घरको आध्यात्मिक स्पन्दन एवं त्यसको प्रभाव

१. परिचय

हामी सबैको आफ्नो एउटा घर हुन्छ । हामी कस्तो प्रकारको घरमा रहन्छौं, यो हाम्रो जीवनशैलीमा निर्भर गर्दछन् । हामी कहाँ रहन्छौं, कसरी घर बनाउँछौं, कसरी राख्दछौं इत्यादि का आधारमा हाम्रो घर विविध आध्यात्मिक स्पन्दन प्रक्षेपित गर्दछन् ।

हाम्रो आध्यात्मिक अनुसन्धान देखाउछन् कि घरको आध्यात्मिक स्पन्दन सुधारर्नाले अनेक सकारात्मक प्रभाव पर्न सक्छन्, जस्तै – आर्थिक सुरक्षामा वृद्धि, घरमा रहनेहरुसँगको सम्बन्धमा सुधार आउने, अधिक आनन्द मिल्ने तथा घरमा जो साधना गर्छ उनको साधनामा आउने बाधा न्यून हुन जाने ।

यस लेखमा, हामी घरको आध्यात्मिक स्पन्दनलार्इ के ले प्रभावित गर्दछ, यस सन्दर्भमा जान्नेछौं ।

२. वास्तुको स्पन्दनको अध्ययन

आध्यात्मिक अनुसन्धमा, आध्यात्मिक विश्वको अध्ययनको महत्त्व दिएको छ । यस अध्ययनको माध्यमबाट हामी कुनै पनि अनुभवको वास्तविक कारण तथा प्रभाव बुझ्न प्रारम्भ गर्न सक्छौं । उदाहरणको लागि, आध्यात्मिक अनुसन्धानको माध्यमबाट हामीले बुझ्यौं कि वैवाहिक जीवनमा कलह हाम्रो पितृदोष (अतृप्त मृत पूर्वजबाट उत्पन्न समस्याहरु ) को कारण हुन सक्छ ।

ठीक यस प्रकार, आध्यात्मिक अनुसन्धान हामीलार्इ यो बुझ्नको लागि सहायक हुन सक्छ कि; किन कुनै घर सौभाग्य तथा सुखी ल्याउँदछन् जबकि कुनै घरमा रहनेहरुलार्इ कष्ट दिन्छन् । घरको आध्यात्मिक स्पन्दनहरुलार्इ अध्ययन गर्नु भन्दा पहिला वास्तुशास्त्रको केहि मूलभूत सिद्धान्त बुझौं, जुन अगाडीको खण्डमा दिएको छ ।

२.१  वास्तुशास्त्र के हो ?

परिभाषा : वास्तुशास्त्र एउटा वैदिक विज्ञान हो, जुन वास्तुमा निर्मित सुखद तथा कष्टदायक तरङ्गका भिन्ताहरुका विवेचन गर्दछन् ।

२.२ वास्तु के हो ?

वास्तु (परिसर) को अर्थ हो खुल्ला स्थान जुन चारैतर्फबाट पर्खालले घेरिएको हुन्छ, बाबजुद त्यहाँ छत होस् या नहोस् ।

यस प्रकार बनेको सबै रचनाहरुमा एउटा शक्तिको केन्द्र हुन्छ, जसलार्इ त्यस वास्तुको देवता पनि भनिन्छ । उनको कार्य हो त्यहाँ हुने राम्रो अथवा कष्टदायक घटनाहरुलार्इ शक्ति दिनु हो ।

२.३ वास्तुमा तरङ्ग

वास्तुमा निर्मित राम्रो अथवा कष्टदायक तरङ्गहरुका अन्तर बुझ्नको लागि, प्रथम यो बुझौं कि त्यसको निर्मिति कसरी हुन्छ ।

खाली वास्तुमा तीन प्रकारका तरङ्गहरु हुन्छन् :

  • पहिलो प्रकारको तरङ्ग त्यस भूखण्डबाट प्रक्षेपित हुन्छ, जस्मा घर बनेको छ । (कृपया सन्दर्भको लागि तल दिएको चित्र ‘अ’ हेर्नुहोस् ।)
  • दास्रो प्रकारमा ३६० तरङ्ग हुन्छ, जुन भूलोक समान्तर हुन्छ । यो तरङ्ग वास्तुमा गोलाकार शैलीमा घुमी रहन्छ ।
  • तेस्रो प्रकारमा विचारको तरङ्ग हुन्छ, जो वास्तुको निर्माण गर्दछन्, त्यहाँ रहने व्यक्तिहरु तथा जुन त्यहाँ आउने व्यक्तिहरुको कारण निर्मित हुन्छन् ।

