अनिष्ट शक्ति द्वारा प्रभावित तथा आविष्ट हुनुको परिभाषा

१. अनिष्ट शक्ति द्वारा ‘प्रभावित’ हुनुको परिभाषा

अनिष्ट शक्ति (भूत, प्रेत, पिशाच इ.) द्वारा प्रभावित हुनुको अर्थ हो अनिष्ट शक्ति कालो शक्तिको प्रयोग गरेर व्यक्तिलाई शारीरिक, मानसिक, बौद्धिक अथवा आध्यात्मिक क्रियाकलापमा प्रभावित अथवा सम्पूर्ण परिवर्तित गर्नु । प्रभावित व्यक्तिको मन एवं बुद्धिमा अनिष्ट शक्तिको प्रत्यक्ष नियन्त्रण हुदैन । अनिष्ट शक्ति व्यक्तिको अस्तित्वसँग कुनै पनि प्रकारले एकरूप हुनमा सफल हुन सक्दैन ।
  • अनिष्ट शक्ति (भूत, प्रेत, पिशाच इ.) आफ्नो कालो शक्ति प्रभावित व्यक्तिको क्षमतालाई उत्तेजित (stimulate) अथवा छमता, कुसलतालाई ढाकी दिन सक्छ ।
  • यो कालो शक्तिको माध्यमबाट व्यक्तिलाई अनेक प्रकारले प्रभावित गर्न सक्छ,जस्तै छालामा खटिरा (skin rashes) आउनु लगायत उनको विचार प्रक्रिया नकारात्मक बनाउनु अथवा बुद्धिमा आवरण ल्याउनु, जसको अन्य कोही स्पष्ट कारण हुदैन । व्यक्तिमा यो एक प्रकारको अप्रत्यक्ष नियन्त्रण हो । उदाहरणार्थ छालामा खटिरा आउने, इच्छा हुदा पनि व्यक्ति नृत्य समारोहमा जाना सक्दैन । यसरी अनिष्ट शक्ति प्रभावित व्यक्तिलाई उनको प्रिय कार्यबाट विमुख गरि अप्रसन्न बनाइ दिन्छ ।
  • कुनै व्यक्ति कालो शक्तिले प्रभावित हुने घटनाको तुलना एक कक्षमा विषालु वायुको उपस्थितिसँग गर्न सक्छ । व्यक्तिलाई विभिन्न स्तरमा प्रभावित गर्न सक्छ तर अनिष्ट शक्ति केवल त्यो पक्षलाई प्रभावित गर्छ, जुन लक्ष्य प्राप्तिको लागि अधिकतम लाभदायक हुन्छ, अर्थात व्यक्तिलाई पीडित गरि उनको माध्यमबाट आफ्नो इच्छापूर्ति गर्नु, उनको साधना अवरुद्ध गर्नु, आदि । हामीले यो बुझ्नु पर्छ कि कालो शक्तिको सटीकता (accuracy), तीव्रता, गहनता एवं कालावधिमा कुनै सर्वाधिक विषालु गैस भन्दा पनि अधिक घातक हुन्छ ।

२. ‘भूतावेश’ को परिभाषा

भूतावेश, त्यो स्थिति हो जसमा अनिष्ट शक्ति व्यक्तिको अस्तित्वसँग एकरूप भएर उनको मन (भावना तथा विचार) तथा बुद्धि (निर्णय क्षमता) मा नियन्त्रण प्राप्त गर्छ । परिणामत: त्यो व्यक्तिको क्रियकलाप पनि नियन्त्रण गर्न थाल्छ ।

  • आविष्ट व्यक्ति (possessed person) को गतिविधिहरु पूर्ण अथवा आंशिक (partially) रूपमा अनिष्ट शक्ति द्वारा नियन्त्रित हुन्छ ।
  • अनिष्ट शक्ति आविष्ट व्यक्तिको भीत्र रहेर अथवा बाहिरबाट उनलाई नियन्त्रण गर्छ ।
  • अनिष्ट शक्ति आविष्ट व्यक्ति भीत्र अथवा बाहिर रहदा, भूतावेशको तीव्रतामा केही फरक पर्दैन ।
  • भूतावेशको प्रकरणमा पनि कालो शक्तिको उपयोग गरिन्छ किन कि यो अनिष्ट शक्तिको एक अभिन्न अङ्ग हो, जसरी चैतन्य सन्तको अभिन्न अङ्ग हो । तथापि यसको विशेषता यो हो कि अनिष्ट शक्ति व्यक्तिलाई हानि पुराउनको लागि उनको मन एवं बुद्धिलाई नियन्त्रण गर्नमा सक्रिय संलग्न रहन्छ ।
  • प्राय: लगभग सबै प्रकरको आविष्ट व्यक्ति आफु आविष्ट भएको सम्बन्धमा अनभिज्ञ रहन्छ, जबसम्म अनिष्ट शक्ति हॉलीवुडको चलचित्र ‘The exorcism of Emily Rose’ मा देखाएको अनुसार स्वयंको नाटकीयरूपले प्रकट हुदैन ।