रंगको आध्यात्मिक प्रभाव

१. परिचय – कसरी विभिन्न रंगले हामीमा आध्यात्मिक प्रभाव पार्दछ

हामी प्रतिदिन रंगको सन्दर्भमा छनौट गर्दछौं । उदाहरणको लागि हामी दिनमा कुन रंगको लुगा लगाउने छनौट गर्छौं । समय-समयमा नयाँ तन्ना कुन रंगको किन्ने भनेर छनौट गर्नु पर्ने हुन्छ ।

आध्यात्मिक अनुसन्धानबाट हामीलाई थाहा भयो कि हामीले छानेको रंगहरुले (चाहे त्यो कपडा होस् वा परिसर) हामीलाई आध्यात्मिक स्तरमा प्रभाव पार्दछ । यो लेखमा हामी रंगहरुले हामीलाई कसरी विभिन्न तरीकाले प्रभावित गर्दछ यस विषयमा आध्यात्मिक अनुसन्धान प्रस्तुत गर्नेछौं जसबाट हाम्रो पाठक उच्चित निर्णय लिन सक्नुहुन्छ र जीवन स्तर राम्रो बनाउन सक्नुहुन्छ ।

२. विभिन्न रंगले हामीलाई कसरी आध्यात्मिक स्तरमा प्रभाव गर्दछ ?

सूक्ष्म तथा अदृश्य स्तरमा सम्पूर्ण ब्रह्मांड सत्त्व, रज र तम यी तीन सूक्ष्म गुणबाट बनेको हुन्छ । हाम्रो जालस्थलमा हामीले यसको विस्तृत विवरण दिएका छौं । तपाईसँग विनती छ कि यस लेखलाई राम्रोसँग बुझ्नको लागि कृपया तपाई यो विषयसँग परिचित हुनुहोस् ।

तीन सूक्ष्म-गुणको आधारमा रंगको वर्गीकरण पनि सात्त्विक, राजसिक अथवा तमासिक; यस प्रकारले गरिएको छ । सत्त्वको अर्थ हो, आध्यात्मिक शुद्धता र रज तथा तमको क्रमशः अर्थ हो, क्रिया र आध्यात्मिक अज्ञान । सात्त्विक रंगको लुगा लगाउनु साधनाको लागि सहायक हुन्छ, जबकि रज-तम प्रधान रंग आध्यात्मिक प्रगतिको लागि हानिकारक हुन्छ । रज-तमप्रधान लुगा लगाउनाले हाम्रो वरपर नकारात्मक स्पन्दन बढ्न थाल्दछ । यसले हामीतर्फ अनिष्ट शक्ति आकर्षित हुने सम्भावना अधिक हुन्छ; किनभने त्यो पनि रज-तम प्रधान हुन्छ ।

तल रंगहरुको सूची र आध्यात्मिक प्रभाव दिएको छ । जहाँ सूचीमा रंगलाई ‘उपयोगी’ दर्शाएको छ, त्यसको अर्थ यो हो सम्बन्धित रंगले सकारात्मक स्पन्दनलाई आकर्षित गर्दछ र नकारात्मक स्पन्दनहरु हटाउदछ । ‘हानिकारक’ को अर्थ हो, नकारात्मक स्पन्दनलाई आकर्षित गर्ने क्षमता र आध्यात्मिक दृष्टिले सकारात्मक स्पन्दनलाई हामीबाट टाढा राख्दछ ।

