- सत्व, रज, तम – ब्रह्माण्डको तीन मूलभूत सूक्ष्म घटक
- सात्विक जीवन पद्धति – प्रस्तावना (दैनिक जीवनमा आध्यात्म)
विषयसूची
१. लुगा (कपडा) कसरी लगाउने – प्रस्तावना
आज म कुन लुगा लगाउने ?
हामी मध्ये कसैले यो प्रश्नलाई अधिक सोच्ने गर्दछौं, तर कोहि चै अलमारी बाट जुन लुगा पहिला हातमा आउछ, त्यहि लुगा लगाउने गर्दछन् ।
दिनमा लगाउने लुगा सामान्यतः यस आधारमा चुनिन्छ कि आज हामीलाई काहा जानु छ तथा आजको मौसम कस्तो छ । अनेक घटकहरु जस्तै प्रचलित फेसन शैली, लुगाले कस्तो देखिन्छ, हाम्रो मानिसक स्थिति, उपलब्ध समय इत्यादि ले लुगा कुन लगाउने भनेर अन्तिम गरिन्छ ।
हामी प्रतिदिन यो प्रक्रियाबाट गुज्छौं, तर लुगा किन्दा अथवा लगाउने समयमा लुगाबाट हामीलाई हुने आध्यात्मिक प्रभाव विरलै समावेश गर्दछौं । वास्तवमा हामीमध्ये धेरैजसो (र यसमा हाम्रा लुगाका निर्माताहरू पनि समावेश छन्) हामीले लगाउने लुगाहरूबाट हामी आध्यात्मिक रूपमा प्रभावित हुन्छौं भनेर अनजान छौं । यस लेखमा हामी तपाईसँग आध्यात्मिक अनुसन्धानबाट प्राप्त ज्ञान साझा गर्नेछौं कि हामीले लगाउने लुगाहरूबाट हाम्रो आध्यात्मिक लाभ वा हानि कसरी हुन सक्छन् ।
२. कपडा (लुगा) मा आध्यात्मिक अनुसन्धान
स्पिरिच्युअल साइंस रिसर्च फाऊंडेशन (SSRF) द्वारा गरिएको लुगा तथा लुगा सम्बन्धी आध्यात्मिक अनुसन्धान उच्च छैटौं ज्ञानेंद्रियको सहायताले गरिएको हो । अनेक वर्षको साधनाको कारण जुन साधकहरु उच्च छैटौं ज्ञानेंद्रियको उपयोग गर्न सक्छन् उनीहरुद्वारा यी अनुसन्धानहरु गरिन्छन् र सबै भन्दा महत्त्वपूर्ण कुरा हो, परम पूज्य. डॉ. आठवलेज्यूको मार्गदर्शनमा यो अनुसन्धान गरिएको हो । विविध प्रकारको लुगाबाट त्यसको रंग, आकार तथा पदार्थ अनुसार प्रक्षेपित हुने आध्यात्मिक स्पन्दन ग्रहण गरेर छैटौं ज्ञानेंद्रियद्वारा प्राप्त निरीक्षण उनीहरु लेख्न सक्छन् । केहि साधकहरुलाई सूक्ष्म सम्बन्धी ज्ञान हुनाले उनीहरुले विविध प्रकारको आध्यात्मिक स्पन्दनहरु सूक्ष्म दृष्टिबाट देख्न सक्छन् । सूक्ष्म ज्ञानमा आधारित चित्र बनाएर उनीहरुले हामीलाई हाम्रो सामान्य ग्रहण क्षमता भन्दा परको आध्यात्मिक विश्वको झलक देखाउँदछन् । यस खण्डमा हामी सूक्ष्म ज्ञानमा आधारित केहि चित्रहरु साझा गर्नेछौं जसले हामीले लगाउने कपडाको प्रभावको बारेमा अझ बढी अन्तरदृष्टि प्रदान गर्नेछ ।
३. आध्यात्मिक दृष्टिबाट लुगा (कपडा) को उद्देश्य
