यो लेख पढ्नु भन्दा पहिला हाम्रो सुझाव छ कि तपार्इ निम्नलिखित लेखसँग परिचित हुनुहोस् :

१. प्रस्तावना

वास्तुमा आधारित हाम्रो पहिलाको लेखमा, पढ्यौं कि कसरी खाली स्थानमा तरङ्ग निर्मित हुन्छ, अनि कुन प्रकार त्यहाँको तरङ्ग छ, यो जानकारी दिन्छ त्यहाँको भौतिक विशेषता एवं त्यस वास्तुमा रहने व्यक्तिहरु कस्ता छन् ।

यो लेखमा हामी वास्तुको कष्टदायक स्पन्दन घटाउने तथा सकारात्मक स्पन्दन बढाउने उपायका सन्दर्भमा पढ्नेछौं । उदाहरणको लागि हामी मध्य अधिकांश व्यक्तिहरु अस्वच्छ वातावरणको तुलनामा स्वच्छ वातावरणमा अधिक राम्रोसँग काम गर्न सक्छन् । यहाँ अस्वच्छ वातावरणको तुलनामा स्वच्छ वातावरणको आध्यात्मिक स्पन्दनको अधिक सकारात्मक हुनुको प्रत्यक्ष परिणाम हो ।

यहाँ हामी घरमा सुखदायक तरङ्ग बढाउनको लागि अध्यात्मशास्त्र तथा वास्तुशास्त्रको सुझाव अनुसार केही व्यवहारिक सूत्र दिएकाछौं :

२.घरमा आध्यात्मिक स्पन्दन सुधारनको लागि व्यवहारिक सुझाव

२.१ नकारात्मक स्पन्दन आकर्षित गर्ने तमप्रधान गतिविधिबाट बच्नुहोस्

घरमा नकारात्मक स्पन्दन घटाउनको लागि केही सूत्र निम्नलिखित छन् :

  • अनिष्ट शक्ति आकृष्ट गर्ने धार्मिक विधि तथा खेलको प्रयोग नगर्नु राम्रो हुन्छ/अनिष्ट शक्ति आकृष्ट गर्ने धार्मिक क्रियाकलाप अथवा खेलबाट टाडा रहनु नै सर्वश्रेष्ठ हो । अधिक जानकारीको लागि कृपया लेख – अनिष्ट शक्ति अथवा आफ्नो मृत सम्बन्धिसँग कुनै माध्यम अथवा औजा बोर्ड ले सम्पर्क गर्ने, को सन्दर्भ लिनुहोस् ।
  • आध्यात्मिक रूपले यो लाभदायक हुन्छ कि घरमा धूम्रपान अथवा मद्यपान नगर्नुहोस् । अधिकांशतः धूम्रपान मृत पूर्वजको सूक्ष्म-देहको कारण गरिन्छ । यस कारण जब घरमा धूम्रपान गरिन्छ, तब आएर कालो शक्ति प्रसारित गर्न सक्छ । साथै धुवाँ रज-तमप्रधान हुन्छ अनि धुवाँले पूरै घरमा कालो शक्ति फैलार्इ दिन्छ । रक्सी (मदिरा) पनि रज-तमप्रधान हुन्छ अनि त्यसको सेवन घरमा गर्नाले उनी मृत पूर्वजको सूक्ष्म-देह तथा कालो शक्ति आकृष्ट गर्दछ । साथै, रक्सी स्वयं पनि कालो शक्तिलार्इ आकृष्ट गर्दछ तथा जहाँ त्यसलार्इ राखिन्छ,आध्यात्मिक रूपले त्यो स्थान पनि प्रदूषित हुन जान्छ । त्यसैले, हाम्रो सुझाव छ कि घरमा रक्सी नराख्नुहोस् । कृपया सन्दर्भको लागि हाम्रो लेख –विविध पेय पदार्थ को आध्यात्मिक शुद्धता पढ्नुहोस् ।
  • लाम्रो समयसम्म टेलिभिजन चालू नराख्नु सर्वाधिक राम्रो हुन्छ । किन कि टेलिभिजनले पूरै घरमा अनिष्ट शक्ति प्रसारित गर्दछ । जब टेलिभिजन बन्द छ तब स्क्रीनलार्इ कुनै सात्त्विक कपडाले ढक्न सक्छ । किन कि टेलिभिजन बन्द भए पनि स्क्रीन अनिष्ट स्पन्दन प्रक्षेपित गर्न सक्छ ।
  • वास्तुमा उच्च स्वरमा सङ्गीत नसुन्दा पनि वास्तुको शुद्धिमा सहायक हुन्छ । उच्च स्वरमा सङ्गीत, अनिष्ट शक्तिलार्इ आकृष्ट गरि पूरै वातावरणमा नकारात्मक ऊर्जा प्रसारित गर्दछ । यो स्पन्दन घरमा लामो समयसम्म रहन सक्छ ।
  • SSRF का सुझाव है कि घरमा अपशब्द अथवा अश्लाध्य (foul language) भाषाको प्रयोग कति पनि नगर्नुहोस् । यस प्रकारको भाषा अनिष्ट शक्ति आकृष्ट तथा प्रसारित गर्दछ किन कि यसको प्रयोग अधिकतर नकारात्मक अर्थमा नै गरिन्छ । व्यक्तिको विचार, उद्देश्य एवं शब्द पनि वातावरणलार्इ आध्यात्मिक रूपले प्रदूषित गर्दछ ।

