अनुभूति के हो ?

अनुभूति के हो ?

विषयसूची

. अनुभव एवं अनुभूतिको परिभाषा

स्पिरिचुअल सायन्स रिसर्च फाउन्डेशन (SSRF) को अनुसार ‘अनुभव’ त्यो हो जुन पांच इन्द्रिय, मन एवं बुद्धिको माध्यमद्वारा अनुभव गरिन्छ | उदाहरणको लागि, आफ्नो मनपर्ने व्यञ्जन खाएको अनुभव, आफ्नो बच्चाप्रति माया अनुभव, आफ्नो बुद्धिद्वारा कार्यालयमा समस्याहरुलाई सुलझाउने, आदि, ‘अनुभव’ को श्रेणीमा आऊदछ । पांच इन्द्रिय, मन एवं बुद्धिको बुझाइ भन्दा बाहिर, यस्तो अनुभव ‘आध्यात्मिक अनुभूति’ हुन्छ । यदि कोही व्यक्ति पांच इन्द्रिय, मन एवं बुद्धिले यस्तो घटनाको अनुभव गर्छ की जसको कारणले मानवजातिको सकल बुद्धिदेखि परे हुन्छ, त्यो पनि अनुभूतिनै मानिन्छ |

. अनुभव एवं अनुभूतिको तुलना तथा हामी कसरी अनुभव गर्दछौं

  अनुभव अनुभूति
के अनुभव भयो एक महिला गुलाबको गुच्चाबाट गुलाबको सुगन्ध लिन्छ। एक महिला चन्दनको अनुपस्थितिमा चन्दनको सुगन्ध लिन्छ।
स्रोत प्रत्यक्ष एवं स्थूल आयामबाट । अप्रत्यक्ष एवं स्थूल आयामबाट ।
माध्यम जस द्वारा यो अनुभव गरियो पञ्च ज्ञानेन्द्रिय, मन एवं बुद्धि द्वारा अनुभव गरियो । यो उदाहरणमा, गन्धको इन्द्रियद्वारा, अर्थात नाक । छैटौं इन्द्रियले अनुभव गरियो अर्थात सूक्ष्म इन्द्रिद्वारा जुन पांच सूक्ष्म ज्ञानेन्द्रिय, सूक्ष्म मन एवं सूक्ष्म बुद्धि हुन् । यस उदाहरणमा, गन्धको सूक्ष्म इन्द्रिय द्वारा ।
जुन विश्व पञ्चज्ञानेन्द्रिय, मन र बुद्धि भन्दा परे छ त्यो विश्व लाई SSRF ले ‘सूक्ष्म विश्व’ अथवा ‘आध्यात्मिक आयाम’ भन्दछ । सूक्ष्म विश्व देवदूत, अनिष्ट शक्तिहरु, स्वर्ग आदि अदृश्य विश्वसँग सम्बन्धित हुन्छ जुन केवल हाम्रो छैटौं इन्द्रियले मात्रै देख्न सकिन्छ ।

हामी पञ्च ज्ञानेन्द्रिय, मन एवं बुद्धि द्वारा स्थूल जगतको अनुभव गर्छौं | पञ्च ज्ञानेन्द्रिय, मन एवं बुद्धिलाई हामी राम्रो सँग चिन्छौं, यसको अनुरूप हामीमा पञ्च सूक्ष्म इन्द्रिय, एउटा सूक्ष्म मन एवं एउटा सूक्ष्म बुद्धि पनि हुन्छन्, जुन विकसित अथवा सक्रिय भएमा हामीलाई सूक्ष्म जगत अथवा सूक्ष्म आयामको अनुभव गर्नमा सहायता दिन्छन् | सूक्ष्म जगतको अनुभवलाई ‘अनुभूति’ भनिन्छ |