हामी सबै स्थूल (शारीरिक) तथा मानसिक दृष्टिकोणबाट लुगाको उद्देश्य बारे सचेत छौं । आध्यात्मिक दृष्टिबाट लुगाको दुईटा उद्देश्य छन्:
अनिष्ट शक्ति : SSRF मा हामी ‘सामान्य भूत’ देखि उच्च स्तरको ‘मान्त्रिकहरू’ सम्म मानवतालाई हानि पुऱ्याउन चाहने आध्यात्मिक आयाममा सबै प्रकारका निकायहरूलाई प्रतिनिधित्व गर्न सामूहिक संज्ञाको रूपमा ‘नकारात्मक ऊर्जा’ वा ‘अनिष्ट शक्ति’ शब्द प्रयोग गर्छौं । यदि एक सामान्य भूतको आध्यात्मिक शक्ति १ र १० एकाइको बीचमा हुन्छ भने, मान्त्रिकको शक्ति एक अरबदेखि अनन्त हुन्छ ।
- सात्त्विकता ग्रहण गर्ने र प्रक्षेपित गर्ने : हामीले कसरी लुगा लगाउँछौं भन्ने आधारमा, कपडाले हाम्रो वरपरको वातावरणबाट सकारात्मक र दिव्य आवृत्तिहरू आत्मसात गर्न रिसेप्टरको रूपमा काम गर्न सक्छ । यस्तो गर्ने समयमा राम्रो स्पन्दन र शुद्धता (पवित्रता) हाम्रो चेतनामा प्रसारित हुन्छ ।
- अनिष्ट शक्तिद्वारा (भूत, प्रेत, पिशाच) हुने आक्रमणबाट जोगाउन : यदी हामीले लगाएको लुगाले राम्रो शक्ति धारण गर्ने क्षमता राख्दछ भने, अनिष्ट शक्तिबाट रक्षा गर्न समक्ष हुन्छ । यदि लुगा तामसिक छ भने, त्यसले आध्यात्मिक (सूक्ष्म) विश्वबाट अनिष्ट शक्ति तथा भूतलाई आकर्षित गर्दछ ।
४. हामीले कस्तो लुगा लगाउँछौं र त्यसको आध्यात्मिक परिणाम
प्रत्येक वस्तु (पदार्थ) को आफ्नो एउटा विशिष्ट तथा अद्वितीय आध्यात्मिक स्पन्दनहरु हुन्छन् । लुगाबाट निस्किने स्पन्दन; लुगाको प्रकार, आकार, रंग, कलाकृति, लुगाको सिलाई इत्यादि घटकहरुमा निर्भर गर्दछ । यी घटकहरु जति सात्त्विक हुन्छन्, त्यतिनै अन्तिम उत्पादन अर्थात लुगाको सात्त्विकता अधिक हुन्छ । लुगाको शुद्धतामा वृद्धि कसरी गर्ने र आध्यात्मिक अज्ञान, जडत्व र अनिष्ट शक्तिको कष्ट उत्पन्न गर्ने तम घटक न्यून कसरी गर्ने, यस विषयमा यो लेख छ ।
४.१ लुगाको सामग्रीको प्रकार
![how-to-dress-type-of-material](https://www.spiritualresearchfoundation.org/userfiles/image/spiritualresearch/sattvik-living/clothing/how-to-dress-type-of-material.jpg)
४.२. सिलाईको मात्रा
कपडा काट्ने र सिलाईको माध्यमबाट कपडामा असंख्य साना प्वालहरू सिर्जना हुँदा वायुमण्डलबाट नकारात्मक स्पन्दनहरु आकर्षित हुन्छन् । त्यसैले कम से कम सिलाई भएको लुगा लगाउनु राम्रो हुन्छ । यहि कारणले गर्दा नेपाली नारीको पारम्पारिक लुगा वा सारी, रेशमी साडी सबैभन्दा सात्त्विक पोशाक मानिन्छ । यहि कारण हो एक हिन्दुले स्टिच नगरिएको आयताकार टुक्रा गाँठोले बाध्ने, सामान्यतया ४-५ मिटर लामो, कम्मर र खुट्टाको वरिपरि बेर्दछ वा टाकको साथ सिलाएको लुगाको तुलनामा धोती अधिक आध्यात्मिक लाभदायक हुन्छ ।
