तपाईको घर आध्यात्मिक शुद्धि गर्न १० भन्दा अधिक बिधिहरु

विषयसूची

१. आध्यात्मिक तरिकाबाट घरको शुद्धि गर्नको लागि परिचय (वास्तु शुद्धि)

एउटा अध्यनले देखाउँछ कि हामी हाम्रो ९० प्रतिशत समय भित्र बिताउँछौं, जसको लगभग ७०% समय आफ्नो घरमा हुन्छ । २०२० र २०२१ को महामारीबाट भएको लकडाउनको कारण, समयको अनुपात यस्तो भएको छ कि हामीले आफ्नो घरमा अझ धेरै समय बिताउँनु पर्ने हुन सक्छ ।

हामी मध्ये धेरै मानिसहरुको लागी, हाम्रो घर यस संसारमा एउटा सानो ठाउँ हो जहाँ हामी आराम गर्न र आफ्नो मौलिक अवस्थामा हुन सक्छौं । हामी आफ्नो धेरै समय र प्रयास घरलाई आफुले चाहे जस्तै बनाउन चाहन्छौं । सामान्यतया, हाम्रो ध्यान हाम्रो घरको भौतिक आवश्यकताहरुमा हुन्छ र साथमा हामी यस्तो ठाउँको सिर्जना गर्दछौं जसबाट हामीलाई शारीरिक र मानसिक रुपमा आराम हुन्छ । हाम्रो घर हाम्रो व्यक्तित्व, स्वाद र जीवनशैलीको प्रतिबिम्ब हो ।

हामीले आफ्नो धेरै समय घरमा बिताउने हुदा, घरलाई हामीले कसरी राख्छौं त्यसले हामीलाई प्रभावित गर्दछ । हामी भौतिक पक्षहरुको बारेमा सचेत छौं कि त्यसले हामीलाई कसरी असर गर्दछ जस्तै सफासुग्घर राख्दा, अव्यवस्थित हुँदा, केहि बिग्रिएको/भाँचिएको/फूटेको हुँदा आदि । हामी त्यसलाई सच्याउने प्रयास गर्छौं । हामी कुनै पनि तनावको बारेमा हाम्रो अन्य परिवारको सदस्यहरुसँग सजग हुन्छौं र हामी यसको समाधान गर्नको लागि प्रयास गर्दछौं । तर हामी मध्ये धेरैजसो घरमा हुने कुनै पनि नकारात्मक स्पन्दनहरुबारे अनभिज्ञ छौं जसले हामीलाई आध्यात्मिक स्तर र त्यसपछि शारीरिक/मानसिक स्तरमा प्रतिकूल असर गर्छ । त्यसोभए हामी कसरी परिसर सफा गर्न सक्छौं जसले सकारात्मक स्पन्दनहरु सुनिश्चित गर्दछ ।

हामीले कसरी परिसरको सफाई गर्नु पर्छ जसले यो कुरा सुनिश्चित गर्दछ की त्यसले हाम्रो घरमा सकारात्मक स्पन्दन ल्याउदछ ?

१.१ वास्तु शुद्धीको अर्थ

वास्तु शास्त्र जस्तो प्राचीन विज्ञान (परिसर विज्ञान) ले मानिसहरुलाई परिसरमा कसरी सकारात्मक स्पन्दन आकार्षित गरि नकारात्मक स्पन्द कम गर्नको लागि मार्गदर्शन प्रदान गर्दछ । वास्तु शुद्धि यस्तो विज्ञानको एउटा हिस्सा हो जसले विशेष गरी आध्यात्मिक शुद्धि/परिसरको शुद्धीकरणको बारेमा ज्ञान दिन्छ ।

यो लेखले वास्तु शुद्धीको बारेमा जानकारी प्रदान गर्ने उद्देश्य राखेको छ जसले परिसरलाई आध्यातमिक रुपमा शुद्धि गर्न मद्दत गर्नेछ । यो प्राचीन संस्कृत शास्त्रमा आधारित छ र साथै परात्पर गुरु डॉ.जयंत आठवलेजीको मार्गदर्शनमा महर्षि अध्यात्म विश्व विद्यालय (जसलाई महर्षि आध्यात्मिक विश्वविद्यालय या MAV पनि भनिन्छ) द्वारा आयोजित आध्यात्मिक अनुसन्धानमा आधारित छ ।

२. मेरो घरमा नकारात्मक स्पन्द छ भनेर मलाई कसरी थाहा हुन्छ ?

के तपाईलाई थाहा छ कि घरमा प्रवेश गर्ने बित्तिकै सूक्ष्म स्पन्दनहरुलाई बुझ्न सम्भव हुन्छ ?

