि लेखको श्रृंकलामा हामी हेर्नेछौं कुदृष्टि के हो, हामी कसरी प्रभावित हुन सक्छौं, यदि हामी कृद्दष्टिबाट प्रभावित भयो भने त्यसको लक्षणहरु के हुन्छन् एवं त्यसलार्इ हटाउनको लागि हामी, के गर्न सक्छौं ।

२. कुदृष्टि के हो ?

कुनै अन्य व्यक्ति द्वारा संक्रमित रज-तम तरङ्गले पीडित हुने प्रक्रियालार्इ कुदृष्टि (नराम्रो नजर लाग्ने) शब्दले जानिन्छ । अन्य कुनै व्यक्ति जानाजानी अथवा अनजानमा हामीलार्इ कुदृष्टि (नराम्रो नजर) ले पीडित गर्न सक्छ ।

आजको प्रतिस्पर्धी एवं भौतिकतावादी संसारमा ज्यादातर व्यक्ति ईर्ष्या, द्वेष, प्रसिद्धिको तीव्र तृष्णा आदि जस्ता स्वभाव दोष ले ग्रस्त हुन्छन् । उसको दुर्गुणहरुबाट उत्पन्न रज-तम तरङ्ग हामीमा आध्यात्मिक रूपले कष्टदायक प्रभाव पर्दछ । यस प्रभावलार्इ कुदृष्टि लाग्नु भनिन्छ । अनिष्ट शक्ति (भूत, प्रेत राक्षस) द्वारा आविष्ट अथवा प्रभावित हुनु पनि एक प्रकारले कुदृष्टि लाग्नु नै हो ।

हुनत धेरै व्यक्तिहरु अन्धविश्‍वास सम्झन्छन् तथा यस्तो मान्छन् कि यस्ता घटनाका कुनै तार्किक दावी छैनन्; तर उनी यो बुझ्दैन कि आध्यात्मिक आयामको धेरै पक्षहरु हामीमा सीधा प्रभाव पार्न सक्छ । कुदृष्टिको प्रभाव दूर गर्नको लागि विभिन्न पद्धति एवं धार्मिक विधि मा हामीले शोध गरेकाछौं । यस शोधबाट हामीले जान्न सक्यौं कि जुन व्यकतिले यो धार्मीक विधि गर्यो, उसलार्इ आफ्नो समस्याहरुबाट तत्काल छुट्कारा पायो । यी समस्याहरुका निवारण परम्परागत पद्धतिले (conventional means) हुनसकेको थिएन ।

३. कसलार्इ कुदृष्टि लग्न सक्छ ?

कुदृष्टि कसैलार्इ पनि लाग्न सक्छ । यो कुनै व्यक्ति, प्राणी, वनस्पति अथवा निर्जीव पदार्थ पनि हुन् सक्छ ।

४. कुदृष्टि कसरी लाग्छ ?

हाम्रो साधिका कु. प्रियांका लोटलीकर छैटौं इंद्रिय ले युक्त, सूक्ष्म ज्ञानमा आधारित, तल दिएको चित्र बानाएकी हुन् । जसमा कुदृष्टि लाग्दाको सूक्ष्म-प्रभाव दर्शायाएको छ । यो एउटा व्यक्तिले अर्को व्यक्तिलार्इ कुदृष्टि लगाउँदाको सूक्ष्म-प्रक्रिया दर्शाउँछ । 

कुनै व्यक्तिको इच्छाले संचारित तरङ्ग अर्को व्यक्ति तर्फ प्रक्षेपित हुन्छ, यसले अर्को व्यक्तिलार्इ कुदृष्टि लाग्दछ । सूक्ष्मज्ञानमा आधारित यो चित्रमा हामी देख्न सक्छौं कि, जुन शक्ति अन्य व्यक्तितर्फ प्रवाहित हुन्छ ती रज-तम प्रधान हुन्छन् तथा त्यस व्यक्तिको स्थूलदेह, प्राणदेह, मनोदेह एवं कारणदेह मा आक्रमण गर्दछ । यसले व्यक्तिको चारै तर्फ सूक्ष्म कष्टदायक आवरण निर्माण हुन्छ, फलस्वरुप उनलार्इ कष्ट अनुभव हुन्छ ।

