आध्यात्मिक उपचारको लागि धूप

आध्यात्मिक उपचारको लागि धूप

SSRF शारीरिक एवं मानसिक समस्याको लागि यी आध्यात्मिक उपचारको साथमा अन्य परंपरागत उपचारलाई जारी राख्न सुझाव दिन्छ ।

पाठकहरुलाई सुझाव छ कि उनीहरु स्वविवेक उपयोग गरि कुनै पनि आध्यात्मिक उपचार पद्धति प्रयोग गर्न सक्नु हुन्छ  ।

१. आध्यात्मिक उपचारको लागि SSRF को -धूप – परिचय

आध्यात्मिक उपचार  सम्बन्धी लेखमा, हामीले वर्णन गरेका छौं कि कसरी कुनै विशिष्ट सुगन्धबाट आध्यात्मिक उपचार गर्न सकिन्छ । ती सुगन्धहरुले ईश्वरको विशिष्ट तत्त्वलाई (देवता) आकर्षित गरेर चैतन्य निर्मित गर्दछ । यो चैतन्यले आध्यात्मिक शुद्धता बढाउँछ र अनिष्ट शक्ति (नकारात्मक ऊर्जाहरु) सँग पनि लड्दछ ।

आध्यात्मिक अनुसन्धानको माध्यमबाट स्पिरिच्युअल साइन्स रिसर्च फाउंडेशन (SSRF) ले धूपहरु बनाएका छन् जुन ती विशिष्ट प्रकारका सुगन्धहरु छन् । यही कारणले  SSRF द्वारा निर्मित धूपहरु आध्यात्मिक उपचार गर्नको लागि एउटा उत्तम साधन हो जसले स्थान अथवा व्यक्तिको आध्यात्मिक शुद्धता बढाउॅंद्छ र साधना गर्नमा सहायक हुन्छ जस्तै ध्यान तथा भगवानको नाम जप गर्नुको साथसाथै कष्टकर नकारात्मक उर्जाहरु विरुद्ध लड्न ।

हामीले तल दिएको, समाजको अधिकांश व्यक्तिको लागि अत्यधिक उपयोगी केहि सुगन्धहरु SSRF द्वारा उपलब्ध गरिएको छ । यो आध्यात्मिक उपचारमा सहायक हुन्छ । प्रत्येक सुगन्ध एउटा विशिष्ट ईश्वरीय अथवा देवता तत्त्वलाई आकृष्ट गर्दछ । ती सुगन्धहरु हुन् :

  • चमेली
  • केवडा
  • चन्दन
  • मोगरा
  • रजनीगन्धा

समयको अवश्यकता अनुसार, धूपको सुगन्धले विशिष्ट देवता अथवा विशिष्ट दैवी तत्त्व आकर्षित गर्दछ जसले तारक अथवा मारक रूप प्रदर्शित गर्दछ । उदाहरणको लागि, जब कुनै व्यक्ति नामजप अथवा ध्यान जस्तो साधना गरीरहेको हुन्छ: अनिष्ट शक्तिले उसलाई कष्ट दिदैन अथवा अत्यल्प कष्ट दिन्छ भने त्यो समय ईश्वरको तारक रूप आकर्षित हुन्छ । यदि अनिष्ट शक्ति वास्तुमा उपस्थित छ अथवा व्यक्तिलाई प्रभावित गरिरहेको छ भने, प्रतिकार गर्नको लागि त्यहाँ ईश्वरको मारक रूप आकर्षित हुन्छ ।

अनि अन्तिमा तर सबैभन्दा महत्त्वपूर्ण सूत्र यो हो कि यो धूपहरु एउटा सर्वोच्च कोटिको सन्त परम पूज्य डॉ. आठवलेज्यूको निर्गुण संकल्पद्वारा समर्थित छ र उहाँको आशीर्वादबाट हामीले SSRF को स्थापना गर्यौं । यो SSRF को धूपको सर्वाधिक महत्वपूर्ण पक्ष हो जसले आध्यात्मिक उपचार गर्न हेतु सक्षम बनाउँछ ।