आजकल विश्वभरि आध्यात्मिक रूपमा अशुद्ध स्पन्दनहरुको सामान्य वृद्धि र नकारात्मक शक्तिहरुको बढ्दो गतिविधिले गर्दा अधिकांश घरहरुमा केही स्तरसम्म नकारात्मकता हुनेछ । त्यसैले सिफारिश गरीन्छ कि नियमित रूपमा घरबाट नकारात्मकता हटाउने उपाय गर्नुहोस् ।

प्रारम्भमा, हाम्रो आध्यात्मिक अनुसन्धानद्वारा थाहा पाएको छ कि नकारात्मक स्पन्दनहरु परिसरमा निर्माण हुने मुख्य कारण परिसर भन्दा पनि त्यहाँ बस्ने मानिसहरुको स्वभाव दोष र उनीहरुले कस्तो गतिविधिहरु गर्दछन् त्यसमा भरपर्छ ।

२.१ अत्यधिक स्वाभाव दोष र अहंले उच्च स्तरको नकारात्मक स्पन्दनहरु निम्त्याउँछ

परिसरमा मानिसहरुको स्वभाव दोषले नकारात्मक स्पन्दन फैलिन्छ

घरमा नकारात्मक स्पन्दनहरुको प्रमुख कारण त्यहाँ बस्ने मानिसहरुको स्वभाव दोषहरु हुन् । घरमा बस्ने मानिसहरुको तिव्र स्वभाव दोषहरु जस्तै क्रोध, लोभ, ईर्ष्या, बदला, आदि ले घरमा आध्यात्मिक रुपमा विषाक्त वातावरण सिर्जना हुन्छ । फलस्वरुप, नकारात्मक विचारहरुले परिसर भर्छ, घरमा नकारात्मकता बढाउँछ र सूक्ष्म जगतबाट नकारात्मक ऊर्जा आकर्षित गर्दछ ।

२.२ नियमित साधना (आध्यात्मिक अभ्यास) को प्रभाव वा साधनाको अभाव

एउटा तरिका जसले स्वाभावदोष परिवर्तन गर्न मद्दत गर्दछ त्यो हो नियमित साधना (आध्यात्मिक अभ्यास) जुन विश्वव्यापी सिद्धान्त अनुरुप हुनुपर्छ । नियमित साधनाले सकारात्मक उर्जा र भगवानको कृपा आकर्षित हुन्छ । दुर्भाग्यवश, अधिकांश मानिसहरु साधना गर्दैन्न् वा आफ्नो स्वाभावदोष र अहं घटाउनको लागि प्रयास गर्दैन्न् । तसर्थ प्राय: मानिसहरु जस्तो छन् त्यस्तै रहन्छन् र घरको वातावरणलाई बिगार्ने प्रवृत्ति राख्दछन् ।

२.३ परिसरको उपयोग

भारतको उच्च स्तरको सन्त आदि शंकराचार्य (८-९ शताब्दी ईसापूर्व) अनुसार धर्म त्यो हो जसले  : १. सामाजिक व्यवस्था उत्कृष्ट स्थितिमा राख्दछ २. प्रत्येक व्यक्तिको भौतिक उन्नतिमा सहायक गर्छ, अनि ३. आध्यात्मिक क्षेत्रको प्रगतिमा पनि सहायक हुन्छ । - श्री आदि शंकराचार्य

आध्यात्मिक अभ्यासको अर्को लाभ पनि छ, यसले मानिसको आध्यात्मिक शुद्धता या सात्विकता बढाउँछ । ‘राम्रोले राम्रै आकर्षित गर्दछ’ यो सिद्धान्त अनुसार सात्त्विक (आध्यात्मिक रुपमा शुद्ध) व्यक्तिले सात्विक कुराहरु छनौट गर्दछ र निर्णयहरु लिन्छन् जसले सात्विक परिणाम ल्याउँदछ । त्यस्ता मानिसहरुले परिसरलाई उचित रुपमा प्रयोग गर्ने प्रवृत्ति हुन्छन् । अधर्मी तरिकाले परिसरको प्रयोग गर्दा नकारात्मकताको आकर्षण बढ्छ ।

आध्यात्मिक वृद्धिसँग अर्को धेरै महत्त्वपूर्ण प्रक्रिया सुरु हुन्छ । व्यक्तिमा छैठौं इन्द्रिय जागृत हुन थाल्छ र नकारात्मक वा सकारात्मक स्पन्दन महसुस गर्न सक्छ । यो चरणमा पुगेपछि के बाट नकारात्मक स्पन्दन उत्सर्जन भइरहेको छ थाहा पाउन सकिन्छ र त्यसबाट टाढा रहन सकिन्छ । संक्षेपमा, व्यक्ति सात्विक या आध्यात्मिक रुपमा शुद्ध जीवन शैलीतर्फ आकर्षित हुन्छ ।

हामी औपचारिक रूपमा जीवन को यो अत्यन्त महत्वपूर्ण पक्ष बुझ्नको लागि शिक्षित छैनौ, जुन सात्त्विक जीवन जीउनु हो, हामी विशुद्ध रुपमा बौद्धिक जानकारी र सौन्दर्यशास्त्रको आधारमा बस्ने ठाउँको छनौट गर्दछौं ।

२.४ परिसरमा नकारात्मक स्पन्दनको केहि सामान्य संकेतहरु

माथि उल्लेखित बिन्दुहरु बाहेक, यो टिप्पणी गर्नको लागी महत्वपूर्ण छ कि त्यहाँ धेरै चीजहरु छन् (जसलाई घरमा राख्दा) निरन्तर नकारात्मक स्पन्दन प्रक्ष्यपित गर्ने स्रोत हुन सक्छ । यी मध्ये केहि चीजहरु तल सूचीबद्ध गरिएको छ ।