यसको साथ, जुन लुगा ईश्वरको नामजप गर्दै हातद्वारा बनाइन्छ, त्यसमा राम्रो स्पन्दन आकर्षित गर्ने अधिक क्षमता हुन्छ । सिलाई यंत्रद्वारा लुगामा अधिक मात्रामा र गतिले प्वाल बनाउनाले कष्टदायक स्पन्दनहरु आकर्षित हुन्छन् ।
४.३ कपडाको रंग
सेतो, पहेलो र नीलो रंगमा आध्यात्मिक दृष्टिबाट राम्रो स्पन्दन आकर्षित गर्ने क्षमता हुन्छ । किनभने यी सात्त्विक रंगहरु हुन् । अर्कोतर्फ कालो एउटा यस्तो रंग हो, जसले अत्यधिक कष्टदायक स्पन्दन आकर्षित गर्दछ । सेतो र कालो रंगको संयोजनको लुगा लगाउँदा, एक अर्कासँग आध्यात्मिक स्पन्दनको स्तरमा टकराव हुन्छ र फलस्वरूप यसले नराम्रो स्पन्दनहरु आकर्षित गर्दछ ।
सन्दर्भको लागि यो लेख पढनुहोस्: रंग र अन्त्येष्टि संस्कारमा कालो पहिरन किन लगाउनु हुँदैन ।
गाढा रंगहरुले पनि तम प्रधान स्पन्दनलाई आकर्षित गर्दछ । रंग एक अर्काको पूरक हुनु पर्छ ।
४.४ कपडामा डिजाइन र प्रिन्ट
कपडाबाट राम्रो अथवा नराम्रो स्पन्दन प्रक्षेपित हुने; लुगा माथि बनाईएको कलाकृतिको रचना, त्यसको आकार अथवा त्यसको घनत्वले महत्वपूर्ण प्रभाव पार्न सक्छ ।
- पात, फूल, बिन्दु, लहरा आदि सात्त्विक कलाकृतिहरु उपयोगी हुन्छन् ।
- सात्त्विक कलाकृतिमा साधारणतः नुकीलो टुप्पो हुँदैन ।
- कलाकृति अधिक बाक्लो हुनु हुँदैन ।
- खोपडी जस्तो हिंसक तथा भयानक कलाकृतिले नराम्रो स्पन्दन आकर्षित गर्दछ ।
- तेर्सो (भूमि देखि समानान्तर) रेखाहरू भन्दा लुगामा ठाडो रेखाहरू राम्रो हुन्छ ।
- कलाकृति नभएका सात्विक रंग भएका स्व-रंगका लुगाहरू सामान्यतया सकारात्मक स्पन्दनहरू आकर्षित गर्छन् ।
यो लेखको आरम्भमा दिएको चित्रको सन्दर्भ लिनुहोस् ।
४.५ कपडा (लुगा) को अवस्था
कपडा जुन अवस्थामा छ, त्यसले पनि हामीलाई आध्यात्मिक स्तरमा प्रभावित पार्ने भूमिका खेल्छ ।
नधोएको लुगा अनिष्ट शक्तिलाई आकर्षित गर्दछ । उदाहरणको लागि एउटा जीन्स बनाउने प्रसिद्ध ब्रान्डको जिन्स कम्पनीले आफ्नो ग्राहकहरुलाई जीन्स नधुन प्रोत्साहन गर्छ । आध्यात्मिक दृष्टिकोणबाट लुगाहरुमा धूलो र पसीना जम्मा हुन्छ, त्यसैगरी रज-तम स्पन्दनहरु पनि जम्मा हुन्छन् अर्कोतर्फ, धोएको लुगा व्यक्तिको स्पन्दन र धुलोबाट प्रभावित हुँदैन, त्यसैले सात्त्विकता आकर्षित गर्ने क्षमता अधिक हुन्छ ।