निम्न बुँदाहरुमा हामीले कुदृष्टिका ट्रिगरहरु (triggers) उल्लेख गरेका छौं ।

४.१ इच्छा द्वारा  उत्पन्न विचारको माध्यमबाट

कहिलेकाहीं जब कोही कुनै स्वस्थ शिुशु हँसिलो देख्छ भने अनजानमा मनमा इच्छा सम्बन्धि विचार आउछ । यो विचार रज-तम प्रधान हुन्छ जसले शिशुमा तुरुन्तै दुष्प्रभाव पार्दछ किनभने उसको सूक्ष्म-देह अतिसम्वेदनशील हुन्छ ।

यसको अर्को उदाहरण हो, जब कुनै स्त्री उत्तेजक वस्त्र लगाउछ तब विपरीत लिङ्गको व्यक्तिको मनमा स्त्रीप्रति कुनै प्रकारको इच्छायुक्त विचार आउन सक्छ । जब यस्तो विचार मनमा निर्मित हुन्छ, तब त्यस व्यक्तिको मनमा आएको इच्छायुक्त विचारको कारण रज-तम वृद्धि हुन्छ, जसले स्त्रीलार्इ त प्रभावित पार्छ नै साथ वातावरणलार्इ पनि प्रभावित गर्छ ।

४.२ ईर्ष्यायुक्त विचारको माध्यमबाट

केही परिस्थितिमा कुनै व्यक्ति अथवा अनिष्ट शक्ति; अन्य व्यक्ति, प्राणी अथवा वस्तुका सम्बन्धमा अयोग्य विचार गर्दछ अथवा उन्नतिले गर्दा ईर्ष्या हुन्छ । यस्तो स्थितिमा उत्पन्न नकारात्मक तरङ्ग व्यक्ति, प्राणी अथवा वस्तुलार्इ प्रभावित गर्दछ ।

एउटा महिलाको अनुभव थियो, नृत्य प्रतिस्पर्धामा सम्मिलित भएर प्रथम आउदा उनी बिरामी भर्इन अनि केही दिन ओछयानमा रहिन । उनकी आमालो जब कुदृष्टि हटाने विधि गर्नुभयो तब उनी छिट्टै स्वस्थ भईन । उनी प्रथम आएको हुनाले अर्को प्रतिस्पर्धिको ईर्ष्यात्मक विचारले कुदृष्टि लाग्यो परिणामस्वरूप उनी सिधै प्रभावित भईन ।

४.३ कालो जादू मार्फत

कालो यो शब्दको प्रयोग यस्तो विधि सन्दर्भमा गरिन्छ, जसले अर्को व्यक्तिलार्इ हानि पुर्याउने उद्देश्यले विशिष्ट मन्त्र एवं साधनको उपयोग गरिन्छ । समाजको केही व्यक्ति एवं केही उच्च अनिष्ट शक्ति कालो जादूको विधि गर्दछन् । प्राय: समाजको जो व्यक्ति अनिष्ट शक्तिले प्रभावित हुन्छ, ती व्यक्ति कालो जादू विधि गर्दछ ।

कालो जादू अतिरिक्त कुदृष्टिको अन्य प्रकारमा कुदृष्टि लगाउने व्यक्तिको उद्देश्यमा कुदृष्टिकको क्षमता ३० प्रतिशत सम्म निर्भर हुन्छ, तर यदि कुदृष्टि कालो जादूको माध्यमबाट लगाएको हो भने तब उद्देश्यको क्षमता ३० प्रतिशत भन्दा अधिक हुन्छ तथा त्यसको तीव्रता भयंकर हुन्छ ।

४.४ अनिष्ट शक्तिको माध्यमबाट

कालो शक्ति : अनिष्ट शक्ति द्वारा उपयोग गरिने प्राथमिक अस्त्र हो कालो शक्ति । कालो शक्ति, एक आध्यात्मिक शक्ति हो, जसले पृथ्वीमा हुने कुनै पनि घटनामा हेर-फेर गर्ने क्षमता हुन्छ । आक्रमण गर्ने अनिष्ट शक्ति कति शक्तिशाली छ, यसमा दुष्प्रभावको विस्तार निर्भर गर्छ ।