१. फोहोर र अस्वच्छता

२. अव्यवस्थित र घर सामानहरुले भरिएको / संगठनको कमी

३. भित्तामा भएको कलाकृति (कलाकृतिहरुले धेरै जसो नकारात्मक स्पन्दन उत्सर्जन गर्दछ)

४. घरमा कलाकृतिहरु राख्ने जसले नकारात्मक स्पन्दनलाई उत्सर्जन गर्दछ

५. फर्नीचरहरुलाई अनुचित स्थानमा राख्ने

६. च्यादर, पर्दा, वालपेपर आदिको डिजाइन र रंग

७. भित्ताहरुमा सात्विक रंग नलगाउने वा अधिक विपरीत रंगहरु लगाउने जस्तै सेतो भित्ता र कालो भुइँ ।

८. सात्विक डिजाइन वा रंग नभएको भुइँमा टाइल प्रयोग गर्ने

९. परिसरमा बजिरहेको संगीत र मनोरन्जन कार्यक्रमहरूको प्रकार (आवाजले परिसरमा बलियो प्रभाव पार्छ जुन सकारात्मक वा नकारात्मक हुन सक्छ)

१०. कुनै पनि प्रकारको मासु या अण्डा पकाउने (गन्धले घरको स्पन्दनलाई नकारात्मक बनाउँछ । यो सबै भन्दा छिटो तरीका हो जसले परिसर अशुद्ध हुन्छ ।)

भनिन्छ कि रोकथाम गर्नु उपचार भन्दा राम्रो हुन्छ । परिसरमा नकारात्मक स्पन्दनहरूलाई प्रवेश गर्नबाट रोक्नाले परिसरमा नकारात्मकताको निर्माण न्यूनीकरण गर्नमा सहयोग मिल्छ । माथि पढिसकेपछि, यो तुरुन्तै स्पष्ट नहुन सक्छ की कुन वस्तुहरुले नकारात्मक स्पन्दनलाई उत्पन्न गर्द्छ । हामीले केहि उदाहरणको एउटा स्लाइडशो राखेका छौं / घरको सजावटहरु जसले नकारात्मक स्पन्दन उत्सर्जन गर्छ र जसबाट हामी आफै जोगिनु पर्छ ।

३. आध्यात्मिक सफाई या शुद्धिकरणको प्रविधि (वास्तु शुद्धि)

आध्यात्मिक अनुसन्धानको माध्यमबाट, हामीले केही प्रविधिहरू पहिचान गरेका छौं जसले विभिन्न वस्तुहरू र ध्वनिहरूको प्रयोग गरेर परिसरलाई आध्यात्मिक रूपमा सफा गर्न मद्दत गर्दछ । यी सरल तर शक्तिशाली उपकरणहरू हुन् जुन सबैले प्रयोग गर्न सक्छन् । हामी सुझाव दिन्छौं कि यी प्रविधिहरु नियमित रुपमा आफ्नो घरको परिसर शुद्ध गर्नको लागि सबैले प्रयोग गर्नुहोस् । यदि कसैले साधना (आध्यात्मिक अभ्यास) गर्दैछ भने, तल दिईएको प्रविधिहरुले यो कुरा सुनिश्चित गर्छ कि साधनाद्वारा उत्पन्न बहुमूल्य ऊर्जा परिसरमा भएको नकारात्मकतासँग लड्न बर्बाद हुँदैन । हामीले तिनीहरुलाई मूलभूत पञ्चतत्त्व अनुसार अर्थात् पृथ्वी, जल, अग्नी, वायु र आकाश अनुसार समूहबद्ध गरेका छौं ।

३.१ मूलभूत जलतत्त्वसँग सम्बन्धित प्रविधिहरुलाई उपयोग गरेर घरको आध्यात्मिक सफाई

१. पवित्र जल घर वरपर छर्कने (पवित्र खरानी वा विभूति मिसाएको जल)
(मूलभूत जल र मूलभूत अग्नि सिद्धान्तहरुसँग सम्बन्धित)

आध्यात्मिक रुपमा आफ्नो घरको शुद्धि गर्न पवित्र जल छर्कनको लागि तुलसीको पातहरु उपयोग गर्नुहोस्

  • एउटा गिलास/कचौरा लिनुहोस् र त्यसमा एक चुटकी विभूति मिसाउनुहोस् ।
  • सुरक्षाको लागी प्रार्थना गर्नुहोस् ।
  • ईश्वरको नामजप गर्दै आफ्नो औँला वा तुलसी (पवित्र तुलसी) को पातहरुले घरको परिसर वरिपरि छर्कनुहोस् । पवित्र जल घरको कुनामा पुग्छ भन्ने कुरा सुनिश्चित गर्नुहोस् किनकि त्यहाँ नकारात्मकता जम्मा हुन सक्छ ।
  • पवित्र विभूति भएको पवित्र जल र कसरी पवित्र विभूति प्राप्त गर्ने यसको अधिक जानकारीको लागी लेख पवित्र विभूतिबाट पवित्र जल पढ्नुहोस ।