युवा पुस्तामा फाटेको लुगा लगाउने आधुनिक चलन मानिन्छ । तर फाटेको लुगाले नकारात्मक स्पन्दनलाई आकर्षित गर्दछ ।
जहाँ पुरानो र नयाँ लुगाको कुरा आउछ, नयाँ लुगा दैवी शक्तिहरु आकर्षित गर्न अधिक अनुकूल हुन्छ । उदाहरणको लागि पुरानो धोएको रेशमको लुगाको तुलनामा धोएको नयाँ रेशमको लुगा ईश्वरीय स्पन्दन आकर्षित गर्नमा अधिक सक्षम हुन्छ ।
४.६ लुगाको लम्बाई
दशकौं देखि लुगाको लम्बाइ कम हुँदै गइरहेको छ र यसलाई फैशन मानिन्छ। आध्यात्मिक दृष्टिकोणबाट यसको बेफाइदाहरु छन् । लुगाले अनिष्ट शक्तिहरुबाट सुरक्षात्मक कवचको कार्य गर्दछ । छोटो लुगाले विपरीत लिंगको व्यक्तिमा न केवल वासनाहरु जागृत गर्दछ, वरपरको अनिष्ट शक्ति र भूत पनि यसबाट आकर्षित हुन थाल्छन् । जुन स्त्रिले देह प्रदर्शन हुने लुगा लगाउँछन् उनीहरुतर्फ अनिष्ट शक्ति आकर्षित हुन्छन् र आफ्ना वासनाहरू पुरा गर्नको लागि उनीहरु माथि सूक्ष्म स्तरमा कष्ट पुराउँदछन् । SSRF मा हामीले धेरै उदाहरणहरू भेट्टाएका छौं जहाँ महिलाहरूलाई सूक्ष्म-अस्तित्वद्वारा उनीहरुको जानकारी या बिना जानकारी यौन दुर्व्यवहार गरिएका छन् ।
४.७ लुगा लगाउने शैली
लुगा लगाउने शैलीमा धेरै पक्षहरु छन्, जसमध्ये एउटा हो लुगा कसीएको हुने अथवा खकुलो । लुगाहरु अरामदायक हुनुपर्छ र धेरै कसेको हुनुहुँदैन । यदि लुगा धेरै कसीएको छ भने, लुगा तथा छालामा हुने घर्षणले सूक्ष्म-वायुको ध्वनि तरंग निर्मित भएर वातावरणबाट कष्टदायक तरंग व्यक्तितर्फ धकेलिन्छ । खकुलो लुगाको कारण लुगा र छालामा सूक्ष्म-शून्यता निर्मित भएर वातावरणबाट ईश्वरीय चैतन्य आकर्षित गर्न र कायम राख्न साहयक हुन्छ ।
शरीरमा कपडा लपेटनु पनि एउटा अर्को पक्ष हो जुन प्रकारले गरिन्छ त्यसको आधारमा ऊर्जाको प्रवाह वा रुकावटमा मद्दत मिल्दछ । आउनुहोस्, सारीको उदाहरण लिऔं । हाम्रो आध्यात्मिक अनुसन्धानले देखायो किन सारीको रचना गर्दा अगाडि भागमा मुजा बनाउने कारण छ । मुजाको रचनाले शक्तिको प्रवाह भूमितर्फ प्रवाहित गर्दछ र पातालबाट (नरक) प्रक्षेपित हुने अनिष्ट शक्तिबाट स्त्रीको रक्षा गर्दछ ।
लुगाको शैलीहरूमा प्रत्येक मौसमाको साथ परिवर्तन हुन्छ, किनकी फैशन डिजाईनरहरु जहिले पनि नवीन कालकृति ल्याउन प्रयास गरिरहेका हुन्छन् । तथापि हाम्रो आध्यात्मिक अनुसन्धानद्वारा ज्ञात भएको छ कि शताब्दीयौं देखि चल्दै आएको नौ गजको तथा छः गजको सारी आध्यात्मिक दृष्टिले उपयुक्त लुगा थियो र आज पनि छ ।
यस लेखको सन्दर्भ लिनुहोस्: लुगा कसरी लगाउने ?