घरको आध्यात्मिक स्पन्दन एवं त्यसको प्रभाव

यी तीनै प्रकारका तरङ्गहरु आपसमा टकराउछन् अनि परिणामस्वरूप वास्तुमा तरङ्गका कुल गति अस्थिर (अव्यवस्थत) हुन जान्छ । (कृपया सन्दर्भको लागि माथि दिएको चित्र ‘आ’ हेर्नुहोस् ।)

वास्तुशास्त्र यी अस्थिर (अव्यवस्थित) स्पन्दनका प्रभाव कसरी हटाउन सकिन्छ, यो बुझ्नमा हामीलार्इ सहायता गर्दछ ।

३. वास्तुमा स्पन्दनलार्इ प्रभावित गर्ने कारक

३.१  वास्तुशास्त्र अनुसार, वास्तुमा स्पन्दनलार्इ प्रभावित गर्ने कारक

वास्तुशास्त्र हामीलार्इ यस सन्दर्भमा विस्तारसँग परामर्श दिन्छ कि हामी वास्तुको निर्माण कुन प्रकार गर्ने जसले कष्ट टाल्न सकिन्छ तथा त्यहा आध्यात्मिक रूपले सकारात्मक स्पन्दन आकर्षित गर्न सकिन्छ । यसको मार्गदर्शनका केहि उदाहरण निम्नलिखित छन् :

३.१.१ भूखण्डको स्पन्दन
घरको आध्यात्मिक स्पन्दन एवं त्यसको प्रभाव

घरको लागि भूमि छान्ने समय, यो जाँच गर्न आवश्यक छ कि त्यो भूमि कुन प्रकारको स्पन्दन आकर्षित गर्दछ । उदाहरणको लागि :

  • चौकार अथवा आयताकार भूखण्ड सकारात्मक प्रभाव निर्मित गर्दछ जबकि अन्य आकारका भूखण्डका प्रभाव कष्टदायक हुन्छन् ।
  • जब उत्तरी तथा दक्षिण किनाराको दूरी पूर्व तथा पश्‍चिम किनाराको दूरी भन्दा अधिक हुन्छ तब त्यो भूमि अच्छे स्पन्दन प्रक्षेपित गर्दछ । यसको विपरीत रचना हुदाँ कष्ट नै हुन्छ ।
  • जब भूमिको आगाडीको भाग पछिको भाग भन्दा साघुरो छ, तब त्यो भूमिले मालिकलार्इ समृद्धि तथा मनसिक शान्ति प्रदान गर्दछ । जब भूमिको आगाडीको भाग पछिको भाग भन्दा अधिक चौडा छ, भने त्यो भूमि नकारात्मक स्पन्दन प्रदान गर्दछ जसले त्यस भूमिको मालिकलार्इ कष्ट हुन्छ ।
  • एउटा सानो भूखण्ड यदि दुर्इ ठूलो भूखण्ड बिच छ भने कष्ट हुन्छ, किन कि ठूलो भूखण्को तरङ्ग सानो भूखण्डलार्इ विशेष रूपले प्रभावित गर्दछ ।

यस बाहेक, उचार्इ तथा गहिरार्इ कसरी भूखण्डलार्इ प्रभावित गर्दछ, कुन प्रकारको परिवेश राम्रो अथवा कष्टदायक हुन्छ, नदी, ताल, पोखरी को रूपमा जलको उपस्थिति राम्रो हुन्छ अथवा हुँदैन, इत्यादि का सन्दर्भमा वास्तुशास्त्र विस्तृत वर्णन गर्दछ । उदाहरणको लागि चिहान अथवा श्मशान  नजिकै घर बनाउन हुँदैन । किनकि मृत व्यक्तिको सूक्ष्म-देह तथा अनिष्ट शक्तिहरु (भूत, प्रेत, राक्षस आदि) त्यस स्थानमा आउदछन् जसले कष्ट हुन सक्छ ।