नकारात्मक ऊर्जा सामान्यतया घरको कुनामा जम्मा हुन्छ । कुनाहरुमा २ दिशाहरु मिल्दछ । यसले घर्षणको केहि मात्रा पैदा हुन्छ जुन आध्यात्मिक रूपबाट अशुद्ध या रज-तमको स्पन्दन सिर्जना हुन्छ । नकारात्मक ऊर्जाहरु यस आध्यात्मिक अशुद्धता तर्फ आकर्षित हुन्छन् । यो कारणले गर्दा यस लेखमा हामी विशेष गरी घरको कुनामा बिभिन्न आध्यात्मिक उपायहरु लागू गर्न सिफारिस गर्नेछौं ।

२. गोमुत्र (देशी गाईको मूत्र) पानीमा मिसाएर छर्कने

आफ्नो घरको आध्यात्मिक रुपमा शुद्धि गर्नको लागि पानीमा केहि थोप गोमुत्र प्रयोग गर्नुहोस्

माथि दिइएको चरणहरु पालन गर्न सक्छौं । तर पवित्र विभूति उपयोग गर्नुको सट्टा गोमुत्रको केहि थोपाहरु प्रयोग गर्नुहोस् । यसले एक शक्तिशाली आध्यात्मिक शुद्धिको प्रभाव दिन्छ ।

गोमुत्रबारे अधिक जानकारी यहाँ पाउन सकिन्छ – एउटा आध्यात्मिक उपचारको रुपमा गोमुत्र (गाईको मूत्र)

कृपया ध्यान दिनुहोस् कि गोमुत्र खाली देशी गाईबाट प्राप्त हुनुपर्छ । गाईको कुनै अन्य नस्लबाट प्राप्त मूत्रले आध्यात्मिक उपचारको प्रभाव देखाउँदैन ।

३.२ मुख्य रुपमा अग्नि सिद्धान्तसँग सम्बन्धित बिधिहरु उपयोग गरेर घरको आध्यात्मिक शुद्धि

१. घीउको या तिलको तेलको दियो बाल्ने

घीउको बत्ती एउटा समय परीक्षण तरीका हो जसले तपाईको घरमा सकारात्मकता आकर्षित र उत्सर्जन गर्न सक्छ

घीउ एउटा देशी गाईको दूधबाट बनेको मक्खन हो । घीउद्वारा बालिएको दियोले दिव्य चेतनालाई आकर्षित गर्दछ र वातावरणमा यसले सकारात्मक उर्जा उत्सर्जन गर्दछ । यसले वातावरणमा छिटो आध्यात्मिक शुद्धि हुन्छ । यसलाई दिनमा विशेषत: साँझ सूर्यास्तको समयमा बाल्न सकिन्छ । यदि घीउ  उपलब्ध छैन भने, तिलको तेलको प्रयोग गर्न सकिन्छ, यो पनि आध्यात्मिक रुपमा शुद्ध तेल हो ।

२. SSRF को अगरबत्ती बाल्ने

2. Lighting an SSRF incense stick

आफ्नो घरको परिधि वरिपरि जलाएको अगरबत्ती लगाउदा यसले नकारात्मकतालाई हटाउँछ

  • SSRF पसलमा उपलब्ध कुनै पनि सुगन्ध भएको SSRF अगरबत्ती लिनुहोस् ।
  • एउटै सुगन्धको २ या त्यो भन्दा बढी अगरबत्ती बाल्नुहोस् ।
  • सुरक्षाको लागी प्रार्थना गर्नुहोस् ।
  • ओम नमो भगवते वासुदेवाय नामजप (यो नामजप २०२५ सम्म प्रयोग गर्न सिफारिश गरिन्छ) गर्दै घरको चारैतिर जलाएको अगरबत्ती घुमाउनुहोस् ।
  • आफ्नो घरको वरिपरि जलाएको अगरबत्ती घडीको विपरीत दिशामा घुमाउन सक्छौं । घडीको विपरीत दिशामा घुमायौं भने ईश्वरको मारक तत्व सक्रिय हुन्छ । ईश्वरको मारक तत्वले नकारात्मक स्पन्दनहरुलाई समाप्त गर्दछ । मारक तत्त्व घडीको विपरीत दिशामा घुम्दछ । त्यसैले यदि हामीले यस तरीकाबाट आध्यात्मिक शुद्धिको अभ्यास गर्यौं भने, नकारात्मक स्पन्दनहरु धेरै हदसम्म नष्ट हुन्छन् ।
  • घरको कुनामा जलेको अगरबत्ती २-३ पटक घुमाउन महत्वपूर्ण छ ।
  • घरको वरिपरि अगरबत्ती घुमाइ सकेपछि, अगरबत्तीलाई घरको मन्दिर नजिकै, बैठक कोठा या घरको कुनै पनि ठाउँ जहाँ तपाईलाई शुद्धिको आवश्यकता छ जस्तो लाग्छ त्यहाँ लगेर राख्न सक्नु हुन्छ ।

अधिक जानकारीको लागी, हाम्रो लेख पढ्नुहोस् :