४.८ अर्काको लुगाको सापट् लिने– आध्यात्मिक निषेध
साथीहरु बीच लुगा, जुत्ता, टोपी आदिको आदान-प्रदान गर्नाले केहि समयको लागि दराज भरन सक्छ, तर यसको आध्यात्मिक स्तरमा हुने हानि धेरै छ ।
आजको युगमा समाजको अधिकांश मानिसहरु अनिष्ट शक्तिबाट प्रभावित छन् । परिणामस्वरूप उनीहरुको लुगामा यी अनिष्ट शक्तिको स्पन्दन कष्टदायक शक्तिको रूपमा संग्रहित हुन्छन् । अनिष्ट शक्तिबाट पीडाले ग्रस्त व्यक्तिको लुगा लगाउनु आध्यात्मिक दृष्टिले अत्यन्त हानिकारक हुन सक्छ । हामीसँग को अनिष्ट शक्तिद्वारा प्रभावित वा ग्रस्त छन्, बुझ्नको लागि आवश्यक छैठौं ज्ञानेंद्रिय क्षमता हुँदैन त्यसैले लुगा उधारो लिनबाट टाढै रहनु राम्रो हुन्छ ।
यस लेखको सन्दर्भ लिनुहोस्: कति मानिसहरु अनिष्ट शक्तिबाट प्रभावित अथवा पीडित छन्
अरु द्वारा प्रयोग गरिसकेको (पुरानो) लुगा किन्दा पनि यस्तै अनुभव गर्न सक्छौं । यदि पुरानो लुगा किन्नको लागि कुनै विकल्प छैन भने लुगा लगाउनु भन्दा पहिला आध्यात्मिक शुद्धि गर्नु अत्यन्त आवश्यक छ ।
यो लेखको सन्दर्भ लिनुहोस्: लुगाबाट सूक्ष्म-गन्ध हटाउने
५. संक्षेपमा – लुगा कसरी लगाउने
यो लेखमा प्रदान गरिएको जानकारीले हामीलाई ज्ञात हुन्छ कि लुगाले कसरी आध्यात्मिक स्तरमा हामीलाई प्रभावित गर्दछन् । यी मार्गदर्शक सिद्धान्तहरु पालन गर्न हामीले गर्ने प्रत्येक प्रयासले आदर्श सात्विक जीवनशैली जीउन एक इन्च नजिक पुर्याउन मद्दत गर्दछ । व्यवहारिक स्तरमा माथिका केहि पक्षहरु जसलाई तुरुन्तै व्यवहारमा ल्याउन सक्छ उदाहरणको लागि कालो रंगको लुगा लगाउनबाट बचने । हामीले आफ्नो लुगा लगाउने तरिकामा यी परिवर्तनहरूलाई जति छिटो समावेश गर्छौं, हामीलाई त्यति लाभप्रद हुनेछ ।
अर्कोतर्फ यो पनि हुन सक्छ कि उपर्युक्त केहि सूत्रहरुलाई आचरणमा ल्याउन सजिलो नहुन सक्छ । यो बुझ्नु महत्त्वपूर्ण छ कि हामीमा सत्व तत्व बढाउनको लागि जुनसुकै प्रयास गर्न सकिन्छ यसले हाम्रो समग्र शुद्धतालाई थप्छ र कम्तिमा हाम्रो कपडा छनोट गर्दा यसलाई व्यवहारिक रुपमा अपनाउनु पर्छ ।
साधनाको छः मूलभूत सिद्धांत अनुसार साधना गर्नाले हाम्रो छैठौं ज्ञानेन्द्रियको क्षमता विकसित गर्नमा सहायता मिल्दछ । हामी स्पन्दनको स्तरमा माथिको जानकारी अनुभव गर्न सक्षम हुनेछौं । एकपटक हामीले सूक्ष्म-स्पन्दनहरू अनुभव गर्ने क्षमता प्राप्त गरिसकेपछि, हामी दैनिक क्रियाकलापहरूको बारेमा राम्रो निर्णयहरू गर्न आफैलाई सशक्त बनाउँछौं जसले अन्ततः हामीलाई सात्विक र आनन्द जीवन बिताउन मद्दत गर्दछ ।