३.१.२  वास्तविक वास्तुको स्पन्दन

वास्तुशास्त्र अनुसार, वास्तविक वास्तुको आध्यात्मिक स्पन्दन अनेक कारणहरुमा निर्भर गर्दछन् :

  • निर्माणको लागि उपयोग गरिने पदार्थ जस्तै – पत्थर तथा माटो सिमेन्ट भन्दा सकारात्मक तरङ्ग आकर्षित गर्ने क्षमता अधिक हुन्छ ।
  • मुख्य ढोका, भान्साघर, शौचालय इत्यादि का दिशा
  • वास्तुको उददेश्य जस्तै – घर, सपिङ्ग मल, महल, मन्दिर इत्यादिका लागि ।

३.१.३ दोषयुक्त वास्तुमा रहदा भएको कष्टको अनुभव

अनुचित रूपमा बनेको वास्तुको कारण त्यहाँ रहने व्यक्तिलार्इ विविध प्रकारको कष्ट हुन सक्छ :

  • शारीरिक रोग जस्तै पेटको समस्या, गठिया (rheumatism), पक्षाघात (paralysis) इत्यादि ।
  • मानसिक समस्याहरु, जस्तै चिन्ता, निराशा इत्यादि ।
  • गर्भस्थ शिशुमा नराम्रो प्रभाव पर्ने ।
  • यदि वास्तुमा कोठाहरुको संरचना गलत छन् भने विशिष्ट प्रकारको कष्ट हुन सक्छ ।

३.२  वास्तुको स्पन्दनलार्इ बढाउने कारक :

हामीले पहिलाको एउटा लेख आध्यात्मिक रूपले अनिष्ट शक्ति देखि घरको शुद्धि कसरी गर्ने,  मा दिएका छौं कि माथिका कारक पूरै वास्तुको स्पन्दनलार्इ कति मात्रामा प्रभावित गर्दछन् ।

घरको आध्यात्मिक स्पन्दन एवं त्यसको प्रभाव

यो विभाजनले स्पष्ट गर्दछ कि घर तथा भूखण्डको भौतिक गुणहरु भन्दा पनि अधिक घरमा रहने व्यक्तिहरु तथा तिनीहरुले के गर्दछन्, त्यसले वास्तुको स्पन्दन निर्धारित हुन्छ ।

३.३ वास्तुको तरङ्गहरुका आध्यात्मिक कारण

सामान्यतः वर्तमान समयमा वास्तु रज-तमप्रधान हुन्छ, त्यसैले त्यहाँ विद्यमान शक्तिको स्वरूप राक्षस समान हुन्छ, देवता समान हुँदैन ।

यसको अतिरिक्त, केहि वास्तु अनिष्ट शक्ति (भूत, प्रेत, राक्षस आदि) आकृष्ट गर्दछ । उदाहरणको लागि अस्पताल, पुलिस स्टेशन, जेल, जस्ता स्थान जहाँ गलत प्रकारको लेन-देन हुन्छ, त्यस्तो स्थान जहाँ कसैको हत्या गरेको हुन्छ, चिहान अथवा श्मशान  इत्यादिमा कष्टदायक तरङ्ग अनुभूत हुन्छ । किनकि त्यहाँको व्यक्ति दुखी अथवा नराम्रो प्रवृत्तिको हुन्छ ।

अध्यात्मको मूलभूत छः सिद्धान्त अनुसार नियमित साधना गर्ने तथा सत्त्वप्रधान जीवनशैली अपनाउनाले, वास्तुमा सकारात्मक तरङ्ग आकर्षित हुन सक्छ । यस विषयमा केहि व्यावहारिक सूत्रहरु अगाडिको लेखमा दिएको छ ।

४. सारांश – घरमा आध्यात्मिक स्पन्दन

वास्तुशास्त्र, सुखदायक घरको लागि भूमिको छनैट तथा भवन-निर्माणका लागि अत्यन्त लाभदायक सुझावहरु दिन्छन्; तथापि यो बुझ्न महत्त्वपूर्ण छ, घरमा रहने व्यक्तिहरुका स्वभाव तथा त्यहाँ हुने गतिविधिहरु यो निर्धारित गर्नमा अधिक महत्त्व राख्दछ कि हामी घरमा के अनुभव गर्दछौं ।