आध्यात्मिक उपचारको रूपमा गोमूत्र (गाईको मूत्र)

एसएसआरएफले शारीरिक र मनोवैज्ञानिक रोगहरूको उपचारको लागि आध्यात्मिक उपचारको साथ परम्परागत चिकित्सा उपचार जारी राख्ने सल्लाह दिन्छ ।

पाठकहरूलाई आफ्नो विवेक अनुसार कुनै पनि आध्यात्मिक उपचार अपनाउन सल्लाह दिइन्छ ।

१. गोमूत्रको परिचय

आयुर्वेदमा चिकित्साको लागि गोमूत्र सिफारिस गरिन्छ । एसएसआरएफमा, गोमूत्रको (देशी गाईको मूत्र) प्रयोग प्राय: आध्यात्मिक उपचारको रूपमा गरिन्छ र आश्चर्यजनक रूपमा सकारात्मक प्रभावहरु बारे हामी साक्षी रहेका छौं । यो लेखमा, हामी तपाईहरुसँग गोमूत्रको केही निषकर्षहरु, यसको कार्य विधि र कसरी आध्यात्मिक उपचारको रूपमा उपयोग गर्ने, यी सम्बन्धी जानकारी साझा गर्नेछौं ।

२. गोमूत्रको आध्यात्मिक गुणहरु र आध्यात्मिक उपचारको रूपमा लाभहरु

IOSR Journal of Pharmacy and Biological Sciences (IOSR-JPBS), ले गाईको मूत्रको प्रयोगशाला विश्लेषण प्रदान गर्दछ र यसले गाईको मूत्रमा नाइट्रोजन, सल्फर, फॉस्फेट, सोडियम, मैंगनीज, कार्बोलिक एसिड, आयरन, सिलिकॉन, क्लोरीन, मैग्नीशियम, मेलसी, साईट्रिक, टाइट्रिक, सक्सेनिक, कैल्सियम सॉल्ट, विटामिन ए, बी, सी, डी, ई, मिनरल्स, लैक्टोस, एन्जाइम्स, क्रेएटिनिन, हर्मोन र सुन अम्ल भएको देखाउँदछ ।

अतः के यो रासायनिक संरचना आध्यात्मिक उपचारको लागि एउटा राम बाण उपाय हो ? हाम्रो अनुसन्धानले दर्शाउँदछ कि वास्तवमा गोमूत्रको रासायनिक संरचना भन्दा पनि पर, एउटा अज्ञात घटक छ जसले गोमूत्रलार्इ आध्यात्मिक उपचार उपकरणको रुपमा विशेष बनाउँदछ । हामीले पायौं कि गोमूत्रको रासायनिक संरचना गोमूत्रको आध्यात्मिक उपचार गर्ने क्षमतासँग कुनै सम्बन्ध छैन ।

गोमूत्र निर्जीव वस्तु हो, तर पनि यसमा चैतन्य आकर्षित गर्ने क्षमता हुन्छ, जसको कारण यसको  सत्वगुणमा  वृद्धि हुन्छ त्यसकारण आध्यात्मिक उपचार सुगम हुन्छ । कसैको मनमा यो प्रश्न आउन सक्छ कि, कसरी देशी गाईको मूत्रमा यस्तो प्रकारको विशेष उपचारक क्षमता हुन्छ । जुन प्रकार जलको स्वाभाविक गुण स्वच्छ पार्ने र अग्निको दहन गर्ने हुन्छ, त्यसै गरि देशी गाई एकमात्र प्राणी हो, जसले ब्रह्माण्डमा विद्यमान सबै देवताको  तत्त्व आफुतर्फ आकर्षित गर्ने क्षमता हुन्छ । फलस्वरूप, गाईबाट प्राप्त कुनै पनि पदार्थ अथवा उपोत्पाद (by-products) जस्तै दूध, गोमूत्र, गोबरले यी स्पन्दनहरु। लिन्छन् र त्यसलाई सात्विक मानिन्छ । देशी गाईको मूत्रमा ब्रह्माण्डमा विद्यमान देवताको  तत्त्वलाई ५% सम्म आकर्षित गर्ने क्षमता हुन्छ ।