अधिकतम लाभको लागी SSRF धूपको सर्वश्रेष्ठ उपयोग गर्नुहोस

 जलाएपछि SSRF को धूपलाई कसरी प्रयोग गर्ने

हामीले SSRF को अगरबत्ती उपयोग गर्न सिफारिश गरेका छौं किनभने यो परात्पर गुरु डा. आठवलेज्यूको संकल्पबाट बनाएको हो । परात्पर गुरुको आध्यात्मिक स्तर ९०% भन्दा माथि हुन्छ । व्यावसायिक रूपमा उपलब्ध अगरबत्तीमा परिसरको आध्यात्मिक शुद्धिको लागी आवश्यक आध्यात्मिक शक्ति नहुन सक्छ ।

३. विभूति फुक्ने

यो मूलभूत अग्नि तत्वहरु र मूलभूत वायु तत्वहरुसँग सम्बन्धित छ ।

Blowing Holy Ash

विभूति फुक्नाले नकारात्मकता हटदछ

  • तपाईको हत्केलामा केहि विभूति लिनुहोस् ।
  • सुरक्षाको लागी प्रार्थना गर्नुहोस् ।
  • ओम नमो भगवते वासुदेवाय यो नामजप गर्दै परिसरमा विभूति फुक्नुहोस् । दिशा निकास तिर हुनुपर्छ ।

अधिक जानकारीको लागी हाम्रो लेख पढ्नुहोस्

SSRF को अगरबत्तीको विभूति फुक्उपचारको उपाय

४. धूपबाट शुद्धिकरण

मूलभूत पृथ्वी तत्व र मूलभूत अग्नि तत्वसँग सम्बन्धित छ ।

धुपको धुवाँ र सुगन्धले आध्यात्मिक शुद्धिको रूपमा कार्य गर्दछ

  • एउटा SSRF को धूप लिनुहोस्, यसलाई बालनुहोस्, यसलाई कुनै धारकमा राखेर त्यसलाई एउटा थालमा राख्नुहोस् ।
  • सुरक्षाको लागी प्रार्थना गर्नुहोस् ।
  • ओम नमो भगवते वासुदेवय नामजप गर्दै यसलाई घरको वरिपरि लानुहोस । धुवाँ र यसको सुगन्धले आध्यात्मिक उपचारको प्रर्भाव उत्पन्न गर्ने भएकोले धुवाँ वातावरणमा फैलिएको सुनिश्चित गर्नुहोस् । माथि उल्लेखित SSRF को अगरबत्तीको उपाय विधि जस्तै धूपलाई परिसरको वरिपरि घडीको विपरीत दिशामा लौजान सक्छौं ।
  • घरको वरिपरि धूप घुमाइ सकेपछि, धूपलाई घरको मन्दिर नजिकै, बैठक कोठा या घरको कुनै पनि ठाउँ जहाँ तपाईलाई शुद्धिको आवश्यकता छ जस्तो लाग्छ त्यहाँ लगेर राख्न सक्नु हुन्छ ।

आध्यात्मिक विज्ञान अनुसार, वातावरणमा वायुको रूपमा केहि सकारात्मक ऊर्जाहरु अवस्थित हुन्छन् । जब धूप जलाइन्छ, यी सकारात्मक ऊर्जाहरु धूपको आध्यात्मिक शुद्ध सुगन्धतर्फ आकर्षित भएर परिसरमा प्रवेश गर्दछन्, यसरी शुद्ध हुन्छ । यसले परिसरमा नकारात्मक ऊर्जाहरुलाई हटाउनमा सहयोग गर्दछ ।

५. कपुर जलाउने

मूलभूत अग्नि तत्व र मूलभूत पृथ्वी तत्वसँग सम्बन्धित

(जब कपूर पाउडरको गन्ध लिन्छौं, यसले मूलभूत वायुतत्वको स्तरमा काम गर्दछ । जब कापूरलाई जलाइन्छ, यो मूलभूत अग्नि तत्व र मूलभूत पृथ्वी तत्वको स्तरमा संचालित हुन्छ ।)

कपूर जलाएर घरको वरिपरि लौजादा परिसरको आध्यात्मिक शुद्धि हुन्छ

  • कपुरको गन्धले भगवान शिव सिद्धान्तलाई आकर्षित गर्दछ । भगवान शिव ईश्वरको विनाशकारी सिद्धान्तसँग सम्बन्धित छ, जसले आध्यात्मिक शुद्धिमा मद्दत गर्दछ ।
  • कुनै पनि धातु या माटोको भाँडा लिनुहोस् र त्यसमा कपूरका टुक्राहरु राख्नुहोस् । कृपया ध्यान दिनुहोस् कि भाँडामा दाग आउनेछ, त्यसैले तदनुसार भाँडा छान्नुहोस् ।
  • भीमसेन कपूर उपयोग गर्नको लागी सिफारिश गरीन्छ (प्राकृतिक, शुद्ध कपूरको एउटा प्रकार) यो आध्यात्मिक रूपमा शुद्ध छ, त्यसैले यसले भगवान शिव सिद्धान्त अधिक मात्रामा आकर्षित गर्दछ ।
  • सुरक्षाको लागी प्रार्थना गर्नुहोस् ।
  • ओम नमो भगवते वासुदेवय नामजप गर्दै कपूरलाई बाल्नुहोस र परिसरको वरिपरि लौजानुहोस् । धुवाँ घरमा सबै ठाउँमा फैलियोस् । यसले परिसरलाई शुद्ध गर्न सहयोग गर्दछ । कपूर अत्यधिक ज्वलनशील हुन्छ त्यसैले यसलाई बाल्दा र घरको वरिपरि लैजाँदा सावधानीहरु अपनाउनुहोस् ।
  • कपूरलाई बाल्दा यसको गुणस्तर अनुसार कालो धुवाँ आउन सक्छ, त्यसैले यसलाई घर वरिपरि लग्दा कृपया आवश्यक सावधानीहरु लिनुहोस् ।
  • जलाएको कपूरलाई घडीको विपरीत दिशामा घरको वरिपरि लैजान सकिन्छ ।