उपर्युक्त चित्रमा, एउटा महिला गुलाबको गुच्छालाई सूंघछ एवं गुलाबको सुगन्धको अनुभव गर्छिन । यहाँ सुगन्धको लागि निश्चित स्रोत, जस्तौ गुलाबको गुच्छा, हुनको कारण यो एउटा अनुभव हुन्छ । अर्को चित्रमा हामी देखछौं कि एउटा महिला बिहानको कॉफी पीउँदै, काम गर्ने दिनको आरम्भको सन्दर्भमा विचार गर्छिन् । अकस्मात बिना कुनै स्पष्ट कारण उसलाई चन्दनको तीव्र सुगन्ध आउन थाल्छ । सुगन्ध कहाँबाट आइरहेको छ यो ज्ञात नहुनको कारण उनले पहिला त यसलाई ध्यान दिदैन अनि फेरि कॉफी पीउन थाल्छिन् । तर सुगन्धले उनलाई कार्यालयमा पनि पछ्याउँछ र बिहानभरि सुगन्ध आउँछ । उनि आसपासको अन्य व्यक्तिहरुलाई सोध्छिन् कि उनीहरुलाई पनि सुगन्ध आईरहेको छ, तर कसैलाईपनि यस्तो सुगन्ध आएको हुँदैन । यो एउटा अनुभूति हो । यो प्रसंगमा, स्त्रीले वास्तवमा सूक्ष्म आयाममा उत्पन्न सुगन्धलाई ग्रहण गरिन् एवं गन्धलाई आफ्नो सूक्ष्म ज्ञानेन्द्रियको माध्यमद्वारा सुगन्धको अनुभव गरिन् ।

हामी मध्ये धेरैलाई यस्तो अनुभव हुन सक्छ जस्तै बिना कुनै स्पष्ट स्रोत सुगन्धको अनुभव गर्ने, तर उचित जानकारी नहुनुको कारण त्यसलाई ध्यान दिदैनौं । अनुभूति अन्य चार सूक्ष्म ज्ञानेन्द्रिय रस, स्पर्श, शब्द एवं रूप तथा सूक्ष्म मन एवं सूक्ष्म बुद्धि द्वारापनि अनुभव गर्न सकिन्छ । हामीलाई प्राप्त यो अतिरिक्त अंतर्दृष्टि हाम्रो छैटौं इन्द्रिय भनिन्छ । जसरी पहिला उल्लेख गरिएको छ, यदि कुनै व्यक्ति पञ्च ज्ञानेन्द्रिय, मन एवं बुद्धि द्वारा कुनै घटनालाई अनुभव गर्न सक्छ तर त्यसको कारण मानव जातिको स्थूल बुद्धिभन्दा परे छ, तब पनि यो एउटा अनुभूतिनै मानिन्छ ।

  • उदाहरणको रूपमा, जब वस्तु कुनै निश्चित बाह्य कारण बिना हलिन्छ जुन हामी सबैको स्थूल आँखाले (सूक्ष्म दृष्टि होइन) देख्न सक्दैन । सामान्य भाषामा यो अनुभवलाई अपसामान्य विषयको रूपमा जानीन्छ । यो अनुभवलाई ‘सूक्ष्म आयामको अनुभूति’ भनिन्छ ।
  • अर्को उदाहरण एउटा आमाको हेर्यौं, जसको बच्चा एउटा भयानक दुर्घटनाको कारण अतिदक्षता विभाग (ICU) मा गम्भिर स्थितिमा छ | चिकित्सकले सबै प्रयासहरु गरीसके, तर बच्चाले कुनै प्रतिक्रिया देएको छैन । चिकित्सक उनको आमालाई कुनै पनि आश्वासन दिएको छैन । उनको सबै आशाहरु समाप्त भइसकेपछि उनी  ईश्वरसँग तीव्र एवं निरन्तर आफ्नो अचेत बच्चा स्वस्थ हुनको लागि प्रार्थना गर्छिन । तब चमत्कारिक रूपमा एवं बिना कुनै चिकित्सीय स्पष्टीकरण, आर्को दिननै बच्चामा उल्लेखनीय सुधार हुन्छ । समयसँगै बच्चामा निरन्तर सुधार हुन्छ र खतराबाट बाहिर आउँछ । यहाँ बालकको स्थिति एवं आमाको प्रार्थना दुवै स्थूल रूपमा हुन्छ, तर आधुनिक विज्ञानलाई चुनौती दिने मान्छेहरुलाई सुधारको कारण बुद्धिद्वारा स्पष्ट हुँदैन । यस प्रकार अनुभवपनि अनुभूतिको श्रेणीमा आउँछ ।

अनुभूति के हो ?