२.२ घरमा सकारात्मकता सङ्ग्रहित गर्नुहोस्

घरमा अधिक सकारात्मकता आउनको लागि हामी निम्नलिखित केही सूत्र अपनाउन सक्छौं :

  • स्वच्छता तथा सुव्यवस्थित राख्ने : एउटा भनार्इ छ, “जहाँ स्वच्छता छ त्यहाँ ईश्वरको वास हुन्छ” अथवा “स्वच्छता पवित्रताको निकट हुन्छ ।” (Cleanliness is next to Godliness) स्वच्छता तथा सुव्यवस्थितता ईश्वरीय गुण हो । हाम्रो आफ्नो घर स्वच्छ राख्नु पर्छ किन कि अस्वच्छता रज-तम स्पन्दलार्इ आमन्त्रित गर्दछ ।
  • ढोका अनि झ्याल खुल्ला राख्ने – पंचतत्त्व मा ईश्वरीय चैतन्य हुन्छ । ती पृथ्वी, जल, अग्नि, वायु तथा आकाशको माध्यमबाट स्थूल रूपमा सक्रिय हुन्छ, जसलार्इ हामी आफ्नो चारै तर्फ देख्दछौं । ढोका अनि झ्याल खुल्ला राख्नाले पंचतत्त्वको माध्यमबाट आध्यात्मिक उपाय गर्दछ । त्यसैले जहाँ सम्म सम्भव हुन्छ, ढोका अनि झ्याल खुल्ला राख्नुहोस् ।
  • परिसरमा बोटबिरुवा लगाउने : जुन प्रकार भूमि अथवा वास्तु आध्यात्मिक स्पन्दन प्रक्षेपित गर्दछ, त्यसै प्रकार हाम्रो परिसरमा लगाएको बोटबिरुव पनि विभिन्न प्रकारका आध्यात्मिक स्पन्दन प्रक्षेपित गर्दछ । कुनै बोटबिरुवा अन्य बोटबिरुवाको तुलनामा अधिक सात्त्विक स्पन्दन प्रक्षेपित गर्दछ । त्यसैले ती सात्त्विक बोटबिरुवालार्इ रोप्नाले परिसर आध्यात्मिक स्तरमा शुद्ध हुन्छ । सात्त्विक बोटबिरुवाको केही उदाहरण हुन्, तुलसी, गोदावरी फूल (chrysanthemum), घण्टी फूल (hibiscus), केरा इत्यादि । जब सम्भव हुन्छ, यी सात्त्विक बिरुवालार्इ परिसर अथवा घर भित्र उदाहरणको लागि बैठक कोठा (living room) मा राख्नालो फार्इदाजनक हुन्छ ।
  • पूजाघर (Altar) पूर्व-पश्चिम दिशामा हुने : यदि कसैको घरमा पूजाघर छ भने पूर्व-पश्चिम दिशामा राख्नु सर्वाधिक उचित हुन्छ । सूर्यबाट ईश्वरीय तरङ्ग प्रक्षेपित हुन्छ अनि प्रतिदिन आकाश हुँदै जान्छ । यदि पूजाघर पूर्व-पश्चिम दिशामा छ भने त्यतर्फ ईश्वरीय तरङ्ग सर्वाधिक आकर्षित हुन्छ ।