६. अग्निहोत्रको अनुष्ठान गर्ने

अग्निहोत्र अनुष्ठानको धेरै फाइदाहरुन्, जसमध्ये एउटा हो जहाँ अग्निहोत्र गरिन्छ त्यहाँको वातावरणको शुद्धीकरण हुन्छ

 कृपया हाम्रो लेख पढ्नुहोस् : अग्निहोत्र कसरी गर्ने

७. देवताहरुको नामपट्टी लगाउने

देवताको नामहरुसँग ईश्वरीय ऊर्जा सम्बन्धित हुन्छ, जसले परिसरमा सकारात्मकता ल्याउँछ ।

देवताहरुको ऊर्जा आफ्नो नामसँग सम्बन्धित हुन्छ । विषेश दिशाहरुमा कोठा वरीपरि विशिष्ट अनुक्रममा उच्च स्तरको देवताको नाम पट्टी राख्नाले सूक्ष्म स्तरमा परिसरको रक्षा गर्न सहयोग गर्दछ । यसो गर्नाले, परिसर माथि र तल दिशाहरु सहित सबै दिशाहरुबाट सुरक्षित हुन्छ । विषेश दिशाहरुमा सम्बन्धित देवताको नाम पट्टी राख्नु पर्छ । नाम पट्टी भित्ताको त्यो ठाउँमा राख्न आवश्यक हुन्छ जहाँ भित्ता र छत मिल्दछन । यसो गर्दा एउटा सूक्ष्म सुरक्षात्मक छत बन्दछ  र परिसरको सुरक्षा गर्दछ । कृपया ध्यान दिनुहोस् कि केहि दिशाहरुको लागी एक भन्दा बढी देवताहरुको नाम पट्टी राख्ने सुझाव दिईन्छ । सबैलाई त्यही दिशामा राख्नु पर्छ ।

दिशा देवताको नाम पट्टी
उत्तर ||ॐ नमः शिवाय|| (भगवान शिव)
दक्षिण ||श्री गुरुदेव दत्त|| (भगवान दत्तात्रेय) र
||श्री गणेशाय नम:|| (भगवान गणेश)
पूर्व ||श्रीराम जय राम जय जय राम|| (भगवान श्रीराम)

||ॐ नमो भगवते वासुदेवाय|| (भगवान श्रीकृष्ण) र
||श्री हनुमते नम: || (भगवान हनुमान )

पश्चिम ||श्री दुर्गादेव्यै नम:|| (देवी दुर्गा)

३.३ मुख्यतः मूलभूत आकाश तत्वसँग सम्बन्धित प्रविधिको उपयोग गरेर घरको आध्यात्मिक शुद्धि

१. बक्सरुको माध्यमबाट आध्यात्मिक शुद्धि

बक्स उपचारले परिसरबाट नकारात्मकतालाई बाहिर निकाल्न निरपेक्ष ईश्वरीय सिद्धान्तको प्रयोग गर्दछ ।

  • सफा, खाली बक्स लिनुहोस् । कुनै पनि उचित आकारको बक्स प्रयोग गर्न सकिन्छ ।
  • तिनीहरूलाई कोठाको कुनामा राख्नुहोस् । एउटा बक्सको खाली भाग कोठातर्फ र अर्को भित्तातर्फ फर्केएर राख्नुहोस् । कोठाको चार कुनामा चारओटा बक्सहरुको खाली भाग केन्द्र फर्काएर पनि राख्न सकिन्छ ।
  • बक्सको खाली भागमा मूलभूत आकाश तत्व हुन्छ जसले आध्यात्मिक शुद्धिमा सहयोग गर्छ ।
  • बक्सलाई केहि घण्टाको लागी बाहिर घाममा राखेर शुद्ध गर्न सकिन्छ या बक्स भित्र जलेको SSRF को अगरबत्ती/धूप धुमाएर शुद्ध गर्न सकिन्छ ।

अधिक जानकारीको लागी हाम्रो लेख पढ्नुहोस्- आध्यात्मिक उपचार पद्धति । गत्ताको बक्सबाट उपचार  ।

२. परात्पर गुरु वा सर्वोच्च स्तरको सन्तहरुले गाउनु भएका भक्ति गीतहरु वा मागदर्शन अडियो लगाउने