. छैटौं इन्द्रिय के हो तथा नदेखिने जगतलाई कसरी बुझ्न सक्छौं ?

हामी सिफारिस गर्दछौं तपाई छैटौं इन्द्रिय यो लेख पढ्नुहोस् जसमा कसरी हामी आध्यात्मिक अनुभूति र सूक्ष्म जगत, जुन हामीलाई ज्ञात भएको संसारको तुलनामा अनन्त छ यस विषयमा अझ गहिरो व्याख्या गरिएको छ ।

. पञ्च सूक्ष्म ज्ञानेन्द्रिय एवं पञ्चमहाभूतसँग सम्बन्धित अनुभूतिहरु

विश्व पाँच मूलभूत पञ्चतत्तव (पञ्चमहाभूत) बाट बनेको छ । यी ब्रह्माण्डीय सिद्धान्तहरु देखन सकिँदैन तर सम्पूर्ण सृष्टि यसबाट नै निर्मित हुन्छ । जसरी हामी साधनामा प्रगति गर्दै जानछौं, हाम्रो छैटौं इन्द्रिय सक्रिय हुँदै जान्छ र हामीलाई स्थूलतमदेखि सूक्ष्मतम स्तरको मूलभूत पञ्चतत्त्वको उत्तरोत्तर अनुभव हुन प्रारम्भ हुन थाल्दछ । यस प्रकार हामी पृथ्वी, जल (पानी), अग्नि (तेज), वायु एवं आकाश यी तत्वहरुलाई क्रमशः गन्ध, रस, रूप, स्पर्श र नादसँग सम्बन्धित आफ्नो सूक्ष्म इन्द्रियद्वारा अनुभव गर्नमा समर्थ हुन्छौं ।

निम्न तालिकामा सकारात्मक र नकारात्मक आध्यात्मिक अनुभवहरुको उदाहरण दिएको छ जाहाँ हामी आफ्नो छैटौं इन्द्रिय अर्थात पाँच सूक्ष्म इन्द्रियको माध्यमबाट बुझ्न सक्छौं ।

छैटौं इन्द्रिय सूक्ष्म ज्ञानेन्द्रिय सम्मिलित पञ्च महाभूत अनुभूतिसँग सन्बन्धित उदाहरण
  + सकारात्मक अनुभूति – नकारात्मक अनुभूति
गन्ध पृथ्वी तत्व निश्चित स्रोतको अनुपस्थितिमा चन्दनको सुगन्ध आउने

अकारण घरको छेउ-छाउमा मूत्रको गन्ध आउने

रस आप तत्व वास्तवमा केहि नखाई मुखमा मिठासको अनुभूति हुनु

मुखमा तितो स्वादको अनुभव हुनु

रूप तेज तत्व देवताको रूप देखनु अथवा प्रभामण्डल देखनु

भूतलाई देखनु

स्पर्श वायु तत्व कसैको अनुपस्थितिमा शिरमा हात राखेको अनुभव हुनु

अनिष्ट शक्ति (दैत्य, दानव, भूत आदि) द्वारा रात्रिमा आक्रमण गरिनु

शब्द आकाश तत्व घण्टी एवं शङ्खको अनुपस्थितिमा घण्टी एवं शङ्खको ध्वनि सुनाई दिनु

कसैको अनुपस्थितिमा वरपर अनैठो धम्कीको आवाजहरु सुनाई दिनु

जब व्यक्ति सूक्ष्म ज्ञानेन्द्रियले केहि अनुभव गर्छ, उदाहरणाको लागि गन्ध, तब त्यसको स्रोत इष्ट शक्ति जस्तै देवता अथवा अनिष्ट शक्ति जस्तै भूतको पनि हुन सक्छ ।

