सुरुमा नै हाम्रो सुझाव छ कि तपार्इ विभिन्न प्रकारका आध्यात्मिक उपचारका सिद्धान्त स्पष्ट गर्ने लेख आध्यात्मिक उपचार पढ्नुहोस् ।

१. बक्स द्वारा आध्यात्मिक उपचार -प्रस्तावना

आध्यात्मिक उपचार गर्नको लागि एउटा साधारण गत्ताको बक्सा अविश्वासनीय साधन लग्दछ । तर र्इश्वरको कृपाले, SSRF ले आफ्नो आध्यात्मिक शोधमा यो आध्यात्मिक उपचार पद्धतिलार्इ खोज्यो, जुन नकारात्मक, कष्टदायक, सूक्ष्म शक्ति हाम्रो शरीरबाट निकाल्नको लागि अत्यन्त सरल तर अति प्रभावशाली साधन हो ।

आध्यात्मिक उपचारको आवश्यकता तब हुन्छ जब समस्याको कारणभूत घटक आध्यात्मिक आयामको हुन्छ, जस्तै अनिष्ट शक्ति (भूत, राक्षस, पिशाच आदि)आध्यात्मिक आयामले हाम्रो जीवनलार्इ कुन प्रकारले प्रभावित गर्छ ? त्यो खण्डमा विस्तारपूर्वक स्पष्ट गरिएको छ ।

२. बक्स मार्फत आध्यत्मिक उपचार के हो ?

२.१ SSRF द्वारा गत्ताको बक्सबाट आध्यात्मिक उपचार पद्धतिमा कसरी खोजियो ?

२००५ मा प.पू. डाक्टर आठवले ज्यू को ध्यानमा आउनुभयो कि उहाँको कक्षको खाली अलमारीहरु अनि दराजहरुबाट दिव्य सुगन्ध प्रक्षेपित हुन थालेको छ । प्रयोगको लागि उहाँले, SSRF  शोध केन्द्रको तीव्र आध्यात्मिक कष्टद्वारा पीडित एउटा साधकलार्इ खुल्ला राखेका यी विशिष्ट दराजहरु अनि अलमारी  अगाडि बस्नको लागि भनियो । तब यो ध्यानमा आयो कि यी खाली दराजहरु तथा अलमारीहरुले आध्यात्मिक उपचारको प्रक्रियालार्इ गति दियो अनि सम्बन्धित साधकलार्इ अनिष्ट शक्तिको तीव्र आध्यात्मिक कष्टबाट छुट्कारा मिल्यो ।

प.पू. डाक्टर आठवले आश्चर्यचकित हुनुहुन्थ्यो कि यो नवीन उपचार पद्धतिको प्रतिकृति (model) कसरी बनाउने, जसले  अन्यलार्इ पनि आध्यात्मिक स्तरमा लाभ होस्। त्यसैले यो उपचार पद्धति पछाडि आध्यात्मिक कारण के हो, यो जान्नको लागि आध्यात्मिक शोध आरम्भ भयो । तर प्रगत छैटौं इन्द्रिय बाट विरोधाभासी उत्तर मिल्यो कि, केही पनि होइन ! खाली दराजमा केही पनि हुदैन त्यो ठाउँ खाली अथवा शून्य हुन्छ । यो निर्वात (vacuum) स्थान शक्तिशाली परम शुद्ध आकाश तत्त्व सँग सम्बन्धित हुन्छ ।

ब्रह्माण्डको सबै तत्वहरु मध्ये, आकाश तत्व सूक्ष्मतम तथा सर्वाधिक शक्तिशाली हुन्छ । मनुष्य अर्थात (बद्ध) जीव मुख्यतः पृथ्वी तत्तव अनि जल तत्त्व तथा न्यूनतम आकाश तत्वले बनेको हुन्छ । त्यसैले जब आकाश तत्वको  सम्पर्कमा आउछ, तब आध्यात्मिक उपचारमा गति आउछ ।

२.२ प्रयोगको अर्को चरण

खालीमा आध्यात्मिक उपचारको क्षमता हुन्छ । यो सिद्धान्तलार्इ अपनाउदा, हामीले पायौं कि सहज रुपमा उपलब्ध खाली गत्ताको बक्सको उपयोगबाट आकाश तत्वको आध्यात्मिक उपचारको क्षमताको फार्इदा उठाउन सक्छ । एउटा अथवा एउटा भन्दा अधिक खाली बक्स आफ्नो नजिक राख्दा हामीलार्इ ज्ञात भयो कि यसले हामी भित्र भएको कालो शक्तिलार्इ तानेर निकाल्ने क्षमता हुन्छ । यो लेखमा अगाडि यस्ता केही घटकका उल्लेख गरेका छौं जसले प्रयोगको प्रभावकारिता निर्भर गर्छ ।

जब हामीलार्इ यो ज्ञान प्राप्त भयो तब हामीले खाली बक्स, आध्यात्मिक उपचार पद्धतिको लागि प्रयोग अनिष्ट शक्तिले पीडित एक स्त्रीमा गर्यौ अनि केवल ३० मिनटमा उनी स्वस्थ भर्इन, यो देखेर हामी आश्चर्यचकित भयौं । अनेक प्रयोग पश्चात जब गत्ताको खाली बक्स अनिष्ट शक्तिबाट प्रभावित अथवा आविष्ट (possessed) साधकमा सकारात्मक प्रभाव भएको देख्यौं, तब यो आध्यात्मिक उपचार पद्धति शीघ्र नै SSRF को एउटा मुख्य उपचार पद्धतिको रूपमा स्वीकार गरियो ।

३. बक्सबाट आध्यात्मिक उपचार कसरी गर्ने ?

