स्पिरिच्युअल सार्इन्स रिसर्च फाऊण्डेशनको सुझाव छ कि तपार्इ आफ्नो शरीरिक अनि मनोरोगहरुका उपचार परम्परागत चिकित्सा उपचारको साथ-साथै आध्यात्मिक उपचार गर्नुहोस् ।

पाठक आफ्नो विवेक उपयोग गरि आफ्नै जिम्मेवारीमा आध्यात्मिक उपचार पद्धति अपनाउनुहोस् ।

१. आध्यात्मिक उपचारको परिचय

‘आध्यात्मिक उपचार’, यो शब्दसँग अधिकांश व्यक्तिहरु परिचित छन् । अनेक व्यक्तिहरुका लागि यसका अनेक अर्थ छन् । प्रस्तुत लेखमा हामी ‘आध्यात्मिक उपचार’ शब्दको व्याख्या गर्नेछौं अनि यस अन्तर्गत उपचारहरुका आधारभूत सिद्धान्तहरुका विवेचना गर्नेछौं ।

यस लेखको मूल ध्येय एवं परिप्रेक्ष्य जीवनको उद्देश्य , मा आधारित छ, जसमा एउटा हो आध्यात्मिक प्रगति गर्नु । केवल शारीरिक स्तरमा मात्र अरुलार्इ सहायता नगरि प्रत्येकको आध्यात्मिक प्रगतिलार्इ पनि ध्यान दिने । आध्यात्मिक उपचार गर्ने समय व्यक्तिलार्इ आध्यात्मिक प्रगतिको लागि हामी जति धेरै सहायता गर्छौं, त्यतिनै जीवनको ध्येयबाट टाढा जाने सम्भावना घटेर जान्छ ।

जीवनको यो उच्चतम उद्देश्यलार्इ ध्यानमा राखेर आध्यात्मिक उपचार गर्नाले आध्यात्मिक उपचार गर्ने हाम्रो क्षमता कम हुने सम्भावना अल्प हुन्छन् ।

२. आध्यात्मिक उपचार के हो ?

SSRF सूक्ष्म-विश्व अथवा सूक्ष्म आयाम शब्दलार्इ त्यस विश्वको रूपमा परिभाषित गर्दछ कि जुन पञ्च-ज्ञानेन्द्रिय, मन अनि बुद्धिभन्दा परे छ । सूक्ष्म-विश्व देवदूत, भूत, स्वर्ग इत्यादि अदृश्य विश्वसँग सम्बन्धित छ, जसलार्इ केवल छैटौं इन्द्रियको माध्यमबाट नै अनुभव गर्न सकिन्छ ।

आध्यात्मिक अनुसन्धान द्वारा हामीलार्इ ज्ञान भयो कि मनुष्यको जीवनको ८०% समस्याहरुका मूल कारण आध्यात्मिक स्तरमा रहन्छन् । आध्यात्मिक विश्व हाम्रो जीवनलार्इ कुन प्रकारले प्रभावित गर्दछन्, यसको विविध अङ्गहरु हाम्रो समस्याहरुका आध्यात्मिक कारण, यस विभागमा गरिएको छ ।

जब समस्याहरुका मूल कारण आध्यात्मिक आयाममा हुन्छ, तब त्यसलार्इ लडन अथवा उपचार गर्नको लागि यस्तो पद्धतिहरुका उपयोग गर्नका लागि आवश्यकता हुन्छन् आध्यात्मिक रूपले समस्याको कारण भन्दा अधिक क्षमतावान । यसलार्इ आध्यात्मिक उपचार भनिन्छ । यसमा समस्याको समाधानको लागि आध्यात्मिक शक्तिको उपयोग गरिन्छ, जस्तै– अनिष्ट शक्तिको कारणबाट भइरहेको पिडा दूर गर्ने । अनिष्ट शक्तिको पिडा रहित व्यक्तिलार्इ जब आध्यात्मिक उपचार शक्ति मिल्दछ, तब उनी स्वभाविक रूपले अतिरिक्त सकारात्मक शक्तिबाट लाभान्वित हुन्छ ।

.१ बाह्य लक्षण अनि मूल कारणमा अन्तर

व्यक्तिमा बाह्य (देखार्इ दिने) लक्षण अनि मूल कारणमा विद्यमान अन्तर बुझ्न महत्त्वपूर्ण छ । यसलार्इ हामी एउटा उदाहरण द्वारा योग्य प्रकारले बुझ्न सक्छौं ।

अनिष्ट शक्ति : स्पिरिच्युअल साइन्स रिसर्च फाऊंडेशमा हामी ‘अनिष्ट शक्ति’ शब्द एक समूहवाचक संज्ञाको रूपमा प्रयोग गर्छौं जसमा आध्यात्मिक आयामको सर्व अस्तित्वधारी, ‘सामान्य भूत’ देखि लिएर उच्चतम स्तरको ‘मान्त्रिक’ सम्मिलित छन् जसको उद्देश्य मानव जातिलार्इ हानि पुराउनु हो । यदि सामान्य भूतको शक्ति १ देखि १० एकाइ (unit) मान्यौं भने मान्त्रिकको शक्ति एक अरब देखि लिएर लगभग असीम हुन सक्छ ।