रंगले हामीलाई आध्यात्मिक रूपमा कसरी असर गर्छ

रंग प्रमुख सूक्ष्म घटक हामीमा यसबाट हुने प्रभाव
रंगों के आध्यात्मिक प्रभाव सेतो   सत्व भन्दा पर      सबै भन्दा सहयोगी
रंगों के आध्यात्मिक प्रभाव पहेंलो सत्त्व अधिक सहयोगी
रंगों के आध्यात्मिक प्रभाव हल्का निलो सत्त्व अधिक सहयोगी
रंगों के आध्यात्मिक प्रभाव निलो सत्त्व अधिक सहयोगी
रंगों के आध्यात्मिक प्रभाव गुलाबी सत्त्व सहयोगी
रंगों के आध्यात्मिक प्रभाव सुन्तलाको रंग सत्त्व-रज सहयोगी
रंगों के आध्यात्मिक प्रभाव ताजा हरियो सत्त्व-रज सहयोगी
रंगों के आध्यात्मिक प्रभाव रातो रज            मध्यम सहयोगी/ हानिकारक
रंगों के आध्यात्मिक प्रभाव गाढा हरियो रज-तम मध्यम हानिकारक
रंगों के आध्यात्मिक प्रभाव बैजनी (परपल) रज-तम मध्यम हानिकारक
रंगों के आध्यात्मिक प्रभाव बैजनी (भोइलेट) तम-रज मध्यम हानिकारक
रंगों के आध्यात्मिक प्रभाव खैरो (ब्राउन) तम मध्यम हानिकारक
रंगों के आध्यात्मिक प्रभाव खैरो (ग्रे) तम मध्यम हानिकारक
रंगों के आध्यात्मिक प्रभाव कालो तम अधिक हानिकारक

टिप्पणी : जस्तो सुकै आधारभूत व्यक्तित्व भए पनि अर्थात् सात्विक या तामासिक, रातो रंगले यसलाई अझ उत्तेजित गर्दछ

उपरोक्त तालीकाबाट यो ध्यानमा आउछ कि सेतो, पहेंलो तथा निलो रंगले हाम्रो वरपर आध्यात्मिक शुद्धता वृद्धि गर्नमा सहायक हुन्छ । अर्कोतर्फ कालो रंगमा हानिकारक स्पन्दन हुन्छ, जसले केवल अनिष्ट शक्तिलाई आकर्षित गर्ने मात्र नभएर सात्विक स्पन्दहरु हटाइ दिन्छ ।

सूक्ष्मज्ञानमा आधारित तल दिएको दुई चित्रहरुले सेतो र कालो रंगको लुगा धारण गर्दा उत्पन्न हुने आध्यात्मिक स्पन्दनहरुको अन्तर देखाउछ । विशेषरुपमा सूक्ष्म-ज्ञानमा आधारित सूक्ष्म-चित्र ती ऊर्जाहरुमा केन्द्रित हुन्छ जुन शक्ति रंगद्वारा आकर्षित/विकर्षित हुन्छ र धारण गर्ने व्यक्तिमा हुने रंगको परिणाम । सूक्ष्म-ज्ञान मा आधारित यो चित्र सुश्री प्रियंका लोटलीकरले बनाउनु भएको हो, जसलाई प्रगत छैठौं इन्द्रिय प्राप्त छ । सूक्ष्म-ज्ञानमा आधारित रेखाचित्रहरूलाई परम पूज्य डा. आठवलेज्यू द्वारा प्रमाणित गरिएको छ । आध्यात्मिक अनुसन्धानमार्फत, दुबै चित्रहरू, कालो र सेतोको आध्यात्मिक स्पन्दनको चित्रण ८०% सम्म ठीक पाइयो ।

रंगको आध्यात्मिक प्रभाव

रंगको आध्यात्मिक प्रभाव

सूक्ष्म-ज्ञान मा आधारित दुवै चित्र पृथक रूप कालो र सेतो रंगले आकर्षित तथा प्रक्षेपित स्पन्दनलाई दर्शाउँदछ । अन्तिम रूपबाट व्यक्तिद्वारा प्रक्षेपित अथवा आकर्षित स्पन्दन अनेक घटक माथि निर्भर हुन्छ, जस्तैं – व्यक्तिको आध्यात्मिक स्तर, स्वभावदोष, त्यो समयमा उसको मनको स्थिति, अनिष्ट शक्तिद्वारा प्रभावित भएको अथवा नभएको, लुगाको रंगको प्रकार आदि ।

३. हामीलाई विशिष्ट रंग मन पर्नुको कारण

शारीरिक स्तरमा : साधारणत व्यक्तिलाई कुनै विशिष्ट रंग प्रिय हुन्छ; किनभने त्यो उसको छालाको रंगसँग मेल खान्छ ।

मनोवैज्ञानिक स्तरमा : व्यक्तिको मानसिक स्थितिको अनुसार विशिष्ट रंग उसलाई प्रिय अथवा अप्रिय लाग्न सक्छ । मानसिक स्थितिमा हुने यो परिवर्तन सामान्यतः बाहिरको परिस्थिति अनुरूप हुन्छ, उदारणको लागि :