३. साधनाको महत्त्व :

तल दिएको तालिका वास्तुको आध्यात्मिक स्पन्दन सुधारनको लागि घरमागरिने विभिन्न उपायका तुलनात्मक महत्त्व दर्शाउँछ ।

वास्तुको आध्यात्मिक शुद्धिको लागि गरिने उपायको तुलनात्मक महत्त्व

उपाय प्रतिशत महत्व
वास्तुमा रहने निवासिको साधना ३०%
वास्तुमा रहने व्यक्तिको सौम्य व्यक्तित्व ३०%
स्थानलार्इ शुद्ध गर्ने विधि (rituals) १४%
सन्तको आगमन १०%
ढोका-झ्याल खुल्ला राख्ने २%
वास्तुमा विद्यमान दोष अथवा त्रुटि हटाउने जसको कारण स्थानमा नकारात्मक तरङ्ग रहन्छ । २%
शक्तिहरुको साथ प्रयोग नगर्नेजस्तै औजा बोर्ड को उपयोग नगर्ने २%
अन्य (सात्त्विक बिरुवाजस्तै तुलसी लगाउने आदि) १०%
१००%

© Spiritual Science Research Foundation

माथि दिएको तालिकाबाट हामी निम्न निष्कर्ष निकाल्न सक्छौं :

  • वास्तुको आध्यात्मिक स्पन्दनको शुद्धिको लागि गरिने उपाय जस्तै ढोका एवं झ्याल खुल्ला राख्ने, यसको एउटा सीमा हुन्छ । तथापि यो कृत्यमा ल्याउनु आवश्यक छ ।
  • वास्तुमा रहने सौम्य व्यक्तित्व हुन आवश्यक छ । जहाँ यस्तो छैन त्यहाँ स्वयमह सुधार ल्याउनको लागि सङ्गघर्ष गर्न आवशयक हुन्छ । यसको लागि साधना पनि सहायक हुन्छ ।
  • हमारी साधना लगातार तथा नियमित रूपमा हुनुपर्छ । यसले आनन्द प्रदान गर्नुको अतिरिक्त हाम्रो घरको आध्यात्मिक स्पन्दलार्इ पनि प्रभावित गर्दछ । जहाँ सन्त रहन्छ, त्यहाँ अत्यन्तै आनन्ददायक आवृत्ति तरङ्ग अधिक हुन्छ । यो उनको साधनाको तीव्रताको कारण हुन्छ ।

४. सारांश – वास्तुशास्त्र एवं घरको अध्यात्मशास्त्र

वास्तुशास्त्र तथा अध्यात्मशास्त्र द्वारा अनुशंसित सूत्रलार्इ अपनाउनाले हामी आफ्नो घरमा नकारात्मक स्पन्दको आगमन रोक्न सक्छौं तथा हाम्रो घर सकारात्मक आध्यात्मिक तरङ्गलार्इ आकर्षित गर्दछ, यो पनि सुनिश्चिति गर्न सक्छ । यो लेखमा दिएको व्यावहारिक सूत्र न केवल घरको लागि हो अन्य वास्तु जस्तै कार्यालय, दोकानको लागि पनि लाभदायक छ ।

अर्कोतर्फ, साधना हाम्रो व्यक्तित्वमा सकारात्मक परिवर्तन ल्याएर, हाम्रो घरको आध्यात्मिक स्पन्दलार्इ विशेष रूपले शुद्ध गर्दछ । यसको अतिरिक्त, साधना वास्तुमा राम्रो अथवा नराम्रो आवृत्ति तरङ्ग चिन्नमा तथा त्यसको आध्यात्मिक कारण बुझ्नमा हामीलार्इ सहायता गर्दछ ।