यो प्रतिशतलाई परिप्रेक्षमा राख्नको लागि :

  • आफ्नो पन्थ अनुसार देवताको नामजप गर्ने, यस साधनाबाट ब्रह्माण्डको सबै देवताहरुको तत्त्वहरु आफु तर्फ आकर्षित गर्ने र त्यसलाई ३०% सम्म बढाउने क्षमता हुन्छ ।
  • तर जब कुनै व्यक्ति, आफ्नो धर्म अनुसार अथवा कुलदेवीको नामजप गर्न थाल्दछ, शुरुवातमा उद्वारा   देवताहरुको तत्त्व आकर्षित गर्ने क्षमता नगण्य हुन्छ ।
  • व्यक्ति जसको आध्यात्मिक स्तर ५०% हुन्छ, उसले आफ्नो धर्म अनुसार अथवा कुलदेवताको नामजप गर्दा त्यस समय  ब्रह्माण्डमास्थित देवताको  सबै तत्त्वलाई ५% सम्म आकर्षित गर्न सक्षम हुन्छ ।

गोमूत्रको लाभ एवं आध्यात्मिक गुणको सम्बन्धमा विवरण निम्नलिखित छ –

  • आध्यात्मिक उपचारको लागि उपयोगमा आउने अन्य निर्जीव बस्तुहरुको अपेक्षा अधिक चैतन्य आकर्षित गर्ने क्षमता हुन्छ ।
उपचारको लागि प्रयुक्त वस्तु चैतन्यको प्रतिशत मात्रा
धार्मिक प्रतीक
विभूति
चमेलीको काठ
पवित्र जल (तीर्थ) (जल + विभूति)
अगरबत्ती अथवा सुगन्धित धूप
रंग
गोमूत्र
सन्तद्वारा दिनुभएको प्रसाद
९०% स्तर भन्दा माथिको सन्तको हस्तलेखन

चैतन्य एउटा संस्कृत शब्द हो जसको अर्थ हो ईश्वरीय चैतन्य । यो ईश्वरीय सिद्धान्तको सर्वज्ञ र सर्वशक्तिमान शक्ति हो । ईश्वरीय चैतन्य, मूल सूक्ष्म सत्त्वगुण भन्दा पनि अधिक सूक्ष्म र शक्तिशालि हुन्छ । त्यसैले जब ईश्वरीय चैतन्य समावेश गरिन्छ, तब वस्तुको सात्त्विकतामा वृद्धि हुन्छ ।

टिप्पणी : १ देखि १०० सम्मको मापन (Scale) हेर्ने हो भने, सामान्यतया कुनै पनि निर्जीव वस्तुमा ईश्वरीय चेतना ० (शून्य) हुन्छ र निर्जीव वस्तुमा अधिकतम ईश्वरीय चेतना ६ हुन्छ । यस प्रकारको अधिक्तम स्तर ९०% भन्दा अधिक आध्यात्मिक स्तर भएको सन्तको समाधि स्थलमा हुन्छ । कसलाई सन्त भनिन्छ यो लेख पढ्नुहोस् : ।

  • आध्यात्मिक उपचारको वस्तु र सम्बन्धीत पञ्चमहाभूत जसको माध्यमबाट कार्य गर्दछन् ।
उपचारको लागि प्रयुक्त वस्तु ब्रह्माण्डको मूलभूत तत्त्व, जसको माध्यमबाट यो कार्य हुन्छ
धार्मिक प्रतीक पृथ्वी
विभूति अग्नि
चमेलीको काठ वायु
पवित्र जल (तीर्थ) (जल+विभूति) आप + अग्नि
अगरबत्ती अथवा सुगन्धित धूप पृथ्वी
रंग रंगको अनुसार परिवर्तित हुन्छ
 गोमूत्र आप
सन्तद्वारा दिएको प्रसाद आप
९०% स्तर भन्दा माथिको सन्तको हस्तलेखन अग्नि