  • प्रसंग अनुसार : बाहिर (outing) जाने समय व्यक्ति चम्कीलो रंगको लुगा लगाउन मन पराउँछ ।
  • प्रसंग र संस्कृति अनुसार : कुनै संस्कृतिमा अन्तिम संस्कारको समयमा कालो लुगा लगाईछ, जबकि अन्य संस्कृतिमा मानिसहरु सेतो लुगा लगाउँदछन् । अन्तिम संस्कारको समय कुन रंगको लुगा लगाउनु पर्छ ?यो लेख पढ्नुहोस् ।
  • परंपरा अनुसार : केहि देशमा अधिवक्ताहरु कालो कपडा लगाउँछन्; किनभने त्यहाँ त्यस्तै परंपरा हुन्छ ।
  • आयु अनुसार : किशोर तथा युवावस्थामा गुलाबी रंगसँग अधिक लगाव हुन सक्छ । बढ्दै गरेको आयुको साथ ती रंगहरुमा रुचि बिस्तारै- बिस्तारै अल्प हुँदै जान्छ ।
  • रंगको विशिष्ट महत्त्व हुने कारण :
    • कुनै प्रख्यात व्यक्तिद्वारा लगाईने लुगाको रंग तथा शैलीबाट प्रायः उसको अनुयायीहरुको रुचि प्रभावित हुन्छ ।
    • चलनमा भएको कारण
    • समाजको निश्चित वर्गसँग जोडेर रंग मन नपराउने जुन वर्गलाई मन पदैन ।

आध्यात्मिक स्तरमा :

  • मूल स्वभाव (प्रकृति) अनुसार : कुनै व्यक्तिलाई विशिष्ट रंगमा रुचि हुने सबै भन्दा उपयुक्त कारण हो – त्यो रंग व्यक्तिको स्वभाव (प्रकृति) सँग मेल खानु । सात्त्विक व्यक्ति सात्त्विक रंगमा रुचि देखाउद्छ, उदाहरण सेतो अथवा हल्का नीलो । यदि व्यक्तिको मूल स्वभाव (प्रकृति) तामसिक छ भने, उसले अधिक तामसिक रंगमा रूचि देखाउद्छ, उदाहरणको लागि कालो रंग ।
  • अनिष्ट शक्तिको प्रभाव अनुसार : अनिष्ट शक्तिद्वारा प्रभावित व्यक्ति  सामान्यतः कालो रंगबाट पनि राम्रो स्पन्दन अनुभव गर्दछ । अनिष्ट शक्तिको कब्जामा भएको व्यक्तिको चारै शरीरहरु : शरीर, मन, बुद्धि र सूक्ष्म-अहं; मा आध्यात्मिक दृष्टिले प्रभावित हुन सक्छ । यदि कष्ट दीर्घकालसम्म रहयो भने, व्यक्तिले बिस्तारै-बिस्तारै आफ्नो अस्तित्वनै हराउन थाल्छ । कब्जा गरेको शक्तिको लक्षण प्रकट हुन्छ र यसले व्यक्तिको रुचि-अरुचिलाई प्रभावित गर्द्छ, जुन कि उसको आचरणबाट अभिव्यक्त हुन्छ । यसको तात्पर्य हो व्यक्तिको चेतना पूर्णतः अनिष्ट शक्तिले नियंत्रित गर्न सक्छ । अनिष्ट शक्ति तम प्रधान हुने कारण, व्यक्ति पनि कालो रंगको तम-प्रभावित बस्तु जस्तै कालो लुगामा रुचि लिन थाल्दछ ।

आध्यात्मिक अनुसन्धानद्वारा प्राप्त निरीक्षण : कालो रंगको लुगा औपचारिक तथा दैनिक जीवनमा लगाउने प्रचलन अनिष्ट शक्तिद्वारा बढाइ दिएको हो जुन व्यक्तिको मन छलपूर्वक र सूक्ष्मरुपमा प्रभावित गरि रहन्छ र जारी राख्दछ ।