सन्त भक्तराज महाराज (बाँया) परात्पर गुरु डा आठवले (दायाँ) जस्ता उच्च स्तरका सन्तहरूको आवाज ईश्वरीय चेतना (चैतन्य) ले भरिएको हुन्छ, जसले पूर्ण ईश्वरीय सिद्धान्तको स्तरमा परिसरलाई शुद्धि गर्दछ

    • सच्चा उच्च स्तरीय सन्तको आवाज ईश्वरीय चेतनाले भरिएको हुन्छ र यसबाट आउने स्पन्दनले तिव्र उपचारको प्रभाव उत्पन्न गर्दछ । उच्चतम स्तरको सन्त जस्तै परात्पर गुरुको आवाजले सबैभन्दा तिव्र उपचारको प्रभाव उत्पन्न गर्दछ ।
    • ध्वनि मूलभूत आकाश तत्वसँग (आकाश) सम्बन्धित हुन्छ, जुन सबैभन्दा शक्तिशाली ब्रह्माण्डीय तत्व हो । त्यसैले ध्वनिको माध्यमबाट आध्यात्मिक शुद्धि छिटो र प्रभावकारी हुन्छ ।
    • जब कुनै पनि भक्ति गीत उत्च-स्तरका सन्तहरुद्वारा लेखिन्छ, रचना गरिन्छ र गाइन्छ, तब त्यसबाट प्रक्षेपित हुने सकारात्मकता अपार हुन्छ ।
    • घरमा यस्तो अडियो क्लिप लगाउदा परिसरमा ईश्वरीय चेतना फैलाउन सहयोग मिल्छ र परिसरमा जम्मा भएको कुनै पनि कालो ऊर्जालाई यसले विघटित गर्दछ ।
    • आदर्श रूपमा, अडियोलाई उचित आवाजमा बजाउनु पर्छ । यदि यो सम्भव छैन भने यसलाई सानो आवाजमा बजाउदा पनि शुद्धि गर्न सहयोग गर्दछ । रातभरि यस्तो अडियो क्लिप बजाउदा यसले सकारात्मकताको निरन्तर स्रोत प्रदान गर्नमा सहयोग गर्दछ जसद्वारा आध्यात्मिक सुरक्षा प्रदान हुन्छ ।
    • हामी प्रति दिन कम्तीमा पनि केहि घण्टाको लागी अडियो बजाउनको लागी सिफारिश गर्दछौं । तर यसलाई रात र दिन बजाउन सकिन्छ ।

सन्त भक्तराज महाराजद्वारा गाउनु भएको भक्ति गीतहरुको अडियो डाउनलोड गर्नको लागी कृपया क्लिक गर्नुहोस् अडियो १, अडियो २, अडियो ३, अडियो ४, अडियो ५

परात्पर गुरु डा. आठवलेद्वारा आध्यात्मिक अभ्यास बारेमा मार्गदर्शनको अडियो डाउनलोड गर्नको लागी कृपया यहाँ क्लिक गर्नुहोस् ।

(कृपया केहि थप जानकारी हेर्नुहोस् र अडियो फाइलको बारेमा एउटा टिप्पणी – PDF डाउनलोड गर्नुहोस्)

तपाई सन्तको आवाजमा रेकर्ड गरिएको भगवानहरुको नामजप पनि बजाउन सक्नुहुन्छ । नामजप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

३. शंख बजाउने

शंखको आवाजले नकारात्मक ऊर्जाहरुलाई हटाईदिन्छ र सकारात्मकता प्राप्त गर्नको लागी परिसरलाई शुद्ध गरिदिन्छ ।

शंखको आवाजले वातावरणमा भएका नकारात्मक स्पन्दनहरुलाई नष्ट गर्ने क्षमता हुन्छ र वातावरणलाई आध्यात्मिक रुपमा शुद्ध बनाईदिन्छ । शंख ३ पटक बजाउँदा वातावरणमा भएका नकारात्मक ऊर्जाको गतिविधि कम हुन्छ र सुरक्षात्मक कवज निर्माण हुन्छ । वातावरण शुद्ध भएको कारण, परिसरमा बस्ने मानिसहरुले अधिक सकारात्मकता प्राप्त हुन्छ । साथै, परिसरमा साधना गर्ने साधकहरुले आफ्नो साधनाबाट अधिकतम आध्यात्मिक लाभ प्राप्त गर्न सक्षम हुन्छन् किन कि वातावरणमा भएको नकारात्मकतासँग लड्नको लागि साधनाबाट प्राप्त ऊर्जा नष्ट हुँदैन । बिहान नुहाएपछि र सूर्यास्तमा शंख बजाउन सकिन्छ ।

शंख फुकेको अडियो डाउनलोड गर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।