. आध्यात्मिक अनुभूति एवं आध्यात्मिक स्तर

ज्ञात विश्वको तुलनामा सूक्ष्म विश्व अथवा सूक्ष्म आयाम अनगिनत गुना विशाल हुन्छ ।

हाम्रो आध्यात्मिक स्तर बढ्दै जाँदा, हामी उच्च र अधिक सूक्ष्म स्तरको आध्यात्मिक अनुभव गर्न सक्छौं ।

यदि छैटौं इन्द्रियलाई पूर्णतया केवल आध्यात्मिक स्तरको परिप्रेक्ष्यमा हेर्ने हो भने, तब सम्बन्धित व्यक्तिको पाँच सूक्ष्म इन्द्रियमध्ये प्रत्येकलाई अनुभव गर्न समर्थ हुनको लागि आवश्यक न्यूनतम आध्यात्मिक स्तर कति हुनुपर्छ यो तल दिएको तालिकामा देख्न सक्छौं । उदाहरणको लागि, ४० प्रतिशत आध्यात्मिक स्तरमा व्यक्ति गन्धको सूक्ष्म इन्द्रियको अनुभूति लिन सक्छ ।

अनुभूति के हो ?

यहाँ बार ग्राफ (bar graph) विभिन्न इन्द्रियको माध्यमबाट अनुभव र आध्यात्मिक स्तर बीच सीधा सम्बन्ध बुझाउन मार्गदर्शकको रूपमा कार्य गर्दछ ।

  • यदि कुनै व्यक्तिलाई सूक्ष्म गन्धको अनुभूति हुन्छ भने, तब त्यसको अर्थ यो होइन कि उसको आध्यात्मिक स्तर ४० प्रतिशत छ । तीव्र साधना जस्तै ईश्वरको नामको जप, सन्त हरुको संग, आदिको कारण आध्यात्मिक स्तर अथवा क्षमतामा तात्कालिक अथवा क्षणिक वृद्धिको कारण यस्तो स्थिति निर्मित हुन सक्छ ।
  • अनुभव गर्नको लागि अन्य कारकको पनि योगदान हुन सक्छ । उदाहरणको लागि, यदि अनिष्ट शक्ति (दानव, दैत्य, भूत आदि) व्यक्तिलाई भयभीत गर्नको लागि घरको आसपास मूत्र गन्धको अनुभव गराउन चाहन्छ भने आफ्नो आध्यात्मिक शक्तिको प्रयोग गर्न सक्छ । यस्तो प्रसङ्गमा लक्षित व्यक्तिको आध्यात्मिक स्तरमा वृद्धि हुन आवश्यक हुँदैन।
  • यसको अर्थ यो होइन की ४० प्रतिशत आध्यात्मिक स्तर भएको सबै व्यक्तिले सूक्ष्म-गन्धको अनुभव गर्छन् । व्यक्तिको आध्यात्मिक स्तर विशेषताहरुको निवल कृत्य हो; त्यसमध्य एउटा हो छैटौं इन्द्रिय । सन्दर्भको लागि आध्यात्मिक स्तर पढ्नुहोस् ।
  • यसको अर्थ यो पनि होइन की यी व्यक्तिहरु सूक्ष्म गन्धको उपलब्ध सबै विविधताहरु १०० प्रतिशत सम्म अनुभव गर्न सक्छन् अथवा उनीहरु हर समय एवं कुनै पनि समय अनुभव गर्न सक्छन् ।
  • यसको अर्थ यो पनि होइन की ४० प्रतिशत अथवा यस भन्दा अधिक आध्यात्मिक स्तर भएको व्यक्ति आवश्यक रूपमा सूक्ष्म गन्धको अनुभव गर्ने गर्छन् । व्यक्ति पञ्च ज्ञानेन्द्रिय द्वारा अनुभव नगरीकन नै सन्तपद (अर्थात ७०% आध्यात्मिक स्तर) प्राप्त गर्न सक्छ । अनुभव प्राप्त नहुने एउटा कारण यो पनि हुन सक्छ की त्यो व्यक्तिले यी अनुभवहरुलाई पूर्व जन्ममानै अनुभव गरि सकेछा छन् र यसको आवश्यकता छैन । तर सबै सन्तहरुसँग छैटौं इन्द्रिय हुन्छ जुन सूक्ष्म मन एवं सूक्ष्म बुद्धिसँग सम्बन्धित हुन्छ ।
तपाई  यो पनि देख्न सक्नुहुन्छ की स्पर्श एवं शब्दसँग सम्बन्धित सूक्ष्म ज्ञानेन्द्रियको अनुभव केवल उच्च आध्यात्मिक स्तरमा मात्रै गर्न सक्छौं । यसको कारण पञ्च ज्ञानेन्द्रियमा यो सूक्ष्मतर हुन्छ ।