यस्तो व्यक्ति जो अनिष्ट शक्तिको कष्टबाट पीडित छ उनी अनिष्ट शक्ति द्वारा प्रक्षेपित कष्टदायक शक्तिले प्रभावित हुन्छ । यो पनि एक प्रकारले कुदृष्टि लाग्नु नै हो ।

साधक जो ईश्वरप्राप्तिको लागि समष्टि साधना गरिरहेका छन्, अनिष्ट शक्तिको कुदृष्टिमा प्रथम हुन्छ, किन कि उनी ईश्वरीय राज्य स्थापनाको उद्देश्यले कार्यरत हुन्छ तथा अनिष्ट शक्ति आसुरी राज्य स्थापित गर्नको लागि हुन्छ जसले साधकलार्इ कष्ट दिन सिकन्छ ।

आसुरी शक्तिको आक्रमण भए पनि  साधकलार्इ ईश्वरीय सुरक्षा प्राप्त हुन्छ एवं उनीद्वारा गरिने साधना  ले अनिष्ट शक्तिबाट हुने कष्ट तथा अवरोधमा विजय प्राप्त गर्न सक्ने सक्षम बनाउछ ।

४.५ कुदृष्टिको तीव्रता के मा निर्भर गर्छ ?

तल दिएको तालिकामा कुदृष्टिको विभिन्न स्रोत, त्यसको तीव्रता एवं आध्यात्मिक बल का तुलना गरिएका छन् ।

कुदृष्टिको स्रोत

कुदृष्टिको प्रभावको तीव्रता

प्रभावको तीव्रता के मा निर्भर छ

इच्छा एवं ईर्ष्यायुक्त विचार अत्यल्प कुदृष्टि लगाउने व्यक्तिको इच्छाशक्ति
कालोजादू अधिक कालोजादू गर्ने व्यक्तिको आध्यात्मिक क्षमता
अनिष्ट शक्तिहरु सर्वाधिक अनिष्ट शक्तिका आध्यात्मिक बल

५. कुदृष्टि लाग्दाको लक्षणहरु

कुदृष्टिबाट प्रभावित हुनुका केही लक्षणहरु निम्नानुसार छन् :

भौतिक समस्याहरु व्यसन, पुनः-पुनः रोगग्रस्त हुने, पुन: पुन: चर्मरोग हुने, तीव्र टाउको दुख्ने, , कान दुख्ने, आँखामा पीडा, स्मृतिहीनता, हात-खुट्टामा सम्वेदनहीनता, तीव्र हृदय गति, शरीरको तापक्रममा कमी एवं शक्तिहीनता अनुभव हुने
मानसिक समस्याएं निरन्तर मानसिक दबाव तथा निराशा, अत्यधिक भय, अरुको सन्दर्भमा अनावश्यक विचार तथा शङ्कामा वृद्धि
शैक्षिक समस्या मेहनत बावजुद परीक्षामा अनुतीर्ण हुने, तीव्र बुद्धि हुँदा पनि विस्मरण हुने
आर्थिक समस्याएं जागिर नमिल्ने, व्यापारमा असफलता, आर्थिक हानि अथवा ठगिनु
वैवाहिक एवं पारिवारिक समस्या विवाह नहुने वैवाहिक जीवनम असामंजस्य, सन्तान नहुने गर्भपात हुने, शिशुको पूर्ण विकास नहुने, शारीरिक एवं मानसिक रूपले असक्षम शिशुको जन्म हुने तथा अल्प आयुमा मृत्यु हुने

कुदृष्टि लाग्दाको लक्षणहरु एउटा आध्यात्मिक समस्या जस्तै हुन्छन् जसलार्इ हामी पितृदोष अर्थात पूर्वजको कारण हुने कष्ट भन्दछौं । हाम्रो समस्याहरुका मूल आध्यात्मिक कारण के हुन् , केवल आध्यात्मिक दृष्टिले उन्नत (जसको आध्यात्मिक स्तर ७० प्रतिशत भन्दा अधिक छ) व्यक्तिलार्इ मात्रा थाहा हुन्छ । अत: यदि माथि दिएका लक्षणहरु  देख्छन् भने, उत्तम यो हुन्छ कि ती दुवै समस्याहरु अर्थात कुदृष्टि लाग्ने एवं पितृदोष को उपचार गर्नुहोस् ।