जब जेन कोठामा थिएन, त्यस समय जनले जेनको कोठाको भुर्इमा बाल्टिन भरीको पानी फ्याकि दियो । जेन फर्के पछि उनको प्रतिक्रिय उत्साहसाथ देख्नको लागि जन लुकेर बस्छ । कोठामा प्रवेश गरेपछि जेन पानी कहाँबाट आयो, यसको कारण पत्ता लगाउनको लागि आकाश-पाताल एक गर्छ, तर असहाय रहन्छ । त्यसपछि उनी भुर्इ पुछन आरम्भ गर्छ । जेनको दुविधा देखेर जन मन मनै उपहास भरेको स्मित हास्य गर्छ । अडचनको मूल कारण जो अरु केहि थिएन स्वयं जन थियो, यो तथ्यबाट जेनको अनभिज्ञतामा उनी प्रसन्न हुन्छ ।

यस प्रकारको एक उदाहरण हो, जसमा अनिष्ट शक्तिको आक्रमण (जनको रूपमा देख्यौं) जस्तै आध्यात्मिक कारणले जीवनमा हृदयरोग जस्तो समस्या (जस्तै माथिको उदाहरणमा भूर्इमा पानी थियो) निर्माण हुन्छ । हामीसँग छैटौं ज्ञानेन्द्रिय द्वारा अनिष्ट शक्ति देख्ने अथवा बुझ्ने दृष्टि नहुनाले, छातीमा भइरहेको वेदनाको कारण पता लागाउने हाम्रो प्रयत्न अपर्याप्त हुन्छन् । दुर्भाग्यले यो खोज केवल शारीरिक अथवा मानसिक स्तरसम्म मात्र सिमित रहन्छ ।

२.२ आध्यात्मिक उपचारले के ठीक गर्छ ?

माथिको उदाहरणको आधारमा अब हामी बुझ्न सक्छौं कि हृदयरोग आध्यात्मिक कारणले हुन सक्छ । आध्यात्मिक कारणले भएको रोग चिकित्सकीय अथवा शल्यकर्मको उपायले केवल आध्यात्मिक कारणबाट उत्पन्न हानि अल्प गर्न सक्छ । यस प्रकार ह्रदयरोगको चिकित्सकीय अथवा शल्यकर्म द्वारा उपचार गरि, चिकित्साशास्त्र अधिक भन्दा अधिक मात्र लक्षणहरु ठीक गर्न सक्छन्; तर पनि रोगको मूल कारण (अर्थात् अनिष्ट शक्ति) अझै पनि सक्रिय हुन्छ, ध्यान नदिएमा यो रोग पुनः उत्पन्न हुन्छ ।

आध्यात्मिक उपचार, समस्या पता लागाइ, आध्यात्मिक मूल कारणका समस्याहरु हटाउनु हो । हाम्रो पहिलाको उदाहरण बुझ्यौं भने, जन (अनिष्ट शक्ति) लार्इ पता लगाएर पानी (ह्रदयरोग उत्पन्न गर्ने) फ्याक्नुबाट रोक्नुनै उपाय हो । आध्यात्मिक उपचारको प्रयोग समस्या उत्पुन्न हुनुभन्दा पहिला पनि गर्न सकिन्छ ।

उच्चस्तरीय आध्यात्मिक उपचारले स्थूल स्तरमा भएको हानिकारक परिणाम सुधार्न सक्ने क्षमता हुन्छ । तर पनि अधिकांश प्रसङ्गमा स्थूल हानि अल्प गर्नको लागि स्थूल स्तरको उपाय (उदाहरणको लागि चिकित्सकीय उपचार) गर्नुनै उचित हुन्छ । किन कि आध्यात्मिक शक्ति अनमोल छ अनि स्थूल प्रयत्नको तुलनामा यसलार्इ प्राप्त गर्न अत्यन्त कठिन हुन्छ । आध्यात्मिक साधनाको उपयोग गरि कुनै रोगको उपचारको लागि अनमोल आध्यात्मिक शक्ति अत्यधिक मात्रामा व्यय गर्नु पर्छ । जबकि समान परिणाम हामी स्थूल स्तरमा अल्प श्रममा प्राप्त गर्न सक्छौं ।

यस कारणले स्पिरिच्युअल सार्इन्स रिसर्च फाऊण्डेशन (SSRF) समस्याको उपचार गर्नको लागि शक्तिको उचित स्तरमा उपयोग गर्नको लागि बल दिन्छ । उदा. यदि व्यक्तिको मूल आध्यात्मिक कारणले एक्जिमा (त्वचारोग) भएको छ भने त्यसलार्इ निम्नलिखित सबै तीन स्तरहरुमा ठीक गर्न आवश्यक हुन्छन् :

  • स्थूल स्तरमा औषधिले ठीक गर्ने
  • मानसिक स्तरमा – यदि एक्जिमा (त्वचारोग) को कारण निराशा आएको छ भने त्यसलार्इ ठीक गर्ने
  • आध्यात्मिक स्तरमा – आध्यात्मिक मूल कारणलार्इ आध्यात्मिक उपचारले ठीक गर्न आवश्यक हुन्छ ।