. आध्यात्मिक अनुभूतिहरुको महत्त्व के हो ?

निम्नलिखित बुदा आध्यात्मिक अनुभूतिहरुको महत्त्व एवं मुख्य लाभ सम्क्षेपमा प्रस्तुत गर्दछ ।

. अध्यात्मशास्त्रको सैद्धान्तिक पहलूमा विश्वास एवं श्रद्धाको सृजन

यो पृष्ठको शीर्षमा उद्धरणको सन्दर्भ अनुसार बौद्धिक एवं सैद्धान्तिक ज्ञानको शाब्दिक महत्त्व मात्र २ प्रतिशत हुन्छ तर ९८ प्रतिशत महत्त्व ती शब्दहरु अनुभव गर्नमा हुन्छ । जब व्यक्ति अध्यात्मशास्त्रको मूलभूत सिद्धान्त अनुसार योग्य साधना गर्छ, तब आध्यात्मिक प्रगति गर्दछ एवं उसलाई अनुभूति आउँदछ । साधना, पुस्तकबाट प्राप्त सैद्धान्तिक ज्ञान एवं त्यसबाट प्राप्त अनुभूतिको अन्तर जोड्ने गर्दछ ।

अनुभूति के हो ?

सैद्धान्तिक ज्ञान (बौद्धिक ज्ञान) केवल उनलाई सहायता गर्छ जो अध्यात्मशास्त्रको विषयमा केहि विश्वास प्राप्त गर्नको लागि जिज्ञासा राख्दछ । यो आध्यात्मिक उन्नतिको चारणमा आवश्यक कदम हो, जब आध्यात्मिक अनुभूति हुन्छ तब सैद्धान्तिक ज्ञानमा श्रद्धा निर्मित हुन्छ ।

कृपया, आध्यात्मिक उन्नतीको चरण, यो सन्दर्भको लेख पढ्नुहोस् ।

यही कारण सत्सङ्गको समय अनुभूतिको चर्चा गरिन्छ । सत्संगमा भाग लिने साधकहरुलाई यसको भान हुन्छ कि आध्यात्मिक ज्ञानको सम्बन्धमा जुन सिकाइन्छ त्यो मात्र जानकारी होइन वास्तवमा अनुभव गर्न सकिन्छ ।

. आध्यात्मिक उन्नतिको बोधक

अनुभूति यो सुनिश्चित गर्छ कि साधकहरुले योग्य साधना अपनाएका छन् र उत्तरोत्तर उच्च अनुभूतिहरु प्राप्त गरिरहेका छन् किन कि आध्यात्मिक प्रगति भइरहेको छन् । यो मीलको ढुड़गाको रूपमा कार्य गर्छ एवं हाम्रो आध्यात्मिक यात्रामा हामीलाई प्रोत्साहन दिन्छ | यदि हामी साधना रोक्यौं भने हामीलाई आध्यात्मिक अनुभूति आउँदैन्न् | यदि हामी साधनामा उन्नति गरेनौं भने हामीलाई उच्च अनुभूतिहरु आउँदैन्न् । साधनामा स्थिरताको अर्थ हो , साधनाको गुणवत्ता अथवा मात्रामा वृद्धि नगरि धेरै वर्षोंसम्म एउटै प्रकारको साधना गरि रहने । यो ईश्वरले हामीलाई बोध गराउने मार्ग हो कि हामीले आफ्नो साधनालाई बढाउदै जानुपर्छ ।