यो सबै निर्जीव वस्तुहरु केहि मात्रामा चैतन्य आकर्षित गर्दछन् तर केवल गोमूत्रमा मात्र यस्तो क्षमता हुन्छ जसमा ब्रह्माण्डको ५% देवता तत्त्वलाई आफुतर्फ आकर्षित गर्ने क्षमता हुन्छ ।

जब आध्यात्मिक स्तरबाट आक्रमण हुन्छ, अंततः अनिष्ट शक्तिहरु पञ्चमहाभूतको कुनै एक तत्त्वलाई प्रयोग गरेर भौतिक स्तरबाट उनीहरु आक्रमण अभिव्यक्ति गर्दछन् उदाहरणस्वरूप – छालामा रातो डाबर (skin rash) आउनु । जब सूक्ष्म आयामबाट पृथ्वीतत्त्व अथवा जलतत्त्वको माध्यमबाट हुने आक्रमणलाई प्रत्युत्तर दिने समयमा यदि गोमूत्र जस्तो आध्यात्मिक उपचार साधनको प्रयोग गर्यो भने ती सबैको लागि राम्रो हुन्छ । सूक्ष्मबाट भएको आक्रमणमा कुन पञ्चमहाभूत प्रयोग गरिएको छ यो साधारण व्यक्तिले बुझ्न सक्दैन र कुन उपायपद्धति प्रयोग गर्ने त्यसको लागि परीक्षण एवं त्रुटि पद्धती (ट्रायल एंड एरर मेथड) अपनाउनु पर्ने हुन्छ ।

  • ब्रह्माण्डमा गोमूत्रसँग सम्बन्धित देवता हो भगवान दत्तको सिद्धान्त । दिवंगत पूर्वजको कारण हुने समस्याबाट हाम्रो रक्षा गर्ने, यो दत्त तत्त्वको अन्य कार्यहरु मध्ये एउटा कार्य हो ।
  • प्रकट एवं अप्रकट शक्तिको सन्दर्भमा, गोमूत्रमा प्रकट शक्ति विशेषत धेरै हुन्छ । अनिष्ट शक्तिद्वारा प्रकट आध्यात्मिक शक्तिको उपयोग गरेर सूक्ष्म आयामबाट गरिएको आक्रमणलाई प्रत्युत्तर गर्न गोमूत्रको लाभ सबै भन्दा राम्रो हुन्छ ।

२.१ गोमूत्र को उपयोग कुन बेला गर्ने ?

सबै प्रकारको सूक्ष्म आक्रमणहरुको व्यापक प्रभावको आधारमा एसएसआरएफले सुझाव दिन्छ कि गोमूत्रको उपयोग, अधिल्लो अनुभागमा दिएको पद्धतिबाट कुनै पनि एउटा पद्धतिको साथ प्रतिदिन गर्न सकिन्छ । आध्यात्मिक उपचारको रूपमा प्रयोग गरिदा गोमूत्रको प्रभाव लगभग ६ घण्टासम्म रहन्छ ।

कुनै समस्याको मूलभूत कारण यदि आध्यात्मिक स्वरूपमा हुन्छ भने, जस्तै अनिष्ट शक्तिद्वारा छालामा रातो डाबर (rashes) आउने, तब गोमूत्रको अधिकतम प्रभाव देखिन्छ । यदि मूल कारण विशुद्ध रूपले शारीरिक हो भने तब गोमूत्रको प्रयोग पश्चात केवल थोरै सकारात्मक प्रभाव देखिन्छ ।

आध्यात्मिक उपचारको रूपमा गोमूत्रको सेवनले सम्भवत: एकमात्र हानि मानिसक स्तरमा हुन सक्छ । यो मूत्र हो यस तथ्यबाट कोही असहजता अनुभव गर्न सक्छ अथवा यसको गन्ध अथवा स्वादबाट पनि विचलित हुन सक्छ । तथापि, गोमूत्रको लाभ, यसको हानि भन्दा अधिक हुन्छ ।

३. गोमूत्रको उपयोग कसरी गर्ने ?