३.१ बक्स–उपचार पद्धतिको लागि केआवश्यक छ ?

बक्सको संख्या: सामान्यतः उपचार गर्नको लागि १ देखि ४ बक्सा आवश्यकता हुनेछ तथा विशिष्ट प्रसङ्गमा हामीले १२ बक्साहरुका पनि उपयोग गर्यौं ।

बक्सको सामग्री: जब ठोस आकारको कुरा आउछ, तब वस्तु कुन पदार्थले बनेको छ, यो अत्यन्त महत्त्वपूर्ण हुन्छ । तर खाली आकारको विषयमा, बक्स कुन पदार्थले बनेको छ, यो महत्त्वपूर्ण हुँदैन । त्यसैले प.पू.डाक्टर आठवले ज्यूले हामीलार्इ सहजतासँग उपलब्ध हुने बक्सको उपयोग गर्नको लागि मार्गदर्शन गर्नुभयो । जबसम्म गत्ताको खाली बक्स स्वच्छ अनि सुव्यवस्थित हुन्छ, तबसम्म उपचारको लागि योग्य हुन्छ ।

खाली आकारको प्रकार:

त्रिकोण आकारको बक्स इच्छा शक्तिसँग सम्बन्धित हुन्छ । त्यसैले अनिष्ट शक्तिले आक्रमण गर्ने सम्भावना अधिक हुन्छ त्यसैले यसको उपयोग गर्ने सुझाव दिदैन ।

अ. सर्वसामान्य व्यक्तिको लागि वर्गाकार (square) अथवा आयाताकार (rectangular) बक्सको उपयोग गर्नको लागि सुझाव दिइन्छ । यसको स्पन्दन क्रिया शक्तिसँग सम्बन्धित हुन्छ ।

आ. गोलो आकारको बक्स ज्ञान शक्तिसँग सम्बन्धित हुन्छ अनि स्पन्दन सूक्ष्मतम अनि ईश्वरको निर्गुण स्वरूपसँग सम्बन्धित हुन्छ । केवल ५०% भन्दा अधिक आध्यात्मिक स्तरको व्यक्ति  गोलाकार डब्बाबाट उचित लाभ प्राप्त गर्न सक्छ ।

सम्बन्धित लेख आध्यात्मिक स्तर पढ्नुहोस् ।

३.२  बक्सको सहायताले आध्यात्मिक उपचार कसरी गर्नुपर्छ ?

प्रार्थना: सुरु गर्नु पहिला ईश्वरलार्इ भावपूर्ण प्रार्थना गर्नुहोस् कि यो खाली बक्समा जुन चैतन्य छ, त्यो जागृत भर्इ कुनै पनि प्रकारको अनिष्ट शक्ति होस् त्यसलार्इ खीची दिनुहोस् ।

धूप द्वारा शुद्धि: SSRF द्वारा निर्मित धूप जलाएर, त्यसलार्इ बक्समा घडीको (clockwise) दिशामा  घुमाउदा त्यहाँ ईश्वरीय तत्त्व जागृत हुन्छ अनि बक्सको पनि शुद्धि हुन्छ ।

बक्सको स्थान:

अ. चार बक्साहरुको खाली भाग भित्रतर्फ फर्काएर आफ्नो चारै तर्फ राख्नुहोस् ।

१. केवल त्यो साधक जसको छैटौं इन्द्रिय जागृत छ अथवा जो सँग सूक्ष्म–ज्ञान प्राप्त गर्ने क्षमता छ, त्यही व्यक्तिले मात्र भन्न सक्छ कि कष्टको तीव्रता अनुसार वास्तवमा कति बक्साहरु राख्नु आवश्यक पर्छ । उनी यो पनि भन्न सक्छ कि कुन तत्त्व (सगुण/निर्गुण) को लागि कुन प्रकारको बक्सको आवश्यकता पर्छ, बक्सको दिशा, शुद्धिको लागि कुन धूप बाल्नु पर्छ आदि ।

२. अन्य व्यक्ति माथि दएको जानकारी  बारेमा अधिक विचार नगरि बक्सको उपचार गर्न सक्छ । यो उपचारमा व्यक्तिलार्इ फार्इदा मिलनमा विलम्ब हुन सक्छ, तर फार्इदा हुन्छनै यो प्रति आश्वस्त रहनुहोस् ।