विश्वको कति प्रतिशत जनसंख्या प्रेतवाधित छ ? – यो लेख पढ्नुहोस ।

कालो लुगा लगाउनाले आसपासको मानिसहरुमा पनि असर पर्दछ । यदि अनिष्ट शक्तिबाट पीडित दुई व्यक्ति कालो लुगा लगाउँछ भने, यसले दुई अनिष्ट शक्ति बीचमा सूक्ष्म कालो शक्ति आदान-प्रदान गर्नमा सहायक हुन्छ । तथापि यदि कुनै व्यक्ति त्यो परिसरमा ईमान्दारीपूर्वक साधना गर्ने प्रयास गर्दछ भने, अन्य व्यक्तिद्वारा लागाएको कालो वस्त्रले तमोगुणमा वृद्धि गर्दछ जसले साधना गर्ने व्यक्तिमाथि पनि विपरीत परिणाम हुने संभावना रहन्छ; किनकी अनिष्ट शक्तिहरु तीव्रता र गंभीरतासँग साधना गर्ने व्यक्तिलाई परावर्तित गर्नतर्फ आफ्नो ध्यान केंद्रित गर्द्छ ।

  • विगतको जन्म संस्कार अनुसार : पहिलाको जन्ममा हरियो रंगको वस्त्र लगाएको व्यक्तिद्वारा
  • आध्यात्मिक साधनाको स्तरमा परिवर्तन भएको कारण : निरन्तर भावावस्थामा रहने साधकले निलो रंगलाई प्रधानता दिन्छ । आध्यात्मिक दृष्टिले भावको सूक्ष्म-रंग नीलो हुने कारणले यस्तो हुन्छ ।

४. लुगाको रंगको छनौट हेतु सामान्य आध्यात्मिक दृष्टिकोण

लुगाको रंग सात्त्विक हुनुपर्छ : सेतो, पहेलो, नीलो र यी रंगको मीश्रण भएको रंगहरु चयन गर्नुहोस् । साधारण व्यक्ति माथि रंगको प्रभाव १/१००० भाग हुन्छ । हेर्दा एकदम कम मात्रामा प्रभाव देखे पनि धेरै जसो व्यक्तिमा शारीरिक र मानसिक स्तरमा यसले महत्त्वपूर्ण प्रभाव पार्दछ । अति कम प्रभाव पर्छ जस्तो लागे पनि सत्त्व-रज युक्त लुगा लगाउनाले व्यक्तिलाई निम्न लाभ हुन्छ :

  • व्यक्तिको सत्त्व-रजयुक्त व्यक्तित्त्वको लागि सहायक हुन्छ अथवा
  • व्यक्तिमा विद्यमान रज-तमप्रधानता न्यून हुन्छ

यदि कुनै व्यक्तिलाई कालो लुगा प्रिय छ भने, उसले यो लेख पढेपछि पनि कुनै न कुनै कारण देखाएर कालो लुगा लगाउन जारी राख्ने प्रयत्न गर्न सक्छ । हाम्रो विशेष सिफारिश छ कि स्वयंको बुद्धिको उपयोग गर्न यस सन्दर्भमा केवल हानिकारक छ । किनभने आध्यात्मिक दृष्टिले कालो लुगा लगाउन कुनै पनि प्रकारको लाभ छैन र यसले नकारात्मक प्रभाव मात्र पार्दछ ।

लुगाको रंग भड्किलो हुनु हुदैन : भड्किलो रंग अधिक सूक्ष्म तमोगुण प्रधानता हुन्छ । कालांतरमा भड्किलो रंगको लुगा लगाउने व्यक्ति तम प्रधान हुन्छ ।

लुगाको रंग एकै समान हुनु पर्छ : लुगा जुन सादा र एकल आध्यात्मिक रंग, कलाकृति बिनाको हुन्छ त्यो पारदर्शिताको प्रतीक हुन्छ त्यसैले आध्यात्मिक दृष्टिबाट अधिक सात्त्विक मनिन्छ ।

लुगाको रंग एक अर्काको लागि पूरक हुनु पर्छ : यदि माथि र तल्लो लुगा भिन्न रंगको लगाउने हो भने, रंगहरु एक अर्काको लागि पूरक हुनुपर्छ, अर्थात उनीहरुमा न्यूनतम २० प्रतिशत मेल हुनु पर्छ । उदारणको लागि दुई सात्त्विक रंगहरु आध्यात्मिक दृष्टिबाट अत्यंत उचित हुन्छ । तल सात्त्विक रंगको जोडीको केहि उदाहरणहरु दिइएको छ :