२. SSRF ले कसरी धूपको आध्यात्मिक उपचार गर्ने क्षमता जाँचदछ ?

विशिष्ट सुगन्धको नाम जसमा अत्यधिक आध्यात्मिक उपचार गर्ने छमता हुन्छ यो उन्नत छैठौं इन्द्रिय युक्त साधकको माध्यमबाट प्राप्त हुन्छ । यो विविध सुगन्ध एवं प्रत्येक सुगन्धको विविध प्रकारको परीक्षण गरिन्छ । SSRF मा, उन्नत छैठौं इन्द्रिय सम्पन्न साधक सुगन्धको सूक्ष्म-पाठन (subtle-reading) लिन्छ । आध्यात्मिक उपचार क्षमताको लागि प्रत्येक सुगन्धको परीक्षण गरिन्छ ।

उनीहरुको सूक्ष्म-अनुभवहरु स्वतन्त्र रूपमा लेख्यांकित गरि एकत्रित गरिन्छ । सबै प्रकरणहरुमा स्वतंत्र लेख्यांकित (reading) मेल खान्छन् र केवल अनुभूतिको गहनतामा अन्तर हुन्छ । परम पूज्य डॉ. आठवलेज्यूले यो सबै सूक्ष्म-लेख्यांकितहरु (readings) पुन: जाँच गर्नु हुन्छ । तत्पश्चात SSRF द्वारा निर्मित अगरबत्तिमा विविध सुगन्धहरु अन्तिम छनोट गर्नमा लेख्यांकितहरुको सन्दर्भ लिइन्छ ।

भूतबाट  प्रभावित भएको व्यक्तिहरुमा यसको अझै जाँच गर्छौं । जब अनिष्ट शक्तिबाट आविष्ट व्यक्तिहरुको प्रकटीकरण हुन्छ, तब हामी उनीहरुलाई यो अगरबत्तिबाट निर्मित उत्तेजना (सुगन्ध) को सम्पर्कमा ल्याउछौं । त्यसपछि हामी विभिन्न सुगन्ध भएको धूपहरु र साथै एउटै सुगन्ध भएको विभिन्न प्रकारको धूपहरुको प्रभावको अध्यन गर्छौं । सबै प्रकरणमा सूक्ष्म-लेख्यांकितद्वारा चयन गरेको सुगन्ध एवं विशिष्ट सुगन्धको विविध प्रकार साधकमा प्रकट अनिष्ट शक्तिको प्रतिकार गर्नमा सर्वाधिक प्रभावी प्रमाणित हुन्छ ।

३. अगरबत्तिको कार्यविधि

कुनै पनि आध्यात्मिक उपचारको सिद्धान्त यसको सन्दर्भ लिनुहोस् ।

SSRF द्वारा निर्मित धूपहरु आध्यात्मिक उपचार गर्नको लागि स्वावलम्बी साधनको रूपमा बनाएको छ । जसरी हामीले माथि भनेका छौं, SSRF को प्रत्येक धूपहरुको विशिष्ट सुगन्ध विशेष दैवि तत्त्वलाई आकृष्ट गर्दछ । सुगन्धबाट ईश्वर तत्त्व आकर्षित हुन्छ र त्यसमा विशिष्ट देवतासँग सम्बन्धित चैतन्य पनि सम्मिलित हुन्छ । यसले सत्त्वगुण मा वृद्धि हुन्छ र तमोगुण  कम हुन्छ ।

निम्नांकित चित्र SSRF को जाल्दै गरेको धूपको छैठौं इन्द्रियद्वारा देखेको सूक्ष्म-ज्ञानमा आधारित चित्र हो ।

आध्यात्मिक उपचारको लागि धूप

३.१ प्राथना र नामजपको साथ SSRF द्वारा निर्मित अगरबत्तिको लाभको तुलना

आध्यात्मिक उपचारको लागि धूप

माथि SSRF द्वारा निर्मित धूप जलाउने तथा प्रार्थना र नामजपको तुलनात्मक लाभलाई दर्शाएको छ । अधिकांश व्यक्तिहरु ईश्वरीय तत्त्व आकर्षित गर्न सक्ने प्रार्थना अथवा नामजप गर्ने सक्षम छैन, त्यसैले अन्तरिम उपायको रूपमा धूपबत्तीहरु सहायक हुन्छ ।