निम्नलिखित पद्धतिबाट गोमूत्रको उपयोग आध्यात्मिक उपचारको रूपमा गर्न सकिन्छ ।

प्रत्यक्ष प्रयोग :

  • शरीरको प्रभावित अंगमाथि गोमूत्र लगाउने । आध्यात्मिक उपचारको रूपमा गोमूत्र केहि मात्रामा पीउन पनि सुझाव दिईन्छ ।

जलमा घोलेर उपयोग गर्ने :

  • गोमूत्रको केहि थोपाहरू जलमा घोलेर घरको परिसरमा छर्कनाले त्यो ठाउँको आध्यात्मिक शुद्धी हुन्छ । यसको साथै थोरै गोमूत्र बाल्टिनमा भएको जलमा हालेर स्नान गर्न सक्छौं । स्नानको जलमा गोमूत्रको कार्यको क्रियाविधि सूक्ष्म-ज्ञानमा आधारित चित्र तल दिईएको छ । यो चित्र उच्च छैठौं इन्द्रियले युक्त स्पिरिच्युअल साइन्स रिसर्च फाऊंडेशन (एसएसआरएफ) को साधिका, श्रीमती योया वालेद्वारा बनाईएको हो र यसलाई परम पुज्य डा. जयंत आठवलेज्यूद्वारा जाँच गरिएको छ ।

आध्यात्मिक उपचारको रूपमा गोमूत्र (गाईको मूत्र)

 ४. आध्यात्मिक उपचारको लागि गोमूत्रको तैयारी

गाईको मूत्र आध्यात्मिक तवरमा सक्षम छ भनेर सुनिश्चित गर्न निम्न कुरालाई ध्यानमा राख्नु पर्दछ:-

  • गाईको प्रकार : जुन गाईबाट मूत्र एकत्रित गरिन्छ त्यो देशी गाई हुनु आवश्यक छ । यसको प्रमुख कारण हो नेपालको आध्यात्मिक शुद्धता र यहाँको वातावरण आध्यात्मिक प्रगतिको लागि पूरक छ । हाम्रो देशमा, स्वाभाविक रूपमा सबैलाई थाहा छ कि गाईमा देवता तत्त्व आकर्षित गर्ने क्षमता हुन्छ र गाईलाई श्रद्धाको साथ सम्मान गरिन्छ । अन्य देशहरुमा, गाईलाई मुख्यत: दूध प्रदान गर्ने साधनको रूपमा हेरिन्छ र जब गाईको दूध दिने क्षमता समाप्त हुन्छ तब उसको हत्या गरिन्छ । प्रतिकूल अथवा असात्विक पर्यावरणको साथ-साथ शताब्दी देखि भैरहेको दुर्व्यवहारको कारण अन्य देशहरुमा गाईको आध्यात्मिक सामर्थ्य न्यूनतम भएको छ, जसको कारण आध्यात्मिक दृष्टिले विदेशमा गाई अन्य कुनै प्राणी जस्तै हुन्छ ।
  • गाईको हेरविचार : गाईलाई शारीरिक, मानसिक र आध्यात्मिक स्तरमा कतिको राम्रो व्यवहार गरिन्छ त्यसमा गोमूत्रको आध्यात्मिक शक्ति निर्भर गर्दछ । उदाहरणको लागि, के सात्त्विक भोजन प्रदान गरिएको छ ? के गाई मानसिक स्तरमा प्रसन्न छ ?
  • गोमूत्रको जीवनकाल : रासायनिक संरचनाको दृष्टिकोणबाट गोमूत्रको जीवनकाल सामान्यतः छ महिनासम्म हुन्छ । तथापि, यसको आध्यात्मिक उपचारक गुण लगभग ५ वर्षसम्म रहन्छ ।