  • सेतो र हलका नीलो
  • हल्का नीलो र गाढा नीलो

लुगाको दुई रंगहरुमा अधिक भिन्नता हुनु हुँदैन : यदि दुई भिन्न रंगहरुलाई एकसाथ राख्यौं भने नकारात्मक (अनिष्ट) स्पन्दनहरु निर्मित हुन्छ । त्यसैले दुवै रंगहरु बिच अधिक भिन्नता हुनु हुँदैन । उदारणको लागि पहेंलो (सात्त्विक रंग) र हरियो (राजसिक रंग) रंगको संयोजनबाट बच्नुहोस् । तर यदि हरियो रंग पहेंलोसँग राम्रोसँग मिश्रित भएर सुन्दर मेल हुन्छ भने त्यसको प्रयोग गर्न सकिन्छ । किनकि त्यसमा अधिक पहेंलो रंग हुन्छ जुन अधिक सात्त्विक हुन्छ ।

रंगको आध्यात्मिक प्रभाव

अधिक पटक औपचारिक कार्यक्रममा हामी देख्छौं कि मानिसहरु कालो र सेतो रंगको कपडा मिसाएर लगाउदछन् । मानिसहरु यस प्रकारको औपचारिक कपडालाई सुन्दरता र सामाजिक प्रतिष्ठाको प्रतीक मान्दछन्; तर आध्यात्मिक स्तरमा यो चित्र अत्यंत विपरीत छ । वास्तवमा सेतो जस्तो अत्यंत सात्त्विक रंगबाट प्रक्षेपित सूक्ष्म-स्पन्दन र अत्यंत तामसिक कालो रंगबाट प्रक्षेपित स्पन्दन बिच युद्ध हुन्छ । यो युद्धबाट कष्टप्रद स्पन्दन उत्पन्न हुन्छ, जसबाट अनिष्ट शक्तिद्वारा प्रभावित हुने आशंका बढी हुन्छ । अतः आध्यात्मिक दृष्टिबाट टक्सेडो (tuxedo) जस्तो कालो र सेतो रंगको कपडा धारण गर्नु राम्रो होइन ।

लुगामा सात्त्विक र राजसिक रंगको अनुपात : लुगामा सात्त्विक र राजसिक रंगको अनुपातमा राजसिक रंग अत्यल्प मात्रामा छ भने, तब लुगाबाट प्रक्षेपित हुने आध्यात्मिक स्पन्दन राम्रो हुन्छ । यदि सेतो लुगामा रातो रंगको फूलको कलाकृति भएमा, लुगाबाट राम्रो स्पन्दनको अनुभव हुन्छ । अर्थात सात्त्विक रंगको मात्रा राजसिक रंगको मात्रा भन्दा अधिक भएमा राजसिक रंगको प्रभाव न्यून हुन्छ । संक्षेपमा, रंगबाट प्रक्षेपित हुने स्पन्दन लुगामा प्रयुक्त सात्त्विक र राजसिक रंगको अनुपात माथि निर्भर हुन्छ ।

व्यक्तिको साधनाको परिणामस्वरूप र ६०% आध्यात्मिक स्तर प्राप्त गरेपछि व्यक्तिको मन र बुद्धिमा रंगको न्यूनतम प्रभाव पर्दछ । यो प्रभाव व्यक्तिको बढ्दो आध्यात्मिक स्तरको साथ न्यून हुन थाल्छ । तथापि शरीर स्थूल (दृश्य) हुनाले शारीरिक स्तरमा यसको प्रभाव पर्न सक्छ र उच्च स्तरको अनिष्ट शक्तिले स्थूल बस्तुलाई सहजतासँग प्रभावित गर्न सक्छ ।

५. सारांश

हामीलाई आशा छ कि यो लेखद्वारा रंगले हाम्रो दैनिक जीवनलाई आध्यात्मिक दृष्टिले कसरी प्रभावित गर्दछ, यो संदर्भमा तपाईलाई ज्ञान प्राप्त भयो होला । ध्यानमा राख्न योग्य सामान्य नियम हो कि जीवनमा सत्त्व गुण बढाउने र रज-तम गुण न्यून गर्ने । यो आध्यात्मिक सिद्धांत बुजेपछि प्रत्यक्ष जीवनमा कार्यान्वयन गरेर र हामी जति लोकप्रिय चलन भएपनि तामसिक चलन नकार्नाले जीवनमा उच्च स्तरको सुख र सन्तोष प्राप्त हुन्छ ।