यो सन्दर्भको लागि लेख पढ्नुहोस ‘साधना प्रतिदिन गर्नुपर्छ’  एवं ‘साधनाको स्तरलाई निरन्तर बढाउने’ |

टिप्पणी : कुनै विशिष्ट मार्गको अनुसार साधना गर्ने समयमा यदि हामीलाई तीन वर्ष सम्म कुनै पनि अनुभूति आएन भने, हामीले आध्यात्मिक उन्नत व्यक्ति अर्थात् सन्त सँग सोध्नु पर्छ की हामीले छनौट गरेको मार्ग सही छ अथवा गलत । यदि कुनै सन्तसँग परिचित हुनुहुदैन भने , आध्यात्मिक यात्राको पहिलो चरणमा सुझावको रूपमा कृपया जुन धर्ममा जन्मिएको छ त्यहि धर्म अनुसार ईश्वरको नामजप यो लेख पढनुहोस् |

. ईश्वरको महानतालाई अंकित गर्नाले अहं कम हुन्छ

व्यक्तिको आध्यात्मिक यात्राको प्राथमिक चरणमा, यदि उसलाई अन्य सह-साधकद्वारा वर्णित अनुभूति सुन्न मिलेमा अनुभूतिको विविधता एवं गहनता पूर्णतया असाधारण लाग्न सक्छ । व्यक्तिलाई यो अनुभव हुन थाल्छ ईश्वरको तुलनामा स्वयं कति नगण्य छ; ईश्वार प्रत्येक व्यक्तिमा श्रद्धा निर्माण गर्नको लागि अद्वितीय अनुभूति प्रदान गर्नुहुन्छ । परिणामस्वरुप, ईश्वरको क्षमताको तुलना स्वयंको क्षमताको विषयमा व्यक्तिक अहं क्षीण हुन थाल्छ । अहंको न्यूनता आध्यात्मिक उन्नतिको लागि एउटा प्राथमिक आवश्यकता हो ।

. अनुभूतिहरु दस्तावेज गर्नुको महत्व के हो ?

  • अनुभूतिहरु दस्तावेज एवं प्रकाशन गर्नाले अन्य साधकहरुलाई , साधना को परिणामस्वरूप हुने विभिन्न आध्यात्मिक अनुभूतिहरु जान्न सकिन्छ । यसले आध्यात्मिक अभ्यास गर्ने इच्छुक साधकहरुलाई साधना गर्नको लागि अझ उत्साह प्रदान गर्दछ ।
  • यसले मन एवं बुद्धिमा साधनाको महत्व पुनः पुनः अङ्कित गर्दछ एवं हामीलाई आफ्नो साधनामा दृढ रहन विश्वास दिलाउँदछ ।
  • यदि हामीलाई अद्भुत आध्यात्मिक अनुभूति हुन्छ भने, त्यसको सत्यतामा सन्देह आउने सम्भावना हुन सक्छ । तर यदि हामीलाई ज्ञात हुन्छ कि अरुलाई पनि अनुभूति आएको छ तब श्रद्धा निर्मित हुन थाल्दछ । हामीलाई विश्वास हुन थाल्छ कि यसको पछाडी कुनै शास्त्र छ, र यसले हामीलाई अध्यात्मशास्त्रको अध्ययन गर्नको लागि प्रोत्साहित गर्दछ ।
  • हामी पनि त्यो अनुभूतिलाई अनुभव गर्नको लागि साधनाको दृष्टिकोणको साथ साधकले वास्तवमा जुन प्रयत्न गरेको थियो त्यसको अध्ययन गरेर स्वयंमा साधनाको वृद्धिंगत गर्न सक्छौं ।

. साधना वृद्धि गर्नमा अनुभूतिहरुको के सीमा ?