४. देवताहरुको चित्र र घरमा मन्दिर/वेदी राख्ने

घरमा एउटा वेदी या मन्दिर सकारात्मकताको निरन्तर स्रोत हुन्छ

  • घरमा मन्दिर हुँदा घरको सात्त्विकता  या आध्यात्मिक शुद्धतामा बढ्छ ।
  • यसले हाम्रो आध्यात्मिक अभ्यास बढाउनको लागि अनुस्मारकको रूपमा कार्य गर्दछ ।
  • तर हेरचाह र आधारभूत अनुष्ठान पूजा ( यसको सफाई, दीप र धूप जलाउने, फूलफूल चढाउने र देवताहरुको पूजा गर्ने समावेश हुन्छ) सुनिश्चित गर्न सावधानी अपनाउनु आवश्यक छ । कम्तिमा वेदीलाई दिनहुँ सफा गर्ने र दीप वा धूप बाली प्राथना/नमन गर्नुहोस् ।
  • धेरै देवी-देवताहरुको चित्रहरु अव्यवस्थित राख्न हुँदैन । अधिकतम ४-५ चित्र या प्रतीकहरु राख्नु पर्छ । शिष्यको आध्यात्मिक स्तरमा साधकहरूको हकमा, सामान्यतया, एउटा मात्र चित्र राखिन्छ र त्यो हो गुरुको ।

३.४ सात्त्विक वा आध्यात्मिक शुद्ध बिरुवाहरु

तुलसी सबैभन्दा आध्यात्मिक रुपमा शुद्ध बिरुवा हो र यसले सकारात्मकता उत्सर्जन गर्छ

  • पवित्र तुलसी सबैभन्दा सात्त्विक बिरुवा मध्ये एक हो ।
  • यसमा लगातार वातावरणमा सकारात्मकता फैलाउने क्षमता हुन्छ । जब यसलाई आध्यात्मिक भावसँग साधकले पानी हालेर यसको हेरचाह गरिन्छ भने यसले अझ बढी वातावरणमा सकारात्मकता फैलाउँछ ।

४. यदि हामीले नकारात्मक स्पन्दनहरु हटाएनौं भने के हुन्छ

जो व्यक्ति वास्तु शुद्धीसँग परिचित छैन्न् उनको लागि यसको महत्व र गम्भीरता बारे आश्चर्य लाग्न सक्छ । आध्यात्मिक अनुसन्धानले यो देखाएको छ कि यसको अभ्यास गरेन भने घरमा धेरै प्रतिकूल परिणामहरु देखिन सक्छ । यसको परिणाम आध्यात्मिक स्तरमा मात्रै नभएर हामीलाई  शारीरिक र मानसिक स्तरमा पनि असर गर्दछ । हामीले परिसरमा नकारात्मकताको कारण हुन सक्ने केही समस्याहरू तल सूचीबद्ध गरेका छौं । यो सूची तपाईलाई समस्याको प्रकार कस्तो हुन सक्छ भनेर अन्दाजा दिनको लागि हो र यो पूर्ण छैन ।

स्तर समस्या/बाधाहरु
शारीरिक थकान, अल्छीपना, शारीरिक रोगहरु,  खाना र पानीमा कम आध्यात्मिक ऊर्जा हुने र  नकारात्मक आभा, टाउकोमा भारीपन र टाउको दुखाई, अत्यधिक निद्रा लाग्ने, वाकवाकी, आर्थिक हानि, घरमा सामानहरु भाँचिने र उपकरणहरु काम नगर्ने, गतिविधिहरूमा अवरोधहरू आउने ।
मनोवैज्ञानिक चिढचिढपन, नकारात्मक विचार, स्पष्टताको कमी र बिचार गर्न नसक्ने, उत्साहको कमी, अत्यधिक यौन विचार, डिप्रेसन, पारिवारिक झगडा, अध्ययन गर्न या ध्यान दिन नसक्नु, अत्यधिक क्रोध, वातावरण लतको लागि अनुकूल हुनु ।
 

आध्यात्मिक

 

नकारात्मक ऊर्जाद्वारा आक्रमण, पूर्णिमा र औंसीको दिनहरूमा नकारात्मक प्रभावहरु बढनु, नकारात्मक ऊर्जाको उपस्थिति अनुभव गर्नु, नामजप र कुनै पनि प्रकारको साधनामा अवरोधहरू आउनु, सांसारिक जीवनको आसक्तिमा वृद्धि हुनु, आध्यात्मिक अभ्यास या कसैको आध्यात्मिक मार्गदर्शन या गुरुको बारेमा शंका उत्पन्न हुनु, गर्भवती महिलाहरु माथि हानिकारक प्रभाव पर्नु, अकाल मृत्युको सम्भावना बढेर जानु  ।

५. वास्तु शुध्दि गर्नुको फाइदा

नियमित रूपमा वास्तुशुद्धि गर्नु भनेको आध्यात्मिक रूपमा घर शुद्ध गर्नु हो र यसले घरमा सकारात्मकतालाई आउन अनुमति दिन्छ । यसबाट घरमा बस्ने सबैलाई शारीरिक, मानसिक र आध्यात्मिक स्तरमा लाभ हुन्छ । त्यहाँ कम अवरोध, कम रोग लाग्ने, मानिसहरू बढी उत्साह महसुस गर्छन्, परिवारका सदस्यहरु बिच सद्भाव बढ्नु र यी सबैको परिणामले समग्रमा राम्रो कल्याणको भावना दिन्छ । हाम्रो आध्यात्मिक अनुसन्धानले देखाएको छ कि जब घरका बासिन्दाहरूले वास्तुशुद्धिको साथ-साथै नियमित साधना गर्छन्, यसले परिसर र वरपरको माटो र पानीको आभालाई पनि सकारात्मक रूपमा असर गर्छ ।

Facebooktwitter