६. वर्तमान समयमा कुदृष्टिपात

कलियुगको वर्तमानसमयमा प्राय: अधिकांश व्यक्ति साधना गर्दैन्न् फलस्वरूप उनमा तथा वातावरणमा तमोगुणको मात्रा अत्यधिक बढेर गएको छ  । व्यक्तिको मनमा लोभ, ईर्ष्या आदि का तीव्र संस्कार हुन्छ एवं धेरै व्यक्तिहरुमा भौतिक वस्तुहरुसँग गहिरो लगाव हुन्छन् । यस्ता प्रकारका विचारहरु इच्छारूपी प्रतिक्रियासँग संलग्न हुन्छन् । यो संस्कार एवं इच्छा आजको सामाजिक परिप्रेक्ष्यमा सर्वाधिक छ । यसबाट निर्मित तमोगुण प्रत्येक व्यक्तिलार्इ केही न केही प्रकारले प्रभावित गर्दछ । यसको तथा अनिष्ट शक्तिको गतिविधि अत्यधिक भएको कारण कुदृष्टि लग्ने घटना पनि आजको समयमा अधिक भएको छ ।

७. कुदृष्टि हटाउने पद्धतिहरु एवं कुदृष्टिबाट रक्षा गर्नको लागि साधनाको महत्त्व

कुदृष्टि  हटाउनको लागि अनेक पद्धतिहरु छन् जसमा यस्तो पदार्थलार्इ प्रयोगमा ल्याइन्छ जसमा अनिष्ट तरङ्गलार्इ अवशोषित गर्ने क्षमता हुन्छ । त्यसपछि ती पदार्थहरुलार्इ अग्नि अथवा जलमा विसर्जन गरि दिन्छ ।

हामी हाम्रो अन्य लेखहरुमा कुदृष्टि हटाउने पद्धतिहरुका सम्बन्धमा चर्चा गर्नेछौं एवं ती विधिहरुका विस्तृत जानकारी दिनेछौं ।

ती विधिहरु निम्नलिखित छन् :

यी पद्धतिहरु निश्चित नै कुदृष्टिबाट प्रभावित व्यक्तिलार्इ तुरुन्त राहत मिल्दछ । जब बिधि सकिन्छ तब प्रभावित व्यक्ति तथा बिध गर्ने व्यक्तिको चारै तर्फ सुरक्षा कबज नर्माण हुन्छ । कति लामो समयसम्म सुरक्षा कबज रहिरहन्छ यो दुवै व्यक्तिको भावमा निर्भर हुन्छ । अर्थात यो अस्थाई उपाय हो किन की राहत मिलेपछि पुन: व्यक्तिलार्इ कुदृष्टि लाग्न सक्छ ।

यो पनि महत्तवपूर्ण छ, बिधि गर्ने व्यक्ति, प्रत्येक अलग प्रभावित व्यक्तिलार्इ व्यक्तिगत बिधि गर्नुपर्छ । एकैसाथ दुर्इ अथवा दुर्द भन्दा ज्यादा प्रभावित व्यक्तिहरुलार्इ गर्दा एउटा व्यक्तिबाट निस्केको कालो शक्ति अर्को नजिकै बसेको व्यक्ति भित्र पस्न सक्छ ।

 नियमित छ: मूलभूत सिद्धादतिहरु अनुसार साधना गर्नाले वातावरणबाट ईश्‍वरीय चैतन्य प्राप्त गर्ने हाम्रो क्षमता धेरै गुना बढेर जान्छ । फलस्वरूप, हाम्रो चारैतफ एउटा सूक्ष्म सुरक्षाकवचको निर्माण हुन जान्छ जसले कुदृष्टिबाट हाम्रो रक्षा गर्दछ ।

टिप्पणी : कुदृष्टि लाग्ने विषयमा आध्यात्मिक वैज्ञानिक सिद्धान्त एवं कुदृष्टि हटाउने विषयमा एउटा ग्रन्थ छिटै प्रकाशित गरिनेछ ।