पुरा विचार गर्यौं भने, आध्यात्मिक अनुभूतिले साधनामा वृद्धी हुने अथवा त्यसमा सुधार ल्याउछ भन्ने यो आवश्यक हुँदैन । यदि व्यक्ति कुनै चमत्कारको साक्षी रहेता पनि यो आवश्यक हुँदैन कि उनीले साधना प्रारम्भ गर्दछ । ३० प्रतिशत मानिसहरु आध्यात्मिक अनुभूति अनुभव गरे पश्चातपनि सक्रिय रूपमा साधना गर्न बन्द गरिदिन्छ अथवा त्यहि आध्यात्मिक स्तरमा अट्किन्छ । साधनालाई सक्रिय रूपमा अगाडी बढाउनको लागि, व्यक्ति स्वयंमा यो दृढ विश्वास विकसित हुन आवश्यकता हुन्छ कि ‘म यहि जन्ममा आध्यात्मिक उन्नति गर्छु । यो विषयमा आध्यात्मिक अनुभूतिले बुद्धिलाई आवश्यक सहायता गर्दैन । यो मनोवृत्ति विकसित गर्नको लागि अध्यात्मशास्त्रको विज्ञानको अध्ययन दीगो साधनाको लागि एक रूपरेखा प्रदान गर्दछ । अध्यात्मशास्त्रको  अध्ययन खुला मनले गर्न आवश्यकता छ जुन पूर्व-विचारित विचारद्वारा पक्षपाती हुँदैन ।

. किन हामीलाई  साधना गरे पनि कुनै बेला आध्यात्मिक अनुभूतिहरु आउँदैन ?

यसको निम्नलिखित कारणहरु छन् :

  • आध्यात्मिक अनुभूतिहरु हाम्रो आध्यात्मिक प्रगतिको सूचक हुन् । तर साधना प्रारम्भ गर्ने बितिकै आध्यात्मिक प्रगति हुँदैन । यो यस कारण हुन्छ कि हाम्रो साधनाको उपयोग पूर्णतया आध्यात्मिक प्रगतिको लागि नभएर तीव्र नकारात्मक प्रारब्ध को प्रबलता अथवा संचित कर्म घटाउनमा खर्च हुन सक्छ । परिणामस्वरूप, प्रारम्भिक अवस्थामा आध्यात्मिक प्रगति हुँदैन एवं हामीलाई आध्यात्मिक अनुभूति पनि हुँदैन । तर निरन्तर साधनाले प्रारम्भिक अवस्थाबाट हामीलाई निकल्नको लागि समर्थ बनाउछ ।
यहाँ हामीले नकारात्मक प्रारब्ध शब्दको प्रयोग त्यो प्रारब्ध दर्शाउनको लागि गरेका छौं  जसले दुःखको अनुभव दिन्छ । गम्भीर दुर्घटना, यो तीव्र प्रारब्धको उदाहरण हो । अतः जब व्यक्ति साधना प्रारम्भ गर्छ, तब प्रारम्भिक साधनाको प्रयोग यो विशिष्ट प्रारब्ध गम्भीर दुर्घटनाको प्रबलतालाई अल्प गराउन उपयोग हुन्छ । त्यसैले साधकलाई दुर्घटना हुनु भन्दा पहिलानै अलि बिस्तारै चलाउने अथवा कुनै अन्य दिशामा जानको लागि पूर्वाभास हुन सक्छ, जसले दुर्घटनाको प्रबलता एवं तीव्रता कम हुन सक्छ । फलस्वरूप साधक कम अथवा बिना कुनै क्षति जीवित बच्न सक्छ । ईश्वरमाथि श्रद्धा निर्माण गर्न अथवा हाम्रो श्रद्धा अस्थिर भएमा, सुदृढ गर्नको लागि ईश्वर अनुभूति प्रदान गर्नुहुन्छ । यदि हाम्रो श्रद्धा दृढ छ भने हामीलाई अनुभूतिको आवश्यकता पर्दैन । अनुभूतिहरुले हाम्रो श्रद्धा कसरी दृढ गर्दछ यो विषयमा आध्यात्मिक उन्नतिको चरण यो सन्दर्भको लेख पढ्नुहोस्स् ।