आ. बक्सलार्इ व्यक्तिदेखि ६ देखि १२ इन्चको दूरीमा राख्नुहोस् । गत्ताको बक्सको उपचारमा भाव को महत्व, यो विषयमा अधिक जानकारीको लागि, कृपया यो खण्डको अन्तमा दिएको सूत्र पढ्नुहोस् ।

इ. बक्सको खाली भागलार्इ भित्रतर्फ र अथवा बाहिरतर्फ गरेर राख्न सकिन्छ । जब बक्सको खाली भाग व्यक्तितर्फ हुन्छ, तब उपचार प्रकट अर्थात सगुण स्तरमा हुन्छ तथा जब बक्सको खाली भाग बाहिरतर्फ हुन्छ,तब उपचार अधिक अप्रकट अर्थात निर्गुण स्तरमा हुन्छ । सूक्ष्म अनिष्ट शक्तिको आक्रमण सगुण स्तरमा छ अथवा निर्गुण स्तर छ, त्यस अनुसार बक्स कसरी राख्ने निर्भर हुन्छ । यदि हामीलार्इ थाहा छैन कि उपचारको लागि त्यस समय सगुण अथवा निर्गुण कुन स्तर आवश्यक छ, तब हामी कुन स्तर अधिक प्रभावशाली छ, यो जान्नको लागि दुवै स्तरमा परिक्षण गरेर जान्न सक्छौं ।

ई. यो प्रभावशाली उपचार पद्धतिको लाभ उठाउनको लागि निम्न संयोजन (combination) देखाएका छन् ।

उ. तीव्र आध्यात्मिक कष्टमा, व्यक्ति सानो सलार्इ (match box) को खाली बक्स चक्रहरुमा लगाउन सक्छ । उदा. छातीमा वेदना हुँदा एउटा व्यक्तिले हृदय चक्रमा बक्स राख्दा ३० मिनेटमा उनी स्वस्थ भयो । कुनै पनि व्यक्ति यसको परिक्षण गरेर हेर्न सक्छ कि उनलार्इ निर्गुण अथवा सगुण बक्समा कुनले अधिक राम्रो लाग्दछ ।

निम्न चित्रहरुद्वारा हामीले विभिन्न प्रकारका बक्स कसरी राख्न सकिन्छ, इसको उदाहरण देखाएका छौं ।

नामजप अनि प्रार्थना: आध्यात्मिक उपचार गरिरहेको समय आफ्नो धर्म अनुसार नामजप गर्नुहोस् । कुनै पनि सूक्ष्म कालो कष्टदायक शक्ति हटाउनको लागि तथा उपचार अधिक प्रभावी बनाउनको लागि समय-समयमा प्रार्थना पनि गर्न सक्नुहुन्छ । तपार्इ आवश्यकता अनुसार उपचार जारी राख्न सक्नुहुन्छ ।

भावको महत्त्व: जब व्यक्तिमा भाव हुन्छ, तब उपचार अधिक प्रभावशील हुन्छ । बक्सको आकार, त्यसको दूरी, लम्बाई-चौडाई-गहिराई आदि त्यती महत्त्व हुदैन । कारण जुन व्यक्तिमा भाव हुन्छ उनलार्इ कुनै पनि बक्सले फार्इदा हुन्छ । जब आध्यात्मिक उपचार भावपूर्ण गरिन्छ, तब कुनै पनि बक्सको माध्यमबाट १५-३० मिनेट उपचार गरेपछि राहत मिल्दछ । अधिक जानकारीको लागि, कृपया हाम्रो लख भाव पढ्नुहोस् ।

४. कहिले यो उपचारको प्रयोग गर्ने ?

तल दिएका स्थितिमा जब हामीलार्इ कष्ट भर्इरहेका छन्, तब हामी कुनै पनि समय यो उपचार गर्न सक्छौं ।

  • थकान
  • तत्परतामा कमी
  • सोच्न नसक्ने
  • अत्यधिक विचार विशेषरूपमा नकारात्मक
  • रिस अथवा अन्य कुनै तीव्र भावना
  • तनाव
  • कुनै पनि प्रकारको शारीरिक कष्ट
  • चक्रहरु वरिपरि दुख्ने अथवा असुविधा

यस प्रकारका समस्याहरु हामीलार्इ शारीरिक, मानसिक अथवा आध्यात्मिक रूपले दुर्बल बनाउदछन् । अनिष्ट शक्ति यो स्थितिको फार्इदा उठार्इ हामीमा कालो आवरण अझै थपिदिन्छ । गत्ताको बक्सद्वारा उपचार आध्यात्मिक उपचार गर्नाले यी लक्षणहरु काम हुन्छन् अनि यो सुनिश्चित हुन्छ कि हाम्रो बहुमूल्य साधना यी आक्रमणहरुका प्रभाव समाप्त गर्नको लागि खर्च भर्इरहेको छैन । अनिष्ट शक्तिको प्रभाव कम गर्नको लागि हामी अन्य कुनै समयमा पनि हाम्रो चारैतर्फ बक्स राख्न सक्छौं । नामजप गर्ने समय, बसिरहेको समय, कम्प्युटरमा काम गरिरहेको समय, सुतेको समय आदि समयहरुमा बक्स राख्न सक्छौं ।