कृपया ध्यान दिनुहोस् :

३.२ व्यक्तिगत स्तर माथि प्रभाव

वर्तमान समयमा अनिष्ट शक्तिमा निरन्तर वृद्धि भैरहेको छ जसले मानिसलाई व्यक्तिगत तथा मानव जातिको स्तरमा प्रभावित गर्दछ ।  यी अनिष्ट शक्तिले व्यक्ति तथा मानव जातिलाई दुवै स्तरमा प्रभावित गर्छ । हामीले यसको विस्तृत विवेचन हाम्रो लेखहरु “राम्रो अथवा नराम्रोको युद्ध” तथा “तेस्रो विश्व युद्धको भविष्यवाणि” गरेका छौं ।

दिवंगत पूर्वज एवं अनिष्ट शक्ति हाम्रो चारैतर्फ कालो आवरण निर्माण गरेर हामीलाई कष्ट दिन्छन् ।

सन्दर्भ लेख – “मेरो दिवंगत पुर्खाहरुले किन मलाई कष्ट दिन चाहन्छन् ?

वर्तमान समयमा प्रायः साधनाको अभावको कारण (जुन अध्यात्मको छ: मूलभूत सिद्धांतको अनुसार हो व्यक्तिमा लगभग ४ सें.मी. सम्म कालो शक्तिको आवरणमा हुन्छ । सामान्य व्यक्ति मुख्यत: आफ्नो दिवंगत पूर्खा एवं भुवर्लोक तथा पहिलो पातालको अनिष्ट शक्तिहरुले  प्रभावित हुन्छ ।

सूक्ष्म्-ज्ञानमा आधारित तलको चित्रले व्यक्ति सूक्ष्म (अदृ्श्य) कालो आवरणबाट प्रभावित व्यक्ति सू्क्ष्म-दृष्टिले हेर्दा कस्तो देखिन्छ, यसलाई दर्साउँछ । यो कालो आवरणको माध्यमबाट अनिष्ट शक्ति एवं दिवंगत पूर्वज हाम्रो जीवनमा अनगिनत बाधाहरु उत्पन्न गर्न सक्छन् । यो समस्या शारीरिक र मानसिक व्याधि देखि लिएर वैवाहिक तथा आर्थिक स्वरूपको हुन सक्छ ।

आध्यात्मिक उपचारको लागि धूप

कुनै पनि आध्यात्मिक उपचार प्रक्रियाद्वारा निर्मित चैतन्य ४ सें.मी. को कालो आवरण भित्र आउन सक्दैन । कालो आवरण क्षीण गर्न सबै भन्दा राम्रो साधन हो SSRF को धूप । कालो आवरण, अनिष्ट शक्तिको कालो शक्तिबाट निर्मित हुन्छ एवं यो रज-तम युक्त हुन्छ ।

SSRF को धूप जलाउनाले वातावरण एवं व्यक्तिको रज-तम ०.००१% देखि ०.५% प्रतिशत सम्म घट्दछ । तलको तालिकाले रज-तमको घट्दो मात्राको अनुरूप घट्ने कालो आवरणलाई दर्शाउँछ ।

रज-तममा कमि हुनु कालो आवरणमा कमि *
४ से.मी.
०.००१ % ३.५ से.मी.
०.०१ % ३.४ से.मी.
०.१ % ३ से.मी.
०.५ % २ से.मी.

माथिको अकंहरु वर्तमान समयको एउटा सामान्य व्यक्तिको सन्दर्भमा हो, जहाँ कालो आवरण दिवंगत पूर्वज (पूर्खा) अथवा भुर्वलोक अथवा पहिलो पातालको अनिष्ट शक्तिको कारणले हुन्छ ।

सूक्ष्म-ज्ञानमा आधारित निम्न चित्र यो दर्शाउछन की SSRF को धूप तथा यसबाट निर्मित चैतन्यको सम्पर्कमा आउॅंदा वास्तवमा अनिष्ट शक्तिलाई के हुन्छ ।

आध्यात्मिक उपचारको लागि धूप
SSRF को धूप नियमित प्रयोगले अनिष्ट शक्तिलाई निरन्तर चिढचिढ हुन थाल्छ अंततः त्यो अन्त कहिँ छोडेर जान्छ ।

निम्न वीडियो एउटा अनिष्ट शक्तिमाथि SSRF को धूपको प्रभाव दर्शाउँछ , वीडियोमा अनिष्ट शक्ति व्यक्ति माथि आविष्ट (possess) गरिएको थियो । SSRF को एउटा आध्यात्मिक उपचारकले त्यो अनिष्ट शक्तिलाई प्रकट हुन विवश गरिदियो । यो वीडियोमा हामी देख्न सक्छौं कि, SSRF द्वारा निर्मित धूपको सकारात्मकताबाट अनिष्ट शक्तिलाई तीव्र कष्ट हुन्छ ।

३.३ वास्तुको शुद्धिकारण

कुनै वास्तुमा विद्यमान अनिष्ट शक्ति त्यहाँ बस्ने व्यक्तिलाई प्रभावित गर्दछ । यस कारणले अत्यधिक विवाद, निर्णय-क्षमतामा कमि तथा अस्वस्थता उत्पन्न हुन्छ । विकसित एवं जागृत छैठौं इन्द्रिय युक्त व्यक्ति वास्तुमा निर्मित नकारात्मक दबाव अनुभव गर्न सक्छ  । यो सूक्ष्म नकारात्मक दबाव जुन अनिष्ट शक्ति, दिवंगत पूर्वज अथवा वास्तुको नकारात्मक स्पन्दनबाट उत्पन्न हुन्छ त्यहाँ बस्ने व्यक्तिहरुलाई नकरात्मक प्रभाव पार्न सक्छ । SSRF को धूपबाट प्रक्षेपित सुगन्धहरु नकारात्मक सूक्ष्म दबाबलाई प्रतिकार गर्न र वास्तुमा सकारात्मक स्पन्दन ल्याउन अत्यन्त उपयोगी हुन्छ ।

SSRF को जल्दै गरेको धूपबाट तेज तत्त्वको रूपमा चैतन्य प्रक्षेपित हुन्छ । यो SSRF को जल्दै गरेको धूपको धुवाँमा भएको वायुतत्त्वद्वारा सक्रिय हुन्छ । यो सक्रिय चैतन्य एउटा धुवाँको रूपमा तीव्र गतिले उर्ध्वदिशामा प्रक्षेपित हुन्छ । त्यसपछि यो तीव्र गतिमा तल आउँछ र भूमि तथा वातावरणमा विद्यमान रज-तम तथा अनिष्ट शक्तिलाई नाश गर्छ । यसले वास्तुको आध्यात्मिक शुद्धिकरणमा मद्दत गर्दछ ।

३.४ धूप प्रयोग गर्नको लागि केहि व्यावहारिक सल्लाहरु

सन्दर्भ लेख पढ्नुहोस् : आध्यात्मिक उपचारमा सर्वोत्तम परिणाम पाउनको लागि SSRF को धूपको प्रयोग गर्न केहि व्यावहारिक सुझावहरु |

४. सारांश

  • साधनानै आध्यात्मिक उपचारको सर्वोत्तम प्रकार हो ।
  • भावपूर्ण प्रार्थना अथवा नामजप गर्न नयाँ व्यक्तिको लागि धूप जलाउनु एउटा उत्तम आध्यात्मिक उपचार हो । यसको प्रयोग एउटा सहायकको रूपमा प्रार्थना, नामजप एवं अन्य आध्यात्मिक उपचार विधिहरुको पूरकको रूपमा पनि गर्न सकिन्छ ।
  • SSRF को धूपको दैनिक प्रयोगले वास्तु शुद्धिकरणमा मद्दत हुन्छ ।